हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

काठमाडौं । हुलाकी राजमार्गअन्तर्गतका एकदशक पुराना पुल नयाँ ठेक्कामार्फत निर्माण सम्पन्न गर्न लागिएका छन् । कमला, वाग्मतीलगायतका नदीमाथि बनेका पुल लामो समय अवरुद्ध रहेको पुल निर्माण नयाँ ठेक्कामार्फत अघि बढाइरहेको हुलाकी राजमार्ग आयोजना निर्देशनालयले जनाएको छ । हुलाकी राजमार्ग आयोजना पहिले हुलाकी पुल योजना हुँदादेखि झण्डै १ दशकदेखि कतिपय पुल अलपत्र रहेका छन् । समस्याग्रस्त… Continue reading हुलाकी राजमार्गमा १० वर्षदेखि अलपत्र पुल अब नयाँ ठेक्काबाट निर्माण

अहिलेको गठबन्धन देश र जनताको दुःखको कारक हो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सत्ता गठबन्धनले जनतालाई दुःख दिइरहेको बताएका छन् । सरकारले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममाथि टिप्पणी गर्दै ओलीले यस्तो बताए । गठबन्धन देशको अर्थतन्त्र ध्वस्त बनाउन लागेको दाबी गर्दै उनले भने, ‘प्रधानमन्त्रीलाई लागेको होला, सरकार राम्रो छ भनिदिए हुन्थ्यो । तर, तथ्यांकले अर्कै कुरा बोल्छ अनि… Continue reading अहिलेको गठबन्धन देश र जनताको दुःखको कारक हो : ओली

‘नीति तथा कार्यक्रमको वास्तविकता नै ढाँट्ने प्रयत्न’

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रमको उद्देश्य नभएको र गन्तव्य पनि नभेटिएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा उनले नीति तथा कार्यक्रमले वास्तविकता नै ढाँट्ने प्रयत्न गरेको बताए । सरकारले नीति तथा कार्यक्रममा पूर्ण रुपमा चुकेको भन्दै उनले कुनै आधार नै नभएको बताए। ओलीले मुलुक आर्थिक… Continue reading ‘नीति तथा कार्यक्रमको वास्तविकता नै ढाँट्ने प्रयत्न’

चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह

काठमाडौं । काठमाडौंमा एक जना महिलाले शरीरमा आगो लगाएर आत्महत्या गरेकी छन् । रामेछाप घर भई काठमाडौं चन्द्रागिरि नगरपालिका-९ मच्छेगाउँ बस्दै आएकी ३६ वर्षीय शान्ति श्रेष्ठले बगो लगाएर आत्महत्या गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार श्रेष्ठले शुक्रबार दिउँसो पौने ३ बजेको समयमा पेट्रोल छर्केर आगो लगाएकी थिइन् । शरीरमा आगो लागेपछि… Continue reading चन्द्रागिरिमा एक महिलाले गरिन् आत्मदाह

भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले छिट्टै हुन लागेको भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने गरी काम हुने दाबी गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघको आठौं महाधिवेशनबाट निर्वाचित कार्यसमितिको सपथग्रहरण समारोहलाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले नयाँ रेकर्ड बनाउने गरी भारत भ्रमणको तयारी भइरहेको बताएका हुन् । ‘हामीलाई दबाव छ । तर जनताको साथ… Continue reading भारत भ्रमणमा नयाँ रेकर्ड बनाउने तयारी छ : प्रधानमन्त्री

पोल्याण्ड लैजाने भन्दै होटेलमा मान्छे जम्मा गर्ने दुई जना पक्राउ

काठमाडौं । रोजगारीका लागि पोल्याण्ड लैजाने भन्दै ठगी गरेको आरोपमा काठमाडौंमा दुई विदेशी नागरिक पक्राउ परेका छन् । पोल्याण्डमा रोजगारीको राम्रो अवसर रहेको भन्दै टिकटकमा विज्ञापन देखेपछि शनिबार काठमाडौंको मोरियट होटमा धेरै सर्वसाधारण अन्तर्वार्ताका लागि पुगेका थिए । तर अन्तर्वार्ता नलिएको भन्दै होटल परिसरमा होहल्ला भएपछि प्रहरी टोली पुगेको थियो । त्यसपछि दुई जना विदेशी… Continue reading पोल्याण्ड लैजाने भन्दै होटेलमा मान्छे जम्मा गर्ने दुई जना पक्राउ

गोसाइकुण्डमा विशेष मेला सुरु

काठमाडौं । रसुवाको गोसाइँकुण्डमा आजदेखि विशेष मेला सुरू भएको छ । गङ्गा दशहरा अन्तर्गत १० दिने विशेष मेला भर्न आएका भक्तजनले आज बिहानैदेखि कुण्डमा स्नान तथा आराधना गर्न थालेका छन् । आज पहिलो दिन झण्डै पाँच सय भक्तजनले गोसाइँकुण्डमा स्नान गर्ने र भक्तजन आउने क्रम निरन्तर रहेको लाङटाङ राष्ट्रिय निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण… Continue reading गोसाइकुण्डमा विशेष मेला सुरु

भारतले अब २ हजारको नोट चलन चल्तीमा नल्याउने

काठमाडौं । भारतको केन्द्रीय बैंकले २००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न… Continue reading भारतले अब २ हजारको नोट चलन चल्तीमा नल्याउने

रौतहटमा एक जनाको हत्या

काठमाडौं । रौतहटमा एक जना पुरुषको हत्या भएको छ । गौर नगरपालिका ७ सिसवा टोलका ४५ वर्षीय यार महम्मद खानको हत्या भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) वीरबहादुर बुढामगरले जानकारी दिए । एसपी बुढामगरका अनुसार राति १० बजेतिर घर नजिकै खान र छिमेकी शेख साविरबीच सामान्य विवाद भएको थियो । त्यस क्रममा साविरले… Continue reading रौतहटमा एक जनाको हत्या

सरकारी अस्पतालको ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलाउने

काठमाडौं । सरकारले सरकारी अस्पतालको ओपीडी सेवा बिहान ८ बजेदेखि बेलुकी ८ बजेसम्म चलाउने घोषणा गरेको छ । संघीय संसद्‌मा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सो विषय उल्लेख गरेका हुन्। अहिले सरकारी अस्पतालमा उक्त सेवा बिहान १० देखि दिउसो २ बजेसम्म चल्ने गरेको छ। त्यसपछि केही अस्पतालले ईएचएस सेवा दिने गरेका… Continue reading सरकारी अस्पतालको ओपीडी बिहान ८ देखि बेलुकी ८ बजेसम्म चलाउने

बालकृष्ण पक्राउ परेपछि ‘गायव’ मञ्जु खाण संसदमा उपस्थित !

काठमाडौं । नेपाली कांग्रेसकी सांसद मञ्जु खाँण संसद बैठकमा उपस्थित भएकी छन् । नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाउने कार्यमा संलग्न रहेको आरोपमा पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेपछि देश छोडेर गएको हल्ला चले पनि आज नयाँ बानेश्वरस्थित संसद भवनमा देखिएकी हुन् । मञ्जुका पति पूर्व गृहमन्त्री खाँण २७ वैशाखमा पक्राउ परेका थिए । सार्वजनिक भएको… Continue reading बालकृष्ण पक्राउ परेपछि ‘गायव’ मञ्जु खाण संसदमा उपस्थित !

दोधरा चाँदनी सुक्खा बन्दरगहाको निर्माणकार्य तीन वर्षभित्रसक्ने

काठमाडौं । सरकारले दोधरा चाँदनी सुख्खा बन्दरगाह तीन वर्षभित्र बनाउने घोषणा गरेको छ । शुक्रबार प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो जनाएका हुन् । “दोधरा चाँदनी सुक्खा बन्दरगहा तीन वर्षभित्र निर्माण सम्पन्न गरिनेछ ,” उनले भने ।

दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

काठमाडौं । दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष तोकिएको छ । नेपाल नागरिक प्राधिकरणका अनुसार यो प्रावधान १ जनवरी २०२४ बाट लागू हुने छ । १५ जेठ २०७९ मा मुस्ताङमा भएको तारा एयरको नाइनएन–एइटी, डीएचसी–६–३०० जहाज दुर्घटनाबारे अध्ययन गर्न सरकारले रतिशचन्द्र लाल सुमनको नेतृत्वमा छानविन आयोग बनाएको थियो । सो आयोगले… Continue reading दुर्गम भेगमा जहाज उडाउने पाइलटको अधिकतम उमेर अब ६० वर्ष

भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

file

काठमाडौं । सरकारले भिजिट भिसामा खाडी मुलुकसहितका मुलुकमा जाने व्यक्तिमाथि निगरानी बढाउन अध्यागमन कार्यालयहरुलाई निर्देशन दिएको छ । अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारीले सबै अध्यागमन कार्यालयहरुलाई निर्देशन जारी गर्दै भिजिट भिसाको दुरुपयोग गरी मानव तस्करी हुन सक्ने सम्भावित ठाउँमा यात्रा गर्ने व्यक्तिहरुप्रति पूर्ण सतर्कताका साथ काम गर्ने भनेका छन् । खासगरी भिजिट भिसामा खाडी मुलुक,… Continue reading भिजिट भिसामा खाडी जानेमाथि निगरानी बढाइने

सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदैछ । आज बस्ने संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो । त्यसका लागि आज अपराह्न चार बजे संघीय संसदको बैठक बोलाइएको छ । सो बैठकलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्नेछन् र सरकारको वार्षिक कार्यदिशा समेत मानिने नीति तथा कार्यक्रम… Continue reading सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे सक्कली भुटानी शरणार्थीका नेता

काठमाडौं । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गरेको प्रकरणमा संलग्न रहेको आरोपमा भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा नेता रिजाललाई काठमाडौंस्थित उनकै निवासबाट पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । राजनीतिक एवं मानवअधिकार अभियन्तासमेत रहेका रिजाल भुटानी शरणार्थीका सर्वोच्च नेतामध्येका एक हुन् । यसअघि भुटानी… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परे सक्कली भुटानी शरणार्थीका नेता

नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही जेठ २९ गते (जुन १२) देखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान सुरु गर्ने भएको छ । निगमले ‘काठमाडौं–क्वालालाम्पुर–भैरहवा–काठमाडौं’ रुटमा नियमित उडान गर्ने भएको हो । टिकट बुकिङ खुला गरेको छ । यात्रुहरूको माग तथा निगमको बजार व्यवस्थापनअनुसार अन्य गन्तव्यमा समेत उडान अनुमति लिई उडानको संख्या… Continue reading नेपाल एयरलाइन्सले गौतमबुद्ध विमानस्थलमा नियमित उडान गर्ने

चित्रबहादुर केसीको प्रश्न– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के हो?

काठमाडौं । प्रतिनिधिसभा बैठकको रोस्ट्रममा उभिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बनेपछि भारत भ्रमण पहिलो बाध्यता नभएको बताएका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा सांसदहरूले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन् । सांसद चित्रबहादुर केसीले प्रधानमन्त्री बनेपछि पहिलो भ्रमण भारतबाट हुने भन्दै किन भारतबाटै गर्नुपर्ने बाध्यता के हो भन्दै प्रश्न गरेका थिए… Continue reading चित्रबहादुर केसीको प्रश्न– प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाटै गर्नुपर्ने नेपालीको बाध्यता के हो?

लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी पूर्वलडाकूको नाममा भ्रष्टाचार भएको भन्ने आरोपहरू केवल आरोप मात्र भएको बताएका छन्। तर यो विषयमा कसैले दिएको उजुरीमा दोषी देखिए आफू जेल जान समेत तयार रहेको उनले बताए । राप्रपाका सांसद् ज्ञानेन्द्र शाहीले ८४६० पूर्व लडाकुको नाममा अर्बौं रुपैयाँ गएको छ। ती लडाकु को हुन्? अनि क्यान्टोन्मेन्टमा भएको… Continue reading लडाकु शिविरमा भ्रष्टाचार प्रमाणित भए जेल जान तयार छु: प्रधानमन्त्री प्रचण्ड

‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने पक्षमा आफू रहेको बताएका छन्। प्रतिनिधिसभा बैठकमा सांसद शिशिर खनालले सोधेको प्रश्नमा जवाफ दिँदै उनले लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले सार्वजनिक नगर्नु भनेकाले रोकिएको बताए। ‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा मधेश र थरुहट आन्दोलनको विषयमा छानबिन गरेर रिपोर्ट पेस गर्न लाल आयोग गठन भएको… Continue reading ‘लाल आयोगको प्रतिवेदन सर्वोच्चको फैसलाले नगर्नू भनेकाले रोकिएको छ’

प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन गरिएको छ । एक दिनमा १५ सांसदले मात्र प्रश्न सोध्न पाउने प्रतिनिधिसभा नियमावलीको नियम ५६ को (५) निलम्बन गरिएको हो । नियम निलम्बनका लागि नेपाली कांगेसका प्रमुख सचेतक रमेश लेखकले प्रस्ताव राखेका थिए । लेखकको प्रस्तावलाई नेकपा (एमाले)का सचेतक महेश बर्तौला र राष्ट्रिय स्वतन्त्र पार्टी… Continue reading प्रधानमन्त्रीसँग प्रश्नोत्तरका लागि नियम निलम्बन

नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। हज समितिको कार्यवाहकको जिम्मेवारी अर्का व्यक्तिलाई दिने तयारी गरिररहेका बेला बिहीबार बिहान सिंहदरबारभित्रै बाट पक्राउ गरेको हो । मियाँले चढ्ने सरकारी गाडी भुटानी शरणार्थी प्रकरणमा ठगी गर्ने गिरोहले प्रयोग गरेको थियो। नक्कली शरणार्थी बन्ने मानिसको खोजी गर्ने, त्यसका लागि हज… Continue reading नक्कली भुटानी शरणार्थी प्रकरणमा हज समितिका अध्यक्ष मियाँ पक्राउ

धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही

काठमाडौं । म्याग्दीमा रहेको संसारकै सातौं अग्लो धौलागिरि हिमाल आठ जनाले आरोहण गरेका छन्। बुधबार धौलागिरि हिमालमा सेभेन समिट ट्रेक्सका पाँच जना र पाइएर एडभेन्चरमार्फत तीन जनाले आरोहण गरेका हुन्। पर्यटन विभागबाट यस वर्ष धौलागिरि आरोहणका लागि ११ जना महिलासहित ३५ जनाले अनुमति लिएका थिए। सेभेन समिट ट्रेक्समार्फत नर्वेका भिवेके आन्ड्रेया सेफ्लेन्ट, पाकिस्तानका शेहरोज काशिफ,… Continue reading धौलागिरि हिमाल चुचुरोमा पुगे ८ आरोही

काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

Photo : wrightouttanowhere.com

काठमाडौं । आज काठमाडौं उपत्यकामा बिहानैबाट वर्षा जारी छ । जल तथा मौमम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशैभर मौसम अझै तीन दिन बदली रहने छ । पश्चिमी वायु, स्थानीय वायु र जलवाष्पयुक्त वायुका कारण आगामी तीन दिनसम्म मौसममा बदली रहने सम्भावना छ । अहिले कोशी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी मौसम सामान्यतया… Continue reading काठमाडौंमा बिहानैबाट वर्षा, अन्य स्थानमा के छ प्रक्षेपण ?

संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

काठमाडौं । आज बस्ने संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहने भएको छ । बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची छ । संघीय संसद सचिवालयका अनुसार आज प्रधानमन्त्री प्रचण्डले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेछन् । संसद… Continue reading संसदमा आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर

हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि

काठमाडौं । अमेरिकाले भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)सँग सम्बन्ध भएका धार्मिक समूहले नेपाललाई हिन्दूराष्ट्रको पक्षमा बोल्न राजनीतिक दलका प्रभावशाली नेताहरूलाई पैसा दिने गरेको दाबी गरेको छ । अमेरिकी विदेशमन्त्री एन्थोनी जे ब्लिंकेनले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रता प्रतिवेदनमा नागरिक समाजका अगुवाहरूलाई उद्धृत गर्दै हिन्दूराष्ट्रका पक्षमा बोल्न नेपालका नेताहरूलाई पैसा दिँदै आएको दाबी गरेको… Continue reading हिन्दु राष्ट्रका पक्षमा बोल्न नेपाली नेताले पैसा लिने गरेको अमेरिकाको दावि

ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु

काठमाडौं । पाँचथरको हिलिहाङ गाउँपालिका(७ मा बुधबार ट्र्याक्टरको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको छ । स्थानीय कमल सुवेदीका विद्यालय जाँदै गरेका ९ वर्षीया छोरी गंगा र १३ वर्षीया पुजनालाई मे १ त २९६१ नम्बरको ट्र्याक्टरले बिहान साढे १० बजेतिर ठक्कर दिएको थियो । ठक्करबाट सख्त घाइते भएका दिदीबहिनीको उपचारका क्रममा पाँचथर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी… Continue reading ट्याक्टरको ठक्करबाट पाँचथरमा २ दिदी-बहिनीको मृत्यु

सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले यही जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्द गर्ने घोषणा गरेको छ। रेशम चौधरीलाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सदर गरेको भोलिपल्ट बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी नागरिक उन्मुक्ति पार्टीले सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपालबन्दसम्मको आन्दोलन घोषणा गर्ने चेतावनी दिएको हो । पार्टीका… Continue reading सर्वोच्चको फैसलाविरुद्ध नागरिक उन्मुक्तिद्वारा पाँच दिन नेपाल बन्दको घोषणा

पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण

काठमाडौं । पहिलो नेपाली महिला आरोही स्वर्गीय पासाङ ल्हामु शेर्पाका श्रीमान् ल्हाक्पा सोनाम शेर्पाले सगरमाथाको सफल आरोहण गरेका छन् । शेर्पा अध्यक्ष रहेको कम्पनी थामशेर्कु ट्रेकिङका अनुसार उनले बुधबार बिहान साढे ७ बजेको समयमा सगरमाथाको सफल आरोहण गरेका हुन् । थामशेर्कुका अनुसार शेर्पाले सगरमाथाको सफल आरोहण गरेसँगै सात वटै महादेशका सबैभन्दा अग्ला चुचुरो चुम्ने रेकर्ड… Continue reading पासाङ ल्हामुका श्रीमानले गरे सगरमाथाको सफल आरोहण

युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण

ndtv.com

काठमाडौं । युक्रेनको राजधानी किभमा रुसले फेरि हवाई आक्रमण गरेको छ । यस महिनामा रुसको यो लगातार आठौं आक्रमण हो । युक्रेनका अधिकारीले किभलाई लक्षित गरी सोमबार प्रहार गरिएका १८ वटा मिसाईलाई नष्ट गरेको बताएका छन् । तर, रुसले आफ्ना ड्रोन र मिसाइल लक्षित क्षेत्रमा नै खसेको दाबी गरेको छ । यी आक्रमणका कारण दुई देशबीचको युद्ध झनै चर्किने… Continue reading युक्रेनको राजधानीमा रुसले पुनः थाल्यो आक्रमण