काठमाडौं । नेपालमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको पर्याप्त मौज्दाद रहेको सरकारले स्पष्ट पारेको छ । सरकारी संस्थान साल्ट ट्रेडिङ कर्पोरेशनले यी वस्तुको अभाव नहुने प्रष्ट पारेको छ । शनिबार संस्थानले करीब १० महिनालाई पुग्ने नुन तथा अन्य उपभोग्य सामानको मौज्दाद रहेको जानकारी गराएको छ । साल्ट ट्रेडिङले उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ… Continue reading नुन र चिनीको पर्याप्त मौज्दाद, नुनले १० महिनाको माग धान्ने
Category: समाचार
न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
न्युयोर्क न्युयोर्कस्थित ब्यस्त सहरमा ट्याक्सी चलाउने चालकलाई समेत कोरोना भाईरस पोजिटिभ देखिएको छ । न्युयोर्क शहको क्विन्समा बसोबास गर्दै आएका ३३ वर्षीय ट्याक्सी चालक गत शुक्रबार साँझ फ्लू जस्तो लक्षण देखिने रुघा खोकी ज्वरो आएपछि हिँडेर अस्पताल गएका थिए । न्युयोर्क फार रक-वेको सेन्ट जोन्स एपिसकोपल अस्पतालमा जचाउन पुगेका उक्त ट्याक्सी चालकका कारण उक्त चालकको… Continue reading न्युयोर्कको सडकमा ट्याक्सी, उबर र लिफ्ट चलाउने चालकमा पनि भेटियो कोरोना भाईरस
पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
इस्लामावाद । पाकिस्तानमा मुसलधारे वर्षा र त्यसले उत्पन्न गरेको प्राकृतिक प्रकोपमा परी करीव दुई दर्जनको ज्यान गएको छ । शनिबार साँझसम्म कम्तिमा १७ को ज्यान गएको र कयौं घाइते भएको संचारमाध्यमले लेखेका छन् । यी घटना पछिल्लो २४ घण्टा भित्र भएका हुन् । ज्यान गुमाउनेमा महिला तथा बालबालिकाको बाहुल्य रहेको बताइएको छ । देशको उत्तर… Continue reading पाकिस्तानमा ज्यानमारा वर्षा, १७ को गयो ज्यान
प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शुभकामना सन्देश पठाएका छन् । राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई शनिबार एक सन्देश पठाएर मिर्गौला प्रत्यारोपण भएको जानकारी प्राप्त भएको भन्दै स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ । सन्देशमा उनले चीन सरकार, चिनियाँ नागरिक र स्वयम् आफ्नोतर्फबाट प्रधानमन्त्रीको शीघ्र स्वास्थ्य लाभको… Continue reading प्रधानमन्त्रीलाई चिनियाँ राष्ट्रपतिको सदभाव
प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार
काठमाडौं । मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री प्रधानमन्त्री केपी ओलीले आज चौथो दिनबाट खाना खान थालेका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेको छ । प्रधानमन्त्रीको २१ फागुनमा मिर्गौला प्रत्यारोपण भएको हो । शनिबार उनलाई पहिलो पटक नर्मल खाना दिइएको अस्पतालले जानकारी दिएको छ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका कार्यकारी निर्देशक… Continue reading प्रधानमन्त्रीलाई खाना दिन थालियो, स्वास्थ्यमा उल्लेख्य सुधार
कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय
काठमाडौं । विश्वभर त्रास फैलाइरहेको कोरोना भाइरसबारे नेपालमा भ्रम छरिएको भन्दै सरकारले त्यसका पछाडी नलाग्ने नागरिकलाई आग्रह गरेको छ । तर, गृहले सचेत भने रहने आग्रह गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिम भएको मुलुकका रुपमा राखेको छ । गृह मन्त्रालयले शनिबार विज्ञप्ती जारी गर्दै कोरोनाभाइरसबारे उत्पन्न हल्ला र प्रचारबाजीमा भने विश्वास नगर्न… Continue reading कोरोनाबारे भ्रम सिर्जना गरियो : गृह मन्त्रालय
सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
काठमाडौं । विश्व शान्ती स्थापनामा नेपालले गरेका प्रयासको सधैभरी प्रसंशा हुने गर्छ । यसमध्ये एउटा कारण शान्ती सेना समेत हो । संयुक्त राष्ट्र संघको आव्हानमा संसारभरबाट शान्ती सेना खटिएका हुन्छन् । विश्व शान्ति स्थापनामा फौज पठाउने विश्वका १२२ देशमध्ये नेपाल चौथो ठूलो देश बन्न सफल भएको छ । १ जनवरी २०२० यता नेपाल चौथो स्थानमा… Continue reading सर्वाधिक शान्ती सेना पठाउने देशमा नेपाल चौथो
औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ
काठमाडौं । कोरोना भाइरसको संक्रमण बढ्ने डर नेपालमा छ । यसले बजारमा अनावश्यक त्रास पनि फैलिएको छ । यसैसन्दर्भमा भारतले अत्यावश्यक औषधिको निर्यात रोकेको समाचार सार्वजनिक भयो । त्यसपछि बजारमा उपभोक्ताले औषधिसमेत अतिरिक्त किन्न थाले । त्यसपछि औषधि व्यवसायीले पत्रकार सम्मेलन नै गरेर त्यसो नगर्न सुझाव दिन परेको छ । नेपाल औषधि उत्पादक संघका अनुसार… Continue reading औषधि व्यवसायीले भने : तीन महिनालाई पुग्ने स्टक छ
आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात
काठमाडौं । पश्चिमी न्युनचापीय प्रणाली प्रवेश गरेका कारण आज देशका अधिकांश स्थानमा वर्षा हुने भएको छ । काठमाडौं उपत्यकासहित मध्य र पूर्वका केही स्थानमा हल्का पानी पर्ने जल तथा मौषम विज्ञान विभागले जनाएको छ । शनिबार दिनभर जसो पानी पर्नेछ । शनिबार दिउँसो काठमाडौं उपत्यकासहित देशका अधिकांश पहाडी भू–भागमा मेगगर्जन हावाहुरी र चट्याङसहित पानी पर्ने… Continue reading आज देशका धेरै भागमा वर्षा, उच्च भेगमा हिमपात
ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री
काठमाडौं । कोरोना भाइरसका कारण नाकाबन्दी हुने हल्ला नेपालमा फैलाइएको छ । यसले कृतिम अभाव सिर्जना गर्ने व्यापारीलाई ठूलो राहत दिएको छ । किनकी बजारमा मानिसहरु आत्तिसकेका छन् । कतै २०७२ सालमा जस्तै अभाव भोग्नु पर्ने त होइन ? शुक्रबार यस्तै दृष्य अनामनगरमा देखियो । ग्याँस किन्न लामो लाइनमा मानिस बसिरहेका थिए । मानिस ग्याँस… Continue reading ग्याँसको अभाव हुन्न, लाइनमा नबस्नुस : उद्योग मन्त्री
गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य
काठमाडौं । विजय कुमार गच्छदार समूहका एक दर्जन नेता नेपाली कांग्रेसको केन्द्रिय सदस्य बनेका छन् । उक्त समूहका ११ जना केन्द्रीय सदस्य कांग्रेसमा थपिएका हुन् । काग्रेस सभापति शेरबहादुर देउवाले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग भएको सहमतिअनुसार ११ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको कांग्रेसले जानकराी गराएको छ । रामजनम चौधरी, नसिर सिद्धिकी, भारतेन्द्रकुमार मल्लिक, हेमराज तातेड,… Continue reading गच्छदार समूहका दर्जन नेता बने कांग्रेस केन्द्रिय सदस्य
थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो
रोम । चीनबाट शुरु भएको कोरोना भाइरसको संक्रमण थप तीन मुलुकमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार बोस्निया हर्जगोभिना, स्लोभानिया र दक्षिण अफ्रिकामामा यसको पुष्टी भएको छ । यससँगै विश्वका ९० भन्दा बढी मुलुकमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । बिहीबार इटालीमा मात्र एकै दिन ४१ जनाको मृत्यु भएको पुष्टी इटाली सरकारले गरेको छ… Continue reading थप तीन देशमा कोरोना संक्रमित पुष्टी, इटालीमा एकै दिन ४१ को ज्यान गयो
नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने
काठमाडौं । अब नेपाल र भारतको सीमामा समेत कोरोनाको चेकजाँच हुने भएको छ । कोरोना भाइरसको संक्रमण भारतमा देखिएको छ । भारतमा बिहीबारसम्म ३० जनामा संक्रमण पुष्टी भइसकेको छ । यसै सन्दर्भमा सरकारको उच्चस्तरीय संयन्त्रले नेपाल-भारतका ३७ सीमा नाकामा कोरोना चेकजाँच कडा गर्ने निर्णय गरेको हो । यसअघि चीनसँगको नाकामा मात्र यस्तो चेकजाँच हुने गरेको… Continue reading नेपाल-भारत सीमाका ३७ नाकामा कोरोना चेकजाँच गरिने
प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अझै एक साता अस्पतालमा रहनु पर्ने भएको छ । उनको स्वास्थ्यमा अपेक्षित सुधार आएको भन्दै चिकित्सकले एक साता चिकित्सकको निगरानीमा अस्पतालमै रहनुपर्ने भएको हो । प्रधानमन्त्रीकी निजी चिकित्सक दिव्या सिंह शाहका अनुसार अस्पतालमा एक साता राख्दा प्रधानमन्त्रीलाई पर्याप्त आराम समेत पुग्नेछ । सामान्यतया मृगौला प्रत्यारोपण गरेको चार दिनमा डिस्चार्ज… Continue reading प्रधानमन्त्रीको डिस्चार्ज एक सातापछि
इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?
काठमाडौं । यस वर्षको एभरेष्ट प्रिमियर लीग खास बनाउने लक्ष्य आयोजकको थियो । संसारभरका विश्वस्तरीय खेलाडीलाई काठमाडौंमा उतारेर नेपाली दर्शकसामु प्रस्तुत गर्ने लक्ष्यसहित आयोजना गर्ने योजना बनाइएको एभरेष्ट प्रिमियर लीग (इपीएल) स्थगित भएको छ । टीयू मैदानमा आयोजना हुने यो प्रतियोगिता विश्वव्यापी संक्रमण कोरोना भाइरसका कारण स्थगित गर्नु परेको हो । टी-२० क्रिकेटका बादशाह क्रिस… Continue reading इपीएल स्थगित, विश्वस्तरीय खेलाडी अब नेपाल आउलान ?
जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो
गोरखा । गोरखाको धार्चे गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारी सवार जीप दुर्घटनामा परी वडा सचिवको मृत्यु भएको छ । दुर्घटनामा परी गाउँपालिका उपाध्यक्षसहित ७ जना घाइते भएको प्रहरीले जनाएको छ । यो टोली अपांगता परिचयपत्र वितरण गर्न आरूघाटबाट काशीगाउँतर्फ जाँदै गरेको थियो । जीपमा जनप्रतिनिधि र कर्मचारी चढेका थिए । बा १ च ५५०५ नम्बरको जीप… Continue reading जनप्रतिनिधि र कर्मचारी बोकेको जीप दूर्घटनामा वडासचिवको ज्यान गयो
जन्तीबस दुर्घटनामा ४ को मृत्यु
हेटौडा । मकवानपुरमा बुधबार साँझ भएको बस दुर्घटनामा चार जनाको ज्यान गएको छ । मकवानपुरको गढी गाउँपालिका–२, गौरी भञ्ज्याङमा बुधबार बेलुका जन्ती बोकेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा ४ जनाको ज्यान गएको थियो । त्यसमध्ये ३ जनाको सनाखत भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय, मकवानपुरका अनुसार, घटनामा गढी गाउँपालिका–२, गौरीभञ्ज्याङका ३५ वर्षीय… Continue reading जन्तीबस दुर्घटनामा ४ को मृत्यु
सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो
काठमाडौं । बुधबार सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । बुधबार ८० हजार ५ सयमा कारोबार भएको सुनको मूल्य एकै दिनमा २२ सय रुपैयाँले बढेको हो । ८० हजार ५ सयमा पुग्दा बुधबार सुनको मूल्यले अहिलेसम्म कै उच्च रेकर्ड कायम गरेको छ । मंगलबार छापावाला सुन प्रतितोला ७८ हजार ३ सयमा कारोबार भएको थियो। यसअघि… Continue reading सुनको मूल्यले फेरी कायम गर्यो कीर्तिमान, ८० हजार नाघ्यो
विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो
काठमाडौं । बुधबार देशभर सडक दुर्घटनाका खबर आए । दुर्घटनामा परी आधा दर्जनको ज्यान गएको छ भने दर्जनौं मानिस घाइते भएका छन् । सुर्खेतको गल्छेनामा बुधबार जीप दुर्घटना भयो । यस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । चार जना घाइते भएका छन् । प्रहरीका अनुसार बाँकेको वैजनाथ गाउँपालिका–३ का ४२ वर्षीय खड्गबहादुर बीसी, उनकी… Continue reading विभिन्न दुर्घटनामा कम्तिमा आधा दर्जनको ज्यान गयो
प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको दोस्रो पटकको मिगौला प्रत्यारोपण सफल भएको छ । प्रत्यारोपणपछि मिर्गौलाले काम गर्न थोलेको उपचारमा स्वास्थ्य स्थिर रहेको चिकित्सकहरुले बताएका छन् । उनको त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा सफल मिर्गौला प्रत्यारोपण भएको हो । प्रधानमन्त्रीकी भान्जी समीक्षा संग्रौलाको एउटा मिर्गौला प्रधानमन्त्रीको शरीरमा राखिएको हो । अब प्रधानमन्त्रीको शरीरमा अब चार वटा… Continue reading प्रधानमन्त्रीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपण सफल, स्वास्थ्य अवस्था स्थिर
प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आज मिर्गौला प्रत्यारोपण हुँदैछ । उनको मिर्गौला प्रत्यारोपणको प्रक्रिया विहान ९ बजेबाट शुरु भएको छ । यो प्रक्रिया पाँच घण्टामा सकिने बताइएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको उपचार भइरहेको छ । वरिष्ठ चिकित्सक डाक्टर अरुण सायमीलगायतको टीम उपचारमा खटिएको छ । मिर्गौला प्रत्यारोपण गर्न प्रधानमन्त्री सोमबार त्रिवि शिक्षण… Continue reading प्रधानमन्त्रीको आज मृगौला प्रत्यारोपण, संसारभरका नेताको सुभेच्छा
कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ
काठमाडौं । कोरोना संक्रमणको आंशकामा टेकुमा भर्ना भएका चार जनामा नेगेटिभ रिपोर्ट आएको छ । यससँगै अझै पनि नेपाल कोरोना मुक्त मुलुककै रुपमा रहेको छ । टेकुस्थित शहीद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा कोरोनाको आशंकामा चार जना भनाई भएका थिए । तर, उनीहरुमा नेगेटिभ रिपोर्ट आएपछि डिस्चार्ज भएका छन् । उनीहरु आइतबार… Continue reading कोरोनाको आंशका लागेका चार जनाको रिपोर्ट नेगेटिभ
प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृगौलाको दोस्रो पटक प्रत्यारोपण हुँदैछ । यसअघि १२ वर्ष अगाडी प्रत्यारोपण भएको मृगौलाले काम गर्न छाडेपछि दोस्रो पटक मृगौला प्रत्यारोपण हुन लागेको हो । त्रिवि शिक्षण अस्पतालमा मंगलबार भर्ना भएका प्रधानमन्त्रीलाई भेट्न नेकपा अध्यक्ष प्रचण्ड मंगलबार अस्पताल पुगेका छन् । यसअघि उपराष्ट्रपति नन्दकिशोर पुनले सोमबार नै प्रधानमन्त्रीलाई उनकै… Continue reading प्रमको बुधबार मृगौला प्रत्यारोपण, प्रचण्डले अस्पतालमै पुगेर भेटे
अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन् । आज राती मंगलबारबाट उनको राष्ट्रिय सभा सदस्यको पदावधी सकिएको छ । सोहीसँगै उनले आफ्नो पदबाट राजिनामा दिएका हुन् । उनले पदबाट दिएको राजिनामा राष्ट्रपति कार्यालयमा पठाइएको छ । खतिवडा र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार भेटवार्ता भएको थियो । पुनः मिर्गौला प्रत्यारोपणका लागि त्रिवि… Continue reading अर्थमन्त्री खतिवडाले दिए राजिनामा, बुधबार नै पुनः नियुक्ति गर्ने तयारी
नाइजेरियामा लुटेराले लिए ५० को ज्यान
नाइजेरिया । उत्तरी नाइजेरियामा धनमाल लुट्न गाउँ छिरेका लुटेराले कम्तिमा ५० जनाको ज्यान लिएका छन् । नाइजेरियाका विभिन्न गाउँमा लुटेरा समूहको आक्रमणमा परी उनीहरुको ज्यान गएको अधिकारीरुले जनाएका छन् । गाउँलेको धनमाल चोरी गर्न उनीहरु गाउँ पसेका थिए । तर, गाउँलेबाट प्रतिकार भएपछि आक्रमण गरी गाउँलेलाई मारेको स्थानीय अधिकारीहलाई उदृत गर्दै संचारमाध्यमले लेखेका छन् ।… Continue reading नाइजेरियामा लुटेराले लिए ५० को ज्यान
प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने
काठमाडौं । प्रधानमन्त्री अस्पताल भर्ना भएका छन् । १२ वर्षपछि दोस्रो पटक मृगौला प्रत्यारोपण गर्न उनी अस्पताल भर्ना भएका हुन् । प्रधानमन्त्री सोमबार बेलुका अस्पताल भनाई भएका हुन् । उनको त्रिवि शिक्षण अस्पतालमा मृगौलाको प्रत्यारोपण हुने भएको छ । १२ वर्ष अगाडी एपालो अस्पताल भारतमा उनको मृगौलाको प्रत्यारोपण गरिएको थियो । प्रधानमन्त्रीको बुधबार मृगौला प्रत्यारोपण… Continue reading प्रधानमन्त्री अस्पताल भर्ना, दोस्रो पटक मृगौला प्रत्यारोपण हुने
चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस
काठमाडौं । सरकारले चीनका लागि नेपाली राजदूत लीलामणी पौडेललाई फिर्ता बोलाएको छ । उनको स्थानमा महेन्द्र पाण्डेलाई राजदूतमा नियुक्त गर्न मन्त्रीपरिषद्ले सिफारिस गरेको छ । यद्दपी सरकारको यो निर्णयको भने आलोचना भइरहेको छ । आफ्नो नातागोता गर्ने मानिसलाई अवसर दिने र दक्ष कर्मचारीलाई भने फिर्ता बोलाएको भन्दै सरकारको आलोचना शुरु भएको हो । पूर्व मुख्यसचिव… Continue reading चीनबाट लीलामणी पौडेल फिर्ता, नयाँ राजदूतमा पाण्डे सिफारिस
भ्रमण वर्ष स्थगित गरिने
काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० र सगरमाथा सम्वाद कार्यक्रम स्थगित गर्ने भएको छ । यी दुबै कार्यक्रम स्थगित गर्ने प्रस्ताव प्रधानमन्त्रीले गरेका छन् । अब विभागीय मन्त्रालयले यसको प्रस्ताव मन्त्रीपरिषद्मा लगेर यसको औपचारिक निर्णय हुने भएको छ । आइतबार साँझ मन्त्रीपरिषद् बैठक बसेको थियो । मन्त्रिपरिषद बैठक र उच्चस्तरीय समितिमा छलफल भएको छ… Continue reading भ्रमण वर्ष स्थगित गरिने
प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको नेपालमै मिर्गौला प्रत्यारोपण हुने भएको छ । आगामी बुधबार मृगौला प्रत्यारोपणको तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पतालमा उनको मृगौला प्रत्यारोपण हुने भएको हो । उनको दोस्रो पटक मृगौला प्रत्यारोपण हुने लागेको हो । यसका लागि ओाली सोमबार नै अस्पताल भर्ना हुने वालुवाटार स्रोतले जनाएको छ । सत्तारुढ नेपाल… Continue reading प्रधानमन्त्रीको मृगौला प्रत्यारोपण बुधबार
नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)माथि जुत्ता प्रहार भएको छ । यद्दपी जुत्ता प्रचण्डसम्म पुग्न भने सकेन । राष्ट्रिय सभागृहमा आइतबार आयोजना भएको एक कार्यक्रममा जुम्लाका रतन तिरुवाले प्रचण्डलाई लक्षित गर्दै दर्शक दीर्घाबाट जुत्ता प्रहार गरेका थिए । प्रचण्डले भाषण सकेर अभिवादन भनिसकेपछि उनले जुत्ता प्रहार गरेका थिए । भाषण मन नपरेका… Continue reading नेकपा अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार, एक जना पक्राउ