नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

काठमाडौं । नागरिकता माग गर्दै एक युवकले आत्मदाहको प्रयास गरेका छन् । सर्वोच्च अदालतले नागरिकता विधेयक कार्यान्वयनमा रोक लगाएपछि नागरिकताविहीन संघर्ष समितिले माइतीघरमा निरन्तर प्रदर्शन गर्दै आएको छ । त्यस क्रममा एक युवकले आफैंलाई पेट्रोल खन्याएर आत्मदाहको प्रयास गरेको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिएका छन् । आत्मदाह प्रयास गर्नेमा मोरङ कटहरीका… Continue reading नागरिकता माग गर्दै माइतीघरमै आत्मदाहको प्रयास

राष्ट्रपति पौडेल अस्पताल भर्ना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पोडेल अस्पताल भर्ना भएका छन् । उनलाई आजको रात अस्पतालमै राखिने भएको छ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले मंगलबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेललाई अब्जर्भेसनका लागि अस्पतालमै राख्न लागिएको जनाएको छ । ‘राष्ट्रपति रामचन्द्र पौडेल नियमित स्वास्थ्य परीक्षणको क्रममा यस शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा आज भर्ना हुन भएको छ,’… Continue reading राष्ट्रपति पौडेल अस्पताल भर्ना

मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सबै प्रदेश सभा सदस्यको विश्वासको मत पाएका छन् । १ जेठमा समर्थन फिर्ता लिँदै नेकपा एमाले सरकारबाट बाहिरिएपछि मङ्गलवार संसद्को आकस्मिक बैठकमा मुख्यमन्त्री यादवले प्रदेश सभामा उपस्थित एक सय तीन जना सांसदकै मत पाएका हुन् । उनलाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित सदनका सबै दल र स्वतन्त्र सांसदले… Continue reading मधेश प्रदेशका मूख्यमन्त्री यादवले पाए विश्वासको मत

सिंगापुर जाँदै देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मंगलबार सिंगापुर प्रस्थान गर्दैछन्। उनी आज राति ११ बजे सिंगापुर एयरलाइन्समार्फत् त्यता जान लागेका हुन्। सभापति देउवा नियमित फलोअपका लागि सिंगापुर जान लागेको उनको सचिवालयले जनाएको छ । पेटसम्बन्धी समस्या देखिएपछि उनी नियमित चेकजाँचका लागि सो मुलुक जान लागेको बताइएको छ । उनी २र२ वर्षमा फलोअपमा जानुपर्नेमा अहिले… Continue reading सिंगापुर जाँदै देउवा

तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आगामी पाँच दिनसम्म तातो हावा (लू)को सम्भावना रहेकाले सोबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । लूसम्बन्धी विशेष बुलेटिन निकालेर महाशाखाले अबका पाँच दिनसम्म आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो। ‘ आगामी पाँच दिनसम्म देशभरको तापक्रमको अवस्था तथा विश्लेषणअनुसार तराईका धेरैजसो… Continue reading तराईमा अझै ५ दिन लु लाग्ने सम्भावना

विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

काठमाडौं । नेपालले विदेशमा रहेका नेपाली नागरिकलाई समानुपातिक तर्फ मताधिकार दिने तयारी गरेको छ । निर्वाचन कानूनहरुको एकीकृत मस्यौदामा यस्तो प्रावधान गर्न लागिएको हो । विदेशमा रहेका नेपालीहरुले सम्बन्धित देशबाटै भोट हाल्न पाउने व्यवस्था एकीकृत मस्यौदामा छ । विदेशमा रहेका नेपालीहरुले समानुपातिक तर्फ मात्रै मतदान गर्न पाउने प्रस्ताव गरिएको छ । निर्वाचन ‘आयोगले विदेशमा रहेका… Continue reading विदेशमा रहेका नेपालीलाई समानूपातिकमा मताधिकार दिने तयारी

जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् । सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १,… Continue reading जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला

उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

file

काठमाडौं । जनकपुरबाट काठमाडौं उड्न लागेको बुद्ध एयरको विमानको उडान रद्द गरिएको छ । यु ४–५०८ नम्बरको विमान साँझ ५ः३७ मा काठमाडौंका लागि उडान भर्ने क्रममा यात्रुले धुँवा देखिएको बताएपछि उडान रद्द गरिएको हो। दिउँसो ४ः३० बजे उडान गर्ने तालिका रहे पनि सो विमान १ घण्टा ७ मिनेट ढिला गरी उड्न लागेको थियो । वुद्ध… Continue reading उड्नै लागेको जहाज भित्र जब धुँवा देखियो

प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

काठमाडौं । स्वर्गद्वारी दर्शन गरी फर्किएको कार दुर्घटनामा परी मृत्युभएका आठै जनाको पहिचान खुलेको छ । मृतक सबै दाङको रहेको प्रहरीले जनाएको छ । स्वर्गद्वारी भिंग्री सडक खण्डको टाकुरा भन्ने स्थानमा लु १ च ६३४५ नम्वरको जिप दुर्घटनामा कारमा सवार सवै जनाको घटनास्थलमा मृत्यु भएको थियो । मृत्यु हुनेमा २ जना महिला, २ जना पुरुष… Continue reading प्यूठान कार दुर्घटना : मृतकको पहिचान खुल्यो, ७ जना २ घरका

चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

काठमाडौं । काठमाडौं महानगरपालिकाले बौद्धमा सञ्चालित चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा ताला लगाएको छ। महानगरले अनुगमनका क्रममा कानुनी प्रक्रिया पूरा नगरी सञ्चालनमा रहेको र मापदण्ड पुरा नगरेको फेला पारेपछि अस्पतालको प्रशासनमा ताला लगाइदिएको हो। प्रशासनमा ताला लगाएसँगै अस्पतालमा उपचाररत बिरामी अन्यत्र सार्न महानगरले निर्देशन दिएको छ । स्वास्थ्य संस्था सञ्चालन ऐनविपरीत सञ्चालनमा रहेका तथा मापदण्ड पूरा… Continue reading चाइनिज पिपुल्स हस्पिटलको प्रशासनमा महानगरको ताला

पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

काठमाडौं । बाँकेको खजुरा गाउँपालिकास्थित पुरैना नजिकै मानखोलामा पौडी खेल्न गएका दुई जना बालबालिकाको खोलामा डुबेर मृत्यु भएको छ । अत्याधिक गर्मीका कारण खजुरा ६ दस विगाहाका चार जना बालबालिका नजिकैको मानखोलामा सोमवार दिउँसो १२ बजेतिर नुहाउन गएकोमा दुई जना खोलामा डुबेका थिए । खोलामा नुहाउन गएका १८ वर्षकी लक्ष्मी डाँगी र ९ वर्षका किरण… Continue reading पौडी खेल्न गएका दुई बालबालिकाको डुबेर मृत्यु

काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

काठमाडौं । पुरातत्व विभागले सूर्यविनायकदेखि धुलिखेलसम्मको सडक विस्तारका क्रममा पुरातात्विक वस्तु नष्ट भएको जनाउँदै त्यस्ता कार्य रोक्न जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकलाई परिपत्र गरेको छ। विभागले अरनिको राजमार्गअन्तर्गत बनेपाको भैँसेपाटी क्षेत्रमा डोजर लगाई बाटो खन्ने क्रममा प्राचीन इँटाको पर्खाल, पानीको स्रोत, प्राचीन काठ र शिला फेला परेकाले तत्कालै डोजर लगाउने कार्य रोक्न भनेको हो। सडक विस्तारका… Continue reading काभ्रेमा सडक निर्माण गर्दा पुरातात्विक सम्पदा नमास्न विभागको अनुरोध

काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

RSS

काठमाडौं । काठमाडौं उपत्यकामा आज मध्यरातमा भएको वर्षातका कारण गर्मीबाट केही राहत भएको छ । देशको मौसम पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभावमा छ । सोहीकारण विभिन्न स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका पहाडी भूभागमा… Continue reading काठमाडौं उत्पकामा मध्यरातमा पर्यो वर्षा, गर्मीबाट राहत

बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

काठमाडौं । विश्व बैंकको सहयोगमा यातायात र व्यापार आवद्धता अभिवृद्धि आयोजना (एक्सेस) सुरु भएको छ । पूर्व–पश्चिम राजमार्गको बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक खण्डमा पर्ने ६९ किलोमिटर सडकलाई चार लेनमा स्तरोन्नति गर्ने यो आयोजनाको लक्ष्य छ । आयोजनाको लागत २७ करोड ५० लाख डलर (झण्डै ३५ अर्ब रुपैयाँ) हो । यो आयोजनाले नेपालमा छानिएका व्यापारिक करिडोरमा व्यापार, यातायात… Continue reading बुटवल–गोरूसिङ्‍गे–चनौटा सडक स्तरोन्नती हुने, ३५ अर्ब लागत

ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

काठमाडौं । राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले युद्ध अपराधको मुद्दामा प्रधानमन्त्रीलाई सर्वोच्च अदालतले जेठ ३० गते बोलाएको भन्दै अदालत जानुअघि प्रधानमन्त्री पदबाट राजीनामा दिनुपर्ने माग गरेका छन् । सांसद शाहीले युद्ध अपराधको आरोपमा सर्वाेच्च अदालतले प्रधानमन्त्रीलाई बोलाएकाले उनले प्रधानमन्त्रीका रुपमा अदालत जान नमिल्ने भन्दै राजीनामा गर्नुपर्ने बताएका हुन् । सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू… Continue reading ज्ञानेन्द्र शाहीले मागे प्रधानमन्त्री प्रचण्डको राजीनामा

लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

प्रतिकात्मक तस्वीर

काठमाडौं । काठमाडौंको सिनामंगलमा प्रहरीले गोली प्रहार गरेर एक लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ। आइतवार बिहान लागुऔषध नियन्त्रण ब्युरोको टोलीले लागूऔषध ओसार पसारमा संलग्नको आशंकामा पक्राउ गर्ने क्रममा विकास भगतमाथि गोली चलाएको हो । भाग्न खोजेपछि प्रहरीले गोली प्रहार गरेको थियो। उनको साथबाट प्रहरीले केही परिमाणमा ब्राउन सुगर बरामद गरेको छ। ठूलो मात्रामा लागूऔषध ओसारपसार… Continue reading लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन सिनामंगलमा प्रहरीले चलायो गोली

आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

काठमाडौं । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउन माग गर्दै सुदूरपश्चिममा आज आम हडताल भएको छ । गेटा मेडिकल कलेजलाई शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय भए पनि कार्यान्वयन नभएको भन्दै सङ्घर्ष समितिले हडताल गरेको हो । हडतालको धेरै प्रभाव कैलालीमा देखिएको छ । कैलालीमा शैक्षिक संस्था… Continue reading आज सुदुरपश्चिममा आम हड्ताल, कारण के हो ?

तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

काठमाडौं । आजबट तापक्रम बढ्ने क्रम रोकिने भएको छ । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुका साथै बंगालको खाडीको जलवाष्पयुक्त हावा र भारतको बिहार आसपास भएको… Continue reading तापक्रम बढ्ने क्रम रोकिने, कतै छिटपुट वर्षाको सम्भावना

कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

काठमाडौं । कालीकोटमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । शुभकालिका गाउँपालिका(६ चिसापानीस्थित बेहुली पानतडी सडकखण्डको चौकी बजारबाट हाउडीतर्फ जाँदै गरेको लु१च८४९८ नम्बरको जिप शनिबार राति साढे ११ बजे दुर्घटना भएको हो । दुर्घटनामा जिपका चालक शुभकालिका – २ भर्ताका ३० वर्षीय हर्के कामी, वडा नं. ८ का ३१ वर्षीय रामबहादुर शाही र… Continue reading कालिकोटमा जिप दुर्घटना तीन जनाको मृत्यु

प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार पशुपतिनाथको दर्शन गरेका छन् । शनिबार साँझ केही मन्त्रीहरुसँगै पशुपतिनाथ पुगेका उनले दर्शन गरेका हुन् । त्यस क्रममा उनले उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरेका थिए । प्रधानमन्त्रीसँगै अर्थमन्त्री डा। प्रकाशशरण महत, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्रमन्त्री एनपी साउद, उद्योग, वाणिज्य तथा… Continue reading प्रचण्डसहित मन्त्रीमण्डलको जम्बो टोली पशुपतिनाथ मन्दिरको दर्शनमा

माओवादीसँग एकताको पहल गर्ने नेपाल समाजवादीको निर्णय

काठमाडौं । नेपाल समाजवादी पार्टीले माओवादी केन्द्रलगायत पार्टीसँग एकता पहल गर्ने निर्णय गरेको छ । भक्तपुरमा बिहीबार र शुक्रबार बसेको केन्द्रीय समिति बैठकले माओवादी केन्द्रलगायत विचार र राजनीतिक एजेन्डा मिल्ने पार्टीसँग समाजवादी मोर्चा बनाउँदै एकताका लागि पहल गर्ने निर्णय गरेको हो । अध्यक्ष बाबुराम भट्टराई निकट नेता विश्वदीप पाण्डेले दिएको जानकारीअनुसार समाजवादी केन्द्ररध्रुव निर्माणको लागि… Continue reading माओवादीसँग एकताको पहल गर्ने नेपाल समाजवादीको निर्णय

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव देखिएको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम… Continue reading कस्तो रहनेछ आजको मौसम ?

बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा

काठमाडौं । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसनले सांसद पदबाट राजीनामा दिएका छन् । उनले तत्काल लागू हुने गरी संसद्को सदस्यता त्याग्ने निर्णय गरेका समाचार संस्था एपीले जनाएको छ । उनले राजीनामा दिएपछि खाली हुने सिटमा उपनिर्वाचन हुनेछ । २०२२ मा प्रधानमन्त्रीको पद त्यागे पनि उनी सांसदको जिम्मेवारीमा कार्यरत थिए । जोनसन अहिले संसदीय छानबिनको क्रममा छन्।… Continue reading बोरिस जोनसनले सांसद पदबाट समेत दिए राजीनामा

आफु तेस्रो पटक सभापति नबन्ने कांग्रेस सभापतिको स्पष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू तेस्रोपटक सभापतिमा उठ्न नपाउने भएकाले डर नराख्न नेताहरुलाई सुझाव दिएका छन् । चितवनमा भएको डेमोक्रेटिक लयर्स एसोसिएसनको ११औं महाधिवेशनमा तेस्रोपटक पार्टी सभापति लड्न आफू नपाउने बताएका हुन् । कांग्रेसको विधान अनुसार दुईपटक भन्दा बढी सभापति हुन नपाउने व्यवस्था छ । विधानको उक्त व्यवस्था हटाउने पक्षमा आफू नरहेकाले… Continue reading आफु तेस्रो पटक सभापति नबन्ने कांग्रेस सभापतिको स्पष्टीकरण

इयूको कालोसूची पुनः दोहोरियो

काठमाडौं । नेपाल युरोपेली यूनियन (ईयू) को ‘एभिएसन सेफ्टी लिस्ट (कालोसूची) पुनः दोहोरिएको छ । युनियनको अंग्रेजी महिना मेमा बस्ने सुरक्षा काउन्सिलको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणसहित नेपालमा दर्ता भएका सबै वायुसेवा कम्पनीलाई कालो सूचीमा दोहोर्‍याएको छ । वर्षमा दुई पटक मे र नोभेम्बर महिनामा सुरक्षा काउन्सिलको बैठक बस्छ । सो बैठकले मात्र यो सूची… Continue reading इयूको कालोसूची पुनः दोहोरियो

नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन

काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणका लागि मन्त्रिपरिषद्ले गरेको निर्णय झिकाउने आदेश गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र शुष्मालता माथेमाको संयुक्त इजलासले नागरिकता विधयेकसम्बन्धी मुद्दामा मन्त्रिपरिषदको जेठ १२ गतेको निर्णय र राष्ट्रपतिले गरेको प्रमाणीकरणको फाइल झिकाउन आदेश दिएको छ । सो मुद्दाको अर्को पेशी मंगलबारलाई तोकिएको छ । सर्वोच्चले यसअघि अल्पकालीन अन्तरिम आदेश… Continue reading नागरिकता विधेयकविरुद्धको रिटमा अन्तरिम आदेश भएन

‘अराजक, असंवैधानिक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन’

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशमा गैर शान्तिपूर्ण र अराजक गतिविधि भए राज्यले छुट नदिने बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज प्रतिनिधि सभामा आफ्ना नेताहरूमाथि कोशीमा आक्रमण भइरहेकोमा विरोध गर्दै गृहमन्त्रीसँग जवाफ मागेको थियो। जवाफमा श्रेष्ठले भने ‘पहिचान पक्षधर बताउने गरेकाहरू नै आन्दोलनमा आएका छन्। उनीहरूले शान्तिपूर्ण तरिकाले विचार र… Continue reading ‘अराजक, असंवैधानिक, उदण्ड प्रकारका गतिविधिलाई राज्यले छुट दिँदैन’

भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

काठमाडौं । मनसुन भित्रिन ढिला हुँदा नेपालको तराईमा तातो हावाको बहाव अर्थात् ‘लु’ चल्ने क्रम थप उच्च बनेको छ । नेपालको पूर्वदेखि पश्चिम तराईको भूभागमा तापक्रम उच्च बन्दा जनजीवनमा गम्भीर असर पर्न थालेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले देशका तराई भूभागमा आउँदो चार दिनसम्म तातो हावा तथा लुको सम्भावना… Continue reading भारतबाट सुरु भयो मनसुन, नेपाल आउन ढिला हुँदा तापक्रम उच्च

केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ

काठमाडौं । ललितपुरमा तीन जनामाथि खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ९ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर ललितपुरले ज्यान मार्ने उद्योग कसूरमा ९ जनालाई पक्राउ गरेको एसपी नवराज कार्कीले जानकारी दिए। महाँकाल गाउँपालिकाका सुमन घलान, अनिश बजगाई, नविन वाइबा, विनोद न्यासुर, सौरभ विक, विजय वाइबा, प्रकाश घलान, आशिष बजगाई र छिरिङ स्याङतानलाई प्रहरीले पक्राउ… Continue reading केटी साथिका विषयमा झगडा, ३ जनामाथि खुकुरी हान्ने ९ युवा पक्राउ