राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तय गरेको छ । आयोगले राष्ट्रपतिको निर्वाचन आउँदो फागुन २५ गते बिहीबार र उपराष्ट्रपतिको निर्वाचन आगामी चैत ३ गते शुक्रबार हुनेगरी आज मिति तोकेको हो । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त निर्णयका आधारमा आयोगले आजै निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिए । आयोगले सोबारे नेपाल… Continue reading राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनको मिति तोकियो

आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

पोखरा । पोखरामा आत्मदाहको प्रयास गरेका ४३ वर्षीय कृष्ण क्षेत्रीलाई बचाउँदा घाइते भएकी संगीता सापकोटाको मृत्यु भएको छ । पोखरा १३ काहुँखोलामा स्टेशनरी सञ्चालन गर्दै आएका क्षेत्रीलाई बचाउन जाँदा गम्भीर घाइते ४० वर्षीय सापकोटाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । आइतबार बाथरूममा क्षेत्रीले आत्मदाहको प्रयास गरेका थिए । बचाउने क्रममा घरबेटी… Continue reading आत्मदाहको प्रयास गर्नेलाई बचाउँदा घाइते भएकी महिलाको मृत्यु

आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

बाँके । बाँकेमा बाबुले आफ्नै छोरा र श्रीमतीमाथि आगो लगाएका छन् । सो क्रममा छोराको जलेर ज्यान गएको छ । श्रीमती घाइते भएकी छिन् । बाँके, कोहलपुर नगरपालिका वडा नम्बर २ शक्तिनगरका एक युवकले पेट्रोल छर्किएर आगो लगाउँदा उनका दुई वर्षीय छोराको मृत्यु भएको छ । स्थानीय ३० वर्षीय भानुभक्त विकले आइतबार अपराह्न पाँच बजेतिर… Continue reading आफ्नै छोरा र श्रीमतीलाई पेट्रोल छर्केर बाबुले लगाए आगो, छोराको मृत्यु

गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी

Photo : BBC

काठमाडौं । गत शनिबार नेपाल सरकारका वेबसाइटहरु एकाएक बन्द भए । जसकाकारण हवाई उडानदेखि अन्य कामहरु समेत प्रभावित भएको थियो । यसो हुनुमा फ्रान्स, जर्मनी, इटली, इजरायललगायतका देशबाट साइबर आक्रमण भएको पुष्टि भएको छ। डिस्ट्रिब्युटेड डिनायल अफ सर्भिस (डिडक्स) आक्रमणका कारण नेपाल सरकारका सम्पूर्ण वेबसाइट शनिबार एक्कासि करिब पाँच घण्टा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेको… Continue reading गत शनिबार सरकारी वेवसाइटमा साइवर हमला भएको पुष्टी

शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले न्यायपूर्ण, समतामूलक एवं सुसंस्कृत समाज र समृद्ध राष्ट्र बनाउने शहीदको सपनालाई मूर्त रूप दिन आआफ्नो तर्फबाट निर्वाह गर्नुपर्ने भूमिकालाई इमानदारीसाथ पूरा गर्न आग्रह गरेकी छिन् । शहीद दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो आग्रह गरेकी हुन्। शहीदको बलिदानबाट प्राप्त भएको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन,… Continue reading शहीदको सपना पुरा गर्न प्रयास गरौं : राष्ट्रपति

राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा

काठमाडौं । राहदानी विभागमा प्रि(इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा आएको छ । विभागले सेवा सहज बनाउन एक महिनाको अग्रिम अनलाइन आवेदन अर्थात् प्रि–इनरोलमेन्ट कार्यान्वयनमा ल्याएको हो । विभागका अनुसार आजदेखि दैनिक १ हजार ५ सयका दरले एक महिनाको प्रि–इनरोलमेन्ट हुनेछ । अहिलेसम्म २ देखि ३ दिनको मात्रै प्रि–इनरोलमेन्टको व्यवस्था रहेकोमा अब एक महिनाको गर्न लागिएको हो ।… Continue reading राहदानी सेवा सहज बनाउन प्रि-इनरोलमेन्टको व्यवस्था कार्यान्वयनमा

आज शहीद दिवस, देशभर मनाइदैं

काठमाडौं । प्रत्येक वर्ष माघ १६ गते मनाइने शहीद दिवस प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी आज देशभर मनाइँदैछ । शहीदलाई प्रत्येक वर्ष माघ १६ गते सम्झने गरे पनि सपना पूरा गर्न हुनुपर्ने जति काम नभएको गुनासो यस अवसरमा हुने गरेको छ । यस… Continue reading आज शहीद दिवस, देशभर मनाइदैं

ब्राण्डेड नाममा नक्कली मदिरा उत्पादन र बिक्रि गर्ने तीन जना पक्राउ

काठमाडौं । नक्कली मदिरा उत्पादन गरी बिक्रीवितरण गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । ललितपुर महानगरपालिका १ कुपण्डोलबाट खटिएको प्रहरी टोलीले मदिरा पसलहरूमा खानतलासी गर्ने क्रममा उनीहरूलाई आइतबार पक्राउ गरेको हो । दोलखा कालिन्चोक गाउँपालिका ३ का स्थायी बासिन्दा निरज उप्रेती, स्याङ्जा गल्याङ नगरपालिका ९ का स्थायी बासिन्दा २६वर्षीय धर्मी गौडेल र सिन्धुली तीनपाटन… Continue reading ब्राण्डेड नाममा नक्कली मदिरा उत्पादन र बिक्रि गर्ने तीन जना पक्राउ

सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार

काठमाडौं । अर्थ मन्त्रालयले नीतिगत प्राथमिकता र न्यूनतम कार्यक्रम कार्यान्वयनका लागि कार्ययोजना बनाएको छ । कार्ययोजनामा नीति तथा कार्यक्रम, क्रियाकलाप, माइलस्टोन, साधन स्रोत, समय सीमा र अनुमगन मूल्यांकन सूचक उल्लेख गरिएको छ । नीति तथा कार्यक्रमलाई कार्यान्वयनका लागि राजस्व संकलनमा प्रभावकारिता ल्याउने, राजस्व प्रणालीलाई थप प्रगतिशिल बनाउने, राजस्वको दरहरु हेरफेर गर्दा व्यावसायिक तटस्थता कायम गर्ने,… Continue reading सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कार्ययोजना तयार

काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

काठमाडौं । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले काठमाडौं महानगरपालिकाले जथाभावी डोजर आतंक मच्चाएको भन्दै मेयर बालेन साहको कामको विरोध गरेका छन् । आइतबार माइतीघरमा भेला भएर कामपा र प्रमुख बालेनविरुद्ध नारावाजीसमेत गरे । प्रदर्शनमा सहभागीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए। प्रदर्शनमा… Continue reading काठमाडौं महानगरविरुद्ध माइतीघरमा प्रदर्शन

राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सभापतिमा पुन:स्थापित गरेको छ । नेपाली नागरिकताको प्रमाणपत्र लिएपछि बसेको रास्वपाको केन्द्रीय समितिको बैठकले उनलाई पुनः सभापतिको जिम्मेवारी दिएको हो । नागरिकता लिने प्रक्रिया पूरा नगरेको सर्वोच्च अदालतको फैसलासँगै उनको सांसद पद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र सभापतिबाट पदमुक्त भएका थिए । लामिछानेलाई फेरि गृह… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने

रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

काठमाडौं । रवि लामिछानेले नेपाली नागरिकता लिएका छन्। आइतबार आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट उनले नागरिकता लिएका हुन्। बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन : प्राप्तिका लागि जिल्ला प्रशासन कार्यालय पुगेका थिए। शुक्रबार सर्वोच्च अदालतले लामिछानेको नागरिकता अवैध भएको ठहर गरेको थियो। सर्वोच्चको आदेश पछि लामिछानेको सांसद र मन्त्री पद दुवै… Continue reading रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

कांग्रेसका सांसद बस्नेतले लिए प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा

काठमाडौं । नेपाली कांग्रेसका सांसद मोहन बस्नेतले प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा लिएका छन् । उनले आचार्यका परिवार बसेको सिनामंगलमै पुगेर प्रत्यक्ष रूपमा भेटी यसको व्यवस्थाको जिम्मा लिएको सामाजिक सञ्जालमार्फत बताएका छन्। सामाजिक सञ्जालमा बस्नेतले लेखेका छन्, ‘ स्व. प्रेम प्रसाद आचार्य ज्युका छोरीहरूको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने प्रतिबद्धता मैले यही सामाजिक सञ्जाल… Continue reading कांग्रेसका सांसद बस्नेतले लिए प्रेमप्रसाद आचार्यका छोरीहरूको पठनपाठनको जिम्मा

नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

काठमाडौं । नागरिकता लिन रवि लामिछाने जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका छन्। । स्थानीय प्रशासनसँग समन्वय गरी आवश्यक कागजात लिएर लामिछाने नागरिकता लिन पुगेका हुन्। सर्वोच्च अदालतले अमेरिकाको नागरिकता त्यागेपछि नेपालको कानुनबमोजिम नागरिकता पुनः प्राप्तिको प्रक्रिया पूरा नगरेको भन्दै लामिछानेको सांसद पद खारेज गरिदिएको थियो। लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुन: प्राप्तिका लागि… Continue reading नागरिकता लिन जिल्ला प्रशासन कार्यालय पुगे रवि लामिछाने

एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

काठमाडौं । सरकारले एक दर्जन ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले १२ वटा निर्माण व्यवसायी एवम् आपूर्तिकर्तालाई कालोसूचीमा राखेको हो । भागेश्वर गाउँपालिका २, डडेलधुराका जगत बहादुर जोरा नेतृत्वको राष्ट्र सेवा निर्माण सेवालाई तीन वर्ष र अन्यलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको छ । कालोसूचीमा राखिएकाहरुमा गोपाल ढकाल… Continue reading एक दर्जन ठेकेदार कम्पनी कालोसूचीमा

आजै नागरिकता लिने तयारीमा रवि

काठमाडौं । रवि लामिछानेले आजै नागरिकता लिने भएका छन् । नेपाली सञ्चारमाध्यमहरुका अनुसारआइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर उनले नेपाली नागरिकता लिने प्रक्रिया सुरू गर्न लागेका हुन् । उनलेगृह मन्त्रालयसँग समन्वय गरी नागरिकता लिन लागेको बताइएको छ । लामिछानेले अमेरिकी नागरिकता त्यागे पनि नेपाली नागरिकता पुनः प्राप्तिका लागि प्रक्रिया पूरा गरेका थिएनन्। यसबारे मुद्दा परेपछि… Continue reading आजै नागरिकता लिने तयारीमा रवि

कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने

काठमाडौं । कर्णाली र सुदूरपश्चिमका केही भू भागमा आज पानी र हिमपातको सम्भावना रहेको छ । आज दिउँसोदेखि रातिसम्म उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुने र अन्य केही ठाउँमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाले जनाएको छ । ती… Continue reading कर्णाली र सुदुरपश्चिममा आज पानी पर्ने

गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई गृह मन्त्रालयको कार्यभार सम्हाल्ने गरी तोकेकी छन् । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदबाट राजीनामा दिएकाले गृह मन्त्रालयको कार्यभार प्रधानमन्त्री दाहालले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । लामिछानेले यही माघ १३ गते नेपालको संविधानको धारा ७७ को उपधारा (२) को खण्ड (क) बमोजिम मन्त्री पदबाट… Continue reading गृह मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई

सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन विभागको सर्भरमा समस्या हुँदा शनिबार दुई घण्टा उडान अवतरण अवरूद्ध बनेको छ । अन्तर्राष्ट्रिय उडानमा समस्या आएको हो । उडान अहिले सामान्य बनिसकेको छ । उडान रोकिएपछि यात्रुको व्यवस्थापनमा केही समस्या भएको र विमानस्थलमा यात्रुको भिड बढेको थियो । अध्यागमनको सर्भर डाउन हुँदा अन्तर्राष्ट्रिय हवाई उडान प्रभावित भएकोहो ।… Continue reading सर्भरमा समस्या आउँदा त्रिभुवन विमानस्थलमा २ घण्टा उडान प्रभावित

पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

काठमाडौं । पोखरामा १ माघमा दुर्घटनामा परेको यति एयरलाइन्सको एटीआर–७२ विमानको फलाइट रेकर्डर (एफडीआर) र ककपिट भ्वाइस रेकर्डर (सीभीआर) सिंगापुर लगिएको छ । साथमा दुर्घटना जाँच आयोगका तीन पदाधिकारी समेत शुक्रबार सिंगापुर प्रस्थान गरेका छन् । एफडीआर र सीभीआर अध्ययन गर्न आयोगका अध्यक्ष पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे, सदस्य इन्जिनियर दिपक बास्तोला र सदस्यसचिव बुद्धिसागर लामिछाने सिंगापुर… Continue reading पोखरामा दुर्घटनामा परेको जहाजको फ्लाइट रेकर्डर सिंगापुर लगियो

भोकमरी सूचकांकमा नेपालको सुधार

काठमाडौं । विश्वव्यापी भोकमरीको सूचकाङ्क (जीएचआई)मा नेपालले सुधार ल्याएको पाइएको छ । ग्लोबल हङ्गर इन्डेक्स कन्सर्न वल्र्डवाइड र वेल्टहङ्गर हिल्फेद्वारा संयुक्त रूपमा प्रकाशित वार्षिक प्रतिवेदनमा यस्तो सुधार देखिएको हो । जीएचआईले १२१ वटा राष्ट्रमा गरेको अध्ययनमा नेपाल ८१औँ स्थानमा छ । अङ्कका आधारमा नेपालले १९.२ अङ्क प्राप्त गरेको छ । यो भोकमरीको स्तर मध्यम छ… Continue reading भोकमरी सूचकांकमा नेपालको सुधार

इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

प्रतिकात्मक तस्वीर

काठमाडौं । इजरायलको पूर्वी जेरुसेलममा बन्दुकधारीको आक्रमणमा कम्तीमा सातको मृत्यु भएको छ । घटनामा दश जना गम्भीर घाइते भएका छन् । इजरायली सेनाले बिहीवार उत्तरी वेस्ट बैंकको जेनिन शरणार्थी शिविरमा आक्रमण गरेको २४ घण्टा नबित्दै जेरुसेलममा गोली हानाहान भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले लेखेका छन् । जेनिन शरणार्थी शिविरमा भएको आक्रमणमा ९ जना प्यालेस्टिनी मारिएका छन् ।… Continue reading इजरायलमा बन्दुकधारीले लिए ७ को ज्यान

खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

काठमाडौं । पर्यटन, संस्कृति, नागरिक उड्डयनमन्त्री सुदन किरातीले खादा, मालाको सट्टामा राखेको दान पेटिकामा ६ लाख रकम जम्मा भएको छ । यसमा एक महिनाकोतलव र सचिवालयका सदस्यका १५ दिनको तलव समेत समावेश भएको मन्त्री किरातीले जनाएका छन् , उनका अनुसार ६ लाख ४३४ रकम जम्मा भएको छ । यो रकम शिक्षा क्षेत्रमा लगानी गर्ने उनको… Continue reading खादा मालाको सट्टा रकम राख्न आह्वान गरेका पर्यटन मन्त्रीको दान पेटिकामा ६ लाख रकम जुट्यो

राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

काठमाडौं । सर्वोच्च अदालतको आदेशबाट रवि लामिछाने पदमुक्त भएपछि बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको आकस्मिक बैठकले डोलप्रसाद अर्याललाई कार्यवहाक सभापतिको जिम्मेवारी दिएको छ । हाल पार्टीमा उपसभापति रहेका अर्याललाई कार्यवहाल सभापतिको जिम्मा दिने निर्णय भएको पार्टीले जनाएको छ । अर्याल रास्वपाबाट समानुपातिक सांसद छन् । उनी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसमेत छन् । कानूनी प्रक्रिया… Continue reading राष्ट्रिय स्वतन्त्र पार्टीको कार्यबाहक अध्यक्ष बने डीपी अर्याल

एसईई परीक्षाको तालिका सार्वजनिक

फाइल तस्वीर

काठमाडौं । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । यही माघ ११ गते बसेको बैठकको निर्णय अनुसार राष्ट्रिय परीक्षा बोर्डले परीक्षा तालिका सार्वजनिक गरेको हो । बोर्डका अनुसार नियमित र ग्रेडवृद्धि परीक्षाको पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा तोकिएको छ । अंग्रेजी विषयको परीक्षा चैत्र १७ गते शुक्रबार बिहान ८ देखि… Continue reading एसईई परीक्षाको तालिका सार्वजनिक

चितवन २ मा पुन: निर्वाचन हुने

काठमाडौं । चितवन–२ मा उपनिर्वाचन हुने भएको छ । सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने नागरिकता मुद्दामा दोषी ठहर भई पदमुक्त भएपछि निर्वाचन आयोगले कानुनबमोजिम सो क्षेत्रमा उपनिर्वाचन गर्ने भएको हो । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित हुने कुनै पनि सदस्यको पद प्रतिनिधिसभाको अवधि छ महिनाभन्दा बढी कायम… Continue reading चितवन २ मा पुन: निर्वाचन हुने

रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछाने नेपाली नागरिक नभएको ठहर गरेको छ। सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको संवैधानिक इजलासले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः लिनुपर्ने प्रक्रिया पूरा नगरेको ठहर उनलाई नेपाली भन्न नमिल्ने अन्तिम फैसला गरेको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको इजलासले… Continue reading रवि लामिछाने नेपाली नागरिक नभएको ठहर

नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

काठमाडौं । गृहमन्त्री रवि लामिछाने नागरिकता मुद्दामा पराजित भएका छन् । लामिछानेले आफूखुशी अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपाली नागरिकता कायम नरहेकोे अवस्थामा उनले पदाधिकारी रही दल दर्ता गरेको, उम्मेदवारी दिएको र निर्वाचित समेत भएको भन्दै पद खारेज गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको थियो । शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले गृहमन्त्री लामिछानेले नेपाली… Continue reading नागरिकता मुद्दामा रवि लामिछाने पराजित, सांसद पद खारेज

राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति खोज्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने निर्णय गरेको छ । बिहीवारबाट शुरु भएको स्थायी कमिटी बैठक राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने निर्णय गर्दै सकिएको हो । अर्को बैठक माघ १६ गते ११ बजे बस्नेछ ।

प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट बनेका छन् । ‘प्रचण्ड’ले सभामुख र राष्ट्रपति एउटै पार्टीको हुँदा भोलिका दिनमा समस्या निम्तिन सक्ने भन्दै असन्तुष्ट जनाएका छन् । यस विषयमा गम्भीर समीक्षा गरेर निर्णय गर्नुपर्ने स्थायी समिति बैठकमा ब्रिफिङ गर्ने क्रममा भनेका छन् । बैठकमा नेताहरूले राष्ट्रपतिको उम्मेदवार सबै दलले स्वीकार्ने… Continue reading प्रधानमन्त्री ‘प्रचण्ड’ एमाले अध्यक्ष ओलीको कार्यशैलीप्रति असन्तुष्ट