काठमाडौं । तनहुँका नेता गोविन्दराज जोशीले नेपाली कांग्रेससँगको वार्ता समाप्त भएको घोषणा गरेका छन् । जोशीले बुधबार प्रेस वक्तव्य जारी गर्दै कांग्रेसका प्रतिनिधिहरूसँग भएको भनिएको वार्ता झुक्क्याउने, स्पष्ट कुरा नगरी अलमल्याउने र आलटाल गर्ने प्रयत्न भएको भन्दै वार्ता सकिएको बताएका हुन् । वैशाख १० गते तनहुँ क्षेत्र नम्बर १ मा हुन लागेको उपनिर्वाचनको सन्दर्भमा नेपाली… Continue reading गोविन्दराज समूहलाई ‘कमब्याक’ गराउने कांग्रेसको प्रयास असफल, स्वर्णिमलाई सघाउने संकेत
Category: समाचार
टाइगरल्याण्ड सफारी रिसोर्टमा आगलागी
काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२३ जगतपुरमा रहेको टाइगरल्याण्ड सफारी रिसोर्टमा भीषण आगलागी भएको छ । बिहान साढे ११ बजेदेखि रिसोर्टमा आगलागी भएको चितवन प्रहरीले बताएको छ । आगलागीकाे कारण खुल्न सकेकाे छैन् । आगोले हलका फुसको छानो जलेर नस्ट भएका छन् । अहिले भित्रका फर्निचर र अन्य सामाग्रीमा आगो लागेको छ ।
ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समिति बैठक आज बोलाएको छ । बुधबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बुधबार नै दिउँसो २ बजे बस्ने गरी सारिएको छ । रास्वपाका सभापति रवि लामिछाने र अधिकांश केन्द्रीय सदस्यहरू उपनिर्वाचन प्रचारप्रसारका लागि तनहुँ, चितवन र बारामा भएकोले काठमाडौं आइपुग्न समय लाग्ने भएकाले बैठक पछि सारिएको… Continue reading ढाकारामबारे रास्वपाले आज निर्णय लिने, गर्ला कारवाही ?
नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा आज निर्वाचन
काठमाडौं । निजी क्षेत्रका उद्यमीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति छान्न आज निर्वाचन हुँदैछ । मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा चल्ने छ । महासंघको कार्यसमिति सदस्यमा चार जना सर्वसम्मत निर्वाचित भइसकेका छन् । एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चयन गर्न… Continue reading नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षसहितका पदमा आज निर्वाचन
बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । बैतडीको पाटन नगरपालिका–८ मा जिप दुर्घटनामा परेको छ । दुर्घटनामा एकै गाउँका ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जिपमा सवार ५ जनाले भने हामफालेर ज्यान जोगाएको बताइएको छ । खोड्पेदेखि बझाङ जाँदै गरेको से १ ज ७६४ नम्बरको जिप गएराति ११ः२५ बजेको समयमा पाटन नगरपालिका ८, झाउलेक भन्ने स्थानमा दुर्घटनामा परेको… Continue reading बैतडीमा जिप दुर्घटना, ६ जनाको मृत्यु
नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैङ्कको अवस्था सुरक्षित रहेको बताएका छन् । मंगलबार नेपाल राष्ट्र बैङ्कले चालु आर्थिक वर्ष २०७९÷८० को आठ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्याङ्क सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले नेपालका बैङ्क वित्तीय संस्थाको अवस्था सुरक्षित र स्वस्थ रहेको… Continue reading नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ : गभर्नर
म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु
काठमाडौं । म्यानमारमा जारी गृहयुद्धमा सेनाले गरेको हवाई आक्रमणमा ५३ जनाको ज्यान गएको छ । सैन्य सरकारको विरोध गर्ने सागिङ क्षेत्रको एउटा गाउँलाई निसाना बनाएर आक्रमण भएको हो । आक्रमणमा परि कम्तीमा १५ जना महिला र कैयौँ बालबालिकाको ज्यान गएको प्रत्यक्षदर्शीले बताएका बीबीसीको खबरमा उल्लेख छ । तर मृतकको सङ्ख्या भने पुष्टि भइसकेको छैन ।… Continue reading म्यानमारमा सेनाको आक्रमणमा कम्तिमा ५३ जनाको मृत्यु
जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जथाभावी शुल्क नबढाउन निजी विद्यालयलाई आग्रह गरेको छ । शैक्षिक सत्र २०८० मा विद्यार्थीसँग शुल्क लिँदा स्थानीय तहले स्वीकृत गरेको सीमाभित्र रहेर तोकिएको शीर्षकमा मात्र लिन मन्त्रालयले निर्देशन दिएको हो । निजी विद्यालयले स्वीकृत भएको शुल्कको विषयमा पारदर्शी ढंगले सबै अभिभावकहरुलाई जानकारी गराउनुपर्ने र अभिभावकहरुले शुल्कको विषयमा प्रश्न… Continue reading जथाभावी शूल्क नबढाउन शिक्षा मन्त्रालयको अनुरोध
नेपालमा एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १०६ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४७६ जनाको पीसीआर परीक्षण गर्दा ७४ जना र १९६० जनाको एन्टिजेन परीक्षण गर्दा ३२ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १० लाख १ हजार ९५१ जना पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा एकैदिन १०६ जनामा कोरोना संक्रमण, एकको मृत्यु
बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउछौं
काठमाडौं । शनिवार बिहान काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेको सन्देशले तरङ्ग सिर्जना गरेको छ । उनले लेखेका सन्देशलाई राजनीतिक दलका नेताहरूले अराजक अभिव्यक्तिको संज्ञा दिएका छन् । मेयर शाहले लेखेको पहिलो सन्देश राजनीतिक दलका नेताहरूप्रति लक्षित थियो । उनले कडा शब्द छनौट गर्दै लेखेका थिए–‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन । साँच्चिकै देश… Continue reading बालेनको अभिव्यक्ति अराजक, गम्भीररुपमा ध्यानाकर्षण गराउछौं
चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी
काठमाडौं । गुण्डा नाइके मिलन गुरुङ उर्फ चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ परेका छन् । चक्रे मिलन नेपालगञ्ज गएका बेला उनलाई ‘एके ४७’ हतियारसहित स्कर्टिङ गरिएको भिडियो सार्वजनिक भएपछि एक जना पक्राउ परेका हुन् । मिलनका सहयोगी बैजनाथ गाउँपालिका, नौवस्ताका हुन् । बोगटीको साथमा रहेको हतियार समेत बरामद गरिएको छ । जिल्ला प्रहरी कार्यालय,… Continue reading चक्रे मिलनका सहयोगी गणेशबहादुर बोगटी पक्राउ, अनुसन्धान जारी
दलाई लामाले किन माग्नु परेको हो माफी ?
काठमाडौं । दलाई लामाले एक बालकलाई मेरो जिब्रो चुस भनेको सुनिने भिडिओ सार्वजनिक भएपछि भारतमा निर्वासनमा रहेका ती तिब्बती धर्मगुरुले क्षमा मागेका छन्। लामाको कार्यालयका अनुसार उनले ती बालक र उनको परिवारसँग आफ्नो शब्दका कारण पुगेको चोटका लागि क्षमायाचना गरेका हुन्। उक्त भिडिओमा दलाई लामाले ती बालकलाई ओठमा चुम्बन गरेको पनि देखिन्छ। उहाँ आफूले भेटेका… Continue reading दलाई लामाले किन माग्नु परेको हो माफी ?
नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने
काठमाडौं । त्रिभुवन विश्वविद्यालय त्रिविले नवीकरण नगर्ने क्याम्पसको सम्बन्धन खारेज गर्ने चेतावनी दिएको छ । यस्ता क्याम्पसलाई नवीकरण नहुनुको मनासिब कारण खुलाएर आउँदो वैशाख मसान्तभित्र सम्बन्धित डीन कार्यालयमा निवेदन दिन त्रिविले आग्रह गरेको छ । यो अवधिमा नवीकरण नगरे क्याम्पसको सम्बन्धन खारेज हुन सक्ने त्रिविले जनाएको छ । यस्तै, नवीकरण भएका क्याम्पसले त्रिविको विनियोजन शाखाबाट… Continue reading नवीकरण नगरे त्रिविको सम्बन्धन खारेज गरिने
विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिक स्थलमा ध्रुमपान, खैनी, चुरोट, पानपराग, गुट्खा लगायतको सेवन गर्न निषेध गर्ने भएको छ। नगरसभाको निर्णयानुसार महानगर क्षेत्रभित्र ध्रुमपानदेखि प्रेसर हर्न बजाउन निषेध (नो हर्न) गर्न लागिएको महानगरका प्रमुख नागेश कोइरालाले बताए। ध्वनि प्रदूषण नियन्त्रण गर्ने महानगरको योजनाअन्तर्गत सवारी साधनको… Continue reading विराटनगरमा सार्वजनिक स्थानमा खैनी, सूर्ति, चूरोट सेवन निषेध गरिँदै
रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठलाई बचाउने राष्ट्रिय स्वतन्त्र पार्टीको प्रयास असफल हुने देखिएको छ । उनको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ। आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएको थियो । सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीबाट सार्वजनिक गरिएको छ ।… Continue reading रास्वपाले ढाकाकुमारलाई बचाउन मुस्किल, प्रमाण पुग्ने अर्को अडियो टेप पनि सार्वजनिक
कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी
काठमाडौं । एकैदिन कोरोना संक्रमितको संख्या सय नाघेको छ । पछिल्लो २४ घण्टामा थप १२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ५६६ नमुनामध्ये ९०३ जनाको पीसीआर परीक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जना गरी १२४ जनामा कोरोना संक्रमण देखिएको हो… Continue reading कोरोना संक्रमितको ग्राफ निरन्तर उकालो, एकै दिन १२४ जनामा पुष्टी
‘दुई-तीन करोड फ्याँकेर हिँडेको मान्छे हुँ, कसैले प्रभावित पार्न नखोजे हुन्छ’
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो रेकर्ड चुनावकै मुखमा सार्वजनिक हुनुमा शंका व्यक्त गरेका छन्। सोमबार चितवनमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै लामिछानेले तीन महिनासम्म मोबाइलमा राखिएको अडियो रेकर्ड चुनावको मुखमा सार्वजनिक गरिएकोमा प्रश्न गरेका हुन्। उनले भने, ‘चुनावको मुखमा तीन महिना अगाडिदेखि… Continue reading ‘दुई-तीन करोड फ्याँकेर हिँडेको मान्छे हुँ, कसैले प्रभावित पार्न नखोजे हुन्छ’
‘२ करोड माग्ने कोर टिम भनेको को हो, छानबिन हुनुपर्छ’
काठमाडौं । सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले प्रश्न गरे, ‘मन्त्री बन्नकै लागि कुनै एउटा व्यवसायीसँग बडो पारदर्शी ढंगले गफगाफ गरेको सुनिन्छ । यो भन्दा लज्जाबोध के हुन सक्छ ?’ सांसद श्रेष्ठले कोर टिमले रकम… Continue reading ‘२ करोड माग्ने कोर टिम भनेको को हो, छानबिन हुनुपर्छ’
अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सन्तोष परियारले सांसद डा. ढाकाकुमार श्रेष्ठको घुस अडियो प्रकरणको पार्टीले सत्यतथ्य छानबिन गर्ने बताएका छन् । सोमबार प्रतिनिधि सभा बैठकमा परियारले भने ‘हाम्रो प्रतिनिधि सभा सदस्यमार्फत घटेको घटनाका कारण तपाइहरूको सम्मानमा पुगेको चोटप्रति हामी क्षमाप्रार्थी छौं’ । सत्यतथ्य छानबिन गरेर प्रतिवेदन सार्वजनिक गर्ने र प्रमाणित भए कारबाही गर्ने… Continue reading अडियो प्रकरणमा रास्वपाले संसदमा माग्यो माफी
‘बालेनसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारलाई काठमाडौं महानगरपालिकासँग आवश्यक विषयमा समन्वय गर्न माग गरेका छन्। सोमवार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै काठमाडौं–४ बाट निर्वाचित सांसद थापाले यस विषयमा तत्काल बालेन शाहसँग वार्ता गर्न प्रधानमन्त्रीलाई आग्रह गरेका हुन् । उनले भने, ‘बाग दरबार र सिंहदरबारबीच टकराब देखिएको छ। काठमाडौं महानगरपालिकाको फोहोर नउठाउने भनेर जनप्रतिनिधि आफ्नो… Continue reading ‘बालेनसँग तत्काल वार्ता गरेर जायज माग पूरा गरियोस्’
उठेन भिआइपी एरियाको फोहोर
काठमाडौं । देशको प्रमुख भिआइपी एरिया राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबारको फोहोर आजपनि उठेको छैन। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै काठमाडौंका मेयर बालेन शाहले सिंहदरबारको फोहोर आजदेखि नउठ्ने बताएका थिए। सहरी विकासअन्तर्गत परिवर्तन नेपाल नामक संस्थाले राष्ट्रपति भवन, प्रधानमन्त्री तथा मन्त्रीहरूको निवास र सिंहदरबार क्षेत्रको फोहोर उठाउने र सरसफाइ गर्ने काम गर्छ।
ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा उनका कार्यकर्ताले उडान सुरक्षाको गम्भीर उल्लंघन गरेका छन्। एमाले अध्यक्ष ओली पनि सवार बीएचए ४५१ जहाज बिहान ९ः३० बजे नेपालगञ्ज जिमानस्थलमा अवतरण गरेको थियो । सोमबार नेपालगन्ज विमानस्थलमा अवतरण गर्ने क्रममा कार्यकर्ताको ठूलो भिड बुद्ध एयरको ढोकैमा पुगेको देखिन्छ… Continue reading ओली नेपालगन्ज पुग्दा विमानको ढोकैमै कार्यकर्ताको ठूलो भिड
पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मेको र पितृत्वको ठेगान नलागेको बच्चाको आमाको थर राखेर जन्मदर्ता हुने व्यवस्था कायम गरेको छ । यसअघि २३ चैतमा स्थानीय तहहरुलाई गरेको परिपत्रमा यस्ता बच्चाको मावलीको थर राखेर जन्मदर्ता गर्न पाउने भनी गरेको व्यवस्थाको आलोचना भएपछि विभागले नयाँ परिपत्रमार्फत सच्याएको हो । आइतबार स्थानीय तहमा गरिएको… Continue reading पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता आमाको थरबाटै हुने व्यवस्था कायम
कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा
काठमाडौं । नेकपा एमाले कर्णाली सरकारबाट बाहिरिएको छ । नेकपा एमालेका मन्त्रीहरूले आइतबार मुख्यमन्त्रीलाई राजीनामा बुझाएका छन् । आइतबार आर्थिक मामिला तथा योजनामन्त्री विनोदकुमार शाह, सामाजिक विकासमन्त्री टेकराज पछाई र वन, वातावरण तथा पर्यटन मन्त्री जितबहादुर शाहीले मुख्यमन्त्री राजकुमार शर्मा समक्ष राजीनामा दिएका हुन् । हालै मुख्यमन्त्री शर्माले प्रदेशसभामा विश्वासको मत माग्दा एमालेले पनि विश्वासको… Continue reading कर्णालीबाट बाहिरियो एमाले,मन्त्रीहरुले बुझाए राजीनामा
बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर
काठमाडौं । काठमाडौं महानगरपालिकाले सिंहदरबारको फोहोर आइतबारदेखि उठाउन छोडेको छ । महानगरपालिकाको काममा सिंहदरबारबाट असहयोग भएको भन्दै मेयर बालेन्द्र साह (बालेन)ले शुक्रबार फोहोर नउठाउने सामाजिक सञ्जाल मार्फत घोषणा गरेका थिए । त्यही घोषणालाई आधार मानेर सिंहदरबारको फोहोर महानगरले नउठाएको हो । सिंहदरबारको फोहोर उठाएर अहिले पुतली बगैंचामा राखिएको छ। सिंहदरबारबाट दैनिक पाँच टन फोहोर उठ्ने… Continue reading बालेनको निर्देशनपछि उठेन सिंहदरबारको फोहोर
रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएको छ। अडियोमा श्रेष्ठले पार्टी सभापति रवि लामिछानेका मान्छेलाई दिन उक्त रकम चाहिएको बताएका छन्। आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि पार्टीलाई रकम बुझाउनुपर्ने भन्दै श्रेष्ठले रकम मागेको सार्वजनिक भएको अडियोमा प्रष्ट सुनिएको छ ।… Continue reading रास्वपा सांसद श्रेष्ठले दुई करोड मागेको अडियो सार्वजनिक
प्रचण्ड एक्कासी एमाले सचिव भट्टको घर पुगेपछि…
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले सचिव लेखराज भट्टको निवास पुगेका छन् । आइतबार धनगढी गएका प्रधानमन्त्री दाहाल गोदावरी नगरपालिका वडा नम्बर १ अत्तरियास्थित भट्टको घरमा पुगेका हुन्। प्रधानमन्त्री दाहाल र भट्टबीच केहीबेर कुराकानीसमेत भएको छ। सुदूरपश्चिममा माओवादी केन्द्रका प्रभावशाली नेता मानिएका भट्ट नेकपा विभाजनपछि एमालेमा लागेका थिए… Continue reading प्रचण्ड एक्कासी एमाले सचिव भट्टको घर पुगेपछि…
नेपाल प्रहरीसँग बालेन आक्रामक, सडक पेटीका बीट नहटाए भत्काउने चेतावनी
काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साहले महानगरका विभिन्न ठाउँमा सडकको क्षेत्राधिकार मिचेर बनाइएका प्रहरी बिट हटाउन सम्बन्धित मन्त्रालय र निकायलाई आग्रह गरेका छन् । उनले शानिबार सामाजिक सञ्जालमार्फत महानगरभित्र सडक तथा सडकपेटी मिचेर निर्माण गरिएका १९ वटा प्रहरी बिटको ठेगानासहित तस्बिर सार्वजनिक गर्दै यथाशीघ्र हटाउन सम्बन्धित निकायलाई आग्रह गरेका हुन् । उनका अनुसार… Continue reading नेपाल प्रहरीसँग बालेन आक्रामक, सडक पेटीका बीट नहटाए भत्काउने चेतावनी
ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि
काठमाडौं । चिनियाँ सेनाले तीन दिने सैन्य अभ्यासका क्रममा ताइवानलाई घेरा हाल्ने अभ्यास सुरु गरेको छ। बेइजिङले ताइवानलाई चीनको एउटा टुक्रिएको प्रान्तको रूपमा हेर्छ। बीबीसीका अनुसार उसको अहिलेको सैन्य अभ्यासलाई उक्त टापुको सरकारलाई दिइएको कडा चेतावनीका रूपमा उल्लेख गरेको छ। ताइवानी राष्ट्रपति साई इङ(वेन अमेरिकाको भ्रमणबाट फर्केको केही घण्टापछि चीनले त्यो अभ्यास सुरु गरेको थियो।… Continue reading ताइवान आसपास पुनः चिनियाँ सेनाले बढायो गतिविधि
बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक
काठमाडौं । जिल्ला प्रशासन कार्यालय भक्तपुरले भोलिदेखि आउँदो वैशाख ५ गतेसम्म खुलारुपमा जाँडरक्सी बिक्री गर्न रोक लगाएको छ । भक्तपुर र मध्यपुरथिमि नगरपालिका तथा चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा मनाइने बिस्केट जात्रालाई शान्तिपूर्ण रुपमा सम्पन्न गर्नर गराउन जाँडरक्सी बिक्री वितरणलाई रोक लगाउने निर्णय गरिएको भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले बताए । भोलिदेखि आउँदो वैशाख… Continue reading बिष्केट जात्राभर भक्तपुरमा खुला स्थानमा जाँड-रक्सी बिक्रि गर्न रोक