Category: समाचार

  • ‘भेल्लु बाजे’ नामले चर्चित मीनबहादुर बुढालाई पत्नीशोक

    ‘भेल्लु बाजे’ नामले चर्चित मीनबहादुर बुढालाई पत्नीशोक

    काठमाडाैँ । ‘भेल्लु बाजे’ नामले सामाजिक सञ्जालमा भाइरल बनेका प्युठानका मीनबहादुर बुढामगरलाई पत्नीशोक परेको छ ।

    भारतको नयाँ दिल्लीस्थित अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) मा उपचारका क्रममा उनकी श्रीमती ५९ वर्षीया बिस्ना बुढाको निधन भएको हो ।

    उनी लामो समयदेखि बाथ रोग र मिर्गौलासम्बन्धी समस्याबाट पीडित थिइन् । पूरै जिउ सुन्निएर हिँडडुल गर्नै गाह्राे भएपछि उनलाई १५ दिन जिल्ला अस्पताल प्युठानमा राखेर उपचार गरिएकाे थियाे । त्यहाँबाट तीन महिनाअघि उनलाई थप उपचारका लागि दिल्ली पुर्‍याइएको थियो ।

    मृतकको दिल्लीमै अन्त्यष्टि गरिएको पारिवारिक स्रोतले जनाएको छ ।

  • नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

    नेम्वाङलाई श्रद्धाञ्जली दिन पुगेकी पूर्वराष्ट्रपति भण्डारी भावविव्हल

    काठमाडौं । संविधानसभा अध्यक्ष सुवास नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गर्न एमाले पार्टी कार्यालय च्यासल पुगेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भावविव्हल बनेकी छन् । एमाले पार्टी कार्यालय च्यासलमा उनले आफ्नो आँशु थाम्न सकिनन् । पार्टी अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग बसिरहेकी उनले बारम्बार आँशु पुछिन् । पूर्वराष्ट्रपति भण्डारी सम्हालिन गाह्रो भएपछि पार्टी कार्यालयमा एमाले अध्यक्षको कार्यकक्षमा आराम गर्न पठाइएको थियो । नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डासमेत ओढाएकी छन् । च्यासलमा विभिन्न दलका नेता-कार्यकर्ताहरूको भीड लागेको छ । सभामुख देवराज घिमिरे, नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललगायत पनि पुगेका छन् । सबै स्तब्ध र मलिन अनुहारमा छन् ।

  • राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

    राजनीतिमा ‘सुवास’ छरेर अस्ताए नेम्वाङ

    काठमाडौं\रासस
    इलाम क्षेत्र नं २ का सङ्घीय सांसद सुवासचन्द्र नेम्वाङको अप्रत्यासित निधनले इलाम शोकमग्न भएको छ । उनी विसं २०५६ देखि इलामबाट लगातार संसदीय चुनाव जितेर सांसद रहँदै आएका थिए । हाल नेकपा (एमाले) संसदीय दलको उपनेतासमेत उनी थिए । राष्ट्रिय राजनीतिमा सहमति, सहकार्य र एकताका सुत्रधार एवं इमान्दार छवि बनाउनुभएका नेम्वाङ जिल्लाबासीका लागि ‘राजनीतिक मियो’ थिए ।

    इलामबजार नजिकै सुन्तलाबारमा जन्मिएका नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिष्ट राजनीतिमा होमिएका हुन् । विसं २०३३ मा राजद्रोह मुद्दामा उनी केही समय जेल परे । विसं २०४८ र २०५२ मा राष्ट्रियसभाको सदस्य बनेका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिष्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री बनेका थिए ।

    विसं २०५६ को संसदीय निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेका थिए । उनी जनआन्दोलन विसं २०६२–६३ सँगै पुनःस्थापित संसद्का सभामुख भएका थिए । विसं २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । संविधानसभाबाट नेपालको संविधान जारी गर्न उहाँले समन्वयकारी भूमिका निर्वाह गगरेका थिए । उनी चारपटक सभामुख हुँदा सधैँ सर्वसम्मत भए ।
    नेम्वाङको अवसानले इलाम शोकमग्न

    नेम्वाङको निधन भएको खबर पाएसँगै जिल्ला तहका विभिन्न राजनीतिक दल, नेता, सामाजिक अभियान्ता, विद्यार्थीलगायतले दुःख व्यक्त गरिरहेका छन् । नेम्वाङको निधनबाट देशले अपूरणीय क्षति व्यहोर्नुपरेको अधिकांशको भनाइ छ । इलाम क्षेत्र नं १ का सांसद महेश बस्नेतले इलामको मियो ढलेको बताए । उनले देश र जनताका लागि पु¥याउनुभएको योगदान अतुलनीय हुने जनाउँदै देशले नै शोक मनाइरहेको बताए ।

    गत आमनिर्वाचनमा नेम्वाङसँग थोरै मतान्तरले पराजित नेपाली कांग्रेस इलामका सभापति डम्बर खड्काले उनलाई इलामले सधैँ सम्झिरहने बताए । “पटक–पटक यस क्षेत्रको प्रतिनिधित्व गर्दै सुवास दाइले इलामको चौतर्फी विकासमा ठूलो योगदान दिनुभएको छ”, उनले भने, “इलामका बालबच्चादेखि वृद्धवृद्धासम्म सबैको सधैँ प्रिय भएरै बिदा हुनुभयो ।” “उहाँ पार्टीको मात्र नभएर सारा नेपालीको नेता हुनुहुन्थ्यो”, नेकपा (एकीकृत समाजवादी) इलामका अध्यक्ष भक्त केसीले भने, “उहाँको अभाव नेपाली राजनीतिमा सधैँ खड्कने छ ।”

    राजजनीतिमा खासै चासो नभएको बताउने इलामका विद्यार्थीसमेत नेम्वाङको निधनले दुःखी भएको बताउँछन् । इलाम क्याम्पसमा अध्ययनरत विद्यार्थी रोशन सापकोटाले भने, “म धेरै राजनीति त जान्दिनँ तर उहाँको ब्यक्तित्वबाट प्रभावित थिएँ । एकाबिहानैको खबरले स्तब्ध भएँ ।”

    नेकपा ृमाओवादी केन्द्रे का जिल्ला नेता रञ्जित श्रेष्ठले कम्युनिष्ट शक्तिहरूलाई एक बनाएर लैजानमा उनले चालेको कदम बिर्सन नसकिने बताए । “कम्युनिष्टहरू एक भएर आएमा मात्र यो देश समृद्ध बन्छ भन्नेमा उहाँ प्रष्ट हुहुन्थ्यो”, उनले भने, “सुवास सरको निधनले इलामलाई मात्र होइन, देशको कम्युनिष्ट आन्दोलन नै कमजोर हुनसक्ने देख्छु ।”

  • एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने

    एमाले उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर आज र भोली पार्टी कार्यालयमा राखिने

    काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष तथा सांसद सुवास नेम्वाङको पार्थिव शरीर दुई दिनसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिने भएको छ। उनको बुधबार अपाराह्न अन्तिम संस्कार गर्ने तयारी परिवारपनको छ । इलाम १ का सांसद महेश बस्नेतका अनुसार नेम्वाङको पार्थिव शरीर ललितपुर, च्यासलस्थित पार्टी कार्यालय राखिने छ । संविधान सभा अध्यक्षसमेत रहेका नेम्वाङ इलाम- २ बाट निर्वाचित सांसद थिए।

    एमालेका संसदीय दलका उपनेता रहेका उनको मंगलबार बिहान १ बजे निधन भएको हो । उनको हृदयघातबाट निधन भएको अस्पतालले जनाएको छ। हृदयघात भएका उनलाई राति नै गंगालाल अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याउनेबित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए। नेम्वाङ शनिबार धरानमा युवा संघको सम्मेलनमा सहभागी भएका थिए। आइतबार पनि दिनभर सिंहदरबारमा थिए ।

  • सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

    सुवास नेम्वाङको निधनमा प्रधानमन्त्रीको शोक सन्देश

    काठमाडौंं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधनबाट आफू मर्माहत भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा लेख्दै उनले नेम्वाङको असामयिक निधनले मर्माहत भएको बताएका हुन् ।

    उनले भनेका छन्, ‘दिवंगत कमरेड नेम्वाङप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’ गएराति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलिका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ ।

  • नेम्वाङको निधनले स्तब्ध छु : देउवा

    नेम्वाङको निधनले स्तब्ध छु : देउवा

    काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले उपाध्यक्ष सुवास नेम्वाङको निधनले स्तब्ध भएको बताएका छन् । आज बिहान सामाजिक सञ्जाल एक्समा लेख्दै सभापति देउवाले संविधान सभाका अध्यक्षसमेत रहेका नेम्वाङको निधनले स्तब्ध भएको बताएका हुन् ।

    ‘नेकपा एमालेका उपाध्यक्ष एवं संविधासभा अध्यक्ष सुवास नेम्वाङजीको निधनले स्तब्ध भएको छ,’ उनले लेखेका छन्, ‘उहाँको आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ गएराति १ बजे हृदयघात भएपछि नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल लगिएको थियो । चिकित्सकहरुले मृत घोषित गरेका थिए । नेम्वाङको शवलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले पार्टी कार्यालय लैजाने तयारी छ ।

  • नेम्वाङको निधनमा राष्ट्रपति मर्माहत

    नेम्वाङको निधनमा राष्ट्रपति मर्माहत

    काठमाडौं । एमाले नेता तथा संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको अप्रत्यासित निधनले आफू मर्माहत भएको राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिक्रिया दिएका छन् । एमाले उपाध्यक्ष समेत रहेका नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो ।

    नेम्वाङको निधनले आफू मर्माहत र स्तब्ध भएको राष्ट्रपति पौडेलले बताएका छन् । उनले नेम्वाङप्रति श्रद्धान्जली र परिवारप्रति गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

  • शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन

    शालिन नेता सुवास नेम्वाङको आकस्मिक निधन

    काठमाडौं । नेपाली राजनीतिका शालिन नेता तथा नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको आकस्मिक निधन भएको छ । राति १ बजे हृदयघात भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो । चिकित्सकहरुले अस्पतालमा पुर्‍याउने वित्तिकै नेम्वाङको निधन भएको घोषणा गरेका थिए ।

    प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपालसहितका नेताहरु त्रिवि शिक्षण अस्पताल पुगेका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद रहँदै आएका थिए । इलाममा जन्मिएका नेम्वाङले २०२९ सालबाट कम्युनिस्ट राजनीति थालेका थिए ।

    २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री बनेका थिए । उनी जनआन्दोलन २०६२–६३ सँगै पुनर्स्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए ।

  • म्यानमारसँग हार्यो नेपाल

    म्यानमारसँग हार्यो नेपाल

    काठमाडौं । म्यानमारसँगको दोस्रो मैत्रीपूर्ण फुटबलमा नेपाल १–० ले पराजित भएको छ । खेलको ८५ औं मिनेटमा नेपालले काउन्टर अट्याकमा गोल खाँदै पराजय बेहोरेको हो । ८६ औं मिनेटमा मनिष डाँगीको पासमा लकेन लिम्बुले प्रहार गरेको बल पोष्टमा ठोकिएर बाहिरिएको थियो । सोही क्रममा डिफेन्सिभ मुभ सहित काउन्टर अट्याकमा म्यानमारले गोल गरेको हो । म्यानमारका लागि विन न्याङ तुङले ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक गोल बनेको हो ।


    नेपालका खेलाडीले म्यानमारको गोल अफसाइट भएको माग गरेका थिए । सोही क्रममा नेपालका कप्तान किरण कुमार लिम्बुले पहेंलो कार्ड पनि पाए । पहिलो खेल शुक्रबार गोलरहित बराबरीमै टुङ्गिएको थियो । पहिलो खेलमा अञ्जन विष्टले पेनाल्टीमा गोल गर्न चुक्दा नेपाल बराबरीमा रोकिएको थियो । नेपाल फिफा वरीयतामा १७५ औं स्थानमा छ भने म्यानमार १५ स्थान माथि १६० औं स्थानमा रहेको छ ।

  • न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जनाको सूचीबाट हटाइयो १४ जनाको नाम

    न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जनाको सूचीबाट हटाइयो १४ जनाको नाम

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले न्युयोर्क जाने टोलीमा आफ्नो सचिवालयबाट सुरक्षाकर्मीसहित ५ जना मात्रै राख्न मुख्यसचिव बैकुण्ठ अर्याललाई निर्देशन दिएका छन्।
    देशको आर्थिक अवस्थाका कारण खर्च कटौती गर्नुपर्ने भन्दै प्रधानमन्त्री प्रचण्डले ५ जनाको मात्रै टोली बनाउन मुख्यसचिव अर्याललाई सोमबार निर्देशन दिएका हुन्।

    संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क जाने प्रधानमन्त्रीको टोलीमा २४ जना जाने तय भएको परराष्ट्रमन्त्री एनपी साउदले सार्वजनिक गरेका थिए।
    परराष्ट्रमन्त्री एनपी साउद संयुक्त राष्ट्रसंघीय महासभाका लागि मंगलबार नै न्युयोर्क प्रस्थान गर्दैछन्।

    प्रधानमन्त्री प्रचण्डले नेतृत्व गर्ने २७ जनाको टोलीमा यसअघि प्रमुख सल्लाहकार हरिबोल गजुरेल, राष्ट्रिय सुरक्षा परिषदका सल्लाहकार शंकरदाश बैरागी, मुख्यसचिव बैकुन्ठ अर्याल, प्रेस सल्लाहकार गोविन्द आचार्य, नीजि चिकित्सक डा. युवराज शर्मासहित चार जना सहसचिव पनि थिए।

    यीमध्ये अधिकांश नाम कटाएर अब एकजना स्वकीय सचिव र २ जना सुरक्षाकर्मी सहित ५ जनाको टोली मात्रै प्रधानमन्त्रीसँग न्युयोर्क जाने भएको छ।

  • कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

    कर अधिकृत सापकोटा स्रोत नखुलेको २६ लाखसहित पक्राउ, अर्का कर्मचारी फरार

    काठमाडौं । दाङको तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत स्रोत नखुलेको २६ लाख रुपैयाँसहित पक्राउ परेका छन्।

    बाँकेको नेपालगञ्ज विमानस्थलबाट कर अधिकृत खगेन्द्र सापकोटा पक्राउ परेका हुन्।

    प्रहरीका अनुसार कर अधिकृत सापकोटा र तुलसीपुरस्थित आन्तरिक राजस्व कार्यालयमै कार्यरत दीपक पौडल श्री एयरलाइन्सको जहाजमार्फत् नेपालगञ्जबाट काठमाडौं उड्ने तयारीमा थिए।

    चेकजाँचका क्रममा सोधपुछ थालेपछि सापकोटाको साथमै रहेका अर्का कर्मचारी दीपक पौडेल सुटुक्क भाग्न सफल भएका छन् ।

    पक्राउ परेका सापकोटालाई थप अनुसन्धानका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगञ्जमा बुझाइएको छ।

  • भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा

    भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने डा गाेविन्द केसीको घोषणा

    काठमाडौं । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले आफूहरूले राखेका माग सम्बोधन नभए भदौ २९ गतेबाट ‘सत्याग्रह’ सुरु गर्ने घोषणा गरेका छन्।

    सोमबार एक विज्ञप्ती जारी गर्दै केसीले चिकित्सा शिक्षा ऐन अनुसार मेडिकल कलेज खोल्ने सुनिश्चितता नभए भदौ २९ गतेबाट सत्याग्रह सुरु गर्ने घोषणा गरेका हुन्।

    ‘यसअघि गत साउन २९ गतेबाट सत्याग्रह शुरु गर्न लागेकोमा सरकारको तर्फबाट विभिन्न प्रतिबद्धताहरु आएको तर कार्यान्वयन नहुँदा पुन सत्याग्रह बस्न लागेको उनले बताएका छन्। यसअघिका प्रतिबद्धताहरु कार्यान्वयन नभएमा तथा सबै खाले स्वास्थ्य जनशक्ति उत्पादनका लागि चिकित्सा शिक्षा ऐन अनुसार यसै वर्षभित्र सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज वा प्रतिष्ठान खोल्ने तथा भौगालिक र जनसंख्याका आधारमा इलाम, उदयपुर र डडेल्धुरामा सरकारी मेडिकल कलेजहरु खोल्ने सुनिश्चितता नभएमा यही भदौ २९ गतेबाट सत्याग्रह शुरु गर्ने जानकारी पनि गराउँछौं।’ विज्ञप्तिमा भनिएको छ।

  • मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

    मोरक्कोमा विनासकारी भूकम्पको भग्नावशेषमा पुरिएकाको उद्दारमा कठिनाई

    काठमाडौं । विनासकारी भूकम्पको सामना गरेको मोरक्कोमा भग्नावशेषमा पुरिएकाहरुको उद्धारमा कठिनाइ भएको खबर सार्वजनिक भएको छ । कतिपय स्थानमा परिवारका सबै सदस्य नै भग्नावशेषमा पुरिएको खबर सार्वजनिक भए पनि उनीहरुसम्म पुग्न मुस्किल भइरहेको उद्धारकर्मीलाई उदृत गर्दै सञ्चारमाध्यमले लेखेका छन् ।

    ग्रामीण क्षेत्रमा भग्नावशेषमा पुरिएका केही जीवितै रहेको अनुमान गरिएको छ । तर, भूकम्प अति प्रभावित ठाउँमा उद्धारकर्मीसँगै राहतका सामग्री पठाउन कठिनाइ भइरहेको बीबीसीले लेखेको छ । भूकम्पका कारण ग्रामीण क्षेत्र जाने कतिपय सडक भत्किएका छन् । यसले प्रभावित क्षेत्रसम्म पुग्न कठिन भएको छ । भूकम्पको केन्द्रबिन्दु मराकेशबाट ७५ किलोमिटर टाढा पहाडी क्षेत्र हाइ एट्लस माउन्टेन्समा रहेको छ ।


    भूकम्प पछि धेरै मानिसले खुल्ला आकाशमुनि रात बिताइरहेका छन् । गएको शुक्रवार राति गएको ६ दशमलव ८ रेक्टर स्केलको भूकम्पको असर माराकेशसहित अन्य धेरै सहरहरुमा परेको छ । यस्तै, दुर्गम पहाडी इलाकामा पूरै गाउँहरू नै ध्वस्त भएका विवरण सार्वजनिक भएका छन् । भूकम्पमा परेर दुई हजार एक सय २२ जनाको ज्यान गएको पुष्टि भइसकेको छ भने दुई हजार चार सयभन्दा धेरै घाइते भएका छन् ।

  • नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

    नेपाल र म्यानमारबीच आज दोस्रो मैत्रिपूर्ण फूटबल

    काठमाडौं । नेपाल र म्यानमारबीच आज मैत्रिपूर्ण फुटबल हुँदैछ । विश्वकप २०२६ पहिलो चरणको छनोटको तयारीमा यांगुनमा रहेको नेपाली राष्ट्रिय फुटबल टिमले दोस्रो मैत्रीपूर्ण खेलमा सोमबार घरेलु टिम म्यान्मारविरुद्ध प्रतिस्पर्धा गर्न लागेको हो । थुवुना रंगशालामा शुक्रबार भएको पहिलो खेल गोलरहित टुंगिएको थियो । उक्त खेलमा पेनाल्टीमा अञ्जन विष्ट गोल गर्न असफल हुँदा नेपाल बराबरीमा रोकिएको थियो ।

    अञ्जन पुरुषको राष्ट्रिय टिमका लागि सबैभन्दा बढी गोल गरेका नीराजन रायमाझी र हरि खड्काको कीर्तिमान भेटाउने लक्ष्यमा छन् । कीर्तिमानभन्दा एक गोल पछाडि परेका अञ्जनले १२ गोल गरेका छन् । सन् २०१९ मा म्यान्मारमै भएको मैत्रीपूर्ण खेलमा ३–० ले हारेको नेपाल यस पटक जितको खोजिमा छ । फिफा वरीयतामा नेपाल १ सय ७५ औं स्थानमा रहेको छ भने म्यान्मार १ सय ६० औं स्थानमा छ ।

  • ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग ?

    ललिता निवास प्रकरण: १७ जनालाई धरौटीमा छाड्न आदेश, कोसँग कति माग ?

    काठमाडौं । ललितानिवास जग्गा प्रकरणमा १७ अभियुक्तलाई धरौटीमा रिहा गर्न आदेश दिइएको छ ।

    सात दिन लामो थुनछेक बहसपछि जिल्ला अदालत काठमाडौँका न्यायाधीश भोलानाथ ढकालको इजलासले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।

    अभियुक्त केशव दुलाल भने साधारण तारेखमा छाड्ने आदेश दिइएको छ । शिवजी भट्ट–३ लाख ३० हजार,रुद्र कुमार श्रेष्ठ– ७ लाख ५० हजार, बालकृष्ण श्रेष्ठ –७ लाख ५० हजार, कलाधर देउजा –१५ लाख, घमन कुमार कार्की– ७ लाख ५० हजार, गोपाल कार्की –७ लाख ५० हजार ,विनोद पौडेल– १५ लाख, योगराज पौडेल– ७ लाख ५० हजार, नारायणराज मिश्र –७ लाख ५० हजार माग गरेको छ ।

    अरुण कुमार श्रेष्ठ –७ लाख ५०, ध्रुव प्रसाद अर्याल –३ लाख ३० हजार, बाबुराजा महर्जन– १ लख १० हजार देवनारायण महर्जन – १ लाख १० सकलानन्द महर्जन– १ लाख १० हजार, सञ्जय कुमार महर्जन– १ लाख १० हजार, लोकरि घिमिरे –७ लाख ५० हजार माग गरेको छ ।

  • चीन भ्रमणको एजेण्डा प्रचण्डले खोलेनन्, ओली बोलेनन्

    चीन भ्रमणको एजेण्डा प्रचण्डले खोलेनन्, ओली बोलेनन्

    काठमाडौं । ‘प्रचण्ड’ले संयुक्त राष्ट्रसंघ र चीन भ्रमणको पूर्वसन्ध्यामा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग परामर्श गरेका छन् । सहभागीसँग प्रधानमन्त्रीले भ्रमणका विषयमा सुझाव मागेका थिए । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले छलफलमा आफ्नो भनाइ राखेनन् । उनी छलफल सुरु भएको चार–पाँच मिनेटमै त्यहाँबाट बाहिरिएको एक नेताले बताए ।
    छलफलमा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल, परराष्ट्रमन्त्री एनपी. साउद, नेताहरू महन्थ ठाकुर, सीके राउत लगाएको सहभागिता रहेको थियो ।

  • कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश, हट्यो शून्यता

    कोशीमा दोस्रो पटक बजेट सम्बन्धी अध्यादेश, हट्यो शून्यता

    काठमाडौं ।विराटनगर। कोशी प्रदेशमा बजेट शून्यताको स्थिति अन्त्य भएको छ। सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले आइतबार बजेटसम्बन्धी अध्यादेश जारी गरेसँगै कोशीमा बजेट शून्यताको स्थिति अन्त्य भएको हो।

    गएको जेठ ३२ गते तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले अध्यादेशमार्फत ल्याएको बजेट प्रतिस्थापन विधेयकमार्फत पारित हुन नसकेपछि निष्क्रिय भएको थियो । भदौ १० गतेभित्र बजेट पारित भइसक्नुपर्ने थियो ।

    उद्धव थापा नेतृत्वको सरकारले भदौ ६ गते प्रदेशसभाको अधिवेशन अन्त्य गरेपछि बजेट पारित हुन पाएको थिएन । दुवै अध्यादेश तत्कालीन आर्थिक मामिल तथा योजनामन्त्री बाबुराम गौतमले प्रदेशसभामा भने पेस गरेका थिए ।

    यसअघि अध्यादेशमार्फत ल्याइएको बजेटमा कुनै फेरबदल नगरी जस्ताको त्यस्तै फेरि बजेटसम्बन्धी अध्यादेश ल्याइएको हो। अध्यादेश अनुसार चालु आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैयाँको बजेट ल्याइएको छ।

    चालूतर्फ १४ अर्ब ३९ करोड ६२ लाख ६६ हजार, पुँजीगततर्फ १८ अर्ब २३ करोड ५२ लाख, वित्तीय व्यवस्थातर्फ १ करोड र वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख ९२ हजार रुपैयाँ बजेट छ ।

  • टुंगियो ‘एक भगवत् गीता’ विवाद

    टुंगियो ‘एक भगवत् गीता’ विवाद

    काठमाडौं । ‘एक भगवत् गीता’लाई लिएर भइरहेको विवाद टुंगिएको छ । चलचित्र विकास बोर्डको मध्यस्थतामा शीर्षक परिवर्तन गर्ने सहमतिसँगै विवाद टुंगिएको हो ।

    निर्माण पक्ष र धार्मिक समूहहरूबीच भएको सहमतिअनुसार चलचत्रिको नाम अब ‘एक भागवत र एक गीता’ रहनेछ ।

    सहमतिमा निर्माता सुनिलकुमार थापा र उजुरीकर्ताको तर्फबाट विभिन्न धार्मिक संघ-संगठनले हस्ताक्षर गरेका छन् । थापाले भागवत र गीताको बीचमा ड्यास राख्न गरेको प्रस्ताव धार्मिक समूहले अस्वीकार गरेका थिए ।

    नामको मुन्तिर ‘सामाजिक कथा’ लेख्ने पनि पनि सहमति छ । केहीबेरमा सहमतिबारे औपचारिक घोषणा गरिने भएको छ । चलचित्र विकास बोर्डले आजै चलचित्रलाई सेन्सर सिफारिस दिनेछ ।

    भदौ २९ गते प्रदर्शन तयारीमा रहेको यो फिल्मको शीर्षक र चरित्र चित्रणलाई लिएर केही धार्मिक संस्थाले आपत्ति जनाएका थिए ।

  • भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज

    भुटानबाट पहिलो पटक पोखरा अवतरण गर्यो जहाज

    काठमाडौं । भुटानको पारो विमानस्थलबाट पहिलो पटक पोखरामा जहाज अवतरण गरेको छ । शनिबार विहान ५ः५५ बजे उडेको ड्रुक एयरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ः४० मा अवतरण गरेको हो । १५० सिट क्षमताको जहाजले ३ जना यात्रु लिएर पोखरामा अवतरण गरेको थियो ।

    पोखरा अवतरण भएको ड्रुक एयरको विमानले पोखराबाट भने ४२ जना यात्रु लिएर भुटान उडेको थियो । भुटानबाट चार्टर उडानका रुपमा जहाज पोखरा आएको हो । भुटानबाट पोखरा आएका पर्यटकलाई पोखरा पर्यटन परिषदले एयरपोर्टमा स्वागत गरेको थियो। यसअघि यो विमानस्थलमा चीनबाट चार्टर्ड उडान भएको थियो ।

  • समाजवादी मोर्चाले हेटौडामा आज सन्देश सभा गर्दै

    समाजवादी मोर्चाले हेटौडामा आज सन्देश सभा गर्दै

    काठमाडौं । समाजवादी मोर्चाले बागमती प्रदेश स्तरीय सन्देश सभा आइतबार मकवानपुरको हेटौंडामा गर्ने भएको छ । सात वटै प्रदेशमा सन्देश सभाको कार्यक्रम तय भए अनुसार बागमती प्रदेशको हेटौंडामा सभा हुन लागेको हो । आइतबार नै समाजवादी मोर्चाको बागमती प्रदेश कमिटीको घोषणा गर्ने कार्यक्रम छ।

    सभालाई प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपाका महासचिव नेत्रविक्रम चन्दलगायतले समाजवादी मोर्चाको अवधारणाबारे कार्यकर्तालाई प्रशिक्षण दिने छन् । यसअघि बुटवल, सुर्खेत र पोखरामा यस्तो सभा आयोजना भइसकेको छ ।

  • अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

    अमेरिका बसी मानव तस्करी गर्ने नाइके पक्राउ

    काठमाडौं । गैरकानुनी माध्यमबाट अमेरिका पठाउने भन्दै विदेशका विभिन्न स्थानमा पुर्‍याएर अलपत्र पार्ने समूहका नाइके नेपाली मूलका अमेरिकी नागरिक हस्त गौतम पक्राउ परेका छन् । रुकुमपूर्व सिस्ने गाउँपालिका घर भई अमेरिकी नागरिक बनेका गौतमलाई मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले भारत हुँदै नेपाल प्रवेश गर्ने नाका रुपन्देहीको बेलहियाबाट बुधबार पक्राउ गरेको हो।

    ब्युरो प्रमुख जीवनकुमार श्रेष्ठका अनुसार हालसम्म पक्राउ परेका छ जनाले पाँच वटा उजुरी ब्युरोमा दिएको आधारमा गौतमलाई नेपाल प्रवेश गर्नेबित्तिकै पक्राउ गरिएको हो। गौतमलाई पक्राउ गरेको जानकारी ब्युरोले प्रहरी प्रधान कार्यालय हुँदै नेपालस्थित अमेरिकी दूतावासलाई समेत दिएको छ । विभिन्न एजेन्टमार्फत अमेरिका पुर्‍याउने सपना देखाएर गौतमले ठुलो रकम असुली गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।


    प्रहरीसँगको बयानमा गौतमले गैरकानुनी बाटोबाट झन्डै दुई सय जनालाई अमेरिका पुर्‍याएको स्वीकार गरेका छन्। विभिन्न देशमा पुर्‍याएर गौतमसहितको गिरोहले नेपाली युवाबाट ५० देखि ७० लाख रुपियाँसम्म असुली गर्ने र कतिपयलाई विदेशी मुलुकमा बन्धक बनाई यातना दिने गरेको भन्दै पीडितले ब्युरोमा उजुरी दिएका थिए।

    ब्युरोले गत साउन ७ गते कास्कीका कमल तामाङसहित तीन जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो। तामाङ नेपालमा बसेर रकम असुली गर्ने, कागजपत्र मिलाउने र विभिन्न देश पुर्‍याउन विमानको टिकट व्यवस्थापन गर्ने मुख्य एजेन्ट रहेको ब्युरोले जनाएको छ।

    पक्राउ परेका गौतमले भने मेक्सिकोलाई आधार बनाएर असुली गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। यो गिरोहले नेपाली नागरिकलाई अमेरिका पठाउने नाममा दुबई, थाइल्यान्ड, फिलिपिन्स, जाम्बिया, सिङ्गापुर, हङकङलगायतका देशमा लगेर राहदानी र मोबाइल जफत गरी ठुलो रकम असुली गर्ने गरेको पीडितहरूको उजुरीमा उल्लेख छ।

    शारीरिक रूपमा अपाङ्गता भएर ह्विलचेयरको सहारामा हिँडडुल गर्ने गौतम सन् २००५ मा अमेरिका पुगेको खुलेको छ। उनले सन् २००८ मा अमेरिकी नागरिकता प्राप्त गरेको र सन् २०१५ मा अमेरिकी पासपोर्ट लिएको खुलेको छ।

  • मोरक्को भुकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार भन्दा माथि

    मोरक्को भुकम्पमा ज्यान गुमाउनेको संख्या १ हजार भन्दा माथि

    काठमाडौं । अफ्रिकी मुलुक मोरक्कोमा भूकम्पमा परी मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । गृह मन्त्रालयका अनुसार १४ सयभन्दा बढी मानिसहरु गम्भीर घाइते छन् । भूकम्पले निम्ताएको विनासपछि सरकारले तीन दिन राष्ट्रिय शोक घोषणा गरेको छ ।

    साथै भूकम्प पीडितहरुलाई आवास, खाना र अन्य सहयोगका लागि आह्वान गरेको छ । भूकम्पका कारण घर छाडेकाहरु धेरै मानिसहरुले दोस्रो दिनको रात पनि खुल्ला आकास मुनि बिताएका छन् । शुक्रबार राति मराकेसको दक्षिण पश्चिम क्षेत्रमा पर्ने हाई एटलस पहाडी क्षेत्र केन्द्रविन्दु भएर ६.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    धेरै क्षति पनि पहाडी क्षेत्रका गाउँहरुमा भएको छ । खोज तथा उद्धार कार्य जारी छ । ग्रामीण क्षेत्रबाट एकिन विवरण आउन बाँकी रहेकाले हताहतीको संख्या बढ्न सक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

  • जी-२० का मुलुकहरु कस्तो संयुक्त घोषणापत्र बनाउँदै छन् ?

    जी-२० का मुलुकहरु कस्तो संयुक्त घोषणापत्र बनाउँदै छन् ?

    काठमाडौं । २० देशका नेता संयुक्त घोषणापत्रप्रति सहमत भएको उक्त शिखर सम्मेलनको आयोजक राष्ट्र भारतले जनाएको छ। त्यसको जानकारी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आफैँले दिएका हुन्। मोदीले भने, ‘हाम्रो टोलीको कडा परिश्रम र तपाईँहरू सबैको साथ सहयोगले ‘नयाँ दिल्ली–जी–२० लिडर्स घोषणापत्र’मा सहमति जुटेको छ, यो घोषणापत्र स्वीकृत होस् भन्ने मेरो प्रस्ताव छ। म यो घोषणापत्र स्वीकार गरेको घोषणा गर्छु।’


    जी(२० का लागि भारतीय मध्यस्थकर्ता अमिताभ कान्तले सामाजिक सञ्जालमा नयाँ दिल्ली घोषणापत्रमा उल्लेख गरिएका कुराहरू साझा गरेका छन्। उनका अनुसार बलियो, दीर्घकालीन, सन्तुलित र समावेशी वृद्धि, दिगो विकास लक्ष्यको प्रगतिलाई गति दिने, दिर्घकालीन भविष्यको लागि हरित विकास सम्झौता, एक्काइसौँ शताब्दीका लागि बहुपक्षीय संगठनहरू, बहुपक्षवादलाई पुनर्जीवित गर्ने विषय घोषणा पत्रमा समेटिएको छ । घोषणापत्रमा युक्रेनमा जारी युद्धको सन्दर्भमा गत वर्ष बालीमा भएको छलफललाई दोहोर्‍याइएको छ।

    नयाँ दिल्ली घोषणापत्रमा भनिएको छ, ‘युक्रेनको युद्धका सम्बन्धमा बालीमा भएको छलफललाई दोहोर्‍याउँदै हामीले संयुक्त राष्ट्रसङ्घ सङ्घीय सुरक्षा परिषद् र संयुक्त राष्ट्रसङ्घको महासभाका प्रस्तावहरूमा हाम्रो राष्ट्रिय अडानलाई दोहोर्‍यायौँ र सबै देशहरूले संयुक्त राष्ट्रसङ्घको बडापत्र, उद्देश्य र सिद्धान्त अनुरूप सहयोग गर्नुपर्छ भनेर जोड दिएका छौ, संयुक्त राष्ट्रसङ्घको बडापत्र अनुसार सबै देशले क्षेत्रीय अखण्डता र सार्वभौमसत्ता वा अन्य कुनै पनि राज्यको राजनीतिक स्वतन्त्रता विरुद्ध क्षेत्रीय अधिग्रहण वा बल प्रयोगको खतराबाट टाढा रहनुपर्छ। आणविक हतियारको प्रयोग वा प्रयोगको धम्की अस्वीकार्य छ।’

    भारतमा जी–२० सम्मेलनका लागि भेला भएका विश्वका नेताहरूबीच सबैभन्दा ठूलो मतभेद युक्रेनमाथिको रुसी आक्रमणलाई लिएर थियो। शुक्रवार अमेरिकी राष्ट्रपति जो बाइडनले सम्मेलनको आयोजक राष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटेका थिए र दुई नेताले कैयौँ क्षेत्रमा सहकार्य गर्ने वाचा गरेका थिए।

    तर उक्त शिखर सम्मेलनमा विश्वका दुई सर्वाधिक शक्तिशाली राष्ट्रहरू रुस र चीनका सरकार प्रमुख अनुपस्थित छन्। रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिन्पिङले बैठकमा भाग लिन आफ्ना प्रतिनिधि पठाएका छन्। मतभेदमाझ भारतले सदस्य राष्ट्रहरूलाई एउटा संयुक्त घोषणापत्रमा सहमत गराउने अथक प्रयास गरेको बताइएको छ। मोदीले पनि आफ्ना सहकर्मीले व्यापक मेहनत गरेर सहमति जुटाएको उल्लेख गरेका छन्।

    यो शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी नभएको भए उक्त संस्थाको शिखर सम्मेलनमा संयुक्त घोषणापत्र जारी हुन नसकेको यो नै पहिलो घटना हुने थियो। अघिल्लो वर्ष इन्डोनेसियामा भएको जी–२० शिखर सम्मेलनलाई पनि युक्रेनमाथि रुसी हमलाले ओझेलमा पारेको थियो तर उक्त लडाइँलाई लिएर अभिव्यक्त मतभेदमाझ नेताहरूले आ-आफ्ना फरक धारणासहितको घोषणापत्र ल्याएका थिए। त्यसयता देशहरूका अडान अझ कठोर भएका छन्।

    त्यसैलाई लिएर विश्लेषकहरूले रुस र चीनले त्यस्तो छुट नदिन सक्ने र अमेरिकी नेतृत्वमा पश्चिमा देशहरूको समूहले युद्धको निन्दाबाहेक अन्यखाले शब्द कुरा स्वीकार गर्न नसकिने धारणा राख्नसक्ने ठानेका थिए। अझ सी र पुटिनको अनुपस्थितिले निर्णय प्रक्रियालाई झन् कठिन बनाउन सक्ने ठानिएको थियो।

    रुसी विदेशमन्त्री सर्गेइ लाभ्रोफ र चिनियाँ प्रधानमन्त्री ली क्चियाङले आ-आफ्ना देशको प्रतिनिधित्व गरेका छन् तर आफ्ना नेताहरूसँग अनुमति नलिइकन उनीहरूले अन्तिम घडीमा निर्णयहरू लिने राजनीतिक सामर्थ्य नराख्न सक्छन् भन्ने ठानिएको थियो। यसै वर्षको सुरुमा ज-(२० का विदेश र अर्थमन्त्रीहरूको बैठक पनि संयुक्त विज्ञप्ति जारी नगरी सकिएको थियो।

  • हङ्‌कङ र दक्षिणी चीनमा ठूलो वर्षा, बाढी र डुबानको समस्या

    हङ्‌कङ र दक्षिणी चीनमा ठूलो वर्षा, बाढी र डुबानको समस्या

    काठमाडौं । हङ्‌कङ र दक्षिणी चीनका सहरमा अहिलेसम्मकै ठूलो वर्षाका कारण आएको बाढी र डुबानको समस्या आएको छ । शुक्रवार हङ्‌कङका सडक र भूमिगत रेल स्टेशनहरू डुबानमा परेका छन्। बाढीका कारण उत्पन्न समस्याका कारण अधिकारीहरूले विद्यालय र कार्यालयहरू बन्द गर्न निर्देशन दिएका थिए। स्थानीय मौसम ब्यूरोले शुक्रवारदेखि हुन थालेको मुसलधारे वर्षा उक्त सहरमा ूविगत १४० वर्षयता भएको सबैभन्दा ठूलोू भएको बताएको छ।

    आपत्कालीन उद्धार गर्ने निकायका अनुसार वर्षाका कारण प्रभावित १०० जनाभन्दा बढी मानिसलाई अस्पताल लग्नुपरेको छ भने उद्धारसम्बन्धी विभिन्न कार्य गर्नुपरेको छ। हङ्‌कङबाट प्राप्त तस्बिरहरूमा बिहीवारको मुसलधारे वर्षाले त्यहाँका सडकलाई बाढी उर्लेको खोला जस्तो बनाइदिएको देख्न सकिन्छ। शपिङ सेन्टर र सार्वजनिक यातायात सेवाहरू डुबानमा परेका छन्।

    सामाजिक सञ्जालमा प्रेषित भिडिओहरूमा बाढीको पानीबाट जोगिन मानिसहरूले सवारीसाधनमाथि र अन्य अग्ला स्थानरूमा उक्लिरहेका देख्न सकिन्छ। कुनै स्थानमा पानीको तह केही मिटरमाथिसम्म बढेको छ। परिणामस्वरूप भूमिगत रेल स्टेशनहरूसम्म पुग्ने बाटोहरू पनि जलमग्न भएका छन्। मुख्य टापुलाई उत्तरमा अवस्थित काउलुन प्रायःद्वीपसँग जोड्ने महत्त्वपूर्ण अन्तरबन्दरगाह सुरुङमार्ग पनि डुबानमा परेको छ।

    हङकङको पहाडी क्षेत्रमा वर्षाका कारण पहिरो गएको छ र त्यसबाट केही राजमार्गहरू अवरुद्ध भएका छन्। शुक्रबार अपराह्ण वर्षा हुने क्रम केही घटेपछि अधिकारीहरूले पहिला जारी गरिएको खतराको सङ्केतको स्तरलाई उच्च कालोबाट केही तह कम सुन्तले रङ्गमा झारेका छन्। तर मौसमविद्हरूले शनिवारसम्म ठूलो वर्षा हुने बताएका छन्।

    बिहीवार एक घण्टामा ७० मिलिमिटरभन्दा वर्षा भएपछि अधिकारीहरूले उच्च जोखिम जनाउने खतराको कालो सङ्केत जारी गर्नुपरेको थियो। राति १५८.१ मिलिमिटर प्रतिघण्टाको दरमा वर्षा भएको हङ्‌कङ अब्जर्भटरीले जनाएको थियो। त्यो सन् १८८४ मा त्यहाँ वर्षासम्बन्धी अभिलेख राख्न थालिएयताकै सबैभन्दा उच्च वर्षा हो।

    हङ्‌कङ टापु, काउलुन र सहरको उत्तरपूर्वी भेगमा साँझको ६ बजेदेखि मध्यरातका बीचमा २०० मिलिमिटरभन्दा बढी पानी परेको अभिलेख छ। ठूलो वर्षाका कारन दक्षिणी चीनलाई प्रभावित भएको छ। हङ्‌कङपारि रहेको शेन्जेन सहरमा सन् १९५२ यताकै उच्चतम वर्षा भएको थियो।

    मौसमका कारण गुआङ्डोङ प्रान्तको विस्तारित क्षेत्रमा सयौँ उडानहरू रद्द गर्नुपरेको छ भने तल्लो भूभागमा रहेकाहरूलाई अग्लो स्थानतर्फ जान अधिरकारीहरूले अनुरोध गरेका छन्। दक्षिणी चीनको सघन जनसङ्ख्या भएको तल्लो तटीय क्षेत्रमा करौँडौँ मानिसहरू बसोबास गर्छन्।

  • मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

    मालीमा विद्रोहीको आक्रमणबाट डुब्यो डुंगा, कम्तिमा ४९ जनाको मृत्यु

    काठमाडौं । पूर्वोत्तर मालीमा इस्लामवादी विद्रोहीहरूले एउटा डुङ्गामा आक्रमण गर्दा कम्तीमा ४९ सर्वसाधारण नागरिकको मृत्यु भएको त्यहाँको अन्तरिम सरकारले बताएको छ। उनीहरूले एउटा सैन्य शिविरमा पनि आक्रमण गरी १५ सैनिकको हत्या गरेका छन्। आक्रमणकारीहरूतर्फ झन्डै ५० जनाको ज्यान गएको बताइएको छ। घटनापछि सरकारले तीन दिनका लागि राष्ट्रिय शोक घोषणा गरेको छ। रुसी भाडाका सैनिकहरूको समूह वाग्नरले आफ्नो अभियान फिर्ता लिन लागेको सेनाको दाबी छ। मालीमा इस्लामवादी आक्रमणका धम्कीहरू बढिरहेको बीबीसीले जनाएको छ ।


    गत महिनाको अन्त्यदेखि उत्तरी नगर टिम्बक्टूमा नाकाबन्दी गरिएको छ। त्यहाँ यातायातका साधनमाथि बारम्बार आक्रमण भइरहेको छ। राष्ट्रिय टेलिभिजनमार्फत् सरकारद्वारा जारी विवरणलाई बीबीसीले स्वतन्त्र रूपमा पुष्टि गर्न भने सकेको छैन। नीजेर नदीमा बहँदै गाओबाट मोप्ती सहरतर्फ जान लागेको डुङ्गामा आक्रमण भएको बताइएको छ।

    गाओ क्षेत्रकै बोरेम सर्कलमा रहेको सैन्य शिविरमा पनि आक्रमण भएको छ। ग्रेनिच मीन टाइम (जीएमटी) सँग ठ्याक्कै मिल्ने स्थानीय समयानुसार बिहीवार बिहान ११ बजे सशस्त्र आतङ्ककारी समूहूले डुङ्गामा आक्रमण गरेको मालीको सेनाले सामाजिक सञ्जालमा लेखेको छ।


    कम्तीमा तीनवटा रकेटले डुङ्गाको इन्जिनलाई लक्ष्य बनाएर आक्रमण गरेको डुङ्गा सञ्चालक कम्पनी कमन्याभले एएफपी समाचारसंस्थालाई बताएको छ। त्यसपछि उक्त डुङ्गालाई नदीमै रोकी सेनाले यात्रुहरूलाई बाहिर निकालेको कमन्याभका एक अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा बताए। तत्कालिक राष्ट्रपति इब्राहिम बुबाकर केइटाविरुद्ध विरोध प्रदर्शनपछि सेनाले सत्ता कब्जा गर्दा यसले विशाल जनसमर्थन पाएको थियो। त्यतिबेला मानिसहरू आर्थिक अस्थिरता, विवादास्पद निर्वाचन र निरन्तरको असुरक्षाबाट असन्तुष्ट थिए।

    तर त्यसपछि मालीको सैन्य सरकारले देशका विभिन्न भागको नियन्त्रण गर्ने इस्लामवादी समूहहरूसँगको लडाइँमा खासै प्रगति गर्न नसकेको तथ्याङ्कहरूमा देखिएको छ। सन् २०१२ देखि उत्तरी मालीमा अल-कायदा र इस्लामिक स्टेटसँग सम्बद्ध समूहहरूले सत्ता कब्जाको उद्देश्यले हिंसात्मक गतिविधिहरू गरिरहेका छन्।

  • बाँकेमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    बाँकेमा बस दुर्घटना, कम्तिमा ७ जनाको मृत्यु

    काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ। कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ७ पुगेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीले बताएका छन् ।

    उनका अनुसार दाङबाट बर्दियातर्फ आउँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा शुक्रबार राती करिब ९ बजे ठोक्किएको थियो । बस दुर्घटनामा करिब ३० जना घाइते भएका छन् । घाइतेहरुको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

  • अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ

    अष्ट्रेलिया पठाउने प्रलोभनमा ९ लाख ठगी गर्ने महिला पक्राउ

    काठमाडौं । अष्ट्रेलिया पठाइदिन्छु भनेर ९ लाख रूपैयाँ ठगी गर्ने महिला पक्राउ परेकी छन्। भक्तपुर मध्यपुर थिमि नगरपालिका ४ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ५० वर्षीया रत्न केशरी श्रेष्ठ पक्राउ परेकी हुन्। उनलाई शुक्रबार बिहान ७ बजे काठमाडौं महानगरपालिका २६ सामाखुसीबाट काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। ९ लाख रूपैयाँ ठगी गरेको भन्दै श्रेष्ठविरूद्ध आशामाया लामाले वैदेशिक रोजगार विभागमा उजुरी दिएकी थिइन्।

    अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराउन वैदेशिक रोजगार विभागबाट पत्राचार भएको थियो। सोही आधारमा उनलाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए। प्रहरीका अनुसार रत्न केशरीले आशामायालाई २० लाख रूपैयाँमा अष्ट्रेलिया पुर्‍याइदिने भनेकी रहिछन्।

    त्यही आधारमा उनले ९ लाख रूपैयाँ दिएको र पैसा लिएपछि रत्न केशरी सम्पर्कविहीन भएको उजुरीमा उल्लेख छ। पक्राउ परेकी श्रेष्ठविरूद्ध थप अनुसन्धान तथा कारबाहीका वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको एसपी रेग्मीले जानकारी दिए।

  • सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

    सन्ध्याकालिन उपत्यका हेर्न कीर्तिपुरमा सम्पदा यात्रा हुने

    काठमाडौं । कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा आयोजना गरिने भएको छ । आगामी सेप्टेम्बर २७ तारिखका दिन मनाइने विश्व पर्यटन दिवसलाई लक्षित गरी यहाँ सम्पदा यात्रा गर्न लागिएको हो । यो दिवसको मूल सन्देश पर्यटन र हरित लगानी रहेको छ । यही परिप्रेक्षमा कीर्तिपुरले उक्त सन्देशमा पर्यटन अगाडि बढाउन सक्षम भएको सन्देश दिन कीर्तिपुर नगरपालिका र कीर्तिपुर स्वयंसेवक समाजको संयुक्त आयोजनामा १० असोजमा कीर्तिपुरमा सन्ध्याकालीन सम्पदा यात्रा हुने भएको हो ।

    काठमाडौं उपत्यकाका पर्यटकीय स्थानमध्ये कीर्तिपुरले विशिष्ट पहिचान बोकेको छ । साँझको समयमा कीर्तिपुरबाट उपत्यकाको मनमोहक दृश्य देखिन्छ । सोहीकारण कीर्तिपुरमा सन्ध्याकालीन पर्यटनको सम्भावनाको खोजी गर्न लागिएको हो । कीर्तिपुर नगरपालिकाले यस वर्षदेखि अभियानकै रुपमा सन्ध्याकालीन पर्यटन प्रवर्धन गरिरहेको छ ।

    साथै कीर्तिपुरको डिजिटल नक्सा तयार पार्ने काम समेत सुरु भएको छ । डिजिटल नक्साले कीर्तिपुरका आकर्षण, सम्पदा स्थल, होटल, रेस्टुरेन्ट, र अन्य चासोका बिन्दुको सही निर्देशन दिने छ । कीर्तिपुर स्वयंसेवक समाजले कीर्तिपुरको डिजिटल प्रवर्धन र नक्सामा स्थान तथा रुट राख्ने अभियान समेत थालेको छ ।


    कीर्तिपुर नगरपालिकामा कीर्तिपुरका स्थानीय गाइड, पर्यटनका विद्यार्थी, स्थानीयको सहभागितामा म्यापिङ र डिजिटल प्रवर्धनविज्ञ सौरभ ढकालद्वारा प्रस्तुतीकरणका साथै स्थलगत नक्साङ्‍कन गरिएको छ । सहभागीहरुले गुगल म्यापलगायत नक्सा सम्बन्धित एप्सहरुमा फोटो, भिडियो राख्नुका साथै जानकारीहरु अपडेट गरेका थिए ।

    कीर्तिपुर स्वयंसेवक समाजका कार्यक्रम संयोजक रुपेन्द्र महर्जनका अनुसार म्याप अपडेट गर्ने, नयाँ जानकारी राख्ने कार्य कीर्तिपुर नगरपालिकाको सहयोगमा नियमित रुपमा गरिने भएको छ । डिजिटल म्यापिङ एपहरूले प्रायः मौसम, ट्राफिक र स्थानीय घटनाहरू जस्ता कार्यक्रमहरूका वास्तविक–समय जानकारी प्रदान गर्दछ । यो तथ्यांकले पर्यटकलाई उनीहरूको गतिविधि बारेमा सूचित गरी निर्णय लिन र कीर्तिपुरमा उनीहरूको बसाइको समयमा सही जानकारी प्रदान गर्ने बताइएको छ ।

  • राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

    राम्रो काम गर्न खोज्दा स्टण्ड गरेको आरोप लाग्ने पर्यटन मन्त्रीको गुनासो

    काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राम्रो काम गर्न खोज्दा ‘स्टन्ट’ गरेको आरोप लाग्ने गरेको गुनासो गरेका छन् ।
    पर्यटन यातायात व्यवसायी संघको २० औं साधारण सभालाई सम्बोधन गर्दै शुक्रबार उनले यस्तो बताएका हुन् ।

    यो देशमा राम्रो काम गर्नेलाई स्टन्ट भनेर खिसी गर्ने प्रवृत्ति रहेको उनको आरोप छ । बिहान आफू नुवाकोट पुगेर पाँच हजार चियाको बिरुवा रोपेर आउँदा बाटोमा नुहाउनु परेको प्रसंग निकाल्दै उनले हिलोमैलो लुगामा कार्यक्रममा आएको भए स्टन्ट गरेको भनिने प्रवृत्ति रहेको गुनासो गरे ।

    ‘हिलो पोतिएको लुगामा आउदा यहाँ राम्रो भनिँदैन, स्टन्ट भनिन्छ,’ उनले भने, ‘सरसफाई नीति बनाएर लागू गरिएको छ, म आफैं सहभागी भएर सरसफाइलाई संस्कृतिको रुपमा निर्माण गर्न खोजिरहेको छु, मिडियाहरुले नै खिसी गरेर उडाउँछ ।’ उनले मन्त्री भए यता गरिएका कुन–कुन काम स्टन्ट हो भन्दै प्रश्न समेत गरे । वार्षिक ५१ हजारमा ९ रोपनी जग्गा मारवाडीले भोग चलन गरिरहेको र त्यसलाई आफूले खोसेको बताए ।

    ६ वर्षदेखि थन्किएको फ्लाइङ स्कुलको फाइल खोलिएको र नेपाली आकाश कालो सूचीबाट हट्दै गरेको समेत उनको दाबी छ । वायु सेवा निगम सुधार हुने क्रममा रहेको दाबी गर्दै उनले पर्यटन र संस्कृति नीति बनाउनु पनि स्टन्ट नै हो ? भन्दै प्रश्न गरे । ‘अरु थुप्रैथुप्रै कामको फेहेरिस्त हामीसँग छ । यसलाई पनि स्टन्ट नै भनेर उडाइन्छ यहाँ,’ उनले भने ।

  • गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

    गृहमन्त्रीको राजीनामा माग्दै तरुण दलको प्रदर्शन

    काठमाडौं । सत्तारुढ दल नेपाली काँग्रेकको भ्रातृ संगठन तरुण दलले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग्दै प्रदर्शन गरेको छ।

    गत बुधबार रिपोर्टर्स क्लबको कार्यक्रमबाट बाहिरिने क्रममा काँग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको खुकुरी आक्रमणको विरोधमा तरुण दलले शुक्रबार विरोध प्रदर्शन गर्दै गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो।