Category: समाचार

  • उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे

    उपप्रधानमन्त्री खड्का अस्पताल भर्ना, प्रधानमन्त्रीले भेटे

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज अस्पतालमा पुगेर उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

    उपप्रधामन्त्री खड्कालाई प्रोस्टेटको समस्या भएपछि गत बुधबार नेपाली सेनाको बीरेन्द्र अस्पताल छाउनीमा भर्ना भएका थिए । उनको प्रोस्टेटको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको सो अस्पतालका चिकित्सक डा. भरतबहादुर भण्डारीले जानकारी दिएका छन् ।


    शल्यक्रियापछि अस्प्तालकै वार्डमा रहेका उपप्रधानमन्त्री खड्काको स्वास्थ्यअवस्था सुधारोन्मुख रहेको चिकित्सक तथा अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी भण्डारीले जानकारी दिए । उपप्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारेमा प्रधानमन्त्री प्रचण्डले आज अस्पतालमै पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

  • चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण

    चीनले नयाँ नक्सा जारी गरेपछि मेयर बालेनले रद्द गरे भ्रमण

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले चीनले हालै जारी गरेको नक्साप्रति आपत्ति जनाउँदै चीन भ्रमण रद्द गरेका छन्। बिहीबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै बालेनले नैतिकताका आधारमा चीन भ्रमणमा नजाने निर्णय गरेको जानकारी दिएका छन्।

    बालेनले लेखेका छन्, हामी नेपालले २०७७ साल जेठ ७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समेटेर नयाँ चुच्चे नक्सा निकालेका थियौं। केही दिनपहिले चीनको प्राकृतिक स्रोत मन्त्रालयले उक्त स्थानलाई हटाएर पहिलेको बुच्चे नक्सालाई कायम गरेर नेपालको नक्सा सार्वजनिक गरेको छ। नेपाली भूभागलाई चीनले नेपाललाई नै नसोधी भारतको देखाउनु हाम्रो संवेदनशीलतामाथि चालेको गलत कदम मानेका छौं। त्यसैले आज मेरो, चीनको निमन्त्रणामा हुँदै गरेको ५ दिने भ्रमण नैतिकताको आधारमा नजाने निर्णय गरेको छु।

    गत सोमबार चीनको प्राकृतिक स्रोत मन्त्रालयले झेजियाङ प्रान्तको देकिङ काउन्टीमा आयजित एक कार्यक्रममा नक्सा सार्वजनिक गरेको थियो। सीमाबारे जनचेतना अभिवृद्धि गर्ने सप्ताह र सर्भेइङ एन्ड म्यापिङ पब्लिसिटी डेका अवसरमा नयाँ नक्सा जारी गरिएको हो। भारतीय सञ्चारमाध्यमहरूले चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश र अक्साई चीनलगायत भूमि पनि समेटिएको बताएका छन्। द हिन्दुका अनुसार चीनको नयाँ नक्सामा अरूणाचल प्रदेश चीनको क्षेत्र समेटिएको छ।

    ती दुई क्षेत्रबारे भारत र चीनबीच विवाद छ। चीनले यसअघि पनि ती ठाउँलाई आफ्नै नक्सामा राख्ने गरेको थियो। केही समयअघि चीनले अरूणाचलका ११ ठाउँको नाम परिवर्तन गरेको थियो। भारत र चीनबीच लद्दाखदेखि अरूणाचलसम्म सीमा विवाद छ। चीनले जारी गरेको नयाँ नक्सामा नेपाली भूमि लिम्मियाधुरा, लिपुलेक क्षेत्र भारतमा देखाइएको छ।

  • सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

    सगरमाथामा प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिकलाई सम्मान

    काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको आठ हजार मिटर उचाइबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई सम्मान गरिएको छ । बाबु एडभेन्चर प्याराग्लाइडिङ, सेभेन समिट ट्रेक्स प्रालि र नेपाल विग माउण्टेन ट्राभस कम्पनीले उनलाई बुधबार सम्मान गरेको हो ।

    चिनियाँ नागरिकले सानटाओले गत मे १८ तारिखमा सगरमाथाको आठ हजार मिटर उचाइदेखि बेस क्याम्पसम्म प्याराग्लाइडिङ गरेका थिए । सम्मान कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछानेले नेपालमा हिमालको शिरबाट प्याराग्लाइडिङ गरिनु पर्यटन क्षेत्रका लागि नयाँ सम्भावना भएको बताए ।

    ‘नेपाल पर्यटन क्षेत्रको अथाह सम्भावना भएको मुलुक हो, हामीसँग भएको पर्यटकीय क्षेत्रलाई विश्वमाझ पु¥याएर यस क्षेत्रबाट विदेशी मुद्रा आर्जनमा लाग्नुपर्छ,’ उनले भने । नेपालले प्याराग्लाइडिङ क्षेत्रलाई अगाडि बढाउनका लागि विद्यालय नै सञ्चालन गरेर शिक्षा प्रदान गर्दै आइरहेको उनको भनाइ थियो ।

    प्याराग्लाइडिङ आरोही चिनियाँ नागरिक ली सानटाओले आफूले पहिलोपटक सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेको स्मरण गर्दै सोही समयदेखि नै सगरमाथामा प्याराग्लाइडिङ गर्ने सपना बुनेको बताए । ‘मैले सन् २०१५ मा पोखरामा प्याराग्लाइडिङ गरेपछि सन् २०१६ मा प्याराग्लाइडिङ कोर्ष पढेर क्रमशः पाँच हजार, छ हजार र सात हजार मिटर अग्ला चीनका हिमालमा प्याराग्लाइडिङ गरेँ, त्यसपछि सगरमाथामा प्याराग्लाइडिङ गर्ने इच्छा जाग्यो र सगरमाथाबाट प्याराग्लाइडिङ गरेँ,’ उनले भने ।

    वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यले पर्यटन क्षेत्रमा नयाँ कुरा बिक्री गर्नसके देशको विकासमा पर्यटनले ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘पर्यटनको हिसाबले विश्वको उत्कृष्ट मुलुक नेपाल हो, नेपालको पर्यटन रहेन भने विश्वको पर्यटन रहन सक्दैन,’ उनले भने ।

    सेभेन समिट ट्रेक्स प्रालिका सञ्चालक एवं वरिष्ठ पर्यटन व्यवसायी मिङ्मा शेर्पाले नेपालका हिमाल प्याराग्लाइडिङ गर्ने खालका रहेकाले यसलाई सरकारले अगाडि बढाउनुपर्ने बताए । कोरोनापछि नेपालको पर्यटन क्षेत्र लयमा फर्किन थालेको उनको भनाइ थियो । त्यसअघि बुधबार दिउँसो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सगरमाथाबाट प्याराग्लाइडिङ गरेका चिनियाँ नागरिक ली सानटाओलाई मन्त्रालयमा सम्मान गरेका थिए ।
    रासस

  • सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो

    सुन तस्करीको अनुसन्धान गर्न प्रहरीको टोली भारत पुग्यो

    काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणको अनुसन्धानका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एउटा टोली भारत पठाएको छ । सीआईबीले प्रहरी नायब उपरीक्षक (डीएसपी) धर्मराज भण्डारीलाई भारत पठाएको हो । थप अधिकृतलाई पनि भारत पठाउने तयारी भइरहेको समेत जनाइएको छ ।
    हङकङबाट ब्रेक प्याडभित्र लुकाएर ल्याएको सुन ३ साउनमा बरामद भएको थियो । १

    ९ दिनसम्म राजश्व अनुसन्धान विभागले अनुसन्धान गरेर यसमा संगठित अपराधको तत्व देखिएको थप अनुसन्धानका लागि सीआईबीलाई हस्तान्तरण गरिएको थियो । त्यसक्रममा सीआईबीले सुन आउने ठाउँ हङकङमा केही कागजातको संलकन र तथ्यहरुको प्रमाणिकरणका लागि एसएसपी दिनेश आचार्यलाई पठाएको छ भने दिल्लीमा भण्डारीलाई पठाएको हो ।


    हङकङबाट आएको सुनको गन्तव्य भारत गएकाले त्यहाँको नेक्ससबारे भारतीय पक्षसँग समन्वय गरेर भण्डारीले सूचना संकलन गर्ने एक अधिकृतले बताए । सीआईबीले हालसम्म यो प्रकरणमा २५ जनालाई पक्राउ गरेको छ । पक्राउ परेकामध्ये ६ जना विदेशी नागरिक छन् । सुन तस्करीमा चिनियाँ नागरिकहरुको मुख्य भूमिका देखिएको छ । नेपालको पाटाको व्यवस्थापन बेल्जियन नागरिक दावा छिरिङले गरेको आशंका गरिएको छ ।

  • खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य

    खाना पकाउने ग्यासहित बढयो पेट्रोलियम पदार्थको मूल्य

    काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँ वृद्धि गरेको हो ।

    अब काठमाडौंमा पेट्रोलको मूल्य एक लिटरको १७८ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको १६७ र खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १८९५ रुपैयाँ पुगेको छ । निगमले स्वचालिन मूलय प्रणाली अनुसार मूल्य समायोजन गर्दै आइरहेको छ ।

  • अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु

    अमेरिकामा घातक आँधी, कम्तिमा तीन जनाको मृत्यु

    काठमाडौं । अमेरिकामा समुद्री आँधी ‘इडालिया’का कारण तीन जनाको ज्यान गएको छ । दक्षिणपूर्वी क्षेत्रमा आँधीबाट तीन जनाको ज्यान गएको हो । ज्यान गुमाउनेमा दुई जना मोटरसाइकल चालक र एक जना जर्जियाका नागरिक रहेका छन् । समुद्री आँधीले क्यालिफोर्निया सबैभन्दा बढी प्रभावित भएको छ भने अन्य राज्यहरुमा पनि तुफानसहित ठूलो पानी परेको छ ।

    तीव्र गतिको तुफानका कारण अमेरिकामा एक हजारभन्दा धेरै हवाई उडान रद्द भएका छन् । आँधीका कारण राष्ट्रपति जो बाइडेनका पूर्वनिर्धारित कार्यक्रमहरु पनि प्रभावित भएका ह्वाइटहाउसलाई उद्धृत गरी अलजजिराले जनाएको छ । आजदेखि इडालिया आँधीको गति केही मत्थर हुँदै जाने मौसमविद्को अनुमान छ ।

  • गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु

    गोसाइँकुण्डमा रक्षाबन्धनको अवसर पारी पुगे ४ हजार तीर्थालु

    काठमाडौं । जनैपूर्णिमा पर्वका अवसरमा गोसाइँकुण्डमा स्नान गर्ने भक्तजनको घुइँचो लागेको छ। मेला भर्न नीलाद्री पर्वत पुगेका करिब चार हजारभन्दा बढी भक्तजनले आज गोसाइँकुण्डमा स्नान तथा पूजा आरधना गरिरहेका छन्।
    समुद्र सतहदेखि १४ हजार एक सय फिटको उचाइमा अवस्थित पवित्र कुण्डमा मिरमिरे उज्यालोदेखिनै भक्तजनले स्नान एवं पूजा आरधना कार्य थालेका गोसाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमले जानकारी दिए।

    अधिकांश भक्तजन बुधबार साँझनै कुण्डस्थलमा बास बस्न पुगेका थिए भने केही भक्तजन बीचबाटोमा बास बसी आज बिहानै तीर्थस्थल पुगेका छन्। थोर बहुतयात्रु भने लौरीविनायकको उकालो चढिरहेका जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुवास बुढाथोकीले बताए।

    गोसाइँकुण्डमा स्नान गरी पूजा आराधना गर्नाले आफ्नो मनोकाङ्क्षा पूरा भई घरपरिवारमा सुख शान्ति बढ्ने र पारिवारिक मिलनमा थप प्रगाढ हुने विश्वास रहिआएको छ। गोसाइँकुण्डको दर्शन गर्ने सबैभन्दा ठूलो पर्व जनैपूणिर्माको दिन कुण्डको जलाशयमा फूल प्रसाद चढाउँदा सम्पूर्ण देवदेवताको दर्शन मिल्न गई आफूले सोचेका सबै कुरा पूरा हुने धार्मिक मान्यताअनुरूप गोसाइँकुण्ड पुग्ने चलन रहिआएको छ।

    गोसाइँकुण्ड पुगेका भक्तजनलाई नेपाली सेना, गोसाइँकुण्ड गाउँपालिका, रसुवा जिल्ला अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, हिमालय उद्धार सङ्घसमेतले चिकित्सक एवं स्वास्थ्यकर्मी परिचालन गरी धुञ्चेदेखि गोसाइँकुण्डसम्म प्राथमिक उपचार सेवा प्रदान गर्दैआएको प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले जानकारी दिए।

    समग्रको सुरक्षा एवं लेक लागि गम्भीर बिरामी परेका यात्रुको उद्धारका लागि नेपाल प्रहरीले ४०, नेपाली सेना विष्णुदल गणले ६० र सशस्त्र प्रहरी बलका २० सुरक्षाकर्मी परिचालन गरिएको छ। यात्रुले ल्याएका सवारी साधनको पार्किङ व्यवस्था गोसाइँकुण्ड गाउँपालिकाले गरेको छ।

  • गाइजात्रा पर्व आज मनाइँदै

    गाइजात्रा पर्व आज मनाइँदै

    काठमाडौं । परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ-आफ्नो क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका खुवाउने चलन छ । यसो गर्नाले वर्षभरि मृत्यु भएका व्यक्ति गाईको पुच्छर समाइ वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ ।

    गाईजात्राको अवसरमा प्रहसन, सामाजिक विकृतिप्रति व्यंग्यात्मक प्रस्तुतीसहितका कार्यक्रम गर्ने चलन छ । राजा प्रताप मल्लले पुत्रशोकले विहृवल भएकी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन ‘जनतालाई आ-आफ्नो घरका मरेका व्यक्तिका नाममा गाईजात्रा निकाली सहर परिक्रमा गराउनू’ भनी आज्ञा दिएका आधारमा यो पर्व सुरु भएको बताइन्छ ।

    यति गर्दा पनि रानी शोकबाट मुक्त हुन नसकेपछि विभिन्न प्रकारका व्यंग्यात्मक कार्यक्रमसमेत गराउन आदेश दिएपछि हाँस्यव्यंग्यको चलन सुरु भएको जनश्रुती छ । आजै रक्षाबन्धन र जनैपूणिर्मा पर्व पनि मनाइँदै छ । तिथी घटबढका कारण रक्षा बन्धन, जनैपूणिर्मा र गाईजात्रा पर्व एकै दिन परेको नेपाल पञ्चाङ्ग निणरयक विकास समितिले जनाएको छ ।

  • आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

    आज जनै पूर्णिमा पर्व देशभर मनाइँदै

    काठमाडौं । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने जनैपूर्णिमा पर्व आज देशभर नयाँ जनै फेरेर र रक्षाबन्धन ९डोरो० बाँधेर मनाइँदै छ । तिथी घटबढका कारण आजै गाईजात्रा पर्व पनि परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

    पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्छन् । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको दाहिने नाडीमा बाँधिदिने गर्छन् ।

    यसै दिन ब्राह्मण, क्षत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै फेर्नुपर्ने विधान शास्त्रमा उल्लेख रहेको धर्मशास्त्रका जानकार डा। बासुदेवकृष्ण शास्त्रीले जानकारी दिए । गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको डोरो ९रक्षासूत्र० धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास रहेको उनले बताए ।

    तागाधारीले पूर्णिमाका दिन बिहानै पोखरी, ताल, तलाउ, नदी र कुण्डमा गई स्नान गरी जौ, तिल र कुशद्वारा ऋषिहरुलाई तर्पण गरी वैदिक रुद्राभिषेक पद्धतिबाट मन्त्रिएको नयाँ जनै ९यज्ञोपवीत० फेर्ने गर्दछन् ।

    अरुन्धतीसहित कश्यप, अत्रि, भारद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भन्ने गरिन्छ । डा. शास्त्रीका अनुसार वैदिक गुरु परम्पराअनुसार यज्ञोपवीत अर्थात् जनैलाई ब्रह्मसूत्र अथवा ज्ञानको धागो भनिन्छ ।

    रक्षाबन्धन बाँध्न एवं नयाँ जनै फेर्न बिहानैदेखि काठमाडौंको पशुपतिनाथ मन्दिर परिसर, वसन्तपुरस्थित अशोक विनायकलगायत वाग्मती नदी किनार र मठ मन्दिरमा भक्तजनको चहलपहल छ । यसैगरी रसुवाको गोसाइँकुण्ड, ललितपुरको कुम्भेश्वर, सिन्धुपाल्चोकको पाँचपोखरी, धनुषाको जनकपुरधाम, धनुषसागर र गंगासागर, जुम्लाको दानसाधु एवं नवलपरासीको त्रिवेणीधामलगायत स्थानमा पनि बिहानैदेखि मेला लागेको छ ।

    नेपालको तराई मधेशमा भने आजकै दिन दिदीबहिनीले दाजुभाइलाई राखी बाँधिदिएर यो पर्व मनाइन्छ । यसबाट दिदीबहिनी र दाजुभाइ बीच प्रेमसम्बन्ध बढ्छ भन्ने सामाजिक मान्यता छ । जनैपूर्णिमाका विभिन्न थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । क्वाँटी खानाले शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायामभर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो हटाइ ताप सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

  • पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित

    पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित

    काठमाडौं । पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड प्रभावित भएको छ । टोपे खोलामा आज बिहान खसेको पहिरोले मुग्लिन–नारायणगढ सडकमा यातायात असहज भएको हो । अहिले पहिरो पन्छाएर एकतर्फीमात्र बाटो खुलाइएको छ ।

    सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । पहिरो हटाएर नसकुन्जेलसम्म सवारी साधनहरुलाई मुग्लिन र जुगेडीमा रोकिएको छ

  • गाबोनमा सेनाले गर्यो सत्ता कब्जा

    गाबोनमा सेनाले गर्यो सत्ता कब्जा

    काठमाडौं । अफ्रिकी देश गाबोनमा सेनाले सत्ता कब्जा गरेको छ । सेना अधिकारीहरूले आफूले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेका बीबीसीले जनाएको छ ।

    सेनाका अधिकारीहरूले गएको चुनावको नतिजा रद्द गरेको बताएका छन् । चुनाव आयोगले राष्ट्रपति अली बोङ्गो झन्डै दुई तिहाइ मतसहित विजयी भएको घोषणा गरेको थियो । विपक्षीले चुनावमा धाँधली भएको आरोप लगाएका छन् ।

    यो विद्रोहसँगै देशमा बोङ्गो परिवारको ५३ वर्ष लामो शासनको अन्त्य भएको छ । समाचार एजेन्सी एएफपीले सेनाका अधिकारीहरूलाई उद्धृत गर्दै अपदस्थ राष्ट्रपति अली बोङ्गोलाई उहाँको घरमा हिरासतमा राखिएको बताएको छ ।

    सेनाका अधिकारीहरूले ग्याबोनको सीमा बन्द गरिएको बताएका छन् । राजधानी लिब्रेभिलमा आज बुधवार बिहानै गोली चलेको आवाज सुनिएको थियो । राजधानीका सडक सुनसान थिए । ग्याबोन प्राकृतिक तेलको स्रोतमा धनी देश हो ।

  • एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल

    एसिया कपमा पाकिस्तानसँग फराकिलो अन्तरले हार्यो नेपाल

    काठमाडौं । एसिया कप २०२३ मा नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग फराकिलो अन्तरले पराजित भएको छ। बुधबार भएको उद्‌‌घाटन खेलमा नेपाललाई घरेलु टिम पाकिस्तानले मुल्तान मैदानमा २३८ रनको फराकिलो अन्तरले पराजित गर्‍यो। पाकिस्तानले दिएको ३४३ रनको लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा १०४ रनमै अलआउट भयो।

    नेपालका लागि आरिफ शेखले २६ रन, सोमपाल कामीले २८ रन र गुल्सन झाले १३ रन जोडे। अरु ब्याट्सम्यान दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङमा पाकिस्तानका शादब खानले ४ विकेट लिए । शाहिद शाह अफ्रिदी र हरिस राउफले २–२ विकेट लिए। त्यसअघि पाकिस्तानको मुल्तान रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ६ विकेटको क्षतिमा ३४२ रन जोड्यो।

    पाकिस्तानका लागि कप्तान बाबर आजम र इफ्तिखर अहमदले शतक प्रहार गरे। आइसिसी विश्व ब्याट्सम्यान वरीयताको शीर्ष स्थानमा रहेका बाबरले १५१ रन जोडे। अन्तिम ओभरमा नेपालका सोमपाल कामीको बलमा क्याच हुनुअघि उनले १३१ बलमा १४ चौका र ४ छक्का प्रहार गरे। यस्तै इफ्तिखरले नटआउट १०९ रन जोडे। उनले ७१ बलमा ११ चौका र ४ छक्का प्रहार गरे।

    बाबर र इफ्तिखरबीच पाँचौ विकेटका लागि २२४ रनको साझेदारी भएको थियो। त्यसअघि नेपालले पहिलो पावरप्लेमा पाकिस्तानका दुवै ओपनरलाई आउट गर्न सफल भयो। नेपालका लागि करण केसीले पहिलो सफलता दिलाएका थिए।

    करणले फखर जमानलाई विकेटकिपर आसिफ शेखको उत्कृष्ट क्याचमार्फत् १४ रनमा आउट गरेका थिए। यस्तै कप्तान रोहितकुमार पौडेलले डाइरेक्ट हिटमार्फत् इमाम उलहकलाई ५ रनमा रनआउट गरेका थिए। विश्वकै शीर्ष वरीयताको टिमबिरुद्ध नेपालले पहिलो पावर ‌ओभरमा २ विकेट लिँदा ४४ रन खर्चिएको थियो।

    नेपालले तेस्रो विकेटको रुपमा मोहमद रिजवानलाई २३।४ ओभरमा ४४ रनमा रनआउट गर्‍यो। उनलाई दीपेन्द्रसिंह ऐरीले डाइरेक्स हिटमार्फत् रनआउट गरेका थिए। नेपालका लागि चौथो विकेट सन्दीप लामिछानेले लिए। उनले अघा सलमानलाई ५ रनमा कुशल भुर्तेलबाट क्याच गराए।

    बलिङमा नेपालका सोमपाल कामीले ३ विकेट लिन सफल भए। समूह ‘ए’ मा रहेको नेपालले समूहको अन्तिम तथा दोस्रो खेल भदौ १८ मा भारतसँग खेल्नेछ। सो खेल श्रीलंकामा हुनेछ। त्यसअघि यो समूहको अर्को खेलमा भारत र पाकिस्तानबीच भदौ १६ मा श्रीलंकामा खेल हुनेछ।

  • सुन तस्करी प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

    सुन तस्करी प्रकरण: कृष्णबहादुर महराका छोरा राहुल पक्राउ

    काठमाडौं । विद्युतीय चुरोट (भेप) मा लुकाएर भएको सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा राहुल महरा पक्राउ परेका छन् । बुधबार दिउँसो उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएको स्रोतले जनाएको छ ।

    त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन छुटाउनको लागि उनीहरुले भुमिका निर्वाह गरेको आरोप महरा बाबु–छोरालाई लागेको छ ।

    उनीहरुले चिनियाँ व्यापारीले ल्याएको सुन भन्सारबाट छुटाउन भूमिका निर्वाह गरेको र टेलिफोनबाट कैयौ पटक संवाद गरेको खुलेको छ । उक्त प्रकरणमा अन्य व्यक्तिहरु पक्राउ परेर यसअघि नै पुर्पक्षका लागि कारागार चलान भइसकेका छन्।

  • सुन प्रकरणमा फरार किशोर बस्नेत भारतबाट पक्राउ

    सुन प्रकरणमा फरार किशोर बस्नेत भारतबाट पक्राउ

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास गरेर बाहिरिँदै गरेको ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले भारतबाट एक जनालाई पक्राउ गरेको छ।

    अरु पक्राउ परेपछि भारत भागेका किशोर बस्नेतलाई सीआईबीले भारतबाटै पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। योसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेका संख्या २५ पुगेको छ।

  • समाजवादी मोर्चामा खटपट, धनगढीको पूर्वनिर्धारित सभा स्थगित

    समाजवादी मोर्चामा खटपट, धनगढीको पूर्वनिर्धारित सभा स्थगित

    काठमाडौं । सरकार अमेरिकी सहयोग परियोजना(एमसीसी) कार्यान्वयनमा जाने भएपछि समाजवादी मोर्चामा खटपट देखिएको छ ।

    राष्ट्रिय स्वाधिनताको कुरा छाडेर घोषणापत्रको मूल मर्मविपरीत अघि बढ्न खोजेपछि खटपट देखिएको नेकपा नेताले बताए । आज बिहान बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र नेत्रविक्रम चन्द ‘विप्लव’ बीच भेट भएको थियो ।

    भेटमा विप्लवले एमसीसी कर्यान्वयनमा जाने भएपछि हामीसँगै सभामा जान सक्दैनौं भनेपछि स्थगित भएको हो । आज धनगढीमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेकपाका महासचिव विप्लव र जसपा सुदूरपश्चिम प्रदेश इन्चार्ज गोविन्द चौधरीलगायतले सम्बोधन कार्यक्रम तय भएको थियो ।

  • न्याय नपाएपछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास

    न्याय नपाएपछि पेट्रोल छर्किएर आत्मदाहको प्रयास

    काठमाडौं । गुल्मी जिल्लामा प्रहरी प्रशासन कार्यालय अगाडि एक व्यक्तिले आत्मदाहको प्रयास गरेका छन् ।

    जिल्ला प्रहरी कार्यालय अगाडि न्याय माग्न आएका ती पीडितले न्याय नपाएपछि आफ्नै शरीरमा पेट्रोल छरेर आत्मदाह प्रयास गरेका हुन् ।

    प्रहरी कार्यालयअगाडि रहेको भीडमाझ उनले आत्मदाहको प्रयास गरिरहँदा अन्य मानिसले शरीरबाट आगो हटाएर उनलाई जोगाएका थिए । केहीले उनलाई बचाउन पानी नहाल्न अनुरोध गरिरहेका थिए ।

  • त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

    त्रिभुवन विमानस्थलका १३७ कर्मचारीले मागे सामूहिक सरुवा

    काठमाडौं । त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा कार्यरत १३७ जना कर्मचारीहरूले सामूहिक सरुवा मागेका छन् ।

    पछिल्लो समयमा ६० किलो सुन बरामदको घटनापश्चात काम गर्ने मनोविज्ञान तथा वातावरण नभएको भन्दै सरुवा मागेका हुन् ।

    विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बहानामा विभिन्न निकायहरूबाट आफूहरूलाई विनाकारण दु:ख दिने तथा मानसिक रूपमा क्षतविक्षत् बनाएकाले कार्यालयमा रही कामकाज गर्न कठिनाई महसुस नभएको उनीहरूको गुनासो छ ।

    भन्सार जाँचपास प्रक्रियामा राज्यबाट उपलब्ध स्रोत साधनको अधिकतम उपयोग गरी रीतपूर्वक जाँचपास हुने मालवस्तुको संवेदनशीलतालाई समेत मध्येनजर राखी आफ्नो ज्ञान, सीप र क्षमताले भ्यासम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकोमा पछिल्लो परिवेशमा सिर्जित लगभल ६० किलो सुन भन्सार चोरी/छली जाँचपासमा भएको भन्ने घटनाक्रम पश्चात विभिन्न निकायबाट गरिएका अनुसन्धान तथा छानबिनको बाहनामा विभिन्न निकायहरुबाट हामीलाई बिनाकारण दुःख दिने तथा मानसिक रुपमा क्षतविक्षत बनाउने कार्यले कार्यालयमा रही कामकाज गर्न कठिनाइ भएको महसुस भएको छ,’ भन्सार कर्मचारीद्धारा लिखित सामूहिक पत्रमा भनिएको छ ।

    सो घटनामा दोषी जो कोहीलाई कारबाही गरियोस भन्ने कुरामा आफूहरुको दुईमत नरहे पनि कर्तव्य पालनको शिलशिलामा अनावश्यक धरपकड गर्ने प्रमाण बिना थुनामा राख्ने, संलग्नता भएको यथेष्ट प्रमाण नहुँदै पक्राउ गरी दुःख दिने गरिएकाले कार्यालयमा उपस्थित भई काम गर्न कर्मचारीहरुमा मनोवैज्ञानिक त्रास उत्पन्न भएको उनीहरुले बताएका छन् ।

  • डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि

    डा. जगमान गुरुङलाई नेपाल ऋषिको उपाधि

    काठमाडौं । विश्व हिन्दु महासंघले संस्कृतविद् डा. जगमान गुरुङलाई ‘नेपाल ऋषि’को उपाधिसहित महासंघको वरिष्ठ सल्लाहकारमा मनोनीत गरेको छ ।

    सामाजिक सद्भाव र धार्मिक सहिष्णुताका लागि विश्व हिन्दु महासंघको चुनौती विषयक प्रवचन गोष्ठीमा डा. गुरुङलाई उपाधिसहित सम्मान समर्पण गरिएको हो ।

    कार्यक्रममा राप्रपाका पूर्वअध्यक्ष एवम् सांसद पशुपति शमशेर जबरा, विश्व हिन्दु महासंघका उपाध्यक्ष एवम पूर्वमन्त्री दिनबन्धु अर्याल लगायतले बोलेका थिए ।

  • चन्द्रयानको खोज : चन्द्रमामा अक्सिजन र खनिज पदार्थको संकेत भेटियो

    चन्द्रयानको खोज : चन्द्रमामा अक्सिजन र खनिज पदार्थको संकेत भेटियो

    काठमाडौं । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गगठन (इसरो) ले चन्द्रमाको सतहमा अक्सिजन र धेरै खनिज पदार्थ रहेको सङ्केत चन्द्रयान–३ को रोभरले फेला पारेको जनाएको छ । गएको बुधवार अर्थात् अगष्ट २३ तारिखमा चन्द्रमाको अनुसन्धानका लागि दक्षिणी ध्रुवमा चन्द्रयान–३ को विक्रम रोभर अवतरण भएको थियो ।

    चन्द्रमाको सतहमा फलाम, टाइटेनियम, म्याग्नीज, सिलिकन, क्रोमियम, क्याल्सियम, एल्युमिनियम र सल्फरजस्ता खनिजपदार्थको उपस्थिति प्रज्ञान रोभरमा रहेको ‘लेजर–इन्ड्युस्ड ब्रेकडाउन स्पेक्ट्रोस्कोप (एलआईबीएस) उपकरणले पत्ता लगाएको इसरोले जनाएको छ ।

    रोभरमा रहेको उपकरणले दक्षिणी ध्रुव नजिकै चन्द्रमाको सतहमा सल्फर (एस) को उपस्थितिलाई पहिलो पटक इन–सिटु मापनको माध्यमबाट स्पष्ट रूपमा पुष्टि गरेको इसरोलाई उद्धृत गरी भारतीय सञ्चार माध्यमले जनाएका छन् । हाइड्रोजनको खोजी जारी नै रहेको इसरोले एक्स अर्थात् ट्वीटर पोस्टमा उल्लेख गरेको छ ।

  • नेपालमा बरामद सुनबारे हङकङ पुगेर अध्ययन गर्दै सीआइबी

    नेपालमा बरामद सुनबारे हङकङ पुगेर अध्ययन गर्दै सीआइबी

    काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा विदेशी नागरिकको सङ्लग्नता देखिपछि इन्टरपोलको सहयोग मागेको नेपाल प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)का एक जना अधिकृतलाई सूचना संकलनका लागि हङकङ पठाउने भएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डिआइजी) कुवेर कडायतले सिआइबीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेशराज आचार्यलाई हङकङ पठाउने जानकारी दिए। एसएसपी आचार्य चाँडै आचार्य हङ्कङ जाने पनि उनले बताए।

    गत साउन ३ गते हङकङबाट ल्याइएको ६० किलो ७१६ ग्राम सुन राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय अगाडिबाट बरामद गरेको थियो। त्यसको दुई सातापछि सुन प्रकरणको अनुसन्धान सिआइबीले गरिरहेको छ। सिआइबीले यही भदौ ८ गते आवश्यक सूचना र जानकारी भए सिआइबीलाई उपलब्ध गराइदिन सार्वजनिक अनुरोध गरिसकेको छ।

    सुन प्रकरणमा भारतीय र चिनियाँ नागरिकसमेत संलग्न रहेकाले त्यहाँ रहेको इन्टरपोलसँग समन्वयका लागि यसअघि नै प्रहरीले पत्राचार गरिसकेको छ। सुन प्रकरणमा प्रहरीले २३ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । सुन तस्करी प्रकरणमा छानबिन आयोग गठन गर्ने दलहरूबीच सहमतिपछि लामो समयदेखि अवरुद्ध बनेको संसद् सञ्चालन भएको थियो। रासस

  • अमेरिकी अनुदानको कार्यक्रम एमसीसी आजबाट कार्यान्वयनमा

    अमेरिकी अनुदानको कार्यक्रम एमसीसी आजबाट कार्यान्वयनमा

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) आजदेखि कार्यान्वयनमा जाँदैछ । बुधबार दिउँसो सिंहदरबारस्थित अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी एमसिसी कार्यान्वयनमा गएको घोषणा गर्ने तयारी छ । कार्यक्रमका लागि एमसिसीका सम्झौता कार्य-सञ्चालनसम्बन्धी उपाध्यक्ष क्यामरून एलफोर्ड काठमाडौंमा छन् ।


    काठमाडौंस्थित अमेरिकी दूतावासले नेपालको नेतृत्वदायी भूमिका रहेको एमसिसी सम्झौताको प्रगतिबाट अमेरिकी सरकार उत्साहित भएको जनाएको छ।
    ‘नेपालमा एमसिसीको कार्य अवधिभर बृहत्तर सरोकारवालाहरू, नेपालका सरकारहरू र राजनीतिक दलहरूको निरन्तर सहयोगबाट मात्र यो सम्भव भएको हो ।

    यस सम्झौताको सफल कार्यान्वयन सुनिश्‍चित गर्न एमसिए-नेपालसँग साझेदारी गर्न हामी प्रतिबद्ध छौं। साथै, सम्झौताका लक्ष्यहरू समयमै हासिल गर्न संलग्न सबैले लगनशीलताका साथ काम गरिरहेका छौं,’ दूतावासले भनेको छ।

    आज कार्यान्वयनमा गएको घोषणा भएसँगै एमसिसीको पाँच वर्षे अवधि पनि गणना सुरू हुनेछ। यसको अर्थ एमसिसीअन्तर्गत बन्ने परियोजनाहरू सन् २०२८ को अगस्ट ३० सम्म सम्पन्न भइसक्नुपर्ने छ। एमसिसीअन्तर्गत ३१५ किलोमिटर लामो विद्युत प्रसारण लाइन, विद्युत सबस्टेशन र सडक मर्मत आयोजना रहेका छन्।

    प्रसारण लाइनअन्तर्गत पहिलो खण्डमा लप्सीफेदी – रातमाटे – नयाँ हेटौँडासम्मको ११७ किमि लामो प्रसारण लाइन बनाइने छ भने दोस्रो खण्डमा रातमाटेदेखि नयाँ दमौलीसम्मको ९० किमि र तेस्रो खण्डमा नयाँ दमौलीदेखि नयाँ बुटवलसम्मको ९० किमि र नयाँ बुटवलदेखि नेपाल–भारत सीमासम्मको १८ किमिको प्रसारण लाइन बनाइने छ।

    नुवाकोटको रातमाटे, तनहुँको दमौली र नवलपरासी-बर्दघाट सुस्ता पश्चिम) को भुमहीमा ४०० केभी क्षमताका सबस्टेशन बनाउन लागिएको छ। सडक आयोजनाअन्तर्गत पूर्व-पश्चिम राजमार्गमा पर्ने दाङको धानखोलादेखि लमहीसम्मको सडकको स्तरोन्नति गरिनेछ।

    यी सबै आयोजनाहरू कार्यान्वयनमा गएको पाँच वर्षभित्र सकिनै पर्ने एमसिसी सम्झौतामा उल्लेख छ। आयोजनाहरू समयमै सम्पन्न गर्नका लागि कार्यान्वयनमा गएको घोषणा गर्नुअघि पूर्वतयारीका कामहरू सम्पन्न गरिएको एमसिए नेपालले जनाएको छ।

  • अरुणाञ्चलसमेत समेटेर चीनले निकाल्यो नयाँ नक्सा, भारतको प्रतिक्रिया के ?

    अरुणाञ्चलसमेत समेटेर चीनले निकाल्यो नयाँ नक्सा, भारतको प्रतिक्रिया के ?

    काठमाडौं । चीनले सोमवार नयाँ नक्सा जारी गरेको छ। त्यसलाई आफ्नो ‘प्रचलित नक्सा’ बताएको बेइजिङले अरुणाचल प्रदेश र अक्साई चीनलाई पुनः एकपटक चीनको हिस्साको रूपमा उल्लेख गरिएको छ । चीनको उक्त नक्सामा साउथ चाइना सी र ताइवानसमेत चीनको हिस्साका रूपमा प्रस्तुत गरिएको छ।

    उक्त नक्सा सार्वजनिक गर्दै चीनको सत्तारुढ कम्युनिस्ट पार्टीको मुखपत्र मानिने अङ्ग्रेजी दैनिक द ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा लेखेको छ, “चीनको सन् २०२३ को प्रचलित नक्सा सोमवार सार्वजनिक गरिएको छ। यस नक्सा प्राकृतिक स्रोत मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो। यो नक्सा चीन र विश्वका अन्य देशको ुड्रइङु पद्धतिको आधारमा बनाइएको हो।”

    भारतीय जनता पार्टी भाजपाका नेता सुब्रमण्यम स्वामीले चीनको नयाँ नक्सालाई लिएर व्यङ्ग्यात्मक प्रतिक्रिया दिएका छन् । उनले भने, ‘मोदीलाई भन्नुहोस् कि यदि उहाँले कुनै बाध्यताका कारण भारत माताको रक्षा गर्न सक्नुहुन्न भने कम्तीमा पद छोडेर मार्गदर्शक मण्डलमा जानुहोस्। भारतलाई झुटले बचाउन सकिँदैन। भारतले अर्को नेहरु सहन सक्दैन।’ केही दिनअघि ब्रिक्स सम्मेलनका क्रममा प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिन्पिङबीच भेटवार्ता भएको पृष्ठभूमिमा यो नक्सा जारी गरिएको हो।

    दुवै देशका नेताबीच सीमा विवादबारे समेत कुराकानी भएको थियो । चीनले जारी गरेको नयाँ नक्सामा आफ्नो भूभाग समेटिएकोप्रति भारत सरकारले विरोध जनाएको छ। भारतीय विदेश मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै आफ्नो विरोध कूटनीतिक माध्यमबाट चिनियाँ पक्षसमक्ष पुर्‍याइसकिएको जनाएको छ।

    भारतीय विदेश मन्त्रालयका प्रवक्ता के अरिन्दम बागचीले सामाजिक सञ्जाल एक्स (टुइटर)मा भनेका छन् “आज हामीले कथित ‘मानक नक्सा’लाई लिएर चीनसँग कूटनीतिक तहमा कडा विरोध जनाएका छौँ।” ूयस्तो दाबीको कुनै आधार छैन। चीनको यस्तो कदमले सीमा समस्याको समाधानलाई जटिल बनाउँछ।”

    भारतीय कांग्रेस सभापति मल्लिकार्जुन खड्गेले पनि चीनको दाबी आपत्तिजनक रहेको बताएका छन्। यसअघि सन् २०२३ को एप्रिलमा चीनको नागरिक मामिला मन्त्रालयले अरुणाचल प्रदेशका ११ स्थानको नाम परिवर्तन गर्न अनुमोदन गरेको थियो।

    चीनले अरुणाचल प्रदेशको ९० हजार वर्ग किलोमिटर भूभाग दाबी गर्दै आएको छ भने भारतले पश्चिममा रहेको अक्साई चीनको ३८ हजार वर्ग किलोमिटर भूभाग चीनले अवैधरूपमा कब्जा गरेको दाबी गरेको छ। सीमामा उत्पन्न तनावका कारण तीन वर्षदेखि भारत र चीनबीच सम्बन्ध चिसिएको छ।
    बीबीसी

  • तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन

    तीन दिनदेखि नेपाली सेनाका मेजर सम्पर्कविहिन

    काठमाडौं । दुई दिनदेख वेपत्ता नेपाली सेनाका मेजर विमल पण्डित अझै वेपत्ता छन् । उनी नेपाली सेनाको नन्द बक्स गुल्म डोल्पाका गुल्मपति हुन् । आइतबार साँझदेखि सम्पर्कविहीन भएका पण्डित अझै सम्पर्कमा नआएको डोल्पाका प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेलले जानकारी दिएका छन् ।

    उनी हराएको जानकारी पाउँनसाथ खोजिकार्य गरिरहेको समेत पोखरेलले जनाएका छन् । उनी आइतबार अपराह्न चार बजेपछि सदरमुकाममा रहेको ब्यारेकबाट निस्किएका थिए । करिब एक घण्टा टाढा पर्ने त्रिपुराकोटसम्म पुग्दा सम्पर्कमै रहेका उनी त्यसपछि भने सम्पर्कविहीन बनेको बताइएको छ ।


    पण्डित काठमाडौंको कागेश्वरी मनोहरा डाँछी निवासी हुन् । प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार इभिनिङ वाकमा सेनाको टोली निस्किएको थियो । त्यसपछि उनले पीएसओलाई फर्काएका थिए । केही अघिसम्म हिँडेर र त्यसपछि गाडी रिजर्भ गरेर त्रिपुराकोट लागेको बुझिएको छ ।

  • ‘प्रधानमन्त्रीले गठबन्धनका सांसद बजाउन आएका हुन् भन्ने नसोच्नू’

    ‘प्रधानमन्त्रीले गठबन्धनका सांसद बजाउन आएका हुन् भन्ने नसोच्नू’

    काठमाडौं । सत्तासाझेदार दल नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केही नेपाल ऐन संशोधनका नाममा एकसाथ ७९ विधेयक संशोधन गर्न खोजेर संसद्को अधिकार खोसिएको बताएका छन् ।

    मंगलबार प्रतिनिधिसभा बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा उनले यो गलत प्रक्रियालाई हटाउन आग्रह गरे ।

    ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० को विरोध गर्दै उनले गठबन्धनका सांसद थपडी बजाउन आएका हुन् भन्ने भ्रममा समेत नबस्न चेतावनी दिए ।

    ‘प्रधानमन्त्रीजीलाई म यहीँबाट भन्न चाहन्छु मसँग बहुमत छ । यहाँ आएका सबै सांसद थपडी बजाउन आएका होइनन् ।

    हामीलाई हेपेको कुरा स्वीकार्य हुँदैन,’ उनले भने, ‘यो विधेयकका यति धेरै प्रश्न छन् । यो विधेयक मात्रै होइन, यो संसदलाई जुन ढंगले व्यवहार गरिएको छ । जे गरे पनि हुन्छ भन्ने ठानिएको छ। प्रधानमन्त्रीज्यू अब नयाँ ढंगले कुराहरुको सामना गर्न तयार हुनुहोला ।’

    संसदीय व्यवस्थामा सरकारलाई आफूसँग बहुमत भएकाले जे ल्याए पनि पारित हुन्छ भनेर सांसदहरुलाई हेपेको उनको टिप्पणी छ ।

  • भक्तपुरको रिसोर्टमा नाबालिगको ‘बलात्कार’

    भक्तपुरको रिसोर्टमा नाबालिगको ‘बलात्कार’

    काठमाडौं ।नाबालिगको बलात्कार आरोपमा इलामको इलाम नगरपालिका–९ का ५२ वर्षीय सूर्यबहादुर भण्डारी पक्राउ परेका छन् । १७ वर्षीया किशोरीको बलात्कार गरेको आरोपमा भण्डारीलाई सोमबार साँझ प्रहरीले नियन्त्रणमा लिएको हो । उनी काठमाडौंको नरेफाँटमा बस्दै आएका थिए । गएको आइतबार दिउँसो भक्तपुरको सूर्यविनायक नगरपालिका–९, पलासेस्थित रिसोर्टमा भण्डारीले ती किशोरीको बलात्कार गरेको आरोप छ ।

  • ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरे

    ट्रक पल्टिँदा १७ वटा भैँसी र पाडा मरे

    काठमाडौं । नवलपुरमा भैँसी बोकेको ट्रक पल्टिँदा भैँसी र पाडा मरेका छन्। पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको कावासोती १६ चालिस किलो भन्ने स्थानमा ट्रक पल्टिँदा १७ भैँसी र पाडा मरेका हुन्।

    कपिलवस्तुको चनौटाबाट काठमाडौं जाँदै गरेको ना ४ ख ९२२७ नम्बरको ट्रक मंगलबार बिहान सवा ६ बजेतिर खाल्डोमा परेर पल्टिएको नवलपुर प्रहरीले जनाएको छ।

    भैँसी र पाडा लोड गरी काठमाडौं जाँदै गरेको ट्रक पल्टिएको हो। नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार ३६ वटा भैँसी र पाडामध्ये १७ वटा मरेका हुन्। १९ वटा भैँसी र पाडा भने जीवितै छन्। दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ।

    मरेका भैँसी र पाडालाई खाल्डो खनेर पुर्नका लागि स्थानीय सरकारसँग समन्वय भइरहेको प्रहरीले जानकारी दिएको छ।

  • ‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’

    ‘एकअर्काको धर्मविरुद्ध हुने द्वैषपूर्ण कार्यलाई सरकारले छुट दिँदैन’

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कानूनले हरेक व्यक्तिलाई अरुको धर्म र संस्कृतिलाई चोट नपुग्नेगरी आआफ्ना धर्म र संस्कृतिको पालना गर्ने अधिकार प्रदान गरेको बताएका छन्।

    प्रतिनिधि सभाको बैठकमा सांसद ईश्वरी देवी न्यौपानेले सोधेको प्रश्नको जवाफ दिँदै उनले परापुर्वकालदेखि चलिआएको सामाजिक एकतालाई खलल पुग्नेखालको कुनैपनि किसिमका कार्य हुन नदिन सरकार दृढ रहेको बताए।

    नले सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ रहेको उल्लेख गरे ।

    ‘सामाजिक एकता, सद्भाव र समाजिक सहअस्तित्वमा खलल पुर्‍याउने कुनै पनि किसिमको कार्य हुन नदिन सरकार दृढ छ’ उनले भने, ‘सामाजिक सद्भावमा खलल पार्ने र एकार्काको धर्म र संस्कृतिमा द्वेषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन सक्दैन ।’

    प्रधानमन्त्रीले पहिचानका कुरा गर्दा कसैको आस्थामाथि कुनै विभेद नगर्ने बताए । “मैले पहिचान या अरू कुनै कुरा गर्दा कसैको पहिचान, आस्थामाथि कुनै विभेद नगर्ने कुरा स्पष्ट गर्न चाहन्छु,” उनले भने ।

    सामाजिक सद्भावमा खलबल पार्ने वा एकअर्काको संस्कृति र धर्मविरुद्ध हुने द्वैषपूर्ण अभिव्यक्ति र कार्यलाई सरकारले कुनै हालतमा छुट दिन नसक्ने बताए। संविधानको पालना गर्ने सबैको कर्तव्य भएको बताए।

  • आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट

    आजदेखि नेपाल एयरलाइन्सले भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै, काठमाडौं ट्रान्जिट

    काठमाडौं । नेपाल एयरलाइन्सले आजबाट भैरहवालाई हङकङ र नयाँ दिल्लीसँग जोड्दैछ । गौतमबुद्व अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र नयाँ दिल्लीमा उडान हुन लागेको हो । यो विमानस्थलमा नेपाल एयरलाइन्सले साताको एक दिन क्वालालम्पुर–भैरहवा–काठमाडौं उडान समेत गरिरहेको छ ।

    अब भैरहवाबाट हङकङ र दिल्ली जाने यात्रुलाई काठमाडौं ल्याएर निगमकै अर्को उडानबाट गन्तव्यमा पठाइने भएको छ । भैरहवाबाट बिहान ९ बजे काठमाडौं आएको जहाज ११ बजे हङकङ र दिउँसो १ बजे दिल्ली उडानमार्फत आफ्नो गन्तब्यमा जानेछन् ।

    भैरहवाबाट हरेक मङ्गलवार हप्ताको एक उडानदेखि शुरु गरी बजारको माग तथा निगमको बजार व्यवस्थापनअनुसार उडानको सङ्ख्या बढाउने निगमको योजना छ ।

  • समाजवादी मोर्चाको आज बुटवलमा आमसभा

    समाजवादी मोर्चाको आज बुटवलमा आमसभा

    काठमाडौं । समाजवादी मोर्चाले मंगलबार लुम्बिनी प्रदेशको बुटवलमा आमसभा आयोजना गर्ने भएको छ । दिउँसो १ बजेबाट सभा सुरू हुने सभामा शीर्ष नेताले सम्बोधन गर्ने कार्यक्रम छ । बुटवलमा अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा यस्तो सभा गरिने छ ।

    कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र जसपाका केन्द्रीय कार्यकारिणी सदस्य राजकिशोर साहले सम्बोधन गर्दैछन् । जसपा अध्यक्ष उपेन्द्र यादव भारतमा छन् । बुटवलको सभाको व्यवस्थापन नेकपाले गर्दैछ ।

    सभालाई सम्बोधन गर्न प्रधानमन्त्री प्रचण्ड दिउँसो १ बजे बुटवल पुग्ने भएका छन् । समाजवादी मोर्चाले यसलाई सन्देश सभा भनेको छ । मोर्चाले सातै प्रदेशमा सन्देश सभा आयोजना गरेको छ । भदौ ८ गते वीरगञ्जमा सभा गरेको थियो।

    मोर्चाले धनगढीमा १३ गते, सुर्खेतमा १४ गते, पोखरामा १५ गते सभाको तयारी गरेको छ। त्यस्तै हेटौडामा २३ गते र विराटनगरमा भदौ २५ गते सभा गर्ने तयारी समाजवादी मोर्चाको छ ।

  • आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

    काठमाडौं । प्रतिनिधिसभामा आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रश्नोत्तर हुँदैछ । हरेक महिनाको पहिलो साता प्रधानमन्त्री र सांसदहरुको प्रश्नोत्तर गर्ने प्रतिनिधिसभा नियमावलीमा भएको व्यवस्था अनुसार सो कार्यक्रम हुन लागेको हो । अघिल्लो सातासम्म संसदको अवरोध कायमै भएका कारण सभामुख देवराज घिमिरेले आज (मंगलबार) का लागि प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम राखेका हुन्

    । संसद सचिवालयका अनुसार एक पटकमा १५ वटा प्रश्न सोध्न पाइने भएकाले सांसदहरुलाई वर्णानुक्रम अनुसार समूह–समूहमा बाँडिएको छ । यो पटक दोस्रो समूहको पालो परेको छ । समूहमा परेका सांसदहरुबाट शुक्रबार नै १२ वटा प्रश्न संकलन भइसकेको छ । त्यो प्रश्न संसद सचिवालयले प्रधानमन्त्री कार्यालय पुर्‍याएपछि प्रधानमन्त्रीले जवाफ तयार पार्ने छन्, जुन आज संसदमा प्रस्तुत हुन्छ । संसद बैठक विहान ११ बजे बोलाइएको छ ।