काठमाडौं । सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीले आफ्नो पहिलो पाँचतारे होटल भैरहवामा सञ्चालनमा ल्याएको छ। २५ वर्षअघि सुदूरपश्चिमको कैलालीको टिकापुरमा ग्रामिणस्तरको खाजा पसलबाट सुरु भएको सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको यात्रा पाँचतारे होटलसम्म आइपुगेको हो । यसअघि कटेज रेस्टुराँ, तीनतारे र चारतारे स्तरका सहित ३२ वटा शाखा सञ्चालन गरेको यो ग्रुपले भैरहवामा पहिलो पाँचतारे होटल… Continue reading भैरहवामा खुल्यो नयाँ पाँचतारे होटल सिद्धार्थ भिलासा
Category: घूमघाम
काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान
काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौं–बेइजिङ नियमित उडान सुरू गरेको छ। एयरलाइन्सले कोभिडले रोकिएको यो रूटको उडान गत शनिबारबाट नियमित थालेको जनाएको छ। यससँगै अब हरेक शनिबार एयरलाइन्सले काठमाडौं–बेइजिङ–काठमाडौं उडान गर्नेछ। चीनका लागि नेपाली राजदूत विष्णु पुकार श्रेष्ठले दुई राष्ट्रबीच बढ्दो मित्रता र सहयोगको प्रतिनिधित्व गर्दै हिमालय एयरलाइन्सको पहिलो उडानबाट बेइजिङको यात्रा गरेका थिए। हिमालय एयरलाइन्सले… Continue reading काठमाडौं–बेइजिङ रुटमा हिमालयले थाल्यो नियमित उडान
पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक जहाज अवतरण भएको छ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान ९ बजेर ६ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । यो जहाज पोखराको फेवातालमा यही असार ८ र ९ गते आयोजना हुन लागेको नेपाल चाइना ड्रागन बोट रेस फेस्टिभलमा सहभागी हुने… Continue reading पोखरामा पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक उडान
पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आज पहिलो अन्तर्राष्ट्रिय व्यवसायिक जहाजले उडान तथा अवतरण गर्दैछ । चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान साढे ९ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यक्रम रहेको छ । यो चार्टर्ड जहाज हो । जहाजमा राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिना सहित १३० जना यात्रु रहने पर्यटन मन्त्रालयले… Continue reading पोखरा विमानस्थलमा पहिलो पटक विदेशी व्यवसायिक जहाज बस्दै
पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु
काठमाडढौं । नेपालमा काम गर्ने पर्यटन मजदुरको पारिश्रमिक बढेको छ । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)का अनुसार अब पथ प्रदर्शकका रुपमा खटिने पर्यटन मजदुरले दैनिक ३ हजार १ सय रुपैयाँ पारिश्रमिक पाउने भएका छन् । टानका महासचिव विनोद सापकोटाका अनुसार बढेको पारिश्रमिक १ साउन २०८० देखि लागु हुने गरी निर्णय भएको छ । विगतमा… Continue reading पर्यटन मजदुरको पारिश्रमिक बढ्यो, १ साउनबाट लागु
हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने
काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य कटौती गरेसँगै हवाई भाडा पनि घट्ने भएको छ । मंगलबार बसेको सञ्चालक समिति बैठकले हवाई इन्धन आन्तरिकमा प्रतिलिटर १० रुपैयाँ र बाह्यमा प्रतिलिटर २६ रुपैयाँ (प्रतिकिलोलिटर ९२ सय डलर) घटाउने निर्णय भएको निगमले जनाएको छ । अन्य इन्धनको मूल्य भने यथावत रहेको छ । यससँगै बुधबार हवाई… Continue reading हवाई इन्धनको मूल्य घटेपछि भाडा घट्ने
पोखरामा हुने भयो चार्टर्ड उडान
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्ततः अन्तर्राष्ट्रिय उडान हुने भएको छ । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले २१ जुन (६ असार)का दिन चीनको छेन्दु विमानस्थलबाट चार्टर्ड उडान गर्ने गरी शुक्रबार अनुमति पाएको हो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार पोखरामा नियमित उडानका लागि समेत कम्पनीसँग छलफल जारी रहेको छ । पोखरामा हुने ‘बोट रेस’ प्रतियोगितामा… Continue reading पोखरामा हुने भयो चार्टर्ड उडान
भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा
काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले पहिलो पटक भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान थालेको छ । सञ्चालनमा आएको १३ महिनापछि मङ्गलबार पहिलो पटक नेपाल एयरलाइन्सको एयर बस ३२० ले व्यावसायिक उडान गरेको हो । न्यारोबडी जहाज मङ्गलबार बिहान साढे ८ बजे विमानस्थलमा अवतरण गरेको थियो । पहिलो पटक अवतरण भएको… Continue reading भैरहवालाई नेवानीले क्वालालाम्पुरसँग जोड्यो सिधा उडानमा
जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला
काठमाडौं । सरकारले ५ वटा नयाँ हिमचुचुरोलाई पर्वतारोहणका लागि खुला गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार सिन्धुपाल्चोक जिल्लामा अवस्थित जुगल हिम शृङ्खलामा पर्ने ५ वटा चुचुरोहरु आरोहणका लागि खुला भएका हुन् । मन्त्रालयका सचिव सुरेश अधिकारीका अनुसार यी चुचुरो जुगल गाउँपालिकामा पर्छन् । सरकारले ६ हजार ५९१ मिटर अग्लो जुगल १,… Continue reading जुगल हिमशृङ्खलाका ५ चुचुरो आरोहण गर्न खुला
हिल्साबाट कैलाश यात्रा खुला
काठमाडौं । कोरोनापछि हिल्सा नाकाबाट मानसरोवर कैलाशको धार्मिक पर्यटकद्वारा दर्शन सुरु भएको छ । कोरोना महामारी भएपछि हिल्सा नाका दुईतर्फी रूपमा सञ्चालनमा आएसँगै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकहरू नेपालजञ्ग हुँदै सिमकोट आउन सुरु भएको हो । मानसरोवर कैलाशको दर्शनका लागि पहिलो दिन नेपालगञ्जबाट हवाई मार्ग हुँदै ३४ जना धार्मिक पर्यटकहरू सिमकोट आइपुगेका छन् जसमा… Continue reading हिल्साबाट कैलाश यात्रा खुला
फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडानको तयारी गरिएको छ । पोखरामा आयोजना हुन लागेको ‘नेपाल–चीन फ्रेन्डसीप ड्रागन बोट फेस्टिभल’का लागि चीनबाट चार्टर्ड उडानबाट जहाज ल्याउन प्रयास भइरहेको आयोजकले जनाएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र पोखरा महानगरपालिकको आयोजना तथा पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एसोसिएसनको सहआयोजना एवम् होटल एसोसिएसन नेपाल… Continue reading फेवातालमा ‘ड्रागन बोट फेस्टिभल’ हुने, चार्टर्ड उडानको तयारी
प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज बिहीबार बुटवल जाने भएका छन् । बुटवलमा आईएमई प्रालिले सञ्चालन गरेको लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गर्न प्रचण्ड आज बिहान १० बजे हेलिकोप्टरबाट बुटवल आउन लागेका हुन् । गत जेठ १५ गते देखि व्यावसायिक रूपमा सञ्चालनमा आएको उक्त केबलकारको आज औपचारिक उद्घाटन हुन लागेको हो । बुटवलमा पहिलो पटक… Continue reading प्रधानमन्त्री आज बुटवल जाँदै, केवलकार उद्घाटन गर्ने
करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित
काठमाडौं । फ्रान्सेली फरवार्ड करिम बेन्जिमा रियल मड्रिडबाट बाहिरिएपछि साउदी अरबको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् । ३५ वर्षीय बेन्जिमाले इतिहादसँग तीन वर्षको सम्झौता गरेका छन् । बेन्जिमाले १४ वर्षपछि रियल छाडेका थिए । बालोन डीओर विजेता बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र… Continue reading करिम बेन्जिमा समेत साउदी क्लवमा अनुवन्धित
नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धात्मक बनाउन सरकारले सहयोग गर्ने बताएका छन् । राजधानीमा मङ्गलबारदेखि सुरु भएको चारदिने हिमालयन ट्राभल मार्ट उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाललाई पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकास गर्न पर्यटन पूर्वाधारमा लगानी गर्न सरकार प्रतिबद्ध रहेको बताए । उनले भने, “आर्थिक समृद्धिको दरिलो आधार पर्यटन क्षेत्रको… Continue reading नेपाली पर्यटनलाई विश्व बजारमा प्रतिस्पर्धी बनाइन्छ : प्रचण्ड
४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा
काठमाडौं । जुन ६ देखि ९ तारिकसम्म काठमाडौंमा हुन लागेको चौथो हिमालय ट्राभल मार्टका लागि ४० देशका होटल, ट्राभल तथा पर्यटन व्यावसायी नेपाल भ्रमणमा आएका छन् । प्यासिफिक एसियन ट्राभल एसोसियसन (पाटा) नेपालको आयोजनामा काठमाडौंको होटल याक एण्ड यतिमा हुन लागेको हिमालयन ट्राभल मार्टको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्ने कार्यक्रम तय भएको छ ।… Continue reading ४० भन्दा बढी देशका पर्यटन व्यवसायी नेपालमा
कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा
काठमाडौं । सन् २०२३ को पहिलो ५ महिनाको अवधिमा ४ लाख ४ हजार २३१ जना पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डका अनुसार मे २०२३ मा मात्र ७७ हजार ७०३ जना पर्यटक आएका छन् । यो संख्या सन् २०१९ मा आएको पर्यटकको संख्या हाराहारी हो । सन् २०१९ मा ७८ हजार ३२९ जना पर्यटक… Continue reading कोभिड अगाडीकै अवस्थामा पुग्यो पर्यटक आगमन, अमेरिकी दोस्रो स्थानमा
फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?
काठमाडौं । युरोपेली देश फ्रान्सले विमानबाट हुने प्रदूषण घटाउन भन्दै छोटो दूरीको हवाइ यात्रामा प्रतिबन्ध लगाएको छ । जस अनुसार रेलबाट साढे २ घन्टाभन्दा कम समयमा पुग्न सकिने ठाउँमा हवाइ यात्रा गर्न पाइने छैन । तर कनेक्टिङ फ्लाइटमा भने यो नियम लागू हुने छैन् । कार्वन उत्सर्जन कम गर्न भन्दै फ्रान्सको संसदले पारित गरेको छोटो… Continue reading फ्रान्सले किन रोक्यो छोटो दूरीका हवाई उडान ?
क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र
काठमाडौं । नेपाल वायुसेवा निगमले उडान विस्तार गर्न लागेको क्वालालाम्पुर–भैरहवा रुटको प्रमोशनल भाडादर झनै घटेको छ । सुरुवातमा १२ हजार ७ सय रुपैयाँ तोकेको यस रुटको भाडा अब ११ हजार ४६१ रुपैयाँमा झारिएको निगमले जनाएको छ । काठमाडौंबाट क्वालालाम्पुर जाने ए३२० जहाज क्वालालाम्पुरबाट भैरहवा अवतरण गर्ने छ । त्यसपछि सो जहाज भैरहवाबाट काठमाडौं आउने छ… Continue reading क्वालालाम्पुर-भैरहवा रुटको भाडा ११ हजार ४६१ मात्र
काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने
काठमाडौं । काठमाडौं उपत्यकामा रहेका प्रमुख सम्पदा क्षेत्रहरुको प्रवर्द्धन गर्ने उद्देश्यले मंगलबारदेखि काठमाडौंमा सम्पदा घुम्ती बस सेवा (हप अन हप अफ) सुरु भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन बोर्डले साझा यातायात, ललितपुरको सहकार्यमा यस्तो सेवा थालेको हो । विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा पाटन दरबार स्क्वायर, काठमाडौं दरबार स्क्वायर,… Continue reading काठमाडौंमा पहिलो पटक सुरु भयो ‘हप अन हप अफ’ बस सेवा, सम्पदा घुम्ने
गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने
काठमाडौं । प्रख्यात चक्रीय अन्नपूर्ण र मनास्लु पदमार्गको झल्को दिने गरी लमजुङ र गोरखा जोड्ने पर्वतीय पदमार्ग निर्माण हुने भएको छ । यसलाई ‘बुद्ध हिमाल–हिमालचुली ग्रेट लेक सर्किट ट्रेल’ नामकरण गरिएको छ । उत्तर–पूर्वी लमजुङ र उत्तर–पश्चिम गोरखाका उच्च पहाडी तथा हिमालको फेदसम्म पुग्ने गरी पदमार्ग निर्माण गर्न लागिएको हो । पदमार्ग निर्माणका लागि लमजुङ तथा गोरखाका चार… Continue reading गोरखा र लमजुङ जोड्ने पदमार्ग बन्ने
तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा
काठमाडौं । घुँडामाथि सम्म दुवै खुट्टा गुमाएका भूतपूर्व गोर्खा सैनिक हरिबहादुर बुढा मगरले शुक्रवार दिउँसो विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेको समूहका जनसम्पर्क सदस्यले जानकारी दिएका छन्। यससँगै घुँडामाथि सम्म खुट्टा गुमाएका पहिलो आरोही बन्दै उनले विश्व कीर्तिमान बनाएका छन्। कृत्रिम खुट्टाको सहयोगमा उनले सगरमाथा आरोहण गरेका हुन्। आरोहणको जनसम्पर्क हेर्ने हिम विष्टका अनुसार मगरको… Continue reading तालिवानसँगको लडाईमा दुबै खुट्टा गुमाएका भूतपूर्व सैनिकले चढे सगरमाथा
बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी
काठमाडौं । बुटवलको लुम्बिनी केबलकार जेठ दोस्रो हप्तादेखि सञ्चालनमा आउने भएको छ । २०७७ फागुन १ गते एक वर्षभित्र सञ्चालनमा ल्याउने घोषणासहित शिलान्यास भएको केबलकार कोरोना महामारीको असर लगायत कारणले एक वर्ष पछि सञ्चालनमा आउन लागेको हो । आयोजनाको कुल लागत साढे ३ अर्ब रुपैयाँ छ । पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ… Continue reading बुटवलको लुम्बिनी केवलकार सञ्चालनको तयारी
अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ
काठमाडौं । अमेरिकाको चर्चित मिडिया कम्पनी केबल न्युज नेटवर्क (सीएनएन) ले सन् २०२३ मा घुम्न लायक उत्कृष्ट ठाउँहरूको सूचीमा नेपालको मुस्ताङ उपत्यकालाई समेटेको छ । सन् २०२३ मा घुम्न लायक विश्वका २३ वटा ठाउँको सूची सार्वजनिक गर्दै सीएनएनले नेपालको मुस्ताङ उपत्यकाको लो मान्थाङ गाउँलाई १६ औँ नम्बरमा राखेको छ । एउटा फोटोसहित सीएनएनले हिमालय र… Continue reading अमेरिकी सञ्चार नेटवर्क सीएनआईको घुम्न लायक स्थानको सूचीमा मुस्ताङ
त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय प्रस्थान टर्मिनलमा रिजर्भ सिट राखिएको छ । यी सिट जेष्ठ नागरिक, गर्भवती, बच्चा, फरक क्षमता भएका यात्रु र अशक्त यात्रुले मात्र प्रयोग गर्न पाउने गरी सिट तोकिएको हो । विमानस्थलका महाप्रवन्धक प्रतापबाबु तिवारीले यसबारे जानकारी दिएका हुन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गरी विदेश यात्रामा जाने यात्रुले जहाज कुर्ने… Continue reading त्रिभुवन विमानस्थलमा राखिए आरक्षण सिट
सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि नियुक्त भएका सबै पर्यटन सद्भावना दूतको नियुक्ति खारेज गर्ने निर्णय गरेको छ । पर्यटन प्रवर्द्धक सम्बन्धी कार्यविधि २०७९ स्वीकृति गर्दै प्रक्रिया पुरा गर्ने गरी पुनः नियुक्त हुन सक्ने निर्णय गरी यसअघिका नियुक्ति भने खारेज गर्ने निर्णय मन्त्रालयले गरेको पर्यटन मन्त्री सुदन किरातीले जानकारी दिए । कार्यविधि… Continue reading सरकारले खारेज गर्यो सबै पर्यटन सदभावना दूतको नियुक्ति
सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु
काठमाडौं । सिक्किममा मंगलबार गएको हिमपहिरोमा परेर कम्तीमा ७ जना पर्यटकको मृत्यु भएको छ । मृत्यु हुनेहरुको सनाखत भइसकेको छैन । नाथुला र गान्तोकबीचको क्षेत्रमा गएको हिमपहिरोमा कम्तीमा १२ जना घाइते छन् । २३ जनाको उद्दार भएको भारतीय रक्षा मन्त्रालयका प्रवक्ता लेफ्टिनेन्ट कर्णल महेन्द्र रावतले भारतीय सञ्चारमाध्यमहरुलाई बताएका छन् । हिमपहिरोमा परेकाहरुको खोजी तथा उद्दार… Continue reading सिक्किममा हिमपहिरो, कम्तिमा ७ पर्यटकको मृत्यु
गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु
काठमाडौं । हिमाल आरोहणमा जानेबाहेक पथप्रदर्शकबिना पदयात्रामा एक्लै वा समूहमा जान नपाइने नियम कार्यान्वयनमा आएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले शनिबार पदयात्री सूचना व्यवस्थापन प्रणाली कार्यविधिको शुभारम्भ गरे । यससँगै अब पदयात्रामा जान अनिवार्य पथप्रदर्शक चाहिने भएको छ । यस्ता पर्यटकसँग सम्बन्धित कम्पनीले टिम्स कार्ड पनि दिनुपर्छ । पदयात्रालाई सुरक्षित बनाउन… Continue reading गाइडबीना सोलो ट्रेकरलाई पदयात्रामा जान नदिने नियम लागु
खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने
काठमाडौं । नेपाल पर्यटन बोर्डले बन्द गरेको ‘सोलो ट्रेकिङ’ अनुमतिको निर्णय सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा भने लागु नहुने भएको छ । खुम्बु पासाङ ल्हामु गाउँपालिकाले पदयात्रीहरुका लागि एक सूचना जारी गर्दै यस भेगमा ट्रेकिङ गाइड अनिवार्य नरहेको बताएको छ । बोर्डले भने देशैभर लागु हुने गरी फ्रि इन्डिभिजुअल ट्रेकर (एफआईटी)लाई अनुमति नदिने निर्णय गरेको थियो… Continue reading खुम्बु क्षेत्रमा पदयात्रा गर्ने विदेशीले गाइड अनिवार्य लैजानु नपर्ने
आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु
काठमाडौं । सरकारले वसन्तु ऋतुमा हिमाल आरोहण गर्नेहरुका लागि अनुमति दिन सुरू गरेको छ । पर्यटन विभागका अनुसार बिहीबारसम्म ५ समूहका २७ जनाले आरोहण अनुमति लिइसकेका छन् । जसमध्ये ११ जना महिला छन् । विभागका अनुसार बिहीबारसम्म अन्नपूर्ण प्रथम, मनास्लु, पाङ्ग्री गोल्डुम्बा, सूर्मा सरोभर र थोरोङ पीकका लागि आरोहण अनुमति जारी भएको छ । उनीहरुबाट… Continue reading आगामी सिजनका लागि आरोहण अनुमति दिन सुरु
चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने
काठमाडौं । चीनले आफ्ना नागरिकका लागि खुला गरेको पर्यटकीय गन्तव्य सूचीमा नेपाललाई पनि जोडेको छ । कोभिडयता नेपाल प्रतिवन्धमा थियो । चीनको राष्ट्रपतिमा सी चिनफिङ तेस्रो पटक निर्वाचित भएसँगै चीनले आफ्ना नागरिकलाई घुम्न जान खुला गरेका ४० देशको सूचीमा राखिएको छ । फागुन १ गतेदेखि पर्यटकका रूपमा जान पाइने सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटक एकल… Continue reading चिनियाँ पर्यटकले नेपालमा अब बीना अवरोध घुम्न पाउने