खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा चालु खर्च घटाउनका लागि विभिन्न योजना अगाडि सारेको छ । ‘चालु खर्च घटाउने सम्बन्धी मापदण्ड, २०७९’ जारी गर्दै अर्थमन्त्रालयले केही बुँदा सार्वजनिक गरेको छ । चालु आवको बजेट वक्तव्यको बुँदा नं। ३७९ मा सरकारी निकायको चालु प्रकृतिका प्रशासनिक खर्च न्यूनतम १५ प्रतिशतले घटाउने गरी बजेट कार्यान्वयन गरिनेछ भन्ने उल्लेख… Continue reading खर्च घटाउने अर्थ मन्त्रालयको यस्तो छ योजना

फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

काठमाडौं । स्याङ्जाको वालिङमा फुटबल खेल चलिरहँदा मैदानमा हेलिकप्टर ल्याण्ड गरेको छ । त्यसपछि आयोजकले पाइलट र यात्रुमाथि हातपात गरेका छन् । वालिङ गोल्डकपको सेमिफाइनलमा एभिनियर एफसी क्यामरुन र वालिङ एफसी जुनियरबीच प्रतिस्पर्धा भईरहेको बेला प्रभु एयरको हेलिकप्टर मैदानमै ल्याण्ड भएको थियो । त्यसपछि मैदानमै उपस्थित दर्शकले बिना सूचना र जानकारी मैदानमा हेलिकप्टर उतारेको भन्दै… Continue reading फुटबल मैदानमा खेल चल्दा-चल्दै जब हेलिकप्टर अवतरण गर्यो

प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबार भएको निर्वाचनमा घिमिरेको पक्षमा १६७ सांसदको मत पाएर घिमिरे विजयी भएका हुन्। बिहीबार भएको मतदानका क्रममा २६८ जना सांसद उपस्थित थिए। उनलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ र विपक्षमा १०० मत पर्‍यो । प्रतिनिधिसभाका २७५ मध्ये २६८ जना मतदानमा सहभागी भएका… Continue reading प्रतिनिधिसभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन महामन्त्री शर्माको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास गरिएको टिप्पणी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा महामन्त्री शर्माले संविधानले नचिनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको संयोजक अर्कोलाई बनाएर प्रधानमन्त्रीलाई पिँजडामा राख्ने प्रयास भएको टिप्पणी गरेका हुन् । उनले पहिलो दल भएकाले शीतल निवासमा दाबी गर्नु स्वभाविक भएको बताए । माछा र ढोक्साको कथा हालेर… Continue reading माछा र ढोक्सा हालेर प्रधानमन्त्रीमाथि कसिलो पिँजडा नबनाउन महामन्त्री शर्माको चेतावनी

आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

काठमाडौं । सभामुखको उम्मेदवारको प्रस्तावमाथिको छलफलका क्रममा जनमत पार्टीका अध्यक्ष सीके राउतले सदनमै मौनधारण गरेका छन्। सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका शहीदहरुलाई सम्मान गर्न संसदमा १ मिनेट मौनधारण गर्न आग्रह गरेका हुन्। रोस्ट्रममा बोलिरहेका उनले मधेसका सहिदलाई अरु कसैले उठेर सम्मान गर्छन् कि गर्दैनन् भन्दै मौन धारण सुरु गरेका थिए। जसमा संसदमा उपस्थित… Continue reading आक्राेशित सीके राउतले रोष्ट्रमबाटै गरे सहिदको नाममा मौनधारण

सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले नेतृत्व गरेको मन्त्रालय विधि र पद्धतिभन्दा बाहिर नजाने बताएका छन् । बिहीबार सभामुख चयनका लागि भएको प्रतिनिधिसभाको बैठकमा सांसद देवराज घिमिरेको पक्षमा मत माग्दै उनले यस्तो बताएका हुन्। बैठकको सुरुमा कांग्रेस सांसद रामहरि खतिवडाले हत्या आरोपी सांसद उपस्थित रहेको भन्दै पक्राउ गर्न माग गरेका थिए। तर उनको… Continue reading सांसद पक्राउ सम्बन्धमा गृहमन्त्रीको घुमाउरो जवाफ, भने-‘विधि र पद्धतिबाहिर जाँदैनौं’

मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने

काठमाडौं । अब मन्त्रीहरुले विदेशी कुटनीतिक नियोगका प्रतिनिधि वा विदेशबाट आएका प्रतिनिधिलाई भेट्दा अनिवार्य परराष्ट्र मन्त्रालयका प्रतिनिधि राख्नु पर्ने भएको छ । बुधबार सिंहदवारमा बसेको मन्त्रिपरिषद्‌को बैठकले मन्त्रीहरुले कूटनीतिक नियोगका प्रतिनिधि र विदेशी प्रतिनिधिहरुलाई भेटेको गुनासो बढेपछि यस्तो निर्णय गरेको हो । कूटनीतिक नियोग तथा विदेशी प्रतिनिधिलाई भेट्दा परराष्ट्र मन्त्रालयका प्रतिनिधि अनिवार्य रुपमा राख्नु पर्ने… Continue reading मन्त्रीले विदेशीलाई भेट्दा परराष्ट्रको प्रतिनिधि राख्नु पर्ने

काठमाडौं–बेइजिङ उडान पुनः सुरु

काठमाडौं । तीन वर्षदेखि रोकिएको काठमाडौँ–बेइजिङ सिधा उडान पुनः सुरु भएको छ । सन् २०२० को मार्चपछि बन्द रहेको उक्त गन्तव्यमा मङ्गलबारदेखि हिमालय एयरलाइन्सले पुनः उडान सुरु गरेको हो । चीनले कोरोना महामारीका कारण तीन वर्षसम्म काठमाडौँ –बेइजिङमा उडानको अनुमति दिएको थिएन । अब हिमालय एयरलाइन्सले विश्वकै प्रख्यात बेइजिङको डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा साताको एक दिन… Continue reading काठमाडौं–बेइजिङ उडान पुनः सुरु

पश्चिम नेपालमा वर्षाको सम्भावना

काठमाडौं । आज मौसममा बदली भएको छ । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण मौसममा बदली आएको छ । आज पश्चिम नेपालको सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो र राति पश्चिम नेपालका केही ठाउँमा सामान्य वर्षा हुने र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपातको सम्भावना… Continue reading पश्चिम नेपालमा वर्षाको सम्भावना

मुलुकले पाउनेछ आज नयाँ सभामुख

काठमाडौं । नेपालले आज नयाँ सभामुख पाउने भएको छ । आज सभामुखको निर्वाचन हुँदैछ । मतदानका लागि आज बिहान ११ बजेका लागि प्रतिनिधि सभा बैठक बोलाइएको छ । सभामुखका लागि नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ । सभामुखमा दुई दकशपछि यसरी बहुमतीय प्रक्रियाअन्तर्गत निर्वाचन हुन लागेको हो । यसअघि २०५१ मा बाहेक त्यसपछि… Continue reading मुलुकले पाउनेछ आज नयाँ सभामुख

सरकारले तोक्यो समर्थन मूल्य

काठमाडौं । सरकारले उखुको समर्थन मूल्य तोकेको छ । बुधबार बसेको मन्त्रीपरिषद् बैठकले १ सय १० रुपैयाँका दरले सरकारले उखुको समर्थन मूल्य तोकेको हो । उखुको समर्थन मूल्य प्रतिक्विन्टल ६ सय १० रुपैयाँ तोक्ने निर्णय गरेको उपप्रधान तथा अर्थन्त्री विष्णुप्रसाद पौडेलले जानकारी दिए । उखु किसानले भने मंसिर अन्तिम सातायता क्रसिङ सुरु गरेका छन् ।… Continue reading सरकारले तोक्यो समर्थन मूल्य

सरकारको प्रवक्तामा रेखा शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सरकारको प्रवक्ताको जिम्मेवारी पाएकी छिन् । आज बसेको मन्त्रिपरिषदको बैठकले शर्मालाई प्रवक्ता तोकेको हो । तर उनको स्वास्थ्य समस्या भएकाले आजको बैठकको निर्णय भने उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले सुनाएका थिए । सञ्चारमन्त्री नै सरकारको प्रवक्ता हुने प्रचलन छ । मन्त्री शर्मा हिजो मंगलबार मात्र मन्त्री… Continue reading सरकारको प्रवक्तामा रेखा शर्मा

बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग

पोखरा । संयुक्त अधिराज्य बेलायतको साउथ वार्कका मेयर सुनील चोपरा नेपाल भ्रमणमा छन् । उनी बुधबार पोखरा पुगे । बुधबार उनलाई पोखरा महानगरपालिका वडा १३ मा वडाध्यक्ष किरण बरालसहितका जनप्रतिनिधिले उनलाई स्वागत गरे । त्यसपछि आयोजना भएको छलफलमा उनीहरुले अनुभव आदान–प्रदान तथा विकासका कामबारे कुराकानी गरे । मेयर चोपराले पोखराको सुन्दरताले आफूलाई मोहित बनाएको र… Continue reading बेलायती शहर साउथ वार्कका मेयर पोखरामा, प्रकृति देखेर दंग

कांग्रेसबाट सभामुखमा ईश्वरीको उम्मेदवारी, समर्थकमा प्रकाश ज्वाला

काठमाडौं । नेपाली कांग्रेसबाट ईश्वरी न्यौपानेले सभामुखको उम्मेदवारी दर्ता गराएकी छन् । बुधबार बानेश्वरस्थित संसद भवन पुगेर समानुपातिक सांसद् न्यौपानेले उम्मेदवारी दर्ता गराएकी हुन् । प्रस्तावकमा कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्मा र समर्थकमा कांग्रेस मुख्य सचेतक रमेश लेखक र नेकपा एकीकृत समाजवादीका सांसद प्रकाश ज्वाला छन्। कांग्रेस सांसद न्यौपाने कैलालीकी हुन्। उनी कांग्रेस केन्द्रीय… Continue reading कांग्रेसबाट सभामुखमा ईश्वरीको उम्मेदवारी, समर्थकमा प्रकाश ज्वाला

ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक, प्रवक्ताबाट हटायो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले जुम्लाबाट निर्वाचित सांसद ज्ञानेन्द्र शाहीलाई प्रमुख सचेतक बनाएको छ। राप्रपा संसदीय दलको नेता राजेन्द्र लिङदेनले शाहीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका हुन्। केन्द्रीय कमिटी बैठकले शाहीलाई प्रवक्ताबाट हटाएको राप्रपाको विज्ञप्तिमा उल्लेख छ। ‘ज्ञानबहादुर शाहीलाई पार्टी प्रवक्ता बाट पदमुक्त गरी प्रवक्ता तथा प्रचार प्रसार विभाग मोहन श्रेष्ठलाई लाई जिम्मेवारी दिइएको छ,’ विज्ञप्तिमा… Continue reading ज्ञानेन्द्र शाही राप्रपाका प्रमुख सचेतक, प्रवक्ताबाट हटायो

सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

काठमाडौं । प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरेले मनोनयन दर्ता गराएका छन् । बुधबार दिउँसो १ बजे संसद भवन नयाँबानेश्वरस्थित लोत्से हलमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गरेका हुन् । उनको प्रस्तावकमा सुवासचन्द्र नेम्वाङ र समर्थकमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन‚ रास्वपा सभापति रवि लामिछाने र नेकपा माओवादी केन्द्रका हितराज पाण्डे रहेका छन् । सत्ता गठबन्धनका दलहरूबीच… Continue reading सभामुखमा एमालेका देवराज घिमिरेको उम्मेदवारी, प्रस्तावक नेम्वाङ र समर्थक पाण्डे

जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने

काठमाडौं । गत आइतबार पोखरामा भएको यती एयरलाइन्सको ९ एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा ज्यान गुमाएका विमानका पाइलट कमल केसीको अर्धकदको शालिक निर्माण हुने भएको छ । कास्कीको रुपा गाउँपालिकाले केसीको स्मरणमा शालिकसहित उद्यान निर्माण गरिने भएको हो । दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ । स्व… Continue reading जन्म गाउँमा पाइलट केसीको शालिक बनाइने

मौसम अझै केही दिन चिसो बढ्ने अनुमान

Photo : TKP

काठमाडौं । बुधबार देशका अधिकांश स्थानको मौसम आंशिकदेखि सामान्य बद्ली हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परेकाले अबको दुई तीन दिनसम्म मौसम आंशिकदेखि सामान्य बद्ली हुने सम्भावना छ । दुई तीन दिन अब पारिलो घाम लाग्ने सम्भावना छैन । यसले गर्दा चिसो केही बढ्न सक्छ । पश्चिमी… Continue reading मौसम अझै केही दिन चिसो बढ्ने अनुमान

सभामुख निर्वाचन प्रक्रिया आजबाट सुरु

काठमाडौं । प्रतिनिधि सभाका सभामुखको निर्वाचन प्रक्रिया आजबाट सुरु हुँदैछ । आज मनोनयन दर्ताको समय तोकिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको कार्यतालिका अनुसार आज दिउँसो १ बजेदेखि ४ बजेसम्म उम्मेदवारले मनोनयन दर्ता गरिसक्नु पर्नेछ । मनोनयन दर्ता अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा हुनेछ । मनोनयन दर्ता भएपछि आजै अपराह्न सवा ४ बजे उम्मेदवारको… Continue reading सभामुख निर्वाचन प्रक्रिया आजबाट सुरु

पोखरा विमान दुर्घटनास्थलबाट थप एक जनाको शव फेला,अझै एक जनाको स्थिति अज्ञात

काठमाडौं । पोखराको सेती खोँचमा आइतबार भएको जहाज दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । दुर्घटनास्थलदेखि तीन सय मिटर तल महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक अजय केसीले जानकारी दिए । उनका अनुसार दुर्घटनामा परेका ७१ जनाको शव फेला परिसकेको छ । अझै एक जनाको स्थिति अज्ञात छ… Continue reading पोखरा विमान दुर्घटनास्थलबाट थप एक जनाको शव फेला,अझै एक जनाको स्थिति अज्ञात

नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

sf7df8f}F, # df3M sfo{ef/ ;DxfNg'x'Fb} dGqL cof{n gjlgo'Qm >d, /f]huf/ tyf ;fdflhs ;'/IffdGqL 8f]]nk|;fb cof{n dªunaf/ dGqfnodf sfo{ef/ ;DxfNg'x'Fb} . tl:a/ M gjLg kf}8]n÷/f;;

काठमाडौं । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्। श्रम मन्त्रीको शपथपछि मन्त्रालयमा पदवहालीका क्रममा सञ्चारकर्मीसँग उहाँले नेपालीहरुलाई विदेश जाने अवस्था न्यूनीकरण गरेर शून्यमा पुर्‍याउने बताए। उनले नेपालमै रोजगारी सिर्जना गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘नेपाली नागरिकले जबसम्म स्वदेशमै आत्मसम्मानसहितको रोजगार पाउँदैनन्, तबसम्म देशको… Continue reading नवनियुक्त श्रममन्त्री भन्छन् : बाध्यताले विदेशिने अवस्था शून्यमा झार्छु

२३ दिनपछि मन्त्रिमण्डल विस्तार ,कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री नियुक्त भएको २३ दिनपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले पूर्णता पाएको छ। गत १० पुसमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डले मंगलबार (३ माघ) मा मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन्। ११ पुसमा पद तथा गोपनियताको शपथ ग्रहण गरेका प्रधानमन्त्री प्रचण्डले सोही दिन ८ सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए। त्यसपछि आज (मंगलबार) १४ मन्त्री नियुक्त भएका… Continue reading २३ दिनपछि मन्त्रिमण्डल विस्तार ,कसलाई कुन मन्त्रालय ? (सूचीसहित)

यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

काठमाडौं । सत्ता साझेदार दलहरुले मन्त्रीहरुको नाम टुंगो लगाएका छन् । सोमबार सत्ता गठबन्धनमा सहमति जुटेसँगै आज नयाँ मन्त्रीहरूको नाम टुंगो लगाएका हुन् । सत्ता साझेदार दलमध्ये एमालेले सबैभन्दा बढी ८ वटा मन्त्रालय पाएको छ भने माओवादीले ३ वटा पाएको छ । रास्वपा र राप्रपाले तीन तीनवटा मन्त्रालय पाउँदा जसपाले भने २ वटामा असहमति जनाएको… Continue reading यस्तो बन्यो ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद् (सूचीसहित)

माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय

काठमाडौं । नेकपा माओवादी केन्द्रले पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ । सोमबार साँझ बसेको सत्ता साझेदार दलहरूको बैठकमा मन्त्रालय भागवण्डाको सहमति भएसँगै मन्त्रीहरूको नाम टुंगो लगाएको हो । माओवादीले रेखा शर्मालाई रेखा शर्मा सञ्चारमन्त्री, सुदन किराँतीलाई संस्कृति पर्यटन मन्त्री र अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री बनाउने भएको छ । भोजपुरबाट प्रतिनिधिसभा… Continue reading माओवादीबाट रेखालाई सञ्चार र सुदनलाई पर्यटन मन्त्रालय

शिक्षा मन्त्रीमा शिशिर खनाल, तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रीहरुको नाम टुंगो लगाएको छ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकमा मन्त्रीहरुको नाम टुंगो लगाएको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीमा डोलप्रसाद अर्याल, शिक्षा विज्ञान तथा प्रविधी मन्त्रीमा शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्रीमा डा. तोशिमा कार्कीलाई पठाउने भएको छ ।

मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

काठमाडौं । मन्त्रिपरिषद्ले आज पूर्णता पाउने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार मन्त्रिपरिषद विस्तार गर्दैछन् । सोमबार उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बालकोटमा र सत्ता साझेदार दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल गरेपछि कुन दलले कुन मन्त्रालय लिने भन्ने सहमति जुटेसँगै आज मन्त्रिपरिषद् बिस्तार गरिँदैछ । त्यसअगाडी पार्टीहरुले मन्त्रीको… Continue reading मन्त्रिपरिषद्ले आज पाउने छ पूर्णता

पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने

काठमाडौं । पोखरामा आइतबार भएको यती एयरलाइन्सको जहाज दुर्घटनामा निधन भई पहिचान हुन नसकेका, विदेशी नागरिक र चालकदलका सदस्यको शव आज काठमाठौँ ल्याइने भएको छ। दुर्घटनामा परेकामध्ये हालसम्म ७० जनाको शव फेला परेको छ । नेपाली सेनाको हेलिकप्टरबाट शवहरु काठमाडौँस्थित त्रिवि शिक्षण अस्पतालमा थप परीक्षणका लागि ल्याउने तयारी छ । आफन्तबाट पहिचान भएका शव पोखरामा… Continue reading पोखरा दुर्घटना : पहिचान हुन नसकेका शव आज काठमाडौं ल्याइने

कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?

काठमाडौं । सत्तारुढ दलहरुबीच मन्त्रालय बाडफाँडमा समेत सहमति जुटेको छ । जस अनुसार सबैभन्दा धेरै मन्त्रालय एमालेले पाएको छ । उसको भागमा उप्रप्रधानसहित अर्थ, परराष्ट्र, रक्षा, भूमि सुधार, कृषि, स्वास्थ्य र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय परेको छ । माओवादी केन्द्रको भागमा उपप्रधानसहित भौतिक पूर्वाधार, सञ्चार, पर्यटन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय… Continue reading कुन मन्त्रालयको नेतृत्व कुन पार्टीलाई ?

पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था

काठमाडौं । पोखरा जहाज दुर्घटनामा खोजी तथा उद्धारको काम मंगलबार बिहानसम्म स्थगित भएको छ। सोमबार साँझसम्म ६९ जनाको शव फेला परेको छ। ती शवलाई गण्डकी अस्पतालमा राखिएको छ। अन्य तीन जनाको भने शव फेला पर्न सकेको छैन। केही शरीरका भागहरू फेला परेपनि एउटै व्यक्तिका हुन् वा फरक व्यक्तिका हुन् भन्ने नखुलेको सशस्त्र प्रहरी बलका सहायक… Continue reading पोखरा दुर्घटना : आज पनि अज्ञात नै रह्यो तीन जनाको अवस्था

यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन

काठमाडौं । यती एयरलाइन्सको आइतबार भएको दुर्घटनालगत्तै नेपालमा उड्ने सबै एटीआर जहाजको विस्तृत प्राविधिक परीक्षण गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यसरी गरिएको परीक्षणबाट कुनै पनि वायुयानमा त्रुटि फेला नपरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको आइतबारको दुर्घटना लगत्तै प्राधिकरणका उडान सुरक्षा निरीक्षकहरुले नेपालमा सञ्चालित… Continue reading यती एयरलाइन्सको दुर्घटनापछि नेपालका सबै एटीआर जहाजको जाँच, त्रुटी भेटिएन