Category: समाचार

  • पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

    पनौतीमा ‘अफ्रिकन स्वाइन फिबर’बाट ७ सय बङ्गुर मरे

    पनौती\रासस । पनौती नगरमा महामारीजन्य ‘अफ्रिकन स्वाइन फिबर’को सङ्क्रमणका कारण ठूलो सङ्ख्यामा पशु मरेका छन् । व्यावसायिकरुपमा फार्ममा पालिएका बङ्गुरमा गत सोमबार मात्रै उक्त सङ्क्रमण पुष्टि भएको थियो । उक्त रोगका कारण नगरका तीन स्थानको फार्ममा छ सय सात बङ्गुर मरिसकेको नगर कृषि तथा पशुपक्षी शाखाले जनाएको छ । उक्त रोगले नगरको वडा नं ५ स्थित टिम भिजन एग्रिकल्चर प्रालि र गैरीगाउँ कृषि तथा पशुपक्षी फार्म तथा वडा नं १० को श्रेष्ठ बङ्गुर फार्ममा क्षति पुर्‍याएको हो ।

    शाखाप्रमुख लीलाप्रसाद सापकोटाका अनुसार उक्त रोगका कारण हालसम्म किसानको दुई करोडभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । अति खतरनाक मानिएको उक्त रोग नगरभित्र व्यावसायिकरुपमा पालिएको बङ्गुरमा मात्रै देखिएको हो । विभिन्न स्थानमा पालन गरिएको बङ्गुरको नमुना परीक्षणबाट गत साता उक्त रोग देखापरेको थियो । नगरले निसङ्क्रमणका लागि जैविक सुरक्षा अपनाइएको जनाएको छ । रोगबाट मरेका पशुलाई व्यवस्थित तवरले जमिनमा गाडिएको छ, थप सङ्क्रमण हुन नदिन निसङ्क्रमणका विधि अपनाइएको छ ।

    नगरका विभिन्न स्थान पालिएका बङ्गुरमा उक्त सङ्क्रमण पुष्टि भएसँगै नगरले तिनलाई ओसारपसार गर्न निषेध गरेको छ । पशु सेवा विभागले यस रोगलाई उच्च मृत्युदर भएको ‘अति खतरनाक’ महामारीजन्य रोग भनेको छ । विभागका अनुसार यो रोग पशुबाट मानिसमा भने सर्दैन । सन् २०१८ मा छिमेकी भारत, चीन र भूटानमा देखिएको यो रोग नेपाल प्रवेश गरेको करिब पाँच महिनापछि काभ्रेपलाञ्चोकको पनौतीमा पनि देखिएको हो

  • बाबुराम भट्टराई भन्छन् : राजनीतिमा अझै परीक्षण बाँकी छ

    बाबुराम भट्टराई भन्छन् : राजनीतिमा अझै परीक्षण बाँकी छ

    काठमाडौं । जनता समाजवादी पार्टी छाडेर नेपाल समाजवादी पार्टी गठन गरेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको राजनीतिमा अझै परीक्षण बाँकी रहेको बताएका छन् । आफूहरुले दुई÷तीनवटा प्रयोग गरेको, तर यसले मात्र परिणाम दिन नसकेको भन्दै उनले थप परीक्षण बाँकी रहेको बताएका हुन् । नेपाल समाजवादी पार्टीको केन्द्रीय समिति बैठकलाई शनिबार सम्बोधन गर्दै उनले नेपालजस्तो भूराजनीतिक जटिलता भएको देशको राजनीतिमा धेरै परीक्षणहरु गर्नुपर्ने बताए । ‘विज्ञानको आविष्कार थुप्रै प्रयोगबटा गुज्रेर मात्र पुष्टि हुने भन्दै उनले दुई÷तीनवटा प्रयोगबाट खोजेको जस्तो परिणाम नदिएको बताए ।

    ‘नेपाली समाजको जटिलता, जटिल भू राजनीति छ, अन्तर्राष्ट्रिय परिवेश छ । त्यसमा हामीले अरु धेरै परीक्षणबाट गुज्रिनुपर्छ । यही अनुभूति गरेर हामीले यही पार्टीलाई पुनर्गठन र पुनर्संरचना गर्दै नेपाल समाजवादी पार्टी गठन गरेका छौं,’ उनले भने । भट्टराईले आफूहरुले फेरि अप्ठेरो बाटो हिँड्ने हिम्मत गरेको बताएका छन् । ‘हामीले एउटा नयाँ इतिहास सुरुवात गर्ने हिम्मत र आँट गरेका छौं । नयाँ काम जहिले पनि अप्ठेरो हुन्छ । तर अप्ठेरासँग जुधेर मात्र ऐतिहासिक काम, रुपान्तरणकारी काम गर्न सकिन्छ’ उनले भने ।

  • जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ

    जापान पुगेर प्रचण्डले भने : विदेशमा बस्ने नेपालीलाई मतदानको अधिकार दिनेबारे छलफल जारी छ

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयमा छलफल भइरहेको जानकारी गराएका छन् । जापान भ्रमणमा रहेका उनले शनिबार त्यहाँ आयोजित एक कार्यक्रममा भने, ‘अहिले विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने तिर हामी बहस गरिरहेका छौं ।’ उनले हालै प्रतिनिधिसभा र राष्ट्रियसभाबाट पारित भएको नागरिकता संशोधन विधेयकले गैरआवासीय नेपालीको नागरिकताको समस्या पनि समाधान गरेको बताए ।

    ‘विधेयक संशोधन गर्दा विदेशमा रहेका नेपालीको नागरिकतालाई अझ सहज बनाउने गरी विधेयक संशोधनको प्रक्रिया अघि बढाएका छौं’ उनले भने । पूर्वप्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीहरुको सीप आर्जन र अनुभवलाई ठीक ढंले सम्बोधन गर्ने र एनआरएनसँग सम्बन्धित सबै नेपालीलाई नागरिकताको समस्याबाट मुक्त गर्ने पनि आश्वासन दिए । अहिले नेपालमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको तयारी भएको भन्दै प्रचण्डले चुनावपछि स्थिर र बलियो सरकार बन्ने बताए । ‘प्रदेश र संघको निर्वाचनपछि स्थिर र बलियो सरकार बन्नेछ । जननिर्वाचित बलियो सरकारले अब ढिलो नगरी आर्थिक विकासलाई प्राथमिकतामा राख्नेछ ।

  • इजरायलले गर्यो प्यालेस्टिनी लडाकूको अखडामा हमला, कम्तिमा १० जना मारिए

    इजरायलले गर्यो प्यालेस्टिनी लडाकूको अखडामा हमला, कम्तिमा १० जना मारिए

    काठमाडौं\एजेन्सी । इजरायलले गाजा स्ट्रीपमा एक प्यालेस्टिनी लडाकू समूहको अखडामाथि आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । हमलामा शीर्ष कमान्डरसहित कम्तीमा १० जना मारिएका छन्। बीबीसीका अनुसार मृत्यु हुनेमध्ये एकजना बालिकासमेत छन् र अन्य दर्जनौँ घाइते भएका छन्। इजरायलका प्रधानमन्त्रीले त्यस्तो कारबाही प्यालेस्टिनी इस्लामिक जिहाद (पीआईजे)बाट एउटा तत्कालको जोखिम देखिएपछि उक्त कारबाही गरिएको बताएका छन्।

    यस साताको सुरुमा पीआईजेका एकजना सदस्य पक्राउ परेका थिए। सुरुवाती जबाफका रूपमा पीआईजेले इजरायलतर्फ १०० भन्दा धेरै रकेटहरू प्रहार गरेको छ। ती धेरैलाई इजरेलको आइरन डोम क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीले पहिचान गर्दै निष्क्रिय पारेको छ। कैयौँ इजरायली सहरहरूमा त्यसको जनाउ दिनेगरी साइरनहरू बजेका थिए।

    इजरायली डिफेन्स फोर्स आईडीएफले त्यसपछि आफूले लडाकुहरूका स्थान पहिचान गर्दै हमलाहरू सुरु गरेको जनाएको छ। प्रधानमन्त्री याइर लापिडले एक टेलिभिजन सम्बोधनमा आफ्नो देशले तत्काल हुनसक्ने जोखिमविरुद्ध एउटा सटिक ढङ्गको प्रतिआतङ्कवाद कारबाही गरेको बताएका छन्।


    पीआईजे गाजाको एक प्रमुख लडाकू समूह हो । आईडीएफले आफूले प्रहार गरेका ठाउँहरू पीआईजेसँग सम्बन्धित रहेको जनाएको छ। जसमा गाजा शहरको एउटा अग्लो भवन प्यालेस्टाइन टावर समेत परेको छ। त्यहाँ भएको ठूलो विस्फोटनले भवनबाट धूवाँको विशाल मुस्लो निस्किएको थियो।

    तैसिर जबारीसहित चारजना पीआईजे लडाकुहरू र एकजना पाँच वर्षिय बालिका हमलामा परेर ज्यान गुमाउनेमध्ये रहेको स्थानीय स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उनीहरूले अन्य ५५ जना मानिसहरू घाइते भएको जनाएका छन्। इजरायली सेनाका एकजना प्रवक्ताले आईडीएफले झण्डै १५ जना लडाकुहरू मारिएको अनुमान गरेको जनाएका छन्।

  • पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

    पुनः उठ्न छाड्यो काठमाडौंको फोहोर, सडकमा थुप्रियो डंगुर

    काठमाडौं । काठमाडौंमा पुनः फोहोर उठ्न छाडेको छ । यसले सडकमा डंगुर बढेको छ । महानगरपालिकाले कुहिने र नकुहिने फोहोर छुट्याउन र त्यसो नगरे कारावाही गर्ने चेतावनी दिएको थियो । तर, महानगर आफैले फोहोर उठाउन नसक्दा फोहर सडकमा थुप्रिएको हो । बाटो मर्मतको कारण देखाउँदै काठमाडौं महानगरपालिका र अन्य निजी क्षेत्रले समेत नियमितरुपमा फोहरको अन्तिम व्यवस्थापन नगरेपछि सडकमा फोहर थुप्रिएको हो ।

    अहिले कलङ्की, कालीमाटी, टेकु, अनामनगर, बानेश्वर, थापागाउँ, कोटेश्वरलगायत ठाउँका सडकमा लामो समयदेखिको फोहर उठ्न सकेको छैन । महागरपालिकाले भने सिसडोलबाट बञ्चरेडाँडासम्म जाने सडक मर्मतको काम पूरा नभएकाले साविकबमोजिम फोहर व्यवस्थापन हुन नससकेको बताउँदै आएको छ । साउन ४ मा महानगरपालिकाले सूचना निकाल्दै सडक मर्मतको काम गर्नुपर्ने भएकाले एक साता घर बाहिर फोहर ननिकाल्न भनेको थियो ।

    एक हप्ताको समयमा पनि सडक मर्मतको काम पूरा नभएपछि सबै गाडी चलाउन कठिन भएकाले फोहर व्यवस्थापनमा समस्या भएको कामपाले जनाएको छ । उता, बञ्चरेडाँडाका स्थानीयले सम्झौताअनुसार काम नभएको भन्दै आउँदो भदौ १ गतेदेखि फोहर व्यवस्थापन गर्न नदिने चेतावनी दिइसकेका छन् ।

  • पहाडी भेगका नदीमा बढ्यो पानीको बहाव, सतर्क रहन आह्वान

    पहाडी भेगका नदीमा बढ्यो पानीको बहाव, सतर्क रहन आह्वान

    काठमाडौं । देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ । बाढी पूर्वानुमान महाशाखाले सतर्क रहन भनेको छ । सिन्धुपाल्चोक, सोलुखुम्बु, दोलखा, प्युठान लगायतका ठाउँमा ठूलो पानी परेकाले यी जिल्ला र आसपासको क्षेत्र भएर बग्ने नदी तथा खोलामा पानीको सतह बढिरहेकाले आवश्यक सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको हो ।

    सिन्धुपाल्चोक र आसपास भएर बग्ने गुम्थाङ, धाप, नकोटे नदी, प्युठान र आसपास भएर बग्ने लुङ्गरी, खुङ्गरी खोला, दोलखा र आसपासको क्षेत्र भएर बग्ने तामाकोसी, गोगर जगत र सोलुखुम्बु भएर बग्ने सोलु खोला, लगायतका नदी तथा खोलामा पानीको सतह बढ्दो क्रममा रहेकाले यी नदी तथा खोलामा बिहान १० बजेसम्म नै आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, भिरालो जमिन आसपास बस्ने नागरिकलाई पनि आवश्यक सतर्कता अपनाउन महाशाखाले सूचनामार्फत आग्रह गरेको छ ।

  • नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

    नुवाकोटमा भूकम्प, काठमाडौंसम्म ठूलो धक्का

    काठमाडौं । नुवाकोटलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । बिहान ५ः२६ मिनेटमा नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।


    यसअघि साउन १५ गते बिहान ८ : १३ बजे खोटाङको साकेला गाउँपालिका५ मात्तिम बिर्ता केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो । पछिल्लो समय मध्यम खालका भूकम्प निरन्त जादा मानिसहरुमा त्रास बढेको छ ।

  • आगामी निर्वाचनका लागि ३१ साउनसम्म दल दर्ता गर्न पाइने

    आगामी निर्वाचनका लागि ३१ साउनसम्म दल दर्ता गर्न पाइने

    काठमाडौं । निर्वाचन आयोगले आइतबारदेखि निर्वाचन प्रयोजनका लागि दल दर्ताको आह्वान गरेको छ । आयोगको शुक्रबार बसेको बैठकले १० दिनको समय दिएर दल दर्ताको आह्वान गरेको हो । यसअघि दर्ता भएका दलहरु निर्वाचन प्रयोजनका लागि पुनः दर्ता गर्नुपर्ने हुन्छ ।

    आयोगका अनुसार ११६ राजनीतिक दल दर्ता भएका छन् । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन मिति तोकेको छ । सो प्रयोजनका लागि पुनः दल दर्ता गर्नु परेको हो ।

  • नेपालमा एकैदिन ९१२ जनामा कोरोना पुष्टी, ३७० जना संक्रमण मुक्त

    नेपालमा एकैदिन ९१२ जनामा कोरोना पुष्टी, ३७० जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जना र ३५५० जनाको एन्टिजेन परीक्षण गर्दा ३८३ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८९ हजार ३५० जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३७० जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७१ हजार ६२० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५७६० रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७२ पुगेको छ ।

  • गठबन्धन संविधान विपरित हो : भीम रावल

    गठबन्धन संविधान विपरित हो : भीम रावल

    काठमाडौं । नेकपा (एमाले) का नेता तथा प्रतिनिधि सभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरूले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत भएको बताएका छन् ।

    शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनमा आबद्ध राजनीतिक दलहरूको आ–आफ्नो सिद्धान्त भएको बताए । उनले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधान विपरीत हुने बताए ।

    ‘पाँच दलीय गठबन्धनका बैठकहरू हेर्दा ती राजनीतिक दलहरूले विपरीत सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ ।

    यसरी आम निर्वाचनमा विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ,’ रावलले भने, ‘अहिले जो जो नेताहरू त्यो पाँच दलको सबभन्दा माथिल्लो तहमा हुनुहुन्छ ।

    उहाँहरूले के कुरा सम्झना गर्नुपर्छ भने नेपालको संविधान निर्माण गर्ने बेलामा, मस्यौदा गर्ने बेलामा उहाँहरूले यो दलीय प्रतिस्पर्धामा जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा माग गर्ने कुराप्रति उहाँहरूको प्रतिबद्धता थियो भन्ने कुरा यति बेला उहाँहरूले स्मरण गर्नुपर्छ ।’

    उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरूले तालमेल गर्नु गलत भएको बताए ।

    नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्त हीन, आर्दशहीन र गन्तव्य हीन दिशातर्फ धकेल्ने बताए । आगामी निर्वाचनमा सबै राजनीतिक दलहरूले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडी बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाई छ ।

  • ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशको महाअभियोग छिनोफानो गर्न पर्दैन, डामेर छाड्न मिल्छ’?

    ओलीको कटाक्ष-‘प्रधानन्यायाधीशको महाअभियोग छिनोफानो गर्न पर्दैन, डामेर छाड्न मिल्छ’?

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता गरेको महाअभियोग प्रस्तावको छिनोफानो नगरेमा आक्रोश व्यक्त गरेका छन् ।

    काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा ओलीले महाअभियोग प्रस्ताव संसद बैठकमा टेबुल नगरेकोमा सभामुख अग्निप्रसाद सापकोटाप्रति कटाक्ष गर्दै आक्रोशित भएका हुन् ।

    कांग्रेस, माओवादी केन्द्रसहितका सांसदले ६ महिनाअघि संसद सचिवालयमा दर्ता गरेको जबराविरुद्धको महाअभियोग प्रस्तावको अहिलेसम्म छिनोफानो नगरेमा ओलीले भने, प्रस्ताव ६ महिनासम्म एक पाइला अघि वढाउँदैन। प्रधानन्यायाधीश माथिको महाअभियोग खेलानौ हो?’

    ‘आफ्नो टेवलमा महाभियोग प्रस्ताव आएपछि छिनोफानो गर्न पर्दैन? यसमा आफ्नो पक्षमा हुँदैन भन्दैमा सत्ता गठवन्धनको इसारामा छिनोफानो नगर्ने कार्य सभामुखले गर्न मिल्छ?’ ओलीले भने।

  • सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल

    सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने सहमति, सिट बाँडफाँट गर्न ११ सदस्यीय कार्यदल

    काठमाडौं । सत्ता गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको छ। शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले चुनावसम्मै तालमेल गर्ने निर्णय गरेको हो ।

    तालमेलका लागि सिट बाँडफाड गर्न ११ सदस्यीय कार्यदल समेत गठन गरिएको छ । कार्यदलमा गठबन्धनमा रहेका पाँचै दलका नेताहरु सदस्य रहेका छन् ।

    जसमा कांग्रेसबाट कृष्ण सिटौला, ज्ञानेन्द्रबहादुर कार्की र गगन थापा छन्। यस्तै नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन्।

    नेकपा एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टी ९जसपा० बाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव सदस्य छन्।

    राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन्। उनीहरुलाई भदौभित्र सिट बाँडफाँडको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ।

    प्रतिनिधिसभामा १ सय ६५ र प्रदेशसभामा ३ सय ३० प्रत्यक्षतर्फका सिट छन्। जसमध्ये कांग्रेसले प्रतिनिधिसभामा कम्तीमा ९५ सिट राखेर बाँकी ४ दललाई ७० सिटबाट भागवण्डा लगाउने मनस्थिति बनाएको छ।

    तर माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने कांग्रेसलाई ८० सिट दिन तयार देखिन्छन्।

    प्रदेशसभाको सिट बाँडफाँटमा पनि दलहरु यही अनुपातलाई मिलाएर लैजाने तयारी गरिरहेका छन्।

  • नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    नारायणगढ–मुग्लिन सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं । वर्षायामपछि हरेक दिनजसो पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड पटक पटक अवरुद्ध बनेको छ । यसले यात्रुलाई भने सास्ती पुगेको छ । सरकारले यो राजमार्गको विकल्प खडा नगर्दा हरेक वर्ष मानिसहरुले सास्ती भोग्य बाध्य छन् । चितवनको भरतपुर–२९ केराबारीमा पहिरो जाँदा फेरि पनि नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध बनेको हो ।

    आज बिहान २ बजे पहिरो खसेर अवरुद्ध भएको सडक खुलाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । दुई वटा डोजरको सहयोगमा पहिरो पन्छाउने काम भइरहेको र सबै पहिरो हटाएर बाटो खुलाउन केही समय लाग्ने प्रहरीको भनाइ छ । पहिरो हटाउन सुरुमा तीनवटा डोजर प्रयोग गरिए पनि एउटाको टायर पन्चर भएपछि अहिले दुईवटा डोजरमात्र प्रयोग गरिएको छ ।

  • चूनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

    चूनावी रणनीति बनाउन सत्ता गठबन्धनको बैठक बस्दै

    काठमाडौं । सरकारले चूनाव घोषणा गरेसँगै रणनीति बनाउन सत्ता गठबन्धनको बैठक आज बस्ने भएको छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ । सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो ।


    सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन । आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुनेछ । गठबन्धन भित्र पनि कम्यूनिष्ट घटकहरुले सम्मानजनक सीट दिनु पर्ने माग गरिरहेका छन् ।

  • चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?

    चीन–ताइवान युद्ध भएमा विश्वलाई के असर पर्छ ?

    काठमाडौं । चीनले ताइवानलाई करीव चारैतर्फबाट घेरेको छ साथै उसले बिहीबारबाट सैन्य अभ्यास पनि थालेको छ । सोही क्रममा दर्जनौं क्षेप्यास्त्र हानिएको सञ्चारमाध्यमले लेखेका छन् । यद्यपि, ताइपेईको जनजीवन सामान्य चलिरहेको बीबीसीले जनाएको छ । त्यहाँका मानिस शान्त तर चिन्तित अवस्थामा रहेको बताइएको छ । ताइवानको मुख्यभूमि मामिलासम्बन्धी निकायले चीनले अन्तर्राष्ट्रिय समुदायलाई यस टापुलाई सहयोग नगर्न बाध्य तुल्याउने प्रयास गरिरहेको बताएको छ। चीनमाथि क्षेत्रीय शान्ति बिथोलेको र नाकाबन्दी लगाएको ताइवानको आरोप छ। उसले चीनको सैन्य अभ्यासविरुद्ध तयारी गरिरहेको छ।

    चीनले ताइवानको आकाशमा विमानहरू उडाउने निर्णय गरेको खण्डमा ताइवानले उनीहरूलाई रोक्ने प्रयास गर्ने सम्भावना छ। यसले दुई देशबीच हवाई टक्कर बढ्ने देखिएको छ । चीनको चेतावनीविरुद्ध अमेरिकी सभामुख पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ। सोही भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो।

    यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। यी दुई देशबीचको तनावका कारण व्यापारिक जहाजहरू मार्ग परिवर्तन गर्न बाध्य भएपछि विश्वव्यापी ढुवानीमा ढिलाइ र आपूर्ति प्रणालीहरू अवरुद्ध हुने ठानिएको छ। अमेरिकाको जलसेनाले ताइवानतर्फ विमान पठाएको छ जसलाई उसले फिलिपिन सीमा सामान्य र तय गरे अनुरूपको कारबाहीको सङ्ज्ञा दिएको छ।

  • चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

    चिनियाँ फौजबाट घेरिएको ताइवानको चीनविरुद्ध तयारी के ?

    काठमाडौं । अमेरिकी सभामुख न्यान्सी पलोसीले ताइवान भ्रमण पुरा गरेर फर्किएलगत्तै चीनले ताइवानको नजिकको समुद्री क्षेत्रमा अहिलेसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको छ। स्थानीय समय अनुसार १२ बजे प्रत्यक्ष गोलाबारी सुरु भएको थियो र यस टापु राष्ट्रको १२ माइल भित्रका धेरै स्थानहरूमा अभ्यास हुने तय गरिएको छ। ताइवानले चीनले यस क्षेत्रमा यथास्थिति परिवर्तन गर्न खोजिरहेको बताएको छ। पलोसीले ताइवानको छोटो तर विवादास्पद भ्रमण गरिन्। ताइवानलाई चीनले आफूबाट छुट्टिएको प्रान्तको रूपमा हेर्छ।

    बीबीसीका अनुसार भ्रमणको मुख्य प्रतिक्रिया स्वरूप बेइजिङले सैन्य अभ्यासहरू सुरु गरेको हो। यद्यपि, चीनले ताइवानसँग केही व्यापार पनि अवरुद्ध गरेको छ। अभ्यासहरू व्यस्त जलमार्गहरूमा हुने भएकाले यसमा लामो दूरीका प्रत्यक्ष गोलाबारी समावेश हुने बेइजिङले बताएको छ। संयुक्त राज्य अमेरिकाले यो सैन्य अभ्यास गैरजिम्मेवार कदम भएको र नियन्त्रण बाहिर जान सक्ने बताएको छ। ताइवानले भने यसलाई समुद्री तथा हवाई नाकाबन्दीको रूपमा व्याख्या गरेको छ।

    ताइवानले बुधवार चिनियाँ लडाकु विमानहरूलाई चेतावनी दिनका लागि विमानहरूको आकस्मिक अवतरण गराएको र त्यहाँको सेनाले मुख्य भूमि नजिकै अवस्थित किनमेन टापुमा रहेका अज्ञात विमानहरू धपाएको बताएको छ। ताइवान सरकारका अनुसार पछिल्ला दिनहरूमा त्यहाँका थुप्रै मन्त्रालयहरूले साइबर हमलाको सामना गरेका छन्।

    ताइवानका अधिकारीहरूले विमानहरूलाई अभ्यासबाट बच्न वैकल्पिक मार्गहरू खोज्न आग्रह गरेको छ तथा छिमेकी राष्ट्रहरू जापान र फिलिपिन्ससँग वैकल्पिक उड्डयन मार्गहरू खोज्न वार्ता गरिरहेको बताइएको छ। जापानले सैन्य अभ्यास भइरहेका क्षेत्रहरूमा आफ्नो विशेष आर्थिक क्षेत्र (ईईजेड) समावेश हुनेबारे चीन समक्ष चिन्ता व्यक्त गरेको छ। बुधवार चीनले तटीय झेजियाङ प्रान्तमा एक सन्दिग्ध ताइवानी पृथकतावादीलाई राष्ट्रिय सुरक्षालाई खतरामा पारेको आशङ्कामा हिरासतमा लिएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ।

  • चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका

    चुनावका लागि म्यादी प्रहरीको भर्ना फेरि खुलाइने, प्राथमिकतामा स्थानीय चुनावमा खटिएका

    काठमाडौं । सरकारले ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रिपरिषद बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको छ ।

    सरकारले निर्वाचनको घोषणा गरेसँगै सुरक्षाका लागि म्यादी प्रहरीको भर्ना खुलाउने भएको छ । सुरक्षा संयन्त्रका जनशक्ति मात्रै पर्याप्त नहुने भएकाले म्यादी प्रहरी भर्ना खुलाउन लागिएको हो ।

    चुनावमा नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना गरी चार घेराको सुरक्षा व्यवस्था रहने गर्दछ । निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीले प्रहरीको मातहतमा रहेर काम गर्छन् ।

    यसअघि स्थानीय तहको निर्वाचनमा एक लाख म्यादी प्रहरी भर्ना गरिएको थियो । म्यादी प्रहरीमा स्थानीय तह निर्वाचनमा काम गरेकालाई नै प्राथमिकता दिएर भर्ना गर्ने प्रस्ताव लैजाने तयारी भएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले बताए ।

  • नेपालमा थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त

    नेपालमा थप ७६० जनामा कोरोना पुष्टी, ३२४ जना संक्रमण मुक्त

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ७६० जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५८९ जनाको पीसीआर परीक्षण गर्दा ४९४ जना र ३३३७ जनाको एन्टिजेन परीक्षण गर्दा २६६ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ८२१ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३२४ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७१ हजार २५० पुगेको छ । सक्रिय संक्रमितको संख्या ५६०२ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७१ पुगेको छ ।

  • चिनियाँ नागरिक अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने ६ नेपाली पक्राउ

    चिनियाँ नागरिक अपहरण गरेर एक करोड रुपैयाँ फिरौती माग्ने ६ नेपाली पक्राउ

    काठमाडौं । काठमाडौंमा चिनियाँ नागरिकलाई बन्धक बनाएको अभियोगमा ६ नेपाली पक्राउ परेका छन्।

    चिनियाँलाई अपहरण गरेर नयाँ बसपार्कमा लगेर फिरौती माग्ने ६ नेपाली पक्राउ गरिएको काठमाडौं प्रहरीले जानकारी दिएको छ।

    बुधबार राति ती चिनियाँलाई लैनचौरबाट अपहरण गरेर गोंगबुमा बन्धक बनाएको आरोप छ। बन्धक बनाइएका चिनियाँ नागरिकलाई प्रहरीले उद्धार गरेको छ। उनीहरुले एक करोड रुपैयाँ फिरौती समेत माग गरेका थिए।

    अपहरणमा संलग्न केही व्यक्ति फरार रहेको बताइएको छ।

  • श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपत्कालीन अवतरण

    श्री एयरलाइन्सको जहाज नेपालगञ्जमा आपत्कालीन अवतरण

    काठमाडौं । नेपालगञ्जबाट काठामाडौंका लागि उडेको श्री एयरलाइन्सको जहाज आपत्कालीन अवतरण गरिएको छ ।

    श्रीको ९ एन–एएनएफ जहाजको वायाँ इन्जिनमा धुवाँ देखिएपछि नेपालगञ्ज विमानस्थलमै आपत्कालीन अवतरण गरिएको हो ।

    उक्त जहाज नेपालगञ्ज विमानस्थलबाट १० माइल उडेको थियो । उक्त जहाजमा चालक दलका सदस्यसहित ७९ जना थिए ।

  • संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय

    संघ र प्रदेशको निर्वाचन मंसिर ४ मा एकै चरण गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले एकै चरणमा प्रतिनिधि सभा निर्वाचन गर्ने निर्णय गरेको छ ।

    बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधि सभा निर्वाचन मंसिर ४ गते गर्ने निर्णय गरेको हो ।

    बुधबार बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठकले आज चुनावको मिति घोषणा गर्न सरकारलाई सुझाव दिएको थियो। निर्वाचन आयोगले गत असारमै सरकारलाई मंसिर २ गते निर्वाचन गर्ने गरी मिति प्रस्ताव गरेको थियो ।

    निर्वाचन आयोगले गरेको सिफारिस अनुसारको समयसीमा कटेको दुई सातापछि सरकारले निर्वाचनको मिति घोषणाको गरेको हो।

    प्रधानमन्त्री देउवाले निर्वाचन घोषणाबारे प्रमुख प्रतिपक्षी दल एमाले, सभामुख र कानुनविद्लगायत सरोकारवालासँग यसअघि नै परामर्श गरिसकेका थिए।

    निर्वाचन तयारीका लागि आफुहरुलाई कम्तीमा १२० दिन आवश्यक पर्ने भन्दै आयोगले गत असार २२ मै प्रधानमन्त्री शेरवहादुर देउवालाई भेटेर मंसिर २ को चुनावको मिति प्रस्ताव गरेको थियो ।

    तर सरकारले आयोगलाई तयारीका लागि १०९ दिन दिँदै मंसिर ४ गतेका लागि आम चुनावको मिति घोषणा गरेको हो । यो वीचमै दशैं लगायतका चाडपर्व पनि पर्छ ।

  • ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी

    ४ मंसिरमा प्रदेश र प्रतिनिधिसभा निर्वाचन गर्न सत्तारुढ दलहरु सहमत, आज मिति तोक्ने तयारी

    काठमाडौं । सरकारले प्रतिनिधि र प्रदेश सभाको चुनाव एकै चरणमा गर्ने गरी मिति तोक्ने भएको छ । सत्ता गठबन्धनका शीर्ष नेताबीच भएको सहमति अनुसार बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले चुनावको मिति तोक्ने भएको छ । निर्वाचन आयोगले २ मंसिर भित्र चुनाव गर्न सिफारिस गरेको थियो । मौजुदा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको पदावधि मंसिर २२ मा पूरा हुने छ ।

    २०७४ साल मंसिर १० र २१ गते गरी दुई चरणमा चुनाव भएको थियो । गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेका सत्तारुढ पाँच दलले आउँदो चुनावका लागि पनि तालमेलको औपचारिक छलफल सुरु गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको गठबन्धन बैठकले सरकारलाई चुनावको मिति तत्काल घोषणा गर्न सुझाव दिएको र गठबन्धनलाई आउँदो चुनावसम्म निरन्तरता दिनेबारे पनि सहमति भएको थियो । सत्ता गठबन्धनका दलहरु आउँदो मंसिर ४ गते एकै चरणमा चुनाव गर्न सहमत भएका थिए ।

  • सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    सप्तकोशी बाढी प्रभावित परिवारका लागि आश्रयस्थल बनाइने

    काठमाडौं । सप्तकोशीको बाढी प्रभावित २ हजार ३ सयभन्दा बढी घरधुरीलाई राख्न विभिन्न स्थानमा आश्रयस्थल बनाइने भएको छ । जिल्ला विपद व्यवस्थापन समिति उदयपुरको बैठकले वेलका नगरपालिका वडा नं. ३ का बुधबारे, जणना शुक्रबारे, बानडाँडा, रामनगर, नारायणपुर, शिवालय मन्दिर, लालभित्त र भागलपुरमा ८ सय घर परिवारलाई राख्न आश्रयस्थल बनाउने निर्णय गरेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।


    प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराइका अनुसार वेलका नगरपालिका वडा नं ९ को धौरीमा तथा वडा नं ८ का एकता, चिलिया र दूर्गा मन्दिर टोलमा ५(५ सय घर परिवारका लागि आश्रयस्थल बनाइने छ । आवश्यकता अनुसार वडा नं १ का पुरन्दह र गलफडिया आधारभूत मावि, वडा नं. २ का रेडक्रस भवन र जनता मावि, वडा नम्बर ८ को डुडखोला सामुदायिक भवन तथा वडा नं ९ र ३ का खसीबोका संकलन केन्द्र, खानेपाली, क्याम्पस, मचुवा बजार र आदिवासी जनजाती भवनमा पनि आश्रयस्थलको रुपमा प्रयोग गरिने छ ।

    बुधबार बिहान करिब ४ बजेतिर सप्तकोशी नदीको भंगालो दक्षिणपश्चिम क्षेत्रको वस्तीमा पसेको थियो । बाढीबाट प्रभावित करिब एक हजार परिवारलाई उद्धार गरी सुरक्षित स्थानमा सारएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । बाढीले भत्काएको बाँध पनि मर्मत गर्ने काम भइरहेको छ । राहत वितरण तथा व्यवस्थापनको विषयमा छलफल गर्न बुधबार बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीको संयोजकत्वमा तीनै तहका सरकारका प्रतिनिधि, सुरक्षा निकाय र सरोकारवालाको बैठक बसेको थियो ।

  • सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

    सप्तकोशी बाढी पिडितका लागि सरकारले माग्यो सहायता

    काठमाडौं । सप्तकोशीको बाढी पिडित परिवारलाई राहत तथा व्यवस्थापन गर्न सरकारले सरकारी, गैरसरकारी र व्यवसायीबाट सहायता आह्वान गरेको छ ।
    गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राप्त राहत एकद्वार प्रणालीबाट संकलन गर्ने र एकद्वारबाटै वितरण गर्ने निर्णय गरेको हो । सोही अनुसार प्राधिकरणले प्रेस नोट जारी गरी सहयोग आह्वान गरेको हो । उद्धार गरिएका नागरिकहरूको व्यवस्थापनका लागि टेन्ट तथा अन्य बन्दोबस्तीका सामान पठाउने क्रम जारी छ ।

    राष्ट्रिय सरकारी तथा गैरसरकारी संस्था र व्यवसायीलाई समेत सहयोगका लागि आह्वान गरिएको छ । संकलन गरिएका राहत उदयपुर र सुनसरी जिल्लाका प्रमुख जिल्ला अधिकारी वा उनले तोकेको प्रतिनिधि तथा उदयपुरको बेलका र सुनसरीको बराहक्षेत्र नगरपालिकाका नगरप्रमुखको संयोजनमा वितरण गरिने प्राधिकरणले जनाएको छ । सप्तकोशीको बाढी बुधबार बिहान करिब ४ बजेतिर उदयपुरको बेलका नगरपालिका वडा नम्बर ८ को डुम्रिबोटको बाँध भत्काउँदै बस्तीमा पसेको थियो ।

    सो बाढीबाट उदयपुर र सुनसरीका २ हजार ३ सय घरधुरी प्रभावित भएको प्राधिकरणले जनाएको छ । बाढीबाट मानवीय क्षति भने भएको छैन । तर धान, मकै लगायतका खेतीबालीमा क्षति पुगेको छ । प्राधिकरणका अनुसार नेपाल रेडक्रस सोसाइटीले १०० थान त्रिपाल, १ थान रबरबोट, ६ थान हेलमेट उपलब्ध गराएको छ । रेडक्रसले खाद्यान्न खरिदमा ५० हजार रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

    यसैगरी बेलायत सरकार र केयर नेपालले विस्थापितहरुलाई खाद्यान्न खरिद गर्न ६ लाख रुपैयाँ तथा सरसफाइमा सामान, स्यानिटरी प्याड र आधारभूत सेल्टरका सामग्रीहरु खरिदका लागि ११ लाख रुपैयाँ राष्ट्रिय कृषक समूह महासंघमार्फत् उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ ।

  • ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस

    ताइवान मुद्दामा चीनको चाहना : नेपाल उसको पक्षमा उभियोस

    काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल एक चीन सिद्धान्तप्रतिको प्रतिबद्धतामा दृढतापूर्वक अडिग रहने विश्वास व्यक्त गरेकी छिन् । अमेरिकी प्रतिनिधिसभाकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणबारे बुधबार प्रतिक्रिया गर्दै राजदूत होउले ‘ताइवान स्वतन्त्रता’को नेपालले दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गरेकी छिन् । पछिल्लो समय नेपालमा अमेरिकी गतिविधि बढेको प्रति चीन सशंकित देखिन्छ ।

    ‘चीनले एक चीन सिद्धान्तप्रति नेपालको लामो समयदेखिको प्रतिबद्धता र ताइवान स्वतन्त्रताको दृढतापूर्वक विरोध गरेकोमा उच्च प्रशंसा गर्दछ,’ उनले भनेकी छन्, ‘यो नेपाल–चीन सम्बन्धको राजनीतिक आधार पनि हो ।’ चीन–नेपाल हिमाल र नदीले जोडिएका असल छिमेकी, भरपर्दो मित्र र भरपर्दो साझेदार रहेको उल्लेख गर्दै राजदूत होउले भनेकी छन्, ‘दुई देशले आफ्नो सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डता सम्बन्धी मूल हितका मुद्दाहरूमा सधैं एकअर्कालाई बुझेका छन् र समर्थन गरेका छन ।’

    राजदूत होउले एक चीन सिद्धान्तप्रति चीनको वैध र जायज अडानलाई बुझेर नेपालले समर्थन गर्ने विश्वास पनि व्यक्त गरेकी छिन् । ‘हामी विश्वास गर्छौं कि नेपाल सरकार र यहाँका जनताले एक चीन सिद्धान्तको पालना गरिरहनेछन् र चीनको वैध र जायज अडानलाई बुझेर निरन्तर समर्थन गर्नेछन्,’ उनले भनेकी छन्, ‘एकअर्काको सार्वभौमसत्ता, सुरक्षा र क्षेत्रीय अखण्डताको रक्षा गर्न चीनसँग मिलेर काम गर्नेछन् ।’

    पेलोसीले चीनको ताइवान क्षेत्रको भ्रमण गर्नु एक चीन सिद्धान्त र चीन–अमेरिकाको राजनीतिक आधारको गम्भीर उल्लंघन भएको राजदूत होउले बताएकी छिन् । ‘यो भ्रमणले चीनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डतामा गम्भीर उल्लंघन गर्दछ । यसले ताइवान स्ट्रेटमा शान्ति र स्थिरतालाई गम्भीर रूपमा कमजोर बनाउँछ,’ उनले भनेकी छिन्, ‘चीनले यसको दृढतापूर्वक विरोध र कडा निन्दा गर्दछ, र संयुक्त राज्य अमेरिकालाई गम्भीर विरोध र कडा विरोध गरेको छ ।’

  • अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध

    अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणप्रति झलनाथ खनालको विरोध

    काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका सम्म‍ानित नेता झलनाथ खनालले अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसीले गरेको ताइवान भ्रमणप्रति विरोध जनाएका छद्धन् । बुधबार विज्ञप्ति निकाल्दै खनालले ताइवान चीनको अभिन्न अंग भएकाले चीनले हस्तक्षेप गर्न नमिल्ने उल्लेख गरेका छन् । ‘चीनसँग कुटनीतिक सम्बन्ध स्थापना गरेका सबै देशले स्वीकार गरेका छन् कि ताइवान चीनको अभिन्न अंग हो, यस्तो परिस्थितिमा न्यानी पेलोसीको भ्रमण एक चीन नीतिको विपरीत हो’ खनालले भनेका छन् ।

    खनालले आफ्नो पार्टी ताइवान र सिंगो एसिया क्षेत्रमा हुने शान्तिविरोधी गतिविधिको विपक्षमा रहेको पनि बताएका छन् । उनले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने अधिकार अर्को देशलाई नहुने पनि उल्लेख गरेका छन् । एसियाली देशको भ्रमणमा निस्किएकी अमेरिकी संसदकी सभामुख न्यान्सी पेलोसी मंगलबार सिंगापुर, मलेसिया हुँदै ताइवानको ताइपेइ पुगेकी थिइन् । पेलोसीको ताइवान भ्रमणबारे औपचारिक घोषणा भएको थिएन । तर अमेरिकी नेभी र एयरफोर्सका २४ वटा फाइटर विमानको सुरक्षासहित उनी ताइपेइ पुगेकी थिइन् । २५ वर्षभन्दा बढी समयपछि ताइवानको भ्रमण गर्ने उनी उच्च श्रेणीको निर्वाचित अमेरिकी अधिकारी हुन् ।

  • नेपालमा कोरोनाको चौथो लहर: नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टी

    नेपालमा कोरोनाको चौथो लहर: नेपालमा एकैदिन ९१५ जनामा कोरोना पुष्टी

    काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ९१५ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ९१ जनाको पीसीआर परीक्षण गर्दा ५९० जना र २ हजार ९११ जनाको एन्टिजेन परीक्षण गर्दा ३२५ जनामा संक्रमण देखिएको हो ।

    योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ लाख ८८ हजार ६५२ जना पुगेको छ ।

    पछिल्लो २४ घण्टामा ३०१ जना संक्रमण मुक्त भएका छन् । यो सहित संक्रमण मुक्त हुनेको संख्या ९ लाख ७० हजार ५२६ पुगेको छ । सक्रिय संक्रमितको संख्या ५४३३ रहेको छ ।

    पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या २ रहेको छ । नेपालमा कोरोना मृत्यु हुनेको संख्या ११ हजार ९७० पुगेको छ ।

    पछिल्लो चौबिस घण्टामा काठमाडौं उपत्यकामा ४२२ जना कोभिड १९ संक्रमित थपिएका छन् । काठमाडौंमा ३३७, भक्तपुरमा ३२ र ललितपुरमा ५३ जना संक्रमित थपिएका हुन् ।

  • कोरोनाबाट नेपालमा १७ दिनमा १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह

    कोरोनाबाट नेपालमा १७ दिनमा १७ जनाको मृत्यु, छुटेकालाई खोप लगाउन सरकारको आग्रह

    काठमाडौं । नेपालमा कोभिड संक्रमितको संख्या पून उकालो लागेको छ । साउन महिनाको शरुमा १ हजार ४ सय ३९ सक्रिय संक्रमित रहेकोमा साउन १७ गतेसम्म आइपुग्दा ५ हजार १ सय ४४ जना पुगिसकेका छन् ।

    यो ग्राफ क्रमशः बढ्दै गएको देखिन्छ । त्यस्तै साउनमा कोभिड संक्रमणबाट १७ जनाले जयान गुमाइसकेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

    मन्त्रालयले कोभिडको ग्राफ उकालो लागेको भन्दै सबैलाई जनस्वास्थ्यका मापदण्ड पालना गर्न तथा छुटेकाहरुले पूर्ण खोप लगाउन आग्रह गरेको छ ।

  • सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन

    सप्तकोशी बाढी प्रभावितको उद्धारमा खट्न गृहमन्त्रीको निर्देशन

    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणले सप्तकोशी प्रभावितको उद्धारलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । बुधबार बिहानदेखि नदीको एउटा भंगालो उदयपुरको वेलका नगरपालिकाको डुम्रेबाट पश्चिम कटान गर्दै बस्ती पसेको छ । नदीले धार बदलेर गाउँ पासेपछि बेलकाका वडानम्बर १, २, ८ र ९ का नागरिकलाई स्थानान्तरण गर्न सुरु गरिएको छ । उनीहरूलाई प्रभावकारी रुपमा छिटो स्थानान्तरण गरी राहतको बन्दोबस्त गर्न गृहमन्त्री खाँणले सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।

    गृहमन्त्री खाणले बेलकामा सप्तकोशीको कटानबारे परराष्ट्रमन्त्री डा.नारायण खड्कासँग छलफल गरेका छन् । कटानबाट प्रभावित नागरिकलाई कहाँ स्थानान्तरण गर्ने, बासस्थान र राहतको व्यवस्था कसरी गर्नेबारे छलफल भएको हो । उदयपुर परराष्ट्रमन्त्री डा. खड्काको गृहजिल्ला हो ।

  • बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान

    बस्तीमा छिर्यो सप्तकोशी, सतर्क रहन आह्वान

    उदयपुर । पश्चिम धार कटान गर्दै आएको सप्तकोसी नदी बुधबार बिहान ४ बजेबाट उदयपुरको बेलका नगरपालिका(८ डुम्रिबोटेबाट पश्चिममा पसेको छ । पूर्वी पहाडमा लगातारको वर्षात्‌सँगै कोसी नदीमा आएको बाढीले पछिल्लो समय कटान तीव्र पारेसँगै पश्चिम तटीय क्षेत्रमा नदी पसेको हो । डुम्रिबोटेमा कटान गर्दै आएको कोसी सोही स्थानबाट बेलका नगरपालिकाका क्षेत्रमा पसेको छ । कोसी पश्चिम पसेसँगै बेलका नगरपालिकाको १, २, ३, ८ र ९ वडाको धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती खतरामा परेका छन् ।

    नगरपालिकाले दुई दिनयता ती क्षेत्रका सर्वसाधणलाई सुरक्षित स्थानतर्फ जान सूचना जारी गरिरहेको छ । अब तटीय क्षेत्रका २० हजारभन्दा बढी जनसख्या विस्थापनको उच्च जोखिममा परेको छ । हिले करिब २० मिटर कटान गरेर कोसीको भगालो पश्चिम पसेको छ । कटान जारी रहेकाले झन्डै ३ सय मिटर कटान गरेर जाने सम्भावना भएको हुनाले धारै परिर्वतन हुन सक्ने खतरा रहेको स्थानीयले जनाएका छन् ।

    कोसी छिर्दा वेलका नगरपालिकाका १ हजार ७ सय परिवारका २० हजारभन्दा बढीको बसोबास जोखिममा परेका छ । अहिलेको अवस्थामा धारै परिर्वतन हुँदा छिमेकी सप्तरी जिल्लाको सप्तकोसी र कन्चनरुप नगरपालिकाका साथै सुनसरीमा समेत क्षति पुग्ने बताइन्छ ।