दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान

काठमाडौं । बडादसैँमा काठमाडौँ उपत्यकाबाट आआफ्नो स्थायी घर फर्कने यात्रुको सङ्ख्या ह्वात्तै बढेको छ । अहिले दैनिकरुपमा नागढुङ्गा, साँगाभञ्जाङ, मुड्खु र फर्पिङ हुँदै उपत्यका छोड्नेको सङ्ख्या दैनिक ५० हजार भन्दामाथि रहेको छ । यस पटक दसैँमा करिब २० लाख व्यक्ति उपत्यकाबाट बाहिर जाने अनुमान गरिएको महानगरीय ट्राफिक कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्टले बताए । अघिल्लो दुई… Continue reading दशैंको रौनक: दैनिक ५० हजारले काठमाडौँ उपत्यका छोड्दै,२० लाख बाहिरिने अनुमान

मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

काठमाडौं । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका-१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । पहिरोमा परि मनास्लु आरोहणका लागि गएका पाँच नेपाली आराही हिमपहिरोमा पारी वेपत्ता भएका भएका छन्। हिमपहिरोमा बेपत्ता हुने आरोहीहरुमा दावा शेर्पा, फुरिता शेर्पा, निग्मा दोर्जे शेर्पा, लाक्पा तामाङ… Continue reading मनास्लु आधार शिविरमा हिमपहिरो, ५ नेपाली आरोही बेपत्ता

पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टी

काठमाडौं । थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घन्टामा देशभरबाट २६२४ नमूना परीक्षण गर्दा ५३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पीसीआर विधिबाट ८२५ र एन्टिजेनबाट १७९९ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ३९ र एन्टिजेनबाट १४ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो। मन्त्रालयका अनुसार थप ८४… Continue reading पछिल्लो २४ घण्टामा थप ५३ जनामा कोरोना पुष्टी

नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

काठमाडौं । देशभर डेंगु फैलिएको छ । ७७ जिल्लामध्ये ७६ जिल्लामा डेंगु फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाको पछिल्लो विवरणअनुसार डेंगुबाट धेरै प्रभावित मध्ये काठमाडौं जिल्ला पनि एक हो । काठमाडौंमा डेंगु संक्रमण ५ गुणा बढी रहको तथ्यांकले देखाएको छ । पछिल्लो विवरणअनुसार यस… Continue reading नेपालमा डेंगु संक्रमितको संख्या २५ हजार नाघ्यो, ३२ जनाको मृत्यु

म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

काठमाडौं । मंसिर ४ मा तोकिएको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा खटिने म्यादी प्रहरीका लागि छनोट प्रक्रिया थालिएको छ । चुनावमा १ लाख १५ हजार म्यादी प्रहरी खटाउने तयारी छ । १ लाख १५ हजार म्यादीका लागि २ लाख ३२ हजार ८८ जनाले आवेदन दिएका छन् । १४ असोजसम्म म्यादी प्रहरीको छनोट गरेर २५… Continue reading म्यादी प्रहरीको छनोट प्रक्रिया थालियो

आजबाट सवारी साधनलाई रुट परमिट खुला

काठमाडौं । आजदेखि कोजाग्रत पूर्णिमासम्म यात्रुवाहक गाडीका लागि देशभर रुट परमिट खुला भएको छ । दशैँमा यात्रुको ओहोरदोहोरलाई सजिलो बनाउनका लागि रुट परमिट खुला गरिएको हो । यसरी एक रुटमा चल्ने गाडी अर्को रुटमा चल्दा दुर्घटनाको जोखिम धेरै हुने भएकाले आजदेखि गाडीको अनुगमन र यान्त्रिक परीक्षणमा कडाइ गरिएको छ । आजदेखि धेरै सङ्ख्यामा यात्रु काठमाडौं… Continue reading आजबाट सवारी साधनलाई रुट परमिट खुला

न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले न्युरोड क्षेत्रमा हुने सवारी चापलाई दृष्टिगत गरी सवारीसाधन (यात्रुवाहक, मालवाहक, निजी तथा दुईपांग्रेसमेत) लाई मिति तोकेर प्रवेश निषेध गरेको छ। कार्यालयले आइतबार एक सूचना जारी गरी असोज १० गते घटस्थापना, १४ गते पञ्चमी, १५ गते षष्ठी र असोज १६ गते फूलपातीका दिन बिहान १० बजेदेखि साँझ सवारी चाप… Continue reading न्यूरोडमा दशैंका केही दिन चार पांग्रे सवारी निषेध

बडा दशैं शुरु, आज घटस्थापना

Source : Hamro patro

काठमाडौं । नेपालीहरुको महान पर्व बडादसैं आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादसैं आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ । यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ । बडा दसैंको पहिलो दिन आज घरका पूजा कोठा र दसैं घरमा विधिपूर्वक दियो, कलश… Continue reading बडा दशैं शुरु, आज घटस्थापना

दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

काठमाडौं । भदौ महिनामा वस्तु आयातमा उच्च वृद्धि हुँदा व्यापार घाटा साढे दुई खर्ब पुगेको छ । चालु आर्थिक वर्ष २०७९–८० को पहिलो दुई महिनामा आयात २ खर्ब ७३ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । कुल २८ अर्ब ६८ करोड रुपैयाँ बराबरको भएको छ । यसअनुसार दुई महिनामा व्यापार घाटा २ खर्ब ४४ अर्ब… Continue reading दुई महिनामा २ खर्ब ४४ अर्बको व्यापार घाटा

व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

काठमाडौं । सरकारले राष्ट्रिय गानका रचयिता प्रदिपकुमार राई (ब्याकुल माइला)लाई मासिक ५० हजार रुपैयाँ र संस्कृतिविद् सत्यमोहन जोशीलाई नर्स सुविधा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले राईलाई सहज जीवनयापनको लागि यस अघि दिँदै आएको २५ हजार रुपैयाँको मासिक भत्तालाई शत प्रतिशतले बढाएर ५० हजार रुपैयाँ पुर्याउने निर्णय भएको गरेको हो । उनलाई यसअघि मासिक… Continue reading व्याकुल माइलालाई मासिक ५० हजार भत्ता, सत्यमोहनलाई नर्स सुविधा दिने निर्णय

गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपाली नागरिकता (पहिलो संशोधन) विधेयक २०७९, मा देखिएको समस्या वैकल्पिक बाटोबाट खोज्न सरकार समक्ष आग्रह गरेको छ । राष्ट्रपति विद्या देवी भण्डारीले संसद्‍को दुवै सदनबाट पारित सो नागरिकता विधेयकलाई रोकेपछि संघले आइतबार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली नागरिकताको प्रावधानलाई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन वैकल्पिक कानुनी बाटोको अवलम्बन गर्न… Continue reading गैरआवासीयलाई नागरिकता दिन वैकल्पिक बाटो खोज्न एनआरएनएको आग्रह

अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

file

काठमाडौं । नयाँ बसपार्क क्षेत्रका होटलमा अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने भएको छ । नेपाली होटल व्यवसायी सङ्घले होटल क्षेत्रको सुरक्षा र होटलमा हुनसक्ने विभिन्न खालका आपराधिक क्रियाकलाप रोक्न अनिवार्यरूपमा सीसी क्यामेरा जडान गर्नुपर्ने बताएको हो । सङ्घका अध्यक्ष गणेश ढकालले सङ्घभित्र आवद्ध होटलहरुको निरन्तर अनुगमन गरी व्यवसाय सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कताका बारेमा जानकारी दिँदै… Continue reading अब बसपार्क क्षेत्रका होटलले अनिवार्य सीसी क्यामेरा राख्नुपर्ने

नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगरेको सन्दर्शमा सर्वोच्च अदालतले राष्ट्रपति विद्यादेवी भण्डारीका नाममा कारण देखाउ आदेश जारी गरेको छ। न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो । इजलासले नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण पेस गर्न भनेको छ। सर्वोच्चको आदेशानुसार राष्ट्रपतिले अब लिखित जवाफ पेस गर्नुपर्ने छ। संसदले दोस्रो… Continue reading नागरिकता विधेयक प्रकरण : प्रमाणीकरण नगर्नुको कारण पेस गर्न राष्ट्रपति कार्यालयलाई सर्वोच्चको आदेश

बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

काठमाडौं । काठमाडौंको वसुन्धारामा गत राति भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । राति पौने २ बजे बा २ ज ११९२ नम्बरको ट्याक्सी र बा ९१ प ५४०३ नम्बरको स्कुटर ठोक्किँदा स्कुटर चालक गोरखा घर भएका ३१ वर्षका राजु गरुङको ज्यान गएको प्रहरीले जनाएको छ । उनी महाराजगञ्ज वृत्तमा दरबन्दी भइ प्रहरी प्रभाग… Continue reading बसुन्धारामा ट्याक्सी र स्कुटर ठोक्किदा एक जनाको मृत्यु

आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

काठमाडौं । निर्वाचन आयोगले आचारसंहिताबारे आज राजनीतिक दलबीच छलफल गर्दैछ । आयोगले छलफलका लागि पार्टीका पदाधिकारीहरूलाई आयोगमा बोलाएको छ। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा भाग लिने दलहरूलाई आयोगले आचारसंहिताबारे छलफल गर्न बोलाइएको हो। आयोगले आचारसंहिताको प्रभावकारी कार्यान्वयनका लागि दलहरूसँग छलफल गर्न लागेको छ। छलफलका लागि प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ वटा राजनीतिक… Continue reading आचारसंहिताबारे आयोग र दलहरुबीच आज छलफल

आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

काठमाडौं । आज नेपालको सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम मौसम बदली भएको छ । देशभर मौसम सामान्यदेखि आंशिक बदली भई केही ठाउँमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाको भनाई छ । प्रदेश नं १, बागमती प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन–चट्याङसहित वर्षा भइरहेको… Continue reading आज सुदूरपश्चिम भेगमा भारी वर्षाको सम्भावना

अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

काठमाडौं । तपाई गाउँघरमा हुर्किएको भए अरिङ्गालको गोला पोलेको पक्कै याद हुनु पर्छ । यसका लागि पारिश्रमिक त पाउने कुरै थिएन, वे पाइथ्यो, त्यसैमा चित्त बुझाउनु पर्नें हुन्थ्यो । तर, काठमाडौंमा भने १० हजार पारिश्रमिक दिएर गोलो पोल्नु परेकोछ । नेपाल विद्युत् प्राधिकरणले स्थानीयलाई १० हजार पारिश्रमिक दिएर काठमाडौंको मातातीर्थस्थित विद्युत् प्रसारण लाइनको टावरमा रहेको… Continue reading अरिङ्गालको गोलो पोल्न १० हजार पारिश्रमिक दिनु परेपछि…

डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

काठमाडौं । देशभर डेंगुका मृत्यु हुनेको संख्या २९ पुगेको सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले सम्म यो रोग ७६ जिल्लामा फैलिएको छ । हालसम्म २२ हजार ९८८ जनालाई डेंगु पुष्टी भइसकेको छ । नेपालमा पहिलो पटक २०६१ मा डेंगुका बिरामी भेटिएको थियो । त्यसयता हरेक वर्ष बढ्दो क्रममा रहेको डेंगुले यो… Continue reading डेंगुका कारण देशभर मृत्यु हुनेको संख्या २९

डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

काठमाडौं । सरकार र डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएसँगै डा केसीको अनसन तोडिएको छ । सरकारसँगको सहमतिपछि केसीले १३औं दिनमा अनशन तोडे । सहमतिपछि त्रिवि शिक्षण अस्पतालमा अनशनरत केसीले त्यहीं उपचाररत सरिता चौधरीको हातबाट जुस पिएर अनशन तोडेका छन् । सहमतिपत्रमा सरकारका तर्फबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेश पाण्डेय र अनशनरत पक्षबाट… Continue reading डा. केसी र सरकारबीच १० बुँदे सहमति, अनसन तोडियो

झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

झापा । झापाको मेचीनगर नगरपालिका पिपलडाँगीमा गतराति मोटरसाइकल जुध्दा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा एक जना घाइते भएका छन् । मेची राजमार्गअन्तर्गत मेचीनगर–१२ पिपलडाँगीमा गतराति प्रदेश १–०१–०१४ प ३३५० नम्बरको मोटरसाइकल र प्रदेश १–०१–०१४ प २६७८ नम्बरको मोटरसाइकल ठोक्किएका थिए । मोटरसाइकलका चालक कनकाई–४ का ३८ वर्षीय कृष्णप्रसाद सिग्देल र अर्जुनधारा–४… Continue reading झापामा मोटरसाइकल जुध्दा दुई जनाको मृत्यु

जनकपुरमा ओलीको रेल सवारी

जनकपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनकपुरमा नेपालको रेल चढेका छन् । उनले जनकपुर–जयनगर रेल चढेका हुन् । शनिबार पार्टी प्रवेश कार्यक्रमको लागि जनकपुर आएका ओली रेल चढेर धनुषाको विदेह नगरपालिका तीनकौरिया पुगेका हुन् । उनलाई पर्खिनु परेपछि जनकपुर–जयनगर रेल निर्धारित समयभन्दा एक घण्टा ढिलो जनकपुरबाट जयनगर गुडेको छ । पार्टी प्रवेश कार्यक्रम… Continue reading जनकपुरमा ओलीको रेल सवारी

बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले डा. बाबुराम भट्टराईसँगको सहकार्य लामो समयसम्म जाने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले आफूहरुको सहकार्य चुनावसम्म मात्र नभएको बताए । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीले एउटै चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रचण्डले देशलाई समृद्धिको विकासको नयाँ… Continue reading बाबुराम भट्टराईसँग सहकार्य लामो समयसम्म चल्छ : प्रचण्ड

अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगर धोबीखोलास्थित अक्सिडेन्टल स्कुल क्षेत्रमा पर्ने अवैध टहरा भत्काएको छ । शुक्रबार महानगपालिकाको डोजर अनामनगर क्षेत्रका अवैध संरचना हटाउन पुगेको हो । अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नापी अधिकृत उत्तम भट्टराईसहितको टोलीले रेखांकन गरेसँगै महानगरको डोजरले सो क्षेत्रमा रहेका टहरा र संरचना भत्काउ शुरु गरेको हो… Continue reading अनामनगर धोबीखोला नदी किनार क्षेत्रमा बनेका अवैध संरचना महानगरले चलायो डोजर

म्यादी प्रहरीमा दोब्बर आवेदन

काठमाडौं । म्यादी प्रहरीमा मागभन्दा दोब्बर भन्दा बढीले आवेदन परेको नेपाल प्रहरीले जनाएको छ । प्रतिनिधि सभा र प्रदेश सभा चुनावको सुरक्षाका लागि भन्दै १ लाख १५ हजार म्यादी प्रहरी माग गरिएको थियो । आवेदन भने २ लाख ३२ हजार ८८ जनाको परेको छ । म्यादी प्रहरीका लागि ४० दिनको कार्यावधि तोकेर गएको भदौ ३०… Continue reading म्यादी प्रहरीमा दोब्बर आवेदन

मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

काठमाडौं । बिहीबार मकवानपुरमा बस दुर्घटनामा ज्यान गुमाएका मध्ये ६ जनाको सनाखत भएको छ । दुर्घटनामा ७ जनाको मृत्यु भएकोमा एक जनाको सनाखत भएको छैन । दुर्घटनामा ज्यान गुमाउनेमा नुवाकोट घर भएका रघुराज न्यौपाने, बाराका अन्दुल्लाहा मियाँ ठकुराई र सेख अरमान, वीरगञ्जका हृदयनाराण पञ्जियार, मकवानपुरका मदन विक र भारत मोतिहारी घर भएका सरदनारायण शर्मा रहेका… Continue reading मकवानपुर बस दुर्घटनामा ज्यान गुमाउनेमध्ये ६ जनाको पहिचान

नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

Gorakhapatra

काठमाडौं । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको कदमविरुद्ध सर्वोच्च अदालतमा दरर्ता भएका रिटको आज (शुक्रबार) सुनुवाइ हुने भएको छ ।राष्ट्रपतिको कदम संविधान विपरीत भन्दै बिहीबार सर्वोच्च अदालतमा पाँच वटा रिट दर्ता भएका छन् । उक्त रिटको पेसी आजका लागि तोकिएको छ । राष्ट्रपतिको यो कदम संविधान विपरीत भन्दै उक्त विधेयक प्रमाणीकरण गर्न आदेश माग गर्दै… Continue reading नागरिकता विधेयक रोक्ने राष्ट्रपतिको कदम विरुद्ध सर्वोच्चमा आज सुनुवाई

दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

दार्चुला । दार्चुलामा भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ । जिल्लाको अपिहिमाल गाउँपालिका–५ तिम्लामा बिहीबार राति जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अपिहिमाल–६ का १८ वर्षीय दिनेशसिंह धामी छन् । उनको घट्नास्थलमै मृत्यु भएको अपिहिमाल गाउँपालिकाका अध्यक्ष भगतसिंह ठेकरेलाई उदृत गर्दै स्थानीय सञ्चारमाध्यमले… Continue reading दार्चुलामा जिप दुर्घटना, एक जनाको मृत्यु

रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

रुकुम । रुकुम पूर्वको भूमे गाउँपालिका ३ को क्याङ्सी बगरमा बस दुर्घटनामा परेको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको छ । दुर्घटनामा १० जना भन्दा बढी घाइते भएका छन् । काठमाडौंबाट रुकुमकोटका लागि छुटेको ग १ ख ९१०९ नम्बरको बस सडकबाट ५० मिटर तल बगरमा खसेर दुर्घटनामा परेको रुकुम पूर्वका प्रहरी… Continue reading रुकुम पूर्वमा बस दुर्घटना, ४ जनाको मृत्यु

प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमालेमा प्रवेश गरेका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रमका बीच पूर्वआइजिपी खनाल एमाले प्रवेश गरेका हुन् । उनलाई पार्टीका अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले स्वागत गरे । कार्यक्रममा पुनर्जागरण पार्टीका महामन्त्री रविकिरण हमाल, अब्दुस मिया लगायतका व्यक्तिहरु पनि एमाले प्रवेश गरेका छन् । खनाल… Continue reading प्रहरीमा रहँदै ओली निकट पूर्वआईजीपी सर्वेन्द्र खनाल एमाले प्रवेश

काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित जुरिखेतमा यात्रुवाहक बस दुर्घटना भएको छ । काठमाडौंबाट फाखेल-कुलेखानी-भीमफेदी सडकखण्ड हुँदै हेटौँडातर्फ आउँदै गरेको बा.३ ख ७८५८ नम्बरको बस भीमफेदी-६ जुरिखेतको एघार घुम्तीको ओरालोमा दुर्घटना भएको भएको हो। दुर्घटनामा परि ७ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको हो भने एक जनाको उपचार… Continue reading काठमाडौंबाट हेटौंडा जाँदै गरेको बस भीमफेदीमा दुर्घटना, ७ जनाको मृत्यु