Category: खेलकुद

  • नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

    नेपाल र सिंगापुरबीच आज मैत्रीपूर्ण फूटबल

    काठमाडौं । नेपालले आज सिंगापुरसँग मैत्रीपूर्ण फुटबल खेल खेल्दैछ । आगामी साता हुने एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपालले अभ्यासका रुपमा यो खेलमा भाग लिन लागेको हो । नेपाल र सिंगापुरबीचको खेल सिंगापुर नेसनल स्टेडियममा शुक्रबार साँझ नेपाली समय अनुसार ६ः१५ बजे सुरु हुनेछ । खेलको प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडीबाट हुने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ । नेपालले नवनियुक्त प्रशिक्षक म्याट रोसको आगमनपछि पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । त्यसका लागि आफू निकै उत्साहित रहेको उनले बताएका थिए ।

    मुख्य प्रशिक्षक रोसको लागि सिंगापुर विरुद्धको खेल ऐतिहासिक हुनेछ । किनकी उनी कुनै पनि पुरुष राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको रुपमा यही खेलबाट डेब्यु गर्दैछन् । उनले सिंगापुर जानुअघि नै आफ्नो सपना पूरा हुने बताएका थिए । नेपालले ३६ वर्ष पछि सिंगापुरसँग अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । यसअघि पछिल्लो पटक सन् १९८९ मा नेपालले विश्वकप छनोट अन्तर्गत सिंगापुरविरुद्ध खेलेको थियो । यस्तै नेपाल र सिंगापुर पाँचौ पटक भिड्न लागेका हुन् । यसअघिको चार भेटमा नेपाल जितविहिन छ । सिंगापुरले ३ खेल जित्दा १ खेल बराबरीमा सकिएको थियो ।

  • च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

    च्याम्पियन्स ट्रफीको फाइनल आज : भारत र न्यूजिल्याण्ड भिड्दै

    काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको फाइनल आज हुँदैछ । उपाधिका लागि भारत र न्युजिल्याण्ड आज खेल्दै छन् । खेल दिउँसो २ः४५ बजेदेखि दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सुरु हुनेछ । भारतले अस्ट्रेलिया तथा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा पुगेका हुन् ।

    यसअघि समूह चरणमा भएको खेलमा भारतले न्युजिल्याण्डलाई हराएको थियो । सन् १९९८ देखि सुरु भएको प्रतियोगिताको दोस्रो संस्करणको उपाधि सन् २००० मा न्युजिल्याण्डले जितेको थियो । संयोगवश त्यसबेलाको फाइनलमा भारतलाई नै हराएर न्युजिल्याण्डले पहिलोपटक आईसीसीको कुनै प्रतियोगिताको उपाधि जितेको थियो ।

    अब २५ वर्षपछि न्युजिल्याण्डलाई इतिहास दोहोर्‍याउने अवसर छ । उक्त अवसरलाई अन्तिम नतिजामा बदल्न किवि टोलीले भारतको बलियो टोलीलाई हराउनुपर्नेछ । अर्कोतर्फ भारतलाई पनि लामो समयपछि एकदिवसीय फर्म्याटको आईसीसी प्रतियोगिता जित्ने अवसर हुनेछ । भारतले पछिल्लोपटक सन् २०१३ को च्याम्पियन्स ट्रफीको उपाधि जितेको थियो । त्यसअघि सन् २०११ मा एकदिवसीय विश्वकप र सन् २००२ को च्याम्पियन्स ट्रफी भारतले जितेको थियो ।

    भारत र न्युजिल्याण्ड आईसीसी क्रिकेट विश्वकप र च्याम्पियन्स ट्रफी गरेर कुल १३ पटक आमनेसामने भएका छन् जसमा भारत र न्युजिल्याण्ड समान ६ खेलमा विजयी हुँदा एक खेल बराबरी छ । आईसीसीका ओडिआई प्रतियोगिताको नकआउट खेलहरूमा दुई टोली हालसम्म ३ पटक भेट भएका छन् जहाँ न्युजिल्याण्ड २ तथा भारत १ खेलमा विजयी भएको छ ।

  • यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

    यस वर्ष नेपाली क्रिकेटको क्यालेण्डर सार्वजनिकः अन्तर्राष्ट्रिय सेड्यूल १२

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वार्षिक क्यालेण्डर सार्वजनिक गरेको छ । शनिबार सार्वजनिक क्यालेण्डर अनुसार वर्ष सन् २०२५ मा नेपाली क्रिकेटर व्यस्त रहनेछन् । कुनै पनि महिना क्रिकेटविहीन हुनेछैनन् । बाह्रै महिना पुरुष, महिला र उमेर समूहका विभिन्न प्रतियोगिता हुनेछन् ।

    क्यालेण्डर अनुसार पुरूष र महिला तथा उमेर समूहका टोलीले अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतियोगिताहरू खेल्नेछन् । सन् २०२५ मा आईसीसी लिग २, विश्वकप क्वालिफायर, हङकङ सिक्सेस, टी-२० र ओडीआई सिरिजलगायत रहेका छन् भने महिलातर्फ विश्वकप एसिया छनोट, इमर्जिङ टिम्स एसिया कपलगायत प्रतियोगिता रहेका छन् ।

    यी हुन् २०२५ मा हुने प्रतियोगिता

  • नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक

    नेपाली फुटबल टोलिले पायो नयाँ प्रशिक्षक


    काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ९ महिनापछि मुख्य प्रशिक्षक पाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार अष्ट्रेलियन नागरिक म्याट रोसलाई नेपालको मुख्य प्रशिक्षक नियुक्त गरेको हो ।

    यसअघि नेपालको मुख्य प्रशिक्षक रहेका इटालियन नागरिक भिन्सेन्जो अल्बर्टो एनेसको सम्झौता जेठमै सकिएको थियो । त्यसपछि एन्फाले उनलाई निरन्तरता दिने वा अवधि थप्ने केही निर्णय गरेन ।


    भदौमा मात्र एन्फाले आधिकारिक रुपमा एनेसको सम्झौता नविकरण नगर्ने निर्णय सार्वजनिक गरेको थियो । त्यसपछि एन्फाले मुख्य प्रशिक्षकका लागि दरखास्त आह्वान गरेको थियो । जसमा ४०० भन्दा बढीले आवेदन हालेकोमा एन्फाले म्याट रोसलाई छानेको हो 

    यस बीचमा नेपालले ताजिकिस्तान गएर घरेलु टोली र अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्दा नविन न्यौपानेले अन्तरिम मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।

    रोस पहिलो पटक कुनै पनि देशको पुरूष राष्ट्रिय टिमको मुख्य प्रशिक्षक बनेका हुन् । यसका लागि उनी आफु उत्साहित रहेको बताएका छन् । प्रशिक्षक नियुक्त भएपछि उनले एन्फा टिभीसँग कुरा गर्दै सर्ट टम र लङ टमका केही उद्देश्य समेत सुनाएका छन् ।

    इंग्ल्याण्डको न्युक्यासलमा जन्मिएका अस्ट्रेलियन नागरिक म्याट रोस ‘यूईएफए प्रो लाइसेन्स’ मान्यता प्राप्त प्रशिक्षक हुन् । पछिल्लोपटक उनले दक्षिण कोरियाको महिला टोलीको सहायक प्रशिक्षक बनेर काम गरेका थिए ।

    उनी सन् २०२० देखि २०२३ सम्म कोरियाको सहायक प्रशिक्षक थिए । यस्तै रोसले स्वीडिस महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेको पनि प्रशिक्षक भएर काम गरेका थिए ।

    उनी सहायक प्रशिक्षक रहँदा दक्षिण कोरियाको महिला टोलीले सन् २०२२ को एएफसी एसियन कपको फाइनलमा स्थान बनाएको थियो । तर फाइनलमा कोरिया चीनसँग ३-२ ले पराजित हुँदै उपविजेता बनेको थियो ।

    त्यसअघि उनले चीनको यू-१५ राष्ट्रिय महिला टोलीको प्रशिक्षकको रुपमा काम गरेका थिए । चीन छाडेर उनी कोरिया पुगेका थिए ।

  • इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित

    इङल्याण्डविरुद्ध अफगानिस्तानको सानदार जित

    काठमाडौं । इंग्ल्याण्ड आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । बुधबार भएको समूह बीको खेलमा अफगानिस्तानसँग ८ रनले पराजित हुँदै इंग्ल्याण्ड एक खेल अगावै बाहिरिएको हो । अफगान टिमले दिएको ३२६ रनको बलियो लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४९.५ ओभरमा ३१७ रनमा समेटियो । जो रुटले सर्वाधिक १२० रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । कप्तान जस बट्लर र बेन डकेटले समान ३८ रन बनाए । इंग्ल्याण्डलाई अलआउट गर्न अजमतुल्लाह ओमरजाइले ५ विकेट लिए । मोहम्मद नाबीले २ तथा फजलहक फारुकी, राशिद खान र गुलबादिन नाइबले १–१ विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर ३२५ रन बनाएको थियो । इब्राहिम जाद्रानले १७७ रनको शानदार पारी खेले । १४६ बल खेलेका जाद्रानले १२ चौका र ६ छक्का प्रहार गरेका थिए । अजमतुल्लाह ओभरजाइले ४१ तथा कप्तान हशमतुल्लाह शाहिदी र मोहम्मद नाबीले ४० रन बनाए ।

    इंग्ल्याण्डका जोफ्रा आर्चरले १० ओभरमा ६४ रन दिएर ३ विकेट लिए । लियाम लिभिङस्टोनले २ तथा जेमी ओभर्टन र आदिश राशिदले १–१ विकेट लिए ।
    यसअघि पहिलो खेलमा इंग्ल्याण्ड अस्ट्रेलियासँग पराजित भएको थियो । समूह बी मा दक्षिण अफ्रिका र अस्ट्रेलिया ३–३ अंकका साथ छन् भने अफगानिस्तानको २ अंक भएको छ ।

  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल पराजित

    काठमाडौं । अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा नेपाल म्यानमारसँग पराजित भएको छ । नेपाल २–० गोलले पराजित भएको हो । यससँगै १३औं फाइनल खेलिरहेको नेपाली महिला फुटबल यसपटक पनि अभागी सावित भएको छ । खेलमा प्रभावशाली प्रदर्शन गरिरहेको नेपाल ६२ औँ मिनेटमा गोल खाँदै पछि परेको थियो । दोस्रो मिनेटमै अर्को गोल बेहोरेपछि नेपाल उपाधिको खडेरी तोडेर उपाधिको इतिहास रच्ने मौका गुमाउन बाध्य भयो ।

    नेपालको यो १३औं फाइनल खेल थियो । नेपाली महिला टिमको नेतृत्व गरेका कोच राजेन्द्र तामाङले पनि लगातार तेस्रो फाइनलमा हारको सामना गरे । उनको नेतृत्वमा नेपाली राष्ट्रिय महिला टिमले आज तेस्रो फाइनल खेलेको थियो । म्यानमारले अग्रता लिनुपूर्व नेपालले उसको गोलपोष्टमा करिब दर्जनपटक आक्रमण गरेको थियो । गोलका केही निश्चित अवसरमा ट्राइकरहरू चुक्दा नेपाल निराश बन्न पुग्यो ।

  • पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

    पाकिस्तानविरुद्ध विराटको सानदार सतक, भारत विजयी

    काठमाडौं । आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले पाकिस्तानलाई सजिलै हराएको छ । यस क्रममा स्टार ब्याट्सम्यान विराट कोहरीले शतक प्रहार गरे । १११ बलको सामना गरेका उनी १ सय रन बनाएर नआउट रहे । भारतले पाकिस्तालाई ६ विकेटले हराएको हो । २४१ रनको लक्ष्य पाएको भारतले ४२.३ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो ।

    भारतका लागि कोहलीबाहेक श्रेयस ऐयरले ५६, सुवनम गिलले ४६ तथा रोहित शर्माले २० रन जोडे । पाकिस्तानका लागि साहिन्सा अफ्रिदीले २ विकेट लिए । यसअघि सुरुमा ब्याटिङ गरेको पाकिस्तानले साउद शाखिलको अर्धशतक मद्दतमा ४९.४ ओभरमा अलआउट हुनुअघि २४१ रन बनाएको थियो । भारतले लगातार दोस्रो जित निकालेको हो । पहिलो खेलमा भारतले बंगलादेशलाई हराएको थियो । पाकिस्तानले भने लगातार दोस्रो हार बेहोरेको छ ।

  • नेपाल र म्यानमार बराबरी खेले

    नेपाल र म्यानमार बराबरी खेले

    काठमाडौं । काठमाडौंमा जारी चार राष्ट्र सम्मिलित इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले म्यानमारसँग बराबरी खेलेको छ । दशरथ रंगशालामा सम्पन्न खेल २–२ गोलको बराबरीमा सकिएको हो । सबै गोल पहिलो हाफमै भएका थिए । नेपालले दुईपटक पछि परेको अवस्थाबाट पुनरागमन गरेको थियो । खेलको छैटौं मिनेटमा म्याट नो किनले फ्रिकिकमार्फत सिधै गोल गरिन् । २५ यार्डबाट उनले फ्रिकिकमा शानदार गोल गरेकी हुन् । नेपाली गोलकिपर अन्जना राना मगरले भलि आएको बललाई जज गर्नै सकिनन् ।

    इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

    ११औं मिनेटमा सावित्रा भण्डारीको पासमा सबिता रानामगरले ट्याप इन गोल गर्दै खेल बराबरीमा ल्याइन् । १६औं मिनेटमा मे टेट नुले गोल गर्दै म्यानमारलाई पुनस् अगाडि ल्याइन् । ४०औं मिनेटमा सावित्राले गोल गरेपछि पहिलो हाफ २–२ को बराबरीमा सकियो । खेलमा यीबाहेक दुवै टोलीले गोल गर्ने थुप्रै अवसरको सदुपयोग गर्न सकेनन् । यी दुवै टोली यसअघि नै फाइनलमा पुगिसकेका छन् । फाइनल खेल बुधबार हुनेछ ।

  • इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

    इन्टरनेशनल वुमन्स च्याम्पियनसिप : फाइनल पुगेका नेपाल र म्यानमार भिड्दै

    काठमाडौं । इन्टरनेशनल वुमन्स च्याम्पियनसिप अन्तर्गत घरेलु टोली नेपालले आज आफ्नो तेस्रो खेलमा म्यानमारसँग खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ । हालसम्म नेपाल र म्यानमार दुवै टोली अपराजित रहँदै फाइनलमा पनि स्थान बनाइसकेका छन् । त्यसकारण यस खेल फाइनलअघिको वार्म(अप सरह हुनेछ । म्यानमारले लेबनानलाई ३–१ तथा कीर्गिस्तानलाई ५–० गोलअन्तरले हराएको थियो भने नेपालले लेबनान र कीर्गिस्तान दुवैलाई समान १–० गोलअन्तरले हराएको थियो ।

    साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि भिडन्त आज, नेपाल र बंगलादेश भिड्दै

    नेपालका प्रशिक्षक राजेन्द्र तामाङले यस खेलका लागि म्यानमारको टोलीको रणनीति बुझेर त्यसैअनुसार फाइनलको योजना बनाउन सहज हुने बताएका छन् । नेपाल र म्यानमारबिच हालसम्म ३ खेल भएको छ जसमा एक बराबरी खेल्दा दुई खेलमा नेपाल पराजित भएको थियो । म्यानमारले ७ गोल गर्दा नेपालले जम्मा २ गोल मात्र गरेको छ । आजै दिउँसो २ बजे हुने खेलमा लेबनान र कीर्गिस्तानबीच प्रतिस्पर्धा हुनेछ । दुवै टोलीका लागि सान्त्वना जितको पनि अवसर हुनेछ ।

  • च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

    च्याम्पियन्स ट्रफीमा अफगानिस्तानमाथि दक्षिण अफ्रिकाको जित

    काठमाडौं । च्याम्पियन्स ट्रफीमा दक्षिण अफ्रिकाले अफगानिस्तानविरूद्ध ठूलो अन्तरको जित निकालेको छ। गतराति कराँची नेशनल स्टेडियममा भएको खेलमा दक्षिण अफ्रिकाले अफगानिस्तानलाई १०७ रनले हरायो । दक्षिण अफ्रिकाले दिएको ३१६ रनको लक्ष्य पछ्याएको अफगानिस्तान ४३.३ ओभरमा २०८ रन बनाउँदै
    अलआउट भयो । अफगानिस्तानलाई सस्तोमा समेट्न कगिशो रबाडाले तीन, लुंगी एन्गिडी र विआन मुल्दरले २–२ तथा मार्को जनसेन र केशव महाराजले १–१ विकेट लिए। अफगानिस्तानका लागि रहमत शाहले सर्वाधिक ९० रन बनाए। उनले ९२ बलमा ९ चौका र १ छक्का हाने।

    च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

    रसिद खान र अजमतउल्लाह ओमरजइले १८–१८, इब्राहिम जद्रानले १७ र सेदिकउल्लाह अटलले १६ रन बनाए। कप्तान हसमतउल्लाह शून्यमै आउट भए । पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले पूरै ओभर खेलेर ६ विकेटको क्षतिमा ३१५ रन बनाएको थियो। ओपनर र्‍यान रिकेल्टनले शतक हाने। उनले १०६ बलमा ७ चौका र १ छक्का हानेर १०३ रन बनाए। कप्तान तेम्बा बावुमाले ७६ बलमा ५ चौका हानेर ५८ रन बनाए। रसी भ्यान देर दुसेनले ४६ बलमा ३ चौका र २ छक्का हानेर ५२ रन बनाए। एडेन मार्क्रम ३६ बलमा ६ चौका र १ छक्का हानेर ५२ रन बनाउँदै नट आउट रहे। च्याम्पियन्स ट्रफीमा शनिबार इंग्ल्याण्ड र अस्ट्रेलिया खेल्दैछन्। यो हेविवेट भिडन्त मानिन्छ ।

  • च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

    च्याम्पियन्स ट्रफी : भारतको जित–गिलले हाने सतक

    काठमाडौं । आइसिसी च्याम्पियन्स ट्रफीमा भारतले सानदार सुरूवात गरेको छ। बिहीबार दुबईमा भएको खेलमा बंगलादेशलाई ६ विकेटले हराउँदै भारतले समूह ‘ए’ मा जित निकालेको हो । यो समूहको पहिलो खेलमा आयोजक पाकिस्तानलाई न्युजिल्यान्डले हराएको छ । ट्रफीमा भारतका खेल युएई र अरु देशका खेल पाकिस्तानमा जारी छन् ।

    आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा बंगलादेशले दिएको २२९ रनको लक्ष्य भारतले ४ विकेटको क्षतिमा ४६.३ ओभरमा भेट्टायो । भारतको जितमा शुभमन गिलले शतक प्रहार गरे। उनले १२९ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै नटआउट १०१ बनाए । केएल राहुलले नटआउट ४१ रन जोडे । ओपनर तथा कप्तान रोहित शर्मा ४१ रनमा आउट भए। विराट कोहली २२ रन, श्रेयस अय्यर १५ रन र अक्षर पटेल ८ रनमा आउट भए।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेश दुई बल खेल्न बाँकी छदा २२८ रनमा अलआउट भयो। कठिन परिस्थितिमा बंगलादेशको इनिङ सम्हालेका तोहिद हृदोयले शतक प्रहार गरे। पहिलो अन्तर्राष्ट्रिय शतक प्रहार गरेका उनी ४९.२ ओभरमा १०० रनमा अन्तिम विकेटको रुपमा आउट भए।

    कुनै समय ३५ रन बनाउँदा ५ विकेट गुमाएको बंगलादेशका लागि हृदोयसँगै जकर अलीले ६८ रन जोड्दा टोली संकटबाट बाहिर निस्कन सफल भयो। दुईबीच छैटौं विकेटका लागि १४४ रनको साझेदारी भयो। बलिङमा भारतका मोहमद सामीले ५ विकेट लिए भने हर्षित रानाले ३ विकेट हात पार्न सफल भए। अक्षर पटेलले २ विकेट आफ्नो नाममा लेखाए। आज अफगानिस्तान र दक्षिण अफ्रिका भिड्दैछन् ।

  • अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

    अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा पुग्यो नेपाल

    काठमाडौं । नेपाल र म्यानमार एक खेल अगावै अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । बिहीबार सम्पन्न खेलमा नेपालले लेबनानमाथि १–० को जित निकालेपछि दुवै टोलीले फाइनल पुगेका हुन् । नेपालको जितमा पहिलो हाफमा भएको एकमात्र गोल नै निर्णायक बन्यो । ४२औं मिनेटमा सावित्रा भण्डारीको प्रहार लेबनानी खेलाडी फराहलाई डिफ्लेक्ट भएर गोलमा परिणत भएको थियो । दुवै टोलीले थप गोल गर्ने अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

    ३२ सय मिटर उचाईमा मैत्रीपूर्ण फुटबल हुँदै, के छ तयारी ?

    १०औं मिनेटमा क्रिस्टी मालोफको प्रहार एन्जिलाले बचाइन् । ११औं मिनेटमा बिमलाले गरेको प्रहार पोस्टमाथिबाट बाहिरियो । १३औं मिनेटमा लैला इस्कन्दरले दुईपटक गोलरक्षक बिट गरिसकेको अवस्थामा गोल गर्न चुकिन् । १५औं मिनेटमा प्रीति राईको प्रहार पोस्टको केही माथिबाट बाहिरियो । १७औं मिनेटमा रेखा पौडेलले सबिता रानामगरको क्रसमा हेडर मिस गरेकी थिइन् । २३औं मिनेटमा साम्बाको प्रहार पोस्टको वाइड गयो । २६औं मिनेटमा बिमला चौधरीको हेडर फितलो रहँदा लगत्तै ओपन चान्समा रेखाले बल भेटाउन सकिनन् । त्यसलगत्तै फेरि साम्बाको प्रहारले पोस्टको दिशा लिन सकेन ।

    समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ । ३१औं मिनेटमा लेबनानले पनि अर्को मौका गुमायो । थ्रु मार्फत आएको उत्कृष्ट पासलाई लेला इस्कन्दरले सदुपयोग गर्न सकिनन् । ३७औं मिनेटमा क्रिस्टी मालुफको प्रहार साइड नेटिङ हुन पुग्यो ।

    दोस्रो हाफको ५९औं मिनेटमा साम्बाको पासमा सबिताले प्रहार गरेको बल पोस्टमाथिबाट बाहिरियो । ८६औं मिनेटमा सावित्राको प्रहारले पोस्टको दिशा लिन सकेन । इन्जुरी समयको पहिलो मिनेटमा जहवा अराबीको प्रहार बारमा लागेर फर्कँदा लेबनान बराबरी गर्नबाट चुकेको थियो । समूह चरणको अन्तिम खेलमा पनि नेपाल र म्यानमार नै खेल्ने छन् भने फाइनल पनि यिनै दुई टोलीको बिचमा हुनेछ ।

  • आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै

    आईसीसी च्याम्पियन्स ट्रफी : आज बंगलादेश र भारत भिड्दै

    काठमाडौं । पाकिस्तानमा सुरु भएको नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आज दोस्रो खेल हुँदैछ । समूह ए अन्तर्गतको खेलमा भारत र बंगलादेश खेल्दै छन् । भारत पाकिस्तान नगएकाले भारतका खेलहरू यूएईको दुबईमा हुनेछ ।

    दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा दिउँसो पौने ३ बजेदेखि खेल सुरु हुनेछ । समूह ए अन्तर्गत बुधबार भएको खेलमा न्युजिल्याण्डले पाकिस्तानलाई हराउँदै विजयी सुरुवात गरेको छ । न्युजिल्याण्डले पाकिस्तानलाई ६० रनले हरायो । मार्च ९ सम्म चल्ने प्रतियोगितामा ८ टोलीको सहभागिता छ । ८ टोलीहरूलाई दुई समूहमा विभाजित गरिएको छ ।

    आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

    समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश रहेका छन् भने समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान रहेका छन् ।
    हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

  • आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

    आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट आजबाट

    काठमाडौं । पाकिस्तानमा आजबाट नवौं संस्करणको आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेट सुरू हुने भएको छ । प्रतियोगिता आठ वर्षपछि हुन लागेको हो । यसलाई ‘मिनी विश्‍वकप’का नामबाट चिनिन्छ । प्रतियोगितामा आठ टोली सहभागी छन् । दुई समूहमा विभाजित आठ टोलीमा आयोजक पाकिस्तानसहित भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, दक्षिण अफ्रिका, इंग्ल्याण्ड, बंगलादेश र अफगानिस्तान छन् ।

    पाकिस्तान साविक विजेता हो । समूह ए मा भारत, पाकिस्तान, न्युजिल्याण्ड र बंगलादेश छन् । समूह बी मा अस्ट्रेलिया, दक्षिण अफ्रिका, इंग्ल्याण्ड र अफगानिस्तान छन् । हरेक समूहबाट सिंगल राउण्ड रोबिनका खेलपछि शीर्ष दुई टोलीहरू सेमिफाइनलमा प्रवेश गर्ने छन् ।

    महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

    प्रतियोगिताको उद्घाटन खेलमा साविक विजेता तथा आयोजक पाकिस्तान र न्युजिल्याण्ड खेल्दै छन् । खेल दिउँसो पौने ३ बजेदेखि नेशनल स्टेडियम कराँचीमा सुरू हुनेछ । पछिल्लोपटक सन् २०१७ मा भएको च्याम्पियन्स ट्रफी क्रिकेट फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो । त्यसअघि सन् २०१३ मा भने भारतले जितेको थियो भने त्यसअघि सन् २००९ र २००६ मा अस्ट्रेलियाले जितेको थियो ।

  • चारदेशिय फूटबल प्रतियोगितामा नेपालको जित

    चारदेशिय फूटबल प्रतियोगितामा नेपालको जित

    काठमाडौं । नेपालले ‘फोर नेसन्स कप’ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ । दशरथ रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले कीर्गिस्तानलाई १–० गोलले हरायो । नेपालको कठिन जितमा विमला चौधरी निर्णायक बन्नुभयो । खेलको सुरुवात देखि आक्रामक प्रदर्शन गरेपनि नेपालको फिनिसिङ पक्ष कमजोर बन्यो ।

    नेपालले १०औँ मिनेटमा विमलाको गोलमा अग्रता लिएको थियो । विमलाले सविता रानामगरको लामो पासमा गरेको हेडगोल नेपालको जितमा प्रयाप्त बन्यो । नेपालले खेलको अन्तिमसम्म लगातार अवसर बनाएपनि थप गोल गर्न भने सकेन । यस्तै नेपालको तुलनामा केही कमजोर देखिएको कीर्गिस्तानले पनि गोलको अवसर गुमाएको थियो ।

    कीर्गिस्तानले इन्जुरी समयमा डिबक्स छेउमा पाएको फ्रिकिक प्रहार पोस्ट्माथि हुईकिएको थियो । यस खेलमा दोस्रो रोजाईमा रहेकी नेपालकी स्टार सावित्रा भण्डारी ‘साम्बा’ दोस्रो हाफमा विमला विकको स्थानमा मैदान प्रवेश गरेकी थिइन् । पहिलो जितसँगै नेपालले तीन अङ्क बनाएको छ । कीर्गिस्तानले हारबाट प्रतियोगिता सुरुवात गरेको छ । चार टिम सम्मिलित प्रतियोगितामा नेपालसहित कीर्गिस्तान, म्यानमार र लेबनानको सहभागिता रहेको छ ।

    यसअघि सोमबार नै भएको पहिलो खेलमा म्यानमारले लेबनानलाई ३–१ गोलले हराएको थियो । म्यानमारको जितमा विन थेन्गीथुनले ५६औँ, स्वेय यी टुनले ७२औँ र म्याट नोय खिनाले ७५औँ मिनेटमा गोल गरिन् । लेबनानकी लैजा स्कन्डरले ६०औँ मिनेटमा सान्त्वना गोल गरिन् । पहिलो जितसँगै म्यानमारले पनि तीन अङ्क बनाएको छ । नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र तेस्रो खेल ११ गते म्यानमारसँग खेल्नेछ ।

    लिग चरणमा एक अर्कासँग खेलेपछि शीर्ष दुई टोलीबिच उपाधि भिडन्त हुनेछ । एन्फाले यस प्रतियोगितालाई आगामी एएफसी महिला एसियन कप–२०२६ र फिफा महिला विश्वकप–२०२७ को छनोट तयारीको रूपमा लिएको छ ।

  • काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय महिला फूटबल, चार मुलुक सहभागी

    काठमाडौंमा आजबाट अन्तर्राष्ट्रिय महिला फूटबल, चार मुलुक सहभागी

    काठमाडौं । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा आजदेखि अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता शुरू हुँदैछ । नेपालले आज आफ्नो पहिलो खेलमा कीर्गिस्तानसँग खेल्दैछ । खेल दशरथ रङ्गशालामा बेलुकी ६ बजे शुरू हुनेछ । त्यसअघि दिउँसो २ बजे म्यानमार र लेबनानबीच खेल हुनेछ । प्रतियोगितामा नेपाल, कीर्गिस्तान, म्यानमार र लेवनान सहभागी छन् ।

    नेपाली फुटबल टिमकी कप्तान एन्जिलाले ग्रिसमा व्यवसायिक फुटबल खेल्ने

    प्रतियोगिताका लागि विदेशमा रहेका खेलाडीहरु एन्जिला र रेखा आइसकेका छन् भने सावित्रा भण्डारी साम्बा आज आइपुग्ने नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले बताएका छन् । अहिलेसम्म उपाधी जित्न नसकेको नेपाल यस पटक घरेलु मैदानमा आफैले आयोजना गरेको प्रतियोगितामा उपाधी उचाल्ने लक्ष्यका साथ मैदान उत्रिँदैछ ।

  • महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

    महिला क्रिकेटमा पनि ब्याटिङमै कमजोरी, लगातार दोस्रो हार

    काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई शृंखलामा नेपाल लगातार दोस्रो खेलमा पराजित भएको छ । शनिबार सम्पन्न खेलमा नेपाल थाइल्याण्डसँग ४ विकेटले हारेको छ । नेपालले दिएको १०२ रनको लक्ष्य थाइल्याण्डले १९ ओभरमा ६ विकेटको क्षतिमा पूरा गर्‍यो । नेपालको कमजोरी पुनः ब्याटिङमै दोहोरिएको छ ।

    थाइल्याण्डका लागि नानपत कोन्चारोन्काइले अविजित अर्धशतकीय पारी खेलिन् । नेदरल्याण्सविरूद्ध पनि अर्धशतक बनाएकी उनले यस खेलमा ६० रन बनाइन् । त्यस्तै सुवानन खियोतोले १४ तथा कप्तान नारुमोल चाइवाइले १३ रन बनाइन् ।

    नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १२ रन दिएर २ विकेट लिइन् । कविता कुँवर, कविता जोशी र रुबिना क्षेत्रीले १–१ विकेट लिए ।त्यसअघि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले थाइल्याण्डसामू १०२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले २० ओभरमा ९ विकेट गुमाएर १०१ रन बनाएको थियो ।

    नेपालले थाइल्याण्डविरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक योगफल हो भने १०० रनको योगफल कटाएको पनि यो पहिलोपटक हो । नेपालका लागि कविता कुँवर र बिन्दु रावलले सर्वाधिक समान २५ रन बनाए । कप्तान इन्दु बर्माले १५ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    थाइल्याण्डका लागि थिपाथ्चा पूथावङले ४ ओभरमा १७ रन दिएर ३ विकेट लिएकी थिइन् । फनिता मया र नताया बूचाथामले २–२ विकेट लिए । चनिदा सुथिराङले १ विकेट लिइन् । नेपाल पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजित भएको थियो । थाइल्याण्डले आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्सलाई हराएको थियो । शृंखलामा सबै टोलीले एकअर्कासँग ३–३ खेल खेल्ने छन् ।

  • मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने

    मोन्टी देसाईको सम्झौता सकियो, नवीकरण नहुने

    काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाईको सम्झौता नवीकरण नगर्ने निर्णय गरेको छ । उनीसँग सन् २०२३‌ मा भएको दुई वर्षको सम्झौता सकिएसँगै सम्झौता नवीकरण नगर्ने निर्णय भएको क्यानका प्रवक्ता छुम्बी लामाले जनाएका छन् ।

    मोन्टीको प्रशिक्षणमा नेपाली क्रिकेट टिमले खराब फर्मबाट माथि उठेर राम्रो प्रदर्शन गरेको थियो भने पहिलोपटक एसिया कप खेल्दा आईसीसी टी–२० विश्वकप पनि १० वर्षपछि खेलेको थियो । मोन्टीले केही दिनअघि नेपालका युवा ब्याटरहरूलाई ब्याटिङ क्लिनिकमा पनि समावेश गराएका थिए । मोन्टीको प्रशिक्षणमा नेपालले गरेको उत्कृष्ट प्रदर्शन र सफलतासँग जोडिएको उनको योगदानका लागि क्यानले मोन्टीलाई धन्यवाद दिएको छ ।

  • महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

    महिला टी–२०आई सिरिज आजबाट, पहिलो पटक नेदरल्याण्ड्स र नेपाल भिड्दै

    काठमाडौं । आजदेखि नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी–२०आई सिरिज सुरू हुँदै छ । पहिलो खेलमा नेपाल र नेदरल्याण्ड्स खेल्दै छन् । यी दुई मुलुक पहिलो पटक टी२० आईमा भिड्न लागेका हुन् । खेल दिउँसो १२ बजेदेखि त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरू हुँदैछ। नेपालको कप्तानमा इन्दु बर्मा छन् भने नेदरल्याण्ड्सको कप्तानमा बाबेट डे लिडे छन् ।

    नेपाली कप्तान इन्दुले ‘साढे दुई वर्षपछि घरेलु मैदानमा नै हुन लागेको यस श्रृंखलाका लागि धेरै उत्साहित रहेको बताएकी छिन् । पहिलोपटक नेपाल आउँदा उत्साहित भएको बताउँदै डच कप्तान डे लिडेले नेपालसँग पहिले खेल्ने अवसर नपाएपनि अब पाएको अवसरमा राम्रो खेल प्रदर्शन गर्ने बताएकी छिन् । श्रृंखलामा सबै टोलीले एक अर्कासँग ३–३ खेल खेल्ने छन् ।

    नेपालले दोस्रो खेल शनिबार थाइल्याण्डसँग खेल्ने छ । माघ २० मा नेदरल्याण्ड्स, माघ २२ मा थाइल्याण्ड, माघ २३ मा नेदरल्याण्ड्स र माघ २५ मा थाइल्याण्डसँग खेल्ने छ । फाइनल नहुने भएकाले सबै खेल सकिँदासम्म धेरै खेल जितेर उच्च अंक हासिल गर्ने टिम श्रृंखलाको विजेता बन्ने छ ।

  • नेपाली फूटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

    नेपाली फूटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त

    काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षकमा अस्ट्रेलियाका म्याट रोस नियुक्त भएका छन् । अखिल नेपाल फुटबल सङ्घले प्रशिक्षकका लागि आवेदन परेको विभिन्न देशका प्रशिक्षकहरूबाट रोसलाई छनोट गरेको हो । एन्फाले रोसको नियुक्तिलाई छिट्टै औपचारिकता दिन बाँकी रहेको जनाएको छ । रोस आफ्नो परिवारसहित नेपाल आएका छन् ।

    रोस बिहीबार कांग्रेस सभापति कप नकआउट फुटबल हेर्न दशरथ रङ्गशाला समेत पुगेका थिए । रोसले नेपाली प्रशिक्षक बन्ने दौडको अन्तिम सुचीमा रहेका स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै बाजी मारेका छन् ।

    ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त रोस यसअघि सन् २०२० देखि २०२३ सम्म दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको प्रशिक्षकको जिम्मेवारीमा थिए । नेपाली टोलीका पूर्व प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनेसको कार्यकाल आठ महिना अघि सकिएपछि नेपाली पुरुष टोली प्रशिक्षकबिहीन थियो ।

  • आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटमा आज नेपाल र अस्ट्रेलिया भिड्दै, जित्नै पर्ने दवाव नेपालमाथि

    आइसिसी यू–१९ महिला विश्वकप क्रिकेटमा आज नेपाल र अस्ट्रेलिया भिड्दै, जित्नै पर्ने दवाव नेपालमाथि

    काठमाडौं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटमा आज नेपालले अस्ट्रेलियासँग खेल्दैछ। मलेसिसाको बांगीस्थित वाइएसडी(युकेएम क्रिकेट ओभलमा दिउँसो सवा १२ बजेदेखि खेल सुरू हुनेछ। आजको खेल नेपाललाई जित्नैपर्ने दबाब छ। यसअघि दुवै खेलमा पराजित भएको नेपालले सुपर सिक्स सम्भावनालाई जिवित राख्न आजको खेल जित्नुपर्नेछ। यसअघि पहिलो खेलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको थियो। दोस्रो खेलमा स्कटल्याण्डसँग एक विकेटले पराजित भएको थियो। स्कटल्याण्डविरूद्ध राम्रो सुरूवात गरेपनि नेपालले स्कटल्याण्डको अन्तिम विकेट लिन सकेन।

    अन्तिम विकेटका लागि स्कटल्यान्डले १६ रनको साझेदारी गर्दा नेपाल विश्वकपमा पहिलो जित निकाल्ने अवसरबाट चुकेको थियो। आज यसअघिका दुवै खेलमा भएका कमजोरी सुधारेर नेपालले राम्रो प्रदर्शन गर्नुपर्ने र अस्ट्रेलियालाई पराजित गर्नुपर्ने चुनौती छ। अस्ट्रेलियाले बंगलादेश र स्कटल्याण्ड दुवैलाई पराजित गरिसकेको छ।

    समूह चरणमा उ पनि अन्तिम खेल खेल्दैछ। शीर्ष स्थानमा रहेको अस्ट्रेलिया अहिलेसम्मको खेलमा बलियो देखिएको छ। बंगलादेश र स्कटल्याण्ड दोस्रो र तेस्रो स्थानमा छ। सुपर सिक्समा पुग्नका लागि समूह चरणमा कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। बंगलादेश र स्कटल्याण्डबीच बिहान सवा ८ बजे खेल हुँदैछ। समूह डी बाट सुपर सिक्समा पुग्ने टोलीको आजै टुंगो लाग्नेछ।

  • यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

    यूरोपियन च्याम्पियन्स लिगमा बार्सिलोनाको सानदार जित

    काठमाडौं । यूरोपियन च्याम्पियन्स लिग फुटबलमा बार्सिलोनाले शानदार पुनरागमन जित हासिल गरेको छ । बार्सिलोनाले पोर्चुगिज क्लब बेनफिकालाई उसैको मैदानमा ५–४ गोलअन्तरले हराएको हो । खेलमा ४–२ ले पछि परेको अवस्था उल्टाउँदै बार्सिलोनाले शानदार पुनरागमन गर्‍यो । बार्सिलोनाको जितमा रोबर्ट लेवान्डोस्की र राफिन्हाले दुई-दुई गोल गरे भने एरिक गार्सियाको नाममा एक गोल रह्‍यो । बेनफिकाका लागि भान्जेलिस पाभिल्डिसले पहिलो हाफमै ह्‍याट्रिक गरे पनि व्यर्थ रह्‍यो । खेलको दोस्रो मिनेटमा नै बेनफिकाले अग्रता लिएको थियो । पाभिल्डिसले गोल गर्दै सुरूवाती अग्रता दिलाएका थिए । १३औं मिनेटमा लेवान्डोस्कीले गोल गरेपछि खेल बराबरीमा आयो ।

    २२औं मिनेटमा फेरि पाभिल्डिसको गोलमा बेनफिका खेलमा अगाडि आयो । ३०औं मिनेटमा उनले पेनाल्टीमार्फत ह्‍याट्रिक नै पूरा गर्दा पहिलो हाफमा बार्सिलोना ३–१ ले पछाडि रह्‍यो । दोस्रो हाफको ६४औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काउने प्रयास गरे । त्यसको चार मिनेटमा आत्मघाती गोलमार्फत बेनफिका ४–२ को अग्रतामा पुग्यो ।

    त्यसपछि बार्सिलोनाको पुनरागमन सुरू भयो । ७८औं मिनेटमा लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे । ८६औं मिनेटमा एरिक गार्सियाले गोल गर्दै खेल ४४ को बराबरीमा ल्याए । इन्जुरी समयको छैटौं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई उत्कृष्ट पुनरागमन जित दिलाए ।

    च्याम्पियन्स लिग इतिहासमा ५–४ को अन्तरले खेलको नतिजा आएको यो पहिलोपटक हो । बार्सिलोनाले च्याम्पियन्स लिग वा यूरोपियन कपको कुनै पनि खेलमा २ गोलले पछाडि परेर पुनरागमन गर्दै खेल जितेको यो पहिलोपटक हो । ४ भन्दा बढी गोल व्यहोरेर पनि खेल जित्ने बार्सिलोना दोस्रो टोली हो । यसअघि २०१६ मा बोरुसिया डर्टमुन्डले लेगिया वार्सलाई ८–४ गोलअन्तरले हराएको थियो । गएराति नै भएका अन्य खेलहरूमा लिभरपुलले लिललाई २–१ ले हराउँदा एट्लेटिको मड्रिडले बायर्न लेभरकुसनलाई २–१ ले हरायो ।

  • यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

    यू-१९ विश्वकप : नेपाल स्कटल्याण्डसँग पराजित

    काठमाडौं । मलेसियामा जारी आइसिसी यु–१९ महिला टी–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नेपाल स्कटल्यान्डसँग एक विकेटले पराजित भएको छ । मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले प्रस्तुत गरेको ७४ रनको लक्ष्य स्कटल्यान्डले १८ दशमलव चार ओभरमा नौ विकेटको क्षतिमा पूरा गर्‍यो । स्कटल्यान्डका लागि पिपा स्प्रोलले ४७ बलमा तीन चौकाको सहयोगमा ३५ रन बनाइन् । त्यसैगरी, ग्याब्रियला फोन्टेन्लाले १२ रन जोडिन् ।

    बलिङतर्फ नेपालकी सिमना केसी र रचना चौधरीले समान दुई–दुई विकेट लिए भने कप्तान पूजा महतो र कृष्मा गुरुङले समान एकरएक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको नेपालले १८ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै ७३ रन मात्रै बनाउन सक्यो ।

    नेपालका लागि कप्तान पूजा महतोले ४३ बलमा तीन चौकाको सहयोगमा २७ रन जोडिन् । त्यसैगरी, सावित्री धामीले १० रन जोड्नुबाहेक अन्य ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । स्कटल्यान्डका लागि मैसी म्याकिरा एक्लैले पाँच विकेट लिइन् भने अमी बलडाइ र नइमा शेखले समान दुई–दुई विकेट लिए ।

    त्यस्तै, क्रिस्टी म्यायाकोलले एक विकेट झारिन् । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । यसअघि भएको पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित भएको थियो । जितसँगै स्कटल्यान्डले सुपर सिक्समा पुग्ने सम्भावनालाई बलियो बनाएको छ । स्कटल्यान्ड पहिलो खेलमा अष्ट्रेलियासँग पराजित भएको थियो ।

  • खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

    खोखो विश्वकपमा नेपाल उपविजेता, रच्यो इतिहास

    काठमाडौं । नयाँ दिल्लीमा भइरहेको प्रथम खो–खो विश्वकप प्रतियोगितामा नेपाली महिला टिमले नयाँ इतिहास बनेको छ । नेपाल विश्वकपको उपविजेता बनेको छ । इन्दिरा गान्धी स्पोर्ट्स कम्प्लेक्समा भर्खरै सम्पन्न फाइनलमा नेपाल आयोजक भारतसँग पराजित भएको छ । भारतले ७८–४० स्कोरमा खेल जित्दै पहिलो खो खो विश्वकपको उपाधि जितेको छ । भारतले एट्याकिङमा भरपुर अंक बटुलेको थियो । सरस्वती कडायतको कप्तानीमा उत्रेको नेपाली टिम अपराजित रहँदै फाइनल पुगेको थियो । खो खोको महारथी भारतले आफ्नो प्रभुत्व कायम राख्दै उपाधि जित्यो ।

    यो फाइनल पनि नेपालमा भएको १३ औं दक्षिण एसियाली खेलकुदको फाइनल पुनरावृत्ति भएको छ । भारतले १७–५ स्कोरले नेपाललाई हराएर सागको स्वर्ण जितेको थियो । यद्यपि कुनै पनि टिम गेममा नेपाल विश्वकपको फाइनल पुगेको यो पहिलो अवसर हो । पुरुषतर्फ पनि नेपालले उपाधिका लागि आयोजक भारतसँगै अहिले केहीबेरमा प्रतिस्पर्धा गर्नेछ ।

  • आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

    आइसिसी यू-१९ महिला टी–२० : पहिलो खेलमा नेपाल पराजित

    काठमाडौं । आइसिसी यू–१९ महिला टी–२० विश्वकप क्रिकेटको पहिलो खेलमा नेपाल पराजित भएको छ। मलेसियसा मलेसियाको बांगीस्थित युकेएम क्रिकेट ओभलमा नेपाल बंगलादेशसँग पाँच विकेटले पराजित भएको हो। नेपालले दिएको ५३ रनको लक्ष्य बंगलादेशले १३.२ ओभरमा पाँच विकेट गुमाएर भेट्टायो।
    त्यस क्रममा साडिया इस्लामले सर्वाधिक १६ रन बनाउँदा कप्तान सुमैया अख्तरले १२ रन बनाइन्।

    बलिङतर्फ रचना उपाध्याय, रिया शर्मा, सिमाना केसी र पुजा महतोले १ विकेट लिए। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १८.२ ओभरमा अल आउट हुँदै ५२ रन बनाएको थियो। नेपालका लागि ओपनर साना प्रविनले बनाएको १६ रन सर्वाधिक रह्यो। उनले ३२ बल खेलिन्। त्यसपछि सिमाना केसीले १० रन बनाउनुबाहेक कसैले पनि दोहोर अंकमा स्कोर जोड्न सकेनन्।

    सावित्री धामी १ रनमा, कप्तान पुजा महतो २ रनमा, सोनी पाख्रिन शून्यमा, किरण कुँवर १ रनमा, अलिशा यादव ४ रनमा, तिर्सना विश्वकर्मा ३ रनमा, अनु कडायत शून्यमा, रचना चौधरी ३ रनमा आउट हुँदा रिया शर्मा ५ रन बनाएर नट आउट रहिन्।

    बलिङमा बंगलादेशकी जन्नतउल मौसाले २ विकेट लिइन्। निशिता अख्तर निशी, फहोमिदा चोया र अनिशा अख्तर सोबाले एक–एक विकेट लिए। नेपाली महिला टिमले पहिलो पटक विश्वकप खेलेको हो। समूह डी मा रहेको नेपाललाई सुपर-६ मा पुग्न कम्तिमा एक खेल जित्न आवश्यक रहन्छ। नेपालको समूहमा बंगलादेशसँगै स्कटल्याण्ड र अस्ट्रेलिया छन्। नेपालले सोमबार स्कटल्याण्डसँग र बुधबार अस्ट्रेलियासँग खेल्नेछ।

  • खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

    खो-खो विश्वकपमा नेपालको चामत्कारिक प्रदर्शन

    काठमाडौं । भारतमा जारी खो खो विश्वकपमा नेपालले उत्कृष्ट प्रदर्शन जारी राखेकोछ । खोखो विश्वकपको महिलातर्फ टोली फाइनलमा पुगेको छ । नेपाली महिला राष्ट्रिय खो खो टोलीले शनिबार पहिलो सेमिफाइनलमा युगान्डालाई पराजित गर्दै ऐतिहासिक फाईनल यात्रा तय गरेको हो । नयाँ दिल्ली स्थित ईन्दिरा गान्थी ईन्डोर हलमा भएको खेलमा नेपालले युगान्डालाई ८९–१८ ले हरायो । नेपालले अब दक्षिण अफ्रिका र भारतबीच हुने दोस्रो सेमिफाइनल विजेतासँग उपाधिका लागि खेल्नेछ ।


    नेपालको कुनै पनि टोली कुनै पनि खेलको विश्वकपमा फाइनलमा पुगेको यो पहिलो पटक हो । नेपालको लागि कुनै पनि खेलको विश्वकप पुग्नु नै ठूलो विषय हुन्छ । त्यसमा पनि खो खो विश्वकप खेलेर अपराजित रहँदै फाइनल नै पुग्नु नेपाली खेलकुदकै ऐतिहासिक क्षण हो ।

    नेपालको महिला टोली अपराजित रहँदै फाईनल पुगेको हो । यसक्रममा नेपालले हालसम्म खेलेको सबै ६ खेल जित्यो । महिलातर्फ समूह सी मा रहेको नेपालले सबै चार खेल जित्दै समूह सी को विजेताको रूपमा क्‍वाटरफाइनलमा प्रवेश गरेको थियो ।

    नेपालले पहिलो खेलमा भुटानलाई ९३–२४ ले, दोस्रो खेलमा जर्मनीलाई ७३–३४ ले, तेस्रो खेलमा श्रीलंकालाई ११०–१० ले र चौथो खेलमा बंगलादेशलाई ८४–२४ ले पराजित गरेको थियो । त्यसैगरी क्‍वाटरफाइनलमा इरानलाई १०३–८ अंकको अन्तरले हराउँदै नेपाल सेमिफाइनलमा पुगेको थियो । खो खो विश्वकपमै पुरुषतर्फ नेपालले आजै सेमिफाइनलमा इरानसँग प्रतिस्पर्धा गर्नेछ ।

  • बार्सिलोनाले जित्यो सुपर कप, रियलको पोष्टमा गोल वर्षा

    बार्सिलोनाले जित्यो सुपर कप, रियलको पोष्टमा गोल वर्षा

    काठमाडौं । बार्सिलोनाले स्पेनिस सुपर कपको उपाधि हात पारेको छ । गतराति रियल मड्रिडलाई हराउँदै बार्सिलोना सुपर कप च्याम्पियन बनेको हो। साउदी अरेबियाको जेद्दास्थित किङ अब्दुल्लाह स्पोर्ट्स सिटीमा सम्पन फाइनलमा बार्सिलोनाले रियललाई ५–२ गोलले हरायो । केलियन एम्बाप्पेले पाँच मिनेटमै उत्कृष्ट गोल गरेर टिमलाई सुरूवाती अग्रता दिलाए ।

    तर त्यसपछिको पहिलो हाफमा बार्सिलोनाले रियलविरूद्ध गोलवर्षा गर्‍यो। लामिन यामलले २२ मिनेटमा बराबरी गोल फर्काएका थिए। त्यसपछि ३६ मिनेटमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरे। राफिन्हाले ३९ मिनेटमा गोल गरे। पहिलो हाफको इन्ज्युरी समयमा अलेजान्द्रो बाल्डेले गोल थपेपछि पहिलो हाफमा बार्सिलोनाले ४–१ गोलले अग्रता लिएको थियो।

    दोस्रो हाफको तेस्रो मिनेटमै राफिन्हाले गोल थपे। ५६ मिनेटमा गोलकिपर वज्शियक रातो कार्ड खाँदै बाहिरिएपछि भने बार्सिलोना १० खेलाडीमा समेटिएको थियो। त्यसको चार मिनेटमै रियलका रोद्रिगोले गोल गरे। यद्यपि त्यसपछि भने १० खेलाडीमा सिमित बार्सिलोनाविरूद्ध रियलले कुनै गोल गर्न नसक्दा बार्सिलोनाले उपाधि जितेको हो।

  • जय ट्रफी: आज दुई खेल हुँदै

    जय ट्रफी: आज दुई खेल हुँदै

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा आइतबारदेखि मधेश प्रदेशको जनकपुर र वीरगंजमा सुरू भएको जय ट्रफी मेन्स एलिट कप अन्तर्गत आज दुई खेल सुरू हुँदै छन् । प्रतियोगिताअन्तर्गत तेस्रो खेलमा मधेश प्रदेश र बागमती प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

    वीरगञ्जस्थित नारायणी क्रिकेट मैदानमा साढे ९ बजेदेखि खेल सुरू हुने तय छ । त्यसैगरी चौथो खेलमा त्रिभुवन आर्मी क्लब र बागमती प्रदेश खेल्नेछन् । जनकपुरमा उक्त खेल पनि साढे ९ बजे सुरू हुने तालिका छ । यसअघि भएको उद्घाटन खेलमा पुलिस र आर्मी तथा बागमती र मधेशले ड्र खेलेका थिए ।

  • पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

    पोखरामा विदेशी वायुसेवा कम्पनीबाट आठौं चार्टर्ड उडान

    काठमाडौं । चीनको छेन्दु विमानस्थलबाट सिचुवान एयरलाइन्सको जहाज चार्टर गरेर १२९ जना पोखरा आइपुगेका छन् । खेलाडीलाई पोखराका मेयर धनराज आचार्यसहितले स्वागत गरेका थिए । पोखरामा शुक्रबारदेखि सुरू हुने इन्टरनेशनल ड्रागनबोट फेस्टिभलमा सहभागी हुन खेलाडीसहित चार्टर जहाजमा आइपुगेका हुन् । दोस्रो ड्रागनबोट फेस्टभल फेवातालमा हुन लागेको हो ।

    फेस्टिभलमा चीनको ८, सिंगापुरको १ र नेपालको ११ टिम सहभागी हुँदैछ । यसअघिको फेस्टिभलमा पनि सिचुवानकै चार्टर जहाजमा चिनियाँ खेलाडी आएका थिए । सिचुवानकै जहाज चार्टरमा पोखरा आएको यो तेस्रोपटक आएको हो । यही कात्तिकमा पोखरामा भएको क्रसकन्ट्री दौड प्रतियोगितामा पनि जहाज चार्टर गरी पोखरा आएका थिए । सिचुवानकै जहाज खेलाडी पोखरा विमानस्थल छाडेर काठमाडौं ओर्लियो । पोखरामा भएको यो ८ औं चार्टर्ड उडान हो ।

  • एउटै सिटमा बसेर देउवा र प्रचण्डले हेरे क्रिकेट

    एउटै सिटमा बसेर देउवा र प्रचण्डले हेरे क्रिकेट

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) फाइनल खेलका दौरान प्रचण्ड र शेर बहादुर देउवा एउटै सिटमा बसेर खेल हेरेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स फाइनलमा हेरेका थिए । एनपिएलको फाइनल खेल हेर्न गृहमन्त्री रमेश लेखक, सुदूरपश्चिमका मुख्य मन्त्री कमल शाह लगायतका नेताहरु पनि कीर्तिपुर पुगेका थिए ।

    एनपीएलको उपाधिका लागि सुदूरपश्चिमले जनकपुरलाई १ सय ८५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीचको खेल हेर्न दर्शक उल्लेख्य उपस्थित थिए ।