एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

File

काठमाडौँ, १३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनका आज देशैभरि प्रतिनिधि छनोट भएका छन् । महाधिवेशनका लागि आज देशभरि शान्तिपूर्ण रूपमा करिब दुई हजार २०० प्रतिनिधि छनोट भएका हुन् । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सबैजसो कमिटीमा आज प्रतिनिधि छनोट सम्पन्न भएको बताए । “धेरैजसो कमिटीमा सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भएका… Continue reading एमाले महाधिवेशन : देशैभरि प्रतिनिधि छनोट सम्पन्न

एनपिएलः पोखरा तीन विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

RSS

काठमाडौँ, १३ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको पहिलो खेलमा लुम्बिनी लायन्सले पोखरा एभेञ्जर्सलाई तीन विकेटले पराजित गर्दै प्लेअफमा पुग्ने सम्भावनालाई जीवितै राखेको छ । पहिलो चार खेलमध्ये तीनमा हार बेहोरेको लुम्बिनी आजको आफ्नो पाँचौ खेलमा जित्नैपर्ने दबाबमा थियो । आजको जीतसँगै लुम्बिनी तालिकामा पाँच खेलबाट चार अङ्कसहित पाँचौ स्थानमा उक्लिएको छ । लुम्बिनीसँग… Continue reading एनपिएलः पोखरा तीन विकेटले पराजित, प्लेअफमा पुग्ने लुम्बिनीको सम्भावना कायमै

बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

File

गण्डकी, १३ मङ्सिर । काठमाडौँबाट पोखराका लागि आएको बुद्ध एयरको जहाजमा चरा ठोक्किएको छ । पोखरा विमानस्थलमा अवतरणका क्रममा आज दिउँसो ३ः४५ बजे जहाजसँग चरा ठोक्किएको बुद्ध एयर पोखरा स्टेशनका प्रबन्धक गौतम बरालले जानकारी दिए । चरा ठोक्किदा जहाजको ‘पपलरको ब्लेड’ अलिकति कुच्चीएको पनि जहाजका सबै यात्रु र चालक दल सुरक्षित रहेको उनले जानकारी दिए… Continue reading बुद्ध एयरको जहाजमा चरा ठोक्कियो

आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

RSS

काठमाडौँ, १३ मङ्सिर । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । आज दिउँसो कोशी प्रदेश र मधेस प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम… Continue reading आज दिउँसो कोशी र मधेसको मौसम आंशिक बदली रहने

नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक, के भयो छलफल ?

काठमाडौँ, १३ मङ्सिरः नेपाल र युरोपेली सङ्घबीचको संयुक्त आयोगको १६औँ बैठक बेल्जियमको ब्रसेल्समा शुक्रबार सम्पन्न भएको छ । बैठकमा विकास सहयोग, व्यापार, जलवायु परिवर्तन, क्षेत्रीय सम्पर्क सञ्जाल तथा बहुपक्षीय सहकार्यलगायतका विषयमा विस्तृत छलफल भएको नेपाली दूतावास ब्रसेल्सले जनाएको छ । बैठकमा दुवै पक्षले नेपाल–यूरोपेली सङ्घबीचको सम्बन्ध सकारात्मक रूपमा अगाडि बढेको तथा विकास साझेदारीदेखि जनस्तरसम्मको सम्बन्धका… Continue reading नेपाल र यूरोपेली सङ्घको संयुक्त आयोगको बैठक, के भयो छलफल ?

तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

गलकोट (बागलुङ) । १३ मङ्सिरः एक वर्षभित्र सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकीको भवन तीन वर्ष बित्दासमेत सम्पन्न हुन सकेको छैन । साँघुरो भवनबाट सेवा प्रवाह गर्दै आएको बागलुङ नगरपालिका–१४ स्थित नारायणस्थान स्वास्थ्य चौकीको भवन कहिले सम्पन्न हुन्छ भन्ने अझै टुङ्गो लाग्न सकेको छैन । निर्माण व्यवसायीको लापरवाही र ढिलासुस्तकीका कारण तीन वर्ष बित्दासमेत भवन… Continue reading तीन वर्षमा तीन पटक म्याद थप : स्वास्थ्य चौकी भवन अधुरै

विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

rss

भक्तपुर, १३ मङ्सिरः मिडभ्याली माध्यमिक विद्यालय कलेज भक्तपुरले आयोजना गरेको दुइदिने अन्तर विद्यालय प्रतियोगात्मक ’विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी–२०८२’मा थिमिस्थित ग्लाडस्टोन एकेडेमीले प्रथम स्थान हासिल गरेको छ । शनिबार सम्पन्न प्रदर्शनीको समापनमा एकेडेमीले प्रथम स्थान हासिल गर्दै रु ३० हजार नगदसहित ट्रफी र मेडल हात पारेको मिड भ्याली कलेजका निर्देशक कमल अर्यालले जानकारी दिए ।प्रदर्शनीमा… Continue reading विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी दश हजार विद्यार्थीले गरे अवलोकन

चिसो पहाडबाट झरेर तराई जडीबुटी व्यावसाय

धरान (सुनसरी), १३ मङ्सिरः सङ्खुवासभामा जन्मेर हिमाली भेगको चिसो हावापानी र भिरालो डाँडाकाँडामा हुर्किनुभएकी आचुङ्मा भोटे विगत १६ वर्षदेखि तराई झरेर जडीबुटी व्यवसाय गर्दै आउनुभएको छ । इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोला नजिकै हटियालाइनमा खुला आकाश मुनि विभिन्न प्रकारका जडीबुटी बिक्री गर्दै उहाँले राम्रो आम्दानी गर्दै आउनुभएको छ । भोटेका अनुसार जडीबुटी व्यवसाय उहाँहरूको पुर्खौली पेसा… Continue reading चिसो पहाडबाट झरेर तराई जडीबुटी व्यावसाय

एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, १३ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा ११ः४५ बजे हुने पहिलो खेलमा लुम्बिनी लायन्स र पोखरा एभेन्जर्स भिड्दा अपराह्न ४ः०० बजे साविक विजेता जनकपुर बोल्ट्स र साविक उपविजेता सुदूरपश्चिम रोयल्स खेल्नेछन् । रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी चारमध्ये एक र… Continue reading एनपिएल : लुम्बिनी र पोखरा तथा सुदूरपश्चिम र जनकपुर भिड्दै

निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

काठमाडौँ, १३ मङ्सिरः आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान केन्द्र र निर्वाचन सुरक्षाका लागि म्यादी (अस्थायी) प्रहरीको सङ्ख्या यकिन गरी आवश्यक प्रक्रिया सुरु गर्न सम्बद्ध निकाय तयारीमा जुटेका छन् । यसअघिको पूर्वानुमानभन्दा नयाँ मतदाता थप भई सङ्ख्या बढेकाले एकीकृत निर्वाचन सुरक्षा योजनामा प्रक्षेपित एक लाख ३२ हजार म्यादी प्रहरी बढाउनुपर्ने आवश्यकता… Continue reading निर्वाचनका लागि मतदान केन्द्र निर्धारण र म्यादी प्रहरी भर्नाको तयारी

मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

काठमाडौँ, १२ मङ्सिरः यही मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने भएको छ । पार्टीको मूल नारा ‘उज्यालो भविष्यका लागि, उज्यालो नेपाल’ राखिएको छ । सो नाराले देशको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणलाई एउटै साझा राष्ट्रिय लक्ष्यका रूपमा प्रतिविम्बित गर्ने पार्टी प्रवक्ता राजु थापाले जानकारी दिए । पार्टी घोषणा सभाको तयारी अन्तिम चरणमा पुगेको… Continue reading मङ्सिर १७ गते उज्यालो नेपाल पार्टी घोषणा हुने, कुनमान प्रमुख अतिथि

अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

काठमाडौँ, १२ मङ्सिर । अध्यागमन विभागले आगामी पुस १७ गतेदेखि विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ । यसका लागि विदेशी नागरिकलाई सेवा प्रवाह गर्ने सबै सार्वजनिक संस्था र निजी कम्पनीलाई यस प्रणालीमा अनिवार्य रुपमा आबद्ध हुन अनुरोध गरेको छ । विभागले बिहीबार एक सूचना जारी गर्दै प्रणाली लागू गर्ने विषयमा विभागले गत… Continue reading अब पर्यटकलाई नेपालमा अनलाइन ट्रयाकिङ गरिँदै

नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

कार्यक्रममा सहभागीहरु काठमाडौँ, १२ मङ्सिरः नेपाली काङ्ग्रेस निकट युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौँमा आयोजना गरेको नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेलाका सहभागीहरु । तस्बिरः बिमलबहादुर विष्ट÷रासस

काठमाडौँ, १२ मङ्सिर । नेपाली कांग्रेस सम्बद्ध युवा र विद्यार्थी सङ्गठनले आज यहाँ नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला आयोजना गरेको छ । उनीहरुले नियमित महाधिवेशन गर्नुपर्ने मागसहित बृहत भेला आयोजना गरेका हुन् । भेलामा पार्टीका विभिन्न तहका नेताहरूले नियमित महाधिवेशन गर्नुपर्ने विषयमा सम्बोधन गरेको विद्यार्थी नेता मनिषजङ्ग थापाले जानकारी दिए । कार्यक्रमका वक्ता… Continue reading नियमित महाधिवेशनका लागि बृहत युवा विद्यार्थी भेला

नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम

RSS

सुदूरपश्चिम, १२ मङ्सिर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश स्तरीय एकता सभा सुरु गरेको छ । आज धनगढीमा पहिलो सभा आयोजना गरिएको छ । सभालाई संयोजक प्रचण्ड, सहसंयोजक माधव कुमार नेपाल, नेता भीम रावलसहितका नेताले सम्बोधन गरे । कार्यक्रममा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रमा उत्पन्न सङ्कट समाधानका लागि वामपन्थी र गैरवामपन्थी शक्तिलाई एउटै मोर्चामा… Continue reading नेकपाले थाल्यो प्रदेशस्तरीय एकता सभा, धनगढीमा पहिलो कार्यक्रम

पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

Photo : SunauloNepal

काठमाडौँ, १२ मङ्सिरः पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक विश्वराज पोखरेल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा प्रवेश गरेका छन् । आज रास्वपाले उनलाई पार्टीमा स्वागत गर्दै केन्द्रीय अनुशासन आयोगको वरिष्ठ सल्लाहकारमा मनोनयन गरेको छ । रास्वपाले आजै अधिवक्ता सुशीला सिंखडालाई सदस्यमा मनोनयन गरेको छ । त्यसैगरी पार्टी कोषाध्यक्ष लिमा अधिकारीको संयोजनमा प्रशान्त प्रधान, अनिल अधिकारी र कुमार आनन्द मिश्रसमेत… Continue reading पूर्वअतिरिक्त प्रहरी महानिरीक्षक पोखरेल रास्वपामा

खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

file

काठमाडौँ, १२ मङ्सिर । नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ । निगमले आज विज्ञप्ती जारी गरी निगमले रोजगारीका लागि दमाम, दोहा, दुबई र मलेसियाको क्वालालाम्पुर जाने श्रमिकहरूको सहजताका लागि १० प्रतिशत विशेष छुट दिने निर्णय गरेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “श्रमिक यात्रुहरूको सर्वसुलभताका… Continue reading खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट

एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

एनपिएलः चितवन राइनोजका खेलाडी काठमाडौँ, १२ मङ्सिरः कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताको पहिलो खेलमा शुक्रबार चितवन राइनोज र काठमाडौँ गोर्खाजबीच प्रतिस्पर्धामा चितवन राइनोजका खेलाडी । तस्बिरः किरणराज विष्टररासस

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटमा आजको पहिलो खेलमा काठमाडौँ गोर्खाज विजयी भएको छ । काठमाडौँले चितवन राइनोजलाई ५३ रनले हराउँदै विजयी भएको हो । जीतका लागि पाएको १४३ रनको लक्ष्य पछ्याएको चितवन १७ दशमलव दुई ओभरमा ८९ रनमा अलआउट भयो । उसका देव खनाल र रवी बोपराले समान… Continue reading एनपिएलः काठमाडौँद्वारा चितवन पराजित

कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

रासस

काठमाडौँ, १२ मङ्सिर । नेपाल प्रिमियर लिग (एनपिएल)को आजको खेलमा विराटनगर किङ्ग्सले कर्णाली याक्सविरुद्ध तीन विकेटको रोमाञ्चक जीत निकालेको छ । विराटनगरका बसिर अहमदले उत्कृष्ट ब्याटिङ गर्दा एक समय असम्भव लागेको जीत सम्भव भएको हो । कर्णालीले प्रस्तुत गरेको १६१ रनको लक्ष्य पछ्याएको विराटनगरले १९ दशमलव ५ ओभरमा सात विकेटको क्षतिमा लक्ष्य पूरा ग¥यो ।… Continue reading कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत

पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

भोजपुर, १२ मङ्सिर । पकेट क्षेत्र घोषणा गरी गाउँपालिकाले लगानी बढाएपछि भोजपुरको पौवादुङमाका किसान व्यावसायिक किबीखेतीतर्फ आकर्षित भएका छन् । श्यामशिलाका १७ किसान अहिले सङ्गठित रूपमा किबी उत्पादनमा जुट्दै दिगो आयस्रोतको नयाँ सम्भावना निर्माण गरिरहेका छन् । यहाँका किसानले किबी बेचबिखन गरेर आम्दानीसमेत लिन थालेका छन् । भोजपुर–लेगुवा मुख्य सडकखण्ड आसपासमा पर्ने भएकाले यहाँका किसानले… Continue reading पकेट क्षेत्र निर्धारण गरेर किवीखेतीमा लगानी गर्दै पौवादुङमा

बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

म्याग्दी, १२ मङ्सिरः बेनी–पाखापानी सडकअन्तर्गत किराखोर–नेप्टेचौर खण्डमा कालोपत्र गर्न थालिएको छ । बेनी नगरपालिका–९ किराखोरदेखि नेप्टेचौरस्थित वडा कार्यालयसम्मको दुई किलोमिटर सडक ‘प्रिमिक्स’ प्रविधिको कालोपत्र थालिएको हो । बेनी नगरपालिका–९ का वडाध्यक्ष चक्र केसीका अनुसार सात मिटर चौडा सडक कालोपत्र हुनेछ । नेप्टेचौर–तोरीपानी खण्डमा थप दुई किलोमिटर ग्राभेल पनि गरिने छ । वर्षा यामको पानीको निकासका… Continue reading बेनी–पाखापानी सडकः किराखोर–नेप्टेचौर खण्डमा धमाधम कालोपत्र हुँदै

एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

rss

काठमाडौँ, १२ मङ्सिरः राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपिएल० अन्तर्गत आज पनि दुई खेल हुँदैछन् । त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ चितवन राइनोज र काठमाडौँ गोर्खाज तथा दोस्रो खेल अपराह्न ४ः०० कर्णाली याक्स र विराटनगर किङ्सबीच हुनेछ । चितवन चार अङ्कका साथ अङ्क तालिकाको तेस्रो स्थानमा छ भने काठमाडौँले खेलमा… Continue reading एनपिएल क्रिकेटः चार टोली मैदानमा उत्रने

नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

रमेश लम्साल–राससकाठमाडौँ, १२ मङ्सिर । बङ्गलादेशले नेपालबाट थप २० मेगावाट बिजुली लैजान सहमत भएको छ । नेपाल र बङ्गलादेशका ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको बिहीबार सम्पन्न सातौँ बैठकले हाल निर्यात भइरहेको ४० मेगावाट जलविद्युत्का अतिरिक्त थप २० मेगावाट बिजुली निर्यातका लागि आवश्यक प्रक्रिया पूरा गर्ने सहमति भएको छ । आवश्यक प्राविधिक तयारी गरेर बङ्गलादेशले थप… Continue reading नेपालबाट बंगलादेश निर्यात हुने विद्युत २० मेगावाट बढाउने सहमति

एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

गलकोट, १२ मङ्सिर । बागलुङको मालिकामा एकै स्थानमा ५७ वटा गाई पालिएको छ । हिन्दू धर्ममा भगवान्को स्वरूप मानेर पूजा गरिँदै आएका स्थानीय प्रजातिका वैदिक गाईको संरक्षणका लागि संरक्षण केन्द्र नै सञ्चालन गरेर पालिएको हो । विसं २०७२ मा जिल्ला प्रशासन कार्यालयमा गण्डकी गोपाल गौवंश संरक्षण केन्द्र दर्ता गरेर बागलुङ नगरपालिका–५ मालिकामा वैदिक गाई पाल्न… Continue reading एउटै गोठमा ५७ वैदिक गाई संरक्षण

ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

File (AP Photo/Rajib Dhar)

ढाका, १२ मङ्सिर (रासस–एपी) । बङ्गलादेशको राजधानी ढाकास्थित भीडभाडपूर्ण कोरेल झुपडपट्टीमा मङ्गलबार साँझ लागेको भीषण आगलागीले करिब एक हजार ५०० झुपडी जलेर वा क्षतिग्रस्त भएसँगै हजारौँ बासिन्दा घरबारविहीन भएको अधिकारीहरूले बताएका छन् । आगलागीबाट कुनै मानवीय क्षति भएको खबर प्राप्त भएको छैन । अग्निशमन सेवा तथा नागरिक सुरक्षा विभागका ड्युटी अफिसर रसिद बिन खालिदका अनुसार… Continue reading ढाका झुपडीमा भीषण आगलागी, हजारौँ घरबारविहीन

हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

Apartments burn after a major fire swept through several blocks at the Wang Fuk Court residential estate in Hong Kong's Tai Po district on November 27, 2025. Hong Kong firefighters were scouring a still-burning apartment complex for hundreds of missing people on November 27, a day after the blaze tore through the high-rises, killing at least 44. (Photo by Dale DE LA REY / AFP)

हङकङ, १२ मङ्सिर (रासस–एएफपी) । हङकङको उत्तरी जिल्लास्थित आठ भवन भएको एक विशाल आवासीय कम्प्लेक्समा लागेको भीषण आगो नियन्त्रणमा लिन बिहीबार समेत अग्नि नियन्त्रकहरू निरन्तर प्रयासरत रहँदा मृतकको सङ्ख्या कम्तीमा ४४ पुगेको अधिकारीहरूले बताएका छन् । सयौँ मानिस प्रारम्भिक रूपमा बेपत्ता रहेका भए पनि केहीसँग पछि सम्पर्क स्थापित गरिएको फायर सेवाले जनाएको छ । बुधबार… Continue reading हङकङमा भीषण आगलागी, ४४ जनाको मृत्यु

श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

(251127) -- COLOMBO, Nov. 27, 2025 (Xinhua) -- This photo taken with a mobile phone shows the site of a landslide in Kandy District, Sri Lanka's Central Province, Nov. 27, 2025. Sri Lanka is confronting one of its most severe weather disasters in recent years, as days of heavy rainfall and multiple landslides have killed 31 people, left 14 missing, and displaced thousands across the island, the Disaster Management Center (DMC) said on Thursday. According to the latest situation report, extreme weather has affected 17 districts, impacting 1,158 families and 4,008 individuals. The DMC said 10 people have been injured, three homes have been completely destroyed, and 381 houses partially damaged. At least 131 people have been relocated to temporary safe centers. (Photo by Gayan Sameera/Xinhua)

कोलम्बो, १२ मङ्सिर (रासस–सिन्ह्वा) । श्रीलङ्कामा हाल आएको भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु हुनुका साथै १४ बेपत्ता जना भएको विपद् व्यवस्थापन केन्द्र ९डिएमसी० ले बिहीबार जनाएको छ । केन्द्रका अनुसार बाढीका कारण हजारौ मानिसहरु विस्थापित भएका छन् । डिएमसी केन्द्रको पछिल्लो प्रतिवेदन अनुसार, चरम मौसमी प्रकोपले १७ वटा जिल्लाहरूमा असर गरेको छ… Continue reading श्रीलङ्कामा भारी वर्षा र पहिरोका कारण ३१ जनाको मृत्यु

चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

बेइजिङ, १२ मङ्सिर (रासस–एएफपी) । दक्षिणपश्चिम चीनको युनान प्रान्तमा बिहीबार बिहान एउटा रेलले निर्माण कामदारहरूलाई ठक्कर दिँदा ११ जनाको दुःखद मृत्यु भएको स्थानीय रेलवे अधिकारीहरूले पुष्टि गरेका छन् । दुर्घटना कुनमिङको लुयोयाङ टाउन स्टेसन क्षेत्रमा भएको हो । त्यहाँ ‘भूकम्पीय उपकरण परीक्षणका लागि प्रयोग गरिएको’ रेल सामान्य रूपमा वक्र मार्ग हुँदै गुज्रिरहेका बेला ट्र्याक क्षेत्रमा… Continue reading चीनमा रेल दुर्घटना, ११ जनाको मृत्यु

पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

काठमाडौँ, ११ मङ्सिरः उच्च अदालत पाटनले भेपमार्फत सुन तस्करी गरेको आरोप लागेका पूर्वसभामुख कृष्णबहादुर महरालाई रु २० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्मा सापकोटाको संयुक्त इजलासले उक्त आदेश दिएको हो । महरालाई गत असोज अन्तिम साता नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले पक्राउ गरेको थियो । पूर्वसभामुख… Continue reading पूर्वसभामुख महरा २० लाख धरौटीमा रिहा

राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

काठमाडौँ, ११ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय तथा प्रधानमन्त्रीको सिफारिसलाई स्वीकृति प्रदान गरेका छन् । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाद्वारा आज जारी विज्ञप्तिमा निर्वाचन सुरक्षालाई सुदृढ बनाउन सरकारले गरेको सिफारिसअनुसार राष्ट्रपति पौडेलले सेना परिचालनका लागि अनुमोदन गरेको उल्लेख गरिएको छ ।… Continue reading राष्ट्रपतिद्वारा सेना परिचालनको स्वीकृति

प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह

RSS

काठमाडौँ, ११ मङ्सिर । प्रधानमन्त्री सुशीला कार्कीसमक्ष नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिट विचाराधीन रहेको र मुलुकमा निर्वाचनका वातावरण सुनिश्चित नरहेको विषयमा आफ्नो धारणा प्रस्तुत गरेको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको छलफलमा एमालेका महासचिव शङ्कर पोखरेल, उपमहासचिव प्रदीपकुमार ज्ञवालीलगायत नेताले सरकार गठन र संसद् विघटनबारे संवैधानिक परीक्षण हुनुपर्ने र… Continue reading प्रधानमन्त्रीसमक्ष निर्वाचनको वातावरण बनाउन एमाले नेताको आग्रह