विमान दुर्घटना: ६८ जनाको शव फेला, उद्धार गर्न क्रेनको प्रयोग

काठमाडौं । सेती नदीको खोँचमा दुर्घटना भएको यती एयरलायन्सको विमानमा सवार ६८ जनाको शव फेला परेको छ । सेती नदीको खोँचमा धेरै तल विमान खसेका कारण अहिले क्रेनको प्रयोग गरी उद्धारको प्रयास जारी रहेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाहीले जानकारी दिए । उनकाअनुसार पोखरास्थित गण्डकी आस्पतालमा ३१ जनाको शव लगिसकिएको छ ।

आन्तरिक जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

काठमाडौं । सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायु सेवा कम्पनीहरुलाई निर्देशन दिएको छ । विमान परीक्षण गरे/नगरेको अनुगमन गर्न नागरिक उड्डयन… Continue reading आन्तरिक जहाज उडाउनुअघि अनिवार्य प्राविधिक परीक्षण गराउन निर्देशन

विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन

काठमाडौं । सरकारले पोखरा विमान दुर्घटनाको छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले दुर्घटनाको कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटनाहरु दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरेको हो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेको सरकार प्रवक्ता एवं उपप्रधान… Continue reading विमान दुर्घटनाको छानबिन गर्न पाँच सदस्यीय उच्चस्तरीय जाँचबुझ आयोग गठन

पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा

काठमाडौं । सरकारले यति एयरको विमान दुर्घटनाको शोकमा सोमवार एक दिन सार्वजनिक बिदा दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले शोक मनाउन सोमवार सार्वजनिक बिदाको निर्णय गरेको सरकारका प्रवक्ता विष्णु पौडेलले जानकारी दिए। पौडेलले दुर्घटनाका कारण पहिचान विश्लेषण गर्न दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय भएको जानकारी पनि दिए । दुर्घटनाको कारण… Continue reading पोखरा विमान दुर्घटनाको शोकमा सोमवार सार्वजनिक बिदा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सम्पूर्ण उडान स्थगित

काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आज हुने भनिएका सम्पूर्ण उडान स्थगित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले दुर्घटनाभएपछि पोखरा विमानस्थलबाट हुने सबै उडान स्थगित गरिएको जानकारी दिए। विमानमा चालक दलका चार जना र ६८ जना यात्रु सवार थिए । विमान वरिष्ठ क्याप्टेन कमल केसी र अञ्जु खतिवडाले उडाएका थिए ।

पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार दुर्घटनामा ४ जना चालक दलका सदस्यसहित कुल ७२ जसमध्ये ५३ जना नेपाली रहेका छन् । ५ जना भारतीय, रुसका ४ जना, आयरल्याण्डका एक, कोरियाका दुई, अर्जेन्टिनाका एक, अष्ट्रेलियाका एक र फ्रान्सका एक… Continue reading पोखरा विमान दुर्घटनामा पर्ने यात्रु ५३ जना नेपाली, अन्य कुन देशका कति ?

दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

काठमाडौं । प्रधानमन्त्री पुप्षकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृह मन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन‍् । बिहान पोखरामा भएको यति एयरलाइन्सको जहाज दुर्घटनाबारे विस्तृत विवरण लिन त्यहाँ पुगेका हुन् । पोखरामा भएको विमान दुर्घटनाको वस्तुस्थिति बुझ्न विमानस्थलको आपतकालीन उद्धार केन्द्र र एयर ट्राफिक कन्ट्रोल रुममा आफैं हेर्न गएको उनको सचिवालयले जानकारी दिएको… Continue reading दुर्घटनाको विवरण बुझ्न प्रधानमन्त्री र गृह मन्त्री त्रिभुवन विमानस्थलको कन्ट्रोल रुममा

यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)

काठमाडौं । पोखराको सीताराम पुल नजिकै सेती खोंचमा दुर्घटना भएको विमानमा ७२ जना सवार रहेको खुलेको छ । काठमाडौंबाट पोखराका लागि उडेको एन-एनसी एटीआर ७२ जहाज नयाँ अन्तर्राष्ट्रिय एयरपोर्टमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो। यात्रु तथा चालक दलका सदस्यको सूची अनुसार अनुसार तीमध्ये ११ जना विदेशी नागरिक छन् भने ३ जना बालबालिका छन् ।… Continue reading यी हुन् पोखरा विमान दुर्घटनामा परेका ६८ यात्रु, ११ जना विदेशी (नामावलीसहित)

पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो

काठमाडौं । काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चार जना सदस्यसहित ७२ जना लिएर पोखराका लागि उडेको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२ जहाज पोखरामा दुर्घटनामा परेको छ । अहिले विमान दुर्घटना स्थलमा सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार गरिरहेका छन् । दुर्घटनाग्रस्त विमानबाट ३० जनाभन्दा बढीको शव निकालि सकिएको छ । दुर्घटनामा… Continue reading पोखरा विमान दुर्घटना : उद्धार चल्दै, ३० भन्दा बढी शव निकालियो

६८ जना यात्रु बोकेको यति एयरको पोखरामा जहाज दुर्घटना

काठमाडौं । पोखरामा यति एयरलाइन्सको एटीआर जहाज दुर्घटना भएको छ। काठमाडौंबाट पोखराका लागि गएको यति एयरलाइन्सको जहाज अवतरणका क्रममा दुर्घटनामा परेको हो। पोखराको सेती खोचमा दुर्घटनाग्रस्त भएको जहाजमा आगो लागेकोले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । उक्त जहाजमा चालक दलका सदस्यसहित ६८ जना यात्रु रहेको कास्की प्रहरीले जनाएको छ। विमानस्थलमा आगोको ठूलो मुस्लो देखिएको… Continue reading ६८ जना यात्रु बोकेको यति एयरको पोखरामा जहाज दुर्घटना

नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

File Photo

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले कर्मचारी सञ्चय कोषको ऋणको किस्ता तिरेको छ । निगमले पुस २९ गते कर्मचारी सञ्चय कोषलाई तिर्नुपर्ने ऋण दायित्वको किस्ताबापतको ३३ करोड नौ लाख ५५ हजार २८१ रुपियाँ भुक्तानी गरेको हो । निगमले कर्मचारी सञ्चय कोषबाट न्यारोबडी जहाज खरिदका निम्ति लिएको ऋणको साँवा र ब्याजबापतको रकम भुक्तानी गरेको जनाएको… Continue reading नेवानिले सञ्चयकोषलाई तिर्यो ३३ करोड ९ लाख किस्ता

नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज

काठमाडौं । नारायणी नदीमा आइतबारबाट मिनी पानीजहाज चल्ने भएको छ । राइनो वाटर इन्टरटेनेमेन्ट प्रालिले १ माघबाट क्रुज सीप सञ्चालनमा आउने बताएको हो । करिब २ वर्ष पहिले नै क्रुज सीपको परीक्षण गरिएको थियो । कोभिड महामारीका र नीतिगत व्यवधानका कारण क्रुज सीप सञ्चालनमा आउन नसकेको कम्पनीको भनाई छ । सबै प्रक्रिया पुरा गरेर क्रुज… Continue reading नारायणी नदीमा चल्ने भयो मिनी पानीजहाज

नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

काठमाडौं । नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक विशेषताले भरिएको सुन्दर देश भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अनेकतामा एकता र राष्ट्रिय स्वाभिमान साझा पहिचान भएको बताएका छन् । नेपालका प्रत्येक जातजाति र धर्मावलम्बीका आआफ्नै सांस्कृतिक महत्त्व बोकेका मौलिक चाडपर्व रहेको र त्यसले नयाँ उमङ्ग र उत्साहका साथ एक आपसमा एकता तथा सद्भाव स्थापित गर्न महत्त्वपूर्ण भूमिका… Continue reading नेपालका चाडपर्व राष्ट्रिय स्वाभिमान हुन् : प्रधानमन्त्री

माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पर्वहरूले सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न महत्वपूर्ण योगदान पुर्‍यायाएको विश्वास व्यक्त गरेकी छन् । माघे सङ्क्रान्ति एवं माघी पर्वको अवसरमा शुभकामना व्यक्त गर्दै माघी पर्वबाट प्रकृति र संस्कृतिको संरक्षण गरी सभ्य, सुसंस्कृत र समतामूलक समाजको निर्माण गर्न सबैलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन्… Continue reading माघ सङ्क्रान्तिमा राष्ट्रपतिको सन्देश : राष्ट्रिय एकता थप सुदृढ होस

आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

काठमाडौं । आज माघे संक्रान्ति विभिन्न समुदायले छुट्टाछुट्टै पर्वका रुपमा मनाउँदैछन् । थारु र मगर समुदायले यो पर्व विशेष रुपमा मनाउँछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर अर्थात माघे सङ्क्रान्ति भन्ने गरिन्छ । थारु समुदायले भने माघीलाई नयाँ वर्षको रुपमा मनाउने गर्छन् । पर्वका अवसरमा काठमाडौं लगायत… Continue reading आज माघे सङ्क्रान्ति, छुट्टाछुट्टै समुदायमा विभिन्न पर्वका रुपमा मनाइंदै

माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले निर्मला कुर्मीका लागि न्याय माग्दै माइतीघरमा धर्ना बसिरहेका महिला अधिकारकर्मीहरूलाई भेटेर धर्ना रोक्न आग्रह गरेका छन् । आज माइतीघरमा पुगेर रूबी खान लगायत महिला अधिकारकर्मीहरुलाई भेट्नुभएका गृहमन्त्री लामिछानेले दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै धर्ना रोकेर घर फर्कन आग्रह गरेका हुन् । बेपत्ता पारिएकी बाँकेकी निर्मला कुर्मीलाई सार्वजनिक… Continue reading माइतीघरको धर्ना रोक्न गृहमन्त्री लामिछानेको आग्रह

गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

काठमाडौं । गण्डकी प्रदेशको सभामुखमा माओवादीका कृष्णप्रसाद धिताल निर्वाचित भएका छन् । गण्डकी प्रदेशको शनिबार भएको बैठकमा धितालले ३२ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनको विपक्षमा नेपाली कांग्रेसकी सरस्वती अर्यालले २६ मत प्राप्त गरिन् । काग्रेसका १ सांसद उपस्थित भएनन् । मुख्यमन्त्रीलाई भोट नहालेका स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले धिताललाई भोट… Continue reading गण्डकी प्रदेशको सभामुख बने कृष्ण प्रसाद धिताल

प्रचण्डले भने : मेरो भारत भ्रमण छिट्टै हुन्छ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भारत भ्रमण छिट्टै हुने बताएका छन् । शनिबार सरकारी निवास बालुवाटारमा सञ्चारमाध्यमका सम्पादकहरुसँगको कुराकानीमा उनले आफ्नो भारत भ्रमण छिट्टै हुने र दूतावासले त्यसको तयारी गरिरहेको जानकारी दिए । उनले पहिलो विदेश भ्रमण भारतबाट गर्ने संकेत समेत गरेका छन् ।

सुरक्षा खतरा बढेको बन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले व्यक्तिगत सुरक्षाकर्मी माग गरेका छन्। आफूलाई सुरक्षा जोखिम बढेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायसँग उनले पिएसओ मागेका हुन्। महानगरका मेयरको सुरक्षामा नगर प्रहरी खटिएका हुन्छन्। प्रशासनले उनीमाथि सुरक्षा चुनौती रहेको ठानेमा नेपाल प्रहरीका सुरक्षाकर्मी पठाउनेछ। सुकुमबासी बस्ती अतिक्रमण हटाउने कामलाई तीव्रता दिएपछि उनीमाथि सुरक्षा जोखिम बढेको… Continue reading सुरक्षा खतरा बढेको बन्दै मेयर बालेनले मागे व्यक्तिगत सुरक्षाकर्मी

बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

काठमाडौं । बागमती प्रदेशको सभामुखमा सत्ता गठबन्धनतर्फबाट राप्रपाका उम्मेदवार भुवन पाठक निर्वाचित भएका छन् । तीन जनाको उम्मेदवारी दर्ता भएकोमा सत्ता गठबन्धनका पाठक विजयी भएका हुन्। उनलाई सभामुखमा नियुक्त गरियोस् भन्ने पक्षमा ६२ मत अर्थात बहुमत प्राप्त भएको थियो । सत्ता गठबन्धनका तर्फबाट राप्रपाका पाठक, नेपाली कांग्रेसका समानुपातिक सांसद शिवराज अधिकारी र नेमकिपाकी सांसद सृजना… Continue reading बागमती प्रदेशको सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित

हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित

काठमाडौं । शुक्रबार सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने भएको छ । मध्य तथा पूर्वी तराईका केही स्थानमा हुस्सु–कुहिरो लागेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतः सफा रहनेछ। देशमा पश्चिमी न्यून चापीय प्रणालीको… Continue reading हुस्सु, कुहिरो र हिमपातका कारण तराई-हिमालको जनजीवन प्रभावित

आज छुट्दैछन् सन्दीप

Gorakhapatra

काठमाडौं । बलात्कार अभियोगमा जेलमा रहेका क्रिकेटर सन्दीप लामिछाने आज थुनामुक्त बन्दैछन् । उच्च अदालत पाटनको आदेशपछि उनी धरौटीमा छुट्न लागेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । उक्त आदेश जिल्ला अदालत काठमाडौं हुँदै केन्द्रीय कारागारसम्म आइपुग्नु पर्छ ।… Continue reading आज छुट्दैछन् सन्दीप

घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

काठमाडौं । कम्यूनिष्ट नेता घनश्याम भूसाल नेकपा एकीकृत समाजवादी प्रवेश गर्ने निश्चित भएको छ । शुक्रबार दिउँसो एक कार्यक्रम आयोजना गरी पार्टीले घनश्यामलाई पार्टी प्रवेश गराउन लागेको हो । नेकपा एमालेमा आन्तरिक संघर्ष चर्किंदा भूसाल माधव नेपाल खेमामा थिए । तर नेपालले एमालेबाट अलग भएर एकीकृत समाजवादी पार्टी गठन गरेपछि भूसाल भने एमालेमै बसे ।… Continue reading घनश्याम भुसाल समाजवादी प्रवेश गर्दै

मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

हेटौडा । पूर्वपश्चिम राजमार्गमा पर्ने मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरेमा स्कुटर दुर्घटनामा परेको छ । सो क्रममा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएकोछ । मृत्यु हुनेमा मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानी बस्ने अन्दाजी ३० वर्षीय धर्मराज मोक्तान, सोही ठाउँका मिलन मोक्तान र मकवानपुरको राक्सिराङ गाउँपालिका–३ लावती बस्ने रुपेश तामाङ छन् । धर्मराज मोक्तानलाई शुक्रबार बिहान ३ः३५ बजे… Continue reading मकवानपुरमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त राजनारायण पाठक भ्रष्टाचारी ठहर भएका छन् । विशेष अदालतले उनलाई भ्रष्टाचार अभियोगमा दोषी ठहर गरेको हो । घुस लिएको अभियोगमा अख्तियारले आफ्नै आयुक्तविरुद्ध विशेष अदालतमा चलाएको मुद्दामा बिहीबार उनी दोषी ठहर भएका छन् ।विशेष अदालतका प्रवक्ता दीपेन्द्रनाथ योगका अनुसार उनलाई ३९ लाख रुपैयाँ जरिवाना र तीन वर्ष… Continue reading अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर, घुस दिनेलाई समेत जेल

सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

Gorakhapatra

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने २० लाख रुपैयाँ धरौटी बुझाएर रिहा हुने भएका छन् । उच्च अदालत पाटनले उनलाई रहा गर्न आदेश गरेको छ । तर, थुनामुक्त भएपनि उनका गतिविधिमाथि निगरानी गरिने भएको छ । अदालतको आदेश अनुसार लामिछानेले उपत्यका छाड्दा पनि प्रशासनको अनुमति लिनुपर्नेछ । मुलुकबाहिर जान चाहिँ प्रतिबन्ध लगाइएको छ । उच्च अदालत… Continue reading सन्दीपले उपत्यका छाड्दा अनुमति लिनुपर्ने, पिडित युवतीसँग भेट्न नपाउने

सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले धरौटीमा रिहा गर्न आदेश गरेको छ । न्यायाधीश रमेश ढकाल र ध्रुवराज नन्दको इजलासले लामिछानेलाई २० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो । उनले नेपाल छाड्ने पाउने छैनन् । नाबालिकालाई बलात्कार गरेको अभियोगमा जिल्ला अदालत काठमाडौंले उनलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो । जिल्ला अदालतको… Continue reading सन्दीप लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश

बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

काठमाडौं । गठबन्धनकै प्रमुख दुई दल नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का शीर्ष नेता छुट्टै छलफलमा जुटेका छन् । बिहीबार दिउँसो प्रधानमन्त्री प्रचण्डलाई भेट्न ओली प्रधानमन्त्री निवास बालुवाटारमा पुगेका हुन्। सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक अझै सुरु भएको छैन । आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक सुरु नभएको हो । संसदबाट विश्वासको… Continue reading बालुवाटारमा ओली–प्रचण्डबीच छुट्टै छलफल, सत्तारूढ घटकको बैठक अन्योलमा

आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

kqsf/ ;Dd]ngdf pkk|wfgdGqL nfld5fg] lrtjg, @* k';M e/tk'/ ljdfg:yndf laxLaf/ cfof]lht kqsf/ ;Dd]ngdf dGtJo /fVg'x'Fb} pkk|wfg Pj+ u[xdGqL /lj nfld5fg] . tl:a/M gf/fo0f clwsf/L÷/f;;

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन् । आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन दिएको जानकारी दिए । ‘सबै प्रमुख जिल्ला अधिकारीहरुलाई कसैको पनि प्रभावमा नपरी काम गर्नका लागि निर्देशन दिएको छु,’ उनले… Continue reading आदेश होइन कानुनको पालना गर्न गृहमन्त्रीको निर्देशन

सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका १७ जना डीआईहरूको काज सरुवा गरेको छ । प्रहरी प्रधान कार्यालयले आज उनीहरूको सरुवा गरेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत डीआईजी बसन्तबहादुर कुँवरले मधेश प्रदेश प्रहरी कार्यालयको जिम्मेवारी पाएका छन् । अशोक सिंहले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीको जिम्मा पाएका छन् । गण्डकी प्रदेशको नेतृत्व बुद्धिराज… Continue reading सातै प्रदेशका प्रहरी प्रमुख फेरिए, कर्णालीमा भीमप्रसाद ढकाल