Category: समाचार

  • एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरसँग नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरसँग नेपालमा लगानी गर्न प्रधानमन्त्रीको आह्वान

    काठमार्डाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यावसायिक लिडरहरुलाई आह्वान गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्रीले यस्तो आह्वान गरेका हुन् ।

    भेटमा नेपालको आर्थिक विकासमा एसिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवम् विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भएको महासंघले जनाएको छ । भेटमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलब्धि हासिल गरिसकेको र अबको यात्रा समृद्धि भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीसमक्ष आग्रह गरे ।

    नेपालले राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको र नेपालमा लगानीका लागि अति नै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको उनको भनाइ छ । महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवम् प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने उनले बताए ।

    क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवम् आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुर्‍याउन क्यासी तयार रहेको प्रतिवद्धता जनाए । भेटमा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति थियो ।

  • सर्वदलीय बैठकमा के भयो कुराकानी ?

    सर्वदलीय बैठकमा के भयो कुराकानी ?

    काठमाडौं । प्रमुख दलका नेताहरुले जनतामा देखिएको असन्तुष्टिमा खेलेर अराजकता फैलाउने चिन्ता व्यक्त गरेका छन् । उनीहरुले गणतन्त्रप्रति प्रतिबद्धता मात्र व्यक्त गरेनन्, आवश्यक परे मुखरित हुने समेत बताएका छन् । भूकम्प प्रभावित क्षेत्रको भ्रमण गरेर आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार १२ बुँदे समझदारी पक्षधर दलहरुका शीर्ष नेताहरुको बैठक बोलाएका थिए ।

    सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बसेको बैठकमा उनले शुक्रबार मध्यरातमा गएको भूकम्पले जाजरकोट र रुकुमपश्चिममा भएको क्षति तथा उद्धार र राहतमा सरकारले गरिरहेको कामबारे जानकारी गराए । त्यसपछि एजेण्डामा प्रवेश गरे, ‘विभिन्न ठाउँमा सामाजिक सद्भाव भड्काउने कोसिस भइरहेको छ । जसलाई जे मन लाग्छ, त्यही भन्न थाले । संघीय लोकतान्त्रिक गणतन्त्र निकै ठूलो संघर्ष गरेर ल्याएका हौं । ठूलो फोर्स त होइन, तर समाज बिगारिरहेका छन् । जरुरी पर्‍यो भने मुखरित भएर जानुपर्छ कि ?’

    जनता कुनै व्यक्तिको शासनमा बस्न तयार नभएको भन्दै प्रचण्डले यो निकै घातक हुने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली लगायत सबै सहभागीले गणतन्त्रप्रति प्रतिबद्धता जनाए । अनि जनतामा देखिएको असन्तुष्टिलाई सम्बोधन गर्ने गरी अघि बढ्नुपर्नेमा जोड दिएका छन् ।

    कांग्रेस सभापति देउवाले आफ्नो दलले कुनै समय संवैधानिक राजतन्त्र मानेको भए पनि अहिले संघीय लोकतान्त्रिक गणतन्त्रलाई स्वीकार गरिसकेको बताए । सनातन धर्मबारे पार्टीमा छलफल भए पनि कुनै निर्णय लिइनसकेको भन्दै उनले धर्मनिरपेक्षताबारे पनि कांग्रेसले अहिले फरक निर्णय नगर्ने प्रष्ट पारेका छन् । छलफलका क्रममा एमाले अध्यक्ष ओलीले गणतन्त्र विरोधी शक्तिलाई आफूहरुले कुनै साथ नदिने बताएका छन् । एक सहभागीका अनुसार ओलीले भनेका छन्, ‘गणतन्त्र विरोधी शक्तिसँग मैदानमा अन्तिमसम्म लड्न तयार छौं ।’

    एमाले नेताहरुले सरकारको अकर्मण्यताका कारणले पनि अराजकता बढेको बताएका थिए । ‘सरकारको अकर्मण्यताका कारणले गर्दा पनि मुलुकमा छाडातन्त्र मौलाइरहेको छ, विद्यमान शासकीय प्रबन्धहरुमाथि अनेकन् खालका चुनौती देखिएको छ’ बैठकमा सहभागी एमाले सचेतक महेश बर्तौला भन्छन्, ‘गृह प्रशासन मूकदर्शक भएको, दिनदहाडै जघन्य प्रकृतिका हिंसात्मक घटनाहरु अगाडि बढिरहेका छन् ।’

    सरकारले जनचाहना अनुसार काम गर्न नसक्दा जनता निराश भएको र उनीहरुलाई भड्काउने, कपोलकल्पित मिथ्या प्रक्रियाहरु चलिरहेको एमालेको निष्कर्ष छ । एमाले सचेतक बर्तौलाले भने, ‘संविधान, व्यवस्थाप्रति जनस्तरमा भ्रामक टिप्पणी गराउने, गर्ने खेती भइरहेको छ र सामाजिक सञ्जाललाई जसरी दुरुपयोग गर्न खोजिएको छ यसको बारेमा पनि छलफल भयो ।’

    बैठकमा सहभागी दलहरुले जनतामा भएको असन्तुष्टिलाई सम्बोधन गर्नुपर्नेमा जोड दिएका छन् । यसका लागि सरकारले पहल गर्नुपर्ने भन्दै नेताहरुले भनेका छन्, ‘सुशासन हुनुपर्‍यो, भ्रष्टाचार नियन्त्रण गर्नुपर्‍यो, डेलिभरी हुनुपर्‍यो ।’ साथै समाजमा फैलाउन खोजिएको अश्लीलता र अराजकतालाई स्रोतमै नियन्त्रण गर्न समेत उनीहरुले सरकारलाई आग्रह गरेका छन् ।

    बैठकमा सहभागी लोकतान्त्रिक समाजवादी पार्टीका सहअध्यक्ष सर्वेन्द्रनाथ शुक्ल भन्छन्, ‘असन्तुष्ट जनतालाई उक्साएर अराजकता फैलाउने हुन् कि भन्ने चिन्ता नेताहरुमा देखिन्छ ।’ बैठकपछि प्रधानमन्त्री प्रचण्डले पनि कसैसँग नतर्सिएको, १२ बुँदे समझदारी पक्षधर बसेर समीक्षा सुरु गरेको बताए । उनले भने, ‘सन्त्रासको कुरा होइन । अब समय आएको छ सामान्य समीक्षा गरौं भनेर गरिएको हो ।’

    माओवादी केन्द्रकी उपाध्यक्ष पम्फा भुसालले पनि तीनै दलका शीर्ष नेताहरुले गणतन्त्र र लोकतन्त्रको पक्षमा प्रतिबद्धता जनाएको बताइन् । ‘यदाकदा छिटफुट पानीका फोकाजस्तो विभिन्न कोणबाट देखा परेका, पर्न खोजेका प्रहारहरु छन्’ बैठकपछि उनले भनिन्, ‘त्यसको मिलेर प्रतिवाद गर्ने भन्ने सर्वसम्मत सबैको अभिव्यक्तिबाट निष्कर्षमा पुगिएको छ ।’

  • कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का

    कीर्तिपुर मैदानमा फ्लडलाइट जडान गर्न २७ करोडको ठेक्का

    काठमाडौं । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा फ्लड लाइट जडान गर्नका लागि २७ करोड ४० लाख रुपैयाँमा ठेक्का लागेको छ । सिनामंगलको एमएसआईपीएल-एएससी पावर जेभीले फ्लडलाइट जडानको लागि ठेक्का पाएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ ।

    २७ करोड ४० लाख २ हजार २२ रुपैयाँमा फ्लडलाइट जडानका लागि बोलपत्र प्रस्ताव गरेको उक्त कम्पनी छनोट भएको राखेपका एक अधिकारीले जानकारी दिए । नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा पछिल्लो एक वर्षभित्र लगातार सफलता हासिल गरेपछि त्रिवि क्रिकेट मैदानमा फ्लडलाइट जडान गर्नुपर्ने माग विभिन्न क्षेत्रबाट भएको थियो ।

    आईसीसी क्रिकेट विश्वकप लिग टु मा नेपालले अन्तिम १२ मध्ये ११ खेल जितेर नेपालले एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता कायम राख्नुका साथै विश्वकप छनोटमा स्थान बनाएपछि नेपाल सरकारले त्रिवि क्रिकेट मैदानमा फ्लड लाइट जडान प्रक्रिया अघि बढाउने घोषणा गरेको थियो ।

    त्यसपछि राष्ट्रिय खेलकुद परिषदले फ्लड लाइट जडान गर्नका लागि दुई पटक टेन्डर आह्वान गरेपनि कुनै पनि कम्पनीले ठेक्का पाएको थिएन ।फ्लडलाइट जडान भएपछि त्रिवि मैदानमा रातिको समयमा पनि खेल खेलाउन सकिनेछ ।

  • डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, २० जनाको मृत्यु

    डेंगु संक्रमितको संख्या ४६ हजार नाघ्यो, २० जनाको मृत्यु

    काठमाडौं । यो वर्ष डेंगु संक्रमितको संख्या ४६ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार जनवरीयता ६ नोभेम्बरसम्म ४६ हजार ३१९ जना संक्रमित भएका छन् ।

    काठमाडौं उपत्यकाका तीन जिल्लामा हालसम्म २५५३ जना संक्रमित भएका छन् । काठमाडौं जिल्लामा मात्रै एक हजार ५६९ जना संक्रमित भएको ईडीसीडीले जनाएको छ ।
    डेंगुका कारण जुलाईयता २० जनाको मृत्यु पुष्टि भएको छ ।

  • जाजरकोट पुगेर राष्ट्रपतिले भने–’चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु’

    जाजरकोट पुगेर राष्ट्रपतिले भने–’चिन्ता गर्न पर्दैन,म सरकारसँग कुरा गर्छु’

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेका छन्। राष्ट्रपति पौडेलले जाजरकोट अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्। भूकम्पमा परेर घाइते भएकाहरूले राष्ट्रपति पौडेलसँग उपचार, खाद्यान्न, घर निर्माणसहितको व्यवस्था गरिदिन आग्रह गरेका छन् ।

    जवाफमा राष्ट्रपति पौडेलले भूकम्प प्रभावितहरूलाई आवश्यक बासोबास, खाद्यन्नलगायत सबै कुराको प्रबन्ध हुने र त्यसका लागि आफूले सरकारसँग कुरा गर्ने बताएका थिए ।
    साथै जाजरकोटका प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले भूकम्पबाट भएको क्षतिका बारेमा राष्ट्रपतिलाई जानकारी गराएका छन् ।

    त्यस्तै घाइतेहरूको अवस्थाका बारेमा जिल्ला अस्पतालका चिकित्सकले जानकारी गराएका थिए ।

    गत शुक्रबार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरुको अवस्था बुझ्न राष्ट्रपति पौडेल सुर्खेत हुँदै जाजरकोट पुगेका हुन् ।

    राष्ट्रपति पौडेलले खलङ्गा, रामीडाँडा, नलगाड तथा रुकुम पश्चिमको आठविसकोट पुगेर भूकम्पबाट प्रभावितको राहत र उद्धारको अवस्थाका बारेमा जानकारी लिनेछन् ।

    भूकम्पपछिको अवस्था अनुकूल नभएको भन्दै राष्ट्रपति पौडेलले कात्तिक २२ गतेदेखि तय भएको रोप भ्रमण स्थगित गरेका थिए ।

  • बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    बाजुरा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

    काठमाडौं । बाजुरा केन्द्रबिन्दु भएर मंगलबार भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मध्याह्न १२ बजेर ५८ मिनेट जाँदा ४ म्याग्निच्युडको भूकम्पको धक्का गएको हो । गएको वैशाख १५ गते बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको थियो । आजको धक्का त्यसैको परकम्प भएको केन्द्रले जनाएको छ ।

  • भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

    भाइटिकाको साइत कुन मुलुकमा कति बजे ? (सूचिसहित)

    काठमाडौं । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित विभिन्न मुलुकमा बसेका नेपालीहरुका लागि पनि भाइटीकाको उत्तम साइतको मिति र समय सार्वजनिक गरेको छ । नेपालमा बिहान १० बजेर ५१ मिनेटमा रहेको उत्तम रहेको छ । भारतमा नोभेम्बर १५ को ११ बजेर ५ मिनेट, न्युयोर्क, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर ५५ मिनेट, टेक्सास, अमेरिकामा नोभेम्बर १४ को ११ बजेर २५ मिनेटमा उत्तम साइत निकालिएको छ ।

    अस्ट्रेलियाको मेलबर्नमा सोही दिनको११ बजेर ३४ मिनेट तथा पोर्चगलमा १४ नोभेम्बरको ११ बजेर ५१ मिनेटमा टिका लगाउनुपर्नेछ । यता पेरिसमा बस्नेहरुले सोही दिनको ११ बजेर ५ मिनेट तथा हङकङबासीले नोभेम्बर १५ को बिहान ११ बजेर ५ मिनेटमा भाइटीका लगाउनुपर्नेछ ।

    यसैगरी वासिङट्न डिसीमा नोभेम्बर १४ को ११ बजेर २१ मिनेट तथा क्यालिफोर्नियामा सोही दिन १० बजेर ५५ मिनेटलाई उत्तम साइत निकालिएको छ । यसैगरी टोरन्टो, क्यानडामा नोभेम्बर १४ को ११ बजेर ४५ मिनेट तथा टोकियो जापानमा नोभेम्बर १५ को बिहान ११ बजेर १५ मिनेटका लागि साइत निकालिएको छ ।

  • लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

    लेक लागेर सोलुखुम्बुमा इटालियन पर्यटकको मृत्यु

    काठमाडौं । नेपाल भ्रमणमा आएका एक इटालियन नागरिकको लेक लागेर सोलुखुम्बुमा ज्यान गएको छ । ज्यान गुमाउनेमा इटालीका ७४ वर्षीय मार्टिन्नो बोऋन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ। कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक श्रेष्ठका अनुसार आइतवार जिल्लाको माप्यदूधकोशी गाउँपालिका ६ वाकुको एक घरमा खाना खाने क्रममा लाइन बस्ने क्रममा एक्कासी ढलेका बोऋनको ज्यान गएको हो ।

    मोनभिसो फाउन्डेसन लाजिम्पाट काठमाडौंमार्फत सगरमाथा माध्यमिक वाकुको नवनिर्मित घेराबार उद्घाटन गर्न १८ जना गाडीमार्फत् माप्य पुगेका थिए । हिजो सोमवार घेराबार उद्घाटन गर्ने कार्यक्रम रहेको थियो । बोऋनको शव कानुनी प्रक्रिया गरी हेलिकप्टरमार्फत काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

  • ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

    ढोरपाटनमा ट्याक्सी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । बाग्लुङको ढोरपाटनमा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । बडिगाड गाउँपालिकाबाट ढोरपाटन नगरपालिकाका लागि छुटेको ध१ज ९९४ नम्बरको ट्याक्सी गए राति मध्यपहाडी लोकमार्गमा पर्ने ढोरपाटन–२ मलकटिबाङमा दुर्घटना भएको हो ।

    दुर्घटनामा ट्याक्सीमा रहेका ढोरपाटन नगरपालिका–२ पाखुटेका २८ वर्षीय होमबहादुर पुन र बडिगाड–६ छिसफाँटका ३२ वर्षीय अस्विन परियारको ज्यान गएको प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । ट्याक्सी सडकबाट झन्डै एक सय मिटर तल खसेको थियो । दुवै जनाको घटनास्थलमै ज्यान गएको प्रहरीले जनाएको छ ।

  • भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य

    भूकम्प पिडितका लागि संयुक्त राष्ट्रसंघले थाल्यो संयुक्त आपत्कालीन प्रतिकार्य

    काठमाडौं । भूकम्पपीडितहरूलाई लक्षित गरेर नेपालमा काम गरिरहेका संयुक्त राष्ट्रसंघ (यूएन) का विभिन्न एजेन्सीहरूले ुसंयुक्त आपत्कालीन प्रतिकार्यु को सुरुआत गरेका छन् । राष्ट्रसंघको उत्तरदायित्वका रूपमा उक्त कामको थालनी गरेको नेपालस्थित राष्ट्रसंघको राष्ट्रिय सूचना केन्द्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । कर्णाली प्रदेशको जाजरकोटा र रुकुम पश्चिममा गरेको भूकम्पबाट एक सय ५३ जनाको मृत्यु भएको छ ।

    साथै, घाइते र पीडितहरूको उद्धारका लागि राष्ट्रसंघले उक्त संयुक्त आपत्कालीन प्रतिकार्य स्थापना गरेर काम थालेको हो । नेपालका लागि राष्ट्रसंघकी आवासीय संयोजक हाना सिंगर हाम्डीले सरकारले तुरुन्तै खोज र उद्धार कार्यमा सरकारले धेरै प्रभावकारी काम गरेको बताइन् । ‘भौगोलिक विकटता र परिचालन वातावरणका बाबजुद, संयुक्त राष्ट्र संघका एजेन्सीहरू र मानवीय साझेदारहरू लगभग ३ हजार घरपरिवारमा खाना, बस्ने, सरसफाई, सुरक्षित राख्ने तथा स्वास्थ्यमा सरकारले गरेको प्रयासको साथ दिन्छ,’ उनले भनेकी छन् ।

    उक्त क्षेत्रमा विश्व खाद्य कार्यक्रमले तीन दिनमा करिब ७ हजार ५०० जनालाई खाना सहयोग गरेको छ । राष्ट्रसंघको अर्को एजेन्सी युनिसेफले भूकम्प गएको क्षेत्रमा सरसफाइलाई आवश्यक पर्ने सामग्री प्रदान गरेको छ । यूएनएफपीएले स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।

    यूएनडीपीले सूचना संकलन गर्ने भूमिका निर्वाह गरिरहेको छ । यूएन वुमनले कम्युनिटी किचेन र राहत सामग्री उपलब्ध गराएको छ । साथै, बालबालिका र गर्भावस्थामा रहेका महिलाहरूको हेरचाहमा सहयोग गरेको छ । आईओएमले प्रदेशको संयुक्त आपत्कालीन केन्द्रलाई आवश्यक व्यवस्थापन गर्न आवश्यक सूचना संकलन गर्ने काम गरिरहेको छ ।

  • यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने

    यूरोप भ्रमण स्थगित गरेका राष्ट्रपति आज भूकम्प प्रभावित क्षेत्रमा जाने

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आज बिहान भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुम पश्चिम जाने भएका छन् । गत शुक्रवार राति गएको भूकम्पबाट प्रभावित नागरिकहरूको अवस्था बुझ्न राष्ट्रपति पौडेल आज बिहान त्यस क्षेत्रमा जान लागेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् ।

    भूकम्पपछि मुलुकमा आइपरेको प्राकृतिक विपत्तिको अवस्थामा मुलुक बाहिर जानू उपयुक्त नभएकोले राष्ट्रपति पौडेलले सोमबार २२ कात्तिकदेखि तय भएको आफ्नो युरोप भ्रमण स्थगित गरेका थिए ।

  • तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो

    तनहुँ जलविद्युत आयोजनाको मूख्य बाँध बनाउन सेती नदी फर्काइयो

    काठमाडौं । १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध निर्माणका लागि सेती नदी फर्काइएको छ । ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५ सिमाना भएर बग्ने सेती नदीलाई १४० मिटर अग्लो कंक्रिट मुख्य बाँध निर्माणस्थलभन्दा माथिल्लो तटीय क्षेत्रबाट ६२६.९२ मिटर लामो सुरुङ निर्माण गरी फर्काइएको छ । डाइभर्सन सुरुङमार्फत फर्काइएको पानीलाई मुख्य बाँध निर्माणस्थलबाट तल्लो तटीय क्षेत्रमा पुनः सेती नदीमा खसालिएको छ ।

    जिल्ला समन्वय समिति, तनहुँका प्रमुख शान्तिरमण वाग्ले, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि।सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङ, तनहुँका प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल र एसियाली विकास बैंकका वरिष्ठ निर्देशक (ऊर्जा) प्रियन्था विजयतुङ्गाले सोमबार बेलुन उडाएर नदी फर्काउने कामको शुभारम्भ गरेका हुन् ।

    अब मुख्य बाँध निर्माण अवधिसम्मका लागि नदी फर्काउनका लागि करिब ४० मिटर अग्लो अस्थायी कंक्रिट बाँध निर्माण गरिने भएको छ । उक्त बाँध आगामी मनसुन सुरु हुनुभन्दा पहिले नै निर्माण सक्ने गरी काम भइरहेको छ । कार्यकारी निर्देशक घिसिङले नदी फर्काउने कार्य आयोजना निर्माणका लागि एउटा महत्वपूर्ण कोशेढुङ्गा र फड्को भएको बताए ।

    विगतमा परामर्शदाता र निर्माण व्यवसायी छनोटमा केही ढिलाइ भएतापनि अहिले नमुना आयोजनाको रुपमा अगाडि बढाउने गरी काम भइरहेको उल्लेख गर्दै घिसिङले समयमै सम्पन्न गर्ने गरी तदारुकताकासाथ काम भइरहेको बताए । आयोजनाको समग्र निर्माण प्रगति करिब ४६ प्रतिशत रहेको छ । समग्र निर्माण २०८३ असारभित्र (सन् २०२६ मे) सक्ने लक्ष्य राखिएको छ ।

    जिल्ला समन्वय समितिका प्रमुख वाग्लेले आयोजनाले महत्वपूर्ण चरण पार गरेको बताउँदै आयोजना जतिसक्दो छिट्टो निर्माण सम्पन्न हुनु पर्नेमा जोड दिए ।
    उनले निर्माणमा आइपर्ने स्थानीय समस्यालाई संयुक्त रुपमा समाधान गरी निर्माणमा अवरोध हुन नदिने प्रतिबद्धता जनाए । व्यास नगरपालिका प्रमुख बैकुण्ठ न्यौपानेले निहीत स्वार्थका व्यक्तिहरुबाट सतर्क भएर आयोजनालाई तोकिएकै समयमा सम्पन्न गरिनु पर्ने बताए ।

    भिमाद नगरपालिका प्रमुख दधिराज सुवेदीले देशमा केही नभएको भन्ने जताततै गुनासो सुनिरहेका बेलामा आयोजना निर्माण नयाँ चरणमा प्रवेश गरी सकारात्मक सन्देश दिएको बताए । तनहुँका प्रमुख जिल्ला अधिकारी रिजालले तनहुँ जलविद्युतको प्रकृति, लागत, यसले सिर्जना गर्ने रोजगारीलगायतका आधारमा आयोजनालाई राष्ट्रिय गौरवको आयोजनाको रुपमा घोषणा गरिनु पर्ने बताए ।

    एडीबीका बरिष्ठ निर्देशक ९ऊर्जा० प्रियन्था विजयतुङ्गाले कालीगण्डकी जलविद्युत् निर्माण सम्पन्न भएपछि बैंकले तनहुँ जलविद्युतमा लगानी गरेको उल्लेख गर्दै आयोजनाले अवलम्बन गरेका सामाजिक र वातावरणीय सुरक्षणका क्रियाकलापलाई नमुनाको रुपमा दूधकोशी जलविद्युत् आयोजनामा लागू गर्न सकिने बताए ।

    तनहुँ हाइड्रोपावर लिमिटेडका प्रबन्ध निर्देशक किरणकुमार श्रेष्ठले कुलेखानीपछि बन्न लागेको जलाशययुक्त तनहुँ जलविद्युत् आयोजनालाई तोकिएकै समयमा सम्पन्न गर्न सम्पूर्ण ध्यान केन्द्रीत गरिएको बताए ।

    आयोजनाको मुख्य निर्माण कार्यलाई तीन प्याकेजमा विभाजन गरी काम भइरहेको छ । प्याकेज–१ अन्तर्गत १४० मिटर अग्लो बाँध निर्माणका लागि सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रालि नेपाल जेभीसँगको ठेक्का सम्झौता १४ भदौ २०७८ देखि कार्यान्वयनमा आएको थियो ।

    निर्माण व्यवसायीले हाल अर्को डाइसर्भन सुरुङ र मुख्य बाँध निर्माणका लागि सेती नदीको दायाँ तथा बायाँतर्फबाट पहाड ९स्लोप० काट्ने कार्य गरिरहेको छ । उक्त कार्यको प्रगति करिब ५४ प्रतिशत छ । प्याकेज–१ को समग्र प्रगति २५ प्रतिशत छ ।

    आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकानिकल तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका प्याकेज–२ को निर्माण कार्यका लागि सिनो हाइड्रो कर्पोरेसन, चीनसँग १५ असोज २०७५मा खरिद सम्झौता भएको थियो ।

    निर्माण सुपरिवेक्षण परामर्शदाताले खरिद सम्झौता बमोजिम निर्माण कार्य सुरु गर्न कार्यादेश जारी गरेपश्चात सिनो हाइड्रोले ६ माघ २०७५ देखि आयोजनास्थलमा परिचालित भई निर्माण कार्य जारी राखेको छ ।

    भूमिगत विद्युतगृह खन्ने कार्य सम्पन्न गरी कंक्रिटिङ तथा टर्वाइनलगायतका उपकरणहरु जडान भइरहेको छ । टेलरेस सुरुङ निर्माण सम्पन्न भएको छ मुख्य सुरुङ खनिरहेको छ । यस प्याकेजको सिभिलतर्फको निर्माण प्रगति ७० प्रतिशतभन्दा बढी छ भने समग्र प्रगति करिब ४७ प्रतिशत छ ।

    प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारणलाइन निर्माणका केईसी इन्टरनेसनल लिमिटेड, भारतसँग १० पुस २०७५ मा भएको खरिद सम्झौता १० फागुन २०७५ मा कार्यान्वयनमा आएको थियो । ३४।७ किलोमिटर प्रसारणलाइनमा पर्ने ९४ वटा टावरमध्ये ६९ वटा टावरहरुको जग हालिएको छ भने ३३ वटा टावर खडा गरिएको छ । यस प्याकेजको समग्र निर्माण प्रगति ६९ प्रतिशत रहेको छ ।

    आयोजनाको सामाजिक विकास कार्यक्रम अन्तर्गत तनहुँ जिल्लामा विद्युतीकरण गर्नका लागि नेपाल विद्युत् प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालय मार्फत तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण परियोजना सम्पन्न भएको छ ।

    यसअन्तर्गत स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि घिरिङ गाउँपालिका–४ र बन्दीपुर गाउँपालिका–६ मा ३३र११ केभीका दुईवटा सबस्टेसन निर्माण गरी सञ्चालनमा ल्याइएको छ ।

    उक्त सबस्टेसनहरुसम्म विद्युत् पुर्‍याउनका लागि ३३ केभी लाइन निर्माण गरिएको छ । तनहुँ जिल्लाको विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन विभिन्न ठाउँहरुमा विभिन्न क्षमताका वितरण ट्रान्सफर्मरहरु जडान र ११ केभी लाइन निर्माण गरिएको छ ।

    कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारणलाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकाररनेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

  • गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन

    गाँजा खेतीको सम्भाब्यता अध्ययन गर्न कार्यदल गठन

    काठमाडौं । सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययनका लागि कार्यदल गठन गरेको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतको अध्यक्षतामा अर्थ मन्त्रालयमा बसेको बैठकले गृह मन्त्रालयका सहसचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालय, अर्थ, उद्योग, कानुन, परराष्ट्र मन्त्रालयका सहसचिव र नेपाल प्रहरीका प्रतिनिधि सदस्य तथा कृषि मन्त्रालयको सहसचिव सदस्यसचिव रहने गरी कार्यदल बनाएको हो ।

    कार्यदलले काम शुरु गरेको एक महिनाभित्रमा प्रतिवेदन बुझाउन अर्थ मन्त्री डा। महतले निर्देशन दिएका उनको सचिवालयले जनाएको छ । यो कार्यदललाई गाँजालाई औषधिका रुपमा कसरी उपयोग गर्न सकिन्छ र गाँजाबाट औद्योगिकरणको सम्भाव्य अनुसन्धान गर्ने म्यान्डेड दिइएको छ ।

    यस्तै गाँजाको डाँठ, पात र रेसाबाट कपडा बनाउन सकिन्छ भन्ने विषयमा कार्यदलले अनुसन्धान थाल्ने छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत गर्दा गाँजा खेतीको सम्भावनाका विषयमा अध्ययन गर्ने घोषणा गरेका थिए ।

  • भन्सार नतिरी भित्रिएका मोवाइल सेट आजबाट बन्द गराइदै

    भन्सार नतिरी भित्रिएका मोवाइल सेट आजबाट बन्द गराइदै

    काठमाडौं । नेपाल दूर सञ्चार प्राधिकरणले सोमबार राति ९ बजेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । प्राधिकरणका अनुसार सोमबार ८ सयदेखि १ हजार मोबाइल सेट ब्लक गरिने छ । यो प्रणालीको कार्यान्वयनपछि अवैध तरिकाले (भन्सार नतिरी) नेपाल भित्रिएका मोबाइल सेट चल्ने छैनन् ।

    प्राधिकरणले गत १५ पुस २०७९ मै यो प्रणाली कार्यान्वयनमा ल्याउने जमर्को गरेको थियो । तर, एकसाथ लाखौं मोबाइल सेट बन्द हुने अवस्था आएपछि भएको आलोचनासँगै सरकार पछि हटेको थियो । एमडीएमएस अघिल्लो आर्थिक वर्ष २०७९–८० देखि नै सफ्ट लन्च गरी कार्यान्वयनमा ल्याउने घोषणा गरिएको थियो ।

    तर, पटक पटकको प्रयास सफल हुन सकेको छैन । पछिल्लो समय १ जेठदेखि अनिवार्य कार्यान्वयन गर्ने भनी प्राधिकरणले निर्णय गरेपनि कार्यान्वयनमा ल्याउन सकेको थिएन । यसअघि प्राधिकरणले ४ कात्तिकमा एक सूचना प्रकाशित गरी १५ दिन भित्र मोवाइल सेटहरु दर्ता नगरे नचल्ने चेतावनी दिइएको थियो ।

    सो अवधि पुरा भएसँगै आजबाट कार्यान्वयन सुरु गरिएको हो । प्राधिकरणले सूचनामा भनेको थियो, १५ दिन भित्र एमडीएमएस प्रणालिमा दर्ता नभए उक्त मोवाइल ह्यान्ड सेटहरुमा नियमानुसार मोवाइल दूरसञ्चार सेवा अवरुद्ध हुने जानकारी गराइन्छ ।’

    दूरसञ्चार प्राधिकरणका अनुसार अहिले झण्डै १ करोड १६ लाख आईएमईआई नम्बर दर्ता छैनन् । सामान्यतया एउटा फोनमा २ वटा आइएमईआई नम्बर हुन्छन् । कतिपय सेटमा भने एउटा मात्र सेट नम्बर हुन्छ । एउटा सेटमा दुई वटा नम्बर हुने आधारमा पनि झण्डै ५० लाख भन्दा माथिको संख्यामा चलिरहेका मोबाइल सेट ग्रे लिस्टमा छन् । जो भन्सार नतिरी चलिरहेका छन् ।

    सरकारले पटक पटक दर्ताका लागि समेत दिएपनि उपभोक्ताले वास्ता गरेका छैनन् । यसरी बेवास्ताबीच चलिरहेका धेरैजसो फोन सेटहरु उपहारका रुपमा भित्रिएका छन् । सरकारले आइफोन र १ लाख लाखभन्दा माथिको बजार मूल्य भएका सेटलाई १० हजार रुपैयाँ कर तिरेर दर्ता गर्न सकिने गरी तोकेको छ । १५ जेठ २०८० सम्म विदेशबाट आफन्त वा साथीभाइले पठाएर–ल्याएर वा अन्य कारणले नेपालमा दर्ता नभएका मोबाइल सेट दर्ता गरी चलाउन सकिने गरी तोकिएको थियो ।

    आर्थिक ऐन २०८० मा सो व्यवस्था गरिएको छ । त्यसअवधियता भित्रिएका मोबाइल सेटको हकमा भने ऐन मौन रहेको छ । १ लाख भन्दा कमका स्मार्ट फोन ३ हजार र साधारण मोबाइल सेट २ सय रुपैयाँ तिरेर दर्ता गर्न सकिने प्रावधान रहेको छ । सरकारले ३० भदौ २०७९ पछि भन्सार नतिरी नेपाल ल्याइएका सबै मोबाइल सेटलाई ग्रे लिस्टमा राखेको छ ।

    श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गई ६ महिना भन्दा बढी अवधि विदेशमा बसी फर्केका नेपाली नागरिकले त्यसको प्रमाण पेश गरी ल्याएका एक थान मोबाइल भने नेपालमा निःशुल्क दर्ता गर्न सक्छन् । ब्लक भएका मोवाइल सेटमा सिम चल्दैन । वाइफाइबाट अन्य एपहरु भने चल्छन् ।

  • भाइटीकाको साइत १०:५१ मिनेटमा

    काठमाडौं । यसवर्ष तिहारको भाइटीकाको उत्तम साइत कात्तिक २९ गते दिउँसो १०:५१ बजे परेको छ । नेपाल पाञ्चाङ्ग निर्णायाक विकास समितिका कार्यकारी निर्देशक सोमबार एक विज्ञप्ति जारी गरेर भाइटीकाको शुभ साइतबारे जानकारी दिएका हुन् । हिन्दु धर्माबलम्बीमा तिहारको भाइटीकाको दिन दिदी बहिनीले दाजुभाइलाई टीका लगाइदिएर दीर्घायुको कामना गर्ने प्रचलन छ ।

    टीका लगाउन साइत हेर्ने चलन रहेको छ । तर साइतमा टीका लगाउन नभ्याउनेहरुले साँझसम्म लगाउने प्रचलन पनि रहेको छ ।

  • मेयर बालेनले ल्याए ‘साथी महानगर’ योजना: सुत्केरीलाई १० हजार, किरिया खर्च २० हजार

    मेयर बालेनले ल्याए ‘साथी महानगर’ योजना: सुत्केरीलाई १० हजार, किरिया खर्च २० हजार

    काठमाडौं । काठमाडौं महानगरपालिकाले ‘साथी महानगर’ स्वर्णिम योजना कार्यान्वयनमा ल्याएको छ। महानगर प्रमुख बालेन्द्र शाह (बालेन)ले ‘भेटौँला, महानगरवासीको दुःख मेटौँला’ नारासहित महानगरबासीसँगको आत्मीय र भावनात्मक सम्बन्धका लागि सो योजना कार्यान्वयनमा ल्याएको बताएका हुन्।

    उक्त कार्यक्रमअन्तर्गत सुत्केरी महिलालाई पोसिलो खानेकुराको अभाव हुन नदिने, विपन्नलाई किरिया खर्च अभाव हुन नदिने, जोखिममा रहेका बालबालिका, ज्येष्ठ नागरिक, महिला, अपांगता भएका व्यक्तिले एक्लो महसुस गर्न नपर्ने गरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने महानगरले जनाएको छ ।

    सुत्केरी सहयोग

    शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कूपोषित गर्भवती तथा कूपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको सुत्केरीलाई काठमाडौं महानगरले साथी महानगर (स्वर्णिम योजना) अन्तर्गत १० हजार सहयोग गर्नेछ ।

    यस्तै ४२ दिनभित्रका सुत्केरी, परिवारमा अन्य १५-६० वर्षका सहयोगी व्यक्ति नरहेको तथा परिवारका कुनै सदस्यको नियमित रोजगारीको ग्यारेन्टी नभएको अवस्थामा सुत्केरीलाई महानगरले ७ हजार ५ सय रूपैयाँ सुत्केरी खर्च उपलब्ध गराउने उल्लेख गरिएको छ ।

    किरिया खर्च

    महानगरले दाहसंस्कार र किरिया खर्चसमेत जुटाउन नसक्ने महानगरवासीका लागि किरिया खर्चको व्यवस्था गर्ने भएको छ । जसअन्र्तगत विपन्न किरिया खर्चको आवश्यकता भएका नागरिकलाई महानगरले २० हजारसम्म खर्च उपलब्ध गराउनेछ ।

    तर, त्यसका लागि घरजग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्षभित्र कुनै पनि वैदेशिक रेमिट्यान्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक रूपमा अस्वस्थ रहेको, शारीरिक अपांगता रहेको, कूपोषित गर्भवती तथा कूपोषित बच्चा रहेको, परिवारमा अन्य १५-६० वर्षका व्यक्ति नरहेको जस्ता विपन्नता पुष्टि गर्ने निर्धारित मापदण्ड पुर्‍याएर वडा कार्यालयबाट सिफारिस लिनुपर्ने हुन्छ ।

    यस्तै घरजग्गा आफ्नो स्वामित्वमा नरहेको, परिवारमा कुनै सदस्यको नियमित रोजगारी नभएको, विगत १ वर्षभित्र कनै पनि वैदेशिक रेमिट्यान्स प्राप्त नगरेको, शारीरिक तथा मानसिक अस्वस्थता रहेकालाई परिवारको हकमा महानगरपालिकाले १५ हजारसम्म किरिया खर्च उपलब्ध गराउनेछ ।

  • राष्ट्रपतिको युरोप भ्रमण स्थगित

    राष्ट्रपतिको युरोप भ्रमण स्थगित

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले युरोप भ्रण स्थगित गरेका छन् । परराष्ट्रमन्त्री एनपी साउदलाई बोलाएर जाजरकोट भूकम्पका कारण देशमा धेरै जनधनको क्षति भएको भन्दै यस्तो दुःखका समयमा आफूले विदेश भ्रमण नगर्ने जानकारी दिएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस पिस फोरममा भाग लिन राष्ट्रपति २२ कात्तिकमा त्यसतर्फ जाने र त्यसपछि जर्मनी र इटालीको भ्रमण गरेर १ मंसिरमा स्वदेश फर्किने तय भएको थियो ।

  • नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’

    नेप्सेमा दोहोरो अंकको ‘कमब्याक’

    काठमाडौं । सेयर बजारमा सुधार आएको छ । गत मंगलबारदेखि लगातार ओरोलो लागेको नेप्से ५१ अंकको गिरावटपछि सोमबार दोहोरो अंकले कमब्याक गरेको हो । सोमबार नेप्से परिसूचक २१.३० अंकले बढेर १८४७.५४ विन्दुमा पुगेको छ ।

    यसदिन २८३ कम्पनीको ९३ करोड रुपैयाँ बढीको ३५ लाख ५५ हजार ६७० कित्ता सेयर किनबेच भएको छ ।कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ ।

    होटल समूहको परिसूचक सबैभन्दा धेरै ३.७४ प्रतिशतले बढेकोे छ ।आज सोल्टी होटलको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे ६ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

  • इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका

    इजरायलले गाजामा गर्यो ९ हजार ७७० प्यालेष्टाइन नागरिकको हत्या, ४ हजार बालबालिका

    काठमाडौं । इसराइलको आक्रमणबाट गाजा क्षेत्रमा अहिलेसम्म ९ हजार ७७० प्यालेस्टाइनी नागरिकहरूको ज्यान गएको छ । बिबिसीका अनुसार इसराइल-हमास युद्ध २९ औं दिनमा पुग्दा गजामा साढे ९ हजार भन्दा बढी प्यालेस्टाइनीहरूको मृत्यु भएको हो। मृत्यु हुनेमा ४ हजार भन्दा बढी बालबालिका रहेको पनि बिबिसीले उल्लेख गरेको छ । अक्टोबर ७ ९असोज २०० मा प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इसराइलमा आक्रमण गर्दा त्यहाँ १ हजार ४ सय मानिसहरूको मृत्यु भएको थियो।

    हमासले इसराइलबाट २४० जनालाई बन्धक पनि बनाएको थियो। प्रतिआक्रमणमा उत्रिएको इसराइलले गजाबाट हमास सक्काउने योजनासहित हवाई हमलासँगै जमिन र समूद्रबाट पनि आक्रमण गरिरहेको छ। इसराइलले शरणार्थी शिविर र अस्पातालहरूमा हमासका लडाकुहरू लुकेर बसेको दाबी गरेको छ।

    उसले आइतबार गजापट्टीको अ-(मगाजी शरणार्थी शिविरमा आक्रमण गर्दा त्यहाँ ३० जनाभन्दा बढीको मृत्यु भएको हमास शासित स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै बिबिसीले उल्लेख गरेको छ। गत मंगलबार र बुधबार इसराइलले गजाको बाक्लो आवादी भएको जबालिया शरणार्थी शिविरमा हवाई आक्रमण गरेको थियो।

    उसले हमासका युनिट कमान्डरलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेपनि त्यहाँ दर्जनौं नागरिकहरू मारिएका थिए। इसराइली डिफेन्स फोर्स (आइडिएफ)ले उक्त आक्रमणमा हमासका युनिट कमान्डरहरू इब्राहिम बियारी र मुहम्मद एसार मारिएको दाबी गरेको थियो। गजामा युद्धविरामका लागि संयुक्त राष्ट्रसंघको आह्वानलाई इसराइलका प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले अस्वीकार गर्दै आतंकवादविरूद्ध आत्मसमर्पण नगर्ने बताएका थिए।

    लगातारको आक्रमणबाट गजामा हमासका २ हजार ५ सय भन्दा बढी क्याम्प ध्वस्त बनाएको आइडिएफको दाबी छ। उसले उत्तरी गाजाबाट नागरिहरूलाई दक्षिणमा सार्न समेत चेतावनी दिइरहेको छ। यसबीच मध्यपूर्वको भ्रमणमा रहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले प्यालेस्टाइनी प्रशासनका प्रमुख मोहमुद अब्बाससँग भेटवार्ता गरेका छन्। भेटमा अब्बासले गजामा युद्धविराम हुनुपर्नेमा जोड दिएका छन्।

    ब्लिन्केनले भने गाजामा आम नागरिकहरूको मृत्यु हुने अवस्थालाई रोक्नुपर्ने बताएका छन्। उनले अक्टोबर ७ पछि इसराइललाई आत्मरक्षाको अधिकार रहेको पनि बताएको द न्युयोर्क टाइम्सले उल्लेख गरेको छ। गाजामा इसराइलको आक्रमणबाट १५ लाखभन्दा बढी मानिसहरू विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ।

  • परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए

    परराष्ट्र मन्त्री एनपी साउद नेपाल फर्किए

    काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउदले अमेरिकाको एक साता लामो औपचारिक भ्रमण गरी स्वदेश फर्किएका छन् । गत १२ कात्तिकमा अमेरिका भ्रमणमा गएका साउद आइतबार स्वदेश फर्किएका हुन् । स्वदेश फर्किने क्रममा आइतबार त्रिभुवन अन्तरार्ष्ट्रीय विमानस्थलमा सञ्चारकर्मीसँग अन्तरक्रिया गर्दै मन्त्री साउदले भ्रमण फलदायी भएको बताए ।

    उनले भ्रमणका क्रममा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएको समेत जानकारी दिए । ब्लिंकेनसँग भएको प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय भेटवार्तामा नेपाल‒अमेरिका द्विपक्षीय सम्वन्धका बिषयहरु तथा साझा चासोका क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयहरुमा विचारको आदान – प्रदान भएको उनको भनाइ छ ।

    दुबै पक्षले आपसी हितका बिषयहरुमा सहकार्यलाई थप विस्तार र घनिभूत बनाउने प्रतिवद्धता व्यक्त गरेको उनले बताए । नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नती हुन लागेको सन्दर्भमा नेपालको विकास प्राथमिकताका बिषयहरुमा प्रकाश पार्दै सूचना प्रविधिको विकास, खाद्य सुरक्षा, कृषिको विकास, बजार पहुँच, लगानी र व्यापार लगायतका क्षेत्रहरुमा अमेरिकी सरकारबाट सहयोग बढाउन समेत उनले आग्रह गरेको बताए ।

    त्यस्तै, नेपालको लागि निर्यातयोग्य गार्मेन्ट, फुटवेयर र फार्मास्युटिकल बस्तुहरु थप गर्दै जीएसपी सुविधा र एनटीटीपीपीको विस्तार र पुनस्अनुमतीको लागि समेत उनले अनुरोध गरेका छन् । भेटवार्ताका क्रममा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले नेपालको लोकतान्त्रिक शासन प्रणालीको सुदृढीकरण गर्नमा भएको प्रगतिलाई प्रशंसा गरेका थिए । ब्लिंकेनले अमेरिकी सरकार नेपाल एक बलियो र समृद्ध लोकतन्त्र भएको हेर्न चाहेको भन्दै नेपालको विकास प्रयत्नमा अमेरिकी सरकारको निरन्तर सहयोग रहने बताएको जानकारी दिए ।

    भ्रमणको क्रममा साउदले यूनाइटेड स्टेट इन्ष्टिच्युट अफ पिसले वासिङ्टनमा आयोजना गरेको टक प्रोग्राममा सहभागी भएको र नेपालको परराष्ट्र नीतिका विषयमा आफ्नो विचार राखेको बताए ।

  • भारतले नेपाल पठायो १० करोड भारु बराबरको राहत

    भारतले नेपाल पठायो १० करोड भारु बराबरको राहत

    काठमाडौं । भारतले नेपालको पश्चिम जाजरकोटमा गएको भूकम्पपछि नेपाललाई १६ करोड (१० करोड भारू) रुपियाँ बराबरको आपत्कालीन राहत सामग्रीको पहिलो खेप हस्तान्तरण गरेको छ । आईतवार नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपालगञ्जमा नेपालका सरकारका उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई सो राहत सामग्री हस्तान्तरण गरेका छन् ।

    एक विशेष भारतीय वायुसेना सी—१३० उडानले ११ टन भन्दा बढी आपतकालीन राहत सामग्रीको खेप ढुवानी ग¥यो । जसमा त्रिपाल, कम्बल र सुत्ने डस्ना, झोलाका साथै आवश्यक औषधि र पोर्टेबल भेन्टिलेटरहरू जस्ता प्रभावित मानिसका लागि चिकित्सा उपकरणहरू समावेश छन् ।

    राहत सामग्रीको थप खेप आगामी दिनमा आउने अपेक्षा गरिएको छ । घनिष्ट मित्र र छिमेकीका रूपमा भारत नेपालमा भूकम्प पीडितहरूलाई हरसम्भव सहयोग गर्न प्रतिबद्ध रहेको राजदुत श्रीवास्तवले बताए । भारत आफ्नो छिमेकी र बाहिरका संकट परिस्थितिहरूमा पहिलो प्रतिक्रियाकर्ताको रूपमा जारी राख्ने बताए ।

    भारतले भूकम्पपछिको आवास, शिक्षा, स्वास्थ्य र सांस्कृतिक सम्पदा क्षेत्रमा भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई एक अर्ब अमेरिकी डलर सहयोग गरेको थियो भने गोरखा र नुवाकोट जिल्लामा ५० हजार घरको पुनर्निर्माण समेत गरेको थियो । आइतबार अपराह्न जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि राहत सामग्री बोकेर भारतीय वायुसेनाको विमान नेपालगन्ज विमानस्थलमा आइपुगेको हो ।

  • ‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’

    ‘नेपालको पर्यटन क्षेत्र भूकम्पबाट सुरक्षित’

    काठमाडौं । शुक्रबार राति जाजरकोटलाई केन्द्र बनाएर गएको भूकम्पका कारण नेपाल यात्राबारे दोधारमा रहेका पर्यटकलाई लक्षित गरी सरोकारवालाले नेपालका पर्यटकीय क्षेत्र खुला र सुरक्षित रहेको सन्देश प्रवाह गरेका छन् । नेपाल पर्यटन बोर्ड तथा पर्यटनसँग सम्बन्धित निजी क्षेत्रका संघ संस्थाले भूकम्प गएको क्षेत्र केन्द्रीय राजधानी काठमाडौंबाट ५ सय किलोमिटर पर रहेको मुख्य पर्यटकीय क्षेत्रमा भूकम्पले कुनै पनि असर नगरेको बताएका छन् ।

    नेपाल पर्यटन बोर्डले भनेको छ, ‘पर्यटन क्षेत्र सुरक्षित छन् र पर्यटकीय गतिविधिहरु निर्वाध रुपमा सञ्चालनमा छन् ।’ निजी क्षेत्रका नेतृत्वदायी संघसंस्थाले समेत भूकम्प प्रभावित क्षेत्र राजधानी काठमाडौं भन्दा करिब ५ सय किमि पश्चिममा रहेको र सो क्षेत्रमा पर्यटनसँग सम्बन्धित प्रत्यक्ष गतिविधि कम रहेको बताएका छन् । प्रकोपले काठमाडौं, पोखरा, चितवन, लुम्बिनीसहितका पर्यटन क्षेत्र प्रभावित नभई सुरक्षित रहेको भन्दै नेपाल यात्रालाई निरन्तरता दिन सरोकारवालाले आग्रह गरेका छन् ।

  • भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

    भूकम्पबाट घाइते भएकाको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

    काठमाडौं । मन्त्रिपरिषद्को आज बसेको आकस्मिक बैठकले जाजरकोट केन्द्रबिन्दु भई शुक्रबार राति गएको भूकम्पबाट घाइते भएकाहरूको सबै अस्पतालमा निःशुल्क उपचार गराउने निर्णय गरेको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको बैठकले तत्काल उद्धार गर्नुपर्ने व्यक्तिहरू लगभग सबैको उद्धार गरिएको र उपचारका लागि काठमाडौँलगायतका सबै स्थानका अस्पताललाई तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए।

    उनले गोरखा भूकम्पपछि गरिएको राहत र पुनःस्थापनाका कामको सिकाइ र कमजोरीलाई ग्रहण गरी प्रभावकारीरूपमा राहत र पुनःस्थापनाका काम सञ्चालन गर्न तथा छिमेकी एवं मित्रराष्ट्रबाट प्राप्त हुने सहयोग कुन-कुन क्षेत्रमा कसरी लिने भन्नेबारेमा थप छलफल गरी निर्णय गरिने जानकारी दिए ।

  • भूकम्पबाट प्रभावितको पुनःस्थापना गर्न एकीकृत कार्ययोजना बनाइने, १ वर्षभित्र आवास निर्माण

    भूकम्पबाट प्रभावितको पुनःस्थापना गर्न एकीकृत कार्ययोजना बनाइने, १ वर्षभित्र आवास निर्माण

    काठमाडौं । नेपाल सरकारले जाजरकोट–भूकम्पबाट प्रभावितको खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउँदै तत्काल मर्मतसम्भार सम्पन्न भएपछि पुनःस्थापनाका लागि एकीकृत कार्ययोजना तयार गरी एक वर्षभित्र भूकम्प प्रतिरोधी आवास निर्माण गर्ने निर्णय गरेको छ ।

    सिंहदरबारमा आज सम्पन्न मन्त्रिपरिषद्को आकस्मिक बैठकले खोज, उद्धार र राहत वितरण कार्यलाई प्रभावकारी बनाउन सुर्खेतलाई मुख्य र नेपालगञ्जलाई सहायक सम्पर्क कार्यालय तोक्ने निर्णय गरेको बैठकपछि नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    उनले राहत र पुनःस्थापनाका लागि छिमेकी एवं मित्रराष्ट्रबाट औपचारिक प्रस्तावमार्फत प्राप्त हुने सहयोग स्वीकार गरी धन्यवाद दिने निर्णय भएको जानकारी दिइन् । बैठकले भूकम्पमा परी निधन भएकाका परिवारलाई प्रतिव्यक्ति रु दुई लाखका दरले दिने र सरकारी अस्पतालमा सबै घाइतेको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।

    प्रभावित क्षेत्रमा हालका लागि अस्थायी आवासका लागि टहरा निर्माण गर्ने निर्णय बैठकले गरेको छ । ‘परम्परागत निर्माण विधि र विद्यमान खरिद ऐनबाट यो पुनःनिर्माण कार्य प्रभावकारीरुपमा सम्पन्न हुन सक्दैन, चुस्त र प्रभावकारी संरचनाबाट पुनःनिर्माण हुनुपर्छ भन्ने विषय मन्त्रिपरिषद्को बैठकमा उठेको छ, यसबारे गृहकार्य गरी कार्ययोजना बन्नेछ,’ मन्त्री शर्माले भनिन्, ‘भूकम्पपीडितका लागि घर बनाउन अनुदान दिने ढाँचाबारे पनि छलफल भएको छ, जसका लागि दिने हो, उनीहरुले अनुदान पाउनुपर्छ र आवासका लागि घर बनाइसकेपछि त्यहाँ मानिस नै बस्नुपर्छ, उपयोगविहीन हुनु हुँदैन ।’

    खोज, उद्धार र राहतमा खटिने राष्ट्रसेवकलाई खाजा खर्च दिने निर्णयसमेत गरिएको छ । साथै बैठकले विपद्को यस घडीमा धैर्यधारण गर्न सबैमा आग्रह गरेको छ ।

  • चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश

    चिनियाँ राष्ट्रपतिले पठाए समवेदना सन्देश

    काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले आइतबार गएको शक्तिशाली भूकम्पबाट भएको क्षतिप्रति समवेदना प्रकट गर्दै राष्ट्रपति रामचन्द्र पौडेललाई सन्देश पठाएका छन् । चिनियाँ सरकार र जनताको तर्फबाट सीले मृतकहरूप्रति गहिरो समवेदना प्रकट गर्दै, शोकसन्तप्त परिवार र घाइतेहरूप्रति गहिरो समवेदना प्रकट गरेका छन् भने घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

    सन्देशमा सीले कर्णाली प्रदेशमा गएको शक्तिशाली भूकम्पले ठूलो मानवीय र धनजनको क्षतिले आफू स्तब्ध भएको बताएका छन् । सीले राष्ट्रपति पौडेल र नेपाल सरकारको नेतृत्वमा भूकम्प प्रभावित क्षेत्रमा पूननिर्माणको काम चाँडै सम्पन्न हुने विश्वास व्यक्त गर्दै आवश्यक विपद् सहयोग गर्न चीन इच्छुक रहेको बताएका छन् । चिनियाँ प्रधानमन्त्री ली छ्याङले पनि नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई समवेदना सन्देश पठाएका थिए ।

  • भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्यो

    भूकम्प मापन केन्द्रको टोली जाजरकोट पुग्यो

    काठमाडौं । जाजरकोटमा शुक्रबार राति गएको भूकम्पको थप अध्ययन एवं अनुसन्धान गर्न भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरको टोली जाजरकोट पुगेको छ । केन्द्रका वरिष्ठ भूकम्पविद् डा लोकविजय अधिकारी सहितको टोली अनुसन्धान गर्न शनिबार जाजरकोट पुगेको हो ।

    टोलीले भूकम्पका बारेमा समग्र अध्ययन तथा अनुसन्धान गर्ने खानी तथा भूकम्प विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । कति गहिराइबाट भूकम्प गएको छ, कुन दिशामा बढी क्षति पुगेको छ, भूकम्पले कस्ता घरमा क्षति पुगेको छ भन्नेबारे उक्त टोलीले अध्ययन गर्ने बताइएको छ ।


    केन्द्रका वरिष्ठ भूकम्पविद् डा अधिकारीले जाजरकोट भूकम्प बझाङ भूकम्पको परकम्प नभई नयाँ भूकम्प भएको जानकारी दिए । उनले पछिल्लो समय नेपालका पश्चिम क्षेत्र भएर भूकम्प गइरहेको उल्लेख गरे । शुक्रबार राति जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर भूकम्प गएपछि चारवटा पराकम्प गइसकेको छ ।

    केन्द्रका अनुसार सोही स्थान केन्द्रबिन्दु भएर सोही राति १२ः८ बजे ४ दशमलव ५, १२ः२९ बजे ४ दशमलव २, १२ः३५ बजे ४ दशमलव ३ र शनिबार दिउँसो ३ः४० बजे ४ दशमलव २ रेक्टरस्केलको पराकम्प गएको छ । उक्त भूकम्पमा परेर हालसम्म जाजरकोट र रुकुम पश्चिममा एक सय ५७ व्यक्तिको निधन भइसकेको छ भने दुई सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

  • डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    डोटीमा जिप दुर्घटना, कम्तिमा चार जनाको मृत्यु

    काठमाडौं । डोटीमा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएको छन् । आइतबार राति साढे २ बजेको समयमा शिखर नगरपालिका(६ को अण्यौलमा केआई सिंह राजमार्गमा धनगढीबाट बाजुरातर्फ जाँदै गरेको ग२च २७७६ नम्बरको बोलेरो जिप दुर्घटनामा परेको हो ।

    दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । मृत्यु हुनेमा बाजुराको हिमाली गाउँपालिका(५ बस्ने २२ वर्षीया राधिका मलाल, ३२ वर्षीया धनशोभा बुढा, उनका ६ वर्षीय छोरा कबिन्द्र बुढा र सोही ठाउँ बस्ने विमला मलालकि ८ महिना की छोरी प्रार्थना रहेका छन् ।

    घाइते हुनेमा हिमाली गाउँपालिका( ५ बस्ने ३० वर्षीया प्रकास बुढाथापा, सोही ठाउँका २३ वर्षीय खोमबहादुर मलाल, २४ वर्षीय दानबहादुर बुढा २१ वर्षीया विमला मलाल र २१ वर्षकै राजबहादुर मलाल रहेको प्रहरीले जनाएको छ । उनीहरू मध्ये विमलाको अवस्था गम्भीर रहेको छ ।

    घाइतेहरूको शैलेश्वरी अस्पताल डोटीमा उपचार भइरहेको छ भने चालक गौमुल गाउँपालिका ४ काडाकोटका २९ वर्षीय महेश बुढालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी अनियन्त्रित भएर सडकबाट करीब ६० मिटर तल खसेको जिप दुर्घटनाको कारण भने खुलेको छैन ।

  • विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै

    विश्वकप छनोट फाइनल : उपाधीका लागि नेपाल र ओमान भिड्दै

    काठमाडौं । अर्को वर्ष हुने आईसीसी टी–२० विश्वकपमा स्थान पक्का गरिसकेको घरेलु टोली नेपाल र ओमान एसिया क्षेत्र छनोटको उपाधिका लागि आज फाइनल खेल्दैछन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ बजे सुरु हुनेछ ।

    शुक्रबार भएको सेमिफाइनलमा नेपालले यूएईलाई ८ विकेट र ओमानले बहराइनलाई १० विकेटले पराजित गर्दै वेष्ट इन्डिज र अमेरिकामा आगामी जुनमा हुने टी–२० विश्वकपमा स्थान बनाएका हुन् । उक्त विश्वकपमा कुल २० टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

    यसपटक ग्लोबल क्वालिफायरको सट्टा क्षेत्रीय छनोट प्रतियोगिताहरु मात्र आयोजना हुँदा एसियाबाट दुई टोलीले मात्र टी(२० विश्वकपमा छनोट हुने प्रावधान थियो । त्यसका लागि एसिया छनोटको सेमिफाइनल जित्दै फाइनल पुग्ने टिम मात्र छनोट भएका हुन् ।

    गत वर्ष ओमानमै भएको टी–२० विश्वकपको ग्लोबल क्वालिफायर्समा नेपाल र ओमान दुवै सेमिफाइनलम पराजित हुँदै विश्वकपमा पुग्न असफल भएका थिए । यसपटक घरेलु मैदानबाटै विश्वकपको यात्रा तय गर्दा नेपालले गत वर्ष सेमिफाइनलमै यूएईसँग बेहोरेको हारको मिठो बदला लियो । २०१४ मा बंगलादेशमा टी–२० विश्वकप खेलेको नेपालले एक दशकपछि फेरि विश्वकपमा स्थान बनाएको हो । उता ओमान भने २०२१ पछि टी–२० विश्वकपमा छनोट भएको हो ।

    यस पटक एसिया छनोटमा नेपाल र ओमान एउटै समूहमा थिए । समूह ए मा रहेका यी दुई टोलीबीच रोमाञ्चक खेल हुँदा नेपाल ओमानसँग ५ रनले पराजित भएको थियो । फाइनलसम्म आइपुग्दा ओमान अपराजित छ ।

  • नेपाललाई सहयोग गर्न हामी तयार छौं : अमेरिका

    नेपाललाई सहयोग गर्न हामी तयार छौं : अमेरिका

    काठमाडौं । नेपालको जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी ज्यान गुमाएकाहरूप्रति नेपालस्थित अमेरिकी दूतावासले गहिरो दुःख व्यक्त गरेको छ ।
    दूतावासले आवश्यक सहयोगका लागि तयार रहेको पनि जनाएको छ । ‘यस भूकम्पको क्षतिपछिको पुनर्लाभ हासिल गर्न नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर छ,’ दूतावासले सामाजिक सञ्जालमा लेखेको छ ।

  • नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७

    नेपाल भूकम्प : मृत्यु हुनेको संख्या १५७

    काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। सशस्त्र प्रहरीका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाका अनुसार शनिबार अपराह्नसम्म मृत्यु हुनेको संख्या १५७ पुगेको हो। उनका अनुसार जाजरकोटमा १०५ जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

    भूकम्पमा परी जाजरकोटमा १०५ जना, रूकुम पश्चिममा ५२ जना, दैलेखमा ३ जना, बैतडीमा ३ जना, जुम्लामा ५ जना, रोल्पामा १ गरी कुल २०२ जना घाइते भएका डिएसी थापाले जानकारी दिए। घाइतेमध्ये अधिकांशको स्थानीय अस्पताल र स्वास्थ्य चौकीमा उपचार भइरहेको छ। गम्भीर घाइतेहरूको भेरी अस्पताल नेपालगञ्जमा उपचार जारी छ। ७ जना गम्भीर घाइतेहरूलाई काठमाडौं ल्याइ त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।