देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी

काठमाडौं । विपक्षी गठबन्धनमा रहेका दलहरु कांग्रेस सभापति शेर बहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार बनाउन सहमति भएका छन । सर्वोच्चको फैसलापछि सोमबार पाँच राजनीतिक दल सम्बद्ध गठबन्धनको बैठक बसेको थियो । बैठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा संयुक्त सरकार गठन गर्ने निर्णय गरेको हो । यो बैठकमा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल समेत… Continue reading देउवाको नेतृत्वमा संयुक्त सरकार बन्ने, मंगलबार नै सानो मन्त्रीमण्डल बनाउने तयारी

मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेतृत्व गरेको समूह विपक्षी गठबन्धनबाट अलग भएको छ । आज बसेको विपक्षी गठबन्धनको बैठकमा नेता नेपालले यस्तो जानकारी गराएका हुन् । संविधानको रक्षा गर्ने मिसन पुरा भएको र परिस्थिति फेरिएको भन्दै उनले अब आफु गठबन्धनमा नलाग्ने बताएका हुन् । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री… Continue reading मिसन पुरा भएसँगै विपक्षी गठबन्धनबाट अलग भयो एमालेको माधव समूह

धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने

काठमाडौं । शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै हस्ताक्षर गरेका एमाले सांसदहरुलाई पार्टीले कारवाही गर्न नसक्ने भएको छ । सर्वोच्च अदालतले संविधानको धारा ७६ (५) अनुसार सरकार गठनको प्रक्रियामा सांसदहरुलाई दलको ह्वीप नलाग्ने ठहर गरेसँगै उनीहरुमाथि पार्टीले कारवाही गर्न नसक्ने भएको हो । सोमबार संवैधानिक इजलासले फैसलामा यस्तो आदेश आएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीले… Continue reading धारा ७६ (५) अनुसार सांसदलाई पार्टीको ह्विप नलाग्ने सर्वोच्चको फैसला, एमाले सांसदमाथि कारवाही नहुने

देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

File

काठमाडौं । सर्वोच्च अदालतले कांग्रेस सभापति शेर बहादुर देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको सर्वोच्चले उक्त आदेश गरेको हो । सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री… Continue reading देउवालाई २८ घण्टा भित्र प्रधानमन्त्रीमा नियुक्त गर्न सर्वोच्चको परमादेश

संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश

काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गरेको छ । यससँगै सरकारको कदम बदर भएको छ । प्रधानन्यायाधीश जबराले माग बमोजिम पाँचै जनाको एकमतमा रिट जारी गरिएको जानकारी दिँदै संसद विघटनको निर्णय बदर भएको फैसला सुनाएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले दोस्रोपटक जेठ ७ गते… Continue reading संसद विघटन बदर, ७ दिन भित्र संसद बोलाउन आदेश

आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने

काठमाडौं । दोस्रो पटक प्रतिनिधिसभा विघटन गरि मध्यावधी निर्वाचन घोषणा गरेको विरुद्धमा परेको रिटको इजलास आजका लागि बोलाइएको छ । दुबै तर्फको बहस २१ असारमै सकिएको थियो । अघिल्लो पटक तत्काल फैसला दिएको सर्वोच्चले यो पटक भने एक साताको समय राखेको थियो । यसबीचमा सत्तारुढ एमालेको एकता प्रयासमा अधिकतम प्रयास गरिएपनि विचाराधिन मुद्दा प्रभावित हुने… Continue reading आज सरकारको अग्नी परीक्षा, प्रतिनिधिसभा विघटनको मुद्दामा फैसला आउने

सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति

काठमाडौं । नेकपा एमालेको कार्यदलस्तरमा भएको सहमति आइतबार राती सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अब शेरबहादर देउवालाई १२३ जनाको मात्र समर्थन रहेको र सर्वोच्चले संसद पुनर्स्थापना र प्रधानमन्त्री नियक्तिका लागि परमादेश दिन नसक्ने भन्दै सामाजिक संजालमा लेखे । उनको यो दाविप्रति वरिष्ठ नेता माधवकुमार नेपाल भने आक्रोसित बनेका छन् । विचाराधिन मुद्दाको पेसी… Continue reading सहमतिको बुँदालाई प्रधानमन्त्रीका सल्लाहकारले गरेको कु-प्रचारप्रति माधव नेपालको कडा आपत्ति

माईतिघरमा शङ्ख फुकेर प्रदर्शन

अमृता के सी ( रोनी ) काठमाडौँ,असार २८। काठमाडौँ स्थित माइतिघरमा विपक्षी गठबन्धनका ५ विद्यार्थी सङ्गठनले शङ्ख फुकेर प्रदर्शन गरेका छन् । विपक्षी गठबन्धनका विद्यार्थी सङ्गठनहरू नेपाल विद्यार्थी सङ्घ, अखिल (क्रान्तिकारी), जनता समाजवादी पार्टीको उपेन्द्र यादव निकट समाजवादी विद्यार्थी युनियन, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल निकट अनेरास्ववियु र अखिल (छैटौँ) ले पेट्रोलियम पदार्थको मूल्य वृद्धि,… Continue reading माईतिघरमा शङ्ख फुकेर प्रदर्शन

अन्तत: एमाले विवादमा आइसब्रेक, १० बुदे सहमतिमा हस्ताक्षर

 काठमाडौं । नेकपा एमालेभित्रको विवाद अन्ततः टुंगोमा पुगेको छ । कार्यदल स्तरको बैठकले १० वटा बुदामा सहमी गर्दै विवाद टुङ्ग्याएको हो ।  आइतबार राती साढे १० बजे अर्थ मन्त्रालयबाट एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले सहमति पत्र पढेर सुनाए  । उनका अनुसार  कार्यदलको बैठकमा १० बुँदे सहमति पत्रमा हस्ताक्षर भयो । यो सहमतिपत्र सोमबार नेतृत्व तहमा पेस… Continue reading अन्तत: एमाले विवादमा आइसब्रेक, १० बुदे सहमतिमा हस्ताक्षर

निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चित्र निधारमा कोरेका एमालेको भातृसंगठन युवा संघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडक प्रदर्शनमा उत्रिएका छन् । उनीहरुले आज काठमाडौंको माइतिघर मण्डलामा प्रदर्शन गरेका हुन् । उनीहरुले सरकार र नेकपा एमालेविरुद्धको घेराबन्दी गरेको र काम गर्न नदिएको भन्दै विपक्षी गठबन्धनविरुद्ध आन्दोलन गर्नुपरेको समेत बताए । सरकारविरुद्ध विपक्षी गठबन्धनका दलका भातृ सङ्गठनले… Continue reading निधारमा एमाले अध्यक्ष ओलीको चित्र बनाएका युवासंघका कार्यकर्ता विपक्षी गठबन्धनविरुद्ध सडकमा

अदालतमा विचाराधिन मुद्दामा नबोल्ने माधव नेपालको अडानपछि एमालेमा अझै जुटेन सहमति

काठमाडौं । एमालेलाई विभाजनको मुखबाट जोगाउन अन्तिम कसरतमा लागेका नेताले मिलीसक्यो भन्न लागेको दुई साता भयो । पछिल्लो समय शनिबार एमाले नेता सुवास नेम्वांगले आइतबार बिहानै एमालेका सुभचिन्तकले सुखदः खबर सुन्न पाउने बताएका थिए । तर, उनले भनेजस्तो भएन । सत्तारुढ नेकपा एमालेमा विवाद समाधानका लागि गठित कार्यदलको वार्ता सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनको मुद्दामा… Continue reading अदालतमा विचाराधिन मुद्दामा नबोल्ने माधव नेपालको अडानपछि एमालेमा अझै जुटेन सहमति

नेपालमा थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८३३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५५३५ पीसीआर परीक्षणमा १२३७ र ३६८३ जनाको एन्टिजेन परीक्षणमा ५९४ जना गरी १८३३ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५५ हजार ४४९ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १८३३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

एमालेको बादल समूहलाई झड्का, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत

काठमाडौं । निर्वाचन आयोगले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा माओवादी केन्द्र वैधानिक रहेको ठहर गरेको छ। पूर्वमाओवादी केन्द्रका नेताहरु टोपबहादुर रायमाझीलगायतका नेताहरुले दल दर्ता खारेजीको माग गर्दै दिएको निवेदन अस्वीकार गर्दै आयोगले प्रचण्डको नेतृत्वको माओवादी केन्द्र बैधानिक रहेको बताएको हो । आइतबार बसेको आयोगको बैठकले दर्ता भएका निवेदन र दाबी दुवैलाई खारेज गरी दल दर्ता… Continue reading एमालेको बादल समूहलाई झड्का, माओवादी केन्द्रको दल दर्ता खारेज अस्वीकृत

गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

काठमाडौं । गण्डकी प्रदेशमा पनि कोरोना भाइरसको नयाँ डेल्टा भेरियन्ट बी.१.६१७.२ फेला परेको छ । स्याङ्जा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्र गण्डकी प्रदेशले स्याङ्जाको कालिगण्डकी गाउँपालिकाका २ पुरुष र गोरखा बारपाक सुलिकोट गाउँपालिकाका ३ महिलामा डेल्टा भेरियन्ट देखिएको पुष्टि… Continue reading गोरखा र स्याङ्जामा भेटियो कोरोनाको नयाँ भेरियन्ट

यूरोकप उपाधीका लागि आज राती इटली र इंल्याण्ड भिड्दै

Photo : tass.com

काठमाडौं । युरो कप फुटबलको उपाधि भिडन्त आज हुँदैछ । आज इङ्ग्ल्यान्ड र इटली उपाधीका लागि भिड्नेछन् । खेल वेम्बलीमा राति पौने एक बजे सुरु हुने तालिका छ । इङ्ग्ल्यान्ड पहिलो पटक युरो कपको फाइनल खेल्दैछ । उसले इतिहास रच्ने मौका पाएको छ । सन् १९६८ मा यूरो जितेको इटली भने सन् २०१२ मा फाइनल… Continue reading यूरोकप उपाधीका लागि आज राती इटली र इंल्याण्ड भिड्दै

आतइबार देशका अधिकांश स्थानमा वर्षा हुने

Photo : wrightouttanowhere.com

काठमाडौं । आइतबार देशका धेरै ठाउँमा वर्षा जारी रहने भएको छ । पछिल्लो तीन दिनयता वर्षा जारी छ । प्रदेश एक, वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा भारी वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले उल्लेख गरेको छ । आइतबार दिनभर धेरै स्थानमा वर्षा हुने छ । काठमाडौं उपत्यकामा समेत वर्षा जारी छ… Continue reading आतइबार देशका अधिकांश स्थानमा वर्षा हुने

मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री

सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले मेलम्चीमा बाढी र पहिरोबाट भएको प्रलयकारी विनासको एक महिनापछि स्थलगत अनुगमन गरेका छन् । शनिवार दिउँसो बाढी प्रभावित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची र हेलम्बुको अवलोकनमा पुगेका प्रधानमन्त्रीले सो वस्ती अब दीघर्कालिन रुपमा बस्न उपयुक्त नहुने बताए । अवलोकनपछि स्थानीय जनप्रतिनिधिलाई सम्बोधन गरेका उनले विपदबाट जनधनको दीर्घकालीन सुरक्षा गर्न सुरक्षित ठाउँमा… Continue reading मेलम्ची बाढीग्रस्त क्षेत्रमा एक महिनापछि पुगे प्रधानमन्त्री

एमालेमा सहमतिको भाका आइतबारलाई सर्यो

काठमाडौं । नेकपा एमालेको विवाद शनिबार समेत टुंगिन सकेन । विवाद हल गर्नको लागि गठन भएको कार्यदलको बैठक बीना निष्कर्ष सकिएको छ । शनिबार निर्धारित समयभन्दा ढिला गरी सिंहदरबारमा बैठक बसेको थियो। बैठकपछि कार्यदलका सदस्य सुवास नेम्वाङले कार्यदलको काम टुगिंएको र आइतबार बिहानै सार्वजनिक गरिने बताए । निकै मेहनत गरि सहमति टुंगेको उनको भनाई छ… Continue reading एमालेमा सहमतिको भाका आइतबारलाई सर्यो

नेपालमा थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

फाइल तस्वीर

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २१६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ६५३० पीसीआर परीक्षणमा १३५३ र ३८८७ एन्टिजेन परीक्षणमा ८१६ जना गरी २१६९ जनामा संक्रमण पुष्टि भएको हो । अब नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या ६ लाख ५४ हजार २१२ पुगेको छ ।… Continue reading नेपालमा थप २१६९ जनामा कोरोना संक्रमण, २२ जनाको मृत्यु

बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित दुईजना पक्राउ

अमृता के सी ( रोनी )काठमाडौँ, असार २६।काठमाडौँ महानगरपालिका वडा ६ स्थित बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित शुक्रबार दुईजना पक्राउ परेका छन् । रामेछाप घर भई हाल भक्तपुर पुरानो ठिमी बस्ने २६ वर्षीय हितबहादुर मगर र काठमाडौँ महानगरपालिका ६ का २८ वर्षीय सविन तामाङलाई पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पक्राउ परेकाहरुको… Continue reading बौद्ध पिपलबोटबाट संरक्षित वन्यजन्तुको छाला सहित दुईजना पक्राउ

एक महिना अगाडीको बाढी-पहिरोग्रस्त क्षेत्र हेर्न आज प्रधानमन्त्री सिन्धुपाल्चोक जाने

File

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज बाढी, पहिरोले क्षतिग्रस्त बनाएको क्षेत्र हेर्न सिन्धुपाल्चोक जाने भएका छन् । मेलम्ची खानेपानी आयोजनासहित सिन्धुपाल्चोकका विभिन्न ठाउँ र बस्तीको निरीक्षण गर्न नेपाली सेनाको हेलिकप्टरबाट बिहान १० बजे सिन्धुपाल्चोक जाने कार्यक्रम तय भएको छ । उनले मेलम्ची बजार र हेलम्बुको गणेश बगरमा आयोजना गरिएको कार्यक्रममा भाग दिने छन् ।… Continue reading एक महिना अगाडीको बाढी-पहिरोग्रस्त क्षेत्र हेर्न आज प्रधानमन्त्री सिन्धुपाल्चोक जाने

अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

File Source : AP Photo

काबुल । अमेरिका र नेटासम्बद्ध सैनिक फिर्ता भएसँगै द्धन्द्धग्रस्त मुलुक अफगानिस्तानमा विद्रोहीको पकड बलियो भएको छ । तालिबान विद्रोहीहरूले इरानसँगको महत्त्वपूर्ण सीमानाका आफ्नो नियन्त्रण लिएको पश्चिम अफगानिस्तानस्थित अधिकारीहरूले पुष्टी गरेका छन्। बीबीसीका अनुसार इस्लाम काला नामक नाकाका सबै गतिविधि रोकिएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै देशभित्र तालिबानले विभिन्न भूभाग कब्जा गरिरहेको हो । अफगानिस्तान… Continue reading अफगानिस्तानको अधिकांश सीमा क्षेत्र तालिवान विद्रोहीको कब्जामा, सेना फिर्तिको प्रभाव

एमाले नेताहरुको दावि: एकताको सहमति भयो

काठमाडौं । नेकपा एमालेका नेताहरु एकताका लागि सहमत भएको नेताहरुले दावि गरेका छन् । पछिल्लो दुई साता लगातार बैठकमा जुटेका नेताहरुले शुक्रबार महत्वपूर्ण सहमति जुटेको दावि गरेका छन् । यद्दपी सहमतिका बुँदा के हुन भन्ने चाँही खुलाइएको छैन । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षबीच एकताका लागि बनेको कार्यदलको शुक्रबार… Continue reading एमाले नेताहरुको दावि: एकताको सहमति भयो

नेपालमा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २२३९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ६६५७ पीसीआर परीक्षणमा १४७९ र ४६५६ जनाको एन्टिजेन परीक्षणमा ७६० जना गरी २२३९ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५२ हजार ८५९ पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप २२३९ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमितको मृत्यु

चीनबाट नेपालले किनेको खोपको पहिलो खेप काठमाडौं आयो

काठमाडौं । नेपालले चीनबाट किनेको कोरोना भाइरस विरुद्धको खोपको पहिलो खेप काठमाडौं आइपुगेको छ । त्रिभुवन विमानस्थलमा चीनबाट नेपाल एयरलाइन्सका जहाज आज साढे ६ बजे विहान अवतरण गरेको हो । आगामी दुई साता भित्रै ४० लाख डोज खोप नेपाल आइसक्ने छ । खोप लिन नेपाल वायुसेवा निगमको विमान बिहीवार चीन गएको हो । नेपाल आएको… Continue reading चीनबाट नेपालले किनेको खोपको पहिलो खेप काठमाडौं आयो

नायिका जेनी कुँवरले गरिन आत्महत्या

काठमाडौं । नायिका जेनी कुँवरले आत्महत्या गरेको प्रहरीले पुष्टी गरेको छ । प्रहरी वृत्त, बाँनेश्वरका अनुसार कुँवरले काठमाडौंको थापागाउँ स्थित सनराइज सिटी अपार्टमेन्टमा झुन्डिएर आत्महत्या गरेको अवस्थामा उनको शव भेटिएको जानकारी दिएको हो । पछिल्लो दिनमा उनी डिप्रेशनको शिकार बनेकी थिइन् । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताएको छ । उनको सुसाइड नोट समेत भेटिएको… Continue reading नायिका जेनी कुँवरले गरिन आत्महत्या

१४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ

कैलाली । कैलालीमा १५ वर्षकी एक किशोरीले ३ वर्षिय बालकको हत्या गरेको स्वीकार गरेकी छिन् । बुधबार मृत फेला परेका टीकापुर नगरपालिका–१ का साढे ३ वर्षीय विवेक विष्टको हत्या अभियोगमा प्रहरीले दुई किशोरीलाई पक्राउ गरेको छ । त्यसमध्ये एक जनालाई भने सघाएको आरोप लागेको छ । कैलाली प्रहरीका अनुसार बालकलाई नातामा दिदी पर्ने किशोरीले कुलोमा… Continue reading १४ र १५ वर्षका दुई किशोरी ३ वर्षिय बालकको हत्या अभियोगमा पक्राउ

दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

file

काठमाडौं । दार्चुलामा पहिरोमा पुरिएर एकै परिवारका दुईसहित कम्तिमा तीन जनाको ज्यान गएको छ । प्रहरीका अनुसार जिल्लाको नौगाढ गाउँपालिका ३ खार भन्ने स्थानको चौखुट्टेमा भिषण वर्षाका कारण पहिरो गएको हो । पहिरोले एकै घरका दुई र थप एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घर पुरिंदा स्थानीय ७२ वर्षीया गेउली… Continue reading दार्चुलामा पहिरोमा पुरिँदा कम्तिमा तीन जनाको मृत्यु

नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १८७५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५३७४ पीसीआर परीक्षणमा १२१८ र ५१३० जनाको एन्टिजेन परीक्षणमा ६५७ जना गरी १८५७ जनामा संक्रमण पुष्टी भएको हो । यो सहित नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ५१ हजार ३८० पुगेको छ । पछिल्लो २४… Continue reading नेपालमा थप १८७५ जनामा कोरोना संक्रमण पुष्टी, २९ जना संक्रमितको मृत्यु

लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन

अमृता के सी ( रोनी ) काठमाडौँ,असार २४ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गतका २७ वटा लायन्स क्लब र २ वटा लियो क्लबहरुको संयुक्त आयोजनामा लायन्स सेवा हप्ता सम्पन्न भएको छ ।सात दिन सम्म लगातार विभिन्न स्थानमा सामाजिक काम गरे पछी बुधबार गोकर्णेश्वर नगरपालिका स्थिति वर्ड युथ स्कुलमा भएको समापन कार्यक्रमको उद्घाटन डिस्ट्रिक… Continue reading लायन्स क्लबको सप्ताह व्यापी सेवा कार्यक्रम सम्पन