काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी परेको रिटको अन्तिम सुनुवाइ सकिएको छ। शुक्रबार संवैधानिक इजलासमा लामिछानेका वकिलहरूले बहस र रिट निवेदकका वकिलहरूले जवाफी बहस गरेपछि सुनुवाइ सकिएको हो। कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको संवैधानिक इजलासमा शुक्रबार लामिछाने पक्षका वकिलहरुले बहस सकेपछि निवेदककातर्फबाट… Continue reading रवि लामिछानेको मुद्दामा अन्तिम सुनुवाइ सकियो
Category: समाचार
गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ आज पनि हुँदैछ । सुनुवाई बुधबारबाट सुरु भएको हो । सर्वोच्चको संवैधानिक इजलासले मुद्दा हेर्दाहेर्दैमा राखेको थियो। गृहमन्त्री लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा राखिएको हो । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले अमेरिकी नागरिकता त्यागेको निस्सा नेपाली अधिकारीलाई अहिलेसम्म… Continue reading गृहमन्त्री लामिछानेको मुद्दामा आज पनि सुनुवाई, आजै फैसला आउन सक्ने सम्भावना
कस्तो रहनेछ शुक्रबारको मौसम ?
काठमाडौं । नेपालमा शुक्रबार बिहान तराईका केही ठाउँमा हुस्सु र कुहिरो लागेको छ । पहाडी भेगमा आंशिक बदली भएको छ । अहिले पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभावका साथै अरब सागरबाट आएको जलवाष्पयूक्त वायुको नेपालमा प्रभाव रहेको छ। आज दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा… Continue reading कस्तो रहनेछ शुक्रबारको मौसम ?
होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने
काठमाडौं । होटल, रेष्टुरेन्ट, मोटेल, जंगल सफारीसहितका कम्पनीहरुले ग्राहकबाट सेवा शुल्कको नाममा अतिरिक्त पैसा लिन नपाउने फैसला सर्वोच्च अदालतबाट भएको छ । बुधबारको संवैधानिक इजलासले यसरी सेवा शुल्क लिएर उठाउन पाउने गरी बनेका कानुन र नियमावलीका व्यवस्था खारेज गरिदिएको हो । कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्की, न्यायाधीशहरू विश्वम्भर श्रेष्ठ, ईश्वर खतिवडा, आनन्द मोहन भट्टराई र अनिल… Continue reading होटेल\रेष्टुरेन्टले सेवा शुल्क लिन नपाउने
कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा
काठमाडौं । गृह मन्त्री रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच बिहीबार छलफल भएको छ । उनीहरुबीच कार्यकारी पदमा पुगेपछि पहिलो पटक छलफल भएको हो । बालेनले गृहमन्त्री रवि लामिछानेसँग भेट गरी सुकुम्बासी बस्ती हटाउने अभियानमा सहयोग गर्न आग्रह गरेका छन् । बिहीबार दिउँसो १२ बजे गृह मन्त्रालयमा एकीकृत बागमती सभ्यता विकास समिति… Continue reading कार्यकारी पदमा पुगेपछि पहिलो पटक रवि र बालेन एउटै मञ्चमा
महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड
काठमाडौं । काठमाडौं महानगरपालिकाले अहिलेसम्म अनधिकृत रुपमा राखिएका ९ हजार अनधिकृत होर्डिङ र परिचय पाटी (साइनबोर्ड) हटाएको छ । पटक पटक ‘अल्टिमेटम’ दिँदा समेत व्यवसायीले नटेरेपछि मापदण्ड रहेका तर शुल्क नबुझाएका र तोकिएको आकारभन्दा ठूलो साइजका बोर्ड तथा परिचय पाटी हटाएको हो । शहरको सौन्दर्य बढाउन भन्दै होर्डिङ्ग बोर्डसँगै साइन बोर्ड हटाउने अभियान थालेको थियो… Continue reading महानगरले हटायो अनधिकृत राखिएका ९ हजार वटा होर्डिङ बोर्ड
जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ
काठमाडौं । शालिग्राम पाइने विश्वकै एक मात्र नदी कालीगण्डकीबाट निकालेर गलेश्वरधाम परिसरमा लगिएको शिला रुद्राभिशेकसहित अयोध्याका लागि बिदाइ गरिएको छ। कालीगण्डकी नदी किनारको शिला बुधबार क्रेनमार्फत निकाली गाडीमा राखेर गलेश्वर लगिएको थियो। श्रीपञ्चमीको शुभसाइतमा शिला जनकपुर हुँदै अयोध्या पठाउन लागिएको हो । देव शिला भारतको अयोध्यामा निर्माणाधीन मन्दिरमा भगवान् रामको मुख्य मूर्ति बनेर पुजिनेछ ।… Continue reading जनकपुर हुँदै अयोध्या लगिने देव शिलाको रुद्राभिशेकसहित बिदाइ
श्रीपञ्चमी र सरस्वती पूजा आज
काठमाडौं । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी धुमधामसहित मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाइन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा गर्ने प्रचलन छ । सूर्य उत्तरतिर लागि दिन लामो हुने… Continue reading श्रीपञ्चमी र सरस्वती पूजा आज
७४ औं गणतन्त्र दिवस मनाउँदै भारत
काठमाडौं । भारत आज ७४औँ गणतन्त्र दिवस मनाउँदैछ । यस अवसरमा प्रधानमन्त्री र राष्ट्रपति सवार हुने विशेष परेडका लागि दिल्लीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । यस वर्ष दिवसका अवसरमा इजिप्टका राष्ट्रपति अब्देल फतह अल सीसी मुख्य अतिथिका रुपमा सहभागी हुने कार्यक्रम रहेको बताइएको छ । भारतले हरेक वर्ष जनवरी २६ तारिखलाई गणतन्त्र दिवसका रुपमा… Continue reading ७४ औं गणतन्त्र दिवस मनाउँदै भारत
मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
काठमाडौं । बिहीबार पनि केही भेगमा मौसम अदल बदली हुने भएको छ । पश्चिमी निम्न चापीय प्रणालीको आंशिक प्रभावका कारण गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा मधेश प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहने भएको छ । आज दिउँसो र राति प्रदेश १, मधेश प्रदेश र बागमती… Continue reading मौसममा पश्चिमी वायुको प्रभाव आज पनि
चोर समाते १० हजार पुरस्कार पाइने
प्यूठान । प्यूठानमा चोर समाते १० हजार पुरस्कार पाइने भएको छ । गौमुखी गाउँपालिकाले चोर समात्नेलाई १० हजार रुपैयाँ पुरस्कारको घोषणा गरेको हो । प्यूठानका विभिन्न ठाउँमा पछिल्लो समय पेशेवर लुटेराकै शैलीमा चोरी र लुटपाटका घटना बढेको भन्दै गाउँपालिकाले एक सूचना निकालेर चोरीमा संलग्न व्यक्तिको पहिचान गर्ने वा पक्राउ गर्न सहयोग गर्ने व्यक्तिलाई १० हजार… Continue reading चोर समाते १० हजार पुरस्कार पाइने
क्रसर उद्योग सर्तसहित खुल्ने
काठमाडौं । सरकारले क्रसर उद्योग सर्तसहित खुलाएको छ । गृह मन्त्रालयले २० पुसमा सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्राचार गर्दै दर्ता विना र मापदण्ड विपरीत चलेका क्रसरहरु बन्द गर्न निर्देशन दिएको थियो । मापदण्ड पुरा गर्नका लागि आगामी असार मसान्तसम्मको समय सीमा दिने गरी दर्ता भएका उद्योगहरु चल्न दिने निर्णय भएको हो । गृहमन्त्री रबि लामिछानेका… Continue reading क्रसर उद्योग सर्तसहित खुल्ने
रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवादसम्बन्धी मुद्दाको सुनुवाइ हेर्दाहेर्दैमा राखिएको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबारदेखि शुरु भएको मुद्दाकोमा लामिछाने र सरकारी वकिलको कार्यालयका वकिलहरूको बहस नसकिएकाले मुद्दा हेर्दाहेर्दैमा रहेको हो। शुक्रबार बहस सकिने छ । बुधबार रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय रमन कर्ण, सुरेन्द्र भण्डारी र अधिवक्ताहरू अमृत खरेल, निकिता… Continue reading रवि लामिछानेविरूद्धको मुद्दा हेर्दाहेर्दैमा,शुक्रबार बहस सकिने
गृहमन्त्रीले दिए आत्मदाह गर्ने आचार्यका परिवारलाई भेटेर सान्त्वना
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यका परिवारलाई भेटेर सान्त्वना दिएका छन् । अस्पताल पुगेर लामिछानेले आचार्यका परिवारलाई भेट्दै सान्त्वना दिएका उनको सचिवालयले जनाएको छ ।संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्यको उपचारको क्रममा बुधवार बिहान निधन भएको थियो ।
आईसीयूमा बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित जाने राज्यमन्त्री कार्कीको कटाक्ष
काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो लगाएका इलामका प्रेमप्रसाद आचार्य आईसीयूमा भेट्न गएको भिडियो सार्वजनिक भएपछि राज्यमन्त्री डा तोसिमा कार्की आलोचना सुरु भएको छ। सामाजिक सञ्जालमा ८० प्रतिशत जलेर जीवन मृत्युको दोसाँधमा रहेका बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित लिएर आईसीयू गएको भन्दै आलोचना भएको हो । फेसबुक र ट्वीटरमा उनको कार्यशैलीप्रति असन्तुष्ट पोख्नेको… Continue reading आईसीयूमा बिरामी भेट्न जाँदा भिडियो खिच्ने टोलीसहित जाने राज्यमन्त्री कार्कीको कटाक्ष
किर्तिपुर अस्पतालले प्रेम आचार्यको उपचार शुल्क नलिने
काठमाडौं । संसद् भवनअगाडिको सडकमा आफैँलाई आगो आत्मदाह गर्ने प्रेम प्रसाद आचार्यको उपचारमा लागेको सम्पूर्ण खर्च नि:शुल्क हुने भएको छ । किर्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको आचार्यको उपचारमा लागेको सम्पुर्ण खर्च अस्पतालले नि:शुल्क गर्ने निर्णय गरेको हो । उपचारका क्रममा बुधवार बिहान ५ बजे निधन भएको भएको थियो । इलामको सूर्योदय नगरपालिकाका ३७ वर्षीय… Continue reading किर्तिपुर अस्पतालले प्रेम आचार्यको उपचार शुल्क नलिने
संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन
काठमाडौं । संघीय संसद भवन अगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको अस्पतालले जनाएको छ । उनको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको थियो । सरकारी सञ्चारमाध्यम गोरखा पत्रका अनुसार आचार्यको बुधबार बिहान ५ बजे निधन भएको हो । डा. किरण नकर्मीले यसको पुष्टी गरेका हुन् । डा. नकर्मीका अनुसार उनको ८०प्रतिशत भाग… Continue reading संसद भवन अगाडी आत्मदाहको प्रयास गरेका प्रेम आचार्यको निधन
गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई
काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता र राहदानीसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा बुधबारबाट अन्तिम सुनुवाइ हुँदैछ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका प्रतिनिधि सभा सांसद लामिछानेको नागरिकता र राहदानी विवादित भएको थियो । उनको नागरिकता र राहदानीबारेको मुद्दा सर्वोच्चको संवैधानिक इजलासले हेरिरहेको छ। सांसद हुने योग्यतामाथि प्रश्न उठाउँदै मुद्दा दर्ता भए पनि सर्वोच्चले अन्तरिम… Continue reading गृहमन्त्री लामिछानेको नागरिकता विवादमा आजबाट अन्तिम सुनुवाई
पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
काठमाडौ । पश्चिम नेपालमा आज पनि वर्षा र हिमपात हुने भएको छ । पश्चिमी न्यून चापीय प्रभावका कारण मौसम बदली भएकोले पानी पर्ने सम्भावना भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशमा वर्षा र हल्का हिमपातको सम्भावना रहेको छ। बिहीबार र शुक्रबार भने आंशिकदेखि समान्यत बदली भए पनि… Continue reading पश्चिम नेपालमा आज पनि हिमपात र वर्षा
पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु
काठमाडौं । मंगलबार पश्चिम नेपालमा गएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । बाजुरामा एक जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार गौमुल गाउँपालिका २ मा अन्दाजी ३५ वर्षीया जमुना रोकायको भूकम्पले जमिन हल्लेर ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको हो । रोकाय बारीमा घाँस काट्दै थिइन्। त्यही क्रममा भिरालो जमिनमा ढुंगा खसेर लाग्दा उनको… Continue reading पश्चिम नेपालमा भूकम्प, एक जनाको मृत्यु
फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
काठमाडौं । पोखराबाट स्याङ्जा उडेको प्रभु हेलिकोप्टरका पाइलट रानेश डंगोल निलम्बनमा परेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पाइलटले जोखिम हुँदाहुँदै पूर्वअनुमति नलिई फूटबल मैदानमा हेलिकोप्टर अवतरण गराएपछि पाइलटलाई निलम्बन गर्ने निर्णय गरिएको छ । पाइलटले स्याङ्जा जाने भनेर पोखराबाट अनुमति लिएका थिए । तर, फुटबल ग्राउण्डमै अवतरण गराउने भनेका थिएनन् । सामान्यतया हेलिकोप्टर… Continue reading फुटबल मैदानमा हेलिकप्टर अवतरण गराएका पाइलट निलम्बनमा
महासेठ चेतावनी-‘लक्ष्मी महतोलाई ‘लक्ष्मी’ झैं पुजिन्छ, पक्राउ गरेर देखाउनुस्’
काठमाडौं । नेकपा एमालेका सांसद रघुवीर महासेठ आफ्ना पार्टीका फरार सांसद लक्ष्मी महतो कोइरीलाई पक्राउ गरेर देखाउन चेतावनी दिएका छन् । संसदको आजको बैठकमा महासेठले सोधे, ‘साँच्चै नै लक्ष्मी महतो अपराधी नै हो त । अदालतले अझसम्म दोषी करार नगरेको दाबी गर्दै महासेठले महोत्तरीमा उनलाई लक्ष्मीलाई झैं पूजा गरिने तर्क गरे। ‘अहिलेसम्म अदालतले लक्ष्मी महतोलाई… Continue reading महासेठ चेतावनी-‘लक्ष्मी महतोलाई ‘लक्ष्मी’ झैं पुजिन्छ, पक्राउ गरेर देखाउनुस्’
२१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन भएको छ। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नियमावली मस्यौदा समिति गठन गर्न प्रस्ताव गरेका हुन्। पौडेलले गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ। समितिमा अनिता देवी, अमरेशकुमार सिंह, गंगाधर चौधरी, चित्रबहादुर केसी, जीवन परियार, दिलेन्द्रप्रसाद बडु, नागिना यादव, प्रकाश ज्वाला, प्रदीप यादव, प्रेम सुवाल… Continue reading २१ सदस्यीय प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन
कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
काठमाडौं । कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको ज्यान गएको छ । मंगलबार बिहान पौने सात बजे अन्डर पास नजिकै बाप्र २-०४प ७८३४ नम्बरको मोटरसाइकलले ठक्कर दिंदा पैदल यात्री १५ वर्षीया कृष्णा तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलको ठक्करबाट अर्का एक जना पैदल यात्री पनि पनि घाइते भएका छन् । उनको शहीद मेमोरियल अस्पतालमा… Continue reading कलंकीमा मोटरसाइकलको ठक्करबाट पैदल यात्रुको मृत्यु
६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा
काठमाडौं । नेपालमा ६ महिनाको अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँ व्यापार घाटा भएको छ । यद्दपी यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा भने कम हो । चालू आर्थिक वर्षको छ महिना (साउन–पुस)मा आयात–निर्यात दुवै घट्दा व्यापार घाटा समेत घटेको पाइएको छ । भन्सार विभागका अनुसार अघिल्लो वर्षको पहिलो छ महिनाको तुलनामा यो वर्षको… Continue reading ६ महिनामा ७ खर्ब ११ अर्ब व्यापार घाटा
पानी पार्ने प्रणाली नेपाली भित्रियो
काठमाडौ । पश्चिम नेपालबाट मौसमी प्रणाली नेपाल भित्रिएको छ । पश्चिमी न्यून चापीय प्रभाव नेपालमा प्रवेश गरेको छ । मौसमी प्रणाली प्रवेश गरेसँगै सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको छ । यी सबै प्रदेशका केही ठाउँमा आज मेघगर्जनसहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति र… Continue reading पानी पार्ने प्रणाली नेपाली भित्रियो
कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?
काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारीले कलाकारसँग छलफल गरेकी छिन् । उनले नेपाली चलचित्रले समाजका बदल्नै पर्ने बालविवाह, दाइजो, बोक्सी लगायतका कुप्रथालाई अन्त्य गर्दै सभ्य समाज निर्माण गर्न महत्त्वपूर्ण भूमिका खेलेकोमा खुसी व्यक्त गरिन् । सोमबार राष्ट्रपति भवनमा भएको कार्यक्रममा चलचित्र क्षेत्र र चलचित्रकर्मीका समस्या र सम्भावनाका विषयमा राष्ट्रपति र कलाकारहरुबीच छलफल भएको छ । राष्ट्रपति… Continue reading कलाकारसँग राष्ट्रपति-के भयो छलफल ?
अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थ मन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा अर्थमन्त्री पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको भन्दै राजस्व परिचालनमा कडाइका साथ प्रस्तुत हुन र पूँजीगत खर्चलाई विशेष प्राथमिकता… Continue reading अर्थमन्त्रीले सचिवहरुलाई भने : पूँजीगत खर्च बढाउनुस
नेपाल एयरलाइन्सका तीन पाइलटलाई कारबाहीको सिफारिस
काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमका तीन पाइलटलाई कारबाही गर्न सिफारिस गरेको छ। हङकङ विमानस्थलमा जोखिमपूर्ण अवतरण गरेको भन्दै पाइलटहरू नरबहादुर विश्वकर्मा, राजेश कुशवाह र उद्धव घिमिरेलाई कारबाही गरिएको हो। उनिहरुमाथि अवतरण गर्ने क्रममा एयर ट्राफिक कन्ट्रोलको निर्देशन नमानेको आरोप छ ।
हरिबोल गजुरेल प्रधानमन्त्रीको राजनीतिक सल्लाहकारमा नियुक्त
काठमाडौ । माओवादी केन्द्रका उपमहासचिव हरिबोल गजुरेल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक सल्लाहकारमा नियुक्तभएका छन् । सिन्धुली २ बाट प्रतिनिधि सभामा टिकट नपाएर असन्तुष्ट नेता सोमवार राजनीतिक सल्लाहकार नियुक्त भएकबा हुन् । यसअघि प्रधानमन्त्री प्रचण्डले सचिवालयमा ७ जना कर्मचारी नियुक्त गरिसकेका छन्।