Category: समाचार

  • बुढानिलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

    बुढानिलकण्ठ नगरपालिकामा १११ औँ अन्तर्राष्ट्रिय नारी दिवस मनाईयो

    अमृता के सी ( रोनी )
    काठमाडौँ/१११ औँ अन्तर्राष्ट्रिय नारी दिवस बुढानिलकण्ठ नगरपालिकाको महिला तथा बालबालिका विकास शाखाको संयोजकत्वमा नगरपालिका प्रांगणमा मनाइएको छ। “महिलाहरुको सुरक्षा, सम्मान र रोजगारः समृद्ध नेपालको आधार” नाराका साथ फागुन २४ गते सोमबार विशेष समारोह आयोजना गरिएको हो।

    कार्यक्रममा उद्योग बाणिज्य तथा अपुर्ति राज्य मन्त्रि माननिय बिमला बि.क., बागमति प्रदेश सभा सदस्य सिता लामा, संविधान सभा सदस्य शान्ति अधिकारी, मानव अधिकार आयोग सदस्य लिलि थापा, सि.एन.एन. हिरो पुष्पा बस्नेत, बूढानीलकण्ठ नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, नगर सल्लाहकार सुन्दर पुर्कुटि, नगरपालिकाका १३ वटै वडाका वडा अध्यक्ष, वडा सदस्य, नगर कमिटि सदस्य, प्रमुख प्रसाशकिय अधिकृत बैकुण्ठ सापकोटा, प्रसाशकिय अधिकृत जयराम गजुरेल, नगरपालिका हरेक शाखाका कर्मचारी, विभिन्न राजनितिक दलका प्रतिनिधी लगायत महिला समाजसेवि, महिला सञ्जाल, महिला समुह, एकल महिला समुहका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो थियो।

    विश्वका अन्य देशहरुमा झैं प्रत्येक वर्ष फागुन २४ गते नेपालले पनि अन्तर्राष्ट्रिय महिला दिवस मनाउँदै आएको छ।नेपाल पुरुष प्रधान देश भएकै कारण कतिपय ठाउँमा लैंगिक समानता, लैंगिक विभेद र हिंसा हुने भएकोले सबैलाई सचेतना साथै आफ्नो हक अधिकारको लागि अघि बढ्न प्रेरणा दिदै महिला दिवस मनाउने परम्परालाई निरन्तरता दिन कार्यक्रमको आयोजना गरिएको हो।

  • छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने

    छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमाले र माओवादी केन्द्रमा फर्किने

    अन्ततः छुट्टिए प्रचण्ड–माधव नेपाल समूह, एमालेमै गएर संघर्ष गर्ने नेपाल पक्षको निर्णय
    काठमाडौं, २४ फागुन । प्रचण्ड–नेपाल स्थायी समितिको बैठकले पूर्वएमाले र पूर्वमाओवादी अलग अलग भएर जाने निर्णय गरेको छ।

    पेरिसडाँडामा आज बसेको यो समूहको बैठकले यस्तो निर्णय गरेको हो। उनी पेरिसडाँडाबाट फेरि भेटौंला भन्दै बाहिरिएका थिए । अब एमाले र माओवादी केन्द्र आफ्नोआफ्नो हिसाबले अघि बढ्ने भएका छन्। खनालले भने, ‘अदालतको फैसला राजनीतिक भयो, यसमा हाम्रो असहमति छ। तर फैसला मान्नैपर्यो,’ बैठकबाट फर्किंदै झलनाथ खनालले भने, ‘फेरि भेटौंला।’

    प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०को बैठक अन्तिम भएको बताए । उनले एमाले र माओवादी केन्द्रबीच पुनः पार्टी एकता गर्ने पहल जारी राख्ने बताए । प्रचण्ड–माधव नेपाल पक्षको स्थायी कमिटी बैठकको निर्णयबारे जानकारी दिँदै उनले केपी शर्मा अ‍ोलीले प्रधानमन्त्रीबाट राजीनामा दिनुपर्ने बताए ।

    आइतबार सर्वोच्च अदालतले सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी ९नेकपा०लाई खारेज गर्दै एमाले र माओवादी केन्द्र ब्यूँताइदिएको थियो ।

  • नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज

    नेपालमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि, ४२ जना डिस्चार्ज

    काठमाडौं । नेपालमा थप ८९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ८१० जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४२ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ९२७ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ७२ रहेको छ । पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या १ जना रहेको छ । यो सहित मृतकको संख्या ३०११ जना पुगेको छ ।

  • ‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’

    ‘म कुन पार्टीको प्रधानमन्त्री रे ! जान्ने मन भए सर्वोच्चमा जानुस्’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्च अदालतलाई सोध्न आग्रह गरेका छन् ।

    अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बोल्दै ओलीले पार्टीका नेता भीम रावललाई म कुन पार्टीको प्रधानमन्त्री भनेर सर्वोच्चलाई नै जानुस् भन्दै व्यंङग गरेका हुन् ।

    आइतबार प्रतिनिधिसभाको बैठकमा प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले ‘प्रधानमन्त्री कुन पार्टीको हो’ भनेर प्रश्न गरेका थिए। सोही अभिव्यक्तिको जवाफ दिँदै ओलीले आफ्नो पार्टीका बारेमा सर्वोच्चलाई सोध्न भनेका हुन्।

    ‘अब हुँदा हुँदा प्रधानमन्त्री कुन पार्टीका हो जानकारी पाउँ भन्नुभयो, सर्वोच्च अदालतमा जानुस्। कुन पार्टीको हो रे !’ ओलीले भने।

    आइतबार सर्वोच्च अदालतले तत्कालीन एमाले र माओवादी केन्द्र ब्यूँतिनेगरी फैसला गरेको थियो।

  • कांग्रेस र प्रचण्ड-माधव समुहको अवरोधपछि प्रतिनिधिसभा बुधबारसम्म स्थगित

    कांग्रेस र प्रचण्ड-माधव समुहको अवरोधपछि प्रतिनिधिसभा बुधबारसम्म स्थगित

    काठमाडौं । प्रतिनिधिसभाको बैठक आगामी बुधबारसम्मका लागि स्थागित भएको छ । संसद सचिवालयले सूचना टासी बुधवार १ बजेसम्मका लागि संसद स्थगित भएको बताएको हो । प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसले आज संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता हुनुपर्ने माग गर्दै नाराबाजी गरेको छ । त्यसपछि बैठक १० मिनेटका लागि स्थगित भएकोमा सूचना टासी बुधबारसम्म स्थगित गरिएको हो ।

    कांग्रेसको निर्णयमा जनता समाजवादी पार्टीले पनि काङ्ग्रेसलाई साथ दिएको छ । पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक प्रचण्ड-माधव नेपाल समूहका सांसदहरूले बहिष्कार गरेका थिए। नेकपाका नेताहरुले सर्वोच्च अदालतले संसद्‌ पुनर्स्थापित गरेसँगै सरकारले वैधानिकता गुमाएको भन्दै पहिलो बैठकमा अध्यादेश सहितका कार्यसूची राख्न नहुने माग गरेका थिए ।

  • प्रचण्ड माधव समूहद्वारा संसद बैठक बहिष्कार

    प्रचण्ड माधव समूहद्वारा संसद बैठक बहिष्कार

    काठमाडौं । प्रचण्ड–नेपाल समूहले संसदको बैठक बहिष्कार गरेका छन् ।

    सभामुख अग्नि प्रसाद सापकोटाले अध्यादेश लगायतका विषय बैठकको कार्यसूची तय गरेपछि प्रचण्ड–नेपाल समूहले बैठक बहिस्कार गरेको हुन् । प्रचण्ड–नेपाल समूहका सबै सदस्य बाहिरिएका छन् ।

  • नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ७३१ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ५८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ८८६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय २८ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • सर्वोच्चको फैसलाले ब्युँतिए एमाले र माओवादी केन्द्र

    सर्वोच्चको फैसलाले ब्युँतिए एमाले र माओवादी केन्द्र

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा नाम विवादमा ऋषिराम कट्टेलको पक्षमा फैसला सुनाएको छ। न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् ।

    नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने आयोगको २३ जेठ २०७५ को निर्णय र त्यसलाई सदर गर्न ९ कात्तिक २०७५ को निर्णय बदर गर्दै सर्वोच्चले साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्र अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने बताएको छ ।

    ‘निर्वाचनमा आयोगका यी दुवै निर्णय बदर भए पश्चात साबिकमा निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साबिक कै अवस्थामा कायम रहने हुँदा अब यी दुई राजनीतिक दलको एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरीत नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्थित हुन जानकारी दिइ शीघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नू गराउनू’ भनि इजलासले आदेश दिएको छ

  • नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

    नेकपा नाम विवाद : ऋषि कट्टेलको पक्षमा सर्वोच्चको फैसला

    काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिष्‍ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।

    न्यायाधीशहरु बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले आइतबार ऋषि कट्टेलको पक्षमा फैसला सुनाएका हुन् ।

    यो फैसलासँगै केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा रहेको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्वाचन आयोगको निर्णय खारेज खारेज भएको छ ।

  • नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने

    नारायणगढ-मुग्लिन सडक दिउँसो दैनिक साढे ४ घण्टा बन्द, एक सातापछि मात्र खुल्ने

    काठमाडौं । नारायणगढ-मुग्लिन सडक खण्डमा यात्रा गर्दै हुनुहुन्छ भने आजबाट एक साता ट्राफिक जामको समस्या पर्न सक्छ । पहिरो रोकथामसम्बन्धी बाँकी पुरा गर्न यो सडक खण्ड आजबाट एक हप्ता दिउँसो बन्द हुँदैछ । आगामी २९ गतेसम्म दिउँसो साढे १० बजेबाट ३ बजेसम्म सडक बन्द गर्न लागिएको छ ।


    नारायणगढमुग्लिन सडक आयोजनाका अनुसार यो सडकखण्डको चारकिलोमा पहिरो रोकथामको काम गरिँदैछ । अत्यावश्यक सेवाबाहेक सबै सवारी साधनको आवागमन दुई तर्फी नै रोक्न लागिएको छ । असार पहिलो साता पहिरोले बगाएको क्षेत्रमा पहिरो रोकथामको काम हुनेछ । आजबाट नारायणढतर्फबाट गएका सवारी साधनलाई जलबिरेमा र मुग्लिनतर्फबाट आएका सवारी साधनलाई शान्तिबजारमा रोकिने भएको छ ।

  • दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

    दार्चुलामा जीप दुर्घटना, तीन जनाको मृत्यु

    दार्चुला । दार्चुलामा जीप दुर्घटनामा परी कम्तिमा तीन जनाको मृत्यु भएको छ । नेपाली संचारमाध्यमहरुका अनुसार चालक सहित तीन जनाको मृत्यु भएको पुष्टी भएको छ । शनिबार साँझ शैल्यशिखर नगरपालिका–८ अमतोलीबाट लेकम गाउँपालिका–४ रिठाचौपातातर्फ जाँदै गरेको ग ३ च १६९३ नम्बरको को जीप दुर्घटनामा परेको छ ।

    जीप लेकम गाउँपालिका–६ स्थित उचकोट भन्ने स्थानमा कच्ची सडकखण्डबाट अन्दाजी १०० मिटर तल खसेको स्थानीय प्रहरीले जनाएको छ । जीपमा ७ जना चढेका थिए ४ जना घाइते भएको प्रदेश प्रहरी कार्यालय दिपायलले जनाएको छ । मृत्यु हुनेमा जीप चालक चालक ३८ वर्षीय करन नाथ, शैल्यशिखर नगरपालिका–८ की ७० वर्षीया सुनादेवी पन्त र सोही ठाउँका ४० वर्षीय पदमराज पन्त छन् ।

    घाइते शैल्यशिखर नगरपालिका–८ का ७२ वर्षीय बुद्धि बल्लभ पन्त, पदम राज पन्तका छोराहरु वर्ष १२ का मुकेश पन्त र ७ वर्षीय बसन्त पन्त र ७० वर्षीय गंगादेवी पन्तको उपचार जारी छ ।

  • पुर्वि काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको सम्भाव्यता अध्ययन सुरु

    पुर्वि काठमाडौँमा नयाँ शहरी विकास आयोजनाको सम्भाव्यता अध्ययन सुरु

    अमृता के सी ( रोनी )
    काठमाडौं फागुन २२/काठमाडौंको पुर्वी भेगमा रहेको गोकर्णेश्वर, कागेश्वरी मनोहरा र शंखरापुर नगरपालिकाले संयुक्त रुपमा संचालन गर्न लागेको “पुर्वी काठमाडौं नयाँ शहरी विकास आयोजना” ले आज जग्गाधनीहरु र मोहीहरू बिच अन्तरक्रिया कार्यक्रम गरेको छ ।

    कार्यक्रममा आयोजना प्रमुख, इन्जिनियरहरु, सम्बन्धित नगरपालिकाका प्रमुख सहित जनप्रतिनिधिहरुका साथै सरोकारवाला जग्गाधनी र मोहीहरु बिच आज गोकर्णेश्वरको जोरपाटी स्थित पिस पार्टी प्यालेसमा छलफल भयो।

    बिकास आयोजनाले कागेश्वरी मनोहरा नपाको वडा नम्बर १,२,३,४ गोकर्णेश्वर नपाको वडा नम्बर १,२,४ र शंखरापुर नपाको वडा नम्बर ९ को करिब २६ हजार रोपनी जग्गा एकीकरण गरि नयाँ शहर बिकास गर्न लागेको हो।जस अन्तर्गत फराकिलो सडक,खुल्ला क्षेत्र,खेल क्षेत्र,बाल उध्यान,मठ मन्दिर लगायतका आवश्यक क्षेत्र सहितका आवास क्षेत्र निर्माण हुनेछ।
    जग्गाको भौतिक अवस्था अनुसार क,ख,ग, र घ गरि ४ बर्गमा बिभाजन गरेर एकीकृत गर्ने आयोजनाको लक्ष्य रहेको शहरी योजनाकार इन्जिनियर सुमन पाठकले जानकारी दिए।उनी भन्छन् “सम्भाव्यता अध्ययन सकिएपछी छिट्टै आयोजनाले डिपिआर तयार गरि सम्बन्धित नगरपालिकालाइ बुझाउने छ”।

    आयोजना प्रमुख इन्जिनियर दिपक श्रेष्ठ कार्यक्रमको प्रष्टीकरण गरेका थिए।श्रेष्ठका अनुसार जग्गा एकीकरण गरेर शहरीकरण भएपछि सम्बन्धित जग्गाधनीलाई जग्गा फिर्ता गरिने छ।जस्मा जग्गाको समूह अनुसार ११ देखि ३३ प्रतिशत जग्गा सम्बधित धनीले कम पाउनेछन् ।

    कार्यक्रमा बोल्दै गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसेले “जग्गा एकीकरण पछि जग्गाको स्वरुप परिवर्तन भइ हालको भन्दा ३ गुणा सम्म मुल्यांकन बढ्ने र जग्गाको भौतिक अबस्थामा समेत परिबर्तन भइ उत्कृष्ट घडेरी र व्यवस्थित शहरको रुपमा बिकास हुने बताउदै सम्बन्धित सरोकारवालाइ यस आयोजनालाई साथ दिन पनि आग्रह गरेका छन् ।

  • आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान

    आज बढ्न सक्छ बागमतिको सतह, सतर्क रहन आह्वान

    काठमाडौं । मेलम्ची खानेपानीको परीक्षणका दौरान आज सुन्दरीजलमा पानी खसालिँदैछ । यसरी आएको पानीलाई मेलम्चीको वितरण केन्द्रमा नभई बागमति नदीमा पठाइने छ । यसले नदीको जलप्रवाह बढ्न सक्ने भन्दै मेलम्ची विकास समितिले सतर्क रहन नदी किनारका बासिन्दालाई आह्वान गरेको छ । सुरुङ परीक्षणका क्रममा बागमतीमा नदीमा पानीको सतह घटबढ हुनसक्ने जनाउँदै सजग रहन स्थानीयवासीलाई अपिल गरेको हो ।

    फागुन १० गतेदेखि सुरुङ परीक्षणका लागि पानी पठाइएकामा आज सुन्दरीजल आइपुग्ने छ । पानीको केही परिमाण सिधैँ बागमतीमा जाने समितिको भनाई छ । पानीको परिमाण एकै पटक बढ्न सक्ने भएकाले सजग रहन भनिएको हो । आयोजनाका मुख्य पूर्वाधारका रुपमा रहेको सुरुङको निर्माण गत वर्ष सकिएसँगै परीक्षणको काम जारी छ । आज परीक्षणको अवलोकन गर्न प्रधानमन्त्री सुन्दरीजल जाँदैछन् ।

  • शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    शंखरापुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

    काठमाडौं/शंखरापुर नगरपालिकाको जहरसिंह पौवामा नगर प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ।
    शुक्रबार जहरसिह पौवास्थित स्थानिय सामुदायिक हलमा सम्पन्न कार्यक्रममा उपप्रमुख शुक्र लक्ष्मी श्रेष्ठ ,प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा ,विभीन्न शाखाका प्रमुखहरु,वडा अध्यक्षहरु,नगर कार्यपालिका सदस्य,कर्मचारी र नगरवासीहरुको उपस्थिति रहेको थियो।
    मणिचुड मिडियाको सहजीकरणमा भएको सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले आफ्ना समस्याहरु राखेका थिए भने नगरपालिकाले हाल सम्म सम्पन्न गरेका कामहरुका बारेमा जानकारी प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले गराएका थिए।कार्यक्रममा नगरवासिहरुबाट सुझाव समेत संकलन गरिएको थियो।

    साथै सार्वजनिक सुनुवाई कार्यक्रममा मणिचुड मिडियाले नगरपालिकाका विभिन्न वडाहरुमा गरिएको स्थलगत अध्ययन मार्फत संकलन गरेको सेवाको सन्तुष्टि,सेवाको नियमितता ,सेवाको गुणस्तर आदि विषयमा उठाएका प्रश्नहरुको नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले जवाफ दिएका थिए।

    सार्वजनिक सुनुवाईमा साँखु सम्पदा बस्ति निर्माण,सडक र धुलोको समस्या समाधान ,भूकम्प पिडितहरुको समस्या समाधान,नक्शा पास र निर्माण सम्पन्न गर्दा देखिएका समस्या,काममा हुने ढिलासुस्ती आदिका बारेमा प्रश्नहरु उठान गरिएको थियो।

  • मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने

    मेलम्चीको पानी आज काठमाडौं झारिँदै, प्रधानमन्त्री सुन्दरीजल जाने

    काठमाडौं । आज मेलम्चीको पानी काठमाडौं झारिदैछ । दुई साता अगाडी नै सुरूङमा पठाइएको पानी आज काठमाडौंस्थित सुन्दरीजलमा झार्न लागिएको हो । सिन्धुपाल्चोकको मेलम्ची नदीको पानी सुरूङमार्गमार्फत पहिलो पटक काठमाडौं आएको हो । निर्माण थालेको दुई दशकपछि काठमाडौं बासीको पानीको तिर्खा मेट्ने सपना पुरा हुने समय भने नजिकिएको छ ।

    आयोजनाको मुहानबाट सुरूङमा परीक्षणका लागि छाडिएको पानी आज दिउँसोसम्म सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा झरिसक्ने आयोजनाको भनाई छ । आयोजनाको मुहानबाट सुरूङमार्ग साढे २६ किलोमिटर लामो रहेको छ । सुन्दरीजलमा पानी झरेको हेर्न प्रधानमन्त्री केपी शर्मा ओली जाने कार्यक्रम रहेको छ । आयोजनाले परीक्षणका लागि फागुन १० गते सुरुङमा पानी छाडेको हो । यो दोस्रो प्रयासमा सफल हुन लागेको हो ।

    यसअघि असारमा पहिलोपटक गरिएको परीक्षण असफल भएको हो । सुरुङमा आएको मेलम्चीको पानी सुन्दरीजलस्थित केन्द्रमा प्रशोधन गरी काठमाडौं उपत्यकामा वितरण हुनेछ । ​सुरुङमा पानी प्रवाह सफल भए अबको तीन महिनाभित्र काठमाडौं उपत्यकामा वितरण प्रणाली विस्तार गरिएको स्थानका नागरिकले मेलम्चीको पानी प्रयोग गर्न पाउने भएका छन् ।

    आयोजनाका अनुसार सुरुङमार्गबाट झर्ने पानीलाई बागमतीमा बगाउने तयारी छ । जसले गर्दा आज बागमतीको समेत सतह बढ्न सक्छ ।

  • भारतको नोयडामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु

    भारतको नोयडामा सवारी दुर्घटना, चार नेपालीको मृत्यु

    दैलेख । भारतको नोयडामा सडक दुर्घटनामा परी चार जना नेपालीको ज्यान गएको छ । भारतबाट रोजगारी गरी नेपाल घर फर्किन लागेका दैलेखका चार जनाको सवारी दुर्घटनामा निधन भएको हो ।


    दैलेखको दुल्लु नगरपालिका–६ खर्चेगैराका कालो रावलको परिवारका ३ सदस्यसहित नेपाल फर्किन लागेका चार जनाको सवारी दुर्घटनामा मृत्यु भएको नेपाली संचारमाध्यमले लेखेका छन् ।

    रोजगारीको शिलशिलामा भारत गएका उनीहरु बम्बईबाट आउने क्रममा उत्तर प्रदेशको नोयडा भन्ने ठाउँमा गाडी दुर्घटनामा परेका हुन् । नेपाल फर्किन लागेका कालो रावल, उनकी श्रीमती बुदी रावल, सात बर्षीय छोरा टोपेन्द्र रावल र सँगै यात्रा गरिरहेका तिलक घर्तीको दुर्घटनामा मृत्यु भएको छ ।

  • विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?

    विप्लवसँगको सहमतिमा हतियारको विषय खै ?

    काठमाडौं । हिंसात्मक गतिविधि गरिरहेको नेत्रविक्रम चन्द विप्लव समूहसँग सरकारले सम्झौता गरेको छ । सम्झौता अनुसार यो समुह शान्तीपूर्ण राजनीतिमा आउन तयार भएको छ । सम्झौतामा आफु इमानदार रहने प्रतिवद्धता समेत विप्लवले गरेका छन् । तर, खुला राजनीतिमा आउने भनिएसँगैै उक्त समूहले आजसम्म चलारहेका हातहतियार र त्यसको व्यवस्थापनबारे भने सम्झौता मौन बसेको छ ।

    यसको आलोचना समेत शुरु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले हतियारबारे सम्झौतामा किन उल्लेख नगरेको भन्दै प्रश्न उठाएको छ । प्रचण्ड आउँदा खोलाले बगायो, थोरै हतियार विप्लव आउँदा पूरै बगाएको हो भन्दै कांग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले राज्यलाई हतियार बुझाउने चौथो बुँदा खोई ? भन्दै प्रश्न गरेका छन् । सिंगो देश यो गम्भीर प्रश्नको उत्तर चाहन्छ उनले भनेका छन् । विप्लव समूहले राज्यविरूद्ध हिंसात्मक आन्दोलन गरेको भएपनि सरकारले हतियारको बुँदामा मौन बसेको छ ।

  • बामदेवलाई फकाउन पुनः निवासमै पुगे प्रधानमन्त्री

    बामदेवलाई फकाउन पुनः निवासमै पुगे प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बामदेव गौतमलाई फकाउन पुनः कसरत थालेका छन् । उनी आज साँझ गौतमलाई भेट्न निवास भैंसेपाटीमै पुगेका छन् । शुक्रबार साँझ प्रधानमन्त्री ओली भैंसेपाटी पुगेर बामदेवसँग नेकपा विवादका विषयमा छलफल गरेका हुन् ।

    बामदेव अहिले ओली र प्रचण्ड कुनै पनि पक्षमा खुलेका छैनन् । दुबै पक्षले उनलाई तान्न भने प्रयास गरिरहेका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ओ‌ली र गौतमबीचको भेटको तस्वीर सार्वजनिक गरेका छन् । उनका अनुसार प्रधानमन्त्री ओली गौतमको स्वास्थ्य स्थिति बुझ्न भैंसेपाटी गएका हुन् ।


    यसअघि पनि नेकपा विवाद उत्कर्षमा रहेको समयमा साउनमा ओली बामदेवलाई भेट्न निवासमै पुगेका थिए । रक्षात्मक अवस्थामा पुगेका ओलीले अहिले सत्ता बचाउन अन्तिम प्रयास जारी राखेका छन् ।

  • नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १२० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १२० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ६०८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८३ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ७६६ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ८ सय ३२ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

    नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको प्रधानमन्त्रीको घोषणा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका छन् ।

    सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच सम्पन्न सहमति हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले शुक्रबारदेखि नेपालमा हिंसात्मक द्वन्द्व अन्त्य भएको घोषणा गरेका हुन् ।

    ओलीले नेपाल शान्तिपूर्ण युगमा प्रवेश गरेको बताए । ‘अब नेपालमा हिंसात्मक द्वन्द्व छैन, अब नेपालमा हिंसात्मक बाटो र हिंसात्मक आन्दोलनको कार्यदिशा कसैले पनि अवलम्बन गरेको छैन,’ उनको भनाइ थियो ।

    शान्तिपूर्ण ढंगले बाँच्न पाउने हरेक नेपालीका चाहाना भएको समेत बताए। ‘अब देश विकासको कामले गतिशिल ढंगले अगाडि बढ्छौँ।’ उनले भने, ‘नेपाली जनताको चाहाना यही हो। हामी सबैको चाहाना समृद्ध नेपाल, सुखी नेपाली हो।

  • ‘सहमतिमा देशको समृद्धि लुकेको छ, हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ’

    ‘सहमतिमा देशको समृद्धि लुकेको छ, हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुक्दैनौँ’

    काठमाडौं । नेकपाका महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले सरकारसँग गरेको सहमतिमा नेपाललाई सुन्दर देश बनाउने सपना लुकेको बताएका छन् ।

    शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लवले यो सहमतिको पछाडि भित्र लुकेको महान अकांक्षा बताएका हुन् ।

    उनले नेपाललाई सुन्दर देश बनाउने सपना छ । दिर्घ शान्ति स्थिरता । अहिलेसम्म पूरा नभएको समृद्धिको अकांक्ष रहेको बताए । उनले भने, ‘यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्र होइन । यो सहमति पार्टीको कुरामात्र होइन ।

    ‘जनताको सपना पूरा गर्नका लागि सबैले हातेमालो गर्नुपर्छ। नेपाली जनताको पक्ष आफ्नो नेता कार्यकर्ताले ज्यान दिएका थिए।

    नेपाली जनताको चाहाना पूरा भएको छैन’उनले भने, ‘मृत्युको नजिक नपुगेको कम्युनिस्ट नेता पनि छैनन्। सहिद परिवारलाई विश्वास दिलाउनका लागि बलिदान दिन तयार छौँ। तर, हामी हाम्रो प्रतिबद्धताबाट भाग्दैनौँ।’

    केही नेताको कुरा होइन । त्यस्तै ‘विप्लव’ले विदेशी वा अन्य कुनै प्रकारको हस्तक्षेप सह्य नहुने बताएका छन् । आज राष्ट्रियसभागृहमा आयोजित कार्यक्रममा विप्लवले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हामीलाई विदेशीलगायत कुनै हस्तक्षेप मान्य छैन । हस्तक्षेप गर्न खोजे धर्तीमा गाडिन्छौँ तर झुुक्दैनौँ ।’ उनले जनतालाई हरेक कुराको फैसला गर्न दिनुपर्ने बताए । जनतालाई स्वतन्त्र रूपमा निर्णय गर्न दिनुपर्नेमा उनले जोड दिए ।

  • सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर, यस्ता छन् सहमति

    सरकार र विप्लव समूहबीच सहमति पत्रमा हस्ताक्षर, यस्ता छन् सहमति

    काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहबीच सहमतिपत्रमा हस्ताक्षर भएको छ।

    शुक्रबार राष्ट्रिय सभागृहमा आयोजित समारोहमा सरकारी वार्ता टोलीका संयोजक तथा गृहमन्त्री रामबहादुर थापा र विप्लव समूहका वार्ता टोलीका संयोजक खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् ।

    सरकार र विप्लव नेतृत्वको नेकपाबीच बिहीबार ३ बुँदे सहमति भएको थियो। सरकारले प्रतिबन्धबाट फुकुवा गर्न र नेकपाले शान्तिपूर्ण राजनीति गर्न सहमति जनाएका हुन् ।

    दुई पक्षबीच भएको सहमतिअनुसार विप्लव पक्षले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र सरकारका तर्फबाट लगाइएको विप्लव नेतृत्वको नेकपामाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ र मुद्दा खारेजी लगायत विषयहरु रहेका छन्।

    यस्ता छन् सहमति

    १) दुबै पक्ष नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी देशको राजनीतिक समस्या वार्ताबाट समाधान गर्न सहमत भएका छौँ

    २) नेकपाले आफ्ना सबै गतिविधि शान्तिपूर्वक गर्ने सहमति

    ३) नेपाल सरकारले नेकपामाथि प्रतिबन्ध फुकाउ गर्ने, कारागारमा रहेकाहरुलाई छुट गर्ने र सबै आरोपहरु खारेज गर्ने

  • प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

    प्रधानमन्त्री ओली र विप्लव एउटै मञ्चमा

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लव एउटै मञ्चमा देखिएका छन् । तीन बुँदे सहमतिमा हस्ताक्षर तथा त्यसपछि आयोजित सभालाई सम्बोधन गर्न प्रधानमन्त्री ओली र महासचिव विप्लव एउटै मञ्चमा देखिएका हुन् ।

    बिहीबार सरकार र नेकपाबीच भएको तीन बुँदे सहमति भएको थियो ।

  • दुई वर्षपछि आज विप्लव सार्वजनिक हुँदै

    दुई वर्षपछि आज विप्लव सार्वजनिक हुँदै

    काठमाडौं । दुई वर्षयता भूमिगत रहेका नेत्रविक्रम चन्द्र विप्लव आज काठमाडौंमा सार्वजनिक हुँदैछन् । सरकारसँग तीन बुँदे सहमति गरेपछि विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रिय सभागृहमा एउटै मञ्चबाट सम्बोधन गर्ने भएका हुन् । राष्ट्रिय सभागृहमा शुक्रबार दिउँसो दुई बजे विप्लव सार्वजनिक हुने कार्यक्रम छ । आज नै प्रधानमन्त्री ओली र महासचिव विप्लवबीच सहमति पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम राखिएको छ ।


    सरकार र विप्लव समूहबीच विहीबारको वार्तापछि सार्वजनिक भएको प्रेस नोटमा तीन बुँदे सहमति भएको बताइएको छ । सहमतिलाई बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अनुमोदन गरेको हो । वार्तामा विप्लव समूह शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको हो । सरकारले समुहमाथिको प्रतिबन्ध हटाउने र बन्दीलाई रिहा गर्ने तथा मुद्दा खारेजी प्रक्रिया शुरु गरिसकेको छ ।

  • विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

    विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा गर्ने सरकारको निर्णय

    काठमाडौं । सरकारले नेकपा विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले विप्लव समुहमाथि विगत दुई वर्षदेखि लागेको प्रतिवन्ध फुकुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकले आज विहान सरकारी वार्ता टोली र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिलाई अनुमोदन गरेको हो ।

    सोही अनुसार विप्लव समुहमाथिको प्रतिवन्ध फुकुवा भएको हो । यो समुह हिंसा छाडेर शान्तिपूर्ण राजनीतिमा आउन तयार भएको छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली र विप्लव समुहका नेता नेत्र विक्रम चन्द एकै कार्यक्रममा सहभागी भई विस्तृत सम्झौता सार्वजनिक गर्ने बताइएको छ ।

  • गोकर्णमा पाँच दिने महिला कानुनी साक्षरता तालिम सम्पन्न

    गोकर्णमा पाँच दिने महिला कानुनी साक्षरता तालिम सम्पन्न

    अमृता के सी ( रोनी )

    काठमाडौं/गोकर्णेश्वर नगरपालिकाको गोकर्ण स्थित महिला संजालको भवनमा फागुन १४ गते देखि लगातार पाँच दिन सम्म संचालित महिला कानूनी साक्षरता तालिम सम्पन्न भएको छ।शिक्षालय नेपालको आयोजनामा सम्पन्न साक्षरता तालिमको समापन गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ति नेपालले गत १८ गते मंगलबार गरिन्।
    शिक्षालय नेपालका अध्यक्ष श्याम तन्डुकारको सभापतित्वमा सम्पन्न कार्यक्रममा गोकर्णेश्वर नगरपालिका सामाजिक बिकास शाखा प्रमुख भिमा थापा,गो न पा ४ नम्बर वडा सदस्य जयराम महत,संचारकर्मी बाल मुकुन्द आचार्य,सहयात्रा कार्यक्रमको निर्देशक गोबिन्द रेग्मी,महिला संजालको सचिब अम्बिका निरौला लगायत प्रशिक्षार्थीहरुको उपस्थिति रहेको थियो।
    कार्यक्रममा उप प्रमुख नेपालले पुरुष प्रधान समाजको कारण एकाइसौं शताब्दीमा आइपुदा पनि हाम्रो देश नेपालमा महिला माथी विभेद,हिंसा भैरहेकोले तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई आफ्नो हक अधिकारको लागि आवाज उठाउन साथै अन्याय नसहन र नगर्न आग्रह गरिन्।नेपालले यदि कसैलाई अन्याय भएको छ भने पनि सम्बन्धि निकायमा खबर गर्न समेत आग्रह गरिन्।महिला कानुनी साक्षरता तालिममा सहभागी सबैलाई बधाई तथा शुभकामना दिदै उप प्रमुख नेपालले समृद्ध राष्ट्र निर्माणमा महिलाको भुमिका अहम् हुने भएकोले तालिमले कानुनी ज्ञान बढाउनुको साथै महिलाहरुलाई अघि बढ्न मद्दत पुग्ने कुरा बताइन्।
    गोकर्णेश्वर नगरपालिकाको सहकार्यमा संचालित कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका करिव ४० जना महिलाहरुले सहभागीता जनाएका थिए।प्रशिक्षक अधिवक्ता सिर्जना बिष्टले महिलाको हक तथा अधिकार,नेपालको संविधानका धाराहरु,महिला हिंसा लगायतको बिषयमा साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनहरुको बारे प्रष्ट छर्लङ्ग हुने गरि अन्तरक्रिया सहित तालिम दिएकोमा आयोजकले सम्मान गरेको थियो।कार्यक्रममा तालिममा सहभागी प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण साथै यातायातको लागि खर्चको समेत व्यवस्था गरिएको थियोे।

  • नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    नेपालमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, दैनिक मृत्यु हुनेको संख्या शून्य

    काठमाडौं । नेपालमा थप १०७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १०७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    यो सँगै कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ४८८ जना पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ७८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

    यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ७० हजार ६८३ जना पुगेको मन्त्रालयले जनाएको छ । संक्रिय संक्रमितको संख्या ७ सय ९५ रहेको छ । मृत्यु हुनेको संख्या शून्य रहेको छ ।

  • सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा

    सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति,शुक्रबार विप्लव र ओली एउटै मञ्चमा

    काठमाडौं । दुई वर्षपछि प्रतिबन्धित नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् ।

    बिहीबार सरकार र विप्लव समूहबीच तीन बुँदे सहमति जुटेपछि फागुन २१ गते विशेष समारोहकाबीच ‘विप्लव’ सार्वजनिक हुने भएका हुन् ।

    विप्लव समूहलाई केपी ओली नेतृत्वको सरकारले २०७५ फागुन २८ मा प्रतिबन्ध लगाएको थियो । ओली नेतृत्वको सरकारले पार्टीमाथि प्रतिवन्ध लगाएपछि विप्लव भूमिगत रहँदै आएका छन् । विप्लव समुहले वर्तमान व्यवस्था र संविधान नै नमान्ने बताउँदै आएको थियो ।

    शुक्रबार विशेष समारोह गरेर सरकार र विप्लव समूहबीच भएका सहमतिहरु सार्वजनिक गर्ने र सो समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले समेत सम्बोधन गर्ने दुवै पक्षका वार्ता टोली संयोजकले बिहीबार जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    त्यस्तै विप्लव समूहका सबै बन्दी रिहा हुने भएका छन् । सरकार र नेकपा ‘विप्लव’ समूहबीच तीन बुँदे सहमति भएसँगै सो समुहका एक हजार ३६ जना नेता कार्यकर्ता रिहाइ हुने भएका हुन् ।

    यसअघि विप्लव समूहले आफ्ना एक हजार बढी नेता कार्यकर्तालाई सिरकारले नियन्त्रणमा लिएको बताउदै आएको थियो । सहमतिपछि रिहाइ हुनेमा सचिवालय सदस्य धर्मेन्द्र, बास्तोला, हेमन्त प्रकाश ओली, माइला लामा लगायत पर्नेछन् ।

    सरकार र विप्लव समूहबीच बिहीबार भएको सहमतिपत्रमा विप्लव समूहमाथिको प्रतिबन्ध हटाउँदै सरकारले बन्दी बगाएकाहरुको रिहाइ गर्ने उल्लेख छ । साथै विप्लव समुहका नेता कार्यकर्तामाथिको मुद्दासमेत खारेज हुने भएको छ ।

  • ‘पिलो उछिट्टिएर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन’

    ‘पिलो उछिट्टिएर, निचोरिएर जाँदैमा शरिरको तौल घट्दैन’

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दाहाल–नेपाल समूहलाई शरीरमा आउने पिलोसँग तुलना गरेका छन् । बिहीबार सिन्धुलीमा सुनकोसी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले दाहाल–नेपालप्रति कटाक्ष गर्दै केही पिलो उछिट्टिएरर, निचोरिएर जाँदैमा शरिरको तौल नघट्ने बताए ।

    प्रधानमन्त्री ओलीले आफूलाई मधेस विरोधी भनेर मधेस पस्न रोक लगाए पनि पानी पस्न चाहिँ नरोक्न आग्रह गरे । आफूलाई मधेस विरोधी भन्दै मधेस पस्न नदिने भनिएकोमा आक्रोश पोख्दै उनले ओलीलाई पस्न नदिए पनि तपाईंहरुका खेतमा पानी चाहिँ नरोक्न आग्रह गरे ।
    प्रधानमन्त्री ओलीले सुनकोशी–मरिन डाइभर्सन आयोजनका मुख्य २ वटा उद्देश्य रहेपनि यो बहुआयामीक आयोजना भएको प्रस्ट पारे ।

  • आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा जाने निर्णय होला ?

    आज कांग्रेस पदाधिकारी बैठक बस्दै, सरकारमा जाने निर्णय होला ?

    काठमाडौं । बुधबार कांग्रेस सभापति शेर बहादुर देउवाले आफुले प्रधानमन्त्री पद नमागेको तर आइपरे स्वीकार गर्ने बताएको थिए । यो भनाई यस्तो समयमा आएको छ, जहाँ नेकपा भित्रको प्रचण्ड नेपाल समुहले उनलाई प्रधानमन्त्रीका रुपमा खुला आह्वान गरेको छ । यसै सन्दर्भमा आज नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक डाकेका छन् ।

    बिहीबार ३ बजे सभापति देउवाको निवास बुढानिलकण्ठमा पार्टी पदाधिकारी बैठक डाकिएको छ । यहाँ पूर्वपदाधिकारीसमेत उपस्थित हुनेछन् । कांग्रेसको संसदीय दलको बैठक शुक्रबार बस्दैछ । त्यसअगाडी नै पदाधिकारी बैठकले आगामी संसद बैठक अगाडी कांग्रेसको पोजिसनका विषयमा स्पष्ट निर्णय लिने बताइएको छ ।

    सरकारको सिफारिसमा राष्ट्रपतिबाट प्रतिनिधि सभा बैठक फागुन २३ मा आह्वान गरिएको छ । यो बैठकका लागि सबै दलले आआफ्नो रणनीति बनाइरहेका छन् । कांग्रेस भित्र देउवा सरकारमा जानुपर्ने पक्षमा छन् भने रामचन्द्र पौडेल समुह भने प्रतिपक्षमै बस्नुपर्ने पक्षमा छन् ।