Category: समाचार

  • पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

    पाकिस्तानमा कामचलाउ प्रधानमन्त्री बने काकर

    काठमाडौं । पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले शनिबार सांसद अनवार उल हक काकरलाई कामचलाउ प्रधानमन्त्रीमा नियुक्त गर्न स्वीकृति दिएका छन् । राष्ट्रपति अल्वीले पाकिस्तानको संविधानको धारा २२४ (१–ए) अनुसार स्वीकृति दिएका हुन् । यसअघि पाकिस्तानका प्रधानमन्त्री सहबाज शरिफले विपक्षी दलका नेता राजा रियाजसँग विस्तृत परामर्श गरेपछि उनको नाम राष्ट्रपतिसमक्ष पठाएको प्रधानमन्त्री कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    काकर सन् २०१८ मार्चदेखि सांसद छन् । उनी सन् २०१८ को पाकिस्तानी संसद चुनावमा दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट संसदीय सदस्यका लागि स्वतन्त्र उम्मेदवारको रूपमा निर्वाचित भएका थिए । पाकिस्तानमा नयाँ निर्वाचनका लागि राष्ट्रपति अल्वीले बुधबार मध्यराति संसद् विघटन गरेका थिए ।

    संसद् विघटनसँगै मन्त्रिमण्डल पनि भंग भएको थियो । पाकिस्तानमा संसद् विघटनको तीन दिनभित्र कामचलाउ प्रधानमन्त्रीको नियुक्त गर्ने संवैधानिक प्रावधानअनुसार काकरलाई चयन गरिएको हो । नयाँ सरकारलाई चुनाव गराउन ९० दिनको अवधि प्राप्त हुनेछ ।

  • फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

    फ्रान्सको आइफिल टावरमा कसले दियो बम पड्काउने चेतावनी ?

    काठमाडौं । फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो । सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ ।

    चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । आइफिल राजधानी सहर पेरिसमा रहेको ऐतिहासिक टावर हो । यो टावर हेर्न बर्सेनि लाखौँ पर्यटक आउने गर्छन् । यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोनबाट टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको थियो ।

  • माओवादी एक मन्त्री हट्ने, जनमतबाट  मन्त्री बन्ने

    माओवादी एक मन्त्री हट्ने, जनमतबाट मन्त्री बन्ने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् हेरफेर गर्ने भएका छन् । माओवादी केन्द्रका एकजना मन्त्री हटाएर सिके राउत नेतृत्वको जनमत पार्टीकी अनिता देवीलाई प्रधानमन्त्रीले सरकारमा सहभागी गराउन लागेका हुन्। २५ सदस्यीय मन्त्रिपरिषद्मा जनमत सहभागी हुन एकजना मन्त्री हट्नै पर्नै हुन्छ।

    प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाउने तयारी गरेको बताइएको छ । जनमतले यसअघि नै अनिता देवीलाई मन्त्री सिफारिस गरिसकेको छ। जनमत यसअघि संघीय सरकारमा सहभागी भएको थियो। तर, मन्त्रालय भागबन्डामा असन्तुष्ट रहेको उसले चैत १७ गते राजीनामा दिएर संघ सरकारबाट फिर्ता भएको थियो।

  • उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा

    उपत्यकासहित विभिन्न भेगमा आज भारी वर्षा

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा आज राति अति भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले उपत्यकामा भारी वर्षा भइरहेको छ । पूर्वबाट दक्षिण पश्चिमतिर सर्दै गएको पानी पार्ने प्रणाली आज सुदूरपश्चिममा बढी केन्द्रित हुने देखिएको छ । आज राति सुदूरपश्चिमको पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा अति भारी वर्षाको सम्भावना छ ।

    अहिले नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) छ । साथै भारतको उत्तर पूर्वी उत्तरप्रदेश तथा उत्तर पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय प्रणालीको पनि प्रभाव छ । यसको प्रभाव सोमबारसम्म कायम रहने र त्यसपछि क्रमिक सुधार हुने देखिएको बताइएको छ ।


    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे जारी गरेको बुलेटिन अनुसार देशभर सामान्यदेखि पूर्ण बदली छ । सामान्य बदली भन्नाले ३६ देखि ५० प्रतिशत आकाश बादलले ढाकेको र पूर्ण बदली भन्नाले शतप्रतिशत आकाश ढाकिएको भन्ने बुझिन्छ ।

    आज दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै र मधेश प्रदेशको एक(दुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक(दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

    सोमबार पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका केही तथा कोशी, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा साथै बाँकी प्रदेशका एक-दुई स्थानहरुमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । साथै सुदूरपश्चिम प्रदेशको एक-दुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको छ ।

    मौसमविदहरुले २४ घण्टाको अवधिमा १० मिलिमिटरभन्दा कम वर्षा भएकोलाई ‘हल्का वर्षा’ र १० मिलिमिटरभन्दा धेरै तर ५० मिलिमिटरभन्दा कमलाई ‘मध्यम वर्षा’ भन्ने गरेका छन् । यसैगरी ५० मिलिमिटर वा त्योभन्दा धेरै र १०० मिलिमिटरभन्दा कम वर्षालाई ‘भारी वर्षा’ भन्ने गरिएको छ । १०० मिलिमिटर वा त्योभन्दा धेरै र २०० मिलिमिटरभन्दा कम वर्षालाई ‘धेरै भारी’ र २०० मिलिमिटर वा त्योभन्दा बढी पानी पर्नुलाई ‘अति भारी वर्षा’ भन्ने गरेका छन् ।

  • अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

    अमेरिकाद्वारा चिनियाँ प्रविधि क्षेत्रमा थप प्रतिबन्धको घोषणा

    काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले यो साता एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै चिनियाँ प्रविधि क्षेत्रमा हुने अमेरिकी लगानी तथा चिप लगायत प्रविधिमा चीनको पहुँच नियन्त्रण गर्ने सहितका थप प्रतिबन्धको घोषणा गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

    यो आदेशले अमेरिकी ट्रेजरी मन्त्रीलाई चिनियाँ सेमीकन्डक्टर चिप, माइक्रोइलेक्ट्रोनिक्स, क्वान्टम कम्प्युटिङ प्रविधि र केही आर्टिफिसियल इन्टेलिजेन्स प्रविधि जस्ता क्षेत्रमा हुने अमेरिकी लगानीमाथि प्रतिबन्ध लगाउने वा नियन्त्रण गर्नसक्ने अधिकार प्राप्त भएको छ ।

    प्रतिबन्ध नलागेका कतिपय चिनियाँ प्रविधि क्षेत्रमा लगानी गर्दा अमेरिकी सरकारलाई स्पष्ट जानकारी गराउनुपर्ने व्यवस्था पनि आदेशमा उल्लेख छ । बाइडेन प्रशासनले यो आदेश विशेषगरी तीनवटा संवेदनशील क्षेत्रतर्फ मात्रै लक्षित रहेको स्पष्ट पारेको छ ।

    चीनले आफ्नो सैन्य प्रविधिको अत्याधुनिकीकरण गरेर अमेरिकी राष्ट्रिय सुरक्षालाई कमजोर बनाउन गरेको प्रयत्नमा अमेरिकी पुँजी र विज्ञताले सघाउन सक्ने आँकलन गर्दै सो कार्य रोक्नका लागि यस्तो आदेश जारी गर्नुपरेको अमेरिकी अधिकारीहरूको दाबी छ । यो आदेशले तोकिएका क्षेत्रमा हुने निजी, साझेदारी, भेन्चर पुँजी तथा ग्रीनफिल्ड लगानी समेतलाई प्रभावित गर्नेछ ।

    यसअघि अमेरिकी संसदलाई लेखेको एक पत्रमा बाइडेनले सैन्य, जासुसी, निगरानी तथा साइबरमा आधारित संवेदनशील प्रविधि र उत्पादनहरूमा चीनजस्ता देशहरूको उन्नतीले ल्याउनसक्ने जोखिमको सामना गर्न एक राष्ट्रिय संकटकालको घोषणा गर्ने उल्लेख गरेका थिए ।

    एक उच्च अमेरिकी अधिकारीलाई उदृत गर्दै लेखिएका विभिन्न समाचारहरूमा यो कदम आर्थिक वा वित्ती भन्दा पनि राष्ट्रिय सुरक्षाको दृष्‍टिकोणबाट आएको र चीनसँगको व्यापार यथावत राख्दै सैन्य प्रविधि लगायत अति संवेदनशील केही क्षेत्रमा मात्रै प्रतिबन्ध वा निगरानीको व्यवस्था गर्न खोजेको दाबी गरेका छन् ।

    डेमोक्र्याटिक पार्टीका नेता चक सुमरले अमेरिकी सरकारको पछिल्लो कदमको प्रसंशा गरेका छन् । विकसित शैन्य प्रविधिहरूमा समेत सेमिकन्डक्टर चिपहरू प्रयोग हुने भएकाले लामो समयदेखि अमेरिकी लगानीले नै चिनियाँ शैन्य शक्तीको विकासमा सघाइरहेको र अहिलेको कदमले त्यसो हुन नदिने सुमरले उल्लेख गरेका छन् ।

    चीनले भने कम्प्युटर चिप्स र अन्य संवेदनशील प्रविधिमा लगानी प्रतिबन्ध लगाउने अमेरिकी कमदको बारेमा ‘गम्भिर चिन्ता’ प्रकट गरेको छ । चीनको वाणिज्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा वासिङ्टनले ‘विश्व अर्थतन्त्र र व्यापार साझेदारी तथा सयोगमा बाधा पुर्‍याएको’ र ‘विश्व अर्थतन्त्रको पुनरुत्थानको लागि अवरोध’ खडा गरेको आरोप लगाइएको छ ।

  • म्यानमारमा चालकले जानाजान डुबाएको डुंगामा परी २३ जनाको मृत्यु, ३० वेपत्ता

    म्यानमारमा चालकले जानाजान डुबाएको डुंगामा परी २३ जनाको मृत्यु, ३० वेपत्ता

    काठमाडौं । म्यान्मारको रखाइन प्रान्तबाट भाग्दै गरेका रोहिन्ज्या समुदायका मानिसहरू चढेको एउटा डुङ्गा समुद्रमा डुब्दा ज्यान गुमाउने २३ जनाको शव फेला परेको छ। उक्त दुर्घटनामा परेका अरू ३० जना अझै बेपत्ता छन् भने आठ जना जीवित रहेको विवरण प्राप्त भएको छ।

    जीवित व्यक्तिहरूका अनुसार मलेशियातिर जान उनीहरू ५० जना चढेको डुङ्गामा पानी पसेको थियो। त्यसपछि चालकहरू डुङ्गाबाट भागेका थिए। पछि डुङ्गा समुद्रमा डुब्यो। यो घटना आइतवारको भएको बताइएको छ।

    प्रत्येक वर्ष हजारौँ रोहिन्ज्याहरू भागेर मलेशिया वा इन्डोनेशियातिर जान समुद्रमा खतरनाक यात्रा गर्छन्। धेरै रोहिन्ज्याहरू म्यान्मारमा राज्यबाट हुने दमनबाट जोगिने वा बङ्ग्लादेशका भिडभाडयुक्त शरणार्थी शिविरमा बस्न नपर्ने उपायको खोजीमा रहन्छन्। उनीहरू सुखद जीवनको आशामा समुद्र तरेर अन्यत्र जान खोज्छन्।

    अहिले ज्यान गुमाउनेमध्ये १३ महिला र १० पुरुष भएको उद्धारकार्यमा संलग्न टोलीले बीबीसीर्ला बताएको छ । रोहिन्ज्या समुदायका मानिसहरू इस्लाम धर्म मान्छन्। बौद्ध धर्मावलम्बीहरूको बाहुल्य रहेको बर्मामा उनीहरू जातीय अल्पसङ्ख्यक हुन्।

    म्यान्मारको सेनाले जातीय नरसंहारको अभियान थालेपछि धेरै रोहिन्ज्याहरू सन् २०१७ मा म्यान्मारबाट भागेर बङ्ग्लादेश पुगेका छन्। म्यान्मारमा बाँकी भएका रोहिन्ज्याहरूले पनि सन् २०२१ को सैन्य सत्तापलटपछि भाग्ने प्रयास गरेको देखिन्छ।
    जीवित मानिसहरूका अनुसार समुद्रमा आएको एउटा ठूलो छाल डुङ्गामा ठोकिएको थियो।

    त्यतिबेला डुङ्गा रखाइन प्रान्तको राजधानी सिट्वेनजिकै थियो। मलेशिया पुर्‍याइदिन आफूहरूले मानव तस्करहरूलाई प्रतिव्यक्ति ४,००० डलर तिरेको उनीहरूले बताएका छन्। तर डुङ्गा डुब्न थालेपछि डुङ्गामा भएका तस्करहरू भागेका थिए।


    समुद्रमा छरिएका शवहरू अरू डुङ्गा प्रयोग गरेर सङ्कलन गरिएको थियो भने केही शव बगेर समुद्रको तटसम्म पनि पुगेका थिए। एन्डमन सागरको जलमार्गमा माछा मार्ने डुङ्गाहरूको भिड हुन्छ। मनसुन उत्कर्षमा पुगेको बेला त्यहाँबाट हुने लामो यात्रा झन् खतरनाक बन्छ। प्रायः रोहिन्ज्याहरू अक्टोबर र मे महिनामा समुद्रको बाटोबाट भाग्न खोज्छन्। त्यस्तो यात्राका लागि खर्चको जोहो गर्न उनीहरूले आफ्नो जमिन र अरू सम्पत्ति पनि बेच्ने गरेका छन्।

  • अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

    अमेरिकामा मेसीको जादु जारी, टीम सेमिफाइनलमा

    काठमाडौं । लिओनल मेसीले लगातार पाँचौ खेलमा गोल गर्दा इन्टर मियामी लिग कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इन्टर मियामीले क्वाटरफाइनलमा शनिवार बिहान चार्लोटो एफसीलाई ४–० ले हरायो । फाइनल प्रवेशका लागि इन्टर मियामीले अब अगष्ट १९ मा फिलाडेल्फिया युनियनसँग खेल्नेछ ।

    घरेलु मैदान डीआरभी पीएनके स्टेडियममा भएको खेलमा इन्टर मियामीलाई सहज जित दिलाउन मेसीसँगै जोसेफ मार्टेनिज र रोबर्ट टेललरले एक एक गोल गरे । एक गोल भने आत्मघाती भएको थियो । यसै सिजन अमेरिका पुगेका मेसीले लिग कपमा पाँच खेल खेल्दा ८ गोल गरिसकेका छन् र उनी सर्वाधिक गोलकर्तामा अघि छन् ।

    मेसीले खेलेका पाँच वटै खेलमा गोल गरेका छन् । जोसेफ मार्टिनेजले १२औं मिनेटमा पेनाल्टीमा गोल गर्दै इन्टर मियामीलाई अग्रता दिलाएका थिए । टेलरलले ३२औं मिनेटमा गोल गरी पहिलो हाफमा अग्रता दोब्बर पारे । चार्लोटेका एडिलसन मालान्डाले आत्मघाती गोल गरेपछि इन्टर मियामीले ३० को अग्रता बनायो । त्यसको ८ मिनेटपछि मेसीले गोल गर्दै इन्टरको सहज जित पक्का गरे ।

  • महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

    महिला क्रिकेट टोलीले चार टिम सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने

    काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले चार राष्ट्र सम्मिलित टी–२० क्रिकेट सिरिज खेल्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) का अनुसार यही अगष्ट २२ देखि २६ सम्म मलेसियामा हुने सिरिजमा नेपाल, घरेलु टोली मलेसिया, कुवेत र हङकङले खेल्नेछन् ।

    नेपालले पहिलो खेल अगष्ट २२ मा हङकङसँग, दोस्रो खेल अगष्ट २३ मा कुवेतसँग र तेस्रो खेल अगष्ट २५ मा मलेसियासँग खेल्न छ । वायुमास ओभलमा हुने सिरिजमा सिंगल राउण्ड रोविनकफ खेलपछि शीर्ष दुई स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

  • सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

    सिरियामा लडाकुको एम्बुसमा परी २० सुरक्षाकर्मी मारिए

    काठमाडौं । सिरियामा हतियारधारी समूहको एम्बुसमा परी २० जना सुरक्षाकर्मी मारिएका छन् । साथै केही घाइते छन् । मानवअधिकार सम्बन्धी कतिपय संस्थाले भने मृत्यु हुनेको संख्या २३ रहेको र १० जना घाइते भएको जनाएका छन् । शुक्रबार दिर अज जोर प्रान्तको पूर्वी सहर मायादीनमा सुरक्षाकर्मी चढेको बस एम्बुसमा पारिएको थियो ।

    सरकारले भने आईएसआईएलमाथि आक्रमणको आरोप लगाउँदै आएको छ । सन् २०१९ मा आईएसआईएललाई सरकारी फौजले हराए पनि यसका लडाकुहरू अझै सिरियाका विभिन्न स्थानमा आक्रमण सक्रिय छन् । यसबीचमा उनीहरूले घातक हमला गरिसकेका छन् ।

    उक्त प्रान्त इरान र रुसको समर्थनको सिरियाली फौज र अमेरिकी समर्थनमा बनेको कुर्दीश नेतृत्वको लडाकुहरूको कब्जामा विभाजित छ । पछिल्लो समय आईएसआईएलले यस क्षेत्रमा सर्वसाधारणसहित कुर्दीश नेतृत्वका लडाकु र सरकारी सुरक्षाकर्मीहरूलाई निशाना बनाउँदै आएको छ ।

  • अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

    अमेरिकी सरकारबाट प्राप्त सहयोगको नेपालले गर्यो प्रसंशा

    काठमाडौं । नेपाल सरकार र नेपालस्थित अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) बीच संयुक्त समीक्षा सम्पन्न भएको छ । दुई निकायबीचको आपसी समझदारी, जवाफदेहिता र सहकार्यलाई वृद्धि गर्दै उनीहरू बीचको साझेदारीलाई थप सुदृढ बनाउने दिशामा यो कार्यक्रम एक असाधारण मञ्च साबित भएको छ ।

    अघिल्लो समीक्षाको सफलताको जगमा थप कार्य गर्दै संयुक्त समीक्षा २०२३ ले नेपालमा विकासका चुनौतीलाई सम्बोधन गर्न र नेपाली नागरिकको हितका लागि रणनीतिलाई पङ्क्तिबद्ध गर्न संयुक्त प्रयासलाई बढावा दिएको छ ।

    कार्यक्रमले नेपाल सरकार र नेपाली जनतासँगको युएसएआईडीको साझेदारीमार्फत हासिल भएका महत्त्वपूर्ण उपलब्धिहरू माथि प्रकाश पार्दै साझा विकास लक्ष्यहरूमा थप सहकार्यका लागि क्षेत्रहरू पहिचान गरेको छ । अर्थ मन्त्रालय र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) बीच अमेरिकी सहायतामा सञ्चालित आयोजनाहरुको प्रगति समीक्षा बैठक सम्पन्न भयो ।

    बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले शिक्षा, स्वास्थ्य, कृषि, विपद् व्यवस्थापन, लोकतन्त्र र सुशासनका क्षेत्रमा अमेरिकाले निरन्तरता दिइरहेको द्विपक्षीय सहयोगको प्रशंसा गर्दै वर्षौंदेखिको नेपाल–अमेरिका साझेदारीको स्मरण गरे। मन्त्री महतले नेपाली जनताको जीविकोपार्जनका लागि ग्रामीण सडक, खानेपानी र सुधारका लागि प्रत्यक्ष सहयोग गर्ने ग्रामीण पूर्वाधार आयोजनामा लगानी गरेर ठोस नतिजा हासिल गर्न अमेरिकी सहयोग परिचालन गर्नुपर्नेमा जोड दिए ।


    त्यस्तै, अमेरिकी राजदूत डीन थम्पसनले विकासका विभिन्न क्षेत्रमा नेपाल–अमेरिकाबीच लामो समयदेखि साझेदारी रहेकोमा सन्तुष्टि व्यक्त गरे । यूएसएआईडीको सहयोग सम्झौता अन्तर्गत सञ्चालित आयोजनाहरुको आजसम्मका उपलब्धिहरू, कोष प्रवाह, स्थानीय संस्थाहरूको उपयोगमा बजेटमा बढेको जोड साथै यस अवधिमा भूमिका र जिम्मेवारीहरू स्पष्ट गर्दै नेपाल अमेरिकाबीच साझेदारीलाई सुदृढ पार्नु यस समीक्षा बैठकको उद्देश्य रहेको थियो ।

    बैठकमा अर्थमन्त्री डा। महत, अर्थ सचिव अर्जुनप्रसाद पोखरेल, नेपालका लागि अमेरिकी राजदूत थम्पसन, युएसएआईडीका मिसन निर्देशक सेपिदेह किभनशाद, मन्त्रालयका अधिकारीहरू, युएसएआईडीका पदाधिकारीहरू लगायतको उपस्थिति थियो । विकास उद्देश्य सम्झौताबाट गत वर्ष नेपाल र अमेरिकाबीच भएको द्विपक्षीय छाता सम्झौतामा पाँच वर्षको अवधिमा ६५ करोड ९० लाख अमेरिकी डलर उपयोग गर्ने उद्देश्यले नेपालको बजेट प्रणालीबाट अमेरिकी सहायता प्रयोग गर्ने व्यवस्था छ ।

  • भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    भोजपुरमा पहिरोमा पुरिएर एक जनाको मृत्यु

    काठमाडौं । पहिरोमा पुरिएर भोजपुरमा एक जनाको ज्यान गएको छ । जङ्गलमा निगुरो टिप्न गएका नगरपालिका–२ हेलौछाका स्थानीय ४७ वर्षीय पासाङ तामाङको पहिरोमा पुरिएर ज्यान गएको हो । परिवारसँग निगुरो टिप्न झ्यालसिङे जङ्गलमा गएका तामाङलाई बिहीबार बिहान १० बजे सडकभन्दा करिब दुई सय मिटरमाथिबाट आएको पहिरोले पुरेको थियो ।

    ठूलो पहिरोमा परेर बेपत्ता भएका तामाङको बिहीबारदेखि नै सुरक्षा निकाय र स्थानीयले खोजी जारी राखेका थिए । खोजी गर्ने क्रममा नयाँ श्रीनाथ गण भोजपुरका सहसेनानी, सञ्जीव खत्री, नेपाल प्रहरीका प्रहरी निरीक्षक अर्जुन अधिकारी र सशस्त्र प्रहरी बल ५ नम्बर गुल्म टक्सारका प्रहरी निरीक्षक हरिकृष्ण गिरीको कमाण्डमा गएको सुरक्षा निकायको संयुक्त टोली र स्थानीयको समूहले शुक्रबार तामाङलाई मृतावस्थामा फेला परेका हुन् । मृतक तामाङको शवलाई कानुनी प्रक्रिया पूरा गरी परीक्षणका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । रासस

  • नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना

    नेपालमा केही दिन ठूलो वर्षाको सम्भावना

    काठमाडौं । न्यूनचापीय रेखा नेपाल नजिकै सरेकाले देशभर पानी परिरहेको छ । आज दिउँसोदेखि अझै धेरै पानी पर्ने पूर्वानुमान छ । पानी पर्ने क्रम सोमबारसम्मै जारी रहने मौसमविदले बताएका छन् ।

    मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतिर (नेपाल नजिक) अवस्थित रहेको र भारत उत्तरप्रदेशको बिहार आसपासमा न्यून चापीय प्रणालीको पनि प्रभाव रहेकाले अघिल्ला दिनको तुलनामा बढी पानी पर्ने प्रक्षेपण छ । पानी पार्ने न्यूनचापीय रेखा नेपालको अझै नजिक सर्ने सम्भावना छ ।

    त्यसैले जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले शुक्रबार नै विशेष बुलेटिन जारी गर्दै भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरेको थियो ।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिछानेले आज दिउँसोदेखि पानी पर्ने क्रम झन् बढ्ने बताएका छन् । आगामी सोमबारसम्मै देशभर पूर्ण बदली हुने र पानी पर्ने पूर्वानुमान गरिएको उनको भनाइ छ । गएरातिदेखि देशैभर हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    बागमती प्रदेशको नुवाकोटस्थित ककनी जलमापन केन्द्रमा भने ६ घण्टाको अवधिमा भारी वर्षा रेकर्ड भएको छ । अन्य स्थानमा भने हल्कादेखि मध्यम वर्षा भएको छ । गत २४ घण्टाको अवधिमा भने कोशी, बागमती र गण्डकीका एक–दुई स्थानमा पनि भारी वर्षा मापन भएको छ ।

    ‘आज दिउँसोतिर पानी पर्ने क्रम अझै बढ्ने नै देखिन्छ,’ मौसमविद लामिछानेले भने, ‘आइतबार र सोमबार अझै धेरै पानी पर्ने सम्भावना छ ।’ अहिले सातै प्रदेशमा सामान्यदेखि पूर्णतया बदलीको अवस्था छ । यस्तो अवस्था सोमबारसम्मै रहने सम्भावना छ । आज राति र भोलि भारीदेखि र धेरै भारी वर्षाको पनि सम्भावना रहेको मौसमविद लामिछानेले जानकारी दिए ।

    उनका अनुसार अहिलेसम्मको बादलको प्रकृति हेर्दा दिउँसोपख पानी पर्न कम हुने र अपराह्नपख फेरी पानी पर्ने सम्भावना देखिन्छ । ‘अहिले नेपालतर्फ आइरहेको बादल हेर्दा बेला–बेला रोकिने, फेरी पानी पर्ने, घाम लागेजस्तो त हुने तर पानी पर्दै नपर्ने भन्ने चाहिँ हुँदैन,’ उनले भने ।

    आज राति कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । यसैगरी भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

    जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आज देशका अधिकांश नदीहरुको बहाव उल्लेख्य बढ्ने जनाएको छ । भोलि बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई, भेरी र महाकाली नदी तथा यी नदीका सहायक नदी तथा खोलाहरुको बाढी सतर्कता तह आसपास पुग्ने पूर्वानुमान छ ।

  • म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

    म्याग्दीबाट जोमसोम जाने सडक पूर्ण रुपमा बन्द

    काठमाडौं । म्याग्दीको रघुगङ्गा गाउँपालिका २ बैसरीमा पहिरो रोकथाम गर्न कालीगण्डकी कोरिडोर (बेनी-जोमसोम-कोरला) सडकखण्ड पाँच दिनका लागि पूर्णरुपमा बन्द गरिएको छ । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी-जोमसोम-कोरला सडकखण्डअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिकाको राहुघाट–तातोपानी खण्डमा कालोपत्र भइरहेकाले बैसरीमा चट्टान काटी सडक चौडा तथा सडकमा कङ्क्रिट गरी सकिएको स्थानमा माथिबाट पहिरो जाने क्रम सुरु भएकाले सडक बन्द गर्न लागिएको हो ।

    उक्त सडकमा ढुङ्गा खस्ने समस्याको स्थायी निराकरणका लागि साउन २८ गते आइतबारदेखि साउन ३२ गते बिहीबारसम्म पाँच दिनका लागि सडकखण्ड पूर्णरुपमा बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । म्याग्दीका सहायक प्रमुख जिल्ला अधिकारी धीरेन्द्रराज पन्तले बैसरीको सडकमा खस्ने पहिरोको स्रोतसम्म डोजर लगेर रोकथामको काम गर्नका लागि सो अवधिका लागि घुमाउने ताल–बेगखोला खण्डमा पूर्णरुपमा यातायात बन्द गर्न लागिएको जानकारी दिए ।

    दैनिक जसो सडक आवागमन अवरुद्ध हुने गरेको र धनजनको समेत क्षति हुने सम्भावना रहेको हुनाले पहिरो सुरु हुने स्थानमा एस्काभेटर पुर्‍याई पहिरो नियन्त्रण गर्नुपर्ने देखिएको तथा पहिरो सुरु हुने स्थानबाटै पहिरो नियन्त्रण गरी समस्याको स्थायी निराकण गर्ने काम भइरहेकाले उक्त सडकखण्ड सो अवधिमा बन्द हुने जारी सूचनामा उल्लेख छ ।

    जिल्ला प्रशासन कार्यालय म्याग्दीले कालीगण्डकी करिडोरको चमेरे–बेगखोला सडकखण्डमा चल्ने हलुका सवारी साधानहरुले सो समयमा चमेरे–राखुरपिप्लेबेगखोला सडकखण्डको बैकल्पिक कच्ची मार्ग प्रयोग गर्न समेत अनुरोध गरेको छ ।

    ‘बैकल्पिक कच्ची मार्ग ‘सिङ्गल ट्रयाक’को भएको हुँदा बेगखोलाबाट चमेरेतर्फ (मुस्ताङबाट बेनी आउने हलुका सवारी साधन) आउने र चमेरेबाट बेगखोलातर्फ (बेनीबाट मुस्ताङतर्फ जाने हलुका सवारी साधन) जाने सवारी साधनले आलोपालो गरेर आवातजावत हुने व्यवस्था गरिएकाले स्थानीय सुरक्षाकर्मीको समन्वयमा मात्रै सो बैकल्पिक मार्ग प्रयोग गरिदिनुहुन सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, जारी सूचनामा भनिएको छ ।

    बैसरीको पहिरोले गत आइतबारदेखि सडक अवरुद्ध हुँदा म्याग्दीको रघुगङ्गा, अन्नपूर्ण गाउँपालिका र मुस्ताङका बासिन्दाका साथै पर्यटक र तीर्थयात्रीलाई आवतजावत गर्न समस्या भएको छ ।

  • ४७ वर्षपछि चन्द्र मिसनमा रुस

    ४७ वर्षपछि चन्द्र मिसनमा रुस

    काठमाडौं । रुस करिब ४७ वर्षपछि चन्द्र मिसनमा लागेको छ । उसले अन्तरिक्षयान प्रक्षेपण गरेको छ । स्थानीय समय अनुसार शुक्रबार अगष्ट ११ को बिहान ८ः१० बजे भोस्तोक्नी कस्मोड्रोमबाट रुसले लुना २५ चन्द्र मिसन प्रक्षेपण गरेको हो । युक्रेन युद्धपछि रुसले कुनैपनि अन्तरिक्षयान प्रक्षेपण गरेको यो पहिलोपटक हो ।

    सोयुज २.१ बी फ्रेगाट रकेटमार्फत प्रक्षेपण गरिएको उक्त मिसनलाई लूना ग्लोब मिसन पनि भनिन्छ । सो रकेट करीब ४६.३ मिटर लामो, १०.३ मिटर ब्यास हुनुका साथै ३१३ टन वजनको छ । लुना २५ आगामी २१ वा २२ अगष्टका दिन चन्द्रमाको सतहमा अवतरण गर्नेछ । चन्द्रमाको सतहमा यसले एकवर्ष सम्म काम गर्नेछ ।

    लुना २५ को वजन भने १.८ टन रहेको छ, जसमा ३१ केजी बराबरका विभिन्न वैज्ञानिक उपकरण छन् । जसले चन्द्रमाको सतहमा उत्खनन गरेर चट्टान तथा माटोको नमूना संकलन गर्नेछ । यसबाट चन्द्र सतहमा जमेको पानी, अक्सीजन आदिको सम्भावनाको खोजी गरिनेछ ।

    लुना २५ चन्द्रमाको दक्षिणी ध्रुव नजिकै रहेको बोगुस्लाभ्स्की क्रेटरको आसपासमा अवतरण गर्नेछ । लुना २५ मा विभिन्न ९ वटा वैज्ञानिक उपकरण छन् । रुसले यसअघि चन्द्रमामा पठाएको यान लुना २४ हो । जुन सन् १९७६को अगष्ट १८ मा प्रक्षेपण गरिएको थियो ।

  • पर्यटक बसबाट ३५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

    पर्यटक बसबाट ३५ लाख नक्कली नोट बरामद, ९ जना पक्राउ

    काठमाडौं । लुम्बिनीबाट काठमाडौं आउँदै गरेको पर्यटक बसमा ३५ लाख ७३ हजार रूपैयाँ नक्कली नोट भेटिएको छ। बिहीबार नागढुंगामा लु १ प ५ नम्बरको पर्यटक बस चेकजाँचको क्रममा चाउचाउको कार्टुनमा र्‍याप गरी डिकीमा राखिएको अवस्थामा १ हजार दरका तीन हजार ५७३ थान नक्कली नोट बरामद गरिएको काठमाडौं प्रहरी परिसरका एसपी कुमोध ढुंगेलले जानकारी दिए।

    नक्कली नोट बरामद भएको गाडीका चालक र सहचालकलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा प्रहरीले थप त्यससँग सम्बन्धित ९ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोक बलेफी गाउपालिका वडा ७ का ४० अर्जुन सुवेदी, २५ वर्ष सुशील कार्की, सुनकोशी गाउँपालिका-६ का २३ वर्षीय शिव भण्डारी, २३ वर्षीय मिलन भण्डारी र २४ वर्षीय कृष्ण भण्डारी छन्।

    त्यस्तै, झापा कमला गाउँपालिका-३ का २९ वर्षीय युवराज राई, अछाम मेल्लेख गाउँपालिका-३ का २१ वर्षीय अर्जुन बुढा, गुल्मी वाडागाउँ गाउँपालिका-२ का सागर आचार्य र नवलपरासी सरावल गाउपालिका-१ का ५३ वर्षीया पार्वती नेपाली पक्राउ परेका छन्।

    भक्तपुर चागुनारायण नगरपालिका(४ बाट पक्राउ गरिएको उनीहरूको साथबाट थप १७ लाख दुई हजार नक्कली नोट फेला पारेको एसपी ढुंगेलले जानकारी दिए। उनीहरूको साथबाट प्रहरीले मनिटर १ थान, सिपियु १ थान, किबोर्ड १, माउस १, कम्प्युटरसेट १, पेपर कटर मेसिन १ थान, कलर प्रिन्टर १ थान, प्रिन्ट पेपर रिम १, खुल्ला पेपर दुई सय पेज र १ थान नेपाली राहदानी बरामद गरेको छ।

    त्यस्तै ३ थान मोटरसाइकल, १ थान स्कुटर, १२ थान मोबाइल र त्यसमा लाग्ने सिम पनि बरामद गरिएको एसपी ढुंगेलले बताए। पक्राउ गरिएको ९ जनालाई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिई अनुसन्धान भइरहेको उनले जानकारी दिए। नक्कली नोट बनाउने र कारोबार गर्नेलाई ५ देखि १० वर्षसम्म कैद र ५० हजारदेखि १ लाखसम्म जरिवाना हुने कानूनी व्यवस्था छ।

  • वैदेशिक रोजगारी सुरक्षित बनाउन प्रधानमन्त्रीले मागे सुझाव

    वैदेशिक रोजगारी सुरक्षित बनाउन प्रधानमन्त्रीले मागे सुझाव

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्नु परेका समस्या र समाधानका उपायबारे सरकारी निकायका अधिकारीहरुसँग सुझाव मागेका छन् । आज बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको केही मन्त्री र वैदेशिक रोजगारसँग सम्बन्धित सरकारी निकायका अधिकारीहरुसँग संयुक्त छलफल गरी प्रधानमन्त्री प्रचण्डले सुझाव मागेका हुन् ।

    छलफलमा उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, अर्थमन्त्री डा। प्रकाशशरण महत, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारी, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, अर्थसचिव, परराष्ट्र सचिव, श्रम सचिव, प्रधानमन्त्री कार्यालयका प्रशासन महाशाखा हेर्ने सचिव लगायत सहभागी थिए ।

    सो छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारका समस्या समाधान गर्ने र त्यसलाई मर्यादित बनाउने विषयमा सुझाव मागेका थिए । सुझाव अर्को बैठकमा प्रस्तुत गर्न प्रधानमन्त्री प्रचण्डले भनेको उनको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीको सचिवालयबाट जारी प्रेस नोटमा लेखिएको छ, ‘छलफलमा प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीको क्रममा नेपालीहरूले विभिन्न प्रकृतिका समस्याहरू भोग्नुपरेको चर्चा गर्दै ती समस्याहरूको दीर्घकालीन निराकरणका उपायबारे विस्तृत अध्ययन गरी अर्को बैठकमा प्रस्ताव पेश गर्नसमेत निर्देशन दिनुभएको छ ।’

    प्रधानमन्त्री प्रचण्डले वैदेशिक रोजगारीलाई मर्यादित र सुरक्षित बनाएर देशको अर्थतन्त्र धानिरहेका नेपाली श्रमिकहरूको सम्मान र हितरक्षा गर्न पनि निर्देशन दिएका थिए । छलफलमा सम्पूर्ण श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्नेबारे समेत छलफल भएको र यसका निम्ति यही साउन ३१ गते एक औपचारिक समारोह समेत आयोजना हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

  • निजी विद्यालय सञ्चालकहरुले लिए आन्दोलन फिर्ता

    निजी विद्यालय सञ्चालकहरुले लिए आन्दोलन फिर्ता

    काठमाडौं । सरकारसँगको सहमतिपछि निजी विद्यालय सञ्चालकहरुले घोषणा गरेको आन्दोलन फिर्ता लिएका छन्।

    निजी विद्यालय सञ्चालकहरुले आन्दोलनको थप घोषणा गरेपछि सरकारले प्याब्सनका प्रतिनिधिलाई छलफलमा बोलाएको हो। मन्त्रिपरिषद्बाट पास भएर संसदमा दर्ता हुन लागेको शिक्षा विधेयकको विरोधमा निजी विद्यालय सञ्चालकहरु उत्रिएका थिए।

    आइतबारदेखि देशैभरी सञ्चालित निजी लगानीका मन्टेश्वरी देखि कक्षा १२ सम्मका विद्यालयहरूमा पठनपाठन रोक्ने निजी विद्यालय सञ्चालकहरुले चेतावनी दिएका थिए।

  • ‘क्विन्टल सुन’ सुन प्रकरण: व्यापारी रोहन अडुकिया पक्राउ

    ‘क्विन्टल सुन’ सुन प्रकरण: व्यापारी रोहन अडुकिया पक्राउ

    काठमाडौं । ‘क्विन्टल सुन’ प्रकरणमा रोहन अडुकिया पक्राउ परेका छन् । उनलाई त्रिभुवन विमानस्थलबाट पक्राउ गरिएको हो ।

    उनी व्यवसायी राकेश अडुकियाका छोरा हुन्।

    उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको अध्यागन स्रोतले जनाएको छ। राजस्व अनुसन्धान विभागले रोहनलाई कालोसूचीमा राख्न अध्यागन विभागलाई भनेको थियो।

    केही दिनअघि सुन प्रकरणमा व्यापारी राकेश अडुकियाको घरमा छापा मार‌ेको थियो।

    योसँगै सुन प्रकरणमा पक्राउ पर्नेको संख्या २१ पुगेको छ। तीमध्ये १ जना धरौटीमा छुटिसकेका छन्।

  • कांग्रेस सांसद सुनिल शर्मा बचाउमा उत्रियो एमाले

    कांग्रेस सांसद सुनिल शर्मा बचाउमा उत्रियो एमाले

    काठमाडौं । प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ ।

    एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् । शाहले शर्मालाई किन पक्राउ गरेको भन्दै प्रश्न गरिन् ।

    ‘पटक पटक उच्चस्तरीय छानबिन बनाउन माग गर्ने सांसदलाई आज कुन हिसाबबाट समातिएको छ ? कानुनले पनि मिल्दैन ।

    उहिले नै म्याद सकिएको प्रमाणपत्रलाई अहिले बखेडा झिकेर समातिएको छ, यसको घोर आपत्ति गर्न चाहन्छु,’ उनले भनिन् ।

  • संसदमा एमालेको नाराबाजी, बैठक २९ गतेसम्मको लागि स्थगित

    संसदमा एमालेको नाराबाजी, बैठक २९ गतेसम्मको लागि स्थगित

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा नाराबाजी गरेपछि वैठक स्थगित भएको छ । सुन प्ररकणमा उच्चस्तरीय छानबिन समितिको माग राख्दै एमालेले सदन अवरोध गरेको हो ।

    एमालेका सांसदहरूले नाराबाजी गर्दै रोष्ट्रम घेराउ गरेका थिए । संसदमा अवरोध भएपछि सभामुख घिमिरेले कार्यसूचीमा भएका सबै विषय हटाएर बैठक स्थगित गरिदिएका छन् । अर्को बैठक यही साउन २९ गते दिउँसो १ बजेका लागि बोलाइएको छ ।

  • अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा

    अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा

    काठमाडौं । अमेरिकी ‘ग्लोबल एन्टी–करप्सन’ संयोजक रिचार्ड नेफ्यु नेपाल भ्रमणमा आएका छन् । अमेरिकी दूतावासका अनुसार नेपाल सरकारका पदाधिकारी र नागरिक समाजका प्रतिनिधिहरूसँग नेपालले समिट फर डेमोक्रेसीमा गरेको भ्रष्टाचारविरुद्धको प्रतिबद्धताको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ । संयोजक नेफ्यु विदेशमन्त्री एन्टोनी ब्लिन्केन र उपविदेशमन्त्री उज्रा जियाको मातहतमा रहेर काम गरिरहेका छन् ।

  • एसिया कपको तयारीका लागि पाकिस्तान जाँदै नेपाली टीम

    एसिया कपको तयारीका लागि पाकिस्तान जाँदै नेपाली टीम

    काठमाडौं । पाली राष्ट्रिय क्रिकेट टोलीले एसीसी एसिया कपको अन्तिम तयारी पाकिस्तानको कराँचीमा गर्ने भएको छ। एसिया कप आगामी अगस्ट ३० देखि सेप्टेम्बर १७ तारिखसम्म पाकिस्तान र श्रीलङ्कामा हुनेछ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) लाई एसिया कपअघि नेपाली टोलीलाई पाकिस्तानमा अभ्यासको व्यवस्था मिलाइदिन अनुरोध गरेको थियो । क्यानको अनुरोधमा पीसीबीले नेपाललाई तयारीको अवसर दिएको हो ।

    नेपाली टोली भदौ ५ गते पाकिस्तान जाने र ९ गतेसम्म कराँचीमा प्रशिक्षणसहित केही अभ्यास खेल पनि खेल्ने बताइएको छ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । नेपालले अगस्ट ३० मा पाकिस्तान र सेप्टेम्बर ४ मा भारतसँग खेल्नेछ । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् । समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछ । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

  • साउदीबाट चार नेपाली महिलाको उद्धार

    साउदीबाट चार नेपाली महिलाको उद्धार

    काठमाडौं । साउदीस्थित नेपाली दूतावासले कुवेतमा कम्पनीमा काम गर्ने प्रलोभन देखाई गैरकानुनी रूपमा घरेलु काममा साउदी पु–याइएका चार नेपाली महिलाको उद्धार गरेर स्वदेश पठाएको छ । दूतावासले साउदीमा घरेलु काममा विभिन्न हिंसा र दुव्र्यवहारमा परेका महिलालाई उद्धार गरी तीन महिना दूतावासको अल्पकालीन आवासमा राखेर बुधबार स्वदेश पठाइएको हो ।

    दूतावासका अनुसार कम्पनीको काम लगाउने भनेर सरकारसँग श्रम स्वीकृति नै नलिई उनीहरूलाई भारत हुँदै कुवेत पुर्याइएको थियो । कुवेतमा केही महिना काम गरेपछि कुवेतका स्थानीय एजेन्टले उहाँहरूलाई साउदी अरब पुर्याइएको सात महिनासम्म बिनातलब घरमा काम लगाएको सूचनाका आधारमा दूतावासले साउदी प्रहरीको सहयोग लिएर उद्धार गरी अल्पकालीन आवासमा राखेको थियो ।

    दूतावासका अनुसार साउदीमा उनीहरूलाई झन्डै सात महिनासम्म घरमालिकले बिनातलब काम लगाएको र बिरामी हुँदासम्म उपचार नगराउने, तलब माग्दा कुटपिट गर्ने, शारीरिक तथा मानसिक यातना दिने गरेको पाइएको छ । तीन महिनासम्म चारै जनालाई दूतावासले खाने बस्ने सुविधासहित आवासीय सेवा दिइएको थियो । यसबिचमा दूतावासले साउदीको घरेलु श्रमिक कार्यालयसँग समन्वय गरी उनीहरूको स्वदेश फिर्तीका लागि कानुनी प्रक्रिया मिलाएर बहिर्गमन भिसा लगाएको थियो ।

    बहिर्गमन भिसामा उनीहरूलाई हिमालय एयरलाइन्समार्फत दूतावासले बुधबार नेपाल फर्काएको छ । उनीहरूको टिकटको व्यवस्था भने साउदीमा रहेको प्रवासी नेपाली मञ्चले गरेको दूतावासले जानकारी दिएको छ । दूतावासले पछिल्लो समय कागजातविहीन भएर साउदीमा घरेलु काममा आउने महिलाको सङ्ख्या बढेकाले त्यसप्रति सचेत गराउन सरोकारवाला निकायको ध्यानाकर्षणसमेत गराएको छ ।

  • पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

    पाकिस्तानमा संसद भंग, नयाँ निर्वाचन कहिले ?

    काठमाडौं । पाकिस्तानको संसद् औपचारिक रूपमा विघटन भएको छ। अब ९० दिनभित्र गर्नुपर्ने निर्वाचन गरिसक्नु पर्छ । निर्वाचन आयोगले जनगणनाको ताजा तथ्याङ्क प्रतिविम्बित हुनेगरी निर्वाचन क्षेत्रहरू पुनः निर्धारण गरिनुपर्ने बताएको छ। निर्वाचन क्षेत्र परिवर्तन गर्ने प्रक्रियाका लागि महिनौँ लाग्न सक्छ। गत साता पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई पक्राउ गरेर जेल चलान गरिएको थियो। उनलाई पाँच वर्ष राजनीति गर्न नपाउनेगरी प्रतिबन्ध लगाइएको छ।

    उनले पाकिस्तानको शक्तिशाली सैन्य संस्थापनलाई चुनौती दिएका थिए र सेना निर्वाचनबाट भयभीत भएको दाबी गरेका थिए। राष्ट्रपति आरिफ अल्भीले बुधवार देशको संसद् विघटन गरेका थिए। त्यसयता सरकार कामचलाउ बनेको शहबाज शरिफको सरकारलाई तीन दिनभित्र अन्तरिम प्रधानमन्त्री चयन गर्न समय दिइएको छ।

    प्रधानमन्त्री शरिफले हालै “राष्ट्रिय एकता नभएसम्म” देशले प्रगति गर्न नसक्ने चेतावनी दिँदै पत्रकारहरूसँग यो वर्ष निर्वाचन नहुन सक्ने बताएका थिए।
    कतिपयले सत्तारूढ दल पाकिस्तान मुस्लिम लीग–नवाज (पीएमएल(एन) नेतृत्वको गठबन्धनसँग परिणाम आफ्नो पक्षमा आउने आत्मविश्वास नभएका कारण निर्वाचन सार्न लागिएको आशङ्का गरेका छन्।

    अन्तर्राष्ट्रिय मुद्रा कोषबाट उद्धार प्याकेजका बाबजुद देशमा महँगी बढेको र जेल चलान भएका पूर्वप्रधानमन्त्री इमरान खान निकै लोकप्रिय रहेकाले समयमा निर्वाचन नगराउन लागिएको उनीहरूको आशङ्का छ।

    इमरान खानको कुनै बेला सेनासँग निकै राम्रो सम्बन्ध थियो। तर पछि उनले अरू राजनीतिज्ञले भन्दा सेनाको कटु आलोचना गरे। वरिष्ठ विश्लेषक रसुल बख्स रईसका अनुसार जेल परेपछि इमरान खानको लोकप्रियता अझ बढ्न सक्छ। गत मे महिनामा भ्रष्टाचारको आरोपमा खान पक्राउ परेपछि देशभरि प्रदर्शन भएको थियो। उक्त प्रदर्शनका क्रममा आठ जनाको मृत्यु हुनुका साथै १,४०० जना पक्राउ परेका थिए।

    खान पक्राउ परेपछि आक्रोशित भिडले अभूतपूर्व रूपमा त्यहाँका सैन्य संरचनामा आक्रमण गरेका थिए। आफूमाथि लागेको भ्रष्टाचारको मुद्दामा उनले पुनरावेदन दिएका छन्। उनले पाकिस्तानको सेनाले आफूलाई जेलमा राख्न र आफ्नो पार्टीलाई निस्तेज पार्न खोजेको दाबी गरेका छन्। पाकिस्तानको सैन्य नेतृत्वलाई चुनौती दिने कुनै पनि नेतालाई राजनीतिमा टिकिरहन सहज छैन।

    त्यो खानजस्तो प्रभावशाली र अन्तर्राष्ट्रिय छवि भएका व्यक्तिका हकमा पनि लागु हुन्छ। भूतपूर्व चर्चित क्रिकेट खेलाडी खान पनि सन् १९७० यता उस्तै नियति भोग्ने राजनीतिज्ञहरूमध्ये एक हुन्। सेना र गुप्तचर निकायको अधिकारलाई थप बढाउने उद्देश्यले गत साता त्यहाँको तल्लो सदनमा दुई कठोर कानुन पेस भएका थिए।

  • कस्तो रहनेछ आजको मौसम ?

    कस्तो रहनेछ आजको मौसम ?

    काठमाडौं । आज पनि देशैभर मौसम बदली भएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको नजिक रहेको र न्यून चापीय प्रणालीको प्रभाव पनि रहेकोले मौसम बदली भएको हो । आज कोशी, बागमती र गण्डकी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एकरदुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    दिउँसो पनि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेश र कर्णाली प्रदेशका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा भने मेघ गर्जन-चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ । केही ठाउँमा भारी वर्षाको सम्भावना भएकोले बाढी पहिरोको जोखिमबाट बच्न सतर्कता अपनाउन महाशाखाको अपि छ ।

  • मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

    मोदी विरुद्धको अविश्वासको प्रस्ताव अस्वीकृत

    काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध तल्लो सदन लोकसभामा दर्ता भएको अविश्वासको प्रस्ताव अस्वीकृत भएको छ । लोकसभाका अध्यक्ष ओम बिरलाले आज बिहीवार सदनको कारबाही समाप्त हुनुअघि केन्द्र सरकारविरुद्ध विपक्षी दलहरूले दर्ता गरेको अविश्वास प्रस्ताव अस्वीकृत भएको घोषणा गरेको बीबीसीले जनाएको छ ।

    यसअघि अविश्वास प्रस्तावलाई लिएर लोकसभामा तीन दिनसम्म सत्तापक्ष र विपक्षका सांसदहरूले आफ्नो विचार राखेका थिए । प्रधानमन्त्री मोदीले जवाफ दिएपछि लोकसभाका अध्यक्षले अविश्वास प्रस्तावमाथि ध्वनि मतका आधारमा प्रस्ताव अस्वीकृत भएको घोषणा गरेका हुन् ।

    आजको बैठकमा मोदीले आफूविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने विपक्षी दलहरूको चर्को आलोचना गर्दै मणिपुर राज्यमा शान्ति कायम गराएरै छाडिने बताए । उनले मणिपुरमा महिलाहरूमाथि अक्षम्य अपराध भएको भन्दै दोषीलाई कडाभन्दा कडा सजाय दिलाउन केन्द्र र राज्य सरकार मिलेर काम गरिरहेको बताए ।
    जवाफकै क्रममा मोदीले विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताउँदै सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दाबी गरे ।

    मणिपुर राज्यमा भएको हिंसामा सरकारले अभिभावकीय भूमिका खेल्न नसकेको र देशमा निरङ्कुशता हाबी भएको भन्दै विपक्षीले मोदीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएका थिए । यसअघि सन् २०१८ मा पनि नरेन्द्र मोदी सरकारको विरुद्ध विपक्षीले अविश्वास प्रस्ताव ल्याएको थियो । सदनमा ११ घण्टा लामो छलफलपछि अन्ततः मोदी सरकारले सदनमा आफ्नो बहुमत पुर्‍याएको थियो ।

  • टमाटर नेपालबाट आयात हुँदैछ : भारतीय अर्थमन्त्री

    टमाटर नेपालबाट आयात हुँदैछ : भारतीय अर्थमन्त्री

    काठमाडौं । भारतीय अर्थमन्त्री निर्मला सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी छन्। समाचार संस्था रोयटर्सका अनुसार भारतीय संसदमा बिहीबार बोल्दै सीतारमणले नेपालबाट टमाटर आयात गर्न लागिएको बताएकी हुन्। ‘नेपालबाट आयात गरिएको टमाटरको पहिलो लट शुक्रबार बनारस, लखनऊ र कानपुरमा आइपुग्छ,’ उनले भनिन्।

    पछिल्ला केही महिनामा भारतमा टमाटरको मूल्य १४ सय प्रतिशतसम्म बढेको छ। बजारमा अत्यधिक मूल्य बढेपछि भारतले माग धान्न नेपालबाट टमाटर लैजान लागेको हो। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले केही समयदेखि नेपाली टमाटर भारत गइरहेको बताए।

    ‘टमाटर निर्यात भइरहेको जानकारी छ तर विस्तृत विवरण आइसकेको छैन,’ उनले भने। भारतमा टमाटरको मूल्य बढेपछि पछिल्लो समय नेपालमा पनि टमाटरको मूल्य ह्वात्तै बढेको छ। बिहीबार कालीमाटी तरकारी बजारमा टमाटरको मूल्य प्रतिकिलो १८० रुपैयाँसम्म छ।

  • नक्कली शैक्षिक प्रमाणपत्रको काण्डमा सांसदसहित ५ चिकित्सक पक्राउ

    नक्कली शैक्षिक प्रमाणपत्रको काण्डमा सांसदसहित ५ चिकित्सक पक्राउ

    काठमाडौं । नक्कली शैक्षिक प्रमाण पत्र लिएको आरोपमा पक्राउ पर्ने चिकित्सकको संख्या ५ पुगेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले चलाएको अपरेसन ‘फोक्सट्रोट चार्ली’ मा सांसद् सुनिल शर्मासहित पाँच जना पक्राउ परेको सीआईबीले जनाएको छ ।

    पक्राउ पर्ने अन्यमा पिपरा–८, महोत्तरीका डा. रञ्जितकुमार यादव, त्रिवि शिक्षण अस्पताल मा कार्यरत डा. अमित चौधरी, रौतहटका डा. रामबाबु यादव र डा. एरिना शाह छन् । शाहलाई सीआईबीले काठमाडौंबाट पक्राउ गरेको हो भने यादवलाई रौतहटबाट पक्राउ गरिएको हो ।

    सीआईबीले नक्कली शैक्षिक प्रमाण पत्र भएका चिकित्सकहरुविरुद्ध बिहीबार दिउँसो उपत्यकासहित विभिन्न जिल्लामा एकसाथ अपरेशन चलाएको थियो । त्यहीक्रममा पाँच जना पक्राउ परेका हुन् । पक्राउ परेकाहरुलाई ब्यूरोले लाजिम्पाटस्थित नयाँ कार्यालयमा राखेको छ ।

    अपराह्न शर्मालाई गोल्फुटारस्थित घरबाट पक्राउ गरेको थियो । उनले आईएस्सीको शैक्षिक प्रमाण पत्र नक्कली लिएर थप अध्ययन गरेको सीआईबीले जनाएको छ । बिहीबारै सीआईबीले उनी पक्राउ परेको बारे संसद् सचिवालयलाई जानकारी गराइसकेको छ ।

  • क्युरेक्स फर्मास्युटिकल्सको एन्टिबायोटिक बिक्री गर्न प्रतिबन्ध

    क्युरेक्स फर्मास्युटिकल्सको एन्टिबायोटिक बिक्री गर्न प्रतिबन्ध

    काठमाडौं । औषधि व्यवस्था विभागले क्युरेक्स फर्मास्युटिकल्सद्वारा उत्पादित एक एन्टिबायोटिक औषधिलाई बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।

    विभागले एक सूचना जारी गर्दै राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा उक्त औषधि न्यून गुणस्तरीय पाइएकाले बिक्रीवितरणमा रोक लगाइएको जानकारी दिएको हो ।

    बालबालिकामा प्रयोग हुने ‘इन्क्लेभ बिड’ नामक एन्टिबायोटिक सिरपको ब्याच नम्बर डीईबी १६८ मा खराबी देखिएको विभागले जनाएको छ ।

    विभागले सो एन्टिबायोटिक बिक्रीवितरण नगर्न र बजारमा भएको तत्काल फिर्ता गरी सोको विवरण बुझाउन उत्पादक कम्पनीलाई निर्देशन समेत दिएको छ ।

    साथै, विभागले सो औषधि प्रयोग नगर्न/नगराउन सबैलाई अनुरोध गरेको छ ।

  • सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

    सुन तस्करीमा गृह र अर्थमन्त्रीको राजीनामा माग्ने कांग्रेस सांसद सुनिल शर्मा पक्राउ

    काठमाडौं । नेपाली कांग्रेसका सांसद तथा व्यवसायी सुनिल शर्मा पक्राउ परेका छन् ।

    मोरङ-३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले काठमाडौंको गोल्फुटारबाट पक्राउ गरेको हो ।

    प्रहरीले शर्मालाई के विषयमा अनुसन्धानका लागि पक्राउ गरिएको हो भन्ने खुलाएको छैन । शर्माले पछिल्लो समय गृहमन्त्री र अर्थमन्त्री विरुद्ध आक्रमक अभिव्यक्ति दिँदै आएका थिए ।

    शर्मा काठमाडौँ मेडिकल कलेज र विराटनगरस्थित नोबल मेडिकल कलेजका सञ्चालक हुन् ।