दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय

काठमाडौं । सरकारले दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार रुपैयाँका दरले आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । शुक्रबार बसेको विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको १७औँ बैठकले जेठ २०७८ यताका ५ हजार ८८० भूकम्पपीडितलाई अस्थायी आवासका लागि ५० हजारका दरले अनुदान दिने निर्णय गरेको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा शुक्रबार उक्त… Continue reading दुई वर्षयताका भूकम्पपीडितलाई ५० हजार दिने सरकारको निर्णय

मन्त्री बन्ने सूचीबाट मनाङे आउट

काठमाडौं । गण्डकीमा नेकपा (एकीकृत समाजवादी)का सांसद दीपक मनाङे (राजीव गुरुङ) को ठाउँमा तनहुँका जीतप्रकाश आले मन्त्री बन्ने भएका छन् । मनाङेको ठाउँमा खाली राखेर शीर्ष नेतासँग अन्तिम छलफल थालेका पाण्डेले अन्तत तनहुँ–२ प्रदेश सभा २ का आलेलाई मन्त्री बनाउने निश्चित भएको हो । मनाङेलाई मन्त्री नबनाए पनि गण्डकीमा सहज बहुमत पुग्ने भएकाले पाण्डे सुरुदेखि… Continue reading मन्त्री बन्ने सूचीबाट मनाङे आउट

प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । रास्वपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि पहिलो पटक सभापति लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका हुन्। शुक्रबार बिहान ८ बजे बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्री दाहाललाई भेटेका हुन्। भेटमा नक्कली भुटानी शरणार्थी प्रकरणलाई छानबिन गरी टुंगोमा पुर्‍याउन लामिछानेले प्रधानमन्त्रीलाई… Continue reading प्रधानमन्त्री प्रचण्ड र रवि लामिछानेबीच भेटवार्ता

रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्‍यो विधेयक

काठमाडौं । सरकारले रेशम चौधरीलाई रिहाइ गर्ने तयारी थालेको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले बिहीबार दर्ता गरेको विधेयकमा टीकापुर घटनामा दोषी ठहर भई जेलमा रहेका रेशम चौधरीको मुद्दा फिर्ता लिन बाटो खोल्ने गरी बुँदा संशोधन गरिएको छ । प्रतिनिधिसभाको विधेयक शाखामा दर्ता गरेको छ। चौधरीको मुद्दा फिर्ता लिनेगरी कानुन संशोधन गर्न लागिएको मन्त्रालय… Continue reading रेशमको मुद्दा फिर्ताको तयारी, सरकारले दर्ता गर्‍यो विधेयक

‘भ्रष्टाचार काण्डमा निर्दोषलाई फसाउने चलखेल हुँदैछ’- अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारको काण्डमा निर्दोषलाई कसरी फसाउने भनेर चलखेल भइरहेको आरोप लगाएका छन्। बिहीवारबाट पार्टी केन्द्रिय कार्यालय च्यासलमा सुरु भएको पार्टीको केन्द्रिय कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। भ्रष्टाचार गर्ने जोकोही पनि कारबाहीको दायरामा आउनुपर्ने तर एमालेप्रति लक्षित गरी विभिन्न आधारहीन अभिव्यक्ति बाहिर आइरहेको उनले बताए। उनले… Continue reading ‘भ्रष्टाचार काण्डमा निर्दोषलाई फसाउने चलखेल हुँदैछ’- अध्यक्ष ओली

१७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

काठमाडौं । दोस्रो जनआन्दोलन २०६२/०६३ का क्रममा घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन भएको छ । कायस्थलाई उपचारका लागि बनेपाको शीर मेमोरियल अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। २०६२/०६३ को १९ दिने जनआन्दोलनका क्रममा बनेपामा निकालिएको जुलसमा सहभागी भएका मुकेश प्रहरीले चलाएको गोली लागेर घाइते भएका थिए… Continue reading १७ वर्षदेखि अचेत ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधन

पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणमाथि अनुसन्धानका लागि थुनामा राख्न अदालतले अनुमति दिएको छ । बबरमहलस्थित जिल्ला अदालत काठमाडौंले बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई अनुसन्धानका लागि ४ दिन थुनामा राख्न अनुमति दिएको हो। खाणसँगै उनका सहयोगी नरेन्द्र केसीलाई पनि प्रहरीले म्याद थपको अनुमति लिएको… Continue reading पूर्वगृहमन्त्री खाणलाई चार दिन हिरासतमा राख्न अनुमति

फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

काठमाडौं । कांग्रेसकी केन्द्रीय सदस्य एवम् सांसद डा. आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणमा आफ्नो नाम जोडेर फेक अडियो सार्वजनिक भएको भन्दै छानविन गरी दोषीलाई कारबाही गर्न माग राखेर नेपाल प्रहरीको साइबर ब्यूरोमा निवेदन दिएकी छिन् ।केही सञ्चार माध्यम र सामाजिक संजालमा सार्वजनिक भएको अडिओ झुटो भएको दाबी उनको छ। ‘विभिन्न सञ्चार माध्यमहरूमा सार्वजनिक… Continue reading फेक अडियो बनाएको भन्दै आरजुले दिइन् साइबर ब्यूरोमा उजुरी

सरकारलाई बधाई दिँदै गगनले भने- ‘दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारलाई बधाई दिएका छन् । बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा सरकारले गरेको अहिलेसम्मको काम प्रशंसायोग्य भएको बताउँदै प्रधानमन्त्री र गृहमन्त्रीलाई बधाई दिएका हुन् । उनले भने, ‘यसका हामी सबैको एउटै आवाज छ संलग्न जोसुकै होस्… Continue reading सरकारलाई बधाई दिँदै गगनले भने- ‘दह्रो खुट्टा टेक्नुभयो भने तपाईंको फिल्म चल्छ’

नक्कली भुटानी शरणार्थी प्रकरणबारे जानकारी गराउन सरकारलाई सभामुखको रूलिङ

काठमाडौं । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे संसदमा जानकारी गराउन सरकारलाई रूलिङ गरेका छन्। बुधवारको प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारको ध्यानाकर्षण गराएका हुन्। त्यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्षसमेत रहेका सांसद राजेन्द्र लिङ्देनले सो प्रकरणको सम्बन्धमा सरकारले जानकारी गराउनुपर्ने र त्यसबारे सभामुखको रुलिङको माग गरेका थिए।

नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण पक्राउ

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्व गृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेका छन् । उनलाई बुधबार प्रहरीले निवासबाट पक्राउ गरेको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका खाँणलाई काठमाडौं प्रहरी परिसर लगिएको हो । यही प्रकरणमा मुछिएका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी भने फरार छन् ।

टोपबहादुर रायमाझीको घरमा खानतलासी

काठमाडौं । प्रहरीले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी प्रकरणमा संलग्न रहेको भनिएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीको घरमा खानतलासी गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौं टोलीले ललितपुरको सातदोबाटोस्थित रायमाझीको घरमा खानतलासी गरेको हो। काठमाडौं जिल्ला अदालतले रायमाझीविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ। पक्राउ पूर्जी जारी भएको १ साता बित्न लाग्दा पनि… Continue reading टोपबहादुर रायमाझीको घरमा खानतलासी

‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकास शर्माले नक्कली शरणार्थी प्रकरणमा राज्यले फायर खोल्नुपर्ने बताएका छन्। मंगलबार संसदको विशेष समयमा सम्बोधन गर्दै शर्माले यो प्रकरणमा राज्यले फाइलमात्र खोलेको उल्लेख गर्दै यसलाई निष्कर्षमा पुर्‍याउन फायर खोल्नुपर्ने बताएका हुन्। ‘भुटानी शरणार्थीको सन्दर्भ फाइल खोलेको छ। यसलाई निष्कर्णमा पुर्‍याउनुपर्छ। राज्यले यसविरुद्ध फायर खोल्नुपर्छ,’ शर्माले संसदमा भने, ‘निर्दोष कोही बच्नुहुन्न।… Continue reading ‘भ्रष्टाचारविरुद्ध फाइल मात्रै होइन, ‘फायर’ खोल्नुपर्छ’

‘टोपबहादुर दोषी छैनन् भने प्रहरीबाट किन लुकेका ?’

काठमाडौं । जनता समाजवादी पार्टीका सांसद प्रदीप यादवले नक्कली शरणार्थी प्रकरणमा मुछिएसँगै एमाले नेता टोपबहादुर रायमाझी फरार भएपछि थप आशंका बढेको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै छोरा पक्राउ परेपछि सम्पर्कविहीन हुनुले घटनामा संलग्न भएको पुष्टि गर्ने उनको जिकिर छ । ‘यदि, दोषी छैनन् भने प्रहरीबाट किन लुकेर बसेका छन्? लुक्नु भनेको कुनै न कुनै… Continue reading ‘टोपबहादुर दोषी छैनन् भने प्रहरीबाट किन लुकेका ?’

स्वर्णिमले भने- ‘अर्थमन्त्री ज्यू ! घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नूस्’

काठमाडौं । रास्वपाका सांसद डा स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको बजेटको सिद्धान्त र प्राथमिकता यथास्थितिवादी निबन्ध जस्तो रहेको टिप्पणी गरेका छन्। संसदमा सरकारले प्रस्तुत गरेको विधेयकमाथि सोमबार भएको छलफलमा सहभागी हुँदै सांसद वाग्लेले उक्त टिप्पणी गरेको हुन्। वाग्लेले सामान्य सुधारले मात्रै अर्थतन्त्रमा सुधार नआउने तर्क गरेका हुन्। ‘सर्जरी नै खोजिरहेको अर्थतन्त्रमा झारफुक गरेर उम्कन सकिदैन,’… Continue reading स्वर्णिमले भने- ‘अर्थमन्त्री ज्यू ! घोषणापत्र लेखिदिएकै छु, कार्यान्वयन गर्नूस्’

संसद बैठकमै अर्धनग्न बने अमरेशकुमार सिंह

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले सोमबारको संसद बैठकमै आफूले लगाएका लुगा खोलेर अर्धनग्न बनेका छन् । बैठक सुरू हुनासाथ सभामुखले बोल्न समय नदिएपछि त्यसको विरोधमा उनले सर्ट र गञ्जी खोलेर विरोध जनाएका हुन् । सभामुख घिमिरेले उनलाई शिष्ट भएर व्यवहार गर्न नभए थप कारबाही गर्ने चेतावनी दिए ।

भैरहवा गएको यतीको जहाज आकाशमै होल्ड गरेर काठमाडौं फर्कियो

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको यती एयरलाइन्सको विमान काठमाडौंमै फर्किएको छ । विमानस्थलको रनवेमा श्री एयरलाइन्सको जहाज रोकिएपछि काठमाडौंबाट भैरहवाको उडान भरेको यती एयरको जहाज आधा घण्टाभन्दा बढी समय आकाशमै होल्ड गरेर पुनः काठमाडौं फर्किएको हो । भैरहवाबाट काठमाडौंका लागि उडान भरेको श्री एयरको जहाजमा प्राविधिक समस्या देखिएपछि बीचबाटै भैरहवा नै फर्केर गौतम बुद्ध विमानस्थलमा… Continue reading भैरहवा गएको यतीको जहाज आकाशमै होल्ड गरेर काठमाडौं फर्कियो

काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो

काठमाडौं । भैरहवाबाट काठमाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज बीच बाटोबाटै भैरहवा फर्किएको छ । उडानका क्रममा जहाजमा प्राविधिक समस्या देखिएपछि जहाज भैरहवा नै फर्किएको हो । सोमबार बिहान ९.४० मा उडान भरेको श्री एयरको ७२ सिट क्षमताको जहाज उडान भरेको २० मिनेटपछि भैरहवा विमानस्थलमै फर्किएर सुरक्षित रुपमा अवतरण गरेको जनाईएको छ । चालक दलका… Continue reading काठमाडौं उडेको श्री एयरको जहाज बीच बाटोबाटै भैरहवा फर्कियो

‘मैले केही बिराएको छैन, डराउदिनँ’

काठमाडौं । नेपाली कांग्रेसकी सांसद डा आरजु देउवाले आफ्नो नाम जोडेर अनेकन प्रश्न उठ्न थालेकोमा गुनासो गरेकी छिन्। सांसदमा सम्बोधन गर्दै नेतृ राणाले भनिन् ‘एउटा नारीले आफ्नो हैसियतमा उभिएर राजनीति गरेको यो देशमा सह्य नहुने रहेछ, पुरुषले भनेको मात्र मान्नुपर्ने। आफ्नो पब्लिक लाइफमा आयो भने असह्य नहुने। जति क्रिटिसाइज गरे पनि मैले केही बिराएको छैन… Continue reading ‘मैले केही बिराएको छैन, डराउदिनँ’

झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

काठमाडौं । झुटा विवरण पेश गरी नेपाली नागरिकता लिएको आरोपमा प्रहरीले १० जना भारतीयलाई पक्राउ गरेको छ । काठमाडौंको विभिन्न स्थानमा व्यापार व्यवसाय गर्दै आएका १० जना भारतीय नागरिकलाई नेपाली नागरिकतासहित पक्राउ गरी सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा भारत विहार घर भई काठमाडौंको शंखमुल बस्ने भरतप्रसाद गुप्ता, राहुल गुप्ता, ज्ञानमति देवी गुप्ता र गोपाल… Continue reading झुटा विवरण पेश गरी नेपाली नागरिकता लिने १० जना भारतीय पक्राउ

बालेनले उत्खनन् गरेको टुकुचा ढल नभएर ‘इच्छुमती खोला’ नै भएको उच्च अदालत पाटनको फैसला

काठमाडौं । उच्च अदालत पाटनले काठमाडौं उपत्यकाको मध्यभाग भएर बग्ने इच्छुमती (टुकुचा) ढल नभइ खोला नै भएको फैसला गरेको छ । काठमाडौं महानगरपालिकाले जय नेपाल हलबाट कमलादी क्षेत्रसम्मको नदी छोपिएको भन्दै खुला गर्न सुरु गरेपछि अदालतमा मुद्दा परेको थियो । अदालतले गरेको फैसलाको पूर्णपाठमा खोला नै भन्ने उल्लेख भएपछि जग्गा प्राप्तिसम्बन्धी कानुन अनुसार नदीमाथिको जग्गा… Continue reading बालेनले उत्खनन् गरेको टुकुचा ढल नभएर ‘इच्छुमती खोला’ नै भएको उच्च अदालत पाटनको फैसला

प्रचण्ड सरकार दशौँ पटक विस्तार, आचार्यले लिए शपथ

काठमाडौं । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। उनले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा आयोजित एक कार्यक्रमका बीच शपथ लिएका हुन्। नेपाली कांग्रेसबाट मन्त्री बनेका आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र नेपाल समाजवादी पार्टीका यादवलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ । आचार्यलाई मन्त्री बनाइएसँग… Continue reading प्रचण्ड सरकार दशौँ पटक विस्तार, आचार्यले लिए शपथ

रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव समाचारको झूटो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रधानमन्त्री बनाउने प्रस्ताव आएको भन्ने समाचारले सिङ्गो राजनीतिक र सामाजिक क्षेत्र समेत तरङ्गित बनिरहेका बेला दुई वटै पक्षले यसबारे अनविज्ञता प्रकट गरेका छन् । प्रधानमन्त्रीको प्रस्ताव गरेको भनिएको नेकपा एमाले र प्रस्ताव आएको भनिएको राष्ट्रिय स्वतन्त्र पार्टी दुबैले यो समाचार झूटो भएको प्रतिक्रिया दिएका हुन् ।… Continue reading रवि लामिछानेलाई प्रधानमन्त्रीको प्रस्ताव समाचारको झूटो

सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

काठमाडौं । संखुवासभामा आज भएको सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा घाइतेमध्ये एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय भविन्द्र गुरुङ रहेको प्रहरीले जनाएको छ । उपचारका लागि काठमाडौं लैजाने क्रममा हेलिकोप्टरमै मृत्यु भएपछि पुनः संखुवासभामै हेलिकोप्टर अवतरण गरिएको हो। गुरुङ अरुण जलविद्युत् आयोजनाका कर्मचारी रहेको प्रहरीले जनाएको छ । भोटखोला गाउँपालिका–४ चिप्रुङ्को दिलिङखामा हेलिकोप्टर दुर्घटनामा… Continue reading सिम्रिक एयर दुर्घटना : घाइतेमध्ये एकजनाको मृत्यु

भुटानी शरणार्थी प्रकरण : थप तीन जनाविरुद्ध पक्राउ पुर्जी

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा थप तीन जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। प्रहरीले केशव तुलाधर, हरिभक्त महर्जन र लक्ष्मी महर्जनको नाममा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गराएको हो । तर, पक्राउ पुर्जी जारी भएका तिनै जना आरोपी फरार भएका छन् । पक्राउ परेका अन्य आरोपितको बयानको आधारमा प्रहरीले उनीहरुमाथि छानबिन गरेको थियो… Continue reading भुटानी शरणार्थी प्रकरण : थप तीन जनाविरुद्ध पक्राउ पुर्जी

‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्धका अनुयायी सम्राट अशोकको जीवनसँग आफ्नो जीवन पनि मेल खान जाने बताएका छन्। २५६७ औं बुद्धपूर्णिमा एवं लुम्बिनी दिवसको अवसरमा बुद्धजन्मस्थल लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले आफू ‘जनयुद्ध’बाट शान्ति प्रक्रियामा आउँदा बुद्ध दर्शनबाट प्रभावित बनेको बताएका हुन्। विशेष कार्यक्रममा प्रधानमन्त्री दाहालले बुद्धमा भौतिकवादी र द्वन्द्ववादी दुबै… Continue reading ‘मेरो जीवन पनि सम्राट अशोकसँग मेल खान्छ’

गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

काठमाडौं । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन्। गण्डकी प्रदेशसभाको बिहीबार बसेको बैठकमा मुख्यमन्त्रीले आफुलाई विश्वासको मत दिइओस् भनी गरेको प्रस्तावको पक्षमा ३५ सांसदले मत दिएका हुन् । मुख्यमन्त्री पाण्डेलाई नेपाली कांग्रेसका २७, माओवादी केन्द्रका ७ र नेकपा एकीकृत समाजवादीका १ जना गरी ३५ जना सांसदले विश्वासको मत दिए । उनको विपक्षमा नेकपा… Continue reading गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

काठमाडौं । उच्च शिक्षाका लागि विदेशी जाने विद्यार्थीहरूलाई प्रदान गरिने नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) अब अनलाइनबाटै प्रिन्ट गर्न पाइने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको विदेश अध्ययन अनुमति शाखाले अनलाइनबाटै एनओसी जारी गर्ने तयारी गरेको हो । एनओसीका लागि अनलाइनबाटै आवेदन दिने व्यवस्था भए पनि अबदेखि अनलाइनबाट प्रिन्ट समेत गर्न मिल्ने बनाउन लागिएको… Continue reading एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

तीन मन्त्रीले लिए शपथ

काठमाडौं । कांग्रेसका तीन मन्त्रीले शपथ लिएका छन्। बिहीवार शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रालयमा शपथ दिलाएका हुन्। मन्त्रीहरूले आजै मन्त्रालय गएर पदभार ग्रहण गर्ने कार्यक्रम छ। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको अहिलेको सरकारमा कांग्रेसबाट ८ जना मन्त्री छन्।… Continue reading तीन मन्त्रीले लिए शपथ

सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निरुको हत्या

काठमाडौं । सिक्री लुट्दा प्रतिकार गरेपछि कपनमा निरा पाण्डेको हत्या भएको खुलेको छ। हत्या आरोपमा प्रहरीले एक बाउन्सरलाई पक्राउ गरेपछि हत्याको कारण खुलेको हो। काठमाडौं– ७ वैशाखमा कपन सरस्वतीनगरस्थित निरु किचनकी सञ्चालक निरा पाण्डे आचार्य ९निरु० को सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि हत्या गरिदिएको घटनामा संलग्न विनोद विश्वकर्माले प्रहरीलाई प्रारम्भिक बयान दिएका छन्। बाउन्सरसमेत रहेका… Continue reading सिक्री लुट्न खोज्दा प्रतिकार गरेपछि निरुको हत्या