काठमाडौं । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मत अन्तरले विजयी भएका छन् । निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१८ पाउँदा भट्टराईले २० हजार १२२ मत… Continue reading स्वर्णिम वाग्ले भारी मतअन्तरले विजयी
Category: समाचार
काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण
काठमाडौं । काठमाडौंबाट दुबईका लागि उडेको जहाजको इन्जिनमा आगलागी भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार एउटा इन्जिनमा आगो लागेपछि प्लेन आकस्मिक अवतरण गर्ने तयारी थियो । तर, जहाज अहिले तराई हुँदै भारततर्फ लागेको छ । स्रोतका अनुसार जहाजमा धेरै इन्धन भएका कारण सम्भवतः भारतसम्म पुर्याएर अवतरण गराउने योजना हुन सक्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा… Continue reading काठमाडौंबाट दुबई उडेको जहाजको इन्जिनमा खराबी, तर भएन आकस्मिक अवतरण
कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत
काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीले कांग्रेसको करिब दोब्बर मत पाएको छ । केन्द्रीय सदस्य भण्डारीको वडा भानु नगरपालिका वडा नम्बर ९ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा स्वर्णिम वाग्लेले कांग्रेस उम्मेदवार गोविन्द भट्टराईभन्दा करिव दोब्बर मत प्राप्त गरेका हुन् । १६८८ मत खसेको उक्त वडामा रास्वपाका वाग्लेले ८१४ मत पाउदा कांग्रेसका… Continue reading कांग्रेस केन्द्रीय सदस्य शंकर भण्डारीकै वडामा घण्टीलाई दोब्बर मत
एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि लामिछाने
काठमाडौं । चितवन–२ मा अहिलेसम्म इच्छाकामना गाउँपालिकाका ६ वडाको मतगणना सकिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् । उनले तीनहजार ६०२ मत पाएका छन् । रवि १५ सय २० मतले अगाडि छन् । उनलाई पछ्याइरहेका एमालेका रामप्रसाद न्यौपानेले दुईहजार ८२ मत पाएका छन् । इच्छाकामना गाउँपालिका जहाँ गत मंसिरमा… Continue reading एमालेको ‘कोर एरिया’ मै हावी हुँदै रवि लामिछाने
भागबन्डा मिल्यो, एमालेलाई तीनवटा संसदीय समितिको सभापति
काठमाडौं । नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो । जसअनुसार प्रतिनिधिसभाका १० वटा समिति मध्ये महत्वपुर्ण मानिएका सार्वजनिक लेखा समिति र राज्यका निर्देशक सिद्धान्त अनुगमन तथा निर्देशन विशेष समितिसहित तीनवटा संसदीय एमालेको… Continue reading भागबन्डा मिल्यो, एमालेलाई तीनवटा संसदीय समितिको सभापति
नेपालमा थप ११३ जनामा कोरोना पुष्टी, ७२ जना संक्रमण मुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १०४४ जनाको एन्टिजेन परीक्षण गर्दा ४९ जनामा संक्रमण देखिएको हो । यो अवधिमा ७२ जना संक्रमणमुक्त भएका छन्। यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ९० हजार… Continue reading नेपालमा थप ११३ जनामा कोरोना पुष्टी, ७२ जना संक्रमण मुक्त
चितवन-२ मा अघि लागे रवि लामिछाने, बारामा पछि परे उपेन्द्र यादव
काठमाडौं । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् ।पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६… Continue reading चितवन-२ मा अघि लागे रवि लामिछाने, बारामा पछि परे उपेन्द्र यादव
स्वर्णिमले अझै फराकिलो पारे मतान्तर
काठमाडौं । तनहुँ–१ मा अहिलेसम्म २१ वडाको मतगणना सकिँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले निरन्तर मतान्तर बढाउँदै लगेका छन्। वाग्लेले १५ हजार मत कटाएका छन् । उनले तनहुँ क्षेत्र नम्बर १ मा १५ हजार १३५ मत पाएका छन् । २९ हजार ८०२ मत गणना हुँदा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले आठ हजार ७३४ मत… Continue reading स्वर्णिमले अझै फराकिलो पारे मतान्तर
दीपक मनाङेले चुनाव खर्च २३ हजार
काठमाडौं । मनाङ ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर निर्विरोध निर्वाचित भएका दीपक मनाङेको चुनाव खर्च २३ हजार भएको छ । आयोगलाई सोमबार मनाङले उम्मेदवारी दर्ताको क्रममा ५ हजार रुपैयाँ र गोष्ठी–अन्तरक्रिया र खाना–खाजामा १८ हजार खर्च भएको बुझाएका छन् । मनाङले बुझाएको चुनावी खर्च विवरण सम्भवतः देशकै सबैभन्दा कम हो। चुनावताका मनाङे गण्डकीका युवा तथा… Continue reading दीपक मनाङेले चुनाव खर्च २३ हजार
लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री लिला गिरी पदमुक्त
काठमाडौं । लुम्बिनी प्रदेशमा पनि नेकपा एमाले नेतृत्वको सरकार ढलेको छ । सोमवार बसेको प्रदेश सभा बैठकमा एमालेका मुख्यमन्त्री गिरीले मागेको विश्वासको प्रस्तावको पक्षमा ३३ मतमात्र खसेसँगै मुख्यमन्त्री लिला गिरी पदमुक्त भएका छन् । मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ । एकजना स्वतन्त्र सांसद, कांग्रेस, माओवादी लगायतका सत्ता गठबन्धनका दलले विपक्षमा मत दिएका… Continue reading लुम्बिनीमा पनि ढल्यो एमाले सरकार, मुख्यमन्त्री लिला गिरी पदमुक्त
माओवादी र जोशीको समूहको मत पनि रास्वपालाई
काठमाडौं । तनहुँ–१ मा माओवादी केन्द्र र गोविन्दराज जोशीको समूहको मत पनि रास्वपालाई गएको छ । कांग्रेसले जोशी समूहलाई मनाउन निकै प्रयास गरेको थियो । उनको कारबाही फुकुवा गरेको थियो । तर सहमति हुन सकेन । जोशी स्वयं रास्वपामा नखुले पनि उनका छोरा दिपकराज जोशीले भने रास्वपालाई खुलेर मत मागेका थिए । जोशीको घर भएको… Continue reading माओवादी र जोशीको समूहको मत पनि रास्वपालाई
माओवादीको किल्ला आँबुखैरेनीबाट स्वर्णिमलाई ६६ प्रतिशत मत
काठमाडौं । माओवादी वर्चश्वको रहेको तनहुँ-१ को आँबुखैरेनी गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले अत्यधिक मत पाएका छन्। ६ वडा रहेको यो गाउँपालिकामा स्वर्णिम वाग्लेले ४४४५ अर्थात् ६६ प्रतिशत मत पाएका छन् भने कांग्रेसका भट्टराई १६४८ अर्थात् २५ प्रतिशत मत प्राप्त गरेका छन्। त्यस्तै एमालेका खनालले ५९६ अर्थात् ९ प्रतिशत मत पाएका छन्। गएको स्थानीय… Continue reading माओवादीको किल्ला आँबुखैरेनीबाट स्वर्णिमलाई ६६ प्रतिशत मत
स्वर्णिम वाग्लेले कटाए ११ हजार मत
काठमाडौं । तनहुँ–१ को प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार स्वर्णिम वाग्लेले अग्रता बढाउँदै ११ हजार मत कटाएका छन् ।बिहान साढे ११ बजेसम्मको मतपरिणामअनुसार वाग्लेले ११ हजार ४२८ मत प्राप्त गरेका छन् । उनका निकतटम् प्रतिस्पर्धी कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत पाएका छन् । भट्टराईभन्दा वाग्ले ४ हजार ४६५… Continue reading स्वर्णिम वाग्लेले कटाए ११ हजार मत
तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत
काठमाडौं । उपनिर्वाचनमा तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले तुलनात्मक रूपमा नेकपा (एमाले) को धेरै मत लगेका छन्। जारी मतगणनाका क्रममा एमालेकै नेताहरुले पार्टी कमिटीकै सदस्यहरुको मत सर्वेन्द्रलाई नआएको प्रतिक्रिया दिएका छन्। दुई महिने ग्रासरुट अभियान भर्खरै सम्पन्न गरेको एमालेले संगठनलाई बलियो बनाएको दाबी गरेको थियो। अहिलेसम्मको मतगणनाबाट आएको परिणामलाई आधार मान्ने हो… Continue reading तनहुँमा सर्वेन्द्र खनालले पाएनन् एमाले कमिटीकै मत
आज कतिपय स्थानमा दिनभर वर्षा
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ । यसका कारण देशभर आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्का… Continue reading आज कतिपय स्थानमा दिनभर वर्षा
सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु
काठमाडौं । अफ्रिकी देश सुडानमा द्वन्द्व चर्किएपछि विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई त्यहाँबाट बाहिर निकाल्न थालेका छन् । अमेरिका र बेलायतले सुडानको राजधानी खार्तुमबाट आफ्ना कुटनीतिज्ञ र उनीहरुको परिवारलाई बाहिर निकालेको जनाएको छ । यस्तै, फ्रान्स, जर्मनी, इटली र स्पेनले पनि द्वन्द्वग्रस्त सुडानबाट आफ्ना नागरिकलाई स्वदेश ल्याउने व्यवस्था गरेको बताएका छन्। अमेरिकाले खार्तुममा रहेको अमेरिकी… Continue reading सुडानबाट विदेशी नागरिक फिर्ता हुन सुरु
आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै
काठमाडौं । १७ औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्र बमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनस्थापना गरे। जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो। विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका… Continue reading आज १७ औं लोकतन्त्र दिवस, विविध कार्यक्रम सहित मनाइदै
एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै
काठमाडौं । एसीसी प्रिमियर कपमा सोमबार साउदी अरब र नेपाल भिड्दै छन् । नेपालको नजर सेमिफाइनलमा छ । समूह ‘ए’ मा लगातार दुई खेल जितेको नेपाल साउदीलाई हराउँदै एक खेल अगावै सेमिफाइनलमा स्थान सुरक्षित गर्न चाहन्छ । त्योभन्दा अघि नेपालले मूलपानी क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय क्रिकेटमा डेब्यु पनि गर्नेछ । प्रिमियर कपकै लागि भनेर तयार पारिएको… Continue reading एसीसी प्रिमियर कप : आज नेपाल र साउदी भिड्दै
प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता
काठमाडौं । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता दोब्बर बनाएका छन् । सार्वजनिक मतपरिणाम अनुसार वाग्लेले ७३९३ मत पाएका छन् भने दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३२३४ मत पाएका छन् । नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले २१३४ मत पाएका छन्… Continue reading प्रारम्भिक रुझान : स्वर्णिमलाई दोब्बर मतको अग्रता
कस्तो छ राष्ट्रपतिको स्वास्थ्य ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ। भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचाररत पौडेलको स्वास्थ्यमा सुधार आएको नेपाली राजदूतावासले जनाएको छ। उनी उक्त अस्पतालमा भर्ना भएको आइतबार पाँचौ दिन हो। चिकित्सकहरूले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचारमा क्रमिक सुधार आएको जनाएका हुन्।
उपनिर्वाचनमा ६० प्रतिशत मतदान
काठमाडौं । प्रतिनिधिसभाको उपनिर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । निर्वाचन आयोगका अनुसार बारा–२, चितवन–२ र तनहुँ–१ मा गरी समग्रमा ६० प्रतिशत मत खसेको प्रारम्भिक विवरण आएको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । आयोगका अनुसार बारा–२ मा ६४ प्रतिशत, चितवन–२ मा ६३ प्रतिशत र तनहुँ–१ मा ५३ प्रतिशत मतदान भएको छ ।… Continue reading उपनिर्वाचनमा ६० प्रतिशत मतदान
उपनिर्वाचन शान्तिपूर्ण, मतदान समय सकियो
काठमाडौं । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपुर्ण रुपमा सम्पन्न भएको छ । निर्वाचन आयोगले मतदानका लागि बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्मको सयम निर्धारण गरेको थियो । मतदानको समय सकिए पनि केही केन्द्रहरूमा मतदाताहरू लाइनमा नै छ । ५ बजेअघि अघि नै मतदान केन्द्रमा पुगेर लाइनमा बसेका मतदाताहरूले मतदान गर्न… Continue reading उपनिर्वाचन शान्तिपूर्ण, मतदान समय सकियो
सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु
काठमाडौं । वैशाख १ गते बाइक दुर्घटनामा परि गम्भीर घाइते भएका कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्ष श्याम कुमार अधिकारीकाे निधन भएको छ । माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा आइतबार दिउँसो निधन भएको हो । गत वैशाख १ गते कीर्तिपुरको पुष्पलाल पार्कस्थित ओरालोमा उनी मोटरसाइकल दुर्घटनामा परेका थिए । ४७ वर्षीय अधिकारी २०७९ को स्थानीय… Continue reading सवारी दुर्घटनाबाट कीर्तिपुर-४ का वडाध्यक्षको मृत्यु
५८ देशका आरोही सगरमाथा आरोहणमा
काठमाडौं । वसन्त ऋतुमा आरोहणका लागि यतिखेर सगरमाथाको आधार शिविरिमा उल्लेख्य सङ्ख्यामा आरोही पुगेका छन् । पर्यटन विभागको विवरणमा हालसम्म सगरमाथासहित विभिन्न हिमाल आरोहणका लागि ७८ देशका नौ सय बढी आरोही आएका छन्। तीमध्ये सगरमाथा आरोहणका लागि मात्रै ५८ देशका नागरिक नेपाल आएका छन्। सबैभन्दा बढी चीनबाट ८५, अमेरिकाबाट ७४, भारतबाट ३३, हङ्गेरीबाट ३३, क्यानडाका… Continue reading ५८ देशका आरोही सगरमाथा आरोहणमा
आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आचारसंहिता उल्लंघन गरेकोमा माफी मागेको छ। चितवन निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा रास्वपाका कार्यकर्ताहरूले मतदान स्थलमा नाराबाजी गरेपछि मतदान अवरुद्ध भएको थियो। सर्वदलीय बैठकमा रास्वपा र अन्य दलका प्रतिनिधिबीच ४ बुँदे समझदारी भएको छ। जसको पहिलो बुँदामा भनिएको छ, ‘रास्वपाबाट चुनाव सुचारु चलिरहेको समयमा आचारसंहिता उल्लंघन गर्ने कार्यक्रम… Continue reading आचारसंहिता उल्लंघन गरेकोमा रास्वपाले माग्यो माफी
रविले फेसबुक लाइभमा भने ‘मभित्र ज्वाला बलेको छ तर, संयमित भएको छु’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले लोकतन्त्रको कुरा गर्ने राजनीतिक दलहरूलाई इतिहासले मूल्यांकन गर्ने बताएका छन्। आइतबार चितवनको भरतपुर–११ स्थित नयाँकिरण माविमा अवलोकनका लागि पुगेका उनीमाथि हुलहुज्जत भएपछि फेसबुक लाइभमार्फत लोकतन्त्रको सुन्दर पक्षलाई नजरअन्दाज, हुलहुज्जत गरे इतिहासको मूल्यांकन गर्ने बताएका हुन्। उनले भनेका छन्, ‘सबैजनालाई संयमित हुनुहोला। यतिखेर हामीसँग मतदान बाहेक विकल्प छैन।… Continue reading रविले फेसबुक लाइभमा भने ‘मभित्र ज्वाला बलेको छ तर, संयमित भएको छु’
रवि लामिछानेमाथि आक्रमण प्रयास, नयाँ किरण माविमा मतदान स्थगित
काठमाडौं । चितवनको भरतपुर ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र होहल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको हो। मतदान केन्द्रको अवलोकन गर्न जाने क्रममा केही व्यक्तिहरु उनीमाथि आइलागेका थिए । । ‘रवि… Continue reading रवि लामिछानेमाथि आक्रमण प्रयास, नयाँ किरण माविमा मतदान स्थगित
नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ
काठमाडौं । एक महिनाभन्दा लामो समयदेखि फरार ‘वारिस पञ्जाब दे’ सङ्गठनका प्रमुख खालिस्तानी नेता अमृतपाल सिंह पक्राउ परेका छन् । उनलाई पञ्जाब प्रहरीले गिरफ्तार गरेको बीबीसीले लेखेको छ । अमृतपाल सिंहको गिरफ्तारीको पुष्टि पञ्जाब प्रहरीका वरिष्ठ अधिकारीहरूले गरेका हुन्। त्यसपछि पञ्जाब प्रहरीले आफ्नो ट्विटरबाट समेत यसको पुष्टि गर्दै उनलाई पञ्जाबको मोगाबाट गिरफ्तार गरिएको जनाएको छ।… Continue reading नेपालमा समेत खोजी गरिएका खालिस्तानी नेता सिंह पञ्जावबाट पक्राउ
रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आमजनमानसमा भ्रम सिर्जना हुने गरी विभिन्न किसिमका अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेकोमा निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ। झुटा पोस्टप्रति सबै सजग रहन पनि रास्वपाले अनुरोध गरेको छ। ‘रास्वपाका सम्बन्धमा आमजनमानसमा भ्रम सिर्जना गर्ने विभिन्न किसिमका अभिव्यक्तिहरू सामाजिक सञ्जालहरूमा प्रकाशित भएकोमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ रास्वपाले आज बिहान… Continue reading रास्वपाको गुनासो : सामाजिक सञ्जालमा भ्रम सिर्जना गर्ने सामग्री पोष्ट भए
उप-निर्वाचनमा मतदान सुरु
काठमाडौं । बारा क्षेत्र नं.२, चितवन क्षेत्र नं. २ र तनहुँ क्षेत्र नं. १ मा मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने निर्वाचन आयोगले जनाएको छ । निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं. १ बाट… Continue reading उप-निर्वाचनमा मतदान सुरु