Category: विश्व

  • तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

    तीन जना वैज्ञानिकले पाए भौतिक शास्त्रतर्फको नोबेल पुरस्कार

    काठमाडौं । यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार क्वान्टम मेकानिक्सबारे अनुसन्धान गर्ने तीन जना वैज्ञानिकलाई दिने घोषणा गरिएको छ। क्वान्टम मेकानिक्स सबैभन्दा सानो मात्रामा प्रकृतिको वर्णन गर्ने विज्ञान हो। यस वर्षको भौतिकशास्त्र तर्फको नोबेल पुरस्कार अलाँ आस्पेय, जोन क्लअसन र एन्टोन साइलिङ्गरले आपसमा बराबरी रूपमा बाँड्नेछन्। पुरस्कारको राशि एक करोड स्वीडिश क्रोनर छ।

    गत वर्ष पनि भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकहरूलाई नै दिइएको थियो। यस वर्षको पुरस्कार विजेताहरूले जटिल क्वान्टम अवस्थाहरू प्रयोग गरेर नवीन खोजहरू सञ्चालन गरेका थिए। उक्त खोजले दुई उप(पारमाणविक कणहरू छुट्टिए पनि तीनले एउटै एकाइको रूपमा व्यवहार गर्छन् भन्ने देखाएको छ। त्यो प्रयोगको नतिजाले क्वान्टम जानकारीमा आधारित नयाँ प्रविधिका लागि बाटो खोली दिएको छ।

    क्वान्टम सूचना विज्ञान एउटा जीवन्त र द्रुत रूपमा विकास भइरहेको क्षेत्र रहेको भौतिक विज्ञानको नोबेल समितिका सदस्य इभा उल्सनले भनेकी छिन् । फ्रान्सेली नागरिक ७५ वर्षीय अलाँ आस्पेय युनिभर्सिटी प्यारिस-सेक्ले र इकोले पोलिटेक्निकसँग सम्बद्ध छन्। अमेरिकी नागरिक ७९ वर्षीय जोन क्लअसन क्यालिफोर्नियामा आफ्नै कम्पनी चलाउँछन्।

    सतहत्तर वर्षका एन्टोन साइलिङ्गर चाहिँ भियना विश्वविद्यालयमा संलग्न छन्। यी तीन जनाले सन् २०१० मा पनि सँगै वुल्फ पुरस्कार जितेका थिए। चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार मानव प्रजातिको विकास क्रमसम्बन्धी काम गरेबापत स्वीडेनका वैज्ञानिक स्भान्ट पेयर्बुलाई प्रदान गर्ने घोषणा सोमवार गरिएको थियो।

  • भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

    भारतको उत्तराखण्डमा हिमपहिरो जाँदा २ को मृत्यु, २८ वेपत्ता

    नयाँ दिल्ली । भारतको उत्तराखण्डमा हिम पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । उत्तराखण्डको उत्तरकाशी जिल्लामा रहेको (द्रोपदीको डाँडा) २’मा हिम पहिरो गएको हो । हिम पहिरोमा परेर भारतको नेहरु पर्वतारोहण संस्थानका दुई प्रशिक्षकको मृत्यु भएको छ । २८ जना हिम पहिरोमा हराइरहेका छन् । पाँच हजार मिटर अग्लो यो हिमालमा आरोहीहरु प्रशिक्षणका लागि जाने गर्छन् । हराइरहेका २८ जना पनि प्रशिक्षार्थी रहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन् ।

  • १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

    १९६४ मा पेरु र अर्जेन्टिनाबीचको फुटबल हिंसा सम्झाउने घटना इण्डोनेसियामा, १७४ मारिए

    जाकार्ता । हुलदङ्गामा उत्रिएका फुटबल समर्थकमाथि प्रहरीले अश्रुग्याँस हानेपछि इन्डोनेसियाको एक फुटबल खेल मैदानमा भएको भागदौडमा कम्तीमा १७४ जनाको मृुत्यु भएको छ । बीबीसीका अनुसार अरेमा एफसी आफ्नो प्रतिद्वन्द्वी पर्सिबाया सुरेबायासँग पूर्वी जाभामा पराजित भएको एउटा खेलपछि भएको भागदौडमा करिब १८० जना घाइते भएका छन्। यो घटनाले सन् १९६४ मा लिमामा पेरु र अर्जेन्टिनाबीच भएको ओलिम्पिक छनौट खेलमा भएको हिंसा सम्झाएको छ ।

    उक्त हिंसामा ३२० जनाको ज्यान गएको थियो भने एक हजार भन्दा बढी घाइते भएका थिए। सन् १९८५ मा लिभरपुल र युभेन्ट्सबीच युरोपियन कप फाइनल चलिरहँदा एउटा पर्खाल भत्किँदा त्यसले थिचिएर बस्रल्सस्थित एउटा रङ्गशालामा ३९ जनाको निधन भएको थियो। त्यसबेला ६०० जना घाइते भएका थिए। सन् १९८९ मा यूकेमा एफए कपको सेमिफाइनलको समयमा सेफिल्डस्थित एउटा रङ्गशालामा भागदौडको परिस्थिति निम्तिँदा ९७ जना लिभरपुल समर्थकहरूले ज्यान गुमाएका थिए।


    शनिबार खेल सकिएको सिट्ठी बजेपछि फुटबल समर्थकहरू मैदानमा प्रवेश गरिरहेका भिडिओ फुटेज इन्टरनेटमा सार्वजनिक भएका छन्। प्रहरीले त्यसपछि अश्रुग्याँस प्रहार गरेको थियो। जसले गर्दा भागदौड मच्चियो र मानिसहरू निसासिन पुगेको पूर्वी जाभाका प्रहरी प्रमुख निको अफिन्टाले बताएका छन् । ज्यान गुमाउने मध्ये दुई जना प्रहरी अधिकारी रहेको उनले जानकारी दिए। मृतकमध्ये ३४ जनाको रङ्गशाला भित्रै निधन भएको थियो। ‘उनीहरू एउटै बाहिरिने विन्दुमा गए, त्यहाँ ठूलो भिड भयो र अक्सिजनको अभावले गर्दा सास फेर्न गाह्रो हुने अवस्था आएको हो, अफिन्टाले बताए।

    सामाजिक सञ्जालका भिडियोमा मृतकको शव भुइँमा रहेको देखिन्छ। इन्डोनेसियाका प्रमुख सुरक्षा मन्त्रीले ४० हजार मानिस अटाउने उक्त रङ्गशालामा क्षमताभन्दा बढी मानिसहरू रहेको बताएका छन्। प्रहरी प्रमुख अफिन्टाका अनुसार समर्थकहरू अराजक हुँदै प्रहरी अधिकारीहरूलाई आक्रमण गर्न र कारहरूमा क्षति पुर्‍याएका थिए।


    इन्डोनेसियाको फुटबल सङ्घले घटनाको अनुसन्धान सुरु गरेको जनाएको छ। इन्डोनेसियाको प्रमुख लीग बीआरआई लीगा १ लाई एक हप्ताको लागि निलम्बन गरिएको छ। इन्डोनेशियाको फुटबल एसोसिएशनले शनिवार राति विज्ञप्ति जारी गर्दै उक्त घटनाप्रति दुख व्यक्त गरेको छ र सो विषयबारे अनुसन्धानका लागि एउटा टोली मलंग पठाएको उल्लेख गरेको छ। यो घटनापछि अरेमा एफसीमाथि यो सीजनभरलाई प्रतिबन्ध लगाइएको छ ।

  • इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

    इण्डोनेसियामा फुटबल खेलका दौरान हिंसा, कम्तिमा १२९ को मृत्यु

    जाकार्ता । इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको हिंसामा परी कम्तिमा १२९ जनाको मृत्यु भएको छ । १८० भन्दा बढी घाइते भएका कारण मृतकको संख्या बढ्न सक्ने समाचार एजेन्सीहरुले बताएका छन् । समाचार एजेन्सी एएफपीका अनुसार खेलका क्रममा भएको हिंसा भएको थियो ।

    रोयटर्सका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुखको भनाई उद्धृत गर्दै आइतबार एक फुटबल खेलको क्रममा जम्मा भएको भीडमा भागदौड मच्चिंदा यस्तो हिंसा भएको बताएको छ । हार्ने पक्षका समर्थकले पिचमा आक्रमण गरे बताइएको छ । भीड नियन्त्रण गर्न प्रहरीले अश्रु ग्यास हानेको थियो । मृत्यु हुनेमा खेलाडी परे नपरेको पुष्टी भइसकेको छैन ।

  • युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

    युक्रेनका चार भू-भाग रुसमा गाभिए, अमेरिकाले गर्यो चर्को आलोचना

    काठमाडौं\बीबीसी । अन्तर्राष्ट्रिय निन्दा हुनेगरी रुसले युक्रेनका चारवटा अधीनस्थ क्षेत्रहरूलाई औपचारिक रूपमा रुसमा गाभेको छ। शुक्रवार क्रेम्लिनको सेन्ट जोर्जेज् हलमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले ती क्षेत्रमा मस्कोले स्थापना गरेका नेताहरूका साथ त्यससम्बन्धी सन्धिहरूमा हस्ताक्षर गरेका थिए। पुटिनले रुसले सबै तरिकाबाट आफ्नो नयाँ भूभागको रक्षा गर्ने र ती नयाँ क्षेत्रहरूमा सुरक्षा बढाउने बताएका छन्।

    कुलीन रुसी राजनीतिज्ञ र सेनासँगको भेलामा बोल्दै उनले त्यो कुरा बताएका हुन्। उनले युक्रेनलाई सैन्य कारबाही रोक्न र वार्ताको टेबुलमा फर्किन आह्वान पनि गरेका छन्। प्रतिक्रियास्वरूप किएभले भने उत्तर एट्लान्टिक सन्धि सङ्गठन नेटोको सदस्य हुनका लागि एउटा नयाँ र छिटो हुने प्रक्रियाका लागि प्रयास थालेको छ। आफ्ना प्रधानमन्त्री र संसदका सभामुखसाथ रहेर युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेन लामो समयदेखि उक्त सुरक्षा सङ्गठनको डी फ्याक्टो (विधानतः नभए पनि व्यवहारमा) सदस्य रहेको बताउँदै सीमालाई परिवर्तन गर्ने मस्कोले हत्या, झुक्काउने काम, गलत व्यवहार र झूट प्रयोग गरेको आरोप लगाए।


    शुक्रवारको घोषणापछि राष्ट्रपति जो बाइडनले रुसलाई चेतावनी दिँदै अमेरिका रुसको धम्कीबाट नडराउने बताएका छन्। राष्ट्रपति पुटिनले रुसमा बलपूर्वक गाभिएका रुसी भूभागको रक्षाका लागि परमाणुअस्त्र प्रयोग गर्ने अप्रत्यक्ष धम्की दिएको देखिन्छन्। राष्ट्रपति बाइडनले रुसी समकक्षीका दुस्साहसिक शब्द र धम्कीको आलोचना गर्दै पुटिनले आफूहरूलाई तर्साउन नसक्ने बताए।

    ‘अमेरिका र उसका साझेदारहरू भयभीत हुनेछैनन्’ राष्ट्रपति बाइडनले ह्वाइटहाउसमा भने। त्यसपछि उनले क्यामरातर्फ औँला ठड्याउँदै रुसी राष्ट्रपतिलाई चुनौती दिए। ‘नेटो भूभागको प्रत्येक इन्च रक्षाका लागि अमेरिका उसका साझेदारसँग पूर्ण रूपमा तयार छ’ उनले पश्चिमा सुरक्षा सङ्गठनको प्रसङ्ग निकाल्दै भने, ‘मिस्टर पुटिन, मैले भनिरहेको कुरालाई गलत नबुझ्नू, प्रत्येक इन्च।’


    त्यसको केही बेरमा बाइडनका एक वरिष्ठ राष्ट्रिय सुरक्षा सल्लाहकारले मस्कोले परमाणुअस्त्रको सहारा लिने सम्भावना रहेको रहेको त्यो तत्कालको जोखिम भने नरहेको जनाए। ती क्षेत्रमा गरिएका जनमतसङ्ग्रह छद्म भन्दै निन्दा भइरहेको छ । संयुक्त राष्ट्रसङ्घ, युक्रेन र उसका साझेदारहरूले ती जनमतसङ्ग्रहलाई गैरकानुनी भन्दै आलोचना गर्दै आएका छन्। गाभिएका क्षेत्र रुस नियन्त्रित डोनेट्स्क, लुह्यान्सेक, खेअरसन र जापोरीजा हुन्। ती क्षेत्रलाई रसियन फेडरेशनमा समाहित गर्ने औपचारिक प्रक्रिया आउँदा केही दिनमा हुनेछन् ।

  • युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

    युक्रेनका ४ भू-भाग रुसमा भाग्दै पुटिन

    मस्को\एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका ४ भू–भाग रुसमा गाभिएको घोषणा गर्ने भएका छन् । रुसले एकलौटी रुपमा सो भेगमा पाँच दिनसम्म जनमतसंग्रह गरेको थियो । युक्रेनका लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सनलाई शुक्रबार औपचारिक रूपमा आफूमा गाभिएको घोषणा गर्ने तयारी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । युक्रेनको दक्षिण पूर्वमा रहेका ती क्षेत्रहरू रणनीतिक रूपमा निकै महत्त्वपूर्ण मानिन्छ ।

    जनमतसंग्रहमा ती क्षेत्रका लगभग सबैजसो नागरिकले रुसमा गाभिने पक्षमा मत दिएको रुसको दावि छ । रुसी राष्ट्रपति पुटिनले एक समारोहमा ती क्षेत्र आफ्नो देशमा गाभिएको घोषणामा हस्ताक्षर गर्नेछन् । त्यसपछि विशेष भाषण गर्नेछन् । त्यसका लागि राजधानी मस्कोस्थित रेड स्क्वायरमा भव्य मञ्च तयार गरिएको बीबीसीले लेखेको छ । समारोहमा अतिक्रमित क्षेत्रका दुई पृथकतावादी नेतासमेत सहभागी हुनेछन् ।

    राष्ट्रपति पुटिनले आफ्नो ७० औं जन्मदिनको तीन दिनघघि अर्थात् अक्टोबर ४ मा रुसको माथिल्लो सदनमा सम्बोधन गर्नेछन् । रुसको पछिल्लो कदम सन् २०१४ मा क्राइमियालाई आफूमा गाभ्ने कदमसँग मिल्दोजुल्दो छ । क्रेमलिनले मतपरिणम यसअघि तयार गरिसकेको र जनमत संग्रहलाई युक्रेनी क्षेत्रलाई अवैध रूपमा हडप्ने साधनका रूपमा प्रयोग गरेको पश्चिमा देशहरूको दाबी छ ।

  • क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

    क्षमताभन्दा बढी यात्रु बोकेको डुंगा दुर्घटना हुँदा बंगलादेशमा कम्तिमा ४३ जनाको मृत्यु

    काठमाडौं । बंगलादेशमा डुंगा डुब्दा भएको दुर्घटनामा ज्यान गुमाउनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेका मानिस दुर्घटनामा परेका थिए । केही अझै पनि बेपत्ता रहेको स्थानीय अधिकारीहरुले बताएका छन् । उनीहरुको खोजी भइरहेको छ ।

    पञ्चगढ जिल्ला प्रशासक जहरुल इस्लामले डुंगा दुर्घटनाको कारण पत्ता लगाउन पाँच सदस्यीय समिति गठन गरिएको जानकारी दिएका छन् । प्रारम्भिक रिपोर्ट अनुसार डुंगामा क्षमताभन्दा तीन गुणा बढी मानिसहरु सवार थिए । बीबीसीका अनुसार डुंगामा १ सय भन्दा बढी यात्रु चढेका थिए ।

  • रूसी स्कुलमा बन्दुकधारीको आक्रमण, ५ विद्यार्थीसहित ६ जना मारिए

    रूसी स्कुलमा बन्दुकधारीको आक्रमण, ५ विद्यार्थीसहित ६ जना मारिए

    काठमाडौं । रूसको इजवेस्क शहरस्थित एक स्कुलमा बन्दुकधारीले आक्रमण गरेका छन्। यो आक्रमणमा ५ विद्यार्थीसहित कम्तीमा ६ जनाको ज्यान गएको छ।

    रूसी सञ्चारमाध्यमका अनुसार मृतकहरुमा ४ जना स्कुले विद्यार्थी र १ जना सुरक्षागार्ड रहेका छन्।

    घटना स्कुल नम्बर ८८ मा भएको हो। यस स्कुलमा एक हजारभन्दा धेरै विद्यार्थी अध्ययनरत छन्। त्यहाँ करिब ८० जना शिक्षक रहेका छन्।

    समाचार एजेन्सी आरआईएले गभर्नर अलेक्जेन्डडर ब्रेचालोफलाई उद्धृत गर्दै जनाए अनुसार बन्दुकधारीले सुरुमा स्कुलमा छिरेर सुरक्षागार्डको हत्या गरिदिएका थिए।

    त्यसपछि बन्दुकधारीले आफैंलाई गोली हानेका थिए। रूसी सञ्चारमाध्यमका अनुसार यस घटनासँग सम्बन्धित भिडिओ सामाजिक सञ्जालमा आएको छ। उक्त भिडिओअनुसार जहाँ भिडिओ रेकर्ड भएको छ, त्यहीँ हमला भएको देखिएको छ।

    समाचार एजेन्सी तासले स्थानीय सांसदलाई उद्धृत गर्दै जनाएअनुसार आक्रमणकारीसँग पेस्तोल थियो। यो आक्रमणपछि स्कुलमा विद्यार्थी र शिक्षकबीच भागाभाग भएको छ।

  • रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

    रुसमा हजारौं प्रदर्शनकारी पक्राउ

    मस्को । युक्रेनमा लड्न हजारौँ जगेडा सैनिकहरूलाई बोलाउने क्रेमलिनको निर्णयविरुद्ध प्रदर्शन गरिरहेका सयौँ प्रदर्शनकारीलाई रुसी प्रहरीले पक्राउ गरेको विवरण छ। बीबीसीका अनुसार रुसी मानवअधिकार समूह ओभीडी(इन्फोले कुल एक हजारभन्दा बढी मानिसहरू पक्राउ परेको बताएको छ। सेन्ट पिटर्सबर्ग र मस्कोमा सबैभन्दा धेरै पक्राउ परेका छन्। इर्कुत्स्क र अन्य साइबेरियन सहरहरू तथा येकातेरिनबर्गमा दर्जनौँ प्रदर्शनहरू भएका छन्।

    राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणापछि रुसबाट बाहिरिने उडानका टिकटहरूको तीव्र रूपमा बिक्री भएको छ। पुटिनले आंशिक रूपमा सेना परिचालनको आदेश दिएका छन्। उक्त आदेशसँगै हाल जगेडामा राखिएका करिब तीन लाख सैनिकहरूलाई युक्रेनी युद्धभूमिमा हालै रुसी सेनाले बेहोरिरहेको प्रत्याक्रमणको प्रतिरक्षामा प्रयोग गरिनेछ। जगेडा सेनामा ती मानिसहरू समेटिएका छन् जसले अनिवार्य रूपमा रुसी सैन्य सेवा गर्नुपर्छ।

    रुसी कब्जामा रहेका युक्रेनी क्षेत्रहरूमा रुसमा सामेल हुनेबारे जनमतसङ्ग्रह गर्ने घोषणा गरिएको भोलिपल्ट उक्त घोषणा गरिएको हो। युक्रेन र उसका साझेदारहरूले निन्दा गरेको टिप्पणीमा पुटिनले रुसी क्षेत्रको रक्षा गर्न सबै उपलब्ध साधनहरू आफूले प्रयोग गर्ने बताएका छन्। त्यसमा आणविक अस्त्र पनि समावेश हुन सक्नेछ। मस्को अभियोजनकर्ता कार्यालयले बुधवार अनधिकृत सडक आन्दोलनमा सामेल हुन इन्टरनेटमा आह्वान गर्ने वा त्यसमा सहभागी हुनेलाई १५ वर्षसम्म जेल सजाय हुनसक्ने चेतावनी दिएको छ।

    उता, टर्कीको इस्तानबुल र आर्मेनियाको येरेभान जस्ता लोकप्रिय गन्तव्यमा उडानहरू घटाइएका छन् र बाँकी सिटहरूको मूल्य आकासिएको छ। पुटिनको घोषणापछि मस्कोबाट इस्तानबुल वा दुबईसम्मको उडानको इकोनोमी क्लासको भाडा एकतर्फी ९,११९ डलर पुगेको एसोसिएटेड प्रेसले जनाएको छ।

    युक्रेनमा आक्रमण गरेकोमा रुसले न्यायिक सजायू भोग्नैपर्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले संयुक्त राष्ट्रसङ्घीय महासभालाई बताएका छन्। पहिले नै रेकर्ड गरिएको भिडिओमा उनले एक विशेष वार ट्रिब्युनल गठनको आह्वान गरे र रुसद्वारा गरिएको भनिएका युद्ध अपराधको विस्तृत जानकारी दिए। उनले शान्तिका लागि युक्रेनलाई थप सैन्य सहयोग दिनुपर्ने र रुसलाई विश्व मञ्चमा दण्डित गर्नुपर्ने बताए।

  • राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी

    राजकीय सम्मानका साथ बेलायती महारानीको अन्त्येष्टी

    लण्डन। बेलायतकी महारानी एलिजावेथ द्वितीयाको राजकीय सम्मानका साथ सोमबार अन्त्येष्टि भएको छ । लन्डनको ऐतिहासिक वेस्टमिन्स्टर आबी गिर्जाघरमा अन्तिम संस्कार समारोह आयोजना गरिएको थियो । स्थानीय समयअनुसार सोमबार बिहान आयोजित समारोहमा बेलायतका नयाँ राजा चार्ल्स तृतीय, रानी (क्विन कन्सोर्ट) कमिला, अमेरिकी राष्ट्रपति जो बाइडेन र उनकी श्रीमती, फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रों, ६ जना बेलायती पूर्वप्रधानमन्त्री, युरोपेली शाही परिवारका सदस्यहरू, विभिन्न देशका नेता गरी झन्डै २ हजार जना सहभागी भए ।

    अन्त्येष्टि समारोहमा नेपालबाट परराष्ट्रमन्त्री नारायण खड्काले भाग लिएका छन् । अन्त्येष्टि समारोहको नेतृत्व गरेका डिन अफ वेस्टमिन्स्टर डेभिड होइलले स्वर्गीय रानीले आजीवन वहन गरेको उत्तरदायित्वप्रति कृतज्ञता व्यक्त गरे । होइलले एलिजाबेथ द्वितीयाले महारानी र राष्ट्रमण्डलको प्रमुखका रूपमा कैयौं वर्षसम्म उच्च जिम्मेवारीका लागि अटल प्रतिबद्धता प्रस्तुत गरेको पनि बताए ।

    महारानीको शवपेटिका वेस्टमिन्स्टर आबी प्रवेश गर्दा श्लोकहरू गाइएको थियो भने प्रधानमन्त्री लिज ट्रसले पनि धार्मिक ग्रन्थको एक अध्याय पाठ गरेकी थिइन् । समारोहको अन्त्यतिर ‘द लास्ट पोस्ट’ धुन बजाइएपछि देशभर दुई मिनेट मौनधारण गरिएको थियो । शवपेटिका वेस्टमिन्स्टर एबी ल्याउँदै गर्दा स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज र रोयल एअर फोर्सका सैनिकहरूले शोक धुन बजाएका थिए । बेलायतको इतिहासमै सबैभन्दा बढी ७ दशकसम्म शासन गरेकी महारानी एलिजावेथ द्वितीयाको गत सेप्टेम्बर ८ मा निधन भएको थियो ।

  • बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने

    बेलायती महारानीको अन्त्येष्टी आज, संसारभरका २ हजार पाहुना सहभागी हुने

    लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयको राजकीय सम्मानका साथ आज अन्त्येष्टि हुँदैछ । अन्त्येष्टि गर्ने यस दिन बेलायतमा सार्वजनिक बिदा समेत दिइएको छ । ब्रिटिस राजारानीलाई राजमुकुट पहिराइने र गद्दी आरोहण गराइने ऐतिहासिक गिर्जाघर वेस्टमिन्स्टर आबीमा रानीको अन्त्येष्टि समारोह हुँदैछ । सन् १९५३ मा महारानीको राज्यारोहण समारोह पनि यही गिर्जाघरमा भएको थियो । बेलायतकी महारानीको शव राखिएको शव पेटिका सोमबार बिहान स्थानीय समयअनुसार १०ः४४ बजे शाही नौसेनाको १२३ वर्ष पुरानो ‘गन क्यारेज’ मा राखेर वेस्टमिन्स्टर आबी गिर्जाघरमा लगिने बीबीसीले लेखेको छ ।

    बेलायतका नयाँ राजा चार्ल्स तृतीय शवपेटिका पछाडि आफ्ना भाइ बहिनीहरूसँगै हिँड्नेछन् भने स्वर्गीय महारानीका नाति, नातिनीहरूले उनीहरूलाई पछ्याउनेछन् । शवपेटिकाभन्दा अगाडि स्कटिस तथा आइरिस रेजिमेन्टहरू, ब्रिगेड अफ गोर्खाज् र रोयल एअर फोर्सका सैनिकहरू परम्परागत बाजा बजाउँदै हिँड्ने जनाइएको छ । बिहान ११ बजेदेखि राजकीय अन्त्येष्टि समारोह सुरु हुने बताइएको छ । ११ः५५ बजे लास्ट पोस्ट बजाएपछि ब्रिटेनभर दुई मिनेट मौनधारण गरिनेछ । रानीका पाइपरले राष्ट्रिय गीत बजाएपछि अन्त्येष्टि समारोह टुंगिनेछ ।

    महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुने बताइएको छ । उनका पति फिलिपसँगै उनलाई समाधिस्थ गरिनेछ । महारानी एलिजाबेथको ९६ वर्षको उमेरमा गत सेप्टेम्बर ८ मा स्कटल्यान्डस्थित बाल्मोरल दरबारमा निधन भएको थियो । अन्त्येष्टि समारोहमा विश्व नेताहरू, बेलायती राजनीतिज्ञ, च्यारिटी संस्थाका प्रतिनिधि आदि गरी करिब २ हजार सहभागी हुने अपेक्षा छ । स्वर्गीय महारानीको अत्येष्टि समारोहमा भाग लिन विश्व नेताहरू लन्डन आइपुगेका छन् । विश्व नेताहरू एकैपटक बेलायतमा भेला भएको यो दशकौं पछिको संयोग हो ।

    बेलायत सरकारले विश्वका राष्ट्रप्रमुख तथा वरिष्ठ सरकारी अधिकारी गरी झन्डै ५ सय जना पाहुनालाई आमन्त्रण गरेको छ । महारानीप्रति श्रद्धाञ्जली अर्पण गर्न अमेरिकी राष्ट्रपति जो बाइडेन र प्रथम महिला जिल बाइडेन शनिबार राति लन्डन आइपुगेका छन् । त्यसैगरी, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो, अस्ट्रेलियाली प्रधानमन्त्री एन्थोनी अल्बानिजी, न्युजिल्यान्डकी प्रधानमन्त्री जसिन्दा आर्डन, भारतकी राष्ट्रपति द्रोपदी मुर्मु, चीनका उपराष्ट्रपति वाङ चिसान, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना लन्डन आइसकेका छन् ।

    जापानका नरेश, स्पेनका राजारानी, बेल्जियमका राजारानी, स्पेनका पूर्वराजा, नेदरल्यान्ड्सका राजारानी, डेनमार्ककी रानी र राजपरिवार, स्विडेनका राजारानी, नर्वेका राजारानी, भुटानका राजा, ब्रुनाईका सुल्तान, जोर्डनका राजा, कुवेतका युवराज, लेसोथोका राजा, मलेसियाका सुल्तान, कतारका अमिर, ओमानका सुल्तान आदि आमन्त्रित पाहुना हुन् ।

    अन्त्येष्टि समारोहमा नेपालका परराष्ट्रमन्त्री डा. नारायण खड्का र राजदूत ज्ञानचन्द्र आचार्यले भाग लिनेछन् । मन्त्री खड्काले आइतबार ल्यानक्यास्टर हाउस पुगेर शोक पुस्तिकामा हस्ताक्षरसमेत गरेको दूतावासले जनाएको छ । विभिन्न देशबाट आएका राष्ट्रमण्डल र अन्य देशका पाहुनालाई बेलायतका राजा चार्ल्सले आइतबार ‘रिसेप्सन’ दिएका थिए । रुस, म्यान्मार, बेलारुस, सिरिया, भेनेजुएला र अफगानिस्तानका नेतालाई भने अन्त्येष्टिमा निमन्त्रणा नगरिएको बेलायती सञ्चारमाध्यमले जनाएका छन् । रानीको अन्त्येष्टि कार्यक्रम विभिन्न पार्क, सिनेमा हल र चोकमा राखिएका ठूला स्क्रिनबाट समेत सर्वसाधारणले अवलोकन गर्न सक्नेछन् ।

    ब्रिटिस इतिहासमै सबैभन्दा बढी करिब ४ बिलियन दर्शकले टेलिभिजनबाट अन्त्येष्टि समारोह हेर्ने अनुमान छ । बीबीसी, स्काई र आईटीभीले अन्त्येष्टि समारोह प्रत्यक्ष प्रसारण गर्ने भएका छन् । कामदारहरूलाई रानीप्रति श्रद्धाञ्जलीको अवसर दिन खाद्यान्न तथा अन्य ठूला डिपार्टमेन्टल स्टोर, सुपरमार्केट, सिनेमाघर र स्कुल बन्द गरिएको छ ।

    करिब २० लाख मानिस प्रत्यक्ष रूपमा लन्डन पुग्ने अनुमान गरिएको छ । ट्रान्सपोर्ट फर लन्डनले थप १० लाख मानिसलाई सेवा दिन आफू तयार रहेको जनाएको छ । करिब अढाई सय अतिरिक्त रेलले सेवा दिनेछन् भने इंग्ल्यान्डमा राजमार्ग मर्मतका लागि बाटो बन्द गर्ने योजना स्थगित गरिएको नेसनल हाइवेजले जनाएको छ । मेट्रोपोलिटन प्रहरीले इतिहासकै सबैभन्दा ठूलो इभेन्ट बताउँदै १० हजार हाराहारी प्रहरी अधिकृत परिचालन हुने जनाएको छ ।

  • ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    ताइवानमा शक्तिशाली भूकम्प, क्षतिको विवरण आउँदै

    ताइपेई । दक्षिणपूर्वी ताइवानमा शनिबार साँझ शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजीएस) का अनुसार ६ दशमलव ६ रेक्टर स्केलको भूकम्प गएको हो। युएसजीएसका अनुसार भूकम्पको केन्द्रबिन्दु ताइवानको युजिङबाट ९१ किलोमिटर पूर्वमा छ। ताइवान मौसम विभागका अनुसार भूकम्पको केन्द्रविन्दु सतहबाट ७.३ किलोमिटर गहिराइमा थियो। ताइवानभर भूकम्पको धक्का महसुस गरिएको थियो।

    राजधानी ताइपेईमा केही समय भवनहरू हल्लिएका थिए। विभागका अनुसार भूकम्पको केन्द्रबिन्दु रहेको क्षेत्रमा थोरै जनसङ्ख्या रहेको क्षेत्र हो। रोयटर्सका अनुसार भूकम्प गए पनि ताइवानको पूर्वी तटमा बिजुली आपूर्तिमा कुनै अवरोध भएको छैन। यस्तै दक्षिणी सहर ताइनान र काओसिङमा रहेको विज्ञान पार्क, प्रमुख अर्धचालक कारखानाको घर लगयातमा कुनै प्रभाव परेको छैन।

    भूकम्पको रेक्टर स्केल ७ भन्दा माथि नभएसम्म ताइवानले सुनामीको चेतावनी दिने गरेको छैन। दुई टेक्टोनिक प्लेटको संगम नजिकै रहेको ताइवान भूकम्पको उच्च जोखिममा रहेको मुलुक हो। सन् २०१६ मा दक्षिणी ताइवानमा गएको भूकम्पमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो भने सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पमा २ हजारभन्दा बढीले ज्यान गुमाएका थिए।

  • नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

    नेपाल भ्रमण पुरा गरी फिर्ता भए चिनियाँ जनकंग्रेस अध्यक्ष ली

    काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको चार दिने औपचारिक भ्रमणमा सोमबार आएका जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकङ्ग्रेस, स्थायी समितिका अध्यक्ष ली चान्शु भ्रमण सम्पन्न गरी आज फिर्ता भएका छन् । उनी काठमाडौंबाट दषिण कोरिया प्रस्थान गरेका छन् । चिनका उच्चस्तरका नेता अध्यक्ष ली बिहान विशेष विमानबाट फिर्ता भएका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सभामुख सापकोटाले विदाई गरे । सो अवसरमा विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी उपस्थित भए ।

    उनी सोमबार विशेष विमानबाट काठमाडौँ आइपुगेका थिए । चार दिने नेपाल भ्रमणका क्रममा उनले उच्चस्तरीय विभिन्न भेटवार्ता गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अध्यक्ष लीले बुधबार शिष्टाचार भेटवार्ता गरेका थिए । प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शिष्टाचार भेटवार्ता गरे ।

    सोमबार सभामुख सापकोटा र अध्यक्ष लीले संसद् भवन नयाँ बानेश्वरमा संसदीय प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गरी सहयोगसम्बन्धी छबुँदे सम्झौतापत्रमा हस्ताक्षरसमेत गरेका थिए । मङ्गलबार नै अध्यक्ष ली र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबीच शिष्टाचार भेटवार्ता भएको थियो । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग अध्यक्ष लीले शिष्टाचार भेटवार्ता गरे ।

  • ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

    ब्रिटेनका नयाँ राजा चार्ल्सले पहिलो पटक गरे बेलायती संसदमा सम्बोधन

    लण्डन । ब्रिटेनका राजा चार्ल्स तृतीयले त्यहाँको संसद्‌लाई लोकतन्त्रको जीवन्त अङ्ग भन्दै प्रशंसा गरेका छन्। राजाका रूपमा संसद्‌मा गरेको पहिलो सम्बोधनका क्रममा उनले महारानी एलिजाबेथ द्वितीयाको निधनमा सांसदहरूले व्यक्त गरेको समवेदना स्वीकारेको बीबीसीले लेखेको छ । राजा चार्ल्सले आफ्नी आमाले गरेको निःस्वार्थ सेवाका उदाहरण अनुशरण गर्ने बताए। राजा बनेपछि पहिलो पटक संसद्‌लाई सम्बोधन गर्न वेस्टमिन्स्टर हलमा पुगेका चार्ल्स तृतीयलाई ट्रम्पेटको धुनसहित स्वागत गरिएको थियो।

    महारानी एलिजाबेथ द्वितीयाको निधन भएको पाँचौँ दिन राजा चार्ल्स त्यहाँ पुगेका हुन्। आफ्नो मन्तव्यका क्रममा उनले संसदका दुवै सदनका सभामुखहरूले व्यक्त गरेको समवेदना स्वीकार गर्दै आफ्नो भनाइ राखेका थिए। सो क्रममा क्रममा उनले भने, ‘हाउस अफ लर्ड्स् र हाउस अफ कमन्समा व्यक्त भएका समवेदनाप्रति म एकदमै कृतज्ञ छु।’ म तपाईँहरूको अघि उपस्थित भइरहँदा वेस्टमिन्स्टर हलमा रहने सांसदहरूको इतिहासको ओज महसुस गरिरहेको छु।’ संसद्‌मा सम्बोधन गरेपछि एडिन्बरा पुगेका राजा चार्ल्स तृतीय र क्वीन कन्सोर्ट कमिला सेन्ट जाइल्स कथिड्रलसम्मको शवयात्रामा सहभागी भएका थिए।

    त्यहाँ दिवंगत महारानी एलिजाबेथको पार्थिव शरीर २४ घण्टाका लागि राखिने छ। मानिसहरूले त्यहाँ महारानीप्रति सम्मान व्यक्त गर्न सक्नेछन्। सेप्टेम्बर १९ मा वेस्टमिन्स्टर एबीमा अन्तिम संस्कार गर्नुअघि महारानी एलिजाबेथ द्वितीयाको पार्थिव शरीरलाई चार दिन राजकीय अन्तिम श्रद्धाञ्जलिका लागि राखिने छ। उक्त समयमा सर्वसाधारणलाई शवपेटिकामा अन्तिम श्रद्धाञ्जली व्यक्त गर्न दिइने छ। महारानीको राजकीय अन्तिम संस्कारमा उनको परिवार, राजनीतिक नेता र विश्वनेताहरू ब्रिटेनको समयानुसार सेप्टेम्बर १९ को दिन ११ बजे सहभागी हुनेछन्।

    उक्त दिनलाई ब्याङ्क होलिडे अर्थात् सार्वजनिक बिदा घोषणा गरिएको छ। विभिन्न स्थान हुँदै एडिन्बरा विमानस्थलबाट महारानीको शवपेटिका बकिङ्गम प्यालेस लगिने छ। बुधवार अपराह्न ब्रिटेनको समयानुसार ३ बजे त्यसलाई वेस्टमिन्स्टर हलमा पुर्‍याइने छ। त्यसपछि अन्तिम संस्कारअघि बिहीवार चार दिन राजकीय सम्मानसाथ पार्थिव शरीरलाई राखिने छ।

    राजकीय अन्तिम संस्कार सेप्टेम्बर १९ को दिन ११ बजे हुनेछ र त्यस बेला विन्ड्सर कासलसम्म शवयात्रा हुने छ। महारानीको अन्तिम संस्कार विन्ड्सरस्थित किङ जोर्ज सिक्स्थ मेमोरिअल च्यापलमा हुनेछ। अन्तिम संस्कारअघि नयाँ राजाले स्कटल्यान्ड, नोर्दन आयरल्यान्ड र वेल्सको भ्रमण गर्नेछन्।

  • राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा

    राष्ट्रपतिको वरियतापछिका चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु आजबाट नेपाल भ्रमणमा

    काठमाडौं । चीनको राष्ट्रिय जनकंग्रेसका अध्यक्ष ली चान्सु चार दिने भ्रमणका सिलसिलामा आज काठमाडौं आउँदैछन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) मा तेस्रो र चीनको संविधानअनुसार राज्य सत्ताको भूमिकामा दोस्रो वरियतामा उनी छन् । उनीभन्दा माथि राष्ट्रपति रहेका छन् । चीनबाट हुन लागेको यो उच्च स्तरीय भ्रमणलाई निकै चासोका साथ हेरिएको छ । चान्सु सभामुख अग्नि सापकोटाको औपचारिक निमन्त्रणामा काठमाडौं आउन लागेका हुन् ।

    भ्रमणको क्रममा उनले राष्ट्रपति, प्रधानमन्त्री, सभामुख सापकोटा लगायतसँग भेटवार्ता गर्नेछन् । प्रमुख दलका शीर्ष नेताहरूसँग पनि भेट्दैछन् । २५ चैतमा भएको भर्चुअल संवादका क्रममा सापकोटाले चिनियाँ जनकंग्रेस अध्यक्ष चान्सुलाई नेपाल भ्रमणका लागि निमन्त्रणा दिएका थिए । त्यसको केही समयपछि चैत महिनामा विदेशमन्त्री वाङ यी र असार अन्तिम साता सीपीसीका विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपाल भ्रमण गरेका थिए ।

    चिनियाँ जनकंग्रेसका अध्यक्ष चान्सु नेपाल भ्रमणमा आउने राष्ट्रपति सी जिनपिङ पछिका दोस्रो ठूलो तहका नेता हुन् । सीले २०७६ सालको २५ देखि २७ असोजसम्म राजकीय भ्रमण गरेका थिए । त्यसपछि चीनबाट विभिन्न तहका भ्रमणहरू निरन्तर भइरहेका छन् । आगामी १६ अक्टोबरमा सीपीसीको २०औं राष्ट्रिय महाधिवेशन गर्ने तयारी चलिरहेका बेला अहिले चान्सु नेपाल भ्रमणमा आउन लागेका हुन् ।

  • युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

    युक्रेनले फिर्ता लिन थाल्यो गुमेको भू-भाग

    काठमाडौं । युक्रेनको सेनाले पूर्वी युक्रेनमा तीव्र गतिमा गरिएको प्रत्याक्रमणका क्रममा आफ्नो फौजले ३,००० वर्गकिलोमिटरभन्दा धेरै गुमेको क्षेत्रफल पुनःप्राप्ति गरेको जनाएको छ। प्रत्याक्रमणको यो उल्लेख्य अवस्था यदि पुष्टि भएमा त्यो किएभका फौजले ४८ घण्टाभन्दा केही बढी समयमा तीन गुणाले गुमेका भुभाग पुनःप्राप्ति गरेको देखिने बीबीसीले जनाएको छ । बिहीवार साँझ राष्ट्रपति जेलेन्स्कीले १,००० वर्गकिलोमिटर र शनिवार साँझ २,००० वर्गकिलोमिटर भूमि पुनःप्राप्ति गरेको बताए ।

    बीबीसीले युक्रेनले गरेको दाबीलाई पुष्टि गर्न नसकेको र पत्रकारहरूलाई अग्रमोर्चामा जान रोकेको समेत जनाएको छ । युक्रेनले तीव्र गतिमा गरेको प्रत्याक्रमणसँगै थप भूभाग उसको नियन्त्रणमा आएपछि रुसी सैनिकहरू पूर्वी युक्रेनका महत्त्वपूर्ण सहरहरूबाट पछि हटेको समेत समाचारमा उल्लेख छ । युक्रेनी अधिकारीहरूका अनुसार युक्रेनी सेना शनिवार कुपियान्स्क सहरमा प्रवेश गरेको छ। रुसी फौजका लागि सामान आपूर्ति गर्न उक्त सहर निकै महत्त्वपूर्ण मानिन्थ्यो। रुसी रक्षा मन्त्रालयले आफ्नो सेना फेरि सङ्गठित हुनू का लागि नजिकै रहेको इन्ज्यूमतिर गएको जनाएको छ।

    रुसले तेस्रो महत्त्वपूर्ण सहर बालाक्लियाबाट पनि आफ्ना सैनिकहरू फिर्ता भएको पुष्टि गरेको छ। उसका अनुसार डोनेट्स्कको मोर्चालाई बलियो बनाउन त्यहाँबाट सैनिकहरू फिर्ता भएका हुन्। यदि युक्रेनले आफू अगाडि बढेको ठाउँलाई नियन्त्रणमा राख्न सक्यो भने एप्रिल महिनामा किएभवरपरबाट फिर्ता भएको घटनापछि यो सबैभन्दा उल्लेखनीय उपलब्धि भएको समेत समाचारमा जनाइएको छ ।

    शनिवार राति भिडिओबाट सम्बोधन गर्दै राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यो महिनाको आरम्भतिर प्रत्याक्रमणको कारबाही सुरु भएपछि युक्रेनले २,००० वर्ग किलोमिटर क्षेत्र रुसको नियन्त्रणबाट मुक्त गरेको दाबी गरेका छन्। उनको दाबीअनुसार त्यसमध्ये आधा भूभाग ४८ घण्टामा फेरि युक्रेनको नियन्त्रणमा आएको भन्ने बुझिन्छ। बिहीवारको सम्बोधनमा उनले भनेकोभन्दा यो दुईगुना क्षेत्र हो।

    इज्यूमबाट आफ्नो सेना फिर्ता भएको रुसको घोषणा पनि महत्त्वपूर्ण छ। उक्त सहर रुसका लागि एउटा मुख्य सैन्य केन्द्र बनेको थियो। तीन दिन लगाएर इज्यूम(बालाक्लियाबाट सैनिकहरूलाई डोनेट्स्क सारिएको रुसी विज्ञप्तिमा उल्लेख गरिएको छ। रुसी सैनिकहरूतर्फ क्षति हुन नदिन शत्रुपक्षलाई हराइएको दाबी रुसले गरेको छ।


    त्यसको केही समयपछि खार्किभमा रुसी नियन्त्रणमा रहेका क्षेत्रहरूको प्रशासक स्थानीयवासीहरूलाई ज्यान जोगाउन रुसतिर जान भनेको रुसको सरकारी समाचारसंस्था तासले जनाएको छ। नजिकै रुसपट्टि रहेको बेल्गोरोड क्षेत्रका गभर्नरले सीमा पार गर्न पालो कुरिरहेका मानिसलाई सहयोग गर्न खानेकुरा, ताप र औषधिको व्यवस्था गरिएको जनाएका छन्।

    युक्रेनले पश्चिमा साझेदार राष्ट्रहरूलाई सैन्य सहयोग उपलब्ध गराउन निरन्तर आग्रह गरिरहेको बेला युक्रेनी सेनाको उपलब्धिले उससँग रुसले नियन्त्रणमा लिएको भूभाग फिर्ता लिन सक्ने सामर्थ्य भएको सङ्केत मानिएको छ। यसअघि यूकेका रक्षा अधिकारीहरूले यसअघि रुसनियन्त्रित भूभागमा युक्रेन ५० किलोमिटरभित्र अघि बढेको बताएका थिए।

  • अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

    अमेरिकामा आतंकवादी हमलाको २१ वर्ष पुरा

    न्यूर्योक । अमेरिकाका विभिन्न शहरमा भएको आतङ्ककारी हमलाको आइतबार २१ वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २१औँ स्मृति दिवस मनाइँदैछ । सन् २००१ को सेप्टेम्बर ११ मङ्गलवारका दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । यो दुर्घटनामा झण्डै तीन हजार जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमा विभिन्न ७७ वटा देशका नागरिक थिए । संयुक्त राज्य मेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए ।

    अपहरणमा परेका विमान न्युयोर्क र वाशिङ्टनका भवनमा ठोक्काइएको थियो । आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मूलन गर्न र ओसामा विन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गर्न अनुमति दिएका थिए । पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए । झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

  • चार्ल्स तृतीयलाई औपचारिक रुपमा ब्रिटेनको राजा घोषणा

    चार्ल्स तृतीयलाई औपचारिक रुपमा ब्रिटेनको राजा घोषणा

    लण्डन । चार्ल्स तृतीयलाई लन्डनस्थित सेन्ट जेम्स प्यालेसमा आयोजित एक विशेष समारोहमा राजा घोषणा गरिएको छ। शनिवार बिहान भएको परम्परागत कार्यक्रममा (जुन पहिलो पटक टेलिभिजनमा प्रसारण गरिएको थियो( दिवङ्गत महारानीको शोकमा झुकाइएको झण्डा नयाँ राजा बनेको खुसीयालीका अवसरमा पूर्ण रूपमा फहराइएको थियो।

    यूकेभर आइतवारसम्म थप घोषणाहरू हुनेछन् त्यसपछि ८ सेप्टेम्बरमा दिवङ्गत भएकी महारानीको शोक मनाउने समयका कारण झण्डालाई फेरि आधा झुकाइनेछ। एक्सेसन काउन्सिल भन्ने निकायले नयाँ राजाको औपचारिक घोषणा गरेको हो। अनि परम्परागत रूपमा विस्तृत समारोहसहित शपथ लिइएको थियो। यस्तो शपथ सात दशक यता पहिलो पटक आयोजना भएको हो।


    चार्ल्स राजा बनिसकेका थिए, एक्ट अफ सेटलमेन्ट १७०१ को व्यवस्था अनुसार उनी उनकी आमाको मृत्यु पछि उनी स्वतः राजा बन्छन्। त्यसैले एक्सेसन काउन्सिलको कार्यक्रमको उद्देश्य नयाँ राजाको नाम घोषणा गर्ने आलङ्कारिक जिम्मेवारी पूरा गर्नु थियो। साधारणता यस्तो कार्यक्रम शासकको मृत्यु भएको २४ घण्टाभित्रै हुने गर्छ।

    तर यस पटक महारानी एलिजाबेथ द्वितीयाको मृत्यु र बकिङ्घम दरबार नजिकै रहेको सेन्ट जेम्स प्यालेसबीचको समारोह हुनमा केही समय लागेको छ। त्यसैगरी राजा चार्ल्सले उनी राजा बन्ने औपचारिक समारोहलाई टेलिभिजनमा प्रत्यक्ष प्रसारण गर्न दिने निर्णय गरेर एक अर्को परम्परा तोडेका छन्। प्राइभी काउन्सिल भनिने राजाका औपचारिक सल्लाहकारहरूको निकायमा २०० भन्दा बढी सदस्य छन् जसमा पूर्व र अहिलेका राजनेताहरू पर्छन्, उनीहरू र अन्य अधिकारीहरू सेन्ट जेम्स प्यालेसमा सहभागी भएका थिए।

    काउन्सिल नोर्म्यान राजहरूको समयदेखि अस्तित्वमा छ। यसका कुल ७०० सदस्यमध्ये २०० जना बोलाइएका थिए। यूकेका पूर्व प्रधानमन्त्रीहरू गोर्डन ब्राउन, डेभिड क्यामरन, बोरिस जोनसन र टरिजा मे ( जसले महारानीसँग कैयौँ वर्ष यता धेरै समारोहमा भेटेका थिए)सबै सहभागी थिए। त्यसैगरी लन्डनका मेयर, वरिष्ठ न्यायाधीशहरू र अन्य अधिकारीहरू पनि सहभागी थिए। राजा चार्ल्सकी श्रीमती क्यामिला पार्कर बावल्स जो १७ वर्षदेखि चार्ल्सकी श्रीमती रहेकी छन् र हाल नयाँ उपाधि क्वीन कन्सोर्ट पाएकी छन् र राजाका छोरा विलियम जो नयाँ प्रिन्स अफ वेल्स हुन् पनि उपस्थित थिए

  • प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

    प्रधानमन्त्री देउवाले दूतावास पुगेर दिए ब्रिटेन महारानीलाई श्रद्धान्जली

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंस्थित संयुक्त अधिराज्य बेलायतको राजदूतावास पुगेर बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधनप्रति दुःख व्यक्त गरेका छन्। शोक व्यक्त गर्न देउवा शनिबार दूतावास पुगेका हुन्। उनले त्यहाँ राखिएको शोक पुस्तिकामा शोक सन्देश लेखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शुक्रबार दूतावास पुगेर शोक व्यक्त गरेकी थिइन्। महारानी एलिजाबेथ द्वितीयको ९६ वर्षको उमेरमा भदौ २३ गते राति निधन भएको हो।

  • राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

    राजा चार्ल्स तृतीयले गरे पहिलो पटक राष्ट्रका नाममा सम्बोधन

    लण्डन । राजा चार्ल्स तृतीयले पहिलो पटक राष्ट्र र राष्ट्रमण्डलका नाममा सम्बोधन गरेका छन् । उनले सम्बोधनका क्रममा आमा एलिजावेथलाई पटक पटक सम्झिएका छन् । यस्तो छ, सम्बोधनको सार….

    म आज तपाईँहरूसँग गहिरो दुखका साथ बोलिरहेको छु। आफ्नो जीवनभर महामहिम महारानी, मेरी प्यारी आमा- म र मेरो सम्पूर्ण परिवारका लागि एक प्रेरणा र उदाहरण हुनुहुन्थ्यो। हामी उहाँको प्रेम, स्नेह, मार्गदर्शन, बुझाइ र उदाहरणका लागि अरू परिवारले आफ्नी आमासँग महसुस गर्ने जस्तै गरी ऋणी छौँ।

    महारानी एलिजाबेथको जीवन सार्थक रह्यो, उहाँले नियतिका साथ गरेको प्रतिबद्धता पूरा गर्नुभयो र उहाँको निधनमा गहिरो दुख छ।

    जीवनभर सेवा गर्ने उहाँको प्रतिबद्धता म आज तपाईँहरूका अगाडि दोहोर्‍याउन चाहन्छु।

    मेरो सम्पूर्ण परिवारमा गहिरो शोक परेको छ। सँगसँगै हामी संयुक्त अधिराज्यका यति धेरै तपाईँहरूसँग उहाँ राष्ट्रप्रमुख रहेका सबैदेशहरू, राष्ट्रमण्डल र विश्वभरसँग मेरी आमाले ७० वर्ष भन्दा लामो समयदेखि यति धेरै देशका मानिसको सेवा गरेकोमा कृतज्ञता बाँड्न चाहन्छौँ।

    सन् १९४७ मा उहाँको २१ औँ जन्मोत्सवका दिन केप टाउन दक्षिण अफ्रिकाबाट राष्ट्रमण्डलका प्रति प्रवाह गरेको सन्देशमा उहाँले आफ्नो जीवन छोटो वा लामो जे भए पनि उहाँका मानिसको सेवामा लगाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो।

    त्यो एक वाचा भन्दा पनि बढी थियो। त्यो एउटा गहन व्यक्तिगत प्रतिबद्धता थियो जसले उहाँको सम्पूर्ण जीवन परिभाषित गर्न पुग्यो।

    उहाँले कर्तव्यका लागि बलिदान दिनुभयो। एक शासकका रूपमा उहाँको समर्पण र प्रतिबद्धता कहिल्यै कम भएन। चाहे त्यो परिवर्तनको समयमा होस् या खुशी र उत्सवका समयमा अथवा दुख र हानी भएका समयमा।

    उहाँको सेवापूर्ण जीवनमा हामीले उहाँको परम्पराप्रति प्रेम र प्रगतिप्रति निडर स्वीकारोक्ति देख्यौँ जसले हामीलाई राष्ट्रहरूका रूपमा महान् बनाएको छ।

    उहाँको स्नेह, प्रशंसा र सम्मानप्रति प्रेरणा उहाँको शासनकालको पहिचान बन्न पुग्यो। मेरो परिवारका हरेक सदस्य साक्षी हुन्, उहाँमा ती गुणहरूलाई न्यानोपन, रमाइलोपन र मानिसहरूमा जहिले पनि सर्वश्रेष्ठता देख्न सक्ने व्यक्तित्व घुलित थियो।

    म मेरी आमाको संस्मरणमा श्रद्धाञ्जली अर्पण गर्छु। र उहाँको सेवापूर्ण जीवनको सम्मान गर्छु। मलाई थाहा छ उहाँको मृत्युले तपाईँहरू यति धेरै जनामा दुख पैदा भएको छ त्यसैले तपाईँहरूसँग उक्त दुख र अपूरणीय क्षतिको भावना साझा गर्न चाहन्छु।

    जब महारानी गद्दीनसीन हुनुभयो ब्रिटेन र सारा विश्व दोस्रो विश्वयुद्धको र त्यसपछिको दुष्परिणाम भोगिरहेको थियो र पुरानै परम्परामा बाँचिरहेको थियो।

    गत ७० वर्षको दौरान हामीले हाम्रो समाज विविध संस्कृति र विश्वासमा परिवर्तन भएको देखेका छौँ।

    बदलामा राज्यका अङ्गहरू परिवर्तित छन्। तर सबै परिवर्तन र चुनौतीहरूबीच हाम्रो राष्ट्र र हाम्रो क्षेत्रका वृहत् परिवार( जसको प्रतिभा परम्परा र उपलब्धिप्रति म व्यक्त गर्नै नसक्नेगरी गौरवान्वित छु) को प्रगति र उन्नति भएको छ। हाम्रा मूल्य मान्यता उस्तै छन् र रहिरहनुपर्छ।

    राजतन्त्रको भूमिका र कर्तव्य पनि उस्तै रहन्छ जस्तो कि शासकको इङ्ल्यान्डको चर्चप्रति विशेष सम्बन्ध र जिम्मेदारी ,उक्त चर्चप्रति मेरो आफ्नै पनि गहिरो विश्वास छ।

    मेरो हुर्काइ अरूका प्रति जिम्मेवारीबोधबाट ओतप्रोत छ। स्वतन्त्रता र हाम्रो विशेष इतिहासको जिम्मेवारी तथा हाम्रो संसदीय सरकारको प्रणाली हाम्रो मूल्यवान परम्पराप्रति उच्च सम्मान व्यक्त गर्दछु।

    जस्तो कि महारानी स्वयंले त्यस्तो अटल समर्पणका साथ भूमिका खेल्नुभयो म पनि ईश्वरले प्रदान गर्ने आफ्नो बाँकी समय हाम्रो राष्ट्रका लागि अत्यन्त महत्त्वपूर्ण संवैधानिक सिद्धान्त कायम राख्ने प्रतिबद्धता व्यक्त गर्न चाहन्छु।

    र तपाईँ यूकेमा रहनुभएको हुन सक्छ वा विश्वका अन्य क्षेत्रमा तपाईँको आफ्नो पृष्ठभूमि र विश्वास जे हुन सक्छ, म जीवनभर तपाईँको सेवामा प्रेम र सम्मानसाथ बफादार रहनेछु।

    मेरो जीवन नयाँ जिम्मेवारी निर्वाह गर्दा अवश्य पनि परिवर्तित हुनेछ। मैले असाध्यै मन पराउने मुद्दा र परोपकारी कामका लागि मैले मेरो धेरै समय र ऊर्जा दिन सम्भव हुनेछैन। तर मलाई थाहा छ यो महत्त्वपूर्ण कामको जिम्मेबारी अरूका विश्वसनीय हातमा जानेछ।

    यो मेरो परिवारको लागि पनि परिवर्तनको समय हो। म मेरी प्यारी पत्नी क्यमिलाको प्रेमिल सहयोगमा भरोसा गर्छु। सत्र वर्ष पहिले हाम्रो विवाहका बेलादेखि उनी आफ्नै वफादार सार्वजनिक सेवाको मान्यतामा मेरी क्वीन कन्सोर्ट बनिन्। मलाई थाहा छ( म उनको नयाँ भूमिकाको कर्तव्यप्रतिको अटल समर्पणमा अति भर परेको छु।

    मेरो उत्तराधिकारीको रूपमा विलियमले अब स्कटिश उपाधिहरू ग्रहण गर्नेछन् त्यो मेरो लागि धेरै अर्थपूर्ण छ। ड्यूक अफ कोर्न्वलका रूपमा उनी मेरो उत्तराधिकारी हुनेछन् र डची अफ कोर्न्वलको जिम्मेवारी लिनेछन् जुन जिम्मेवारी मैले पाँच दशक भन्दा बढी समय निभाएको छु।

    आज म उनलाई प्रिन्स अफ वेल्स, टुवासो कुम्री, बनाउन पाउँदा गौरवान्वित भएको छु। त्यो उपाधि मैले मेरो जीवन र कर्तव्यको अधिकांश अवधिमा वहन गर्ने सौभाग्य पाएको छु।

    क्याथरिनको साथमा हाम्रा प्रिन्स र प्रिन्सेस अफ वेल्सले हाम्रो राष्ट्रिय संवादलाई प्रेरणा दिने र नेतृत्व गर्ने क्रम जारी राख्नेछन्। उनीहरूले सीमान्तकृतहरूलाई मूलधारमा ल्याउन आवश्यक मद्दत गर्न सकिने अवस्थामा सहयोग गर्नेछन्।

    म विदेशमा बसेर आफ्नो जीवन अघि बढाइरहेका ह्यारी र मेगनप्रति स्नेह व्यक्त गर्न चाहन्छु।

    एक साताभन्दा कम समयमा हामी एक राष्ट्रका रूपमा, एक राष्ट्रमण्डलका रूपमा र वास्तवमा एक विश्वव्यापी समुदायका रूपमा रूपमा, मेरी प्यारी आमाको अन्तिम संस्कारमा एकसाथ हुनेछौँ। हाम्रो दुस्खको घडीमा हामी उहाँको सम्झना र उदाहरणबाट र शक्ति प्राप्त गरौँ। मेरो सम्पूर्ण परिवारको तर्फबाट म तपाईँहरूको समवेदना र समर्थनका लागि इमान्दारपूर्वक हृदयदेखि नै धन्यवाद मात्र दिन सक्छु। ती कुराले मेरा लागि सम्भवतः व्यक्त गर्न सक्नेभन्दा बढी अर्थ राख्छन्।

    र, मेरी प्यारी आमालाई तपाईँले मेरो प्यारो स्वर्गीय पितासँग सामेल हुनका लागि आफ्नो अन्तिम महान् यात्रा सुरु गर्दा म यति मात्र भन्न चाहन्छुस् धन्यवाद। यति लगनशील भएर यी सबै वर्षहरूमा हाम्रो परिवार र तपाईँले सेवा गर्नु भएका राष्ट्रहरूको परिवारप्रति तपाईँको माया र समर्पणका लागि धन्यवाद।

    देवदूतहरूले उहाँको शान्तिको कामना गरून्।

  • ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

    ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपालमा तीन दिन शोक घोषणा

    काठमाडौं । ब्रिटेनकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा नेपाल सरकारले तीन दिन शोक घोषणा गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो । यसबीचमा बिदा भने दिइएको छैन । निधन भएकी महारानीको सम्मानमा शनिवारदेखि तीन दिन नेपालभरिका सरकारी कार्यालय एवम् विदेशस्थित नेपाली दूतावास तथा नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाएर शोक व्यक्त गर्ने निर्णय भएको हो ।

    यूकेमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा बिहीवार राति बाल्मोरलमा निधन भएको थियो। उनी ७० वर्षसम्म गद्दीनसीन थिइन्। महारानी एलिजाबेथले गद्दीमा रहेकै बेला विसं २०१७ र २०४२ सालमा दुई पटक नेपालको भ्रमण गरेकी थिइन्।

  • बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

    बेलायती दूतावास पुगेर राष्ट्रपति भण्डारीले दिइन महारानी एलिजावेथलाई श्रद्धान्जली

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा शोक व्यक्त गर्दै बेलायती जनता र बेलायतका महाराज चार्ल्स तृतीयलाई समवेदना सन्देश पठाएकी छिन् । उनले महारानी एलिजावेथ विश्‍वले सम्मान गर्ने योग्य राजनेता भएको समेत बताइन् ।

    काठमाडौंस्थित बेलायती राजदूतावासमा राखिएको शोकपुस्तिकामा हस्ताक्षर गर्दै राष्ट्रपति भण्डारीले भनेकि छिन्, ‘‘बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनबाट मलाई अत्यन्तै दुःख लागेको छ । नेपाली जनता, नेपाल सरकार तथा म स्वयंको तर्फबाट दिवंगत महारानीप्रति हार्दिक श्रध्दाञ्जली अर्पण गर्दै महाराज चार्ल्स तृतीय, शाही परिवार, बेलायत सरकार र मैत्रीपूर्ण बेलायती जनताप्रति गहिरो समवेदना प्रकट गर्दछु ।’

    शोकको यस दुःखद घडीमा नेपाली जनता तथा नेपाल सरकारको सहानुभूति र साथ तपाईंहरूसँग रहेको पनि राष्ट्रपतिको शोक सन्देशमा उल्लेख छ । राष्ट्रपति भण्डारीले महारानीको निधनबाट बेलायतले आफ्नो समर्पित अभिभावक र नेपालले एक पुरानो मित्र तथा शुभचिन्तक गुमाएको उल्लेख गरेकी छन् ।

  • महारानीको अन्तिम संस्कार कहाँ र कहिले हुँदैछ ?

    महारानीको अन्तिम संस्कार कहाँ र कहिले हुँदैछ ?

    बेलायतमा ७० वर्ष भन्दा लामो समय शासन गरेर इतिहास कायम गर्न सफल महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । सन् १९५२ मा गद्दी सम्हालेकी उनले त्यसयता १५ जना प्रधानमन्त्रीसँगकाम गरिन् । उनी बाल्मोरलमा रहेका बेला परिवारका सदस्यका बीचमै उनको निधन भएको छ । अब उनको अन्त्येष्टि प्रक्रिया सुरु हुनेछ । बीबीसीका अनुसार यो झण्डै दुई साता लामो हुनेछ । उनको शवलाई बाल्मोरलबाट लन्डन ल्याइने छ र बकिङ्घम दरबारमा राखिने छ ।

    त्यहाँबाट राजपरिवारका सदस्य र सैन्य अधिकारीसहित शव यात्रा गरेर वेस्टमिन्स्टर हलमा ल्याइनेछ । एलिजाबेथ द्वितीयको शव चार दिन वेस्टमिन्स्टर हलमै राखिने छ । त्यसका लागि साजसज्जायुक्त मञ्च निर्माण गरिनेछ । त्यहाँ निशान छापको झन्डा ओढाइन्छ भने राजदण्डलाई पनि शवसँगै राखिने छ । सर्वसाधारणलाई श्रद्धाञ्जली अर्पण गर्न दिइने छ, जसमा लाखौं सहभागी हुने अपेक्षा गरिएको बीबीसीले उल्लेख गरेको छ । सन् २००२ मा रानी एलिजावेथ द्धितीयकी आमाको शव पनि यहीँ राखिएको थियो र २ लाख भन्दा बढी सर्वसाधारणले श्रद्धाञ्जली दिएका थिए ।

    महारानीको समाधि समारोह भने वेस्टमिन्स्टर एबी (चर्च) मा गरिने छ, जहाँ उनको विवाह र राज्यारोहण समारोह पनि भएको थियो । समाधिको मिति दरबारले घोषणा गरेको छैन । तर निधन भएको १० देखि १२ दिनभित्र हुने अनुमान छ । समाधिका दिन जलसेनाको विशेष वाहनमा महारानीको शवलाई वेस्टमिन्स्टर हलबाट एबीमा लगिने छ ।

    समाधि समारोहमा नयाँ राजासहित राजपरिवारका सदस्य सामेल हुने छन् भने प्रधानमन्त्री लिज ट्रसले शोक मन्तव्य दिन सक्ने सञ्चार माध्यमहरुले जनाएका छन् । शवलाई पदयात्रामार्फत वेस्टमिन्स्टर एबीबाट वेलिङ्टन आर्क लगिनेछ र शवलाई शववाहनमा राखिने छ । शववाहनले विन्डसर क्यासलको सेन्ट जर्ज च्यापेल (चर्च)मा शव लैजान्छ त्यहाँ अन्तिम प्रार्थना सभा हुनेछ । त्यहाँ रोयल भल्टमा उनको शव समाधिस्थ गरिनेछ ।

  • महारानी एलिजावेथको निधनमा नेपालले महान प्रशंसक गुमायो : प्रधानमन्त्री

    महारानी एलिजावेथको निधनमा नेपालले महान प्रशंसक गुमायो : प्रधानमन्त्री

    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी महारानी एलिजाबेथ द्वितीयाको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री देउवाले उनको निधनको खबरबाट आफूलाई निक्कै दुःखित बनाएको समेत उल्लेख गरेका छन् । उनको निधनले नेपाल र नेपाली नागरिकले एक महान् प्रशंसक गुमाएको प्रधानमन्त्रीको शोक सन्देशमाउल्लेख छ ।

    उनले बेलायतको राजपरिवारप्रति गहिरो समवेदना व्यक्त गरेका छन् । ट्वीटरमार्फत प्रधानमन्त्री देउवाले दिनुभएको शोक सन्देशमा महारानी एलिजाबेथमा अन्य संस्कृति र मानवताप्रतिको दया, सादगी र सम्मानजस्ता गुणहरू रहेका र जसका कारण नेपाली नागरिकले निक्कै मायापूर्वक सम्झन्छन् भनेका छन् । महारानी एलिजाबेथको गएराति ९६ वर्षको उमेरमा निधन भएको थियो ।

  • बेलायती महामारी एलिजाबेथ द्वितीयको निधन

    बेलायती महामारी एलिजाबेथ द्वितीयको निधन

    लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको निधन भएको छ । उनको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको हो । उनी बेलायतमा ७० वर्षसम्म शासन गरेकी लोकप्रिय व्यक्ति थिइन् । बकिङ्घम प्यालेसले रानी एजिलाबेथ द्वितीयको निधन भएको पुष्टि गरेको छ ।

    अब उनका ७३ वर्षीय छोरा चार्ल्स बेलायतको नयाँ राजा बन्ने छन् । महारानी एलिजाबेथको जन्म २१ अप्रिल १९२६ मा लण्डनको मेयफेयरमा भएको थियो । उनको वास्तविक नाम एलिजाबेथ एलेक्सान्ड्रा मेरी विन्डसर हो । एलिजाबेथ १९५२ मा बेलायतको महारानी बनेकी थिइन् ।

  • अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

    अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ८ महिनायताकै न्यून

    काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भारी गिरावट आएको छ ।

    अमेरिकी बेन्चमार्क वेस्ट टेक्सास इन्टरमिडिएट (डब्ल्यूटीआई) प्रति ब्यारेल ८५ डलरभन्दा तल झरेको छ भने ग्लोबल ब्रेन्ट बेन्चमार्क ९० डलरभन्दा तल कारोबार भइरहेको छ ।

    रुसले तेलको आपूर्ति रोक्ने धम्की दिइरहेको अवस्थामा तेलको भाउ घटेको हो । अन्तरराष्टिय बजारमा डलरको भाउ बढ्दा माग घट्ने डरले तेलको भाउमा गिरावट आएको बिशेषज्ञहरु बताउँछन् ।

    विश्लेषकहरूले बुधवारको घाटाको पछाडि धेरै कारकहरू उद्धृत गरे, जसमा विश्व अर्थतन्त्रको स्वास्थ्यको चिन्ता र अमेरिकी डलरको आकाशिएको भाउ छ ।

    बलियो अमेरिकी डलरले विदेशमा तेलको मागलाई कमजोर बनाउँछ। बुधबार डलरको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । त्यसो त विश्वभरका केन्द्रीय बैंकहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजदर बढाइरहेका छन् ।

    चीनमा महामारी फैलिन नदिन कडा लकडाउन गरिएको छ र यसले मागलाई असर गरेको छ । ओपेक राष्ट्रहरूले उत्पादन कटौती गर्ने निर्णय गरेसँगै कच्चा तेलको मूल्य केही बढेको थियो ।

    तर, उनीहरुले आफ्नो निर्णयको आधार गुमाएका छन् । साउदी अरेबियाले एशिया र युरोपमा आफ्ना ग्राहकका लागि अर्को महिनाको कन्साइनमेन्टको मूल्य घटाएको छ ।

    युक्रेनमा रुसको आक्रमणपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारेल १३९ डलर पुगेको थियो । जुन २००८ यताकै उच्च रहेको थियो ।

    जसका कारण नेपालमा पनि इन्धनको मूल्य उच्च रुपमा वृद्धि भएको थियो । तर पछिल्लो समय अन्तराष्ट्रिय बजारमा मूल्य निकै तल आइपुगेपनि नेपालमा भने इन्धनको मूल्य घटेको छैन् ।

    केही समयदेखि नेपाली बजारमा पेट्रोलको मूल्य स्थिर रहेको छ भने डिजेल र मट्टीतेलको मूल्य भने थप महँगो भएको छ ।

    तर, कच्चा तेलको मूल्य जनवरी यताकै न्यून स्तरमा आएको वर्तमान अवस्थामा आगामी दिनमा देशमा पेट्रोल र डिजेलको मूल्य घट्न सक्ने आँकलन गर्न सकिन्छ ।

    नेपाल आयल निगमले भारतीय आयल कर्पोरेशनबाट मूल्य घटेर आएपनि समग्रमा घाटा कायमै रहेको जनाउँदै तत्काल मूल्य नघटाउने बताउँदै आएको छ ।

    निगमले गत बिहीबार मात्रै डिजेल र मट्टीतेलको मूल्य ६–६ रुपैयाँ बढाएको थियो । अहिले नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ  भने पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ रहेको छ ।

  • भियतनाममा बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु

    भियतनाममा बारमा आगलागी, कम्तिमा ३२ जनाको मृत्यु

    काठमाडौं–एजेन्सी । भियतनामको दक्षिणी सहर होचीमिन्ह सिटी नजिकैको कराओके बारमा भएको भीषण आगलागीमा परि कम्तीमा ३२ जनाको मृत्यु भएको छ। मंगलबार राति कम्प्लेक्सको दोस्रो तल्लाबाट सल्किएको आगो र धुवाँमा धेरै ग्राहक र कर्मचारी फसेको भियतनामको सरकारी सञ्चारमाध्यमले जनाएका छन्।
    त्यहाँबाट निस्कने आकस्मिक बाटो पनि आगोले बन्द गरेपछि केहीले झ्यालको सिसा फोरेर हाफ फालेका थिए।

    केही बरन्डाबाट हाम फालेर ज्यान जोगाएका थिए। ८ तले भवनको दोस्रो तलाबाट सुरू भएको आगो चाँडै तेस्रो तल्लामा पुगेको थियो। त्यहाँ चाडै जल्ने प्रज्वलनशील सामान राखिएको थियो। सार्वजनिक सुरक्षा मन्त्रालयको आधिकारिक मुखपत्र कङ एन हान दानका अनुसार मृत्यु हुने ३२ मध्ये १७ जना पुरूष र १५ जना महिला छन्। मृत्यु हुनेमध्ये ८ जनाको शव शौचालयमा फेला परेको थियो। समाचार स्रोतका अनुसार आगलागीमा परी ४० भन्दा बढी व्यक्तिहरू घाइते भएका छन्।

    आगलागीबाट बच्न मानिसहरु बालकोनीमा जम्मा भए पनि काठको भित्री भागमा आगो फैलिएपछि त्यहाँ पनि सुरक्षित बस्न नसकेको बताइएको छ। यस्तो अवस्थामा चार जनाले हामफालेर ज्यान जोगाएका थिए। भवनको करिब एक तिहाइ भागमा आगो लागेको स्थानीय अधिकारीले बताएका छन्। अग्नी नियन्त्रकले एक घन्टा भित्रै आगो नियन्त्रणमा लिए पनि ठूलो मानवीय क्षति भएको हो।

  • यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

    यूरोपको सबैभन्दा ठूलो परमाणु केन्द्रको सुरक्षालाई लिएर संयुक्त राष्ट्रसंघको गम्भीर चेतावनी

    काठमाडौं–बीबसिी । युरोपको सबैभन्दा ठूलो परमाणु ऊर्जा केन्द्र वरपर भएको गोलाबारीका कारण त्यहाँको रेडियोधर्मी विकिरणहरूको असीमित निकास हुनसक्ने र त्यस क्षेत्रमा रुसी सैन्य उपकरणहरूले गर्दा त्यसको सुरक्षालाई कमजोर पार्न सक्ने संयुक्त राष्ट्रसङ्घको परमाणु ऊर्जा सम्बन्धी निकायले चेतावनी दिएको छ। गत मार्च महिनादेखि युक्रेनको जापोरीजा केन्द्र रुसको कब्जामा छ र त्यहाँ पटकपटक आक्रमण भएका छन्। गत साताको अवलोकनपछि राष्ट्रसङ्घको नियामक निकाय आइएइएले त्यस केन्द्र वरपर सुरक्षित र संरक्षित क्षेत्रको निर्माणको आह्वान गरेको हो। उसले त्यहाँ तत्काल गोलाबारी रोकिनु पर्ने बताएको छ।

    युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले उक्त प्रतिवेदनलाई सकारे र यसले परमाणु ऊर्जा केन्द्रको वरपर रुसी सेनाको उपस्थिति, त्यहाँ युक्रेनी कर्मचारीहरूमाथि दबाव, र रुसी सैन्य कब्जाको स्पष्ट सन्दर्भहरूबारे उल्लेख गरिएको जनाए। उनले ूपरमाणु ऊर्जा केन्द्रको क्षेत्रूलाई निःशस्त्रीकरण गर्ने उद्देश्य हो भने सुरक्षित क्षेत्रलाई समर्थन गर्ने बताएका छन्। यस केन्द्र युक्रेन नियन्त्रित सहरहरू र सैन्य उपस्थितिभन्दा पर नीपर नदीको दक्षिणी किनारमा अवस्थित छ। जारी युद्धको दुवै पक्षले एकअर्कालाई उक्त केन्द्र निशाना बनाएको आरोप लगाउँदै आएका छन्।

    मङ्गलवार रुसले किएभलाई २४ घण्टामा तीनपटक उक्त क्षेत्रमा आक्रमण गरेको आरोप लगाएको थियो। युक्रेनले रुसी सेनाले यसलाई निकट सहरहरूमा गोलाबारी गर्न प्रयोग गरेको बताएको छ। यद्यपि, रुसले भने उक्त ठाउँको सुरक्षा गरिरहेको दाबी गरेको छ। संयुक्त राष्ट्रसङ्घको अन्तर्राष्ट्रिय परमाणु ऊर्जा निकाय भने कुनै पक्षमाथि दोष नथोपर्न सतर्क देखिएको छ।

    गत साता आइएइएका विज्ञहरूले त्यहाँको वास्तविक अवस्थाको मूल्याङ्कनका निम्ति निगरानी गर्दै गर्दा र निकायका प्रमुख रफायल ग्रोसीले पारमाणविक प्रकोपको वास्तविक जोखिमबारे चेतावनी दिँदै गर्दा पनि गोलाबारी जारी रह्यो। समूहका निगरानीकर्ताहरूले दुई दिनपछि केन्द्र छोडेको भए पनि यसका दुई जना अधिकारीहरू स्थायी रूपमा त्यहाँ रहने बताइएको छ।


    मङ्गलवार सार्वजनिक भएको प्रतिवेदनमा निकायले रुसी सैन्य नियन्त्रणमा रहेर काम गरिरहेका ९०७ जना कर्मचारीले भोगिरहेको अति तनावपूर्ण परिस्थितिहरूमाथि प्रकाश पारेको छ। त्यस्तै ती थकित कर्मचारीहरूलाई पारिवारिक सहायता र काम गर्ने उपयुक्त वातावरणको व्यवस्था गरिनु पर्ने कुरामा जोड दिइएको छ। आइएइएले केन्द्रमा भएको क्षतिको विस्तृत विवरण दिँदै निरन्तर भएको गोलाबारीका कारण हालसम्म पारमाणविक आपत्काल ननिम्तिए पनि यसको सुरक्षाबारे खतराको सङ्केत दिएको बताएको छ। सुरक्षामा गम्भीर असर पर्ने गरी रेडियोधर्मी परिणामहरू निम्त्याउन सक्ने उसले उल्लेख गरेको छ।

    रुसी सेना, सैन्य सवारीसाधन र उपकरणहरू केन्द्रको वरिपरि देखिएका थिए र धेरै सैन्य ट्रकहरू केन्द्रका ६ वटा मध्ये दुईवटा टर्बाइन हलभित्र रहेको निकायले जनाएको छ। उसले त्यस क्षेत्रमा सैन्य उपकरणहरू र त्यस महत्त्वपूर्ण क्षेत्र नजिक हुने झडपहरूले केन्द्रको सुरक्षा प्रणालीलाई कमजोर बनाएको चेतावनी दिएको छ। र, सुरक्षा प्रणालीहरूमा हस्तक्षेप गर्न सक्ने सवारीसाधनहरू हटाउन आह्वान गरेको छ।

    नियामक संस्थाका अनुसार कर्मचारीहरूले केन्द्रको चिस्यान पोखरीहरू भ्रमण गर्न रुसी सेनाबाट अनुमति लिनुपर्‍यो। उसले रुसको पारमाणविक निकाय रोसाटोमका अधिकारीहरूको उपस्थितिको आलोचना समेत गरेको छ। उक्त उपस्थितिले प्रमुख निर्णयहरू लिनुपरेको अवस्थामा द्वन्द्व निम्त्याउन सक्ने बताइएको छ। संयुक्त राष्ट्रसङ्घका लागि रुसी राजदूतले आइएइएले कब्जा गरिएको परमाणु केन्द्रमा गोलाबारी गरेकोमा युक्रेनलाई दोष दिनुपर्ने बताए।

    तपाईँको प्रतिवेदनमा गोलाबारीको स्रोतको प्रत्यक्ष नाम नहुनुप्रति हामी खेद प्रकट गर्दछौँ, भसिली नेबेन्ज्याले सुरक्षा परिषद्को बैठकमा भर्चुअल उपस्थितिमार्फत् भने। जापोरीजा केन्द्रमा ६ वटा रियाक्टर भएपनि युद्ध सुरु भए यता दुई वटा मात्र सञ्चालित थिए। र हाल तीमध्ये पनि एउटाले मात्रै काम गरिरहेको छ।

  • चीनमा विनासकारी भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी

    चीनमा विनासकारी भूकम्प, कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी

    काठमाडौं\एजेन्सी । चीनमा सोमबार शक्तिशाली भूकम्प गएको छ । जसमा परी कम्तिमा ४६ जनाको मृत्यु भएको पुष्टी भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । दक्षिण पश्चिम चीनको सिचुवान प्रान्तमा सोमबार ६ दशमलव ८ म्याग्निच्युडको भूकम्प गएको हो । १६ जना वेपत्ता भएको र दर्जनौ घाइते भएको समेत समाचारमा उल्लेख छ । स्थानीय समय अनुसार सोमबार दिउँसो १ बजे भुकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

    भूकम्पको केन्द्रबिन्दु चेङ्डुबाट २२६ किलोमिटर दक्षिण पश्चिमस्थित दुर्गम पहाडी क्षेत्रमा पर्ने लुडिङ सहरमा रहेको छ। भूकम्पको गहिराइ १० किलोमिटर रहेको छ। भूकम्पले दूरसञ्चारका लाइन विच्छेद गर्नुका साथै पहाडमा पहिरो गएको छ। सरकारी सञ्चार माध्यम सिसिटिभीका अनुसार भूकम्पका कारण यान सहरमा १७ जना र छिमेकी प्रान्त गान्जीमा २९ जनाको मृत्यु भएको छ।

    भूकम्पपछि १६ जना हराइरहेका र ५० जना घाइते भएका छन् । भूकम्पले सडकमा धाजा फाटेको छ, पहाडमा पहिरो गएको छ र प्रभावित क्षेत्रका १० हजार घरमा दूरसञ्चार सेवा अवरूद्ध भएको छ। चिनीयाँ अधिकारीका अनुसार पहाडबाट ढुंगा र माटो खसेपछि सडक र बिजुली अवरुद्ध भएको छ।

  • ४७ वर्षीया लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने तेस्रो महिला

    ४७ वर्षीया लिज ट्रस बेलायतको प्रधानमन्त्री बन्ने तेस्रो महिला

    काठमाडौं । कन्जरभेटिभ्स पार्टीकी नेता लिज ट्रस बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी छन्।

    अहिले विदेश मन्त्री रहेकी ट्रसले कन्जरभेटिभ्स पार्टीको नेतृत्वका लागि भएको चुनावमा जित हात पारेसँगै उनी बेलायतकी नयाँ प्रधानमन्त्री बन्ने भएकी हुन्।

    बिबिसीका अनुसार सोमबार दिउँसो चुनावी नतिजा सार्वजनिक भएको हो। नतिजामा भारतीय मूलका अर्का प्रतिष्पर्धी ऋषि सुनक पराजित भएका हुन्। ट्रसले ८१ हजार ३२६ मत पाएकी थिइन् भने सुनकले ६० हजार ३९९ मत पाएका थिए।

    बेलायतको तल्लो संसदमा कन्जरभेटिभ्स पार्टीको एकल बहुमत छ। संसदमा बहुमत भएकाले कन्जरभेटिभ्स पार्टीका नेता नै प्रधानमन्त्री बन्ने छन्। यो जितसँगै ४७ वर्षीया ट्रस प्रधानमन्त्री बन्ने तेस्रो बेलायती महिला बनेकी छन्। यसअघि मार्गेट थ्याचर र थेरेसा मे बेलायतका प्रधानमन्त्री बनेका थिए।

    आफ्नै क्याबिनेटका मन्त्रीहरूले धमाधम राजीनामा दिएपछि नैतिक संकटमा परेका तत्कालीन प्रधानमन्त्री बोरिस जोन्सनले गत असारमा पदबाट राजीनामा दिएका थिए।

    जोन्सनको सरकार ढल्नुअघि सबैभन्दा पहिला राजीनामा तत्कालीन अर्थमन्त्री सुनकले दिएका थिए।