Category: समाचार

  • ललितपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    ललितपुरमा सवारी दुर्घटना, दुई जनाको मृत्यु

    काठमाडौं । ललितपुरको हात्तीवनमा बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ। शनिबार बिहान ५ बजे ललितपुर महानगरपालिका–१५ हात्तीवन पुल नजिकै बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरी वृत्त सातदोबाटोका डिएसपी उमेश जोशीले जानकारी दिए। गोदावरीबाट लगनखेल जाँदै गरेको बा ३ ख ४१०८ नम्‍बरको बसले विपरीत दिशाबाट हरिसिद्धी जाँदै गरेको बा ५६ प ३४५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो।

    मृतक काभ्रे बेथानचोक गाउँपालिका घर भई ललितपुरको ठैब बस्ने २९ वर्षीय जिवन तामाङ र मकवानपुर हेटौंडाका अन्दाजी ३२ वर्षीय मानबहादुर वाइबा छन्। दुर्घटनापछि गम्भीर घाइते भएका उनीहरूको बिएन्डबी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। प्रहरीले बस र बस चालकलाई नियन्त्रणमा लिइसकेको छ।

  • चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख

    चन्द्रागिरिमा भेला भए देशैभरका सभामुख र उपसभामुख

    काठमाडौं । संघीय संसद्सहित सातै प्रदेशसभाका सभामुख–उपसभामुखहरूको बैठक चन्द्रागिरिमा सुरु भएको छ । बैठकमा संसद् संचालनको अनुभव आदानप्रदान हुने जनाइएको छ । उद्घाटन सत्रमा धारणा राख्दै प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बैठकले सभा संचालनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले भने, संघीयता ठीक छैन भन्ने आएको छ । यसलाई कसरी लिनेबारे छलफल हुनेछ । समस्या पहिचान गरेर समाधानको बाटो पहिल्याउने छ ।’

    राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले आफूहरुको भूमिका निष्पक्ष पार्दै संसद्‌लाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । संसद्लाई प्रभावकारी कसरी बनाउने, हाम्रो भूमिका निष्पक्ष बनाउनु पर्छ । विधिसम्म्म्त हुनुपर्छ । अनि मात्रै संसद्को विश्वास हुन्छ, उनले भने, सरकारलाई पनि संसद्‌प्रति जिम्मेवार बनाउनुपर्छ । संसद्‌ सरकारको उपस्थितिले मात्रै प्रभावकारी हुन्छ ।

    वाग्मती प्रदेश सभामुख भुवन पाठकले संघ र प्रदेशबीच शक्ति सन्तुलन नमिलेको बताए । कोशी प्रदेशसभाकी उपसभामुख सिर्जना दनुवारले प्रदेशहरुबीच एकरुपता नभएको उल्लेख गरिन् ।

    बैठकमा राष्ट्रिय सभा उपाध्यक्ष उर्मिला अर्याल, प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना मगर तथा कर्णाली प्रदेशकी उपसभामुख यशोदा न्यौपाने, गण्डकीकी उपभामुख विनाकुमारी थापा, वाग्मतीकी उपभासमुख अप्सरा चापागाईं, मधेशकी उपसभामुख बविताकुमारी रावत, लुम्बिनीकी मेनुका खाँड केसी र सुदूरपश्चिमकी कोइलीदेवी चौधरी छन् ।

    त्यस्तै संघीय संसद् सचिवालयलका महासचिव भरतराज गौतम, प्रतिनिधिसभा र राष्ट्रियसभा सचिव, प्रदेशसभाका सचिवलगायतको पनि बैठकमा उपस्थिति रहेको छ ।

  • नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता

    नेपालबाट ३८ वर्षअघि हराएको मूर्ति बेलायतमा भेटियो, नेपाललाई फिर्ता

    काठमाडौं । ललितपुरको पाटनबाट सन् १९८५ मा हराएको प्राचीन मूर्ति बेलायतबाट नेपाल सरकारलाई फिर्ता गरिएको छ । ११औं शताब्दिको उक्त सूर्य मूर्ति बेलायतले नेपाललाई यही बिहीबार फिर्ता गरेको बेलायतस्थित नेपाली दूतावासले जनाएको छ ।

    लण्डनस्थित नेपाली दूतावासले विज्ञप्ति जारी गर्दै उक्त कलाकृति ७९ सेन्टिमिटर उचाइ, १५ सेन्टिमिटर चौडाइ र ४१ किलोग्राम तौल रहेको जनाएको छ । दूतावासले जारी गरेको विज्ञप्ति अनुसार उक्त मूर्ति बेलायती निजी संकलकले दूतावासलाई हस्तान्तरण गरेका थिए ।

    यस्तै उक्त मूर्ति नेपाल सरकारको पूरातत्व विभागमार्फत् यसको वास्तविक स्थानमै पठाइने पनि बताइएको छ । दूतावासले जारी गरेको विज्ञप्तिमा सांस्कृतिक कलाकृति फिर्ता गरिनुले हराएको सांस्कृतिक वस्तुको पुनःस्थापनाका लागि नेपालको प्रयासमा सकारात्मक योगदान पुर्‍याएको उल्लेख छ ।

  • बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु

    बंगलादेशमा डेंगुबाट १५५ जनाको मृत्यु

    काठमाडौं । बङ्गलादेशमा डेंगुबाट मृत्यु हुनेको सङ्ख्या १५५ पुगेको छ । बिहीबार थप नौ जनाको मृत्यु भएसँगै डेंगु ज्वरोबाट ज्यान गुमाउनेको सङ्ख्या एक सय ५५ पुगेको स्वास्थ्य सेवा महानिर्देशनालय जनाएको छ । स्वास्थ्य मन्त्रालय अन्तर्गतको डिजीएचएसले दिएको तथ्याङ्कअनुसार जुलाईको पहिलो २० दिनमा गत महिना पाँच हजार नौ सय ५६ जनामा लामखुट्टेको टोकाइबाट सर्ने रोगबाट सङ्क्रमित भएपछि देशभर डेंगुका १९ हजार पाँच सय ६९ सङ्क्रमित थपिएका छन् ।

    महानिर्देशनालयका अनुसार बिहीबार बिहान एकै दिन राजधानी ढाकामा आठ सय ४५ सहित कुल एक हजार सात सय ५५ नयाँ बिरामी थपिएका छन् । यो वर्षको प्रारम्भदेखि अहिलेसम्म बिरामीको कुल सङ्ख्या २७ हजार पाँच सय ४७ पुगेको छ । महानिर्देशनालयले सर्वसाधारणलाई झुलभित्र सुत्नेलगायत आवश्यक सुरक्षाका उपाय अपनाउन आग्रह गर्दै लामखुट्टेको प्रजननस्थल पहिचान एवम् नष्ट गर्ने ‘एन्टी लार्भा’ अभियान सञ्चालन गरिएको बताएको छ । रासस\सिन्ह्वा

  • प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै

    प्रधानमन्त्री प्रचण्ड आज इटाली जाँदै

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तीनदिने इटाली भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्दैछन् । लामो समयपछि उच्चस्तरीय भ्रमण हुन लागेको हो। इटालीको राजधानी रोममा साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड शनिबार त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्र मन्त्रालयले भ्रमणको आवश्यक तयारी करिब पूरा भएको जनाएको छ।

    ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट व्यक्त गर्नुपर्ने औपचारिक धारणा, त्यसका लागि आवश्यक कार्यसूची तथा त्यहाँ रहँदा हुन सक्ने सम्भावित आदानप्रदानका लागि आवश्यक सम्झौता र समझदारीका खाका तयार भएका छन्। मन्त्रालयका प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डको औपचारिक भ्रमणका लागि गृहकार्य अन्तिम चरणमा पुगेको छ। बाँकी तयारी शुक्रबार अबेरसम्म चलेको थियो।

    प्रधानमन्त्री प्रचण्डसँग उहाँकी छोरी गङ्गा दाहाल, कृषि तथा पशुपन्छी विकासमन्त्री डा. बेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत र नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू पनि साथै जानुहुने भएको छ। भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले अतिकम विकसित मुलुकको अध्यक्षको हैसियतमा सोमबार सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।

    साथै सोही दिन आयोजना हुने विद्यालय भोजनको एजेन्डा बोकेको छुट्टै सत्रमा र मङ्गलबार खाद्य प्रणाली परिवर्तनको एजेन्डाको सत्रमा पनि अध्यक्षको हैसियतमा सहभागी हुनुहुने कार्यतालिका रहेको मन्त्रालयले जनाएको छ। जसका लागि नेपालले निर्वाह गर्नुपर्ने भूमिकासहितका अवधारणापत्रको तयारी पनि मन्त्रालयले गरेको छ।

    सम्मेलनको साइडलाइन कार्यक्रम अनुसार प्रधानमन्त्री प्रचण्डले खाद्य तथा कृषि सङ्गठनका महानिर्देशक, विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक, कृषि विकासका लागि अन्तर्राष्ट्रिय कोषका अध्यक्षलगायत संयुक्त राष्ट्रसङ्घीय प्रणालीका विशिष्ट पदाधिकारीसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ । रोमस्थित गैरआवासीय नेपाली सङ्घ, इटालीले आयोजना गर्ने कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले इटालीमा रहनुभएका नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम छ ।

  • इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान

    इयूले नेपाललाई दिने भयो करिब ११ अर्ब अनुदान

    काठमाडौं । बेलायतले नेपाललाई करिब ११ अर्ब रुपैयाँ बराबर अनुदान दिने भएको छ । शुक्रबार अर्थ मन्त्रालयमा नेपाल सरकार र युरोपेली संघबीच ‘गुणस्तर शिक्षा सबैका लागि र जलवायु परिवर्तनमा स्थानीय अनुकूलन’ विषयमा सम्झौता भएको हो । सम्झौतापत्रमा नेपाल सरकारको तर्फबाट अर्थसचिव अर्जुनप्रसाद पोखरेल र नेपालका लागि ईयूका राजदूत नोना डेप्रेजले हस्ताक्षर गरे ।

    ‘गुणस्तरिय शिक्षा सबैका लागि शिक्षा’ विद्यालय शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो अर्थात ७ अर्ब ३८ करोड रुपैयाँ बराबरको अनुदान सम्झौता भएको छ । जलवायु परिवर्तनका लागि स्थानीय अनुकूलन’ पहलका लागि २२ मिलियन युरो अर्थात ३ अर्ब २५ करोड बराबरको अनुदान सम्झौता भएको हो ।

    उक्त सम्झौता अनुसार सबैका लागि गुणस्तरीय शिक्षा’ ले सरकारको विद्यालय शिक्षा कार्यान्वयनमा सहयोग पुर्‍याउने अर्थसचिव अर्जुन पोखरेलले बताए । उनले नेपालको सामाजिक र आर्थिक विकासमा सक्रिय भुमिका खेल्न महत्वपूर्ण योगदानको आशा रहेको बताए । उनले सामाजिक–आर्थिक विकासमा निरन्तर सहयोग गरेकोमा युरोपेली संघलाई धन्यवाद दिए । युरोपियनले नेपालको दिगो सुदृढीकरणका लागि जलवायु परिवर्तनको अनुकूलनमा सहयोग गर्न आवश्यक रहेको पोखरेलले बताए ।

    युरोपेली संघ र फिनल्याण्ड, टोली युरोपको रूपमा, स्थानीय र प्रान्तीय सरकारहरूसँग काम गर्न जारी राख्ने संघले जनाएको छ । नेपालले विकास र जलवायु कार्यलाई सन्तुलनमा राख्ने इमान्दार प्रयास गरिरहेको भन्दै संघले नेपालको प्रशंसा गरेको छ । प्रकोप जोखिम न्यूनीकरणसम्बन्धी योजना र विकासमा ध्यान केन्द्रित गर्न, स्थानीय तहलाई सक्षम बनाउन, मानवीय तथा वित्तीय क्षमता अभिवृद्धि गर्ने खर्च हुनेछ ।

  • धरानमा गोली हानेर एक जनाको हत्या

    धरानमा गोली हानेर एक जनाको हत्या

    काठमाडौं । सुनसरीको धरानमा गोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका ५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो । उनीमाथि धरान-इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको थियो ।

    प्रहरी स्रोतका अनुसार उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ । सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले घाइते चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको जानकारी दिए । घटनाको अनुसन्धान भइरहेको उनले बताए । गोली प्रहार गरेको कारण नखुलेको उनको भनाइ छ ।

  • सभापतिज्यू ! पदाधिकारी साथीहरुले योगदान हेर्दैनन्, पुस्ताको कुरा गर्छन्, राजीनामा दिउँ त ?

    सभापतिज्यू ! पदाधिकारी साथीहरुले योगदान हेर्दैनन्, पुस्ताको कुरा गर्छन्, राजीनामा दिउँ त ?

    काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नारायण खड्काले पार्टीभित्र पुस्तान्तरणको विषय उठ्ने गरेको बताएका छन्। शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले पुस्तान्तरणको विषय उठाएका हुन्।

    महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मालगायतले पुस्तान्तरणको कुरा उठान गरिरहेको उनको भनाइ थियो।

    ‘पदाधिकारी साथीहरूबाट सुन्ने गर्छु पुस्ताको कुरा, बहुदलीय व्यवस्थामा पुस्ता भन्ने हुँदैन,’ उनले भने, ‘उमेर होइन, योगदान र भूमिकाले हेर्नुपर्छ। काम गर्न सक्नेलाई ध्यान दिनुपर्छ।’

    खड्काले यति बोलेपछि सभापति देउवाले महामन्त्रीहरूले पनि सुन्नुभएकै छ भनेका थिए।

    यसपछि खड्काले भने, ‘पुस्ताका कुरा गर्दा म पनि परेँ, के राजीनामा दिउँ त? अहिले छाडौं?’ उनले पुस्तान्तरणका कुराले खारिएका नेताहरूले केही गर्न सक्दैनन् भन्ने भाष्य बनिरहेकोतर्फ पनि ध्यान दिन आग्रह गरेका थिए।

    खड्काले पार्टीभित्र चुनावबाट पदाधिकारी र केन्द्रीय सदस्य आउने प्रणाली सफल नभएको पनि दाबी गरेका थिए। उनले मनोनीततर्फ जोड दिएका छन्।

  • खाणको बचाउ गर्दै मीनबहादुरले भने- ‘दोषी करार गरेर निलम्बन गर्न मिल्दैन्, कांग्रेस सर्वोच्च अदालत हो’

    खाणको बचाउ गर्दै मीनबहादुरले भने- ‘दोषी करार गरेर निलम्बन गर्न मिल्दैन्, कांग्रेस सर्वोच्च अदालत हो’

    काठमाडौं । नेपाली कांग्रेसका प्रचार विभाग प्रमुख समेत रहेका केन्द्रीय सदस्य मीन विश्वकर्माले दोषी हो वा होइन भनेर छुट्याउने नेपाली कांग्रेस सर्वोच्च अदालत हो भन्दै प्रश्न गरेका छन् ।

    शुक्रबारको केन्द्रीय समिति बैठकमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका बालकृष्ण खाणको बचाउमा बोलेका थिए ।

    नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएको अभियोग लागेका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण कारागारमा छन्। उनलाई निलम्बन गर्न केही केन्द्रीय सदस्यले माग गरिरहेका छन्।

    तर प्रचार विभाग प्रमुखसमेत रहेका विश्वकर्माले भने सर्वोच्च अदालतजस्तो गरी ठहर गर्दै अहिले नै निलम्बन गर्न नहुने बताइरहेका छन्।

    भ्रष्टाचारका विषय उठ्ने गरेको भन्दै उनले कोही नेतालाई अभियोग लाग्दैमा दोषी करार गर्न नमिल्ने बताए।

    ‘कांग्रेस भनेको एउटा घर हो, परिवार हो। घरको सदस्यलाई लान्छना लाग्दा छिटो पक्राउ गर भन्दै गृहमन्त्रीकहाँ जाने?,’ उनले प्रश्न गरे, ‘परिवारको सदस्य अभियोगमा मुछिएमा वकिल राख्छौं कि थानामा लगेर बुझाउँछौं?’

    ‘हाम्रो परिवारका कुनै सदस्य सार्वजनिक अभियोगमा मुछियो भने हामी लुकाउँछौँ कि थपक्क लगेर थानामा बुझाउँछौँ ? मलाई यत्ति जवाफ चाहियो,’ उनले भने, ‘होइन भने, कांग्रेस एउटा घर हो, घरको एउटा सदस्यलाई आरोप लाग्यो अनि छिटो पक्रिनु भनेर डेलिगेसन जाने ?’

    उनले कांग्रेस सर्वोच्च अदालत नभएको पनि बताए। ‘कांग्रेस सर्वोच्च अदालत हो? ठहर गर्नलाई?,’ उनले भने, ‘अहिले एक जनालाई अभियोग लागेको छ। वडासम्म लाग्दा कांग्रेसको अवस्था के हुन्छ?’

  • तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला

    तीन लाख ३९ हजार धरौटी बुझाउन नसकेर हिरासत पुगेकी खातुन मृत फेला

    सर्लाही । सर्लाही प्रहरीको हिरासतमा एक महिला मृत फेला परेकी छन् । सर्लाहीको मलंगवास्थित जिल्ला प्रहरी कार्यालयको हिरासतमा चक्रघटा गाउँपालिका ८ की ४० वर्षीया हजरत खातुन झुण्डिएको अवस्थामा मृत फेला परेकी हुन् ।

    खातुनलाई सशस्त्र प्रहरीले यही २ गते नेपाल भारतको सीमा क्षेत्रमा अवस्थित झिलमिलियामाई बोर्डरबाट गहना र अवैध रकमसहित पक्राउ गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । उनको साथबाट प्रहरीले १८७.७७ ग्राम चाँदी र ७.०७ सुनका साथै ५ लाख ४ हजार नगद प्रहरीले बरामद गरेको थियो ।

    बिहीबार भन्सार कार्यालयले उनलाई ३ लाख ३९ हजार धरौटी रकम माग गरेको थियो तर, रकम नबुझाएपछि हिरासतमा राखिएको थियो । राति करिब १० बजे कपडाको पासो लगाएको अवस्थामा भेटिएपछि उपचारको लागि अस्पतालमा लगिएको थियो ।

  • ‘महामन्त्रीको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो, देशलाई हाँक्ने कुरा खै’ ?

    ‘महामन्त्रीको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो, देशलाई हाँक्ने कुरा खै’ ?

    काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य आरजू राणा देउवाले केन्द्रीय समितिको बैठकमा महामन्त्री गगन थापाले प्रस्तुत गरेको प्रतिवेदन एनजीओको जस्तो भएको आरोप लगाएकी छिन् ।

    शुक्रबार कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा आफ्नो भनाइ राख्दै देउवाले भनिन, ‘महामन्त्रीको प्रतिवेदनमा दूरगामी असर पर्ने, हाम्रो देशलाई हाँक्ने कुरा देखिनँ।

    म अच्चमित पनि भएँ, किन भने महामन्त्रीले ल्याउनुभएको प्रतिवेदन राजनीतिकभन्दा पनि एनजीओको जस्तो लाग्यो। धेरै कार्यक्रम गर्ने, उपलब्धि के हो त? त्यो कुरा क्लियर भएन।’ उनले ३–४ वटा ठोस कार्यक्रम तय गर्न र त्यसको उपलब्धि हुनुपर्ने सुझाव दिइन्।

  • स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन

    स्कर्टिङमा लान थालियो फोहोर, बञ्चरेडाँडामा एक सय बढी प्रहरी परिचालन

    काठमाडौं । बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्न प्रहरी परिचालन गरिएको छ। अहिले एक सय ५० हाराहारीमा प्रहरी त्यता पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

    नुवाकोटको सिसडोल र बन्चरेडाँडाका स्थानीयले १ साउनदेखि फोहोर फ्याँक्न नदिने बताएसँगै काठमाडौंको फोहोर उठ्न सकेको थिएन।

    काठमाडौं उपत्यकाका १८ वटा स्थानीय तहबाट दैनिक ११ सयदेखि १३ सय मेट्रिक टन फोहोर बञ्चरेडाँडामा विसर्जन हुँदै आएको थियो।

    बुधबार सहरी विकास मन्त्रालयमा प्रभावित क्षेत्रका स्थानीयसँग वार्ता पनि भएको थियो।

  • अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने

    अब सूर्यविनायक- रत्नपार्क रुटमा द्रुतबस चल्ने, जाममा फस्न नपर्ने

    काठमाडौं । १ असोजबाट भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म द्रुत बस चल्ने भएको छ । यस्तो बस अब ट्राफिक जाममा फस्नु पर्दैन । काठमाडौं उपत्यकामा अत्यधिक गाडीको चापका कारण यात्रु सार्वजनिक यातायातबाट समयमै गन्तव्यमा पुग्न कठिन भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयले द्रुत बस सेवा सञ्चालन गर्न लागेको भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाले जानकारी दिए ।

    पहिलो चरणमा भक्तपुरको सूर्यविनायकबाट रत्नपार्कसम्म बस सञ्चालन गर्न लागिएको हो । आगामी दिनमा अन्य रुटमा पनि चलाउन सकिने उनले बताए ।
    मन्त्रालयले राम्रो अवस्थाका र क्षमताका निजी कम्पनीका बस छनोट गरी द्रुत बस सेवा शुरु गर्न लागेको बताएको छ ।

    तत्कालका लागि द्रुत बस सेवा गाडीको चाप बढी हुने समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ४ बजेदेखि ६ बजेसम्म सञ्चालन हुने मन्त्रालयले जनाएको छ । त्यसका लागि ४० सिटभन्दा माथिका करिब २५ बस सञ्चालनमा ल्याउने तयारी गरिएको छ । । बसको आकार र रङ अरुभन्दा फरक हुने गरी द्रुत बस सेवा सञ्चालनको तयारी छ ।


    द्रुत बस सेवा सञ्चालनका लागि सडक लेन बनाउन मन्त्री ज्वालाले सडक विभागलाई र बसको आकारप्रकार, सफाइ र सञ्चालन अनुमतिका लागि व्यवस्था मिलाउन यातायात व्यवस्था विभागलाई निर्देशन दिएका छन् ।


    अहिले कार्यालय समयमा सूर्यविनायकबाट रत्नपार्कसम्म सार्वजनिक यातायातमा आउँदा झन्डै डेढ घन्टा लाग्ने गरेको छ । द्रुत बस सेवा सञ्चालन भएपछि अत्यधिक जामको बेला पनि ४५ मिनेटमा पुग्न सकिने गरी यातायात सञ्चालन हुने यातायात व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद भट्टराईले बताए ।

    द्रुत बस सेवाका लागि मोबाइल एप पनि बनाइने भएको छ । द्रुत बस कुन समयमा कुन ठाउँमा आइपुग्छ त्यसको जानकारी एपबाट हेर्न मिल्ने गरी बनाउन लागिएको छ । अहिलेका लागि अरु गाडीमा तोकिएकै भाडादर कायम हुने बताइएको छ ।

  • यस्तो रहनेछ आज देशैभर मौसम

    यस्तो रहनेछ आज देशैभर मौसम

    काठमाडौं । अहिले नेपालमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि सामान्य बदली रहेको छ। साथै गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

    महाशाखाका अनुसार, आज दिउँसो देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। राती देशभर आंशिक देखि सामान्य बदली रही गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी भू–भाग एक-दुई स्थानमा मेघ गर्जन–चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।


    साथै गण्डकी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनचट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। हल्का, मध्यमदेखि भारी वर्षाको समेत सम्भावना रहेकाले वर्षापछि हुनसक्ने विपदबाट जोगिन सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

  • शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

    शनिबार उपत्यकाका धेरै क्षेत्रमा ८ घण्टा विद्युत सेवा अवरुद्ध हुने

    काठमाडौं । शनिबार बिहान साढे ८ बजेदेखि अपराह्न साढे ४ बजेसम्म काठमाडौं र ललितपुरका विभिन्न स्थानमा विद्युत सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार टेकु सबस्टेसन स्तरोन्नती गरी टेकू-स्युचाटार ६६ केभी लाइन १३२ केभी मा चार्ज गर्ने काम भइरहेको छ।

    प्रथम चरणको सबस्टेसन निर्माण कार्य सम्पन्न गर्न टेकू सबस्टेसनको विद्यमान इनकमर-१ प्यानल तथा दुईमध्ये एक पावर ट्रान्सफर्मर बन्द गर्नुपर्ने भएकाले टेकु सबस्टेसनबाट आपूर्ति भइरहेको विभिन्न फिडरहरूमा विद्युत सेवा प्रभावित हुने प्राधिकरणले जानकारी दिएको छ।

    प्राधिकरणका अनुसार बागमती फिडर अन्तर्गतका सानेपा राम मन्दिर, गुसिगाल, एडभान्स कलेज, अमरावती, सानेपा मोड र रेडिएण्ड स्कुल क्षेत्रमा विद्युत प्रभावित हुनेछ।

    पुल्चोक फिडर अन्तर्गतका बल्खु, झम्सीखेल, पुल्चोक र ठाडोढुंगा क्षेत्रमा विद्युत प्रभावित हुनेछ। त्यस्तै चमती फिडर अन्तर्गतका ज्ञान तीर्थ मार्ग कालीमाटी सालिक चोक, छाउनी, डल्लु, बिजेश्वरी, स्वयम्भू, चमती, किमडोल र बारूदखाना क्षेत्र, कीर्तिपुर फिडर अन्तर्गतका बल्खु, खसीबजार, त्रिभवुन विश्वविद्यालय, चोभार, टौदह र ट्यांलाफाँटका केही क्षेत्रमा विद्युत् प्रभावित हुने प्राधिकरणले जनाएको छ।

    त्यसैगरी त्रिपुरेश्वर फिडरअन्तर्गतका टेकूदेखि पचली भैरव, उद्योग वाणिज्य संघ हुँदै सुकुम्बासी वस्ती, वर्ल्ड ट्रेड सेन्टर तथा थापाथली स्विचिङ अन्तर्गतका टेकुदेखि त्रिपुरेश्वर चोकसम्म, आशा अस्पताल, वर्ल्ड ट्रेड सेन्टर, रंगशाला, नर्भिक अस्पताल, प्रसूति गृह हुँदै बबरमहलसम्म, सेनपा, कुपन्डोल, स्थानीय विकास मन्त्रालय र पुल्चोक क्याम्पसम्म विद्युत् प्रभावित हुने छ।

    प्राधिकरणका अनुसार भैसेपाटी फिडर अन्तर्गत महतो मार्ग, भैँसेपाटी आवास, भैँसेपाटी चोक र एकल डाँडा तथा क्षेत्रपाटी फिडर अन्तर्गतका टेकुदेखि विष्णुमती खोला किनार हुँदै पुष्पलाल पार्क र ढल्कु चोकदेखि क्षेत्रपाटीसम्म विद्युत् अवरूद्ध हुनेछ।

    प्राधिकरणले ती क्षेत्रहरूमा वैकल्पिक व्यवस्थाबाट विद्युत् आपूर्ति कम प्रभावित हुनेगरी सबै फिडरमा नियमित विद्युत् आपूर्तिको प्रयास गरिने र निर्धारित समयअघि काम सकिए लाइन सुचारू गर्ने जानकारी गराएको छ।

  • नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु

    नेपाली नर्सलाई बेलायत पठाउने प्रक्रिया सुरु

    काठमाडौं । नेपाली नर्सलाई रोजगारीका लागि बेलायत पठाउने भन्दै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आवेदन खुलाएको छ । पाइलट प्रोग्रामको रुपमा पहिलो चरणमा १०० जना नर्सलाई रोगजारीका लागि बेलायत पठाउन आवेदन खुलाएको हो ।

    नेपाल सरकार र बेलायत सरकारबीच द्विपक्षीय श्रम सम्झौता कार्यान्वयन सम्बन्धी कार्ययोजना मन्त्रिपरिषद्‍बाट स्वीकृत भएसँगै श्रम मन्त्रालयले पहिलो चरणमा एक सय जना नर्सिङ स्टाफ बेलायत पठाउन लागेको हो । श्रम मन्त्रालय र बेलायती दूतावास, काठमाडौंले जारी गरेको संयुक्त प्रेस विज्ञप्तिअनुसार, बेलायत जान इच्छुक नेपाली नर्सले शुक्रबारदेखि आवेदन दिन सक्नेछन् । श्रम मन्त्रालयले नेपाली नर्सलाई आवेदन दिन छुट्टै एप्लिकेसन पोट्रल समेत बनाएको छ ।

    बेलायत जान इच्छुक नर्सले शुक्रबारदेखि कात्तिक २ गतेसम्म अनलाइन आवेदन दिन सक्नेछन् । सरकारले ‘गभर्मेन्ट टु गभर्मेन्ट (जीटुजी) प्रक्रियाबाट बेलायतमा नर्सिङ जनशक्ति पठाउन लागेको हो । उनीहरूले वार्षिक झण्डै ४७ लाख रुपैयाँ तलब पाउनेछन् भने बेलायतमा रजिस्ट्रर नर्स भइसकेपछि वार्षिक ५८ लाख ५५ हजारसम्म तलब पाउनेछन् ।

    उनीहरूले ५ वर्ष मात्र काम गर्न पाउनेछन् । नेपाली नर्सलाई रोजगारीका लागि बेलायतमा लैजान गत भदौमा दुई देशबीच सम्झौता भएको थियो । सम्झौता अनुसार बेलायतमा रोजगारीमा जान आईईएलटीएसमा न्यूनतम ७ अंक अनिवार्य रुपमा ल्याउनुपर्नेछ ।

    त्यसैगरी, बेलायत जान चाहानेले कम्तीमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । २ वर्षको कार्यअनुभव (वर्किङ एक्सपिरियन्स) पनि अनिवार्य गरिएको छ । यस्तो योग्यता पूरा गरेकाहरुमध्ये संक्षित सूची तयार (सर्ट लिस्टिङ) गरेर अन्तर्वार्तामार्फत बेलायत जान पाउनेहरु छानिने छन् । त्यस्तै, रोजगारीका लागि छनोट भएर बेलायत पुगेकाहरूले फेरि त्यहाँको नर्सिङ काउन्सिलको परीक्षा पनि दिनुपर्नेछ ।

    प्रोटोकलले यस्तो आवेदन दिन तोकिएका योग्यताहरु पूरा भएको हुनुपर्ने अनिवार्य गरेको छ । नेपाल नर्सिङ परिषद्को तथ्याङ्‍कअनुसार हालसम्म नेपालमा करिब ७४ हजार नर्सले सेवाका लागि अनुमति (लाइसेन्स) लिएका छन् । नेपालमा कति सक्रिय र कति विदेशी नर्स छन् भन्ने तथ्यांक परिषद्‍सँग छैन । पढाइका लागि विदेश जानुअघि नर्सहरूले नर्सिङ काउन्सिलको स्वीकृति लिनुपर्ने भए पनि पढाइबाहेक अन्य कामका लागि विदेश जान स्वीकृति चाहिंदैन ।

    नेपालमा ४५ हजार नर्सिङ जनशक्ति मात्र सक्रिय भएको नेपाल नर्सिङ संघको अनुमानित तथ्यांक छ । तीमध्ये नेपाल सरकार अन्तर्गत स्थायी र करारमा १८ हजार नर्स कार्यरत छन् । यस्तै, करिब १७ हजार नर्स निजी अस्पतालमा र बाँकी शैक्षिक क्षेत्रमा काम गरिरहेका छन् । यस्तै, करिब ३० हजार नर्स अहिले पनि बेरोजगार रहेको हुनसक्ने अनुमान छ । यस्तै, करिब २९ हजारले विदेश जानका लागि भेरिफिकेशन लिएका छन् ।

  • केन्द्रीय समिति बैठकमा मनाइयो गगन थापाको जन्मदिन

    केन्द्रीय समिति बैठकमा मनाइयो गगन थापाको जन्मदिन

    काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाको जन्मदिन मनाइएको छ । केन्द्रीय सदस्यको तेस्रो दिनको बैठक सकिए लगत्तै केक काटेर महामन्त्री थापाको जन्मदिन मनाइएको हो । अर्का महामन्त्री विश्वप्रकाश शर्माले थापाको जन्मदिन मनाउने सुनाएका थिए । सभापति शेरबहादुर देउवा लगायत पदाधिकारी सहित केन्द्रीय सदस्यहरुले थापालाई खादा लगाएर शुभकामना प्रदान गरे ।

  • विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी

    विमानस्थलबाट बरामद गरिएको सुनको तौल ‘ब्रेक शु’ सहित १५५ केजी

    काठमाडौं । नेपाल राष्ट्र बैंकले त्रिभुवन विमानस्थलबाट अवैध रुपमा भित्रिएको सुनको तौल लिएको छ । राष्ट्रबैंकले स्कुटरका ‘ब्रेक शु’ जोख्दा कुल तौल १५५ किलो आएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दिएको छ ।

    त्यसमा बेरिएको कपडा, कार्टुन, ब्रेक सु निकालेर जोख्दा भने सुनको परिमाण कम हुनेछ। पोकाभित्र रहेको वास्तविक सुन कति हो भन्नको लागि राजस्व अनुसन्धान विभागले केन्द्रिय बैंकलाई लेखी पठाउनुपर्नेछ । आठ वटा पोकामा उक्त सुन राखिएको छ।

    यसमा संलग्न रहेको आरोपमा दोलखा घर हुने रामकुमार भुजेल, दिलिप भुजेल, भोजपुरका हर्कराज राई, भारतीय नागरिक थाप्तेन छिरिङ पक्राउ परेका छन्।

    एजेन्ट राजन राई र ट्याक्सी ड्राइभर अशोक लामा पनि पक्राउ परेका हुन्। बा २ च २३२४ नम्बरको ट्याक्सी पनि विभागले बरामद गरेको छ। उक्त ट्याक्सीबाट नै सुन लग्ने तयारी भएको थियो।

  • टक्सारमा पुर्‍याइयो विमानस्थलबाट बरामद सुन

    टक्सारमा पुर्‍याइयो विमानस्थलबाट बरामद सुन

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बरामद गरिएको सुन नापतौल गर्न राजश्व अनुसन्धान विभागले बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो । महाशाखामा सुनको तौल मापन गरिनेछ । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो । बरामद सुनको परिमाण एकिन भइसकेको छैन ।

  • बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने

    बरामद भएको सुनको परिमाण राष्ट्र बैंकबाट जोखेर पत्ता लगाइने

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर बाहिरिएको अवस्थामा बरामद भएको सुन नेपाल राष्ट्र बैंकमा लगेर जोखिने भएको छ । यसले सुनको वास्तविक तौल पत्ता लाग्ने छ । राजश्व अनुसन्धान विभागले सुन झण्डै एक क्विन्टल भएको हुन सक्ने अनुमान गरेको छ । यस प्रकरणमा एक भारतीय नागरिकसहित ६ जना पक्राउ परिसकेका छन् ।

    विभागका अनुसार सुनले भरिएको स्कुटरको ब्रेक शु आयातकर्ता कम्पनी रेडी ट्रेडर्सका सञ्चालक दिलिप भुजेल, सुन पास गराउन सहयोग गर्ने उनका मामा राम कुमार भुजेल र कम्पनी स्थापना गर्न सघाएका हर्कराज राईलाई विभागले नियन्त्रणमा लिएको छ । थुप्तेन छिरिङ नाम गरेका तिब्बती मूलका भारतीय नागरिक पनि पक्राउ परेका छन् ।

    अन्य दुई जना भने भन्सार एजेन्ट र ट्याक्सी चालक छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे प्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना पाएपछि राजश्व अनुसन्धान विभागले गरेको कारबाहीको क्रममा ठूलो परिमाणमा सुन बरामद भएको थियो ।

  • रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड

    रास्वपा सांसद गौतमलाई ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर’ अवार्ड जितेकी छन् । अवार्डका लागि सोवितासँगै चिलीकी महिला तथा लैंगिक समतामन्त्री एन्टोनिया कस्मिका लगायत विभिन्न देशका १५ सांसद, मेयर लगायतलाई सर्टलिस्टमा समेटिएका थिए ।

    संस्थाले सर्टलिस्टमा समावेशमध्ये ५ जनालाई अवार्ड प्रदान गर्दै आएको छ । आयोजक वन योङ वर्ल्डका अनुसार प्रतिस्पर्धीहरूमध्येबाट २७ वर्षीया सोबिता गौतमसँगै क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट र न्यूजील्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलातीले अवार्ड हात पारेका हुन् ।

    संस्थाले नेपाली इतिहासमा सबैभन्दा कान्छी सांसद र रास्वपाको संस्थापक सदस्यको रूपमा गौतमलाई सर्ट लिस्टमा छनौट गरेको थियो । उनलाई बिजुली नपुगेको गाउँमा जन्मिएकी र राम्रो स्रोत साधन नभएको सरकारी विद्यालयमा पढेकी सोबिता आफ्नो भाषण सामाजिक सञ्जालमा अत्यधिक रुचाइएसँगै राजनीति उदाएकी पात्रको रूपमा चिनाइएको छ ।

    आफ्नो समुदाय र देशमा युवा मानिसमा सकारात्मक प्रभाव पार्न भूमिका खेलिरहेका विश्वका उच्च राजनीतिज्ञमध्ये पाँच जनालाई यो उपाधि दिने निर्णय गरिएको आयोजकले बुधबार राति घोषणा गरेको हो । संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८-३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्छ ।

    द वन योङ वर्ल्ड युवा नेतृत्व सशक्तीकरण र विकासका लागि स्थापित बेलायती संस्था हो । संस्थाले बेलफास्ट बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्दैछ । सम्मेलनलाई आयरल्याण्डकी पूर्वराष्ट्रपति मेरी रबिन्सन, नोबेल पुरस्कार बिजेता प्रो। मुहम्मद युनुस, कोस्टारिकाकी पूर्वराष्ट्रपति लउरा चिन्चिल्ला लगायतले सम्बोधन गर्ने आयोजकले उल्लेख गरेको छ ।

  • काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद

    काठमाडौं विमानस्थलबाट एक क्विन्टल सुन बरामद

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको जाँच पार गरेर झण्डै एक क्वीन्टल सुन बाहिरिएको छ । राजश्व अनुसन्धान विभागले बुधबार विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानालाई उदृत गर्दै नेपाली सञ्चारमाध्यमले पुष्टी गरेका छन् ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय स्रोतका अनुसार, बरामद सुन मंगलबारको क्याथे फ्यासिफिकको उडानमार्फत काठमाडौं आएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याएको सुन बुधबार भन्सार जाँच पास गरेर अपराह्न २ बजे कटेको सूचना राजश्व अनुसन्धान विभागसम्म पुगेको थियो । त्यसपछि विभागले गरेको कारबाहीमा ठूलो परिमाणमा सुन बरामद भएको हो ।

  • प्रस्तावित राजदूतबारे उजुरी आह्वान

    प्रस्तावित राजदूतबारे उजुरी आह्वान

    काठमाडौं । विभिन्न मुलुक तथा नियोगका लागि प्रस्तावित ६ जना राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु भएको छ । बुधबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको छ ।

    यसअघि सरकारले अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघको नेपाल नियोगमा आवासीय प्रतिनिधि तथा राजदूतमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगका आवासीय प्रतिनिधि रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा सिफारिस तेजबहादुर क्षेत्रीको नाम सिफारिस गरेको छ । यस्तै, कुवेतका लागि प्रस्तावित राजदूतमा घनश्याम लम्साल, थाइल्याण्डका लागि प्रस्तावित राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि प्रस्तावित राजदूतमा सुधीर भट्टाराई छन् ।

    संसद सचिवालयका सहसचिव एकराम गिरीका अनुसार उजुरी दिने समय १० दिनको रहनेछ । बिहीबार गोरखापत्रमा सूचना प्रकाशन भएपछि प्रस्तावित राजदूतविरुद्ध जो कोही नेपाली नागरिकले उजुरी दिन सक्नेछन् । प्रस्तावित राजदूत तथा विभिन्न नियोगका प्रतिनिधिहरुको सुनुवाइका लागि प्रष्ट आधार र सबुत प्रमाणसहित उजुरी दिनुपर्ने हुन्छ ।

    मन्त्रिपरिषदको बैठकले सिफारिस गरेका प्रस्तावित राजदूतहरु संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । राजदूत नियुक्तिमा समावेशिता हुनुपर्ने विषयमा समेत समितिमा छलफल भएको गिरीले जानकारी दिए । समावेशितालाई ख्याल गरिनुपर्छ भन्ने समितिको समेत मान्यता रहेको उनले बताए ।

  • सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ

    सप्तकोसी किनारमा ‘ग्याङ फाइट’ गर्ने तीन युवती पक्राउ

    काठमाडौं । सुनसरीको बराहक्षेत्रस्थित सप्तकोसी नदी किनारमा तीन जना युवतीमाथि भएको निर्घात कुटपिटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    तीन जनालाई पालैपालो कुटपिट गरी भिडियोसमेत बनाई सामाजिक सञ्जालमा उक्त भिडियो राखेको आरोपमा प्रहरीले तीन जना युवतीलाई पक्राउ गरेको छ भने २ जना फरार छन्।

    गत शुक्रबार सप्तकोसी नदीस्थित बराहक्षेत्रको राजाबासमा पाँच युवतीको समूहले तीन युवतीमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

  • भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

    भद्रकुमारी घले सेवा सदनमा महानगरले चलायो डोजर

    काठमाडौं । काठमाडौं महानगरपालिकाले अनामनगरस्थित भद्रकुमारी घले सेवा सदनमा डोजर चलाएको छ ।

    सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले बुधबार डोजर चलाएको हो ।

    महानगरपालिका–१० देवीनगरमा रहेको घले सेवा सदनले सार्वजनिक जग्गा अतिक्रमण गरेको भन्दै महानगरले तीन दिनभित्र सबै संरचना खाली गर्न अल्टिमेटम दिएको थियो ।

    सदनले ५ रोपनी १२ आनामा बालगृह, शिक्षा सदन, पाहुना घर, भद्र संग्रहालय, पुस्तकालय, उपभोक्ता सहकारी संस्थालगायत संस्था सञ्चालन गर्दै आएको छ ।

  • निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

    निगमका कार्यकारी निर्देशक थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित

    काठमाडौं । नेपाल आयल निगमका कार्यकारी निर्देशक इ. उमेशप्रसाद थानी बेस्ट म्यानेजमेन्ट अवार्डबाट सम्मानित भएका छन्।

    निगमको कार्यकारी निर्देशक भएपश्चात थानीले देखाएको उच्च व्यवस्थापकीय क्षमताको कदर गर्दै नेपाल ईन्जिनियर्स एसोसियसन्स ले ६१ औ इन्जिनियर दिबसको अबसरमा उक्त अर्वाड प्रदान गरेको हो ।

    रसिया–युक्रेन युद्धका बीच सृजना भएको इन्धनको विश्वव्यापी संकटको अवस्थामा नेपालमा सहज आपूर्ति तथा वितरण गर्नुका साथै इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई ३१ अर्ब बक्यौता चुक्ता गरी १८ अर्ब नाफा गरी इञ्जिनियरिङ क्षमता प्रमाणित गरेकोले अवार्ड दिइएको हो।

    थानीले नेपाल आयल निगमको जिम्मेवारी सम्हालेपछि घाटामा रहेको निगम नाफामा गएको छ भने निगमले पूर्ण स्वचालित मूल्य लागूसमेत गरेको छ । जसबाट निगम घाटामा जाने संभावनाकाे समेत करिब अन्त भएको छ ।

  • मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

    मोदी विरुद्ध २६ दलको मोर्चावन्दी

    काठमाडौं । भारतमा २६ वटा विपक्षी दलका नेताहरू अर्को वर्ष हुन लागेको आमनिर्वाचनका लागि नरेन्द्र मोदीविरुद्ध रणनीति बलियो बनाउन भन्दै बैठक गरेका छन्। उक्त बैठकमा कङ्ग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल लगायका शीर्षस्थ विपक्षी नेता सहभागी छन्।

    उनीहरूले गठबन्धनको नाम इन्डियन न्याश्नल डेभलपमेन्ट इन्क्लुसिभ अलाइन्स (इन्डिया) तय गरेको जनाएका छन् । मङ्गलवार उक्त गठबन्धनले आफ्नो नेता समेत चयन गर्न सक्ने समाचारहरूमा जनाइएको थियो। तर त्यसबारेमा ११ सदस्यीय एउटा समन्वय समितिले पछि टुङ्गो लगाउने कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले बताए। चुनावअघि यो विपक्षी दलको दोस्रो ठूलो बैठक हो। उनीहरूले सीट बाँडफाँट लगायतका विषयमा छलफल गरिरहेका छन्।

    दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा भइरहेको दुई दिने बैठकमा कुन दलले कति सीटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल हुँदैछ। तर भारतीय जनता पार्टीसँग जुझ्न एकताबद्ध विपक्षीका लागि समेत ठूलो चुनौती छ। सन् २०१९ मा भाजपाले ५४३ सदस्यीय तल्लो सदन लोकसभामा ३०० भन्दा धेरै सिट जितेको थियो।

    भारतका झन्डै १५ राज्यमा स्वयं वा गठबन्धनको हिस्साका रूपमा भाजपाको सरकार छ (त्यहाँ २८ राज्य र आठ सङ्घ प्रशासित क्षेत्र छन्)। यो घोषित आम्दानीका हिसाबमा भारतको सबैभन्दा धनी दल हो जसको सन् २०२१–२२ को आम्दानी १९.१७ अर्ब भारतीय रूपैयाँ छ। राष्ट्रिय निर्वाचनमा उक्त दलको सबैभन्दा ठूलो शक्ति भनेको नरेन्द्र मोदीको लोकप्रियता हो। राज्य तहका निर्वाचनमा भिन्न दल रोज्नेहरूको मत तान्न समेत उनी सफल देखिन्छन्।


    कङ्ग्रेस आईका नेता राहुल गान्धी गत मार्च महिनामा सांसद पदका लागि अयोग्य ठहरिएका थिए। सन् २०१९ को एउटा चुनावी र्‍यालीमा नरेन्द्र मोदीको थरलाई लिएर व्यक्त अभिव्यक्तिका कारण उनी एक मानहानिको मुद्दामा दोषी ठहर भएका थिए। उनलाई जेल सजाय समेत सुनाइएको थियो। उनको पुनरावेदन सफल नभएसम्म आगामी चुनावमा उनले प्रतिस्पर्धा गर्न पाउने छैनन्।

    @JDUONLIN\BBC

    भिन्न राजनीतिक दर्शनका आधारमा पश्चिम बङ्गालजस्ता राज्य र दिल्लीमा कैयौँ राजनीतिक दल आपसमा भिडिरहेका छन्। राष्ट्रवादी कङ्ग्रेस पार्टीजस्ता केही दलले आन्तरिक फुटसँग जुझिरहेका छन्। अन्य दलले वरिष्ठ नेताहरू बीचमा रहेको एकताको अभाव झेलिरहेका छन्।

    यद्यपि आफ्ना मतभेदलाई छाडेर विपक्षीहरूमाझ बलियो भाजपाविरोधी धारणा विकसित भइरहेको जानकारहरू बताउँछन्। मङ्गलवार कङ्ग्रेसका अध्यक्ष मल्लिकार्जुन खड्गेले एउटा ट्वीटमार्फत् बैठकको उद्देश्य आफूहरूका लागि शक्ति संचय गर्नु नभई प्रजातन्त्र, धर्मनिरपेक्षता र सामाजिक न्यायको संरक्षण गर्नु रहेको बताएका छन्।

    पश्चिम बङ्गालका मुख्यमन्त्री ममता बनर्जीले उक्त बैठकलाई एउटा ूफलदायीू अभ्यास बताइन् र त्यसमा ूरचनात्मक निर्णयहरूू लिइने र त्यसको नतिजा ूदेशका जनताका लागि राम्रो हुनसक्नेू बताइन्। समाचारहरूका अनुसार सोनिया गान्धी उक्त गठबन्धनको अध्यक्ष चुनिन सक्छिन्।

    तर त्यसको कुनै औपचारिक पुष्टि भएको छैन। त्यसैगरी भाजपा नेतृत्वको न्याश्नल डेमोक्र्याटिक अलाइन्सले समेत मङ्गलवार नै राजधानी दिल्लीमा गठबन्धनको बैठक गर्दै छ।


    सोमवार भाजपा अध्यक्ष जेपी नड्डाले विपक्षीहरूको बैठकको आलोचना गर्दै त्यसको जग स्वार्थहरूको राजनीतिमा निर्भर रहेको बताएका थिए।
    बीबीसीको सहयोगमा

  • अबको केही दिन कम वर्षा हुने

    अबको केही दिन कम वर्षा हुने

    काठमाडौं । आजदेखि तीन दिनसम्म भारी वर्षाको सम्भावना नदेखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ। मनसुनको न्युनचापीय रेखा सरदर स्थानभन्दा तल रहेकाले भारी वर्षा नहुने देखिएको हो। ‘मनसुनको न्युनचापीय रेखा दक्षिणतिर सरेको छ।

    मौसमको न्युनचापीय रेखा जति तल सर्‍यो पानी पर्ने सम्भावना उति नै कम रहन्छ। माथी सर्‍यो भने धेरै पानी पर्छ। अहिले न्युनचापीय रेखा सरदर स्थानभन्दा तल अर्थात् नेपालभन्दा केही टाढा पर्छ। त्यसकारण भारी वर्षाको सम्भावना कम देखिएको हो। तर, हल्कादेखि मध्यम वर्षाको सम्भावना भने कायमै छ। अहिले पनि कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहको छ।

    दिउँसो देशभर आंशिकदेखि सामान्य बदली भइ पहाडी भू(भागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। राति कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। महाशाखाले वर्षका कारण हुनसक्ने जोखिम तथा क्षतिबाट बँच्न आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

  • सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

    सार्वजनिक कार्यक्रममा सक्रिय हुँदै प्रधानमन्त्री, आज गोरखा जाने

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदै छन् । गोरखामा उनले बुढीगण्डकी जलासययुक्त जलविद्युत आयोजनाको फिल्ड कार्यालय उदघाटन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री प्रचण्ड बिहान ११ बजेपछि गोरखा प्रस्थान गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।

    त्यसअघि प्रधानमन्त्री प्रचण्ड प्रज्ञा भवन कमलादीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् । पत्नी सीता दाहालको निधनपछि प्रधानमन्त्री प्रचण्ड पहिलोपटक सार्वजनिक कार्यक्रममा सहभागी हुन लागेका हुन् । गत असार २७ गते प्रचण्ड पत्नी सीता दाहालको निधन भएको थियो । त्यसयता प्रचण्ड सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् ।

  • डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

    डेंगी संक्रमण बढ्यो, कुन जिल्ला धेरै प्रभावित ?

    काठमाडौं । पछिल्लो समय डेंगी संक्रमण बढेको पाइएको छ। पानी लगातार पर्न थालेपछि डेंगी संक्रमण उच्च भएको हो। इपिडिमियोलोजी तथा सरूवा रोग नियन्त्रण महाशाखाका निर्देशक रुद्रप्रसाद मरासिनीले एक हप्ता यता संक्रमण बढेको बताए। उनका अनुसार लगातार परिरहेको पानीले गर्दा सरसफाइमा ध्यान पुग्न सकेको छैन। सोही कारण संक्रमण दैनिक बढिरहेको छ।

    पानी परेसँगै पानी जम्ने र जमेको पानीमा लामखुट्टेका लार्भा बढ्न थालेर संक्रमण दिनानुदिन बढिरहेको निर्देशक मरासिनीले जानकारी दिए। डेंगी पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फूल पार्दछ। ती फूल लार्भा बन्छ र त्यही लार्भा वयस्क भएपछि मानिसलाई टोक्छ र डेंगी संक्रमण हुन्छ। एक हप्तामा बीचमा एक हजारभन्दा बढी डेंगीका बिरामी भेटिएका छन्।

    महाशाखाका अनुसार यही असार २७ गते एक हजार तीन सय ३७ संक्रमण भएकोमा साउन १ गते सम्म आइपुग्दा सङ्ख्या बढेर दुई हजार नौ सय ३० जनामा डेंगीको संक्रमण देखिएको छ। यसपटक कोशी प्रदेशमा संक्रमण बढेको पाइएको छ। कोशी प्रदेशमा एक हजार सात सय ४६, बागमती प्रदेशमा चार सय ६८, सुदूरपश्चिम प्रदेशमा दुई सय ७९, गण्डकी प्रदेशमा दुई सय ६९, लुम्बिनी प्रदेशमा एक सय ३४, कर्णाली प्रदेशमा १८ जना र मधेस प्रदेशमा १६ जनामा संक्रमण देखिएको छ।


    नयाँ देखिएका बिरामीमध्ये ८२ प्रतिशत बिरामी १० जिल्लाका रहेका छन्। सबभन्दा बढी सुनसरी जिल्लामा एक हजार पाँच सय ७१, धादिङमा दुई सय ५६, दार्चुलामा एक सय ८८, कास्कीमा एक सय ४९, संखुवासभामा ५८, काठमाडौंमा ४६, कन्चनपुरमा ३९, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जनामा डेंगीका बिरामी भेटिएका छन्।

    नेपालमा पहिलो पटक सन् २००४ मा एक जनामा डेंगी देखिएको थियो। मन्त्रालयले लामखुट्टेबाट बच्नका लागि सधैं झुल टाँगेर मात्र सुत्न, खेतबारीमा काम गर्दा लामो बाहुला भएको लुगा लगाउन, घरको झ्याल ढोकामा जाली हाल्न अनुरोध गरेको छ।

    सम्भव भएसम्म लामखुट्टे भगाउने घुप वा मलमको प्रयोग गर्न, घरपालुवा पशुपंक्षी व्यवस्थित ढंगले पाल्न र घर वरिपरि गमला, टायर वा कुनै पनि खुला भाँडामा पानी जम्न नदिने आग्रह गरेको छ । रासस