काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग टूमा नेपालले यूएईमाथि ४२ रनको सानदार जित निकालेको छ । यससँगै यूएईको त्रिकोणात्मक सिरिजमा तीन खेल जितेको नेपालले ओडीआई स्टाटस जोगाउने सम्भवना बलियो बनाएको छ । नेपालले दिएको २३० रनको लक्ष्य पछ्याएको यूएईले ४५ ओभरमा सबै विकेट गुमाएर १८७ रन मात्र बनाउन सक्यो । सोमपाल कामीले पहिलो ओभरको… Continue reading यूएईमाथि नेपालको सानदार जित
Category: समाचार
होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा सुरक्षा व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने खालका गतिविधि नियन्त्रण गर्न तथा दुर्घटनारहित होली बनाउन महाशाखाले ट्राफिक व्यवस्थापनको योजना तयार गरी थप जनशक्ति परिचालन गरिने जनाएको हो । पर्वका नाममा हुने विकृति र… Continue reading होलीमा उपत्यकामा सुरक्षा व्यवस्था कडाई
आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै
काठमाडौं । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय शृङ्खलामा आज नेपालले घरेलु टोली यूएईसँग खेल्दैछ । लिग टुमा नेपालले अहिलेसम्म यूएईलाई हराउन सकेको छैन । खेल दुबई इन्टरनेशनल मैदानमा बिहान पौने १२ बजे सुरु हुनेछ । आजको खेल लिग टु को शीर्ष तीनमा पर्ने सम्भावना कायम राख्नका लागि महत्त्वपूर्ण छ । लिग… Continue reading आईसीसी विश्व कप क्रिकेट लिग–२ : आज नेपाल र यूएई भिड्दै
म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल
काठमाडौं । म्यानचेस्टर युनाइटेडको पोष्टमा लिभरपुलले ७ गोल हानेको छ । घरेलु मैदानमा म्यान यू ७–० ले पराजित भएको हो । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राती सम्पन्न खेलमा लिभरपुलले पहिलो हाफमा १–० को मात्र अग्रता लिएको थियो । दोस्रो हाफमा उत्कृष्ट प्रदर्शन गर्दै आधा दर्जन गोल गर्न सफल भयो ।लिभरपुलका लागि मोहमद सलाह, कोडी… Continue reading म्यानचेस्टरको पोष्टमा लिभरपुलको ७ गोल
आज होली पर्व, पहाडी भेगमा बिदा
काठमाडौं । रंगहरुको पर्व होली आज काठमाडौं उपत्यकासहित पहाडी जिल्लाहरुमा हर्षोल्लासका साथ मनाइँदै छ । फागु अर्थात् होलीको अवसरमा सरकारले सार्वजनिक विदासमेत दिएको छ । हरेक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन पहाडी तथा हिमाली जिल्लामा र त्यसको भोलिपल्ट तराई तथा भित्री मधेसका जिल्लाहरूमा वसन्त ऋतुका अनेक रङहरूलाई प्रतिविम्बित गर्ने पर्वका रूपमा होली पर्व हर्षोल्लासपूर्वक मनाउने… Continue reading आज होली पर्व, पहाडी भेगमा बिदा
संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने
काठमाडौं । सर्वोच्च अदालतको फैसलाबमोजिम संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संघीय संसद्मा पेस गरिने भएको छ । यसबारे आइतबार नौ दलले निर्णय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार साँझ बसेको बैठकले द्वन्द्वकालीन घटनाबाट पीडित नागरिक एवम् उनका परिवारलाई न्याय दिन आवश्यक विधेयक अदातलको फैसलाबमोजिम कानुन बन्ने गरी संसद्को यसै अधिवेशनमा प्रस्तुत गर्ने निर्णय गरेको हो ।… Continue reading संक्रमणकालिन न्याय सम्बन्धी विधेयक संसदमा पेश गरिने
वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतीहरूको समाधान उच्चस्तरीय संयन्त्र बनाएर गर्ने प्रतिबद्धता जनाएका छन् । आइतवार आर्थिक तथा बैंक, वित्तीय क्षेत्रका समसामयिक विषयमा राष्ट्र बैंकका गभर्नर र निजी क्षेत्रका प्रतिनिधिहरूसँग छलफलका क्रममा प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । प्रधानमन्त्रीसँगको छलफलपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर… Continue reading वित्तीय क्षेत्रका समस्या समाधानमा प्रधानमन्त्रीको प्रतिवद्धता
सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति
काठमाडौं । मुस्ताङमा विश्वविद्यालय स्थापना गर्न भारतलाई अनुमति दिएको भन्ने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाइ भ्रमपूर्ण रहेको सरकारले प्रतिक्रिया दिएको छ । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले विज्ञप्ति निकालेर पूर्व प्रधानमनत्री केपी शर्मा ओलीको भनाइ भनी सञ्चार माध्यममा सार्वजनिक समाचारप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएकी छिन् । ‘मुस्ताङको… Continue reading सरकारले भारतलाई मुस्ताङमा विश्वविद्यालय खोल्न अनुमति दिएको ओलीको दाविप्रति सरकारको आपत्ति
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत
काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले विश्वासको मत पाएका छन् । गत माघ २६ गते मुख्यमन्त्री बनेका कांग्रेस संसदीय दल सुदूरपश्चिमका नेता शाहले आइतबार प्रदेश सभामा विश्वासको मत लिएका हुन् । शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्यो। मतदानमा ५२ जना उपस्थित… Continue reading सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले पाए विश्वासको मत
निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान
काठमाडौं । नेपाल एयरलाइन्सको इतिहासमै महिला पाइलटले अन्तर्राष्ट्रिय उडान गरेका छन् । निगमले हाल सञ्चालन गरेको एयरबस २२० (न्यारेवडी) का क्यापटेन भावना पन्त र कोपाइलट श्रृजना राउतले इतिहासमै पहिलो काठमाडौंदेखि यूएईको उडान भरेका हुन् । अहिलेसम्म महिलाले अन्तर्राष्ट्रिय उडान गरेको रेकर्ड थिएन, आईतबार उडान गरेसँगै निगमको इतिहासमा पहिलो अन्तर्राष्ट्रिय उडान गर्ने महिना पाइटल बनेका हुन्… Continue reading निगमकै इतिहासमा दुई महिला पाइलटले गरे अन्तर्राष्ट्रिय उडान
प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने निहुँ खोजियो, जनयुद्ध अपराधीकरण गर्न मिल्छ ?
काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति बढेको बताएका छन् । सहित तथा बेपत्ता योद्धा सन्तति फाउन्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जनयुद्ध, सहिद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको दायित्व’ विषयक अन्तरक्रियामा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् । पछिल्लो समय माओवादी जनयुद्धलाई अपराधीकरण गर्ने प्रवृत्ति हाबी भएको आरोप… Continue reading प्रधानमन्त्रीमाथि मुद्दा लगाएर गिरफ्तार गर्ने निहुँ खोजियो, जनयुद्ध अपराधीकरण गर्न मिल्छ ?
‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्धको रिट दर्ता गर्न सर्वोच्च अदालतले सर्वोच्च प्रशासनलाई दिएको आदेशप्रति माओवादीले आपत्ति जनाएको छ। नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै न्यायालयबाट भएको यस्तो आदेशप्रति गम्भीर ध्यानाकर्षण भएको जानकारी दिएका हुन् । न्यायाधीश ईश्वर खतिवडा र हरि फुयाँलको संयुक्त इजलासले उक्त… Continue reading ‘प्रचण्डविरुद्धको मुद्दा दर्ता गर्ने आदेश शान्ति सम्झौता विपरीत’
सुदूरपश्चिमका मूख्यमन्त्री शाहले आज विश्वासको मत लिने
काठमाडौं । सुदूरपश्चिममका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने भएका छन् । दिउँसो १ बजेका लागि प्रदेशसभा बैठक आह्वान गरिएको छ । अझै गठबन्धनभित्रका दलहरुबीच मत दिने विषयमा अन्तिम समझदारी भने भइसकेको छैन । संविधानको धारा १६८ (३) अनुसार प्रदेश सभामा सबैभन्दा ठूलो दल रहेको कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहको नेतृत्वमा सरकार गठन… Continue reading सुदूरपश्चिमका मूख्यमन्त्री शाहले आज विश्वासको मत लिने
सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने
काठमाडौं । सोमबार र मंगलबार मनाइने फागु पर्व अर्थात् होली सभ्य तरिकाले मनाउन प्रहरीले अनुरोध गरेको छ । होहल्ला नगरि, जाँडरक्सी तथा लागुपदार्थ नखाइ एकआपसमा रमाएर होली मनाउन प्रहरीले अनुरोध गरेको छ । होलीलाई व्यवस्थित गर्न यसपालि पनि प्रहरीले विशेष सुरक्षा योजना लागू गर्दैछ । इच्छा विपरीत रङ्ग वा लोला हाने पक्राउ गरेर मुद्दा चलाउने… Continue reading सभ्य तरिकाले होली मनाउन प्रशासनको आह्वान, नत्र कारवाही हुने
नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने
काठमाडौं । नारायणगढ(मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएको सडक खण्ड अब बन्द नहुने भएकोछ । आइतबारदेखि सडक बन्द नगरिने भएको हो । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान… Continue reading नारायणगढ–मुग्लिन सडक अब बन्द नगरिने
तराई भेगमा हावाहुरीको सम्भावना
काठमाडौं । देशको पहाडी भू–भागमा मौसम बदली भएको छ । पश्चिमी वायुको सामान्य प्रभावका कारण मौसम बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज आइतबार पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । कोशी प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्का… Continue reading तराई भेगमा हावाहुरीको सम्भावना
धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
काठमाडौं । धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा धनुषाको लक्ष्मीनियाँ गाउँपालिका–४ सपहीका ४५ वर्षीय रामएकवाल ठाकुर र ६० वर्षीय सत्तो साहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुर ढल्केबर सडकखण्ड अन्तर्गत लक्ष्मीनियाँमा शनिबार राति करिब ९ बजे ज१त ५२४५ नम्बरको ट्याक्टर र ज१०प ६४२९ नम्बरको मोटरसाइकल… Continue reading धनुषामा ट्याक्टर र मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु
न्यूजिल्याण्डमा भूकम्प, क्षतिको विवरण आउँदै
काठमाडौं । न्युजिल्याण्डको केर्माडेक टापुमा शनिबार बिहान ६ः४१ बजे ६.९ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको छ । एक सय ५१.६ किलोमिटर गहिराइमा रहेको उक्त भूकम्पको केन्द्र सुरुमा २९.८७४ डिग्री दक्षिणी अक्षांश र १७८.४३१ डिग्री पश्चिम देशान्तरमा रहेको बताइएको छ । भूकम्पको असर बारे विस्तृत विवरण भने सार्वजनिक हुन बाँकी छ ।
लागुऔषध खाएर सवारी चलाउने ११ चालक पक्राउ
काठमाडौं । लागुऔषध प्रयोग गरी गाडी चलाउने ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गत राति नागढुंगामा गरेको विशेष जाँचका क्रममा ११ जनाले लागुऔषध प्रयोग गरी गाडी चलाएको पाइएको हो । राति १० बजेदेखि ११ बजेसम्म प्रहरीले २५ जनाको परीक्षण गरिएको लागुऔषध प्रयोग गरेका ११ जनालाई नेपाल प्रहरी अस्पताल, लागु… Continue reading लागुऔषध खाएर सवारी चलाउने ११ चालक पक्राउ
फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल
पोखरा । फेवातालमा शनिबार दिउँसोको हावाहुरीले दुई वटा डुङ्गा पल्टिएका छन् । एउटा डुङ्गामा चढेकी एक जना महिला डुबेपछि सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको थियो । अहिले उनलाई पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ । हावाहुरीले गर्दा अर्को डुङ्गा पनि पल्टिएको थियो । त्यसमा सवार चार जना युवाहरु आफै पौडी खेलेर… Continue reading फेवातालमा हावाहुरीका कारण डुंगा पल्टिए, एक महिलाको उद्धार, अन्य सकुसल
माधव कुमार नेपालका भाई सरोजको ६ तलामाथिबाट झरेर निधन
काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालका भाई सरोजकुमार उपाध्यायको ६ तला माथिबाट झरेर निधन भएको छ । उनी एकीकृत समाजवादी नेता समेत हुन् । उपाध्याय शनिबार शंखमुलस्थित एक रेष्टुरेन्टको ६ तलामाथिबाट खसेको प्रहरीले जनाएको छ । एकीकृत समाजवादीका उपमहासचिव विजय पौडेललाई उदृत गर्दै सञ्चारमाध्यमले जनाए अनुसार उनलाई तत्काल उद्दार गरेर सिभिल अस्पताल लगिएको… Continue reading माधव कुमार नेपालका भाई सरोजको ६ तलामाथिबाट झरेर निधन
कस्तो रहनेछ आजको मौसम ?
काठमाडौं । पश्चिमी वायुको सामान्य प्रभाव रहेकाले हाल कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। देशका पहाडी भू(भागका थोरै स्थानहरूमा मेघगर्जन र… Continue reading कस्तो रहनेछ आजको मौसम ?
जेष्ठ नागरिक र अपांगता भएका नागरिकले ए-डिभिजन लिग निःशूल्क हेर्न पाउने
काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगका सबै खेलहरूमा अपाङ्गता भएका र जेष्ठ नागरिकहरुका लागि निःशुल्क हेर्न पाउने भएका छन् । खेलहरू सञ्चालन भइरहेका तीनवटै स्टेडियममा अपाङ्गता तथा जेष्ठ नागरिकहरुको परिचय पत्र देखाएर निस्शुल्क प्रवेश गर्न पाइने व्यवस्था गरिएको एन्फाले जनाएको छ । फागुन १९ गतेदेखि सुरु भएको ए डिभिजन लिगका खेलहरू दशरथ रंगशाला, च्यासल… Continue reading जेष्ठ नागरिक र अपांगता भएका नागरिकले ए-डिभिजन लिग निःशूल्क हेर्न पाउने
नेपालमा सोलो ट्रेकिङमा जानेले अब गाइडबीना घुम्न नपाउने
काठमाडौं । नेपालमा अब विदेशी पर्यटकले विनागाइड पदयात्रामा जान नपाउने गरी प्रतिवन्ध लागेको छ । नेपाल पर्यटन बोर्डले १ अप्रिल २०२३ देखि लागु हुने गरी यस्तो निर्णय गरेको बोर्डका निर्देशक मणिराज लामिछानेले जनाएका छन् । नेपालमा कोभिड–१९ भन्दा अगाडि सन् २०१९ मा ४६ हजार १४२ पर्यटक ‘फ्रि इन्डिभ्युजुअल ट्रेकर (एफआईटी)’का रुपमा आएका थिए । सन्… Continue reading नेपालमा सोलो ट्रेकिङमा जानेले अब गाइडबीना घुम्न नपाउने
दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो । किसानले पाउने दूधको मूल्य लिटरमै ९ रुपैयाँले बढाउने निर्णय भएको हो । किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मान्त्रालयबाट आएको प्रस्ताव पछि सरकारले यस्तो निर्णय… Continue reading दुधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढ्यो
रामचन्द्रले मागे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट
काठमाडौं । नेपाली कांग्रेसबाट राष्ट्रपति पदका उम्मेदवार रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीसँग मत मागेका छन् । शुक्रबार अपरान्ह पौडेलसहित कांग्रेस नेताहरु राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यालय बसुन्धरा पुगेका थिए । त्यहाँ सभापति रवि लामिछानेसहितका पदाधिकारीसँग भेट गरी पौडेलले २५ फागुनमा हुने राष्ट्रपति निर्वाचनमा मत मागेका थिए । तर रास्वपा नेताहरुले भने पार्टीको बैठक बसेर निर्णय गर्ने… Continue reading रामचन्द्रले मागे राष्ट्रिय स्वतन्त्र पार्टीसँग भोट
आइसीसी क्रिकेट विश्वकप लिग टू : नेपालको महत्वपूर्ण जित
काठमाडौं । ओपनर आसिफ शेख र सन्दीप लामिछाने आठौं विकेटका लागि कीर्तिमानी साझेदारी गरेपछि नेपालले आईसीसी क्रिकेट विश्वकप लिग टूमा पपुवा न्युगिनीलाई ३ विकेटले हराएको छ । ओपनर आसिफले धैर्यपूर्वक ब्याटिङ गर्दै अविजित ८६ रन बनाएपछि पपुवा न्युगिनीले दिएको १८० रनको लक्ष्य नेपालले ४८ ओभर खेल्दै ७ विकेट गुमाएर पूरा गर्यो । ब्याटिङमा नेपालको सुरुवात… Continue reading आइसीसी क्रिकेट विश्वकप लिग टू : नेपालको महत्वपूर्ण जित
राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो
काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा नपाएको गुनासो गरेकी छिन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले सो गुनासो गरेकी हुन् । राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रहेकैकारण आफूलाई सेवा, सुविधा दिने कुरामा पनि विभेद् र अन्याय भएको उल्लेख गर्दै उपसभामुख रानाले… Continue reading राज्यबाट सेवा सुविधा नपाएको उपसभामुखको गुनासो
साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी
काठमाडौं । सरकारले साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार गर्न उच्चस्तरीय समिति गठन गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको प्रस्तावमा फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उच्चस्तरीय कार्यदल गठन गरिएको हो । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ । सूचना प्रविधि विज्ञ जुद्धबहादुर गुरुङको संयोजकत्वमा रहेको… Continue reading साइवर सुरक्षा सम्बन्धी नीति बनाउने तयारी
स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु
काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनावी प्रक्रिया आजबाट सुरु हुँदैछ । चुनाव ५ चैतमा तोकिएको छ । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार चुनावमा भाग लिन चाहने विद्यार्थी सङ्गठनले आज दिउँसो ३ बजेभित्रमा नाम दर्ता गर्नु पर्ने भएको छ । फागुन २१ मा निर्देशनालयले मतदाताको नामावली… Continue reading स्ववियुको चुनावी प्रक्रिया आजबाट सुरु