Category: समाचार

  • अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए

    अमेरिकाको एटलान्टामा गोली चल्यो, ६ एशियाली महिलासहित आठ जना मारिए

    अमेरिका । अमेरिकाको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् ।

    प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको आक्रमणमा संलग्न रहेको आशंकामा एक २१ वर्षीय श्वेत जातिका पुरुषलाई पक्राउ गरेको छ ।

    जोर्जिया राज्यमा केही समयदेखि एसियाली मुलका अमेरिकी नागरिक र उनीहरुले सञ्चालन गरेका व्यवसायमाथि शृंखलाबद्ध आक्रमण हुन थालेका छन् ।

    चार जनाको जोर्जियाको राजधानी एटलान्टाको बाहिरी इलाका आर्कवर्थ नजिक योङ एसियन मसाजमा हत्या भएको प्रहरीले जनाएको छ । उक्त घटनामा मारिएकाहरुमा दुई जना एसियाली महिला, एक जना श्वेत महिला र एक जना श्वेत पुरुष रहेका छन् भने एक जना हिस्पानिक समुदायका व्यक्ति घाइते भएका छन् ।

    एटलान्टा प्रहरी विभागले उत्तरपूर्वी एटलान्टाका दुई वटा व्यवसाय– गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पा– मा आक्रमण भएको र त्यहाँ चार जना महिलाको हत्या भएको जनाएको छ । प्रहरीले मारिने चारै जना एसियाली मुलका महिलाहरु भएको बताएको छ ।

    प्रहरीले उक्त तीनवटै आक्रमणमा रोबर्ट आरोन लोङ संलग्न रहेको आशंका गरेको छ ।

    एटलान्टा प्रहरी प्रवक्ता सर्जेन्ट जोन चाफले प्राप्त प्रमाणहरुले उक्त तीनवटै आक्रमणमा चिरोकी काउन्टी निवासी रोबर्ट आरोन मुख्य आशंकित व्यक्ति रहेको भेटिएको बताए । उनले पक्राउ परेका व्यक्ति हाल प्रहरी हिरासतमा रहेको जानकारी दिए ।

    प्रहरीले आरोनलाई एटलान्टाबाट करिब २४० किलोमिटर टाढाबाट गिरफ्तार गरेको थियो । मृत्यु भएका सबैलाई गोली लागेको प्रहरीको भनाई छ । अमेरिकी सङ्घीय जाँच ब्युरोले पनि उक्त घटनामा स्थानीय प्रहरीलाई अनुसन्धानका लागि सहयोग गरिरहेको प्रहरीले जनाएको छ ।

    जोर्जियामा करिब पाँच लाख एसियाली मुलका व्यक्तिहरु बसोबास गर्दछन् अर्थात् यहाँको कूल जनसंख्याको करिब चार प्रतिशत एसियाली मुलका छन् ।

    जोर्जियाको डेमोक्रेटिक पार्टीले मङ्गलबारको उक्त गोलीकाण्ड निकै भयानक र त्रासदीपूर्ण रहेको बताएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले गत बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै एसियाली अमेरिकीमाथि भइरहेका तिरस्कारयुक्त घृणित अपराध अमेरिकाका लागि लज्जाको विषय रहेको भन्दै कडा शब्दमा निन्दा गरेका थिए ।

    उनले भनेका थिए, ‘यो गलत छ । यो गैर–अमेरिकी कदम हो । यसलाई रोक्नै पर्दछ ।’

  • नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

    नेपाल-खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला शुरु

    काठमाडौं । नेकपा एमाले नेपाल–खनाल समूहको राष्ट्रिय कार्यकर्ता भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेनमा शुरु भएको भेलाको अहिले उद्घाटन सत्र चलिरहेको छ । दुईदिन चल्ने भेलामा सहभागी हुन देशभरबाट समूहका नेता(कार्यकर्ताको सहभागिता छ ।

    अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते गरेका निर्णयविरुद्ध भेला गरेको सो समूहको भनाइ छ ।

    भेलामा केन्द्रीय समितिका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने बताइएको छ । टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गर्ने कार्यक्रम रहेको एमाले नेपाल पक्षले जनाएको छ ।

    भेलामा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने कार्यक्रम छ । भेला बिहीबारसमम चल्ने छ ।

    एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूपक्षीय केन्द्रीय सदस्यको बैठक राखी माधव नेपाल र उनका पक्षका सबै नेताका पद र जिम्मेवारी खोसेका थिए । अध्यक्ष ओलीले गरेका निर्णय अवैधानिक भन्दै नेपाल पक्षले छुट्टै बैठक र भेला गर्दै आएको छ । अध्यक्ष ओलीले नेपाल समूहका नेताहरूको जिम्‍मेवारी खोसेका थिए । पार्टीमा ओलीले एकलौटी गरेपछि नेपाल समूहले भेला आयोजना गरेको हो । आफु निकट नेताहरूसँग नेता नेपालले प्रधानमन्त्री ओलीले फागुन २८ गतेको निर्णयको विषयमा कुरा उठेपछि त्यो निर्णयबाट आफू पछि नहट्ने भन्दै जंगिएको बताएका थिए ।

  • एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

    एमाले नेपाल-खनाल समहुको राष्ट्रिय भेला आजबाट शुरु, नजान ओली समुहको कडा उर्दी

    काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा प्रारम्भ हुने भएको छ । तर, यो भेलामा नजान ओली समुहको एमालेले भने कडा उर्दी जारी गरेको छ । नेता इश्वर पोखरेलले एमालेको कुनै पनि राष्ट्रिय भेला आयोजना नभएको भन्दै गुट भेलामा सहभागी नहुने सबैमा आग्रह गरेका छन् ।

    तर, नेपाल-खनाल पक्षधरले भने भेलाको उदघाटनमै प्रधानमन्त्री आउनु पर्ने बताएका छन् । भेला दुई दिनसम्म चल्ने छ । जिल्ला जिल्लाबाट मंगलबार नै नेताहरु काठमाडौं आइसकेको बताइएको छ । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल(नेपाल समूह आक्रोसित बनेको हो ।

    सो कदमपछि एमाले विभाजनको नजिक पुगेको छ । भेलाका लागि खनाल-नेपाल समूहले भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, सुरेन्द्र पाण्डेलाई गण्डकी, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी तोकेको छ ।

  • कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

    कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर

    काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर बनेको छ । उनी मष्तिष्कघातपछि काठमाडौंको नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचारार्थ भर्ना भएका छन् । जोशीको अवस्था गम्भीर रहेको साथै उनको भेन्टिलेटरमा उपचार भैरहेको अस्पतालको भनाई छ । उनी १४ फागुनमा अस्पताल भर्ना भएका हुन् । केही दिनको उपचारपछि उनको अवस्था सुधार आएपनि अवस्था फेरी गम्भीर भएको थियो ।

  • राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि झस्किए नेताहरु

    राष्ट्रपतिले बोलाएको सर्वदलीय बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिपछि झस्किए नेताहरु

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज सर्वदलीय बैठक बोलाएकी छिन् । भेटमा राष्ट्रपति तथा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भने दलका नेताहरु झस्किएका छन् । बैठकमा सहभागी नेताहरुका अनुसार राष्ट्रपतिले निर्वाचनमा जानु नराम्रो नभएको भन्दै प्रधानन्त्रीको पक्षमा अभिव्यक्ति दिएकी छिन् । उता, प्रधानमन्त्रीले भने संसदले आफुलाई काम गर्न नदिएको भन्दै पुनः विघटन र नयाँ निर्वाचनमा जानु पर्ने आषयको अभिव्यक्ति दिएका छन् ।

    प्रधानमन्त्रीको यस्तो भनाईको भने माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताले प्रतिवाद गरेका थिए । बैठकमा प्रधानमन्त्रीको अभिव्यक्तिको प्रचण्ड र रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए । शेरबहादुर देउवा भने मौन बसेको नेताहरुले जनाएका छन् । जनमोर्चाका नेता चित्र बहादुर केसीले भने संसद विघटन गर्नु अगाडी नै किन यस्तो वैठक नराखेको भन्दै राष्ट्रपतिसँग प्रश्न राखेका थिए ।

    प्रधानमन्त्री ओलीले पुनर्स्थापित संसद्‌ले अहिले प्रभावकारी भूमिका खेल्न नसकिरहेको र ताजा जानदेशमा जानुपर्ने अवस्था आउनसक्ने भनेपछि दलका नेताहरु झस्किएका हुन् । यता, सरकारले नै संसदलाई विजनेश नदिई असफल बनाउने कोसिस गरिरहेको छ । संसद चलाउन सरकारको मूख्य भूमिका हुन्छ ।

  • सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

    सिन्धुलीमा जिप दुर्घटना, चार जनाको मृत्यु

    सिन्धुली । सिन्धुलीमा जिप दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । घटनामा ७ जना घाइते छन् । प्रहरीका अनुसार कमलामाइ नगरपालिका–७ करङडाँडामा बा १७ च १११७ नम्बरको जिप आज अपरान्ह पौने ४ बजे सडकबाट ५० मिटर तल खसेको हो । ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मृत्यु हुनेमा कमलामाइ नगरपालिका बाँसकोटका ६०–६५ वर्षका रुद्रबहादुर थापा, १८ वर्षकी रीता इस्माली, १९ वर्षकी दुर्गा श्रेष्ठ र उनका छोरा २ वर्षका मनिष श्रेष्ठ छन् । चालक भोजबिक्रम थापासहित घाइतेको जिल्ला अस्पताल सिन्धुलीमा उपचार जारी छ । सिन्धुली सदरमुकाम सिन्धुलीमाडीबाट बाँसकोटतर्फ जाँदै गरेको जिप अनियन्त्रित भएर पल्टिएको बताइएको छ । जिपमा ११ जना चढेका थिए ।

  • महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान

    महिला क्रिकेट टिमलाई लोकतान्त्रीक खेलकुद संघको सम्मान

    काठमाडौं । नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशले महिला क्रिकेट टिम डिएससी काठमाडौंलाई सम्मान गरेको छ । द अरनिको ट्रफी २०२१ मा बिजयी भएर फर्किएको डिएसी महिला टिमलाई नगद ३० हजार सहित प्रशंसा पत्रद्वारा सम्मान गरिएको हो ।


    मंगलबार काठमाडौं, नारायण गोपाल चोकस्थित हेडलाईन क्याफेमा आयोजित सम्मान कार्यक्रममा पूर्व स्वास्थ्य मन्त्री एवं काठमाण्डौ क्षेत्र नं. ४ का प्रतिनिधी सभा साँसद गगन कुमार थापाले डिएससी महिला टोली तथा प्रशिक्षकलाई नगद सहित प्रशंसा पत्र प्रदान गरे ।


    टोलीलाई सम्मान गर्दै पूर्व मन्त्री थापाले सम्मान गरेकोमा नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेशलाई धन्यवाद प्रदान गर्दै यस्ता कार्यक्रमले खेलाडीहरुको हौसला अभिबृद्धि गर्न मद्धत पुग्ने र प्रतियोगिताले खेलाडीहरुको स्तर बृद्धिमा सघाउ पुग्ने बताए । उनले टोलीलाई आगामी दिनमा पनि सफलता प्राप्तका लागि शुभकामना प्रदान गर्दै पुनः खेलाडीहरुलाई सम्मान गर्न पाउनेमा बिस्वस्त रहेको बताए ।


    नेपाल लोकतान्त्रीक खेलकुद संघ बागमती प्रदेश संयोजक तथा केन्द्रिय सदस्य दीपक गुरुङ्गले नेपाल लोकतान्त्रीक खेलकुद संघ खेलाडीहरुको अभिभावकको रुपमा रहेको भन्दै आगामी दिनमा खेलाडीहरुको हक हितका लागि सदा लागि पर्ने र खेलाडीहरुले आफुलाई कहिलै टुहुरो सम्झनु नपर्ने बताए ।
    महिला क्रिकेट खेलाडीहरुको स्तरोन्नती र क्षमता अभिबृद्धि गर्ने उद्धेश्यले फागुन ६, ७ र ८ गते पोखरामा डिएससी र गण्डकी प्रदेशविच ५० ओभरको तीन एक दिवसिय मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । जसमा डिएससी तीनै प्रतिस्पर्धामा बिजयी भएको टोली प्रशिक्षक रविन जोशीले जानकारी गराए ।


    प्रतिस्पर्धामा जानेबेला खेलाडीहरुलाई बिदाई गर्दै नेपाल लोकतान्त्रीक खेलकुद बागमती प्रदेशका संयोजक दीपक गुरुङ्गले टोलीलाई बिजयी भएर फर्केको अवस्थामा हौसला स्वरुप नगद ३० हजारले सम्मान गर्ने जुन घोषणा गरेका थिए त्यसै घोषण अनुरुप टोलीलाई सम्मान गरिएको हो ।


    कार्यक्रममा नेपाल लोकतान्त्रीक खेलकुद संघका केन्द्रिय सचिव मनिष जोशी (राम), सदस्य कुमार बस्नेत, राजु बिक्रम थापा, दोलखा क्षेत्र नं. १ का उपसभापती राजन अधिकारी, बागमती प्रदेशका सचिव दामोदर भट्टराई (बद्री), कोषाध्यक्ष कविराज नेगी लगायतको उपस्थिती रहेको थियो ।

  • नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ११४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ४२४ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ९४ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ४९५ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ९ सय १५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • ‘एकथरी अनुहार देखिएनन्,पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्ने विरुद्ध सहेर बस्दैनौँ’

    ‘एकथरी अनुहार देखिएनन्,पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्ने विरुद्ध सहेर बस्दैनौँ’

    काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब पार्टीको विधि विधानविरोधी क्रियाकलाप गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

    बालुवाटारमा भएको चियापान समारोहलाई सम्बोधन गर्दै ओलीले घुमाउरो भाषा यस्तो चेतावनी दिएका हुन् ।

    यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,” उनले भने, “पार्टीमा विधान छ, नियमावली र दल सम्बन्धी कानुन छ । हामीले खोजेको अनुशासन हो ।

    उनले खनाल–नेपाल समूह नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग मिलेर पार्टी फुटाएको र आफूलाई कारबाही गरेको पनि बताए । ‘एक ढंगले पार्टी फुटाइएकै थियो । अध्यक्षलाई कारबाही गरिएको थियो ।

    महासचिवलाई हटाएको थियो । बाटैबाट अध्यक्ष निकाल्दिनु भयो। बाटैमा अध्यक्ष बनाइदिनु भयो,’ उनले भने, ‘मलाई त साधारण सदस्यबाट पनि निष्काशित गरेकै हो । जंगलको राज चलाउने विधि पद्धतिका कुरा गर्ने ?’

    ओलीले नेपाल समूहले चैत ४ र ५ गते बोलाएको राष्ट्रिय भेलातर्फ नजर लगाइरहेको पनि बताए ।

    ‘भोलि भेला छ रे । नेकपा एमालेसँग कोही नेता वा कार्यकर्ता गुटगत भेला नगर्न/नगराउन, नजान सम्पूर्ण कार्यकर्तालाई सजग सचेत गराउन चाहन्छु । आग्रह गर्न चाहन्छु’ उनले भने । राम्रो लक्षण होइन । कुनै कारणले आउनु भएन भन्‍ने ठान्छु । भोलि कता भेला छ रे एक नजर त्यता राखिनेछ ।’

    चियापान कार्यक्रम नेकपा एमालेका नेता माधवकुमार नेपाल, झलनाथ खनाल र बामदेव गौतम सहितको टोलीले वहिष्कार गरेको थियो ।

  • सभामुखद्वारा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा

    सभामुखद्वारा ७ सदस्यीय अध्यक्ष मण्डल घोषणा

    काठमाडौं । प्रतिनिधिसभा बैठक सञ्चालनका लागि सभामुख अग्निप्रसाद सापकोटाले अध्यक्ष मण्डलका सदस्यहरुको मनोनयन गरेका छन्।

    मंगलबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० को उपनियम ९१० बमोजिम बैठकको अध्यक्षता गर्ने सदस्यहरुको दलीय आधारमा मनोनयन गरेबका हुन् ।

    जसमा सांसदहरु डिला संग्रौला पन्त, मानबहानुर विश्वकर्मा, राधाकुमारी ज्ञवाली, रेखा शर्मा, रेणुकुमारी यादव,लालबाबु पण्डित र सोमप्रसाद पाण्डेलाई मनोनयन गरिएको छ ।

    यसैगरी सभामुखले अनुशासन उल्लंघन आरोपमा पदमुक्त हुनुभएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीको स्थानमा लीलादेवी सिटौला, ज्ञानकुमारी छन्त्यालको निधन भएपछि सुवर्ण ज्वारचन र सूर्यबहादुर केसीको निधन भएपछि मोहनप्रसाद पाण्डे समानुपातिकतर्फ प्रतिनिधि सभा सदस्य निर्वाचित भई शपथसमेत भएको जानकारी गराएका छन् ।

  • ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने

    ओलीको चियापानमा नेपाल-खनाल पक्षका नेता नजाने

    काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज चियापान आयोजना गरेको छन् । ११ बजे वालुवाटारमा चियापानका लागि एमालेका नेताहरुलाई निम्ता पुगेको छ । २८ फागुनमा एकलौटी रुपमा एमालेका नेताहरुको जिम्मेवारी खोसेका उनले पछिल्लो समय सम्बन्ध सुधारको प्रयास गरेको देखिन्छ । यद्दपी पटक पटक धोका पाएका अन्य समुहका नेताहरु भने उनको चियापानमा नजाने भएका छन् ।

    नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल नेतृत्वको समूहले बुधबार र बिहिबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । त्यसअगाडी ओलीले बोलाएको चियापान समारोहमा नजाने निर्णय यो समुहले गरेको छ । उता, बामदेव गौतम समुहले समेत आज ओलीले चियापान राखेकै समयमा काठमाडौंमा भेला राखेको छ ।

    सोहीकारण उक्त समुह समेत वालुवाटार नजाने भएको हो । सोमबार दिउँसो अध्यक्ष ओलीले एमाले नेपाल र उनीपक्षधरसँग पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेका थिए । छलफल सकारात्मक नभएपछि सबै समुहले आआफ्ना कार्यक्रमलाई निरन्तरता दिन लागेका हुन् ।

  • प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना, सैनिक जवानको मृत्यु

    प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा दुर्घटना, सैनिक जवानको मृत्यु

    पोखरा । पोखरामा प्याराग्लाइडिङ प्रशिक्षणका क्रममा एक सैनिक जवानको मृत्यु भएको छ । राष्ट्रिय समाचार समितिका अनुसार सेनाले पोखरामा सञ्चालन गरिरहेको प्याराग्लाइडिङ तालिमका क्रममा सोमबार दिउँसो २ः१५ बजे फेवातालमा खसेका धादिङ नीलकण्ठ नगरपालिका घर भएका सैनिक जवान २३ वर्षीय राजाराम मगरको उपचारका क्रममा मृत्यु भएको हो ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुवास हमालले यसको पुष्टी गरेका छन् । उनको सोमबार साँझ मृत्यु भएको हो। दुर्घटनापछि सेना र सशस्त्र प्रहरीले मगरलाई उद्धार गरी पोखरा–११ रानीपौवास्थित सैनिक अस्पताल पुर्‍याएका थिए । उनको उपचारका क्रममा ज्यान गएको हो । उनी सेनाको कालीजङ्ग गणमा कार्यरत थिए।

  • लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडीकल कलेजको संयुक्त रक्तदान सम्पन्न

    लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडीकल कलेजको संयुक्त रक्तदान सम्पन्न

    अमृता के सी ( रोनी )

    काठमाडौँ /लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए १ अन्तर्गत लायन्स क्लब अफ काठमाडौँ जर्नी र नेपाल मेडिकल कलेज ट्रेड युनियनले संयुक्त रूपमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ।चैत १ गते आइतबार गोकर्णेश्वर वडा नम्बर ८ स्थित अत्तरखेलको नेपाल मेडिकल कलेज प्राङ्गणमा भएको रक्तदान कार्यक्रममा ७१ जना रक्तदाताले रक्तदान गरेका छन्।सो कार्यक्रममा नेपाल रक्तसञ्चार सेवा भक्तपुर शाखाको प्राविधिक सहयोग रहेको थियो।

    कार्यक्रममा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, नगरपालिकाका प्रमुख सल्लाहकार दिपक रिसाल, नगरपालिकाका प्रवक्ता एवं वडा नं ८ का वडा अध्यक्ष मनोज कुमार ढुंगाना ,पुर्व डिस्ट्रिक गभर्नर एबम हङगर रिलिफ मल्टीपल डिस्ट्रिक कोर्डिनेटर लायन कुमार राज सुवेदी, लायन उमेश ढुंगाना ,नेपाल मेडिकल कलेज आधिकारिक ट्रेड युनियनका अध्यक्ष किरण केसी, परिवर्तनशिल महिला समाजकि अध्यक्ष लक्ष्मी पुडासैनी, समाजसेवी भावना ठकुरी,लायन जयराम बिष्ट,गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका अध्यक्ष संजय लामा लगायत आयोजक संस्थाका पदाधिकारी सहित स्वास्थ्यकर्मी र रक्तदाताको उपस्थिति रहेको थियो।कार्यक्रममा रक्तदाताहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो ।

    बढ्दो रगतको अभाव पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको लायन्स क्लब अफ काठमाडौँ जर्नीकी अध्यक्ष रोजीना बिष्टले जानकारी विश्व न्युजलाई दिइन्।
    बिष्टले धेरै जना रक्तदाताहरुले रक्तदान गर्न इच्छा देखाए पनि स्वास्थ्य लगायतको कारणले गर्दा रक्तदान गर्न नसकेको जानकारी गराउदै रक्तदान जीवनदान,रक्तदान महादान,रक्तदान पुण्यकाम भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै रगत दान गर्ने तथा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबैलाई क्लबको तर्फबाट धन्यवाद दिएकी छिन्।

  • बंगलादेश भ्रमणअघि राष्ट्रपतिले लगाइन् कोरोना खोप

    बंगलादेश भ्रमणअघि राष्ट्रपतिले लगाइन् कोरोना खोप

    काठमाडौं । राष्ट्रपति विद्यादेवि भण्डारीले आसन्न बंगलादेश भ्रमण अगाडी कोरोना भाइरसको खोप लगाएकी छिन् । उनले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जस्थित खोप केन्द्रबाट खोप लिएकी हुन् । आगामी साता बंगलादेशको औपचारिक भ्रमणमा जानु अगाडी आफुले खोप लगाएको उनले संचारकर्मीलाई प्रतिक्रिया दिइन् ।

    आफु खोप वितरणमा आफ्नो उमेर समुह नै पर्खिएको भन्दै उनले बंगलादेश जानु अगाडी भने लगाएको बताएकी हुन् । उनले सबैलाई निर्धक्क भएर खोप लगाउन समेत आह्वान गरेकी छिन् । अघिल्लो साता प्रधानमन्त्री केपी शर्मा ओलीले समेत खोप लिएका थिए । नेपालमा अहिले दोस्रो चरणको खोप अभियान चलिरहेको छ । आइतबार साँझसम्म नेपालमा १५ लाख ५० हजारले खोप लगाइसकेका छन् ।

  • पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी

    पर्यटकलाई समेत अनअराइभल भिसा खुलाउने तयारी

    काठमाडौं । सरकारले नेपाल आउने पर्यटकलाई समेत अब अनअराइभल भिसा खुला गर्ने तयारी गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अनिवार्य क्वारेन्टिनको प्रावधान हटाएर अनअराइभल भिसा समेत दिन सकिने गरी प्रस्ताव मन्त्रिपरिषदमा पठाएको छ ।

    मन्त्रालयका अनुसार ७२ घण्टा भित्रको पीसीआर परीक्षण गरेको नेगेटिभ रिर्पोट लिएर आउने पर्यटकका लागि विमानस्थलमा स्वाव संकलन गर्ने र रिर्पोट नेगेटिभ आउने पर्यटकलाई क्वारेन्टिन बस्न नपर्ने प्रस्ताव गरेको हो । पर्यटकलाई नेपाल आउन सहज होस भन्ने उद्देश्यले अनअराइभल भिसा समेत खोल्ने तयारी छ ।

    यद्दपी यसको निर्णय भने मन्त्रिपरिषदबाट हुनुपर्छ । नेपालमा पर्वतारोहणको मौसम शुरु भएको छ । यसकारण पर्यटक आगमन सहज बनाउनु पर्ने माग व्यवसायीले गरिरहेका छन् । हिमाल चढ्न आउने पर्यटक र उनीहरुको सहयोगी नै नेपालमा सबैभन्दा खर्चालु पर्यटक मानिन्छन् ।

    किनकी उनीहरु हरेक सिजनमा कम्तिमा तीन महिना नेपालमा बस्छन् । अहिले सरकारले कुटनीतिक नियोग र गैरआवासीय नेपालीका लागि मात्र अनअराइभल भिसा खुला गरेको छ । कोरोना भाइरसको महामारीका कारण यात्रामा अहिले पनि झण्झट बेहोर्नु परेको हो ।

  • नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार ३१० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७५जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ४०१ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ९५ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • २८ गतेको निर्णय रद्द गर्न ओलीद्वारा अस्वीकार,नेपाल पक्षको भेला पनि नरोकिने

    २८ गतेको निर्णय रद्द गर्न ओलीद्वारा अस्वीकार,नेपाल पक्षको भेला पनि नरोकिने

    काठमाडौं । नेकपा एमालेका दुई पक्षले अघि बढाइरहेको समानान्तर गतिविधिले निरन्तरता पाउने पाउने भएको छ। सोमबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षको छलफल आ-आफ्नो अडान राख्दै सकिएको छ।

    छलफलमा ओलीले फागुन २८ गते बालुवाटारमा आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुको भेला गरी गरेको भनिएको निर्णय खारेज गर्नुपर्ने अडान नेपाल पक्षले राखेको थियो। सो भेलाबाट ओलीले नेताहरुको जिम्मेवारी हेरफेर गर्ने, केन्द्रीय कमिटी सदस्य थप्नेदेखि विधान संशोधन गर्नेसम्मका निर्णय गरेका थिए।

    तर, नेपाल पक्षको अडानमा ओली पक्ष समहत भएनन्। आ-आफ्ना अडान यथावत रहेपछि सोमबारको छलफल निष्कर्षविहीन भएको छ।

  • एमाले शीर्ष नेताबीचको सामूहिक छलफल निष्कर्षविहीन

    एमाले शीर्ष नेताबीचको सामूहिक छलफल निष्कर्षविहीन

    काठमाडौं । नेकपाका अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच छलफल निष्कर्षविहीन टुंगिएको छ । सोमबार दुवै समूहबीच करिब २ घन्टा लामो छलफल चलेको थियो।

    एमालेमा विवाद चर्किएको बेला ओली र नेपालबीच दोस्रो तहका नेताहरुलाई साथमा लिएर करिब ४ महिनापछि भेटवार्ता भएको हो। बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै एमाले नेता भीम रावलले आफूहरूले फागुन २८ गते ओली पक्षले गरेको निर्णय नमान्ने अडान राखेको बताए। तर, त्यसमा ओलीले कुनै जवाफ नदिएको उनको भनाइ छ।

    त्यस्तै नेपाल पक्षका नेता रघुजी पन्तले वार्ता सकारात्मक भएको प्रतिक्रिया दिए। ुवार्ता सौहार्यदपूर्ण भयो। सकरात्मक भयो। एकअर्काका कुरा सुन्ने, बुझ्ने काम भयो,’ उनले भने, ‘हामीले आफ्ना अडान राख्यौं। अब प्रधानमन्त्रीले यसलाई सकारात्मक तरिकाले अगाडि बढाउनुहुन्छ भन्ने अपेक्षा लिइएको छ।ु

    प्रधानमन्त्री ओलीले छलफलका लागि नेपाल पक्षलाई बालुवाटार बोलाएका थिए । तर, नेपाल पक्षले बालुवाटार नजाने अडान लिएपछि प्रधानमन्त्री ओली धुम्वाराही आएका थिए।

    पार्टी कार्यालय धुम्बाराहीमा सुरु भएको बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ सहभागी भएका थिए। अर्को समूहबाट नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, र रघुजी पन्तलगायत सहभागी भएपनि वरिष्ठ नेता झलनाथ खनाल भने उपस्थित भएनन्।

    दुई पक्षको छलफल सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच एक्लाएक्लै भेटवार्ता शुरु गरेका छन् ।

  • ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    ललितपुरको नख्खुमा सवारी दुर्घटना, एक जनाको मृत्यु

    ललितपुर । ललितपुरको नख्खुदोबाटोमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । एक जना घाइते छन् । गतराती साढे ९ बजे ना २ ख ७५८३ नम्बरको कन्टेनरले प्रदेश नम्बर ३-०२-०१८ प ८३६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक कास्की घर भई ललितपुरको बागडोल बस्ने ३७ वर्षिय गणेशप्रसाद अधिकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ ।

    मोटरसाइकलको पछाडि बसेका ललितपुर शोभाहिटीका ३२ वर्षका रवि श्रेष्ठ घाइते भएका छन् । उनको नर्भिक अस्पतालमा उपचार जारी छ । कन्टेनर चालक प्रहरी नियन्त्रणमा छन् । काठमाडौं उपत्यकामा दुई पांग्रे सवारी साधन अत्यधिक असुरक्षित बन्दै गएको छ ।

  • नेपाल-खनाल पक्षको राष्ट्रिय भेला अगाडी प्रधानमन्त्रीबाट केन्द्रिय सदस्यलाई चियापानको निम्तो

    नेपाल-खनाल पक्षको राष्ट्रिय भेला अगाडी प्रधानमन्त्रीबाट केन्द्रिय सदस्यलाई चियापानको निम्तो

    काठमाडौं । एमालेका वरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनाल पक्षधरले आगामी चैत ४ गते राष्ट्रिय भेला बोलाएका छन् । त्यसको पूर्वसन्ध्यामा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चैत ३ नै केन्द्रीय सदस्यलाई चियापानमा निम्ता दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेदेखि चियापान तथा अनौपचारिक भेटघाट कार्यक्रम
    हुने भनी निम्ता गएको छ ।

    निम्ता नेपाल र खनाल पक्षका नेताहरुलाई समेत गएको छ । प्रधानमन्त्रीले यसअघि खनाल र नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोस्ने तथा एकलौटी रुपमा पार्टीको महाधिवेशनको मिति तोक्ने निर्णय गरेका थिए । यसले पार्टी विभाजनतर्फ मोडिएको निष्कर्ष अर्को पक्षले गरेको छ । सोही अनुसार नेपाल खनाल पक्षले राष्ट्रिय भेला गर्न लागेको हो । नेपाल-खनाल पक्षले भने चियापानका नाममा अवैधानिक बैठकहरुलाई अध्यक्ष ओलीले वैधानिक बनाउन कोसिस गरेको प्रयासका रुपमा लिएका छन् ।

  • नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७५ हजार २३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७७ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७१ हजार ३२६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ९१ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

    सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट

    काठमाडौं । सिरहाको लहानस्थित मालपोत कार्यालयमा बम विष्फोट भएको छ । आइतबार दिउँसो मालपोत कार्यालयको माथिल्लो तलाको हलमा विष्फोटमा भएको प्रहरीले जनाएको छ ।

    विष्फोटमा परी करिब आधा दर्जन मानिस घाइते भएका र घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल लगिएको छ ।

    विष्फोटले आगलागी हुँदा कार्यालयको कागजात जेलेको प्रहरीले बताएको छ । अहिले घटना स्थलमा बाक्लो संख्यामा सुरक्षाकर्मीहरु खटिएका छन् । विस्फोट कसले गराएको भन्ने अहिलेसम्म नखुलेको प्रहरीले जनाएको छ ।

  • एमालेको नेपाल-खनाल समुहले बोलायो कार्यकर्ता भेला

    एमालेको नेपाल-खनाल समुहले बोलायो कार्यकर्ता भेला

    काठमाडौं । नेकपा एमालेको खनाल, नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला गर्ने भएको छ । वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्य र संघीय सांसदहरुको शनिबार बसेको बैठकले चैत ४ र ५ गते कार्यकर्ता भेला गर्ने भएको छ ।

    भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका निर्वाचित प्रमुख र उपप्रमुखका साथै पार्टी कमिटीका पदाधिकारीलाई आह्वान गरिएको छ ।

    बैठकले यसअघि अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको निष्कर्ष समेत निकालेको हो । अध्यक्ष ओलीले शुक्रबार बालुवाटारमा गरेको बैठकबारे केन्द्रीय पदाधिकारी र सदस्यहरुलाई जानकारी नगराएको र बहुमत सदस्यसमेत उपस्थित नभएकाले अवैध भएको समूहले दाबी छ ।

  • टोखामा एक युवक मृत अवस्थामा भेटिए

    टोखामा एक युवक मृत अवस्थामा भेटिए


    अमृता के सी ( रोनी )
    काठमाडौँ,फागुन २९/टोखा नगरपालिका वडा नम्बर १ मा एक युवक मृत अवस्थामा फेला परेका छन्।शनिबार बिहान टोखा स्थित मालुङ्ग साङ्गला ढलान सडक नजिकै रहेको बाँसको झाँङ्गमा एक युवकको शव फेला परेको हो।मृतकको साथबाट मोरङ्ग बेलबारी स्थायी ठेगाना आशिष लिम्बुको नाम र वर्ष २५ रहेको परिचयपत्र फेला परेको प्रहरीले जनाएको छ।मृतकको मुखबाट रगत बगेको र शरिरमा निलडाम रहेको हुँदा हत्या भएको हुनसक्ने आशंका भएको प्रहरीले जनाएको छ भने प्रहरीले थप अनुसन्धानको काम अगाडी बढाएको छ ।

  • एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

    एमालेमा नेपाल-खनाल समुहबाट समानान्तर कमिटी गठन

    काठमाडौं । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु खारेज गर्ने निर्णय गरेको भोलीपल्ट बरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी गठन गरेको छ । यो संगै एमालेमा स्पष्ट दुई धारमा कमिटीहरु क्रियासिल भएका छन् ।


    एमालेको नेपाल-खनाल समुहको आज बसेको केन्द्रीय कमिटी बैठकले समानान्तर कमिटी गठन गर्ने निर्णय गरेको नेपाली संचारमाध्यमले जनाएका छन् । समुहले प्रदेश १ को संयोजकमा भीम आचार्य तोकेको छ । प्रदेश २ मा घनश्याम भुसाल, वागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य र गण्डकीको जिम्मा सुरेन्द्र पाण्डेलाई तोकिएको छ ।

    लुम्बिनी र कर्णालीको जिम्मा युवराज ज्ञवाली र प्रदेश ७ को जिम्मा भीम रावललाई दिइएको छ। बैठकले रघुजी पन्त युवा विभाग, गोकर्ण बिष्टलाई विद्यार्थी विभाग, योगेश भट्टराईलाई प्रचार विभाग, अष्टलक्ष्मी शाक्यलाई महिला विभाग र प्रमेश हमाल बुद्धिजीवी विभागको प्रमुख तोकेको समेत जनाइएको छ ।

    यसअघि प्रधानमन्त्री ओलीले माधव नेपाल र झलनाथ खनालको पक्षमा रहेका सबै नेताहरुको जिम्मेवारी खोस्दै एकलौटी महाधिवेशनको मिति तोकेका थिए ।

  • माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलायो

    माओवादी केन्द्रले मन्त्रीहरुलाई फिर्ता बोलायो

    काठमाडौं । माओवादी केन्द्रले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन पार्टीले निर्देशन दिएको हो । पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।

    वर्तमान सरकारमा गृहमन्त्री बादल, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, सिँचाइमन्त्री प्रभु साह, खेलकुदमन्त्री दावा लामा र श्रम मन्त्री गौरीशंकर चौधरी माओवादीबाट सरकारमा रहेका छन् । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बादलसहित २३ जनालाई एमालेको केन्द्रीय सदस्य मनोनयन गरिसकेको सन्दर्भमा माओवादीले सबै नेतालाई सरकारबाट फिर्ता आउन भनेको हो ।

    ओलीतिर लागेका यी मन्त्रीहरुलाई २४ घण्टे स्पष्टीकरण समेत सोधिएको छ । माओवादी मन्त्रीहरु भने अब ओलीतिरै बस्ने निर्णयमा पुगिसकेका छन् । माओवादी केन्द्रले आइतबार एघार बजे केन्द्रीय कमिटी बैठक बोलाएको छ। नयाँ सरकारका विषयमा भएको छलफलबारे भने सार्वजनिक गरिएको छैन ।

  • आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

    आज माओवादी स्थायी कमिटी बैठक, एमालेमा गएका नेताबारे निर्णय हुँदै

    काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आजका लागि बोलाइएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वमाओवादीका दुई दर्जन नेतालाई एमालेमा विभिन्न जिम्मेवारी दिएसँगै ती नेताबारे माओवादी केन्द्रले आज निर्णय गर्ने भएको हो । बैठक पार्टी कार्यालय पेरिसडाँडामा बोलाइएको छ । बैठकमा विकसित राजनीतिक घटनाक्रम र जनता समाजवादी पार्टी र नेपाली कांग्रेससँगको छलफलबारे समेत कुरा हुने भएको छ ।

    आजको बैठकमा केन्द्रीय कमिटी बैठकको एजेण्डा समेत तय गर्न सक्ने बताइएको छ । माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आइतबारका लागि बोलाइएको छ । स्थायी कमिटी बैठकले शुक्रबार नेकपा एमालेको केन्द्रीय सदस्यमा मनोनीत भएका पार्टीका नेताहरुलाई कारवाहीका लागि केन्द्रीय समितिलाई सिफारिस गरेमा उनीहरुमाथि कारवाही हुने छ ।

    माआवादी केन्द्रका नेताहरु रामबहादुर थापा ‘बादल’, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा मन्त्री छन् । उनीहरुसहित २३ जनालाई प्रधानमन्त्री ओलीले एमालेको केन्द्रीय सदस्य मनोनीत गरेका हुन् ।

  • पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

    पशुपतिनाथ दर्शनमा आएका सन्त-महन्तलाई भेटीसहित बिदा गरिँदै

    काठमाडौं । महाशिवरात्रिको अवसर पारी पशुपतिनाथ दर्शनमा आएका साधुसन्त तथा महन्तहरुलाई आज भेटी र दक्षिणासहित बिदाइ गरिने भएको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार १०० देखि १५ हजार रुपैयाँसम्म दक्षिणा दिएर साधुसन्तलाई बिदाइ गरिने भएको हो । साधुसन्तलाई विभिन्न वर्गमा वर्गीकरण गरी स्तरअनुसार दक्षिणा दिने प्रचलन रहेको छ ।

    गुठी संस्थानले समेत साधुसन्तलाई दक्षिणा एवं फागुन शुक्ल एकादशीका दिन राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प गरेका सामग्री दिएर बिदाइ गर्ने कार्यक्रम छ । फागुन कृष्ण एकादशीदेखि औँसीसम्म संस्थान र कोषले साधुसन्तलाई बस्ने, खाने एवं धुनी जगाउने व्यवस्था गरेको हो । शिवरात्रीमा भारतबाट मात्र हजारौंको संख्यामा साधुसन्त पशुपतिनाथ मन्दिर आउने गर्छन् । मेलाको मूख्य आकषूण साधु सन्त पनि हुन् ।

  • जसपाले जित्ने देखिएपछि सरकार बनाउन तात्तिएको हो कांग्रेस ?

    जसपाले जित्ने देखिएपछि सरकार बनाउन तात्तिएको हो कांग्रेस ?

    काठमाडौं । जनता समाजवादी पार्टीको समर्थन लिन नेकपा एमाले ओली पक्ष र माओवादी केन्द्रले प्रयास गरिरहेका छन् । जसपा निर्णायक बन्ने अवस्थामा कांग्रेसले नयाँ सरकारको गठनको पहल थाल्ने निर्णय गरेको छ । पार्टीका देउवा र पौडेल दुबै खेमाले एक स्वरमा प्रधानमन्त्रीमा दावेदारी गर्ने र कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउन पहल गर्न देउवालाई आग्रह गरेका छन् ।

    पहिलो पटक नेकपा भित्रको विवाद र अहिले जनता समाजवादी पार्टी (जसपा) को अन्तरिक मतभेदलाई कारण देखाउँदै देउवा भने पर्ख र हेरको अवस्थामा छन् । अहिले एमालेको ओली पक्षबाहेक सबै दल प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् । सोही अनुसार जोडघटाउ पनि सुरु भएको छ ।

    अहिले माओवादी केन्द्रले कांग्रेसको नेतृत्व स्वीकार गरी एमालेबाहेकका दलको सहभागितामा सरकार बनाउन चाहेको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफु प्रधानमन्त्री नबन्ने तर देउवालाई प्रधानमन्त्रीमा स्वीकार गर्ने बताइसकेका छन् । देउवाको निवास बुढानीलकण्ठमा शुक्रबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकले सरकार गठनको पहल लिन देउवालाई आग्रह गरेको छ ।

    शुक्रबारको बैठकमा जसपाका मागका सम्बन्धमा समेत छलफल भएको बताइएको छ । वर्तमान प्रधानमन्त्रीबाट स्वतन्त्र र निष्पक्ष चुनाव हुन नसक्ने निष्कर्ष निकाल्दै कांग्रेस नेताहरुले अब चुनावी सरकारको नेतृत्व गर्ने मौका गुमाउन नहुने सुझाव समेत दिएका छन् । यस अवस्थामा भने कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त सरकार बन्ने छ । एमाले प्रतिपक्षमा बस्नुपर्ने छ ।

    कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठक पछि भने कांग्रेसका शीर्ष नेताले जसपाका शीर्ष नेतासँग शुक्रबार नै छलफल गरेका छन् । कांग्रेससँगको छलफलका लागि जसपाका संघीय परिषदका अध्यक्ष डा. बाबुराम भट्टराई समेत पुगेका थिए । उनी ओलीले बोलाएको बैठकमा गएका छैनन् ।

  • मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    मकवानपुरमा सवारी दुर्घटना, तीन जनाको मृत्यु

    हेटौडा । मकवानपुरमा शनिबार बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको मकवानपुर, मनहरी ६ सुनाचुरीमा रात्रीबस र ट्रक एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा १० जना घाइते छन् । शनिबार बिहान हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना४ख ५१४९ नम्बरको बस र विपरीत दिसाबाट हेटौंडा आउँदै गरेको ना६ख८९ नम्बरको ट्रक ठोक्किएका छन् ।

    दुर्घटनामा बस चालक वीरगञ्ज महानगरपालिका १५ का ३५ वर्षीय मदनकुमार थापा, बसमा सवार भारत सिस्वाका अन्दाजी ३५ वर्षिय वर्षीय अभयलाल कुश्वाह र बिहारका ४० वर्षीय सुनिलकुमार रहेको प्रहरीको उल्लेख गरेको छ । घाइतेको हेटौंडामा र भरतपुरमा उपचार जारी छ । तिव्र गतिमा रहेका सवारी एक आपसमा ठोक्किएको अनुमान छ ।