Category: समाचार

  • कोप-२८ किन महत्वपूर्ण छ ?

    कोप-२८ किन महत्वपूर्ण छ ?

    काठमाडौं । संसारभरिका नेताहरू जलवायु परिवर्तन कसरी सामना गर्ने भन्ने विषयमा छलफल गर्न एउटा ठूलो राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुने दुबईमा भेला भएका छन्। नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त सम्मेलनमा नेपालको नेतृत्व गर्दै छन्। चरम मौसमी अवस्थाका कारण जलवायुसम्बन्धी धेरै सूचकका सीमाहरू भङ्ग भएको वर्षको अन्त्यतिर कोप-२८ वा २८औँ विश्व जलवायु सम्मेलन हुन लागेको हो। यूएईको दुबईमा नोभेम्बर ३० मा २८औँ विश्व जलवायु सम्मेलन सुरु भएको छ

    संयुक्त राष्ट्रसङ्घले जलवायुबारे छलफल गर्न आयोजना गर्ने वार्षिक बैठकको २८औँ संस्करण नै कोप-२८ हो। यो बैठकमा भविष्यमा हुन सक्ने जलवायु परिवर्तनलाई कसरी सीमित गर्ने र त्यसका लागि कसरी तयारी गर्ने भन्ने विषयमा सरकारहरूले छलफल गर्छन्। संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा नोभेम्बर ३० मा सुरु भएको कोप-२८ डिसेम्बर १२ सम्म टुङ्गिने छ।

    ुकोपमा अङ्ग्रेजी वर्णमालाका तीन अक्षर सी, ओ र पी छन्, जसको पूरा रूप कन्फरन्स अफ पार्टिज वा पक्षराष्ट्रहरूको सम्मेलन हो। सन् १९९२ को राष्ट्रसङ्घीय जलवायु सहमतिमा सुरुमा हस्ताक्षर गर्ने राष्ट्रहरूलाई पक्षराष्ट्रहरू भनिएको हो। संसारमा सबैभन्दा बढी खनिज तेल उत्पादक देशहरूमध्ये यूएई पनि एक हो।

    कोप २८मा हुने वार्ताका लागि यूएई सरकारले त्यहाँको सरकारी तेल कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुल्तान अल जाबेरलाई नै अध्यक्ष नियुक्त गरेको छ। ग्यास र कोइलाजस्तै खनिज तेल पनि जीवाश्म इन्धन हो। यी सबै जलवायु परिवर्तनका मुख्य कारक तत्त्व हुन्। किनभने ऊर्जाका लागि तिनलाई बाल्दा कार्बनडाइअक्साइडजस्ता पृथ्वीलाई तातो बनाउने हरितगृह ग्यासहरू निस्कन्छन्। तर अल-जाबेरको कम्पनीले तेल उत्पादन क्षमतालाई अझ विस्तार गर्ने योजना बनाएको छ। कोप२८ जलवायु वार्ताको अध्यक्षता गर्ने सुल्तान अल-जाबेरबारे विवाद उत्पन्न भएको छ

    तर तेल तथा ग्यास उद्योगका तर्फबाट हुने गतिविधिका लागि दबाव दिन आफू विशिष्ट किसिमले सही स्थानमा रहेको अल जाबेरको तर्क छ। हुन त मस्दर नामक नवीकरणीय ऊर्जा फर्मको अध्यक्षका रूपमा उनले वायु ऊर्जा र सौर्य ऊर्जालगायत स्वच्छ प्रविधिको विस्तारको पनि नेतृत्व गरेका छन्। कोप २८ ले दीर्घकालीन विश्वव्यापी तापमान वृद्धिलाई १.५ डिग्रिमा सीमित गर्ने लक्ष्यलाई जीवन्त राख्ने अपेक्षा गरिएको छ।

    करिब २०० देशहरूले सन् २०१५ मा प्यारिसमा यस लक्ष्यमा सहमति गरेका थिए। राष्ट्रसङ्घको जलवायुसम्बन्धी निकाय जलवायु परिवर्तनबारे अन्तर्सरकारी समिति (आईपीसीसी)का अनुसार जलवायु परिवर्तनका सबैभन्दा हानिकारक प्रभाव छल्नका लागि यो लक्ष्य एकदमै महत्त्वपूर्ण छ।

    मानिसहरूले व्यापक रूपमा जीवाश्म इन्धन बाल्न सुरु गर्नुअघिको समयका तुलनामा दीर्घकालीन तापमान वृद्धि दर अहिले १।१ वा १।२ड्ढऋ छ। उत्सर्जन नियन्त्रण गर्ने अहिलेका वाचाहरू भए पनि सन् २१०० सम्म तापमान वृद्धिको दर २.५ डिग्री पुग्नेतर्फ विश्व अग्रसर हुने बताइएको छ। राष्ट्रसङ्घका अनुसार यसलाई १.५ सेल्सियसमा सीमित गर्नका लागि उपलब्ध समय तीव्र गतिमा साँघुरिदै छ।

  • मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

    मानव बेचविखनको आरोपमा एक महिला पक्राउ

    काठमाडौं । रोजगारीको प्रलोभन देखाएर भारत लगी बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। बाँके बैजनाथ गाउँपालिका वडा ८ की ३९ वर्षीया मुना ठकुरी भन्ने मुनाकुमारी मल्ल पक्राउ परेकी हुन्। उनलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले बाँकेजिल्ला प्रहरीको समन्वयनमा बिहीबार नेपालगन्जबाट पक्राउ गरेको हो।

    सुर्खेत, दैलेख लगायतका पहाडी जिल्लाहरूका महिलाहरूलाई रोजगारीको लोभमा भारतको दिल्ली पुर्‍याएर यौन गतिविधि हुने केन्द्रमा बेच्ने गरेको उजुरी थियो।

    सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोका प्रहरीले जनाएको छ। उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ। ब्युरोको टोलीले गरेको अनुसन्धानमा उनले एक नाबालिकासहित २ जना युवतीलाई बेचेको खुल्न आएको छ।

  • विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

    विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु

    काठमाडौं । विश्व बैंकको सहयोगमा नेपाल गुणस्तर स्वास्थ्य प्रणाली कार्यक्रम सुरु भएको छ । अतिरिक्त स्वास्थ्य सचिव डा. टंक बाराकोटी र विश्व बैंकका प्राक्टिस म्यानेजर प्रबन्धक फेङ झाओले यो कार्यक्रमको संयुक्त रुपमा सुरुवात गरे । विश्व बैंकका अनुसार नेपालको स्वास्थ्य प्रणाली सुदृढ बनाउने उद्देश्य लिइएको यो कार्यक्रमको लागत १०३.८४ मिलियन (झण्डै १४ अर्ब रुपैयाँ) रहेको छ ।

    कार्यक्रमले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न स्वास्थ्य प्रणालीको तत्परतामा सुधार गर्ने, स्वास्थ्य बीमाको दायरा बढाउने र तल्ला सरकारहरुको स्वास्थ्य आपतकालिन तयारी तथा क्षमता बढाउने लक्ष्य लिएको छ । पाँच वर्षे यो कार्यक्रमलाई अन्तर्राष्ट्रिय विकास संघबाट १ सय मिलियन डलर र स्वास्थ्य आपतकालिन तयारी तथा प्रतिक्रिया कोषबाट ३.८४ मिलियन डलर अनुदानका रुपमा उपलब्ध हुने भएको छ ।

    यस कार्यक्रमले स्वास्थ्य सेवाको गुणस्तर, वित्तीय सुरक्षा र लचिलो स्वास्थ्य प्रणालीमा सहयोग पुग्ने सचिव बाराकोटीले बताए । यो कार्यक्रम सञ्चालन गर्नेबारे नेपाल सरकार र विश्व बैंकबीच अक्टोबर २०२३ मा वित्तीय सम्झौतामा हस्ताक्षर भएको थियो ।

  • ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

    ११ महिनामा भित्रिए सवा ९ लाख पर्यटक

    काठमाडौं । नेपालमा सन् २०२३ को ९ महिनाको अवधिमा पर्यटक आगमन ९ लाख नाघेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीदेखि नोभेम्बरसम्मको अवधिमा कुल ९ लाख १८ हजार ३०८ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

    पछिल्लो दुई महिनायता मासिक १ लाख भन्दा माथि पर्यटक आगमन हुँदा समग्र आगमन संख्यामा उत्साहजनक वृद्धि भएको छ । बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार नोभेम्बरमा मात्र १ लाख ८ हजार ६३० जना पर्यटकले नेपाल भ्रमण गरे । यसअघि अक्टोवर महिनामा १ लाख १७ हजार ३०६ जनाले नेपाल भ्रमण गरेका थिए ।


    नेपाल पर्यटन बोर्डका अनुसार नोभेम्बर २०२३ मा सबैभन्दा धेरै भारतीय पर्यटक छन् । भारतबाट एक महिनामा २४ हजार ४४३ जनाले नेपाल भ्रमण गरेका छन् । दोस्रो स्थानमा अमेरिकी पर्यटक छन् । अमेरिकी पर्यटकको संख्या ११ हजार ४६१ जना रहेको छ । तेस्रो स्थानमा चिनियाँ नागरिक छन् । उनीहरुको संख्या ७ हजार ६०१ जना रहेको छ ।

    यस्तै बेलायतबाट ६ हजार १३८, अष्ट्रेलियाबाट ५ हजार ६०, थाइल्याण्डबाट ३ हजार ९६२, बंगलादेशबाट ३ हजार ७६१, जर्मनीबाट ३ हजार ५१२, श्रीलंकाबाट ३ हजार २२८ र फ्रान्सबाट ३ हजार २०५ जना पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ । सरकारले सन् २०२३ मा १० लाख पर्यटक भित्राउने लक्ष्य लिएको छ । पछिल्लो तथ्यांकले सो लक्ष्य भेट्ने आंकलन गरिएको छ ।

  • नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

    नेवानिले त्रिभुवन विमानस्थलमा गरिरहेको ग्राउण्ड ह्याण्डिलिङ सेवा खोसियो

    काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डिलिङ सर्भिस नेपाल वायुसेवा निगमबाट खोस्ने निर्णय गरेको छ । नागरिक उड्डयन प्राधिकरणको व्यवस्थापनले शुक्रबार भूमिस्थ प्रबन्ध सेवा अर्थात ग्राउण्ड ह्याण्डलिङ सर्भिस प्रतिस्पर्धाका माध्यमबाट छनोट हुने संस्थामार्फत गराउने निर्णय गरेको हो ।

    सेवा शुल्क नियमावली २०७८ को नियम ५ (२) बमोजिम यो निर्णय गरिएको प्राधिकरणले ट्वीटमार्फत जनाएको छ । करिब ७ दशकदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ नेपाल वायुसेवा निगमले गर्दै आएको थियो । अधिकारीहरुका अनुसार यो सेवाका लागि मात्र उपकरणमा साढे २ अर्बभन्दा बढी लगानी गरेको छ । वायुसेवा निगमको आम्दानीको मुख्य स्रोत ग्राउण्ड ह्याण्डलिङ मानिन्छ ।

    वायुसेवा निगमले आर्थिक वर्ष २०७८÷७९ मा गरेको १६ अर्ब ४ करोड कुल आम्दानीमध्ये ३ अर्ब १८ करोड ग्राउण्ड ह्याण्डलिङबाट आर्जन गरेको थियो । यस्तो आम्दानीबाट १५ प्रतिशत रकम रोयल्टीबापत भनेर नागरिक उड्डयन प्राधिकरणले लिने गरेको थियो । अब भने ग्राउण्ड ह्याण्डलिङ नै खोसेको छ । विमानस्थलको ग्राउण्ड ह्याण्डलिङ सेवा वायुसेवा निगमबाट खोल्ने प्रयास यसअघि पनि भएको थियो ।

  • एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?

    एनसेलमा रहेको आजियाटाको सेयर कसले किन्दैछ ?

    काठमाडौं । मलेसियन कम्पनी आजियाटाले नेपाल छाड्दैछ । उसले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर बेलायतको स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बिक्री गर्ने भएको नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् । आजिआटाले आफ्नो सेयर ५ करोड अमेरिकी डलर अर्थात् ६ अर्ब ६६ करोडमा स्पेक्ट्रलाइट यूके लिमिटेडलाई बेचेको बताइएको छ ।

    सन् २०२९ सम्म एनसेलले पाउने लाभांश भने आजिआटाले नै पाउने गरी डिल भएको समेत समाचारमा उल्लेख छ । यसबारे आजिआटाले विज्ञप्ति जारी गरी बताएको हो । स्पेक्ट्रलाइट यूके लिमिटेड बेलायतमा दर्ता भएको कम्पनी हो । यसको सञ्चालकमा सतिशलाल आचार्य छन् । आचार्य एनसेलमा २० प्रतिशत हिस्सा भएको सुनिभेरा क्यापिटल भेन्चर्सका सञ्चालक पनि हुन् । अब एनसेलमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आचार्य समूहकै शतप्रतिशत शेयर स्वामित्य कायम हुने भएको छ ।

    आजिआटाले आफ्नो शतप्रतिशत सेयर रहेको रेनोल्डस् होल्डिङ लमिटेड बेलायती कम्पनीलाई बिक्री गरेको विज्ञप्तिमा उल्लेख छ । आजियाटाले सात वर्षअघि स्विडेनको टेलियासोनेरासँग रेनोल्ड होल्डिङ खरिद गरेको थियो । एनसेलमा रेनोल्डको शतप्रतिशत सेयर छ ।

    आजिआटा सन् २०१६ मा नेपालमा भित्रिएको थियो । त्यसबेला १ अर्ब ३६ करोड अमेरिकी डलर अर्थात् त्यसबेलाको विनियमदरअनुसार १ खर्ब ४३ अर्ब रुपैयाँमा एनसेलको सेयर उसले किनेको थियो । एनसेलले गत आर्थिक वर्षमा मात्रै ३९ अर्ब ८१ करोड आम्दानी गरेको थियो भने ५ अर्ब १६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । सन् २०२३ को तेस्रो त्रैमाससम्ममा एनसेलले २८ अर्ब २७ करोड आम्दानी गरिसकेको छ ।

    एनसेलको लाइसेन्स सन् २०२९ सम्म छ । विद्यमान कानूनअनुसार त्यसपछि त्यो लाइसेन्स सरकारको नाममा आउनेछ । त्यसो हुँदा लाइसेन्सको अवधिभरको डिभिडेन्ड आजियाटाले लिने, त्यसबीचमा आकस्मिक लाभ केही भयो भने त्यो पनि आजिआटाकै हुने गरी स्पेक्ट्रलाइट युकेसँग सम्झौता भएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

  • टोपबहादुरसहित ९ जनालाई पुर्पक्षका लगि थुनामै, टेकनाथ र सन्दीप धरौटीमा छाड्न आदेश

    टोपबहादुरसहित ९ जनालाई पुर्पक्षका लगि थुनामै, टेकनाथ र सन्दीप धरौटीमा छाड्न आदेश


    काठमाडौं । उच्च अदालत, पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वमन्त्री टोपबहादुर रायमाझीसहित ९ जनालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सदर गरेको छ ।

    न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले रायमाझीसँगै सचिव टेकनारायण पाण्डे, इन्द्रजित राई, केशव दुलाल, आङटावा शेर्पा, सानु भण्डारी, सागर राई, विक्रम भन्ने गोविन्द कुमार चौधरी र सञ्जय शर्मालाई थुनामा पठाउने जिल्ला अदालतको आदेश सदर गरेको हो ।

    नक्कली शरणार्थी प्रकरणमा मुछिएका सन्दीप रायमाझीलाई ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
    उनी टोपबहादुर रायमाझीका छोरा हुन् ।

    उनीमाथि नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन भूमिका खेलेको आरोप लागेको थियो । प्रहरीले उनलाई गएको २० वैशाखमा बुटवलबाट पक्राउ गरेको थियो ।

    त्यस्तै टेकनाथ रिजाललाई थुनामुक्त गर्न आदेश दिएको छ ।

    ७६ वर्षीय रिजाललाई काठमाडौं जिल्ला अदालतले थुनामा राख्न दिएको आदेश उच्च अदालतले बदर गरिदिएको हो । रिजाललाई १५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो ।

  • रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

    रुसी सेनामा नेपाली भर्ति भएकोबारे अध्ययन गर्न सरकारले बनायो समिति

    काठमाडौं । रुसी सेनामा नेपाली नागरिकको संलग्नतबारे अध्ययन गर्न श्रम रोजार तथा समाजिक सुरक्षा मन्त्रालयले समिति गठन गरेको छ । मन्त्रालयका उपसचिव दीपक ढकालको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको हो । केही दिन अघि युक्रेन–रुस युद्धमा नेपाली मुलुकका तीन जना नेपाली मुलुकको नागरिकको मृत्यु भएको घटना सावर्जनिक भएको थियो ।

    मन्त्रालयका सह–सचिव राजिव पोखरेलले रुसी सेनामा नेपाली नागरिकको संलग्नताबारे अध्ययन गर्न र सुझावसहितको प्रतिवदेन पेश गर्ने गरी समिति बनाएको बताए । ‘रुस–युक्रेन युद्धमा भिजिट र विद्यार्थी भिषामा नेपालीहरु पुगेको भन्ने कुरा बाहिर आएको छ’ उनले भने, ‘त्यसरी पुगेकाहरु वैध, अवैध रुपमा कसरी नेपालीहरु गए भन्नेबारे अध्ययन गर्नेछ ।’

  • ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली

    ललितपुरका भित्रि सडकमा पनि अब झिलिमिलि विजुली

    काठमाडौं । ललितपुर महानगरको चक्रपथ बाहिर स्मार्ट स्ट्रिट लाइटको औपचारिक उद्घाटन भएको छ । विहीबार ललितपुर महानगरपालिकाका मेयर चिरीबाबू महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट कन्ट्रोल सेन्टरमा स्विच थिचेर उद्घाटन गरेको हुन् ।

    महानगरपालिकाले ‘ललितपुर स्र्माट स्ट्रिट लाईट परियोजना’ अन्तर्गत दोस्रो चरणमा १ हजार ४१२ वटा स्मार्ट स्ट्रिट लाइट जडान गरेको हो । चक्रपथ बाहिर भैंसेपाटी, खोकना, बुङमती, धापाखेल, सुनाकोठी र हरिसिद्धी क्षेत्रमा बत्ती जोडेको बत्तीको उद्घाटन भएको होे । ९ करोड २५ लाख लागत रहेको स्मार्ट लाइटमा ललितपुर महानगरको ६० प्रतिशत र विद्युत प्राधिकरणको ४० प्रतिशत लागत रहेको छ ।

    जसमा ९० वाट्सको १ हजार १६१ स्मार्ट सडकबत्ती, ६० वाट्सको २३९ वटा र २ सय वाट्सको हाइमास्ट लाइट १२ वटा जडान भएको छ । यो क्रममा चक्रपथ बाहिर महानगरले ३७४ वटा नयाँ पोल गाडेको छ भने १ हजार ३ वटा पोल पहिल्यै रहेको महानगरले जनाएको छ ।

    यस्तै २४ वटा फिडर प्यानल महानगरले जडान गरेको जानकारी दिएको छ । ललितपुर महानगरपालिकाको कोर एरियाको रुपमा रहेको चक्रपथ भित्र भने ३ वर्ष अगाडि नै पहिलो चरण अन्तगर्त स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको छ । पहिलो चरणमा महानगरको पूर्ण लगानीमा ५ करोड ५ लाखमा ५० वाट्सका ४२५ वटा स्मार्ट लाईट, ८० वाट्सको २२० वटा, १२० वाट्सको २४ वटा स्मार्ट लाइट जडान भएका थिए ।


    यस अन्तर्गत मुख्य शहरी क्षेत्र कुपण्डोल, जावालाखेल,लगनखेल, सातदोबाटो, एकान्तकुना, मंगलबजार, पाटनढोका लगायत रहेको थियो । पहिलो चरणमा ३३१ नयाँ पोल जडान महानगरले गरेको थियो भने ३ सय वटा पोल पहिल्यै रहेको थियो ।

    महानगरका अनुसार स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न ९डिमिङ० गर्न बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिन्छ । सडक बत्ती बाले बापतको शुल्क मिटरबाट रिडिङ गरिने व्यवस्था हुन्छ । उक्त मिटरमा उठेको शुल्क महानगरपालिकाले भुक्तानी गर्नेछ ।

  • निगमले घटायो पेट्रोल र डिजलको मूल्य

    निगमले घटायो पेट्रोल र डिजलको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । बिहीबर मध्यराति १ बजेदेखि लागू हुने गरी डिजेल, मट्टितेल र पेट्रेलको मूल्य घटाएको हो । पेट्रोलमा प्रति लिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलमा प्रति लिटर ४ रुपैयाँ मुल्य घटेको छ । एलपी ग्यासको मूल्य भने यथावत छ ।

    नयाँ मूल्यअनुसार चार आली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज डिपोको १५ किलोमिटर क्षेत्रमा पेट्रोलको १६७ रुपैयाँ ५० पैसा पर्नेछ । सुर्खेत र दाङ क्षेत्रमा १६९ रुपैयाँ तथा काठमाडौं, पोखरा र दिपालय डिपोको १५ किलोमिटर क्षेत्रमा एक लिटर पेट्रोलका लागि १७० रुपैयाँ पर्ने छ ।

    डिजेल र मट्टितेल भने क्रमशः १५७ रुपैयाँ ५० पैसा, १५९ रुपैयाँ र १६० रुपैयाँ पर्नेछ । एलपी ग्यासको मुख्य देशभर प्रति सिलिण्डर १८९५ रुपैयाँ नै कायम रहेको निगमले जनाएको छ ।

  • एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आजबाट सुरु

    एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आजबाट सुरु

    काठमाडौं । नेकपा एमालेको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान आज शुरु हुँदैछ । ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ शुरु हुन लागेको हो । दार्चुलाको झुलाघाटमा अध्यक्ष केपी शर्मा ओलीले सङ्कल्प यात्राको उद्घाटन गरेपछि झण्डै २ हजार किलोमिटर लामो सङ्कल्प यात्रा सुरू हुने एमालेले जनाएको छ ।

    झुलाघाटबाट शुरु हुने सङ्कल्प यात्रा मध्यपहाडी लोकमार्ग पार गर्दै पुस १ गते चिवाभञ्ज्याङ पुग्नेछ । आज मध्यपहाडी लोकमार्गको पश्चिमी बिन्दु झुलाघाटमा झण्डा गाडेर १७ किलोमिटर पूर्वतर्फ बैतडी सदरमुकाम गोठालापानीमा जनसभा गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । आज नै अध्यक्ष ओलीले डडेल्धुरामा आयोजना हुने सभालाई सम्बोधन गर्ने तयारी छ ।

    सङ्कल्प यात्राका क्रममा मध्यपहाडी लोकमार्गमा रहेका बस्ती तथा सहरमा बसोबास गर्ने स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्ने, मध्यपहाडी क्षेत्रका समस्याबारे छलफल चलाउने, पहाडका बासिन्दा पलायन हुनबाट रोक्ने र पहाडी क्षेत्रमै अवसरको सिर्जना गर्न आवश्यक योजना बनाउने उद्देश्य रहेको नेताहरूले बताएका छन् । अभियानमा अन्तरक्रिया, अन्तरसंवाद र व्यवसायी तथा स्थानीयस्तरका उद्यमीसँगको छलफल गर्ने एमालेको तयारी छ ।

  • गाजामा कहालीलाग्दो भोकमरी

    गाजामा कहालीलाग्दो भोकमरी

    काठमाडौं । गाजा क्षेत्रमा निरन्तर खाद्यान्न आपूर्ति जारी राख्न नसके विशेषगरी महिला तथा बालबालिका भोकमरीको जोखिममा रहने संयुक्त राष्ट्रसङ्घको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले चेतावनी दिएको छ । डब्लुएफपीले इजरायल र हमासबिच चार दिने युद्धविराम सुरु भएपछि शुक्रबारदेखि गाजामा एक लाख २१ हजार एक सय ६१ मानिसलाई खाना उपलब्ध गराएको बताएको छ ।

    पछिल्लो समय मङ्गलबार दुई दिनका लागि युद्धविराम थपिएको छ । युद्धविरामका लागि धन्यवाद दिँदै डब्लुएफपी मध्यपूर्वका निर्देशक कोरिन फ्लेसरले भने, “हाम्रा टोली सम्बन्धित क्षेत्रमै छन्, हामी लामो समयदेखि पुग्न नपाएका ठाउँमा जाँदैछौँ, हामीले जे देखिरहेका छौँ, त्यो विनाशकारी छ ।”

    डब्लुएफपीले अनुमान गर्दै भनेको छ, “यदि डब्लुएफपीले निरन्तररूपमा खाना पुर्‍याउन सकेन भने गाजाको जनसङ्ख्या र विशेषगरी महिला तथा बालबालिका भोकमरीको उच्च जोखिममा पर्नेछन् ।” खाद्यान्नको निर्बाध र नियमित आपूर्तिका लागि आह्वान गर्दै उसले युद्धविरामका लागि छ दिन कुनै सार्थक प्रभाव पार्न पर्याप्त नभएको बताएको छ । गाजामा सङ्कट सुरु भएपछि डब्लुएफपीले सात लाख ५९ हजार ८२ मानिसलाई खाद्यान्न उपलब्ध गराइसकेको छ । रासस-एएफपी

  • इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट

    काठमाडौं । इन्टरपोलद्वारा आयोजित ‘इन्टरपोल १०० ग्लोबल भिडियो कन्टेस्ट फर योङ्ग पोलिस लिडर्स’ प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट भएको छ । मङ्सिर १२ देखि अष्ट्रेलियाको भियनामा आयोजना भइरहेको इन्टरपोलको ९१औँ महासभाको पहिलो दिन उक्त प्रतियोगितामा सहभागी इन्टरपोलका १९५ सदस्य राष्ट्रहरूमध्ये नेपाल सर्वोत्कृष्ट घोषित भएको हो । नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका प्रहरी निरीक्षक नारायण थापा र प्रहरी निरीक्षक उमेश गुरुङ श्रेष्ठद्वारा निर्माण गरिएको ‘लेटस् सेभ द प्लानेट इन्टरपोल १००’ विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषणा भएको हो ।

    भिडियोमा जलवायु परिवर्तन, प्राकृतिक प्रकोप, ‘आर्टिफिसियल इन्टलिजेन्स’ का कारण भविष्यमा हुनसक्ने समस्याहरू समाधान गर्न र दिगो विकासको लक्ष्य प्राप्त गर्न यूएनको मुख्य साझेदारको रूपमा रहेको इन्टरपोलको अहम् भूमिका हुने विषय समेटिएको छ । इन्टरपोल प्रेसिडेन्ट मेजर जनरल डा। अहमेद नाजिर एएल–आरएआइएसआइ बाट नेपाल प्रहरीलाई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको छ ।

    इन्टरपोल स्थापनाको १०० वर्षलाई विशेष उत्सवको रूपमा मनाउन इन्टरपोल इनोभेसन सेन्टरद्वारा ‘हाउ डु यु इन्भाइजेज इन्टरपोल कनेक्टिङ एण्ड इम्पावरिङ ग्लोबल ल इन्फोर्समेन्ट फर अ सेफर वर्ल्ड इन २०३०’ विषयमा आधारित रही उक्त भिडियो प्रतियोगितामा सहभागी हुन सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूलाई आह्वान गरिएको थियो । उक्त महासभामा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरसहितको नेपाली प्रतिनिधि मण्डल सहभागी रहेको छ ।

  • प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

    प्रधानमन्त्री प्रचण्ड यूएई प्रस्थान

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–२८) मा सहभागी हुन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईतर्फ प्रस्थान गरेका छन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नेछ ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्रीलाई विदाइ गर्न प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री एनपी साउद, मन्त्रीलगायतका सरकारका उच्च अधिकारी उपस्थित थिए ।
    विमानस्थलको अति विशिष्ट कक्षमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

    कोप–२८ मा नेपालको सहभागितासँगै अतिकम विकसित मुलुकको तर्फबाट नेपालले अध्यक्षतासहितको प्रतिनिधित्व गर्दैछ । यूएईको दुबइमा बिहीबार सम्मेलनको उद्घाटन समारोह हुँदैछ । यस वर्षको आयोजक राष्ट्रका रुपमा यूएईले अध्यक्षता गर्दैछ ।

    जलवायु परिवर्तनको प्रभावले पीडित बनेका अतिकम विकसित तथा साना मुलुकलाई जलवायु परिवर्तन गराउन सघाइरहेका विकसित मुलुकले जलवायु उत्थानशील विकासका लागि आर्थिक सहयोग गर्नुपर्ने र हानिनोक्सानी कोषमा सहज पहुँच दिनुपर्ने पहल नेपाली टोलीले गर्नेछ।

    १३ दिनसम्म सञ्चालन हुने कोप सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड बिहीबार र शुक्रबार आयोजना हुने विश्व जलवायु कार्यगत सम्मेलन नामको उच्चस्तरीय बैठकमा सहभागी हुनुहुने कार्यसूची रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्रीले शुक्रबार सो सत्रलाई सम्बोधन गर्नेछन् । यसैगरी, प्रधानमन्त्री प्रचण्ड संयुक्त अरब इमिरेट्स र जायद सस्टेनेबिलिटि अवार्ड समारोहमा सहभागी हुनुहुने छ ।

    त्यस्तै, शुक्रबार नै प्रधानमन्त्री प्रचण्डले ‘कल अफ दि माउन्टेनः हु सेभ अस फ्रम दि क्राइसिस’ नामको उच्चस्तरीय बैठकमा सहभागिता जनाउने भ्रमण तालिकामा उल्लेख छ ।

    सो सत्रमा नेपाल पर्वतीय र हिमालयको शिर भएको मुलुक भएकाले त्यसमा जलवायु परिवर्तन र वैश्विक तापक्रमको असर तीव्ररुपमा परिरहेको तथ्य उजागर गर्दै यस क्षेत्रका मानिसको जीविकोपार्जन र जीवनशैलीमा गम्भीर असर परेको विषयलाई बलियोसँग उठान गर्ने र र हिमालका एजेण्डालाई कोप–२८ मा महत्वका साथ हेर्न अपिल गर्ने मन्त्रालयले औँल्याएको छ ।

    सम्मेलनको साइडलाइन बैठकका रुपमा प्रधानमन्त्री प्रचण्डले सम्मेलनमा सहभागी विभिन्न मित्रराष्ट्र मुलुकका राष्ट्रप्रमुख तथा सरकार प्रमुख एवम् उच्चस्तरीय प्रतिनिधिमण्डलका नेतृत्वसँग द्विपक्षीय भेटवार्ता गने कार्यसूची छ ।

    त्यस्तै, यूएईमा रहँदा प्रधानमन्त्री प्रचण्डले त्यहाँ रहेका नेपाली समुदायसँग छुट्टै अन्तरक्रिया गर्ने कार्यसूची छ । त्यहाँ आयोजना हुने नेपाल–युएइ व्यापार सम्मेलनमा सम्बोधन गर्नेछन् । नेपाली टोलीमा वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोलगायत सरकारका अन्य उच्च अधिकारी सहभागी छन् । नेपाली टोली शनिबार स्वदेश फर्किने छ ।

  • कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

    कोरियाले थप नेपालीलाई रोजगारीको अवसर दिने

    काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरिया सरकारले उत्पादनमूलकतर्फ थप दुई क्षेत्रमा नेपाली युवा लैजाने भएको छ । यसअघि कृषि र उत्पादनको उद्योग र सिप बिल्डिङतर्फ नेपाली श्रमिक लग्दै आएकामा अबदेखि थप निर्माण र सेवा सर्भिसका क्षेत्रमा पनि नेपाली श्रमिक लैजाने भएको सरकारी सञ्चारमाध्यम गोरखापत्रले लेखेको छ ।

    वैदेशिक रोजगार विभाग इपिएस शाखाका अनुसार दक्षिण कोरियाले उत्पादनमूलक क्षेत्रको छनोट भाषा परीक्षाको आवेदन अबको एक महिनाभित्र आह्वान गर्ने छ । सो शाखाका निर्देशक गुरुदत्त सुवेदीले दक्षिण कोरियाले रोजगारीका लागि लैजाने नेपाली युवाको सङ्ख्या बढाउँदै लगेको र कोरियाका साना तथा मझौला उत्पादनमूलक क्षेत्रमा थप श्रमिक आवश्यक रहेको जनाउँदै भाषा परीक्षा सञ्चालन गरिने बताएका छन् ।


    दक्षिण कोरिया सरकारको मानव संसाधन विभाग (एचआरडी) ले हाल कृषि तथा पशुपालन, उत्पादन र सिप बिल्डिङ क्षेत्रमा नेपाली माग गर्दै आएको अब निर्माण र सेवा क्षेत्रमा समेत नेपाली माग गर्ने तयारी गरेको जानकारी दिए । यसअघि कोरियाले नेपालबाट कृषि तथा पशुपालनमा मात्र नेपालीलाई माग गर्दै आएकामा केहीअघिदेखि सिप बिल्डिङमा समेत माग गर्न थालेको थियो ।

    उत्पादनमूलक क्षेत्रको परीक्षाको आवेदन सन् २०२३ भित्रै खुलेमा यसअघि सिप बिल्डिङमा भाषा परीक्षामा सामेल भएकाले आवेदन भने दिन पाउने छैनन् । उत्पादनमूलक क्षेत्रका लागि छनोट कोटा कति हुने भन्नेबारे खुलाइएको छैन ।

    इपिएसमार्फत दक्षिण कोरियाले निर्धारण गरेका रोजगारी क्षेत्रमध्ये उत्पादनमूलक क्षेत्रलाई सेवा सुविधाका हिसाबले राम्रो मानिएका कारण यस क्षेत्रमा कडा प्रतिस्पर्धा हुने गरेको छ । हाल उत्पादनमूलक क्षेत्रमा थप नेपाली लैजाने गरी भाषा परीक्षाको तयारी भए पनि कृषि क्षेत्रको भने केही समयपछि आवेदन खुल्ने जनाइएको छ ।

  • विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

    विपिनको रिहाईको पहल गर्न परराष्ट्र मन्त्री कतार जाँदै

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद कतार भ्रमणमा जान भएका छन्। इजरायलमा विद्रोही हमासको कब्जामा रहेका भनिएका नेपाली नागरिक बिपिन जोशीको रिहाईको पहलका लागि उनी मंसिर २३ मा कतार जान लागेका हुन् । यस अघि मंसिर ८ गते परराष्ट्रमन्त्री साउदले कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल(मुखैरीसँग मन्त्रालयमा भएको भेटमा रिहाईका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

    जवाफमा कतारका विदेश राज्यमन्त्रीले जोशीको रिहाईका लागि यथाशीघ्र सहयोग गर्ने आश्वासन दिएका थिए । त्यसअघि मंसिर ७ गते (बिहीवार) उनले जोशीको रिहाइका लागि इजरायलका राजदूतलाई मन्त्रालयमा बोलाएर कुरा गरेका थिए ।

    परराष्ट्रमन्त्री साउदले आज (बुधबार) गृहजिल्ला कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा बिपिन जोशीका बुवा आमासँग पनि भेट गरेका थिए । कतार बसाइँका क्रममा उनी दोहा २१औं फोरममा पनि सहभागी हुनेछन्। डिसेम्बर १० देखि सुरु हुने कार्यक्रम दुई दिनसम्म चल्ने छ।

  • रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

    रास्वपाका १४ सांसद केन्द्रीय सदस्यमा मनोनित

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले १४ सांसदहरूलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले बुधबार केन्द्रीय सदस्यको जिम्मेवारी नपाएका सांसदहरूलाई मनोनयन गरेको हो ।

    यसअघि सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्यालसहित ६ सांसद मात्रै केन्द्रीय समितिमा थिए । केन्द्रीय समिति बैठक विस्तार गरेपछि ५२ जनाको समिति बनेको छ ।

    बैठकले सांसदहरू विराजभक्त श्रेष्ठ, सन्तोष परियार, डा स्वर्णिम वाग्ले, निशा डाँगी, मनिष झा, शिशिर खनाल, हरि ढकाल, डा. तोसिमा कार्की, डा. चन्दा कार्की, असीम शाह, लक्ष्मी तिवारी, अशोक कुमार चौधरी, विनीता कठायत र शिव नेपालीलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको हो ।

    यसअघि रास्वपामा ३९ जना केन्द्रीय सदस्य थिए । मोहनबहादुर थापाले दिएको राजीनामा स्वीकृत भएसँगै यो संख्या ३८ मा झरेको थियो । अब रास्वपाको केन्द्रीय समिति ५१ सदस्यीय भएको छ ।

  • टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन

    टिकटक बन्द गरे/नगरेको २४ घण्टा भित्र जवाफ दिन इन्टरनेट प्रदायकलाई निर्देशन

    काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गरेरनगरेका विषयमा २४ घण्टाभित्र जवाफ दिन इन्टरनेट सेवा प्रदायक कम्पनीलाई निर्देशन दिएको छ ।

    नेपाल दूरसञ्चार प्राधिकरणले एक सार्वजनिक सूचना प्रकाशित गरी २४ घण्टाभित्र टिकटक बन्द गर्ने निर्णय कार्यान्वयन भएरनभएकाबारे जानकारी दिन निर्देशन दिँदै यसअवधिमा जानकारी नदिने सेवा प्रदायकलाई दूरसञ्चार ऐन, २०५३ अनुसार अनुमति पत्र खारेजीलगायतको कारबाही गर्ने चेतावनी दिएको छ ।

    यसअघि टिकटक बन्द गर्ने सरकारको निर्णय कार्यान्वयन गरी जानकारी गराउन सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकलाई निर्देशन दिए पनि अहिलेसम्म जानकारी नआएकाले २४ घण्टाभित्र जानकारी दिन निर्देशन दिइएको प्राधिकरणका उपनिर्देशक तथा सूचना अधिकारी सूर्यप्रसाद लामिछाने जानकारी दिए ।

    गत कात्तिक २८ गते र मङसिर २ गते सार्वजनिक टिकटक बन्द गराउन सूचना निकालिसकेकाले अबको २४ घण्टाभित्र जवाफ पेस गर्न प्राधिकरणले उक्त सूचनामार्फत निर्देशन दिएको उनले बताए । गत कात्तिक २७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सद्भाव बिग्रिन थालेको भन्दै टिकटकको प्रयोगलाई बन्द गर्ने निर्णय गरेको थियो ।

    उक्त निर्णय लगत्तै प्राधिकरणले टिकटक बन्द गर्न सेवा प्रदायकलाई निर्देशन दिएको थियो । हालसम्म कुनै पनि सेवा प्रदायक कम्पनीले निर्देशन कार्यान्वयन नगरेको भन्दै प्राधिकरणले कारबाही गर्ने चेतावनीसमेत दिएको छ ।

  • धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

    धरानबाट पोखरा जाँदै गरेको बस तनहुँमा दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत व्यास नगरपालिका–१२ घाँसी कुवा, चिसौदींमा रात्रि कालिन बस बुधवार बिहान ५ः५० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् । धरानबाट पोखरा जाँदै गरेको ७८९५ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खस्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । मृतक दुई मध्य एकको पहिचान खुलेको र एकको पहिचान खुल्न बाँकी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख राजीव विष्टले बताए ।

    धनकुटाको साँघुरी गढी बस्ने वर्ष ४५ को हस्त राई मृत्यु भएको र एकको सनाखत हुन बाँकी रहेको उनलाई उदृत गर्दै सरकारी सञ्चारमाध्यम गोरखापत्रले जनाएको छ । घाइतेको दमौली स्थित रत्न हरी अस्पताल २२ जना र दमौली अस्पतालमा १२ जनाको उपचार भइरहेको छ । घाइते मध्ये रञ्जित परियारको थप उपचारको लागि पोखरा रिफर गरिसकिएको छ । दुर्घटनामा घाइतेको पुरा विवरण सङ्कलन भइरहेको छ ।

  • काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

    काठमाडौं महानगरमा २७ मंसिरबाट प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध

    काठमाडौं । काठमाडौं महानगरपालिकामा मंसिर २७ देखि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री निषेध हुने भएको छ । महानगरको स्वास्थ्य विभागले मंगलबार सार्वजनिक सूचना जारी गर्दै उक्त जानकारी दिएको हो। महानगरले सूचना जारी भएको १५ दिनभित्र प्लास्टिकमा प्याक गरिएका खैनी, गुट्खा, पान पराग लगायतका सुर्तीजन्य पदार्थ र सार्वजनिक स्थानमा धूमपान निषेध गर्ने भनेको छ। यो सूचना अवज्ञा गरी बिक्री गरेको पाइए महानगर प्रहरीमार्फत् जफत गर्ने र व्यवसायीलाई कानुनबमोजिम अधिकतम सजाय गर्ने पनि भनिएको छ।

    सूचनामा महानगर क्षेत्रभित्र बिक्री निषेध गरिएको भनिए पनि कुन-कुन ठाउँमा निषेध गरिएको हो भनेर खुलाइएको छैन। त्यस्तै, सार्वजनिक स्थानमा धूमपान निषेध गरिएको भनिए ती स्थान कुन(कुन हुन् भन्ने किटान गरिएको छैन। सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्न २०६८ सालमा जारी भएको ऐनले सार्वजनिक स्थल किटान गरेको छ।

    शिक्षण संस्था, विमानस्थल, बाल कल्याण गृह, क्लबहरू, सार्वजनिक शौचालयहरू, होटल, रेस्टुरेन्ट, छात्रावास, व्यायामशाला, डिपार्टमेन्ट स्टोर, धर्मशाला, सार्वजनिक प्रतिक्षालय लगायत स्थलमा धूमपान, चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, कच्चा सुर्ती, खैनी, गुट्खा लगायत सुर्तीजन्य पदार्थ प्रयोग निषेध गरिएको कानुनमा उल्लेख छ।
    महानगरको स्वास्थ्य विभागका प्रमुख रामप्रसाद पौडेलले २९औं महानगर दिवसको सन्दर्भ पारेर जनस्वास्थ्य र वातावरणमा हानि पुर्‍याउने सुर्तीजन्य वस्तुको बिक्री र प्रयोगमा रोक लगाउने निर्णय गरेको बताएका छन्। महानगरपालिकाले २०८० सालमा जारी गरेको जनस्वास्थ्य ऐनमा पनि सुर्ती तथा मदिराजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउन सक्ने व्यवस्था रहेको उनले बताए।

    उक्त ऐेनले बिक्री वितरणका लागि खुला क्षेत्र तोक्न सक्ने, बालबालिकालाई बिक्री गर्न नपाउने, सार्वजनिक स्थलको चार किल्ला तोकेर त्यस वरपर सुर्तीजन्य र जंक फुड बिक्री गर्न निषेध गर्न सकिने व्यवस्था पनि गरेको छ। सुर्तीजन्य वस्तुको प्रयोगले व्यक्तिको स्वास्थ्यमा परिरहेको नकारात्मक असर रोक्न ऐनको व्यवस्था कडाइसाथ कार्यान्वयन गर्न लागिएको हो,’ उनले भने। दोस्रो चरणमा हुक्का नियन्त्रणको कार्यक्रम चलाइने उनले बताए।

  • प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

    प्रधानमन्त्रीको उपस्थितिमा नेपाल–दुबई व्यवसायिक सम्मलेन यूएईमा हुने

    काठमाडौं । नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिर बिहीबारका दिन संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथि प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड रहने भएका छन् । व्यावसायिक सम्मेलन यूूएईस्थित नेपाली राजदूतावासको सहयोग एवम् सहकार्यमा हुन लागेको हो । सम्मेलनमा दुवै देशका करिब १ सय जना उद्यमी व्यवसायीको उपस्थिति रहने छ ।

    सम्मेलनमा दुवै देश बीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवर्द्धन एवम् श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुने महासंघले जनाएको छ । व्यवसायिक सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवम् नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरुमा निर्यात प्रवर्द्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे ।

    सम्मेलनबाट ऊर्जा एवम् पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास गरिएको उनले बताए । महासंघले प्रधानमन्त्रीको उपस्थितिमा यसअघि भारत र चीनमा पनि व्यावसायिक सम्मेलनको आयोजना गरिसकेको छ । महासंघका अध्यक्ष ढकालको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले १५ र १६ मंसिरमा अबुधाबीमा आयोजना हुने जलवायु सम्बन्धी विश्व सम्मेलन कोप–२८ मा भाग लिने कार्यक्रम समेत रहेको छ ।

  • रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

    रुसी सेनाका रुपमा तीन नेपालीको मृत्यु भएको पुष्टी

    काठमाडौं । रुस–युक्रेन युद्धका क्रममा रुसी सेनाका रुपमा तीन जना नेपालीको मृत्यु भएको पुष्टि भएको छ । तीनै जनाको गत कात्तिक २९ गते भाइटीकाको दिन मृत्यु भएको हो । ढिलो गरी प्राप्त सूचना अनुसार गत कात्तिक २९ गते मारिनेमा स्याङ्जा पुतलीबजार ५ ठूलास्वाराका प्रितम कार्की, दोलखाको मेलुङ ६ सुनापती टोलका राज कुमार रोका र इलाम ५ इलामका गंगाराज मोक्तान छन् । उनीहरु तीनै जना रुसी सेनामा कार्यरत थिए ।

    मस्कोस्थित नेपाली दूतावासले मंसिर ८ गते काठमाडौंको त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेर उनीहरुको शव व्यवस्थापनका लागि परिवारसँग समन्वय गर्नुपर्ने भएकाले सम्पर्क स्थापनाका लागि सहजीकरण गरिदिन अनुरोध गरेपछि मात्र रुसी सेनामा कार्यरत नेपालीहरुको मृत्यु भएको खुलेको हो ।

    उक्त पत्रमा रुसी सेनाका अधिकारीले टेलिग्राममार्फत् तीन जना नेपालीहरुको मेडिकल डेथ सर्टिफिकेट मस्कोस्थित नेपाली दूतावासलाई प्राप्त भएको व्यहोरा उल्लेख छ । तर उनीहरु कुन स्थानमा र कसरी मारिए भन्ने उल्लेख छैन । यी तीन नेपालीहरुको मृत्यु हुनुअघि गोरखाका थपलिया थरका अर्का एक नेपालीको पनि गत असारमै मृत्यु भएको मिडिया रिपोर्ट सार्वजनिक भइरहेका छन् ।

    असार २९ गते मृत्यु भएका भनिएका गोरखाका थपलिया र कात्तिक २९ गते मृत्यु भएका थप तीन जना गरी चारै जनाको विवरण दूतावासले आजसम्म सार्वजनिक गरेको छैन । गत असारमा मृत्यु भएका गोरखाका व्यक्तिको शव नेपाल पठाउन नमिल्ने भन्दै रुसमै समाधिस्थ गरिएको मिडिया रिपोर्टहरु सार्वजनिक भइरहे पनि सरकारी निकायबाट त्यसको पुष्टि हुन सकेको छैन ।

  • प्रधानमन्त्री आज यूएई जाँदै

    प्रधानमन्त्री आज यूएई जाँदै

    काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन ९कोप २८० यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै छ ।

    सोही सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधिमण्डल सहभागी हुन लागेको हो । प्रतिनिधि मण्डलमा वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु छन् । भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि सहभागी हुनेछिन् ।

    प्रधानमन्त्री प्रचण्डले मंसिर १६ गते शनिबार सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । त्यही दिन प्रधानमन्त्रीले पर्वतीय देशहरुको एजेण्डा उठाउन ‘हिमालको पुकार ःजलवायु संकटबाट हामीलाई कसले बचाउने छ ?’ कार्यक्रम आयोजना गर्ने पररराष्ट्र मन्त्रालयले जनाएको छ ।

    सम्मेलनका क्रममा प्रधानमन्त्री प्रचण्डले द्वीपक्षीय भेटवार्ताहरु पनि गर्ने छन् । यूएई भ्रमणका क्रममा त्यहाँ रहेको नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल(यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन समेत गर्ने कार्यक्रम तय भएको छ ।

  • उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

    उत्तरकाशीमा मानवीय उद्धारमा ठूलो सफलता, सुरुङमा फसेका ४१ जना मजदुरलाई निकाल्न थालियो

    काठमाडौं । उत्तराखण्डको उत्तरकाशीमा एक निर्माणाधीन सुरुङमा फसेका ४१ जना मजदुरमध्ये आधाभन्दा धेरैलाई व्यक्तिलाई बाहिर निकालिएको छ। उत्तराखण्ड राज्यका मुख्यमन्त्री पुष्कर सिंह धामीले उद्धार गरिएका ती व्यक्तिहरूलाई भेटेका छन् । सुरुङको प्रवेशद्वारमा एउटा अस्थायी क्लिनिक बनाइएको छ र उद्धारलगत्तै उनीहरूलाई नजिकैको अस्पताल लैजानका लागि एम्बुलेन्सहरूलाई तयार अवस्थामा राखिएको छ।

    उद्धारकर्ताहरूले ती मजदुरलाई ९० सेन्टिमिटर व्यासको पाइपबाट एक–एक गर्दै निकाल्ने बताएका छन्। नजिकै गएको एउटा पहिरोका कारण ढुङ्गा र माटो थुप्रिएपछि ती मजदुरहरू सुरुङभित्र थुनिएका थिए। उनीहरू सबै जना सकुशल भएको ठानिएको छ। गत नोभेम्बर १३ देखि भारतको उक्त निर्माणाधीन सुरुङमा फसेका मजदुरहरूलाई बाहिर निकाल्नका लागि सुरुङमा पाइप जडान गर्ने काम केही घण्टाअघि सकिएको अधिकारीहरूले जनाएका छन्र । नोभेम्बर १३ मा स्थानीय समयानुसार बिहान ५ बजे निर्माणाधीन सुरुङमा दुर्घटना भएको थियो।

    उत्तरकाशी जिल्लामा निर्माणाधीन उक्त सुरुङ उत्तराखण्डका प्रसिद्ध तीर्थस्थलहरूलाई जोड्न यातायात व्यवस्थामा सुधार ल्याउने सङ्घीय सरकारको महत्वाकाङ्क्षी राजमार्ग परियोजनाको अङ्ग हो। कतिपय हिमाल र हिमनदीहरू रहेको उक्त क्षेत्रमा हिन्दू धर्मावलम्बीहरूका केही प्रसिद्ध तीर्थस्थलहरू छन्। बीबीसी

  • डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्ने

    डा.स्वर्णिम वाग्ले रास्वपाको उपसभापति बन्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाउने भएको छ । रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्लेलाई बनाउन लागिएको बताइएको छ ।उनका अनुसार वाग्लेलाई उपसभापति बनाउने प्रस्ताव सभापति रवि लामिछानेले महोत्तरीको जलेश्वरमा जारी बैठकमा मंगलबार पेश गरेका छन् । वाग्ले उपसभापति भएको औपचारिक घोषणा भने बुधबार हुनेछ ।

    पार्टी वरियतामा सभापति लामिछानेपछि अर्याल रहनेछन् भने त्यसपछि वाग्ले रहनेछन् । वरियता निर्धारण अल्फावेट अनुुसार राखिने रास्वपा स्रोतको भनाइ छ । वाग्लेलाई उपसभापतिमा मनोनित गर्ने विषयमा छलफल गर्न शीर्ष तहका नेताहरु विच सोमबार साँझ छुट्टै बैठक बसेको थियो । केही दिनअघि रास्वपा प्रवेश गरेका डा. नन्दन यादवलाई केन्द्रीय सदस्य बनाउने तयारी छ । धनुषाका यादव लोहियावादी पार्टी परित्याग गरि कांग्रेसमा प्रवेश गरेका थिए ।

    पार्टीको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ । सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ । गत चैतमा कांग्रेसबाट रास्वपा प्रवेश गरेका वाग्लेले गत वैशाखको उप चुनावमा तनहुँ–१ बाट जितेका थिए ।

  • एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

    एमालेले झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियान चलाउँदै, तयारी पुरा

    काठमाडौं । नेकपा एमालेले बिहीबारदेखि थाल्ने झुलाघाट–चिवाभन्ज्याङ विशेष अभियानको तयारी पूरा भएको छ । एमाले सुदूरपश्चिम प्रदेश कमिटिले मंगलबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै बैतडीको झुलाघाटदेखि सुरु हुने विशेष अभियान भनिएको पदयात्राको तयारी पूरा भएको जनाएको हो । एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले विशेष अभियानको सबै तयारी पूरा भएको जानकारी दिए । विश्वकर्माले पार्टी अध्यक्ष केपी शर्मा ओली अभियानको उद्घाटनका लागि मंगलबार नै धनगढी पुग्ने बताए ।

    उनका अनुसार अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू धनगढी आइरहेका छन् भने उपाध्यक्ष युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, रामबहादुर थापा, महासचिव शंकर पोखरेल उपमहासचिव विष्णु रिमाल लगायतका नेताहरू बुधबार आउने छन् । पार्टीका केन्द्रीय पदाधिकारीसहितका नेताहरु बुधबार धनगढीबाट बैतडीतर्फ प्रस्थान गर्ने एमालेले जनाएको छ । बिहीबार ओलीले झन्डा अनावरण गरेर पदयात्राको उद्टन गर्ने सचिव छविलाल विश्वकर्माले बताए ।

    झुलाघाटमा उद्घाटन गरेपछि बिहीबार नै बैतडी सदरमुकाम गोठलापानीमा आयोजना गरिने विशाल जनसभालाई ओलीले सम्बोधन गर्ने छन् भने बिहीबार खोड्पेमा समेत सन्देश सभा आयोजना गरिएको छ । बैतडीपछि शुक्रबार डडेल्धुरामा सन्देश सभा र डोटीको दिपायलमा जनसभा गर्ने बताइएको छ ।

    यस्तै मंसिर १६ गते अछामको साँफेवगरमा सन्देश सभा गर्ने र मङ्गलसेनमा जनसभा सम्बोधन गर्ने कार्यपालिका रहेको छ । १७ गते सुदूरपश्चिम प्रदेश कमिटीले अध्यक्ष सहितको टोलीलाई कर्णाली प्रदेशमा बिदाइ गर्ने कार्यतालिका रहेको एमालेले जनाएको छ ।

    १९ दिनमा सङ्कल्प यात्रा अन्त्य गरिनेछ । पुष ५ गते काठमाडौँमा संकल्प यात्राको सन्देश प्रवाह गर्ने बताइएको छ । विशेष अभियानका क्रममा केन्द्रीय नेतासहितको टोलीले सुदूरपश्चिम प्रदेशको तीन सय ५८ किलोमिटर यात्रा गर्नेछन् । अभियानका क्रममा तीन दिनसम्म विकास र समृद्धिका लागि बहस हुने एमाले सुदूरपश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्णप्रसाद जैशीले जानकारी दिए । जैशीले अभियानका क्रममा सम्बन्धीत जिल्लालाई नै आफ्नो जिल्लामा व्यवस्थापन गर्ने जिम्मेवारी दिइएको बताए ।

  • देशभरका कारागारमा योग शिविर संचालन गरिने

    देशभरका कारागारमा योग शिविर संचालन गरिने

    काठमाडौं । आपराधिक क्रियाकलपमा संलग्न भएको अभियोगमा जेल जीवन बिताइरहेका कैदीबन्दीमा सकारात्मक सोचको विकास गर्ने ध्येयले सरकारले योग साधनाको अवधारणालाई अघि बढाउने भएको छ ।

    मन्त्रालय र मातहतका निकायमा स्वजागरणका रूपमा योगाभ्यास संस्कृतिलाई अगाडि बढाउने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभियानअन्तर्गत देशभरका कारागारमा योग शिविर सञ्चालन हुने भएको हो ।

    उपप्रधानमन्त्री श्रेष्ठ, गृहसचिव दिनेश भट्टराई, कारागार व्यवस्थापन विभागका महानिर्देशक काशीराज दाहाल, नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य रुप ज्योति, पूर्वप्रहरी महानिरीक्षक कुवेरसिंह रानासहित सोमबार गृह मन्त्रालयमा बसेको बैठकले नक्खु कारागारबाट शिविर सञ्चालन गर्ने निर्णय गरेको हो ।

    एक महिनाभित्रै नक्खु कारागारमा हुने १० दिवसीय शिविरपछि अरू कारागारमा पनि त्यही स्वरुपको शिविर आयोजना गरिने छ । केन्द्रीय कारागारसहित देशमा ७४ कारागार छन् । ती कारागारमा करिब २५ हजार कैदीबन्दी छन् ।

    नेपाल विपश्यना केन्द्रका धर्मसेवक सुशील शाहका अनुसार केन्द्रकै व्यवस्थापनमा शिविर सञ्चालन हुनेछ । यसअघि नक्खु, भीमफेदी, परासी र विराटनगर कारागारमा पहिलो चरणको योग शिविर सम्पन्न भइसकेको छ ।

  • प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो

    प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले पेप्सिकोलाबाट फर्कायो

    काठमाडौं । गौशालामा हुन लागेको प्रदर्शनमा आउन लागेका दुर्गा प्रसाईंलाई प्रहरीले फिर्ता पठाएको छ । गौशाला आउन कार्यकर्तासहित हिँडेका उनलाई प्रहरीले पेप्सीकोलामा रोकेर ठिमी स्थित घरमा फिर्ता पठाइएको हो ।

    आन्दोलनमा प्रत्यक्ष सहभागी हुन नदिन माथिल्लो निकायको आदेश अनुसार तीनवटै गाडी फर्काइएको प्रहरीले जनाएको छ । गौशालामा दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ले आजपनि प्रदर्शनको आयोजना गरेको छ ।

    सोमबार गौशालामा झडप भएपछि प्रहरीले सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्य सहित १५ जनालाई पक्राउ गरेको थियो ।

  • कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

    कोशी करिडोरको सव-स्टेशन सञ्चालनमा आयो

    काठमाडौं । कोशी करिडोर २२० किलोभोल्ट (केभी) प्रसारणलाइन आयोजनाअन्तर्गत सङ्खुवासभाको धर्मदेवी नगरपालिकामा निर्माण गरिएको वसन्तपुर सबस्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले समुद्र सतहबाट २ हजार ४ सय ५० मिटर उचाइमा निर्माण गरेको २२०-१३२-३३ केभी क्षमताको वसन्तपुर सबस्टेसन आइतबार चार्ज गरी सञ्चालनमा ल्याएको छ ।

    आयोजना अन्तर्गत नै सुनसरीको इनरुवा र सङ्खुवासभाको तुम्लिङ्टार तथा बानेश्वर २२० केभी सबस्टेसन गत वर्षको साउनदेखि नै सञ्चालित छन् । सबस्टेसनहरु निर्माणका लागि भारतीय कम्पनी एल एण्ड टीसँग २०७५को असारमा २ करोड ६१ लाख अमेरिकी डलरमा ठेक्का सम्झौता भएको थियो ।

    प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कोशी प्रदेशका ताप्लेजुङ, तेह्रथुम, सङ्खुवासभा र भोजपुर जिल्लामा निजी क्षेत्रले निर्माण गर्ने र गरिरहेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्न र वितरणका लागि मेरुदण्डका रुपमा पूर्वाधार तयार भएको बताए ।

    ‘प्रसारणलाइन र सबस्टेसन तयार भयो, तर जलविद्युत् आयोजनाहरु निर्माण हुन नसक्दा २२० केभी लाइन कम क्षमतामा चलाउने पर्ने अवस्था छ’, कार्यकारी निर्देशक घिसिङले भने, ‘कोशी प्रदेशका पहाडी जिल्लाहरुमा उत्पादित विद्युत् इनरुवा सबस्टेसनमार्फत मोरङ र सुनसरी जिल्ला आपूर्ति गरिने हुँदा त्यस क्षेत्रमा विद्युत् आपूर्तिका लागि उत्पादन स्रोत भएको छ जसले गर्दा भोल्टेज सुधार भई विद्युत आपूर्ति भरपर्दो र गुणस्तरीय हुने छ ।’

    वसन्तपुर सबस्टेसनमा तुम्लिङ्टार र ताप्लेजुङको ढुङ्गेसाँघु सबस्टेसनबाट विद्युत् आउने छ । वसन्तपुरबाट सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकास्थित इनरुवा सबस्टेसनसम्मको २२० केभी डबल सर्किट टावर निर्माण गरी टावरको एकतर्फ मात्र तार तानेर लाइन सञ्चालनमा ल्याइएको छ ।

    वसन्तपुरबाट बानेश्वर हुँदै तुम्लिङ्टारसम्म करिब ३० किलोमिटर २२० केभी डबल सर्किट प्रसारणलाइनको एउटा सर्किट निर्माण सम्पन्न भइसकेको छ । इनरुवा–वसन्तपुर–तुम्लिङटार प्रसारणलाइनको लम्बाइ एक सय पाँच किलोमिटर छ । डबल सर्किट टावर निर्माण गरिएको छ भने हाल सिंगल सर्किट तार मात्र तानी लाइन सञ्चालनमा ल्याइएको छ ।

    नेपाल सरकारको लगानी र भारत सरकारको निर्यात आयात ९एक्जिम० बैकको सहुलितपूर्ण ऋणमा कोशी करिडोर २२० केभी प्रसारणलाइन आयोजना अन्तर्गत तुम्लिङ्टार, वसन्तपुर र बानेश्वरमा सबस्टेसन र प्रसारणलाइनको निर्माण गरिएको हो ।

    अरुण तथा तमोर नदी र त्यसका सहायक खोलानालामा निर्माण हुने र भइरहेका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत कोशी करिडोर २२० केभी प्रसारणलाइनमार्फत इनरुवा सबस्टेसनमा जोडिने छ ।

    कोशी प्रदेशका भोजपुर, सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङमा निर्माण हुने जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारणलाइनमा जोड्न कोसी करिडोरको निर्माण गरिएको हो ।

    कोशी करिडोर अन्तर्गत वसन्तपुर–ढुङ्गेसाँघु ९ताप्लेजुङ० खण्ड प्रसारणलाइन र ढुंगेसाँघुमा १३२ केभी सबस्टेसन निर्माणाधीन छन् । करिब ३४ किलोमिटर डबल सर्किट प्रसारणलाइनमा पर्ने १२८ वटा टावरमध्ये ६ वटाको मात्र निर्माण बाँकी छ । एउटा सर्किटको २६ किलोमिटर तार तानिएको प्रसारणलाइन आगामी माघभित्र सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ ।

    वसन्तपुर–ढुङ्गेसाँघु २२० प्रसारणलाइनको अर्को सर्किट निर्माणका लागि ठेक्का सम्झौता भई काम सुरु भइसकेको छ । नेपाल सरकार र प्राधिकरणको लगानीमा भइरहेको उक्त काम आगामी फागुनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

    ढुङ्गेसाँघु सबस्टेसनको निर्माण ९५ प्रतिशत सकिएको छ । उक्त प्रसारणलाइनमा ताप्लेजुङमा निर्माणको अन्तिम चरणमा रहेका ७३र७३ मेगावाटका मध्य तमोर र मध्य मेवाखोला जलविद्युत् आयोजनाहरु जोडिने छन् ।

    अनुमानित लागत ११ करोड २० लाख अमेरिकी डलर रहेको प्रसारणलाइन आयोजना नेपाल सरकारको लगानी र भारत सरकारले एक्जिम बैक दिएको सहुलितपूर्ण ऋणमा निर्माण भएको हो । एक्जिम बैंकबाट आयोजनाका लागि ९ करोड अमेरिकी डलर सहुलितपूर्ण ऋण प्रवाह भएको छ ।

    कोशी करिडोर प्रसारणलाइन आयोजना मार्फत तुम्लिङटारदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट, ढुङ्गेसाँघुदेखि वसन्तपुरसम्म करिब एक हजार मेगावाट र वसन्तपुरदेखि इनरुवासम्म करिब दुई हजार मेगावाट विद्युत प्रसारण गर्न सकिन्छ । कोशी करिडोर नेपालको हालसम्मको सबभन्दा लामो दूरीको २२० केभी प्रसारणलाइन हो ।

  • नेपालमा हिँउदे वर्षाको सम्भावना

    नेपालमा हिँउदे वर्षाको सम्भावना

    काठमाडौं । काठमाडौं उपत्यकासहित पश्चिमी भेगमा बादल लागेको छ । आज दिउँसोतिर भने पानी पर्ने सम्भावना पनि रहेको मौसमविदले बताएका छन् । मौसमविद रोजन लामिछानेका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, बागमती र कोशी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

    सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावनासमेत छ । आज रातिदेखि भने पश्चिमतिरबाट मौसममा क्रमिक सुधार देखिने मौसमविद लामिछानेले जानकारी दिए । नेपालमा अहिले पश्चिमी वायुको साथै राजस्थानमा बनेको न्यूनचापीय प्रणालीको असर छ । त्यसैको असरले बादल लागेको छ ।

    बादल लागेको बेला जाडो बढेको महसुस हुने भए पनि सोमबारको तुलनामा मंगलबार बिहान न्यूनतम तापक्रम बढी छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाको रेकर्ड अनुसार आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १२।२ डिग्री सेल्सियस छ । सोमबार योभन्दा पनि कम ९।५ डिग्री सेल्सियस मापन भएको थियो ।

    मौसम पूर्वानुमान महाशाखाका अनुुसार आज बिहान लुम्बिनी र गण्डकीमा मौसम सफा छ । तर सुदूरपश्चिम, कर्णाली, बागमती, मधेश र कोशीमा आंशिकदेखि सामान्यदेखि बदली छ ।बादल लागेको बेला हुस्सु कुहिरो नलाग्ने भएकाले अहिले हुस्सु कुहिरोको रिपोर्ट प्राप्त नभएको महाशाखाका मौसमविद लामिछानेले बताए । काठमाडौं आसपासका उच्च पहाडी भागमा पनि हिमपातको सम्भावना नरहेको उनले बताए ।