Category: समाचार

  • शिक्षा विधेयकमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको असहमति

    शिक्षा विधेयकमा काठमाडौं महानगरपालिकाका मेयर बालेनको असहमति

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले शिक्षा विधेयकमा असहमति रहेको बताएका छन्। बुधबार फेसबुकमा एक स्ट्याटस लेख्दै मेयर बालेनले सबै भूगोलको लागि एकै किसिमको शिक्षा ऐन जारी हुँदा आफ्नो पनि असहमति रहेको बताएका हुन्।

    झन्डै २ लाख ५० हजार हजार विद्यार्थी र दश हजारभन्दा धेरै शिक्षक हाम्रो मातहतमा छन्, उनले लेखेका छन्, आधारभूत र माध्यमिक शिक्षा स्थानीय सरकारको एकल अधिकारको रूपमा रहेकोले विद्यालय शिक्षा ऐन बनाउने अधिकार पनि स्थानीय सरकारमा निहित रहेको छ। यस्तै, स्थानीय तहले आफ्नो आवश्यकता अनुसार शिक्षा नीति बनाउने अधिकार समेत रहेको उनले उल्‍‍लेख गरेका छन्।

    ुकाठमाडौं र जुम्लाका आवश्यकता फरक छन्। सोही अनुरूप शिक्षा नीति फरक हुनुपर्छ, उनले भनेका छन्। उनले अगाडि भनेका छन्, संघीय तहले प्रस्तुत गर्नुपर्ने विधेयक संघीय संसदमा दर्ता गर्नु नै संविधानको बर्खिलाप हो, संघीय सरकारले संघीय शिक्षा ऐन तर्जुमा गरी राष्ट्रिय शिक्षा नीति तथा मापदण्ड बनाउनुको साटो विद्यालय शिक्षा विधेयक ल्याउनु संवैधानिक प्रावधानविपरीत रहेकोले किमार्थ स्वीकार गर्न सकिँदैन।’

    यस्तै, बालेनले स्थानीय सरकारले प्रयोग गरिरहेको माध्यमिक शिक्षासम्मको विधायिकी र कार्यकारी अभ्यासबारे अदालतका फैसलाबाट समेत नजिर स्थापित भइसकेको स्मरण गराउन चाहेको बताएका छन्। यसैगरी, शिक्षा विधेयकमा असन्तुष्ट भएता पनि शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्याउन उनले अनुरोध गरेका छन्। शिक्षकले स्कुल बन्द गरेर पठनपाठनमा अवरोध नपुर्‍याउनुहोला, उनले लेखेका छन्, यस्ता अवरोध पुर्‍याउनेलाई कानुनअनुसार कारबाही हुनेछ।

  • विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी

    विद्यालय बन्द गरे शिक्षकलाई कारबाही गर्ने महानगरको चेतावनी

    काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द नगर्न शिक्षकहरुलाई आग्रह गरेको छ । नेपाल शिक्षक महासङ्घको नेतृत्वमा काठमाडौँ केन्द्रित आन्दोलन सुरु भएपछि महानगरले विद्यालय नै बन्द गरेर पठनपाठनमा समस्या नपार्न आग्रह गरेको हो ।

    विद्यालय बन्द नगर्न र विद्यार्थीको पढ्न पाउने हक अधिकार हनन् नगर्न महानगरले आफ्नो मातहतका विद्यालयका शिक्षकलाई आग्रह गरेको महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिए ।

    उनले भने, ‘विद्यालय बन्द गरेर विद्यार्थीको पढ्ने अधिकार हनन् गर्न पाइँदैन । विद्यालय खुल्छन् । महानगरपालिका मातहतका विद्यालय भोलि सबै खुला गर्न आग्रह गरिएको छ ।’

    महानगरपालिकाले शिक्षा विभागलाई विद्यालय बन्द भएका खण्डमा आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन पनि दिएको छ । आन्दोलन गर्न पाउनु शिक्षकहरुको अधिकारको कुरा भएपनि आन्दोलनका नाममा विद्यालय नै बन्द गर्नु नहुने प्रवक्ता मानन्धरले बताए ।

    यसअघि पनि काठमाडौँ महानगरपालिकाले शिक्षक कर्मचारीहरुलाई बन्द हडताल नगर्न चेतावनी दिँदै आएको थियो । विद्यालय शान्ति क्षेत्र भएकाले विद्यालयका शिक्षक कर्मचारी बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्ने चेतावनी यसअघि पनि दिइएको थियो ।

  • आज संविधान दिवस, सार्वजनिक बिदा

    आज संविधान दिवस, सार्वजनिक बिदा

    काठमाडौं । नेपालमा आज संविधान दिवस, २०८० विभिन्न कार्यक्रम गरी मनाइँदैछ। सरकारले आज सार्वजनिक बिदा दिएको छ । देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन्। आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन्।

    संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले २०७२ असोज ३ गते ‘नेपालको संविधान २०७२’ जारी भएको घोषणा गरेका थिए। संविधान निर्माण भएर कार्यान्वयनमा आएको आठ वर्ष पूरा भएको छ। नयाँ संविधान लागू भएको घोषणासँगै नेपालको अन्तरिम संविधान २०६३ खारेज भएको थियो। संविधान जारी हुँदा संविधानसभाको अध्यक्षका रूपमा स्वर्गीय सुवासचन्द्र नेम्वाङ थिए।

    संघीयता, धर्म निरपेक्षता, समाजवादोन्मुख संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालगायतका नयाँ व्यवस्था राखिएको यो संविधान जारी हुँदा संविधानसभाको प्रक्रियामा सहभागी दलका पाँच सय ३७ जना सभासदले हस्ताक्षर गरेका थिए। ‘नेपालको संविधान, २०७२’ मा ३५ भाग ३०८ धारा र ९ अनुसूची छन् ।

  • संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    संविधानले नेपाली समाजलाई एकताको सुत्रमा बाँधेको छ : राष्ट्रपति

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानले नेपाली समाजलाई राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्। ‘संविधानले केन्द्रीकृत र एकात्मक राज्यव्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र असमानतालाई अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको छ,’ उनले भनेका छन् । संविधान दिवसका अवसरमा शुभकामना दिँदै राष्ट्रपति पौडेलले संविधानले लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने लक्ष्य राखेको बताए।

    तर सुदृढ तहगत अन्तरसम्बन्धको स्थापना र सबल सङ्घीय शासन प्रणालीमार्फत समावेशी, समन्यायिक एवं सन्तुलित प्रादेशिक विकासको सुनिश्चितता हुन नसके जनताले चाहेको लोकतन्त्रको परिणाम प्राप्त नहुने उनले बताए। उनले श्रमलाई सम्मान गर्ने संस्कृति, विपन्नलाई आय र निमुखालाई न्याय दिने प्रणालीलाई सबल र प्रभावकारी बनाउनुपर्ने बताएका छन्। राष्ट्रपति पौडेललेलो कतान्त्रिक गणतन्त्र स्थापनाका लागि आफ्नो जीवन आहुति दिने सहिदहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतान्त्रिक प्रणाली स्थापनार्थ पथ प्रदर्शन गर्ने सम्पूर्ण अग्रजप्रति सम्मान एवं श्रद्धा प्रकट गरेका छन्।

    राष्ट्रपति पौडेलले राज्यको चरित्रलाई अझ लोकतान्त्रिक, पारदर्शी, जवाफदेही, सुशासित, न्यायपूर्ण र जनमुखी बनाउनुपर्ने उल्लेख गर्दै जनप्रतिनिधिहरू, सार्वजनिक निकायका पदाधिकारी तथा राजनीतिक दलका नेता कार्यकर्ताले जनताले अपेक्षा गरेको आचरण र चरित्र देखाउनसके मात्र सामाजिक न्याय र स्वाभिमानसहित समृद्धिको सपना साकार हुने उल्लेख गरेका छन्।

    शुभकामना सन्देशमा भनिएको छ, ‘राजनीतिक व्यवस्था र शासकीय संरचनामा आउने परिवर्तनले मात्र युगका अपेक्षा पूरा हुँदैनन् । अतः आजका दिनले हामी, हाम्रा राजनीतिक दल, नेतृत्व, सरकार र सम्पूर्ण राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण र परिणाममुखी बनाउने दायित्व बोध गराउनेछ भन्ने विश्वास लिएको छु।’

  • काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा

    काठमाडौंमा आजबाट चल्दैछ ‘द्रुत बस’ सेवा

    काठमाडौं । काठमाडौंमा आजबाट पहिलो पटक द्रुत बसे सेवा चल्दैछ । ४५ मिनेटमा सूर्यविनायकबाट रत्नपार्कसम्म पुग्ने गरी यस्तो बस सेवाको उद्घाटन आज हुन लागेको हो । संविधान दिवसका अवसरमा सूर्यविनायक–रत्नपार्क सार्वजनिक बस सेवा सञ्चालनमा ल्याउन लागिएको हो। सुरूमा २५ वटा बसबाट सुरू गरिने यो सेवा छुट्टै लेन (रातो रङले छुट्टयाइएकों)मा सञ्चालन हुने छ। बुधबार उद्घाटन गरिने र बिहीबारबाट यात्रुहरूले उपयोग गर्न पाउने भएका छन् । यातायात व्यवस्था विभागका अनुसार बिहीबारबाट २५ वटा बसहरू द्रुत सेवाअन्तर्गत सूर्यविनायकदेखि रत्नपार्कसम्म नियमित सञ्चालनमा आउने छन्।

    यी बस गुड्नका लागि अहिले सडकका दुबै भागमा छुट्टै लेन बनाइसकिएको छ। द्रुत सेवा अन्तर्गतका बसहरू बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ देखि ६ बजेसम्म गरी दुई सिफ्टमा चल्ने छन्। त्यो समयमा यी बस गुड्ने डेडिकेटेड लेनमा अन्य सवारी साधन चलाउन निषेध गरिएको छ। यद्यपि अत्यावश्यक सेवाका एम्बुलेन्स, शव वाहन, दमकल, कर्मचारी बोक्ने बसहरू भने उक्त लेनमा चलाउन पाइने छ। बुधबार भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, मन्त्रालय तथा विभागका अन्य अधिकारीहरू, स्थानीय सरकारका पदाधिकारीलगायत व्यक्तिहरू रत्नपार्कबाट सूर्यविनायकसम्म पुग्नेछन्।

    ट्राफिकको रातो बत्तीमा पनि यस्ता बस रोकिँदैनन्। एम्बुलेन्स तथा अत्यावश्यक सवारी साधन जसरी नै गुड्न पाउँछन्। कतै जाममा परिहालेको खण्डमा एम्बुलेन्स जसरी दायाँबायाँ मोडिएर गुड्न पाउँछन्। त्यसो हुँदा द्रुत बस सूर्यविनायकदेखि रत्नपार्क ४५ मिनेटमा पुगिने उल्लेख गरिएको छ। मास ट्रान्सपोर्टेसन अवधारणाले सार्वजनिक सवारी प्रयोगमा प्रोत्साहन हुने र निजी सवारी प्रयोग गर्नेको संख्या घटाउन यस्तो बस उपयोगी हुने गर्छ ।

    यसो हुँदा सडकमा जाम कम हुन्छ र व्यवस्थित हुन्छ भन्ने विश्वास लिइएको छ । सूर्यविनायकबाट रत्नपार्कसम्म विभिन्न १९ स्थानमा बस स्टप रहन्छन्। रत्नपार्क, भद्रकाली, माइतीघर, बबरमहल, नयाँ बानेश्वर, शान्तिनगर, कोटेश्वर जडिबुटी, कौशलटार, गठ्ठाघर, चारदोबाटो, सूर्यविनायकलगायत धेरै मानिसहरूको चाप हुने १९ स्थानमा स्टप राखिएको छ ।

  • संविधान दिवसमा प्रधानमन्त्रीको सन्देश : जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने अभियानमा छौं

    संविधान दिवसमा प्रधानमन्त्रीको सन्देश : जनताको जीवनस्तरमा आमुल परिवर्तन ल्याउने अभियानमा छौं

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान कार्यान्वयनमार्फत् जनताको जीवनस्तरमा आमूल परिवर्तन गर्ने रुपान्तरणकारी अभियानमा रहेको बताएका छन् । नवौं संविधान दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । सरकारले सुशासन, समृद्धि र सामाजिक न्यायको मार्गलाई फराकिलो बनाउँदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई जनताको वास्तविक राज्य व्यवस्थामा परिणत गर्ने अभियान थालेको पनि उनले बताएका छन् ।
    ‘संविधान कार्याव्यनमा आवश्यक पर्ने कानुन निर्माणदेखि भएका कानुनको परिपालनामार्फत् जनतामा राजनीतिक परिवर्तनको प्रत्याभूति गराउने, प्राप्त राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण तथा सुशासन, समृद्धि र सामाजिक न्यायमा आधारित राष्ट्र निर्माणको महाअभियानको थालनी गर्नु सरकारको प्राथमिकता हो,’ उनले भनेका छन् ।

    संविधान दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरुलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले शहीदहरुले देखाएको सत्य र न्यायको मार्गमा हिँड्न तथा उनीहरुले देखेको समृद्ध नेपालको सपनालाई साकार पार्न संविधान दिवसको अवसरमा प्रेरणा मिलोस् भन्ने कामना पनि गरेका छन् ।

  • अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जिवनी नेपालीमा अनुवाद

    अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जिवनी नेपालीमा अनुवाद

    काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसको जीवनी नेपाली भाषामा अनुवादित भएको छ। ‘द ट्रुथ वी होल्ड’को नेपाली अनुवाद ‘सत्यको जगमा उभिएर’ सार्वजनिक भएको हो। अनुवादक विप्लव प्रतीक र लेखक–अनुवादक सगुना शाह तथा वी रिडकी सिइओ सुनीति अमात्यले सो पुस्तकको विमोचन गरेका छन् । विमोचनअघि अनुवादक प्रतीकसँग शाहले संवाद गरेका थिए ।

    कमला ह्यारिसलाई कसरी सत्यको जगमा उभिएको पाउनुभयो भन्ने प्रश्नमा प्रतीकले सुरुवातीदेखिकै हरेक यात्रा र सङ्घर्षमा कमला सत्मार्गमा हिँडेको आफूले पाएको बताए । ‘‘उनको जीवन नै हरेक मानिसलाई प्रेरणा र ऊर्जा दिने खालको छ,’’ उनले भने ।


    रङ्गभेद तथा बालबालिका र महिलामाथिको विभेद, अदालतमा बयानकाक्रममा उनीहरूको परिस्थितबारे हृयारिसले गरेको अनुभव आफूलाई मन परेको शाहले बताए । आप्रवासी आन्दोलनदेखि समलिङ्गी, तेस्रोलिंगी, आर्थिक व्यवस्थालगायतका विषय पनि महत्त्वका साथ आएको उनको भनाइ थियो।

    एक अधिकारकर्मी, सामाजिक न्यायकी अभियन्ता, क्यालिफोर्नियाकी सिनेटर एवं उपराष्ट्रपति ह्यारिसलाई नजिकबाट चिनाउने पुस्तक हो यो। जनताको न्यायका लागि लडिरहेका उनका प्रारम्भिक दिन अनि राजनीतिमा उनको प्रवेश र यसभित्रका सङ्घर्षलाई पुस्तकले बयान गरेको छ।

    जमैकेली बुबा र दक्षिण भारतीय आमाकी छोरी ह्यारिसले समानता र राज्य प्रणाली सुधारका लागि गरेका सङ्घर्षका प्रेरणादायी गाथा यसमा समेटिएको छ। ह्यारिसको बुबाआमाबीच पारपाचुके भएपछि आमा श्यामलाले कसरी आफ्ना दुई छोरीलाई हुर्काइन्, दीक्षित गरिन् र सत्यको जगमा उभिएर दुनियाँ देखाउने मार्ग रोजिन् भन्ने कुरा पुस्तकमा भेटिन्छ।

  • क्यानडामा सिख नेता मारिएपछि भारत र क्यानडाबीचको सम्बन्ध चिसियो

    क्यानडामा सिख नेता मारिएपछि भारत र क्यानडाबीचको सम्बन्ध चिसियो

    काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रूडोले क्यानडामा एक सिख नेताको हत्यामा भारत सरकारको भूमिका देखिएको आरोप लगाएका छन्। गत जुन १८ मा क्यानडाको ब्रिटिश कोलम्बियास्थित एक सिख मन्दिरबाहिर हरदीप सिंह निज्जरको गोली हानी हत्या भएको थियो। क्यानडाको गुप्तचर निकायले निज्जरको मृत्यु र भारतबीच एउटा ूविश्वसनीयू सम्बन्ध पहिचान गरेको ट्रूडोले बताए। भारतले उक्त आरोपलाई निरर्थकको सङ्ज्ञा दिएको छ।

    ूक्यानडाका नागरिकको क्यानडाको भूमिमा हुने हत्यामा विदेशी सरकारको कुनैखाले संलग्नता हाम्रो सार्वभौमसत्ताको अस्वीकार्य उल्लङ्घन हो, ट्रूडोले सोमवार क्यानडाको संसद् हाउस अफ कमन्समा बोल्दै भने। त्यो खुला र प्रजातान्त्रिक समाजले आफूलाई सञ्जालन गर्ने आधारभूत नियमविपरीत कुरा हो।

    दिल्लीले निज्जरको हत्याको आरोपमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। मङ्गलवार भारतको विदेश मन्त्रालयले एक विज्ञप्तिमार्फत् ट्रूडोका दाबीहरूको खण्डन गरेको छ। क्यानडामा भएको हिंसाको घटनामा भारत सरकारको संलग्नताबारे लगाइएका आरोपहरू निरर्थक र प्रेरित भएको विज्ञप्तिमा लेखिएको छ। ‘क्यानडाका प्रधानमन्त्रीबाट हाम्रा प्रधानमन्त्रीसमक्ष त्यस्तै आरोपहरू लगाइएको थियो र तिनको पूर्ण रूपमा खण्डन गरिएको थियो।’

    ूक्यानडाका प्रधानमन्त्रीले संसद्‌मा जे कुराहरू भने हामी तिनलाई अस्वीकार गर्छौं। हामी क्यानडाका विदेशमन्त्रीको भनाइलाई पनि अस्वीकार गर्छौं। यस्ता आधारहीन आरोपहरू खालिस्तानी आतङ्कवादी र चरमपन्थीहरूबाट ध्यान मोड्नका लागि गरिएको हो। क्यानडाले त्यस्ता खालिस्तानी आतङ्ककारी र अतिवादीहरूलाई शरण दिएको छ, जो भारतको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका लागि खतरा हुन्।’ यी विषयमा क्यानडा सरकारले लामो समयदेखि कारबाही नगर्नु आफ्ना लागि चिन्ताको विषय बनेको भारतले जनाएको छ।

    ूक्यानडाका नेताहरूले त्यस्ता तत्त्वहरूसँग खुलेर सहानुभूति देखाउँछन् जुन हाम्रो लागि गम्भीर चिन्ताको विषय हो। ‘क्यानडामा हत्या, मानव बेचबिखन र सङ्गठित अपराधजस्ता गतिविधिलाई फस्टाउन दिनु कुनै नयाँ कुरा होइन। हामी त्यस्ता गतिविधिमा भारत सरकारलाई संलग्न गराउने कुनै पनि प्रयासलाई अस्वीकार गर्छौं,’ विज्ञप्तिमा भनिएको छ।

    ूहामी क्यानडा सरकारलाई क्यानडाको माटोबाट सञ्चालित भारतविरोधी गतिविधिविरुद्ध तुरुन्त र प्रभावकारी कानुनी कारबाही गर्न आग्रह गर्छौँ। निज्जरको हत्यामा भारतको भूमिकाको अनुसन्धानलाई दृष्टिगत गर्दै भारतका एक शीर्ष कूटनीतिज्ञलाई निष्कासन गरिएको क्यानडाले जनाएको छ। सोमवार ट्रूडोको अभिव्यक्तिपछि पत्रकारहरूसँग बोल्ने क्रममा विदेशमन्त्री मेलानी जोलीले उक्त घटनामा भारतीय कूटनीतिज्ञ पवनकुमार रायलाई निष्कासन गरिएको जानकारी दिइन्।

    प्रत्युुत्तरमा भारतले मङ्गलवार क्यानडाका एक वरिष्ठ कूटनीतिज्ञलाई निष्कासित गरेको छ। ट्रूडोले जी२० सम्मेलनमा सहभागी हुने क्रममा उक्त विषय भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग उठाएका थिए। त्यस क्रममा ट्रूडोसँगको भेटमा प्रधानमन्त्री मोदीले क्यानडामा सिख पृथक्तावादी गतिविधि र भारतीय कूटनीतिज्ञमाथि आक्रमणको मुद्दा उठाएका थिए।

    प्रधानमन्त्री ट्रूडोले क्यानडाले निज्जरको हत्याबारेका आफ्ना चासोहरू भारतका उच्च सुरक्षा र गुप्तचर निकायसमक्ष राखेको बताए। उनले यो विषय अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री ऋषि सुनकसँग पनि उठाइएको बताए।

    ‘म दृढतापूर्वक भारत सरकारसँग यो विषय स्पष्ट पार्न क्यानडालाई सहयोग गर्न आग्रह गरिरहन्छु, उनले भने। ट्रूडोले निज्जरको हत्याका कारण क्यानडाका नागरिकहरू क्रोशित भएका र केही मानिस आफ्नो सुरक्षाबारे डराएको बताए। निज्जर क्यानडाको पश्चिमी कुनामा पर्ने प्रान्त ब्रिटिश कोलम्बियाका प्रभावशाली सिख नेता थिए। उनी केही महिनायता अनपेक्षित घटनामा ज्यान गुमाउने तेस्रा प्रभावशाली सिख नेता हुन्। उनले सार्वजनिक रूपमै स्वतन्त्र सिख राज्य स्थापनाको माग गर्ने खालिस्तान अभियानमा संलग्न थिए।

    उक्त अभियानकै कारण पहिलादेखि नै उनी निसानामा रहेको उनका समर्थकहरूको दाबी छ। भारतले यसअघि उनलाई एक पृथक्तावादी लडाकु समूहको नेतृत्व गरेको भन्दै आतङ्ककारीको सङ्ज्ञा दिएको थियो। उनका समर्थकहरू ती आरोपलाई आधारहीन मान्छन्। क्यानडाले हालै भारतसँगको खुला व्यापार सम्झौतासम्बन्धी वार्ताहरू रद्द गरेको छ। विस्तृत जानकारी नदिएको भए पनि उसले केही राजनीतिक विकासक्रम कारण त्यसो गर्नुपरेको उसको भनाइ छ। क्यानडामा भारतीय मूलका झन्डै १४ देखि १८ लाख जना त्यहाँका नागरिक छन्। भारतको पञ्जाबबाहिर सिखको सर्वाधिक सङ्ख्या क्यानडामै छ।

    BBC\Nepali

  • ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि

    ब्रोइलर कुखुराको मासु निरन्तर वृद्धि

    काठमाडौं । जिउँदो ब्रोइलर कुखुराको निरन्तर बढाइएको छ । यस साता तेस्रो पटक मूल्य बढाइएको हो । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघको मंगलबारको बैठकले जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य बढाउने निर्णय गरेको हो । संघका सचिव देव गिरीका अनुसार जिउँदो ब्रोइलरको कोल्ड स्टोर खरिद मूल्य किलोमा १० रुपैयाँले बढाउने निर्णय भएको छ । नयाँ निर्णयअनुसार अब जिउँदो ब्रोइलर कुखुराको बिक्री मूल्य २८० रुपैयाँ पुगेको छ । पछिल्लो ८ दिनमा यो मूल्य वृद्धि तेस्रो पटक हो ।

    २५ भदौमा संघले कुखराको प्रतिककेजी मूल्य २५० रुपैयाँबाट बढाएर २६० रुपैयाँ पुर्‍याएको थियो । त्यस लगत्तै २७ भदौमा पुनः किलोमा १० रुपैयाँले बढाएर ब्रोइलरको कोल्ड स्टोर मूल्य २७० रुपैयाँ पुर्‍याइएको थियो । पछिल्लो पटक मूल्यवृद्धि भएको ६ दिनपछि संघले पुनः ब्रोइलरको मूल्य १० रुपैयाँ बढाएको हो । व्यवसायीहरुकाअनुसार जिउँदो कुखुराको कोल्ड स्टोर मूल्य किलोमा १० रुपैयाँले बढ्दा तयारी मासुको मूल्य किलोमा १५ रुपैयाँले बढ्छ ।

    २७ भदौको मूल्य वृद्धिपछि बजारमा तयारी ब्रोइलर कुखुराको मासुको मूल्य ३९० रुपैयाँदेखि ४१५ रुपैयाँसम्म पुगेको राष्ट्रिय मासु व्यवसायी संघले जनाएको छ । मंगलबारको जिउँदो ब्रोइलरको मूल्य वृद्धिको असर पनि अब तयारी मासुको मूल्यमा देखिने संघको भनाइ छ ।

  • ‘द्रुत बस सेवा’ का लागि छुट्टै लेन, रातो बत्तिमा नरोकिने

    ‘द्रुत बस सेवा’ का लागि छुट्टै लेन, रातो बत्तिमा नरोकिने

    काठमाडौं । असोज ३ गतेदेखि सञ्चालन गर्ने सूर्यविनायक-रत्नपार्क ‘द्रुत बस सेवा’ का लागि काठमाडौंका सडकमा डेडिकेटेड लेन बनाउन थालिएको छ।

    सडक विभागले सम्बन्धित रुटमा आइतबारदेखि लेन मार्किङ गर्ने, संकेत चिह्न राख्ने, द्रुत बस सेवाबारे साइनबोर्ड राख्नेलगायत कार्य गरिरहेको हो ।

    पहिलो चरणमा सूर्यविनायक–रत्नपार्क क्षेत्रमा २५ वटा ३९ भन्दा बढी सिट क्षमता भएका बस बिहान ९ देखि ११ र साँझ ४ देखि ६ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।

    विभागका अनुसार कार्यालय समयलाई ध्यानमा राखी चलाउन लागिएको द्रुत बस सेवाको लेनमा त्यसबाहेकको समयमा भने अहिलेजस्तै सबै प्रकारका सवारीसाधन ती लेनबाट पनि चल्न पाउनेछन् ।

    यसरी रेड मार्किङ गरेको सडकमा द्रुत बससेवा सञ्चालनको समयमा अन्य सवारी साधन गुड्न पाउने छैनन् । ‘त्यस्तै चोकचोकमा हुने ट्राफिक लाइनमा पनि यी बस रोकिनुपर्ने छैन,ट्राफिक प्रहरीले एम्बुलेन्सलाई जसरी नै लाइट पास गराउनेछन् ।

  • वडा समिति नेतृत्वको लागि पनि रास्वपाले चुनाव गर्ने

    वडा समिति नेतृत्वको लागि पनि रास्वपाले चुनाव गर्ने

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वडा समितिको नेतृत्व चयनको लागि पनि चुनाव गर्न निर्देशन दिएको छ ।

    वडा तहको समितिको लागि कात्तिक १० देखि १६ सम्म राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन मार्फत नेतृत्व चयन गर्नेछ । कार्यसमितिमा चयन हुनेहरुको नामावली कात्तिक २० गते सार्वजनिक गरिने जनाएको छ ।

    रास्वपाको वडा समितिमा ११ जना हुने व्यवस्था छ । सभापति, उपसभापति, सचिव सहित सबै सदस्य निर्वाचित हुनुपर्नेछ । ११ जनामा दलित एक जना अनिवार्य गरिएको छ । महिला चार जना, ४५ वर्षुमनि उमेर समूहका ६ जना निर्वाचित हुनेछन् ।

    अनलाइनबाट वडा तहको समितिका लागि उम्मेदवारी दिनुपर्ने व्यवस्था गरिएको छ । उम्मेदवार दर्ताका लागि असोज २ देखि २० सम्म आह्वान गरिएको छ । उम्मेदवार हुन १०० रुपैयाँ शुल्क तोकिएको छ ।

  • आज ऋषि पञ्चमी, यस्तो छ महत्व

    आज ऋषि पञ्चमी, यस्तो छ महत्व

    काठमाडौं । आज ऋषि पञ्चमी पर्व नेपाली नारीले अरुन्धतीसहित सप्तऋषिको पूजा गरी मनाउँदैछन् । हरेक साल भाद्रशुक्ल पञ्चमीका दिनमा मनाइने यो पर्वमा महिलाले बिहानै उठेर नित्यकर्म गरी नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गइ ३ सय ६५ वटा दतिवनले दाँत माझ्ने र स्नान गर्ने प्रचलन रहेको छ


    यस वर्ष तिथि घटबढका कारण तीजको भोलिपल्ट आज ऋषिपञ्चमी परेको छ । आज महिलाले अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्रको पूजा गर्ने मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए ।

    आज स्नान गरी पूजा गरेपछि नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल र कर्कलोलगायत एक छाक खाएर बस्नुपर्ने व्रतविधि छ । यस अवसरमा आज काठमाण्डौको टेकुसहित देशभरका ऋषेश्वर मन्दिरमा पूजाका लागि महिला भक्तजनको भिड लाग्ने गर्छ । नदी किनार वा घरमै पनि पूजा गर्ने गरिन्छ ।

    गणेशको पूजा गरी मनाइने गणेश चतुर्थी पर्व पनि आज मनाइँदैछ । हरेक वर्ष भाद्रशुक्ल चतुर्थीका दिन यो पर्व मनाइन्छ । यस अवसरमा आज काठमाण्डौ उपत्यकाका अशोकविनायक, चन्द्रविनायक, सूर्यविनायक, कमलविनायक, कमलादी गणेशलगायत देशभरका गणेश मन्दिरमा विशेष पूजा गरिन्छ ।

    हरितालिका तीजको व्रत पारायण गरी गणेशको व्रत गर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवं धर्मशास्त्रविद् प्राडा देवमणि भट्टराईले जानकारी दिए । मङ्गल चतुर्थीसमेत भनिने यो पर्व आज मङ्गलवार नै परेको छ । यो पर्वलाई नेवार समुदायले चथा नाममा मनाउँछन् ।

    तिथिको घटबढका कारण गणेश चतुर्थी अर्थात् चथा पर्व र ऋषि पञ्चमी पर्व पनि आज मङ्गलवार नै रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले बताए । सूर्योदय कालमा चतुर्थी तिथि र मध्याह्नकालमा पञ्चमी तिथि परेकाले समितिले यस्तो निर्णय गरेको उनले बताए । गणेश रथयात्रा पनि आजै गरिने छ ।

  • नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्टी गर्दै

    नेम्वाङको स्मृतिमा एमालेले आज सातै प्रदेशमा विचार गोष्टी गर्दै

    काठमाडौं । नेकपा (एमाले) ले मंगलबारदिवंगत संविधान सभा अध्यक्ष सुवास नेम्वाङको स्मृतिमा सातवटै प्रदेशमा विचार गोष्ठी आयोजना गर्ने भएको छ । एमालेले संविधान दिवसको पूर्वसन्ध्यामा ‘नेपालको संविधान निर्माणमा सुवासचन्द्र नेम्वाङ’ विषयक विचार गोष्ठीको आयोजना गर्न लागेको हो। शनिबार बसेको पार्टीको कार्यालय बैठकले गोष्ठी गर्ने निर्णय गर्दै सातै प्रदेशमा जिम्मेवारी तोकेको थियो। पार्टी अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कार्यालय तुलसीलाल स्मृति प्रतिष्ठानको गोष्ठीलाई सम्बोधन गर्नेछन्।

    पार्टी कार्यालयमा हुने गोष्ठीमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला, एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पूर्वसभामुख ओनसरी घर्ती, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन वक्ताका रूपमा छन्। त्यस्तै जनता समाजवादीका अध्यक्ष अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे, संविधानविद् नीलाम्वर आचार्य पनि वक्तामा रूपमा छन्।

    बाँकी ६ प्रदेशमा भने उपाध्यक्षहरूलाई खटाइएको छ। वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई मधेस प्रदेशको जिम्मा दिइएको छ। कोशी प्रदेशमा इलाममै गोष्ठी हुने एमालेले बताएको छ। नेम्वाङ इलाम–२ बाट प्रतिनिधि सभामा निर्वाचित थिए। इलाममा रामबहादुर थापा ‘बादल’ प्रमुख वक्ताका रूपमा जाँदै छन्। लुम्बिनी प्रदेशमा उपाध्यक्ष युवराज ज्ञवाली, गण्डकी प्रदेशमा अष्टलक्ष्मी शाक्य र सुदूरपश्चिम प्रदेशमा विष्णुप्रसाद पौडेललाई प्रमुख वक्ता तोकिएको छ। कर्णाली प्रदेशमा सुरेन्द्र पाण्डे प्रमुख वक्ताका रूपमा जाँदै छन्। नेम्वाङको अघिल्लो सोमबार राति हृदयघातका कारण निधन भएको थियो। नेम्वाङ एमाले उपाध्यक्षसमेत थिए।

  • एसडीजी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

    एसडीजी सम्मेलनमा प्रधानमन्त्रीको सम्बोधन

    काठमाडौं । संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा संचालन भइरहेको सन् २०२३ को एसडीजी शिखर सम्मेलनमा विश्वका अतिकम विकसित देशहरुको समूहका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बोधन गरेका छन् । प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित देशहरुका पक्षमा अन्तर्राष्ट्रिय समुदायले यसअघि गरेको प्रतिवद्धता कार्यान्वयनमा जोड दिएका हुन् ।

    प्रधानमन्त्री प्रचण्डले कोभिड–१९ महामारी, जलवायु परिवर्तन र भू–राजनीतिक तनावजस्ता विश्वव्यापी सङ्कटले अतिकम विकसित देशको प्रगतिलाई थप जोखिममा धकेलिरहेको उल्लेख गर्दै यसबाट उम्कन उद्दार योजना जरुरी रहेको बताए । प्रधानमन्त्री प्रचण्डले सन् २०२१ को तुलनामा सन् २०२२ मा अल्पविकसित देशमा विदेशी प्रत्यक्ष लगानीको प्रवाह लगभग ३० प्रतिशतले घटेको उल्लेख गर्दै यसबाट पूर्वाधार, नवीकरणीय ऊर्जा, खानेपानी तथा सरसफाइ, खाद्य सुरक्षा, स्वास्थ्य र शिक्षामा लगानीलाई ठूलो धक्का लागेको तथा बाह्य ऋणले संकटको जोखिम बढाएको बताए ।


    उहाँले अतिकम विकसित देशले स्वदेशी श्रोत र संस्थालाई सुदृढ र परिचालन गर्ने अधिकतम प्रयास जारी राखेको बताउँनुहुँदै दिगो विकास लक्ष्य हासिल गर्न एक्लो प्रयासले मात्रै नपुग्ने बताए । यसका लागि दोहा कार्ययोजना, जसप्रति अन्तर्राष्ट्रिय समुदायको समर्थन र प्रतिबद्धता रहेको थियो। उनले यसलाई स्वीकार गर्न आग्रह गरे । उनले दिगो विकास लक्ष्य हासिल गर्न थप लगानी, संरचनात्मक रूपान्तरणका लागि समर्थन र कोभिड महामारीबाट द्रुत र दिगो रिकभरी हासिल गर्न आवश्यक हुने बताए ।

  • पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

    पृथ्वी राजमार्ग दैनिक ४ घण्टा बन्द हुने

    काठमाडौं । सडक बिस्तारका लागि पृथ्वी राजमार्ग असोज ४ गतेदेखि २० गतेसम्म राति ४ घण्टा बन्द हुने भएको छ । धादिङको थाक्रे गाउँपालिकाको खयरघारीदेखि गजुरी गाउँपालिकाको पोखरेखोला नजिकसम्मको सडक बन्द गर्न लागिएको हो ।

    यो सडक राति ११ बजेदेखि बिहान ३ बजेसम्म चार घण्टा बन्द हुने र अत्यावश्यक सवारीसाधान बाहेक अन्य सवारी साधान चलाउन रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी हुमनाथ पराजुलीले जानकारी दिए ।

    पोखरेखोला नजिकको स्थानमा सडक विस्तारको क्रममा जोखिम रहेकाले रातको समयमा सडक बन्द गरेर काम गर्न सडक बन्द गर्न लागिएको हो । सडक बन्द भएको खेलमा काठमाडौंतर्फ जाने गाडी घाटबेशी पुलमा र मुग्लिनतर्फ जाने गाडी एक्ले फाँटमा रोकिने छन् ।

  • ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

    ३४ पृष्ठको राहदानीका लागि आवेदन दिन सकिने

    काठमाडौं । आजदेखि राहदानी विभागले ३४ पृष्ठको राहदानीका लागि आवेदन खुला गरेको छ । ३४ पृष्ठको राहदानीको अभावले गत असारदेखि विभागले ६६ पृष्ठको वितरण गर्दै आएको थियो ।

    विभागका अनुसार अनलाइन फारम भर्ने सेवाग्राहीले ३४ पृष्ठ राहदानीका लागि आवेदन दिन सक्नेछन् । सर्वसाधारणका लागि ३४ र ६६ पृष्ठका गरी दुईथरी राहदानी वितरण गर्ने गरेको थियो ।

    ३४ पृष्ठको लागि ५ हजार र ६६ पृष्ठको १० हजार रुपैयाँ शुल्क लिने गरेको थियो । ३ असारदेखि विभागले ३४ पृष्ठको राहदानी सकिएको भन्दै ५ हजारमै ६६ पृष्ठको राहदानी वितरण गरिरहेको थियो ।

  • टिपटपलाई महानगरले तिरायो २ लाख जरिवाना

    टिपटपलाई महानगरले तिरायो २ लाख जरिवाना

    काठमाडौं । काठमाडौं महानगरपालिकाले मिठाई पसल टिपटपलाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ।

    बजार अनुगमनको क्रममा काठमाडौं महानगर-१७ मा रहेको सो समोसा पसलले अखाद्य वस्तु बेचेको पाइएपछि जरिवाना तिराइएको महानगरले जनाएको छ ।

    टिपटप समोसा कम्पनीले बजार व्यवस्थापन तथा अनुगन ऐन २०७७ को दफा २९को अण्ड (उ)बमोजिम कसुर गरेको भन्दै सोही ऐनको दफा ३० को उपदफा १ को खण्ड (ख) बमोजिम २ लाख जरिवना गरेको महानगरपालिकाले जनाएको छ।

    महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा उक्त पसलले बिक्रीमा राखेको दूधबरी बिग्रिएको पाइएको थियो।

    महानगरपालिकाले उत्दादनको गुणस्तर कायम गर्न, कर्मचारीको बोली–वचनमा सुधार गर्न, दूग्धजन्य वस्तुको तापक्रम कायम गरेर राख्न र गुणस्तरहीन उत्पादनहरु पसलमा भए वा बजारमा गए फिर्ता ल्याएर नष्ट गर्न निर्देशन दिएको छ।

  • आज हरितालिका तिज, शिव मन्दिरमा बिहानैबाट भिड

    आज हरितालिका तिज, शिव मन्दिरमा बिहानैबाट भिड

    काठमाडौं । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तिज) पर्व आज देवादिदेव महादेवको पूजा आराधना गरी मनाइँदैछ । भदौ शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ । सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने वरदान पाएको विश्वासमा यो व्रत सुरु भएको पौराणिक मान्यता छ ।

    वरदानविपरीत पार्वतीका पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रूपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन सुरु भएको धर्मशास्त्रीय मत छ ।

    संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।

  • आज विश्वकर्मा पूजा, के छ महत्व ?

    आज विश्वकर्मा पूजा, के छ महत्व ?

    काठमाडौं । आज हिन्दु धर्मावलम्बीले विश्वकर्मा पूजा पर्व मनाउँदै छन् । हरेक साल कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा पर्व मनाउने चलन छ । विभिन्न कलकारखानामा विश्वकर्मा भगवानको बालुवाको मूर्ति वा तस्वीरमा विधिपूर्वक पूजा आराधना गरी पर्व मनाउने गरिन्छ ।

    कलकारखानालाई विशेष रूपमा सजाएर मजदुरलाई समेत सहभागी गराएर यो दिवस मनाइन्छ । बालुवा अन्य चीजबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मती मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थलमा लगी सेलाउने गरिन्छ । आज पूजा गरी मङ्गलबारदेखि नदीमा लगी मूर्ति सेलाइन्छ ।

    आजका दिन कालिगडले उपयोगमा ल्याउने विभिन्न औजारका सामानमा पूजा आराधना गरेमा धेरै समय टिक्ने, कामका बेलामा नबिग्रने र राम्रो काम गर्न सकिने लगायत गुण प्राप्त हुने धार्मिक विश्वास छ । द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ बनाइ लुकाएको धार्मिक विश्वास छ ।

  • न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

    न्यूयोर्कमा प्रधानमन्त्री प्रचण्ड र युक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता

    काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । उनीहरूबीच संयुक्त राष्ट्र संघको मुख्यालयमा भेटवार्ता भएको हो । प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच नेपालको शान्ति प्रक्रियाको बाँकी काम, जलवायु परिवर्तन, एलडीसी, विकास, आपसी सहकार्य र साझेदारी लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    साथै, नेपालमा संयुक्त राष्ट्र संघको संलग्नता र साझेदारीलाई अझ सुदृढ गर्नेबारे पनि प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसबीच छलफल भएको छ । संयुक्त राष्ट्रसंघको ७८ औं महासभामा भाग लिनका लागि प्रधानमन्त्री प्रचण्ड शनिबार अमेरिका गएका थिए । प्रधानमन्त्री प्रचण्डले आगामी असोज ४ गते महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    विश्व समुदायको विश्वास पुनःजागृत गर्ने तथा शान्ति, समृद्धि र सबैको दिगोपनाका निम्ति दिगो विकासका लक्ष्य हासिल गर्ने ऐक्यबद्धताबारे उनले मन्तव्य दिने कार्यसूची छ । संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधनपश्चात् प्रधानमन्त्री प्रचण्ड असोज ५ गते न्यूयोर्कबाटै चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गर्ने कार्यक्रम छ ।

  • न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)

    न्यूह्यामसायरमा सामुहीक तीजको रौनक (तस्वीरहरु)

    म्यानचेस्टर

    न्यूह्यामसायरमा बसोबास गर्ने नेपाली महिलाहरुले संयुक्त रुपमा तीज मनाउने एवं दर खाने कार्यक्रम सम्पन्न छन् । न्यूह्यामसायर नेपाली समाजको सहजिकरणमा न्यूह्यामसायर दिदी बहिनी समुहले आयोजना गरेको सामुहिक तीज उत्सवमा राज्यभरबाट महिलाहरुले सहभागिता जनाएका थिए ।

    अघिल्लो शनिबार मेरिम्याकमा आयोजित उत्सवमा २०० हाराहारी दिदी बहिनी सहभागी भएको समुहकी अध्यक्ष किरण गुरुङले जानकारी दिइन् । ‘सिकोष्ट देखि क्लेरमोन्टसम्मका दिदी बहिनीहरुले उत्साहजनक सहभागिता जनाइदिनुभयो, गुरुङले भनिन्- बर्षमा कम्तिमा एक दिन राज्य भरका दिदीबहिनी भेला भएर खुसी साटासाट गर्न पाउँदा आनन्द लागेको छ ।’

    समाजका अध्यक्ष लाक्पा शेर्पाले न्यूह्यामसायरबासी नेपालीको हार्दिकता र भाइचाराको उपजस्वरुप तीज उत्सव जस्ता कार्यक्रम सहजता पुर्वक आयोजना गर्न सकिएको बताए । उत्सवमा सहभागि दिदीबहिनीको उत्साहले आफुहरुलाई आगामी दिनमा पनि कार्यक्रम निरन्तरता दिन उर्जा मिलेको उनले बताए ।

    कार्यक्रममा नृत्य लगायतका प्रस्तुती देखाइएका थिए । त्यसपछि दिदीबहिनीहरुले डिजे संगीतमा खुलेर नाचगान गरेका थिए भने अन्त्यमा सामुहिक रुपले केक काटेर तीजको खुसियाली मनाइएको थियो ।

  • तीनकुने हत्याकाण्ड : मोटरसाइकलले ठक्कर दिएको सामान्य निहुँमा तीन जना निर्दोषसहित चार जनाको हत्या

    तीनकुने हत्याकाण्ड : मोटरसाइकलले ठक्कर दिएको सामान्य निहुँमा तीन जना निर्दोषसहित चार जनाको हत्या

    काठमाडौं । काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरण मोटरसाइकलले ठक्कर दिएको सामान्य घटनापछि उत्पन्न भएको आक्रोसको परिणामका रुपमा घटेको पाइएको छ । प्रहरीले घटनाको आरोपीलाई सीसीटीभी फुटेजका आधारमा पक्राउ गरेको छ । शुक्रबार राति तीनकुनेस्थित दिव्य सःमिलमा चार जनाको हत्यापछि आरोपी युवक सञ्जय भण्डारी खुकुरीसहित दौडेर बाहिर निस्केको सीसीटीभी फुटेजमा देखिएको हो ।

    भण्डारी दौडदै पेप्सीकोला पुगेको सीसीटीभी फुटेजमा देखिएपछि खोजी गर्दा आइतबार बिहान पक्राउ परेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । आरोपी भण्डारीलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो । बोल्न नसक्ने भण्डारीले दोभासेमार्फत प्रहरीमा बयान दिएका छन् ।

    उनले आफ्नो रिसइबी नवीन राईसँग रहेको तर घटनाको रहस्य खुल्ने डरले अरुको पनि हत्या गरेको बयान दिएको प्रहरीले जनाएको छ । नवीनले केही समयअघि आफूलाई मोटरसाइकलले ठक्कर दिएको र त्यस विषयमा कुरा गर्न जाँदा दुर्व्यवहार गरेपछि प्रतिसोध साधेर हत्या गर्ने नियतकै साथ खुकुरी लगेर गएको समेत बताइएको छ ।

  • तीनकुने सामूहिक हत्या प्रकरण: थप एक जना पक्राउ

    तीनकुने सामूहिक हत्या प्रकरण: थप एक जना पक्राउ

    काठमाडौं । काठमाडौंको तीनकुनेमा शुक्रबार राति भएको सामूहिक हत्यामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरबाट खटिएको टोलीले हत्याको मुख्य अभियुक्त हुन सक्ने आशंकामा आज उनलाई नियन्त्रणमा लिएको हो ।

    हिजो प्रहरीले घटनाको बारेमा जानकारी गराउन ट्याक्सी चढेर गएका दीपेन्द्र राईलाई नै पक्राउ गरेर अनुसन्धान थालेको थियो । तर, घटना उनले नगराएको हुनसक्ने देखिएपछि आज दोस्रो व्यक्ति पक्राउ परेको प्रहरी स्रोतले बतायो ।

    पक्राउ परेका यी व्यक्ति घटनास्थलको सीसीटीभी फुटेजमा पहिचान भएका थिए । उनी रातिको समय घटनास्थलबाट भक्तपुरतर्फ लागेको दृश्य सीसीटीभी क्यामरामा कैद भएको छ ।

  • जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास

    जिल्ला न्यायाधीशको परीक्षा २२१ जनाले दिँदा एक जना मात्रै पास

    काठमाडौं । न्याय सेवा आयोगले २९ जना जिल्ला न्यायाधीशका लागि लिएको लिखित परीक्षामा जम्मा एकजना पास भएका छन् । न्याय सेवा अयाोगले साउन १६ देखि २० गतेसम्म जिल्ला न्यायाधीशका लागि आन्तरिक र खुला प्रतिस्पर्धा गराएको थियो ।

    आन्तरिक खुला १५ सहित खुलातर्फ ७,महिला २, आदिवासी जनजाति २,मधेशी २ र दलित १ जनाको कोटामा लिइएको परीक्षामा जिल्ला न्यायाधीशका लागि एकजना मात्र पास भएका हुन् । परीक्षामा सबै समूहमा गरी २११ जना सहभागी थिए ।

    आयोगले आइतबार प्रकाशन गरेको सूचनामा अन्तर्वार्ताका लागि एकजना मात्र छनौट भएका छन् । आन्तरिक खुलातर्फका प्रतिस्पर्धी पारसमणि पोखरेलमात्र अन्तर्वार्ताका लागि छनौट भएको आयोगले जनाएको छ ।

    उनलाई अन्तर्वार्ताका लागि सोमवार बोलाइएको छ । जिल्ला न्यायाधीशको परीक्षामा यसअघि पनि कोटा बमोजिम पास नहुने समस्या थियो । न्याय सेवाका कर्मचारीबाहेक बाहिरबाट जिल्ला न्यायाधीशमा पास भएको रेकर्डसमेत छैन ।

    २०७२ सालमा नेपालको संविधान जारी भएपछि प्रतिस्पर्धाबाट जिल्लामा न्यायाधीश नियुक्ति सुरु भएको थियो। अहिलेसम्म भएका परीक्षामा खुलातर्फबाट एक जना पनि पास भएका छैनन् भने आन्तरिक खुलातर्फ पास हुनेको संख्या पनि ज्यादै न्यून छ।

    यसवर्ष न्याय सेवा आयोगले आन्तरिक खुलाका लागि १५, खुलाका लागि ७, महिला २, आदिवासी/जनजाती २, मधेसी २ र दलित एक पदका लागि दरखास्त आह्वान गरेको थियो।

    संविधानअनुसार जिल्ला न्यायाधीशको पदपूर्ति गर्दा २० प्रतिशत ज्येष्ठता, योग्यता र कार्यक्षमताको मूल्यांकनको आधारमा न्याय सेवाका उपसचिवहरुबाट गर्नुपर्ने व्यवस्था छ।

    त्यस्तै ४० प्रतिशत तीन वर्ष न्याय सेवाको उपसचिवका रुपमा काम गरेकाहरुबाट आन्तरिक खुला प्रतिस्पर्धा र बाँकी ४० प्रतिशत खुला लिने व्यवस्था छ। खुलाबाट जिल्ला न्यायाधीशमा प्रतिस्पर्धा गर्न अधिवक्ताको रुपमा कम्तिमा आठ वर्ष निरन्तर काम गरेको हुनुपर्नेछ।

  • अध्यक्ष तिमिल्सिनाले गरे नेम्वाङ निवास पुगेर समवेदना प्रकट

    अध्यक्ष तिमिल्सिनाले गरे नेम्वाङ निवास पुगेर समवेदना प्रकट

    काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधान सभा अध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङको परिवारलाई निवासमै पुगेर समवेदना प्रकट गरेका छन्।

    अध्यक्ष तिमिल्सिना आइतबार बिहान बालुवाटारस्थित नेम्वाङ निवास पुगेर समवेदना प्रकट गरेका हुन्।

    अध्यक्ष तिमिल्सनाले परिवारका सदस्यहरुलाई राष्ट्रिय सभाका तर्फबाट समवेदनापत्र हस्तान्तरण समेत गरे। संविधान सभा अध्यक्ष एवं पूर्व सभामुख नेम्वाङको भदौ २६ गते हृदयाघातबाट निधन भएको थियो।

  • ३४ जनाको कैद मिनाहा गर्ने गृहको सिफारिसमा राष्ट्रपति कार्यालयको प्रश्न

    ३४ जनाको कैद मिनाहा गर्ने गृहको सिफारिसमा राष्ट्रपति कार्यालयको प्रश्न

    काठमाडौं । राष्ट्रपति कार्यालयले संविधान दिवसका दिन ३४ जनालाई माफी मिनाहा दिनुपर्ने आधार स्पष्ट लेखेर पठाउन गृह मन्त्रालयसँग आग्रह गरेको छ । माफी मिनाहका लागि प्रस्ताव गरिएका ३४ जनाकै व्यक्तिगत विवरण पठाउन समेत कार्यालयले भनेको छ । गृह मन्त्रालयले संविधान दिवस (असोज ३ गते) को अवसरमा ३४ जनालाई माफी मिनाहाका लागि राष्ट्रपति कार्यालयमा सिधै सिफारिस गरेको थियो ।

    तर कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाका लागि सिफारिस गरिएको भन्दै राष्ट्रपति कार्यालयले त्यसको स्पष्ट आधार माग गरेको हो ।

    संविधान दिवसको अवसर पारेर विभिन्न काण्डमा दोषी देखिएका ३४ जनालाई माफी दिनेगरी गृह मन्त्रालयले पाँच दिन अघि राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरेको थियो । अधिकांश ज्यानमुद्दा, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्तिहरु छन् ।

    मुलुकी फौजदारी अपराध (संहिता) ऐन, २०७४, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन २०७४ र फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा १५९ बमोजिम उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको गृह मन्त्रालय स्रोतलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् । संहिताको दफा १५९ मा सजाय माफी दिन सकिने व्यवस्था रहेको छ । १५९(१ं मा भनिएको छ ‘अदालतको फैसला बमोजिम ठेकिएको सजाय पाएको व्यक्तिले सो सजाय माफी पाउन, त्यसलाई मुल्तवीमा राख्न, परिवर्तन गर्न वा कम गर्न गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्नेछ ।’

    सजाय पाएका व्यक्तिले माफी मिनाहाका लागि गृह मन्त्रालयमार्फत् राष्ट्रपतिसमक्ष निवेदन दिन सक्ने व्यवस्था छ । सोही दफाको उपदफा (२) मा भनिएको छ– (१) बमोजिम निवेदन दिँदा जुन अदालतको फैसलाबाट निवेदकले सजाय पाएको हो सो अदालतको फैसलाको प्रतिलिपि संलग्न गर्नु पर्नेछ । तर मन्त्रालयले सिफारिस गर्दा यस्तो फैसलाको प्रतिलिपि पनि संलग्न नरहेको बताइएको छ ।


    गृह मन्त्रालयले दुई तरिकाले माफी मिनाहाका लागि नाम सिफारिस गर्छ । पहिलो, कारागारमा कैद भुक्तान गरिरहेकाहरुको चालचलन हेरेर माफी मिनाहाको सिफारिस गरिन्छ भने दोस्रो, भनेको सजाय तोकिएको तर कैद भुक्तानी नगरेकाहरुको हकमा गृहबाट सिधै प्रस्ताव जान्छ । अहिले पठाइएका ३४ जना दोस्रो प्रकृतिका हुन् ।


    कैद भुक्तान गरेकाहरू मध्येबाट भने कारागार व्यवस्थापन विभागले यस वर्ष ८ सय जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले ६७० जनाको कैद माफी गर्ने निर्णय गरेको थियो । त्यसमध्ये कसैको ५० प्रतिशत र कसैको ६० प्रतिशत कैद मिनाहा गर्ने प्रस्ताव आएको छ । त्यसबारेमा निर्णय भइसकेको छ ।

    यो प्रस्ताव मन्त्रिपरिषदको भएकाले राष्ट्रपतिले स्वतः सदर गरेका छन् ।

  • माछा मार्ने क्रममा चितवनमा गोहीको आक्रमण, एक जनाको मृत्यु

    माछा मार्ने क्रममा चितवनमा गोहीको आक्रमण, एक जनाको मृत्यु

    काठमाडौं । चितवनको रत्ननगरमा गोहीको आक्रमणबाट एक जनाको ज्यान गएको छ । गोहीको आक्रमणबाट चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलका ४४ वर्षीय फगुना महतोको ज्यान गएको हो । महतो हिजो बेलुका डुङ्गाघाट क्षेत्रमा मृत अवस्थामा फेला परेको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिएका छन् । उनका अनुसार माछा मार्न जाँदा गोहीले आक्रमण गरेको हुनसक्ने अनुमान गरिएको छ ।

  • तिजको दर खाने दिन आज

    तिजको दर खाने दिन आज

    काठमाडौं । हरितालिका तिजको दर खाने दिन आज परेकोछ । यससँगै तिज पर्व शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाइ दर खुवाउने परम्परा छ । दरका रुपमा विशेषगरी दूधबाट बनेका परिकार खाइन्छ । भोलि व्रत बस्ने भएकाले आज वर्तालुहरुले शक्ति प्राप्तिका लागि आडिलो परिकार खाने चलन छ । दर खाँदा आफ्नो स्वास्थ्यको ख्याल गर्न विज्ञले सुझाव दिएका छन् ।

    धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार, दरका रुपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्न सक्छ । दर खाँदा आफ्नो शरीरमा चाहिने मात्र खान, दरमा विभिन्न परिकारसँगै सलादको मात्रा अनिवार्य खान र दरसँग जाँडरक्सी नखान समेत चिकित्सकहरुको सुझाव छ । तिजमा खाइने दरमा खिर, तरकारी, मिठाइलगायत सधैँ खाइने परिकारभन्दा चिल्ला, पिरा, गुलिया र मसलेदार खानेकुरा धेरै समावेश गरिएको हुनाले त्यसले अपच तथा ग्यास्ट्रिकको समस्या हुन सक्छ ।

  • हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द

    हेटौडामा डाक्टर कुटिएपछि आजबाट देशैभरको आकस्मिक बाहेकको सेवा बन्द

    काठमाडौं । हेटौँडाको सञ्चो अस्पतालका डाक्टरमाथि भएको आक्रमणका दोषीलाई कारबाहीको माग गर्दै नेपाल चिकित्सक सङ्घले आज देशभरका अस्पताल र सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ । सरकारी स्वास्थ्य संस्था, अस्पताल, मेडिकल कलेज, निजी अस्पताल तथा क्लिनिकहरूमा आकस्मिक बाहेकका सबै सेवाहरू पूर्ण रूपमा बन्द गर्ने सङ्घले जनाएको छ । गएको २७ गते सञ्चो अस्पतालमा कार्यरत डा. विकास थापा र डा. प्रशान्त बिडारीमाथि कुटपिट भएको थियो ।

    कुटपिट गर्नेलाई कानुनी दायरामा ल्याउन माग गर्दै सङ्घले घटना भएकै दिन सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको थियो । सङ्घले घटनामा संलग्न दोषीहरूको अविलम्ब छानबिन गरी फौजदारी अभियोग तथा स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन ऐन २०७९ बमोजिम कानुनी कारबाहीको सुनिश्चितता हुनुपर्नेमा जोड दिएको छ ।

    सङ्घले देशभरका स्वास्थ्य संस्थामा अनिवार्य रूपमा स्वास्थ्य संस्था सुरक्षा बलको व्यवस्था गरी भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन समेत माग गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले घटनामा संलग्न चार जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरिसकेको जनाएको छ । दोषी सबैलाई पक्राउ नगरिएको सङ्घले आरोप लगाएको छ । दोषीलाई कारबाही नगरे थप आन्दोलन गर्ने सङ्घका अध्यक्ष डाक्टर अनिल विक्रम कार्कीले बताए । देशभरका सबै सरकारी स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।

  • तिनकुने हत्याकाण्डको छानविन गर्न प्रहरीले गठन गर्यो समिति

    तिनकुने हत्याकाण्डको छानविन गर्न प्रहरीले गठन गर्यो समिति

    काठमाडौं । उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले तीनकुने सामूहिक हत्या प्रकरणको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको छ । उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका प्रमुख राठौरको नेतृत्वमा जिल्ला प्रहरी परिसर, काठमाडौं र उपत्यका प्रहरी कार्यालयका अधिकृतहरु रहेको समिति बनाएका हुन् ।

    समितिका सदस्यहरुमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेको उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीले बताए ।

    गएराति तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । मारिनेमा दोलखा घर भएका करिब ५५ वर्षीय कुमार भुजेल, उनकी श्रीमती शुभद्र वाइवा र कुमारकी आमा करिब ७० वर्षीया सुमित्रा भुजेल र मोरङ घर भएका करिब १९ वर्षीय नवीन राई रहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख एआईजी दीपक थापाले बताए ।

    प्रहरी यो घटनामा संलग्न रहेको आशंकामा २८ वर्षीय दीपेन्द्र राईलाई पक्राउ गरेको छ । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापाका अनुसार, राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा पक्राउ गरिएको हो । उनले मदिरा सेवन गरेको पाइएको छ ।