चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

काठमाडौं । चिनियाँ अर्बपति तथा विश्वप्रख्यात व्यवसायी ज्याक माले नेपालसहित एसियाका ९ मुलुकलाई कोरोना विरुद्ध लड्न सहयोग गर्ने भएका छन । उनले ९ एसियाली मुुलुकलाई कोरोना भाइरससँग जुझ्न आवश्यक स्वास्थ्य सामग्री सहायता उपलब्ध गराउने घोषणा गरेका हुन् । उनका अनुसार १० लाख मास्क, २ लाख १० टेष्ट किट, ३६ हजार सुरक्षा पोसाक, केही भेन्टिलेटर र… Continue reading चिनियाँ अर्बपति ज्याक माले नेपालसहित एसियाली मुलुकलाई सहयोग गर्ने

कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) बारे झुटो हल्ला फिजाएको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । कोरोनाको संक्रमणबाट एक जनाको मृत्यु भएको तर नर्भिक अस्पतालले लुकाइरहेको भन्दै अडियो सन्देश सामाजिक संजालमा पठाएका थिए । यो अडियो भाइरल बनेको थियो । यसले सर्वसाधारणमा त्रास फैलिएको थियो । प्रहरीका अनुसार रामेछाप घर भई भक्तपुरको सिपाडोल… Continue reading कोरोनाबारे झुटो हल्ला फिजाउने पक्राउ

कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

File

काठमाडौं । कोरोना भाइरस संक्रमणको डरले काठमाडौं उपत्यका छाड्ने क्रम तिब्र भएको छ । पछिल्लो तीन दिनयता मात्र करीव ३ लाख मानिसले सडक मार्ग हुँदै काठमाडौं छाडेको प्रहरीका तथ्यांक छ । आकासमा पनि उत्तिकै चाप छ । बिहीबारबाटै जहाजहरु पूर्ण क्षमतामा उडिरहेका छन् । शुक्रबार र शनिबारसम्म पनि जहाजमा उत्तिकै भीड छ । काठमाडौं छाड्नेको… Continue reading कोरोनाको डरले काठमाडौं छाड्ने बढे, सडक र आकास दुबैमा उत्तिकै चाप

ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

काठमाडौं । सरकारले १० चैतबाट सार्वजनिक सवारी साधन र लामो दूरीको यातायात सेवा बन्द गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार साँझ जनताका नाममा गरेको सम्बोधनमार्फत यस्तो घोषणा गरेका हुन् । यस घोषणाबाट सामग्री आपूर्ति र ढुवानीका सवारी साधनको आवतजावत भने प्रभावित नहुने सरकारले स्पष्ट पारेको छ । अर्थमन्त्री डा. युवराज खतिवडाका… Continue reading ढुवानीका सवारी साधन नरोकिने, सामान आपूर्ति नियमित

तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

काठमाडौं । चीनको तिब्बतमा शुक्रबार बिहानै भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौंसहित यस आसपासका क्षेत्रसम्म अनुभव गरिएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार, नियाताङजियाङ केन्द्रविन्दु भएर शुक्रबार बिहान ७ः१८ बजे ६.२ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान काठमाडौंमा यसको अनुभव गरिएको थियो । भूकम्पको केन्द्रमा क्षति भएको बताइएको छ । यद्दपी विवरणहरु आउन… Continue reading तिब्बतमा भूकम्प, काठमाडौंसम्म धक्का

आजबाट सहुलियत पसल संचालन

काठमाडौं । सरकारले आजबाट सहुलियत पसल संचालनमा ल्याउँदैछ । उपभोक्तालाई सुपथ मूल्यमा खाद्यवस्तु बिक्री गर्न सरकारले उपत्यकाका पाँच स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शुक्रबारदेखि सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको बताएका छन् । उनका अनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ड ट्रेडिङ कर्पोरेसन लिमिटेडमार्फत… Continue reading आजबाट सहुलियत पसल संचालन

नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

काठमाडौं । सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने नियम ल्याएसँगै नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले देशभरका संग्रहालय बन्द गर्ने निर्णय गरेको छ । मन्दिरमा २५ जना भन्दा बढीको भीड हुन दिइने छैन । सार्वजनिक कार्यक्रममा प्रयोग हुने हलहरु बन्द भएका छन् । त्यहा निर्धारित कार्यक्रम… Continue reading नेपालमा अधिकांश सार्वजनिक गतिविधि बन्द

प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

काठमाडौं । सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबारबाट सर्वसाधारणसँगको भेटघाट बन्द गरेका छन् । कोरोना भाइरसको संक्रमणको डरले उनले आम रुपमा भइरहेको दैनिक भेटघाटको काम अनिश्चितकालका लागि बन्द गरेका हुन् । अब प्रचण्डले अत्यावश्यक काममा बाहेक अन्य भेटघाट गर्ने छैनन् । प्रचण्ड निवासमा धेरै ठूलो संख्यामा नागरिक पुग्ने गरेका छन् । नेता, कार्यक्रता… Continue reading प्रचण्डले सर्वसाधारणसँग भेट घटाए

आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

न्यूयोर्क न्यूयोर्कमा निकै ठुलो संख्यामा कोरोना भाइरस संक्रमित देखिन थालेपछीि एक हजार बेड क्षमताको अमेरिकी सेनाको “हस्पिटल शिप” उपचारका लागि न्यूयोर्क ल्याउने तयारी गरिएको छ ।  यस अगाडि सन् २००१ को आतंकबादी हमलामा घाईतेहरुको उपचारका लागि प्रयोग गरिएको सेनाको “हस्पिटल शिप” अहिले बिरामीको चाप बढ्न थालेपछि न्यूयोर्कका गभर्नर एन्ड्रु कुमोले राष्ट्रपति डोनाल्ड ट्रम्पसँग मागेका थिए… Continue reading आउने भयो न्यूयोर्कमा बिरामी उपचारको लागि “हस्पिटल शिप”

कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

न्युयोर्क अमेरिकामा कोरोना भाइरसको संक्रमण द्रुत गतिमा बढ्दै गएको छ । यो भाईरसको संक्रमण बढ्दै गर्दा अमेरिकी जन जीवनमा निकै ठुलो प्रभाब पर्दै गएको छ । अमेरिकामा कोरोनाको प्रभाब बढ्न थालेपछि दैनिक उपभोग्य बस्तुहरुको माग मात्र होईन बन्दुक र पेस्तोलको ब्यापार समेत ह्वात्तै बढेको छ ।  हरेक दिन जसो हतियार पसलहरुमा भिड लाग्न थालेको छ… Continue reading कोरोना संक्रमणको बृद्धिसंगै अमेरिकाको बन्दुक र पेस्तोल पसलमा भिड बढ्यो

एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को संक्रमण फैलने आंशका बढेको भन्दै सरकारले चैतमा निर्धारित सबे परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । यससँगै बिहीबारबाट संचालनको तयारी रहेको माध्यमिक शिक्षा (एसईई) परीक्षा समेत स्थगित भएको हो । सरकारले अन्तिम समयमा आएर भने परीक्षा स्थगित गर्ने निर्णयको भने व्यापक आलोचना भएको छ । जोखिमको आशंका निकै… Continue reading एसइइसहित चैतमा निर्धारित सबै परीक्षा स्थगित

अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । सरकारले अतिआवश्यक काम नपरी घर बाहिर ननिस्कन नागरिकलाई आह्वान गरेको छ । बुधबार कोरोनाविरुद्ध उच्चस्तरीय समन्वय समितिले यस्तो आह्वान गरेको हो । अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन र हिँडडुल नगर्न सरकारले सर्वसाधारणमा आग्रह गरेको हो । पार्टी प्यालेस, मठ मन्दिर, गुम्बा, मस्जिद, चर्चजस्ता धार्मिक र सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन समेत… Continue reading अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन आह्वान, २५ जनाभन्दा बढी भेला हुन नपाइने

आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मिगौला प्रत्यारोपण गरेपछि आज पहिलो पटक नेकपाको सचिवालय बैठक बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपरान्ह ४ बजे बैठक बोलाइएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसमेत सहभागि हुने बताइएको छ । २१ फागुनमा मिगौला प्रत्यारोपण पछि प्रधानमन्त्री १२ दिनपछि डिस्चार्ज भएका थिए । त्यसपछि… Continue reading आज नेकपा सचिवालय बैठक, प्रधानमन्त्रीसमेत सहभागी हुने

आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

काठमाडौं । आजबाट विद्यालय स्तरीय परीक्षा सकिएको छ । अब करीव ७० लाख विद्यार्थी सामुहिक रुपमा विद्यालयमा भेला हुनु पर्ने छैन । सरकारले विद्यालयहरुलाई तत्काल भर्ना नखोल्ने र कुनै पनि औपचारिक कार्यक्रम नगर्न भनेको छ । यसको मतलव कम्तिमा चैतभर विद्यालय खुल्ने छैनन् । यसले कोरोना विरुद्धको सचेतनामा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ ।… Continue reading आजबाट सकियो विद्यालयस्तरीय परीक्षा, करीव ७० लाख विद्यार्थी घरमै बस्ने

सुनको मूल्य २ हजारले घट्यो

काठमाडौं । कोरोना भाइरसको संक्रमणछि विश्वव्यापी रुपमा बजार प्रभावित भएको छ । यसले सुनको मूल्यमा समेत असर गरेको छ । मंगलबार सुनको भाउ आज तोलामा दुई हजार रुपैयाँ घटेको छ। सोमबार प्रतितोला ७७ हजार ५ सय रुपैयाँ रहेको छापावाल सुन मंगलबार ७५ हजार ५ सय रुपैयाँमा कारोबार भयो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय… Continue reading सुनको मूल्य २ हजारले घट्यो

कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

काठमाडौं । बजारमा कालो बजारी गर्नेहरु सक्रिय भएपछि त्यसको निरुत्साहनका लागि सरकार आफैले सहुलियतपूर्ण पसल संचालन गर्ने भएको छ । नोवेल कोरोना भाइरसको विश्वव्यापी संक्रमणका कारण नेपालमा पनि बजारमा सामानहरुको अभाव सिर्जना भएको छ । यही मौकामा धेरै धन कमाउने उद्देश्यले कालो बजारी गर्नेहरु सक्रिय भएका छन् । पछिल्लो समय मास्क, स्यानिटाइजरलगायत सरसफाईका काममा प्रयोग… Continue reading कालोबजारीविरुद्ध आक्रामक सरकार, सहुलियत पसल संचालन गरिने

प्रदेश दुई नाम राख्न असफल

जनकपुर । मंगलबार प्रदेश नं २ आफ्नो प्रदेशको नाम तोक्न असफल भएको छ । दुई तिहाईले अनुमोदन नभएसम्म नाम राख्न मिल्दैन । मंगलबार प्रदेशको नाम राख्ने विषयमा मतदान भएको थियो । मतदानबाट चार वटा नामका प्रस्ताव अस्वीकृत भए । नेपाली कांग्रेसका सांसद राजेश्वर साहले राखेको मध्यप्रदेश नामको प्रस्तावमाथि मंगलबार प्रदेशसभामा मतदान भएको थियो। उक्त प्रस्तावका… Continue reading प्रदेश दुई नाम राख्न असफल

चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

काठमाडौं । चीनले कोरोना भाइरस संक्रमणबाट बच्न नेपाललाई सबै प्रकारको सहयोग उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ । चीन अहिले कोरोनाको उच्च जोखिमबाट बाहिर निस्किसकेको छ । यद्दपी नेपालमा कोरोनाको संक्रमण अहिलेसम्म देखिएको भने छैन । तर, नेपाललाई विश्व स्वास्थ्य संगठनले उच्च जोखिमयुक्त मुलुकको सूचिमा राखेको छ । सोहीकारण कोरोना विरुद्ध लड्न नेपालले आवश्यक ठानेको… Continue reading चीनले नेपाललाई भन्यो : सहयोग चाहिए उपलब्ध गराउँछौं

एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

काठमाडौं । बिहीबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी पुरा भएको सरकारले जानकारी दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार एक विज्ञप्तीमार्फत परीक्षा सञ्चालनको सबै तयारी पूरा भएको जानकारी गराएका हुन् । उनका अनुसार परीक्षा तोकिएकै समयमा सम्पन्न हुनेछ । त्यसो त बुधबारसम्म सबै विद्यालयलाई वार्षिक परीक्षा सकाउन सरकारले यसअघि नै… Continue reading एसईइ नरोकिने, तयारी पुरा भएको सरकारको भनाई

प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

जनकपुर। प्रदेश नम्बर २ को नाम र स्थायी राजधानी तय गर्न आज मतदान हुँदैछ । सोही प्रयोजनका लागि आज प्रदेश सभाको बैठक बोलाइएको छ । यस प्रदेशको नाम र राजधानी मतदान प्रक्रियाबाट टुंगो लगाउने तयारी रहेको छ । मतदान अगाडी सांसदले बोल्ने समय पाउनेछन् । छलफल पछि मतदान हुने प्रदेश संसद सचिवालयको कार्यतालीकामा उल्लेख छ… Continue reading प्रदश नं २ को नाम र राजधानी आज टुंगिदै, के रहला नाम ?

नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

काठमाडौं । संसारका १५७ मुलुकमा फैलिसकेको कोरोना भाइरसको संक्रमणबाट चीनको छिमेकी मुलुक नेपाल भने अझै पनि मुक्त छ । संसारका विकसित र गुणस्तरीय स्वास्थ्य संरचना भएका मुलुकमा नराम्रोसँग मानिसहरु मरिरहँदा तुलनात्मक रुपमा कमजोर स्वास्थ्य प्रणाली भएको नेपालमा कोरोनाको संक्रमण नदेखिनुले धेरैलाई आश्चर्यचकित पारेको छ । कतै नेपालको परिक्षण प्रभावकारी नभएर नदेखिएको हो की भन्ने आंशका… Continue reading नेपाल अझै कोरोनामुक्त, सचेतना अपनाउन जोड

धरहराको १० औं तला ढलान यसै साता

काठमाडौं । पुनर्निर्माण जारी रहेको धरहराको १० औं तला ढलान यसै साता हुने भएको छ । धरहरा निर्माण गरिरहेको जिआइइटिसी-रमन जेभीका प्रोजेक्ट म्यानेजर श्यामचन्द्र श्रेष्ठका अनुसार यसै साता धरहराको १० औं तलाको ढलान गर्ने तयारी गरिएको छ । अहिले धरहरा तिब्र गतिमा निर्माण भइरहेको छ । सोमबार प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा.… Continue reading धरहराको १० औं तला ढलान यसै साता

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सोमबार निगम सञ्चालक समितिले डिजेल, पेट्रोल, मट्टितेल र हवाइ इन्धनमा आन्तरिकतर्फको मूल्य घटाएको छ । निगमले डिजेल पेट्रोल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँले मूल्य घटाएको जानकारी दिएको छ । हवाई इन्धनमा आन्तरिकतर्फ प्रतिलिटर मूल्य ४ रुपैयाँ ५० पैसाले घटाइएको छ । एलपीजी ग्यास र… Continue reading घट्यो पेट्रोलियम पदार्थको मूल्य

सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

काठमाडौं । सरकारको काठमाडौं उपत्यका र बाहिर गरी कूल २ सय २० आइसीयू बेड थप्ने भएको छ । उपत्यकामा १ सय २० र बाहिर १ सय आईसीयू बेड थप्ने निर्णय सरकारले गरेको छ । उप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वको उच्चस्तरीय समन्वय संयन्त्रले काठमाडौंमा आइसीयू बेड थप्न अस्पताल समेत तोकेको छ । कोरोना भाइरस फैलिएमा… Continue reading सरकारले थप्ने भयो २ सय २० आइसीयू बेड

कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

कतार । कतार सरकारले कोरोनाको संक्तमण फैलन नदिन हजारौं कामदारलाई क्वारेन्टाइनमा राखेको छ । खासगरी संक्रमण देखिएको कम्पनीमा कार्यरत करीव ४ हजार कामदार क्वारेन्टाइनमा रहेको बताइएको छ । यहाँ काम गर्ने करीव २ हजार नेपाली पनि क्वारेन्टाइनमा बस्नु परेको छ । जोखिम क्षेत्रमा पर्ने चार कम्पनीमा कार्यरत कामदार क्वारन्टाइनमा बस्नु परेको हो । कतारले कामदारको… Continue reading कतारमा हजारौं नेपाली कामदार क्वारेन्टाइनमा

बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

काठमाडौं । सरकारले बिहान ९ बजेबाटै स्कूल संचालन गर्न प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले काठमाडौँ उपत्यकामा ट्राफिक जाम व्यवस्थापनको प्रयोजनका लागि स्कूल छिट्टै संचालन गर्ने प्रस्ताव गरेको हो । निजी विद्यालय बिहान ९ बजेबाट दिउँसो ३ बजेसम्म संचालनको तयारी सरकारले गरेको हो । अहिले कार्यालय समयमै स्कूल पनि संचालन हुने भएकाले… Continue reading बिहान ९ बजेबाटै स्कूल खोल्ने प्रस्ताव

पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

पोखरा । आइतबार कास्कीको लुम्लेलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको छ । आइतबार राती करीव साढे ९ बजे भूकम्पको धक्का महशुस गरिएको हो । कास्कीको पुरै भूभाग, म्याग्दी र स्यांगजासम्म भूकम्पको धक्का महशुस गरिएको छ । भूकम्प राष्ट्रिय मापन केन्द्रका अनुसार कास्कीको लुम्ले केन्द्रबिन्दु भएर ५.० रेक्टर स्केलको भूकम्प गएको हो। स्थानीयहरु भूकम्पपछि घरबाहिर निस्कएका थिए… Continue reading पोखरामा गयो भूकम्प, आसपासमा धक्का महशुस

प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

काठमाडौं । कोरोना रोगको संक्रमण भइहालेमा त्यसको निवारणमा जुट्नु पर्ने भएकाले अत्यावश्यक काम नपरेसम्म जिल्ला नछाड्ने सरकारले प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ । स्वास्थ्य मन्त्री भानुभक्त ढकालका अनुसार प्रजिअ र स्वास्थ्यकर्मीलाई जोखिमपूर्ण अवस्थामा जिल्ला नछोड्न निर्देशन दिइएको छ । उनले आइतबार राष्ट्रिय सभालाई कोरोना नियन्त्रणबारे सरकारको तयारीका सम्बन्धमा जानकारी गराएका छन् । उनका अनुसार… Continue reading प्रमुख जिल्ला अधिकारीलाई जिल्ला नछाड्न निर्देशन

कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

काठमाडौं । सरकारले कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिमलाई ध्यानमा राख्दै तयारी तिब्र बनाएको छ । उक्त भाइरसका कारण मानिस संक्रमित भएमा तत्काल उपचारको व्यवस्था गर्न सरकारले २३५ आईसीयू बेड तयार पार्ने घोषणा समेत गरेको छ । कोरोना लागि हालेमा काठमाडौं उपत्यकामा तीन वटा अस्पतालमा उपचार हुने गरी छुट्याइएको छ । आजबाट नेपाल आउने सबै मानिसलाई… Continue reading कोरोनाको उपचार गर्न तीन अस्पताल तोकिए, २३५ आइसीयू बेड बन्ने

आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने

काठमाडौं । आजबाट नेपाल आउने स्वदेशी तथा विदेशी सबैले क्वारेन्टाइनमा बस्नुपर्छ । अध्यागमन विभागले यसअघि नै यसको सूचना जारी गरिसकेको छ । १५ मार्चदेखि ३० अप्रिलसम्म नेपाल आउने स्वदेशी, विदेशी तथा गैरआवासीय नेपाली सबैले क्वारेन्टाइनमा बस्नु पर्ने भएको हो । कोरोना भाइरसको संक्रमण फैलिने जोखिम बढेपछि नेपाल भित्रने स्वदेशी तथा विदेशी नागरिकले सेल्फ क्वारेन्टाइनमा बस्नुपर्ने… Continue reading आजबाट नेपाल आउने सबैले क्वारेन्टाइनमा बस्नुपर्ने