कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

काठमाडौं । सामान्यतया चिसो मौसम भएको क्षेत्रबाट फैलिएको कोरोना भाइरस पछिल्लो समय तातो मौसम भएका मुलुकमा समेत फैलिएको छ । पछिल्लो पटक कतारमा एक बिरामीमा कोरोनाको संक्रमण पुष्टी भएको छ । इरानबाट फर्किएका २६ वर्षिय एक पुरुषमा कोरोना भाइरस संक्रमण भेटिएको कतारी अधिकारीले पुष्टी गरेका छन् । यो रोग चीनको वुहानमा पहिलो पटक देखिएको हो… Continue reading कतारमा पनि देखियो कोरोना, त्रास नेपालमा

नेपाललाई कमजोर मलेसियाले हरायो

बैंकक । विश्वस्तरीय खेलाडी रहेको र वानडे मान्यता पाएको नेपाललाई कमजोर आंकलन गरिएको मलेसियाले एसीसी इस्टर्न रिजन टि २० क्रिकेट प्रतियोगितामा पराजित गरिदिएको छ । नेपाल र मलेसियाबीच शनिबार सम्पन्न खेलमा मलेसियाले नेपाललाई २२ रनले हराएको हो । शनिबार थाइल्यान्डको बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै… Continue reading नेपाललाई कमजोर मलेसियाले हरायो

देउवाले तोके एक दर्जन विभागका प्रमुख

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक दर्जन विभागमा विभागीय प्रमुख तोकिदिएका छन् । उनले शनिबार १३ वटा विभागमा प्रमुख तोकेको पार्टीले जनाएको छ । यसअघि शुक्रबार वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो पक्षका नेताको नाम दिन अस्वीकार गरेका थिए । त्यसलगत्तै शनिबार देउवाले विभागमा प्रमुख तोकेका छन् । देउवाले संगठन विभाग प्रमुखमा गोपालमान श्रेष्ठलाई… Continue reading देउवाले तोके एक दर्जन विभागका प्रमुख

१४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

काठमाडौं । चीनबाट नेपाल फर्काइएका १७५ जना विद्यार्थी र १७ जना चालक दलका सदस्य तथा चिकित्सकले आज १४ औं दिन क्वारेन्टाइनमा सफलतापूर्वक पार गरेका छन् । उनीहरुमध्ये कसैमा पनि कोरोनाको संक्रमण भेटिएन । तर, उनीहरु आजै घर फर्कने भने नपाउने भएका छन् । फाइनल चरणको रिपोर्ट आउने क्रममा रहेका कारण त्यसपछि मात्र उनीहरु घर फर्कन… Continue reading १४ औं दिनमा घर फर्कन पाएनन् चीनबाट आएका नेपाली

पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

न्यूयोर्क/अमेरिका उत्तर अमेरिकामा बसोबास गरिरहेका सम्पूर्ण पत्रकारहरुलाई नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले अधिवेशनमा सहभागी हुन आह्वान गरेको छ । अधिवेशनमा सक्रिय र अर्थपूर्ण सहभागीता बढाउनका लागि सदस्यता दर्ता र नबीकरणको कामलाई तिब्र पारिएको नेजाले जनाएको छ । नेजाले गत फेब्रुअरी २० मा आफ्नो वेवसाइट मार्फत सुजना सार्बजनिक गर्दै सदस्यता दर्ता र नबीकरण गरिदिनुहुन अनुरोध गरेको… Continue reading पत्रकारहरुलाई सदस्यता नबीकरण गर्न नेजाको आह्वान

अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई अविवाहित छन् । तर, एक जना महिलाले उनी आफ्नो पति भएको र नाता कायम गरिपाउँ भन्दै अंश मुद्दा दायर गरेकी छिन् । दोलखाकी बालिका खड्काले राईमाथि अंश मुद्दा दायर गरेकी हुन् । काठमाडौं जिल्ला अदालतमा उनले नाता कायम गरी अंश दिलाई पाऊँ भन्दै मुद्दा दायर गरेको… Continue reading अविवाहित शेरधन राईमाथि ‘पति दावि’ गर्दै मुद्दा

अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

काठमाडौं । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा गरिएको करको दर परिवर्तनका सम्बन्धमा स्पष्टिकरण सार्वजनिक गरेको छ । अर्थले करको दरले उपभोक्ता मूल्यमा कुनै प्रभाव नपर्ने भन्दै ढुक्क हुन उपभोक्तालाई आग्रह गरेको हो । मन्त्रिपरिषद्ले करको दरमा हेरफेर गर्दै पेट्रोलियम पदार्थमा लाग्ने कर बढाएको छ । यसअघि प्रतिलिटर ५ रुपैयाँ रहेको पूर्वाधार कर अब प्रतिलिटर १० रुपैयाँ… Continue reading अर्थ मन्त्रालयले भन्यो : पेट्रोलियम पदार्थको भाउ बढ्दैन

उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

काठमाडौं । काठमाडौं उपत्यकाका ढुंगेधारा र पोखरीको संरक्षण गर्ने सन्दर्भमा स्थानीय तह र केन्द्र सरकारबीच सम्झौता भएको छ । यस्ता सम्पदाको संरक्षण गर्न काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन बोर्ड (भ्याली बोर्ड), मध्यपुर थिमी र ललितपुरस्थित महालक्ष्मी नगरपालिकाबीच सम्झौता भएको छ । खानेपानी मन्त्री बिना मगरको उपस्थितिमा मध्यपुर थिमीका नगर प्रमुख मदनसुन्दर श्रेष्ठ, महालक्ष्मी नगरपालिकाका प्रमुख रामेश्वर… Continue reading उपत्यकाका ढुंगेधारा र पोखरी संरक्षण गर्न सम्झौता, फेरिएला युग ?

बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘बात लागेका हो,आरोप पुष्टि छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बास्कोटाको टेप प्रकरणबारे मुख खोलेका छन्। क्युरिटी खरिद प्रकरणमा कमिशनको अडियो टेप सार्वजनिक भएपछि राजीनामा दिन बाध्य भएका तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाको बचाउ गरेका हुन् । बिहीबार पार्टीको बागमती स्तरीय प्रशिक्षण कार्यक्रममा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै नेकपा अध्यक्ष तथा प्रधानमन्त्री ओलीले बाँस्कोटमाथि मुद्दा नलागेको भन्दै भ्रष्टाचार प्रमाण… Continue reading बाँस्कोटाको बचाउमा प्रधानमन्त्री-‘बात लागेका हो,आरोप पुष्टि छैन’

नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र विवाद चर्किएको छ । वामदेव गौतमलाई राष्ट्रियसभामा लैजाने सचिवालयको निर्णयपछि विवाद उत्कर्षमा पुगेको हो । पार्टीको सचिवालयले गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनयन गर्न सरकारलाई सिफरिस गर्ने निर्णय गरेपछि यस निर्णयबाट प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली असन्तुष्ट देखिएका छन् । प्रधानमन्त्री ओलीले सचिवालयको निर्णयलाई नमान्ने भन्दै सार्वजनिक… Continue reading नेकपाभित्र विवाद चर्कियो, सचिवालयको निर्णय प्रधानमन्त्रीले नमान्ने

नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाएको आरोपमा सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक खेमप्रसाद नेपालसहित १६ प्रहरी कर्मचारीलाई निलम्बन गर्न सिफारिस गरेको छ। निलम्बनमा पर्नेमा प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरु रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर लो तामाङ रहेका छन्।… Continue reading नियन्त्रणमा लिएको सुन बाँडिचुडी खाने १६ प्रहरी निलम्बन !

नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

काठमाडौं । नेपाल सरकारले नेपाल ट्रष्टको नाममा देशभर रहेको सम्पत्तिसम्बन्धी श्वेतपत्र सार्वजनिक गरेको छ। मंगलबार पत्रकार सम्मेलन गरेर नेपाल ट्रष्टका अध्यक्ष एवं उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले श्वेतपत्र जारी गरेका हुन्। जारी श्वेतपत्रमा नेपाल ट्रष्टको नाममा देशका विभिन्न १० बढी जिल्लामा २१ हजार पाँच सय ६२ रोपनी जग्गा र अन्य सम्पत्ति छ। श्वेतपत्रमा उल्लेख भएअनुसार… Continue reading नेपाल ट्रष्टको श्वेतपत्र सार्वजनिक, बाबुरामको पालामा १७२ रोपनी व्यक्तिलाई

निर्यात बढ्दा सुधारियो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको सात महिनामा आइपुग्दा नेपालको वैदेशिक व्यापारमा सुधारको संकेत देखिएको छ । भन्सार विभागले सोमबार सार्वजनिक गरेको तथ्यांक अनुसार साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट आउने वस्तुको व्यापार ३ दशमलव ५६ प्रतिशतले कमी आएको छ । सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु आयात भएको छ । गत वर्ष… Continue reading निर्यात बढ्दा सुधारियो व्यापार घाटा

ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

नयाँदिल्ली । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अहिले भारत भ्रमणमा छन् । यही मेसोमा उनी सोमबार भारतको राजधानी नयाँ दिल्ली आइपुगेका छन् । तर, भारतमै नागरिकता कानुनविरुद्ध भइरहेको प्रदर्शन क्रममा सोमबार हिंसा भड्किएको छ । राजधानी दिल्लीको उत्तरपूर्वी क्षेत्रमा हिंसा भड्किँदा एक प्रहरी र एक सर्वसाधारण गरी दुई जनाको ज्यान गएको भारतीय संचारमाध्ममले लेखेका छन् ।… Continue reading ट्रम्प भ्रमणकै बीचमा दिल्लीमा भड्कियो हिंसा, दुईको मृत्यु

नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

कल्पना घिमिरे न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा)ले आगामी मे महिनामा हुने सातौं अधिवेशनका सन्दर्भमा न्यूयोर्कस्थित नेपाली समुदायसंग छलफल गरेको छ । ज्याक्सन हाइटमा आइतबार आयोजना गरिएको समुदायसंगको अन्तरक्रियामा आगामी अधिबेशनलाई सफल रुपमा सम्पन्न गर्नका लागि समुदायको के कस्तो सहयोग हुनेछ ? भन्ने विषयमा बिस्तृत छलफल गरिएको थियो । हरेक २/२ वर्षमा हुने नेजाको अधिवेशन… Continue reading नेजाको अधिवेशनबारे न्यूयोर्कमा समुदायसंग छलफल

सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन विपक्षीहरु सक्रिय भएको बताएका छन् । नेकपाको अध्यक्ष समेत रहेका ओलीले पार्टीको गण्डकी प्रदेशस्तरीय भेलालाई सोमबार पोखरामा सम्बोधन गर्दै अनावश्यक विषयलाई उचालेर जनतामा भ्रम छरेको उनको आरोप छ । ‘गैरविषयलाई विषय बनाउने, कहिले के कहिले के भनेर सरकारको आलोचना गर्ने,’ प्रधानमन्त्रीको भनाई थियो । विपक्षीले आफ्नो… Continue reading सरकारलाई अलोकप्रिय बनाउन विपक्षी लागे : प्रधानमन्त्री

सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

बुटवल । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा थप छानविनको आवश्यकता औल्याएका छन् । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटा मात्र यस काण्डमा एक्लै संलग्न हुन नसक्ने भन्दै छानविनको आवश्यकता औल्याएका हुन् । एक अर्बको डील मन्त्री एक्लैले गर्न नसक्ने भन्दै उनले उच्चस्तरीय छानविनको माग गरेका छन् । कांग्रेस रुपन्देहीका नेता तथा राष्ट्रिय… Continue reading सेक्युरिटी प्रेस काण्डको छानविन हुनुपर्छ : देउवा

कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

काठमाडौं । काठमाडौंको कलंकीमा एक ट्रकको ब्रेक फेल हुँदा करीव एक दर्जन सवारी साधनमा क्षति पुगेको छ । दूर्घटनामा एक जनाको ज्यान गएको र कम्तिमा आधा दर्जन व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ । सोमबार साँझ थानकोटबाट कलंकीतर्फ आउँदै गरेको ट्रकले ढुंगाअड्डाको ओह्रालोमा ट्याक्सी, कार, जिप, स्कुटरलगायतका सवारी साधनलाई एकसाथ ठक्कर दिएको थियो । ब्रेकफेल… Continue reading कलंकीमा ट्रकले एक दर्जन गाडीलाई ठक्कर दियो

आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

काठमाडौं । रोगले थलिएका प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६९ औं जन्मोत्सव जन्मस्थान तेह्रथुमको आठराईमा मनाउने इच्छा देखाए । सोहीअनुसार व्यवस्थापनमा जुट्यो स्थानीय सरकार । हजारौं विद्यार्थीलाई पाठ्यक्रम बाड्ने, वृद्धवृद्धालाई न्यानो लुगा बाड्ने र केक काट्ने रवाफिलो शैलीसहित हेलिकोप्टरमा प्रधानमन्त्री जन्मस्थान पुगेका थिए । त्यहा पुगुन्जेल त सबैको सहानुभूति नै थियो । तर, जब उनले… Continue reading आलोचित बन्यो प्रधानमन्त्रीको वर्थडे केक

आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

अहमदावाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दम्पतीलाई आज भारतमा भब्य स्वागत हुँदैछ । बिहान साढे ११ बजे गुजरातको अहमदावाद पुग्ने अमेरिकी राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी करीव २२ किलोमिटर लामो रोड शोमा निस्कनेछन् । त्यहाँबाट उनीहरुलाई मोटेरा रंगशाला लगिदैछ । यो रंगशाला संसारकै ठूलो रंगशाला हो । यही कार्यक्रममार्फत रंगशालाको उद्घाटन समेत हुने… Continue reading आज भारतमा ट्रम्पको भब्य स्वागत, अहमदावादमा नमस्ते ट्रम्प

वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बामदेव गौतमको शर्त अनुसार संविधान संशोधनको तयारी गरेको छ । यसका लागि शनिबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको संयोजकत्वमा एक कमिटि गठन भएको छ । गौतमलाई नेकपाले राष्ट्रियसभा सदस्य बनाउन प्रस्ताव गरेको थियो । तर, बामदेवले भने राष्ट्रियसभा सदस्य पनि प्रधानमन्त्री बन्न सक्ने गरी संविधान संशोधनको शर्त राखेका छन् ।… Continue reading वामदेवका लागि संविधान संशोधनको तयारी, कांग्रेसको आपत्ति

जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज ६९ औं जन्मदिन मनाउँदैछन् । सोही सिलसिलामा उनी जन्मथलो, तेह्रथुमको आठराइ गाउँपालिका जाँदैछन् । उनी हेलिकोप्टर चढेर आठराइ, सल्ले जान लागेका हुन् । ओली २००८ साल फागुन ११ गते तेह्थुमको आठराईमा जन्मिएका हुन् । तर, सानैमा उनको परिवार झापा झरेको थियो । प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ… Continue reading जन्मदिन मनाउन तेह्रथुम जाँदै प्रधानमन्त्री

युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का लागि उपाध्यक्ष बामदोव गौतम महत्वपूर्ण स्थानमा छन् । उनी पूर्वएमाले र पूर्वमाओवादी दुबै खेलमा पुलको रुपमा काम गर्न सक्छन् । त्यसकारण नेकपाभित्र उनलाई कुनै पनि मानेमा कमजोर आकिदैन । पार्टीले हालै उनलाई वरिष्ठ उपाध्यक्षको पद दिलाएको थियो । अब भने सांसद बनाउने गृहकार्यका शुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनमा… Continue reading युवराज खतिवडा नदोहोरिने, बामदेवलाई सांसद बनाउन गृहकार्य

गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

नवलपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले गोकुल बास्कोटाको अडियो सार्वजनिक भएको घटनाबारे सार्वजनिक रुपमा मुख खोलेका छन् । उनले गल्ती गर्ने कसैलाई पनि पार्टीबाट छुट नहुने स्पष्ट पारेका छन् । प्रेस संगठन नेपाल नवलपुरले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रचण्डले गल्ती गर्नेलाई पार्टीबाट कुनै पनि प्रकारको संरक्षण नहुने स्पष्ट पारे ।… Continue reading गोकुल काण्डबारे प्रचण्ड भन्छन् : गल्ती गर्नेले छूट पाउँदैनन्

परराष्ट्र मन्त्री जेनेभातर्फ

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली जेनेभा प्रस्थान गरेका छन् । १२ फागुनबाट शुरु हुने संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को ४३ औं उच्चस्तरीय बैठकमा भाग लिन उनी जेनेभा प्रस्थान गरेका हुन् । उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दैछन् । जेनेभामा द्वन्द्वकालीन मुद्दा निरुपणमा नेपालले पूर्णप्रतिबद्धता जनाउने मन्त्री ज्ञवालीले उल्लेख गरेका छन् । यसका साथै नेपालले बालअधिकारको रक्षा, बालबालिकाको… Continue reading परराष्ट्र मन्त्री जेनेभातर्फ

कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

कास्की । कास्कीमा कार दूर्घटना हुँदा एक जनाको ज्यान गएको छ । कास्कीको पोखरा महानगरपालिका–२२ कालिमाटीमा कार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा कारमा सवार कास्कीको पोखरा महानगरपालिका, १७ बस्ने २१ वर्षीया जमुना क्षेत्री रहेको प्रहरीले जनाएको छ । शुक्रबार करीव… Continue reading कास्कीमा कार दूर्घटना, एक जनाको ज्यान गयो

आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

काठमाडौं । आज महाशिवरात्री पर्व । हिन्दूधर्मालम्बीका लागि आराध्यदेव भगवान शिवको पूजाआराधना गर्ने विशेष दिनका रुपमा देशभर धुमधामका साथ मनाइदैछ । आज नेपाल र भारतका शिव मन्दिरमा दर्शनार्थीको ठूलो भीड लाग्छ । पशुपतिनाथ मन्दिरमा १० लाख भन्दा बढी भक्तजन यस दिनको अवसर पारी पुग्छन् । शिवजी उत्पत्ति भएको रातका नामबाट शिवरात्री नामकरण भएको मानिन्छ ।… Continue reading आज महाशिवरात्री, शिवको पूजा आरधना गरिदै

आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

न्यूयोर्क/अमेरिका नेपाल अमेरिका पत्रकार संघ (नेजा) ले आउँदो आइतवार फेबु्रअरी २३ गतेका दिन न्यूयोर्कमा सामुदायिक भेला गर्ने भएको छ । न्यूयोर्कमा आउँदो मे २ र ३ मा हुने नेजाको सातौं अधिवेशनलाई केन्द्रीत गरी सामुदायिक भेला गर्न लागिएको हो । पत्रकार र नेपाली समुदायका क्रियाशिल संघ संगठनका प्रतिनिधिहरुका बीचमा गरिने अन्तरक्रियामा न्यूयोर्क र आसपासमा रहेको नेपाली… Continue reading आइतबार न्यूयोर्कमा नेजाको सामुदायिक भेला

सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

काठमाडौं । चर्चित युवा क्रिकेटर सन्दीप लामिछानेले निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आफूले घोषणा गरेअनुसारको रकम हस्तान्तरण गरेका छन् । चितवनमा धुर्मुस सुन्तली फाउन्डेशनले बनाइरहेको रंगशालाका लागि सन्दीपले १ लाख ४१ हजार ५ सय ६८ रुपैयाँ प्रदान गरेका हुन् । बिहीबार काठमाडौंमा सन्दीपले आफूले घोषणा गरेको रकम धुर्मुस सुन्तलीलाई हस्तान्तरण गरेका हुन् ।… Continue reading सन्दीपले घोषणा गरेअनुसार रकम धुर्मुस-सुन्तलीलाई दिए

संचार मन्त्रालयको जिम्मा खतिवडालाई

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री डा. खतिवडाले पाएका छन् । गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत गर्दै राष्ट्रपति विद्यादेवि भण्डारीले अर्थमन्त्रीबाट जिम्मेवारी सम्हाल्ने गरी कार्यभार तोकिदिएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा. खतिवडाले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयले… Continue reading संचार मन्त्रालयको जिम्मा खतिवडालाई