Category: विश्व

  • इस्लामावादस्थित एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते

    इस्लामावादस्थित एक मस्जिदमा आत्मघाती विस्फोट हुँदा ३० जनाको मृत्यु, १३० भन्दा बढी घाइते

    इस्लामावाद, २४ माघ (रासस–एएफपी) । पाकिस्तानको राजधानी इस्लामावादमा रहेको एक शिया मस्जिदमा शुक्रबार भएको आत्मघाती बम विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै १३० जनाभन्दा बढी घाइते भएको प्रहरीले जनाएको छ । एक वरिष्ठ प्रहरी अधिकारीले आफू घटनाबारे बोल्ने अख्तियारप्राप्त नभएको भन्दै नाम नबताउने शर्तमा एएफपीसँग भने, “देशभरिका मस्जिदहरू उपासकहरूले खचाखच भरिएका समय शुक्रबारको प्रार्थनापछि विस्फोट भएको थियो।”

    मृतकको सङ्ख्या अझै बढ्ने अनुमान गरिएको उनले बताए । पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले शुक्रबार राजधानी इस्लामावादस्थित शिया समुदायको मस्जिदमा भएको विस्फोटमा भएको हताहतको पुष्टि गर्दै घटनाको निन्दा गरेका छन् । अर्को एक सुरक्षा स्रोतले एएफपीसँग भनेको छ, “आक्रमणकारीलाई गेटमा रोकिएको समय आक्रमणकारी आफैँले विस्फोट गराएको थियो।” पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेज अस्पतालमा एएफपीका पत्रकारहरूले कैयौँ वयस्क र बालबालिकालाई स्ट्रेचरमा राखेर वा हात र खुट्टामा समातेर वा उचाल्दै लैजाँदै गरेको देखेको बताए ।

    अस्पतालमा चिकित्सक र प्रत्यक्षदर्शीहरूले एम्बुलेन्स र गाडीहरूको पछाडिबाट रगतले लत्पतिएको कपडासहित पीडितहरूलाई उतार्न मद्दत गरेका देखिन्थ्यो । घाइतेका नजिकका साथी र आफन्तहरूले अस्पतालको सुरक्षा वार्डमा कडाइ भएपछि आपन्तहरूलाई भेट्न दिनका लागि कराइरहेको देखिन्थ्यो । एएफपीका पत्रकारहरूको अर्को टोलीले मस्जिद बाहिर सशस्त्र सुरक्षा बलले घेरा हालेको देखिन्थ्यो, जहाँ जमिनमा रगतको आहाल देखिएको थियो।

    सामाजिक सञ्जालमा साझा गरिएको भिडियोमा मस्जिदको अगाडिको ढोका नजिकै कैयौँ लाश र रातो कार्पेटले ढाकिएको प्रार्थना हलमा भग्नावशेष छरिएको देखिएको छ। पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले विस्फोटमा संलग्न व्यक्तिहरूलाई पत्ता लगाएर न्यायको कठघरामा ल्याइने बताएका छन्। अफगानिस्तानसँग सीमा जोडिएको देशको दक्षिणी र उत्तरी दुवै प्रान्तमा पाकिस्तानी सुरक्षा बलले विद्रोह चर्किरहेका बेला कुनै पनि समूहले तत्काल आक्रमणको जिम्मेवारी लिएको छैन।

    पाकिस्तान सुन्नी बहुल राष्ट्र हो तर यहाँ शिया समुदायको जनसङ्ख्या १० देखि १५ प्रतिशत रहेको छ र विगतमा यस क्षेत्रमा आक्रमणमा उनीहरू निशाना बनिएका छन्।

    –बढ्दो विद्रोह–

    इस्लामाबादले दक्षिणी बलुचिस्तानमा पृथकतावादी सशस्त्र समूहहरू र इस्लामाबाद नजिकैको उत्तरी खैबर पख्तुनख्वा प्रान्तमा पाकिस्तानी तालिबान र अन्य इस्लामिक लडाकूहरूले अफगान भूमिलाई आक्रमण गर्न सुरक्षित आश्रयको रूपमा प्रयोग गरेको बताएको छ। अफगानिस्तानको तालिवान सरकारले पाकिस्तानको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ र द्विपक्षीय सम्बन्ध खस्किएको छ र दुवै देशका सेनाबीच सीमामा नियमित रूपमा झडप भइरहने गरेको छ ।

    इस्लामावादमा नोभेम्बरमा अदालत बाहिर भएको आत्मघाती विस्फोटमा १२ जनाको मृत्यु भएको थियो र दर्जनौं घाइते भएका थिए, जुन लगभग तीन वर्षमा राजधानीमा भएको पछिल्लो ठूलो आक्रमण थियो। पाकिस्तानी सेनाले दक्षिणी बलुचिस्तानमा पनि दबाबको सामना गरिरहेको छ, जहाँ गत हप्ता पृथकतावादी विद्रोहीले जिम्मेवारी लिएको आक्रमणमा ३६ सर्वसाधारण र २२ सुरक्षाकर्मीको मृत्यु भएको थियो। ती आक्रमणहरूले प्रतिकारको लहर सुरु गर्यो जसमा अधिकारीहरूले सुरक्षा बलले लगभग २०० लडाकूहरू मारेको बताए।

  • अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

    अमेरिका–रुसबीच सैन्य संवाद पुनः सुरु

    किएभ, २४ माघ (रासस–एपी) । युक्रेन युद्ध अन्त्यको प्रयाससँगै अमेरिका र रुसले चार वर्षभन्दा बढी समयपछि उच्च–स्तरीय सैन्य संवाद पुनः स्थापना गर्न सहमति जनाएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः कार्यभारमा फर्किएपछि दुई देशबीच देखिएको सम्बन्ध सुधारको यो अर्को सङ्केत मानिएको छ ।

    फेब्रुअरी २०२२ मा युक्रेनमा रुसी पूर्णस्तरको आक्रमण हुनुअघि बढ्दो तनावका कारण सन् २०२१ को अन्त्यतिर मस्को र वासिङ्टनबीच उच्च–स्तरीय सैन्य सञ्चार रोकिएको थियो । ट्रम्पले दोस्रो कार्यकालका लागि चुनावी अभियान चलाउँदा युद्ध तत्काल अन्त्य गर्ने वाचा गरेका थिए । उनका केही शान्ति प्रस्तावहरूले क्रेमलिनलाई अनुकूल देखिएको भन्दै आलोचना पनि भएको छ, जसमा युक्रेनले रुसलाई केही भूभाग सुम्पिनुपर्ने धारणा समावेश छन् ।

    पुनःस्थापित सैन्य सञ्चार च्यानलले दुवै पक्ष स्थायी शान्तितर्फ काम गरिरहेका बेला नियमित सैन्य–सैन्य सम्पर्क सुनिश्चित गर्ने अमेरिकी युरोपेली कमान्डले जनाएको छ । संयुक्त अरब इमिरेट्सको राजधानी अबु धाबीमा वरिष्ठ अमेरिकी र रुसी सैन्य अधिकारीहरूबीच भएको बैठकपछि यो सहमति बनेको हो ।


    युरोपमा अमेरिकी र नाटो दुवै सेनाका कमान्डर रहनुभएका अमेरिकी जनरल एलेक्सस ग्रिन्केविच अबु धाबीमा रहेका थिए । त्यहाँ अमेरिकी, रुसी र युक्रेनी अधिकारीहरूबीच युद्ध अन्त्यसम्बन्धी वार्ता दोस्रो दिनमा प्रवेश गरेको थियो ।

    यसैबीच, रुसले युक्रेनको पावर ग्रिडमाथि आक्रमण तीव्र बनाएको छ । युक्रेनका अनुसार यसले नागरिक मनोबल कमजोर पार्ने उद्देश्य बोकेको छ । करिब एक हजार किलोमिटर लामो पूर्वी र दक्षिणी मोर्चामा लडाइँ जारी नै छ । सैन्य हटलाइन पुनः सुरु हुनु युद्धपछि बढेको तनाव कम गर्ने र अमेरिकी तथा रुसी सेनाबीच आकस्मिक टकराव रोक्ने प्रयासका रूपमा हेरिएको छ ।

    मार्च २०२३ मा कृष्ण सागरमाथि अमेरिकी एमक्यू–९ ड्रोन र रुसी लडाकू विमानबीच भएको घटनाले यस्तो जोखिम उजागर गरेको थियो । रुसले उक्त ड्रोन खसालिएको आरोप अस्वीकार गर्दै नो–फ्लाई जोन उल्लङ्घनको प्रतिक्रिया मात्र भएको दाबी गरेको थियो ।

    नाटो सदस्य राष्ट्रहरूले सहयोगी हवाई क्षेत्रमा रुसी गतिविधि बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । गत सेप्टेम्बरमा रुसी ड्रोनहरू पोल्यान्डको हवाई क्षेत्रमा प्रवेश गरेपछि नाटो विमानहरू परिचालन गरिएको थियो । त्यसपछि एस्टोनियाको हवाई क्षेत्रबाट पनि रुसी लडाकू विमानहरू हटाइएको थियो । युक्रेन र रुसबीचको वार्तापछि कैदी आदानप्रदान पनि भएको छ ।

    रुसी रक्षा मन्त्रालयका अनुसार १५७ रुसी सैनिक र तीन नागरिक फिर्ता ल्याइएका छन् । युक्रेनी अधिकारीहरूले १५० सैनिक र सात नागरिक रुसी कैदबाट फर्किएको जानकारी दिएका छन् । रिहा गरिएका रुसी सैनिकहरू हाल बेलारुसमा चिकित्सकीय सहयोग लिइरहेका छन् ।

    युक्रेनी मानव अधिकार आयुक्त दमित्रो लुबिनेट्सले फर्किएका धेरै सैनिकहरू कठिन मनोवैज्ञानिक अवस्थामा रहेको र केही गम्भीर रूपमा कुपोषित देखिएको बताए । युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसको आक्रमणपछि करिब ५५ हजार युक्रेनी सैनिकको मृत्यु भएको बताएका छन् । उनका अनुसार अझै धेरै व्यक्ति बेपत्ता मानिएका छन् ।

    युद्धपछिको कुनै पनि सम्भावित रुसी आक्रमण रोक्न अमेरिका र युरोपबाट सुरक्षा ग्यारेन्टी आवश्यक रहेको उनले दोहोर्‍याएका छन् । मानव अधिकार समूहहरूका अनुसार गत वर्ष युक्रेनी नागरिक हताहत २०२४ को तुलनामा ३१ प्रतिशतले बढेको छ । संयुक्त राष्ट्रसङ्घको तथ्याङ्कअनुसार युद्ध सुरु भएदेखि करिब १५ हजार नागरिक मारिएका छन् र ४० हजारभन्दा बढी घाइते भएका छन् ।

    अन्य घटनाक्रममा, युक्रेनले रुसी सेनाले फ्रन्ट लाइनमा स्टारलिङ्क इन्टरनेट टर्मिनल प्रयोग गर्न नसक्ने अवस्था आएको दाबी गरेको छ । पोल्यान्डका प्रधानमन्त्री डोनाल्ड टस्कले किएभ भ्रमणका क्रममा गोला–बारुदको संयुक्त उत्पादन र ऊर्जा सहकार्य विस्तारमा सहमति भएको जानकारी दिए । युक्रेनी वायु सेनाका अनुसार रुसले रातभर १८३ ड्रोन र दुई ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । रुसले भने आफ्नो हवाई रक्षाले विभिन्न क्षेत्रमा ९५ युक्रेनी ड्रोन खसालेको दाबी गरेको छ ।

  • भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

    भारतविरुद्धको खेल बहिष्कारमा पुनर्विचार गर्न पाकिस्तानलाई श्रीलङ्काको आग्रह

    कोलम्बो, २३ माघ (रासस–एपी) । श्रीलङ्का क्रिकेटले अर्को हप्ता कोलम्बोमा भारतविरुद्ध हुने टि–२० विश्वकप खेल बहिष्कार गर्ने पाकिस्तानको निर्णयमाथि पुनर्विचार गर्न आग्रह गरेको छ । श्रीलङ्का क्रिकेटका प्रमुख कार्यकारी अधिकृत एस्ले डि सिल्भाले शुक्रबार प्राप्त रिपोर्टका आधारमा पाकिस्तानलाई निर्णय पुनः सोच्न अनुरोध गरिएको जानकारी दिए । उनका अनुसार बहिष्कार अगाडि बढेमा यसले विभिन्न पक्षलाई असर पार्नेछ, किनकि फेब्रुअरी १५ मा हुने खेलका लागि सुरक्षा व्यवस्था, होटल बुकिङ र टिकट बिक्रीसहित सम्पूर्ण अन्तिम तयारी पूरा भइसकेको छ ।

    डि सिल्भाले श्रीलङ्का क्रिकेटले पाकिस्तान क्रिकेट बोर्डका आफ्ना समकक्षीहरूलाई दुई देशबीचको लामो र बलियो क्रिकेट सम्बन्धको आधारमा पत्र पठाएको बताए । यद्यपि, उनले उक्त पत्रको विस्तृत विवरण सार्वजनिक गर्न चाहेनन् । श्रीलङ्का सन् २००९ मा लाहोरमा श्रीलङ्का टोलीमाथि भएको आतङ्कवादी आक्रमणपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट अलग परेको पाकिस्तान भ्रमण गर्ने पहिलो राष्ट्रिय टोली बनेको थियो । सो आक्रमणपछि पाकिस्तानमा लामो समयसम्म अन्तर्राष्ट्रिय क्रिकेट स्थगित भएको थियो ।

    यसपालि श्रीलङ्का र भारतले सह–आयोजना गरिरहेको टि–२० विश्वकप पाकिस्तान सरकारको निर्णयका कारण विवादमा परेको छ । पाकिस्तान सरकारले यस हप्ताको सुरुमा आफ्नो टोली भारतसँग खेल्न मैदान नउत्रने घोषणा गरेपछि बहिष्कारको स्थिति उत्पन्न भएको हो । पछि पाकिस्तान सरकारले यो निर्णय बङ्गलादेशसँगको एकताका रूपमा लिइएको स्पष्ट गरेको छ । सुरक्षा चिन्ताको कारण देखाउँदै आफ्ना खेलहरू भारतबाट श्रीलङ्कामा सार्न माग गरेपछि बङ्गलादेश टोलीलाई प्रतियोगिताबाट हटाइएको थियो र त्यसको सट्टा स्कटल्यान्डलाई सहभागी गराइएको थियो ।

    अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले स्वतन्त्र मूल्याङ्कनपछि भारतमा बङ्गलादेश टोलीका लागि कुनै सुरक्षा जोखिम नभेटिएको र खेल स्थानान्तरणको माग ढिलो भएको जनाएको छ । हालैका प्रतियोगिताहरूमा भारत र पाकिस्तानलाई तटस्थ स्थलमा खेल्न अनुमति दिइएको उदाहरण प्रस्तुत गर्दै पाकिस्तानले आइसिसीको निर्णय असङ्गत भएको आरोप लगाएको छ ।

    भारत र पाकिस्तानबीच दशकौँदेखि सैन्य र कूटनीतिक तनाव रहँदै आएको छ, जसको असर क्रिकेटमा पनि देखिँदै आएको छ । क्रिकेट दुवै देशमा करोडौँ मानिसले अत्यन्त चासोका साथ पछ्याउने खेल हो । यसैबीच, सन् २०२२ मा गम्भीर आर्थिक सङ्कट भोगेको श्रीलङ्का हाल अन्तर्राष्ट्रिय मुद्राकोषको पुनःउत्थान कार्यक्रमअन्तर्गत अघि बढिरहेको छ । पर्यटन श्रीलङ्काको प्रमुख आर्थिक आधार भएकाले यस्ता अन्तर्राष्ट्रिय प्रतियोगितालाई आर्थिक रूपमा पनि महत्त्वपूर्ण मानिएको छ ।

  • अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

    अन्तर्राष्ट्रिय आणविक सन्धि समाप्त, नयाँ हतियार दौडको जोखिम

    मस्को, २३ माघ (रासस–एपी) । रुस र संयुक्त राज्य अमेरिकाबीचको अन्तिम बाँकी रहेको आणविक हतियार नियन्त्रण सन्धि ‘न्यु स्टार्ट’ बिहीबार समाप्त भएको छ । यो सन्धि समाप्तिले आधा शताब्दीभन्दा बढी समयपछि दुई ठूला आणविक शक्तिमा कुनै हतियार सीमा नहुने स्थिति सिर्जना गरेको छ । सन्धि समाप्त भएपछि विशेषज्ञहरूले नयाँ अनियन्त्रित आणविक हतियार दौडको खतरा बढ्ने चेतावनी दिएका छन् ।

    रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत वर्ष सन्धि सीमामा एक वर्षका लागि अडिग रहन प्रस्ताव गरेका थिए । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिवद्धता जनाएनन् । ट्रम्पले सम्भावित नयाँ सम्झौतामा चीनलाई समावेश गर्नुपर्ने सङ्केत दिनुभएको छ, तर बेइजिङले यसलाई अस्वीकार गरेको छ ।

    पुटिनले बुधबार चिनियाँ राष्ट्रपति सी जिनपिङसँग सन्धि म्याद समाप्त भएको विषयमा छलफल गरेका छन् । तर क्रेमलिनका सल्लाहकार युरी उसाकोभका अनुसार वासिङ्टनले प्रस्तावमा प्रतिक्रिया दिएको छैन । रुसले सुरक्षा अवस्थाको गहन विश्लेषणपछि सन्तुलित र जिम्मेवार ढङ्गले कदम चाल्ने बताएको छ । विदेश मन्त्रालयको विज्ञप्तिमा सन्धिको म्याद सकिएपछि रुस अब मुख्य प्रावधान वा कुनै दायित्वबाट बाध्य छैन र आफ्नो अर्को कदम स्वतन्त्र रूपमा तय गर्न सक्नेछ भनिएको छ ।

    न्यु स्टार्ट सन्धि सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेवले हस्ताक्षर गरेका थिए । उक्त सन्धिले प्रत्येक पक्षलाई ७०० भन्दा बढी मिसाइल र बमवर्षकमा एक हजार ५५० भन्दा बढी तयार अवस्थामा रहेका आणविक हतियारमा सीमा लगाएको थियो । यो सन्धि सन् २०२१ मा समाप्त हुने थियो, तर पाँच वर्षका लागि विस्तार गरिएको थियो । सन्धिले अनुपालन प्रमाणित गर्न साइट निरीक्षणको व्यवस्था गरेको थियो, तर सन् २०२० को कोभिड–१९ महामारीपछि ती निरीक्षण रोकिएका थिए ।

    फेब्रुअरी २०२३ मा पुटिनले अमेरिकी निरीक्षण निलम्बन गर्दै युक्रेनसँगको सङ्घर्षमा वासिङ्टन र नाटोले मस्कोको हारलाई आफ्नो लक्ष्य घोषणा गरेपछि रुसले आफ्ना साइटहरू निरीक्षण गर्न अनुमति दिन नसक्ने बताएका थिए । तर क्रेमलिनले सन्धिको मुख्य प्रतिबन्धको सम्मान जारी राख्ने र पूर्ण रूपमा पछि हट्ने नभएको स्पष्ट पारेको थियो ।

    सन् २०१० को सम्झौता न्यु स्टार्टले अमेरिका–रुस बीचको लामो ऐतिहासिक आणविक हतियार घटाउने शृङ्खलालाई जारी राखेको थियो, जसका अघिल्ला सम्झौताहरू सबै समाप्त भइसकेका छन् । ट्रम्पले नयाँ सम्झौतामा चीनलाई समावेश गर्ने प्रस्ताव राख्नुभएको छ, तर बेइजिङले आफ्नो बढ्दो आणविक भण्डारमा कुनै प्रतिबन्ध मान्न अस्वीकार गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानका अनुसार चीन वर्तमान चरणमा वार्तामा भाग लिन तयार छैन, तर अमेरिका र रूससँग चाँडै वार्ता पुनः सुरु गर्न आह्वान गर्दछ र दुवै पक्षले हालका सन्धि सीमाहरू पालन गर्न जारी राख्नुपर्छ ।

  • आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

    आज महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवस

    काठमाडौँ, २३ माघः आज महिला यौनाङ्गछेदन (फिमेल जेनेटल म्युटिलेसन) विरुद्ध अन्तरराष्ट्रिय शून्य सहनशीलता दिवस हो । संयुक्त राष्ट्रसङ्को महासभाले सन् २०१२ मा प्रत्येक वर्ष फेब्रुअरी ६ तारिखलाई महिला यौनाङ्गछेदनविरुद्ध शून्य सहनशीलता दिवसका रूपमा मनाउने निर्णय गरेको हो । यो दिवसको उद्देश्य महिला यौनाङ्गछेदनको अन्त्यका लागि भइरहेका प्रयासलाई अझ सशक्त र प्रभावकारी बनाउनु हो ।

    यो दिवसले सबै देशका सरकार, नागरिक समाज, समुदाय, परोपकारी संस्था तथा अन्तरराष्ट्रिय समुदायबाट निरन्तर संलग्नता र लगानीको आवश्यकतामा जोड दिएको छ । राष्ट्रसङ्घका अनुसार हाल विश्वभर जीवित २३ करोडभन्दा बढी महिला तथा किशोरी महिला यौनाङ्गछेदनको सिकार भइसकेका छन् र उनीहरूलाई उपयुक्त स्वास्थ्य तथा संरक्षण सेवाको आवश्यकता छ । प्रत्येक वर्ष करिब ४० लाख किशोरी यो हानिकारक अभ्यासको सिकार हुने गरेका छन्भने २० लाखभन्दा बढी पाँच वर्ष उमेर नपुग्दै यो पीडाबाट गुज्रिन बाध्य हुने गरेका छन् ।

    संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले महिला यौनाङ्गछेदनविरुद्धको शून्य सहनशीलता दिवसमा महिला तथा किशोरीका अधिकार संरक्षण गर्ने प्रतिबद्धता पुनः नवीकरण गर्न आह्वान गर्नुभएको छ । उहाँले भन्नुभएको छ, “महिला र किशोरीहरू हिंसा र डरबाट मुक्त भएर बाँच्न पाउने सुनिश्चितता हाम्रो साझा दायित्व हो । सँगै मिलेर हामी यो अन्यायलाई सदाका लागि अन्त्य गर्न सक्छौँ ।”

    यसैगरी, राष्ट्रसङ्घीय जनसङ्ख्या र बालकोषले पनि प्रत्येक महिला, किशोरी तथा बालिकालाई यौनाङ्गछेदनबाट मुक्त जीवन बाँच्न पाउने सुनिश्चितताका लागि आवश्यक कार्य गर्न विश्व समुदायलाई आह्वान गरेको छ ।
    तस्बिर : राष्ट्रसङ्घीय जनसङ्ख्या कोष

  • बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

    बेलायतद्वारा बोइङ–७८७ इन्धन स्विच घटनामा एयर इन्डियासँग स्पष्टीकरण माग

    बेलायत २२ माघ (रासस–एएनआई) । सम्भावित त्रुटिपूर्ण इन्धन स्विचको बाबजुद बोइङ ड्रीमलाइनर विमान बेलायतबाट प्रस्थान गरी सुरक्षा जाँचका लागि भारतमा अवतरण गरेपछि बेलायतको नागरिक उड्डयन प्राधिकरणले एयर इन्डियासँग स्पष्टीकरण मागेको छ । रोयटर्सका अनुसार एक हप्ताभित्र पूर्ण जवाफ पेस नगरे एयर इन्डिया र यसको बोइङ ७८७ फ्लीटविरुद्ध नियमनकारी कारबाही सुरु गर्न सकिने भन्दै उड्डयन प्राधिकरणले फेब्रुअरी– ३ तारिखको पत्रमा एयरलाइनलाई सूचित गरेको जनाइएको छ ।

    एयर इन्डियाको बोइङ–७८७ मा सुरक्षा जाँचको क्रममा एयरलाइन्सले आफ्ना सबै विमानहरूमा ईन्धन नियन्त्रण स्विचहरूको निरीक्षण पूरा गरेको स्रोतहरूले जनाएको छ। एयर इन्डियाको बोइङ ७८७– विमान सोमबार एक पाइलटले इन्धन नियन्त्रण स्विचमा सम्भावित त्रुटि भएको रिपोर्ट गरेपछि ग्राउन्डेड गरिएको थियो । एयर इन्डियाका प्रवक्ताले पाइलटले यो जानकारी देशको उड्डयन नियामक, नागरिक उड्डयन महानिर्देशनालय (डिजिसिए)लाई सूचित गरिएको पुष्टि गरे ।

    डिजिसिएको निर्देशनपछि एयर इन्डियाले आफ्नो फ्लीटमा रहेका सबै बोइङ ७८७ विमानहरूमा इन्धन नियन्त्रण स्विचहरू जाँच गरेको थियो र कुनै समस्या फेला नपरेको जनाएको छ । एयर इन्डियामा यात्रु र चालक दलका सदस्यहरूको सुरक्षा सर्वोच्च प्राथमिकता रहेको प्रवक्ताले बताए ।


    घटनापछि भारतीय पाइलट महासङ्घ (एफआइपी) का अध्यक्ष क्याप्टेन सिएस रन्धावाले इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमनमा बारम्बार हुने घटनालाई उद्धृत गर्दै बोइङ– ७८७ विमानमा सम्भावित विद्युतीय त्रुटिको तत्काल अनुसन्धान गर्न डिजिसिए र एयरक्राफ्ट एक्सिडेन्ट इन्भेस्टिगेसन ब्युरो (एएआइबी) लाई आग्रह गरेका थिए ।

    क्याप्टेन रन्धावाले बोइङ – ७८७ विमानमा इन्धन नियन्त्रण स्विचको अनियन्त्रित आवागमन रेकर्ड गरिएको यो तेस्रो घटना भएको बताएका छन् । डिजिसिएले मङ्गलबार, एयर इन्डियाको बोइङ बी–७८७–८ विमानमा ईन्धन कट–अफ स्विचको खराबीको बारेमा प्रत्युत्तर जारी गरेको जनाइएको छ ।

  • एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

    एक महिनामा ९२ हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ, १८ माघः सन् २०२६ को पहिलो महिना जनवरीमा ९२ हजार ५७३ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारी अनुसार गत वर्षको जनवरीको तुलनामा १५.७ प्रतिशत बढी पर्यटक नेपाल भित्रिएका हुन् । जनवरीमा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी भारतीय रहेका छन् ।

    जनवरीमा भारतबाट २६ हजार ६२४ पर्यटक नेपाल आएका थिए । यस्तै, चीनबाट नौ हजार १०१, संयुक्त राज्य अमेरिकाबाट आठ हजार ४०६, बङ्गलादेशबाट पाँच हजार ८१४ तथा अस्ट्रेलियाबाट चार हजार ९५७ पर्यटक नेपाल भित्रिएका थिए ।

    दक्षिण एसियाली मुलुक (सार्क) बाट ३९.३ प्रतिशत पर्यटक नेपाल आएका थिए । अन्य एसियाली देशबाट २६.१ प्रतिशत, युरोपबाट १२.३ प्रतिशत, अमेरिकाबाट १०.८ प्रतिशत र ओसियानियाबाट ५.७ प्रतिशत पर्यटक नेपाल आएका थिए । मध्यपूर्वबाट एक प्रतिशत र अफ्रिकाबाट ०.४ प्रतिशत पर्यटक नेपाल आएका थिए ।

  • भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

    भेनेजुएलालाई अमेरिकी चेतावनी, सैन्य विकल्प खुला

    वासिङ्टन, १५ माघ (रासस–एपी) । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले भेनेजुएलाको अन्तरिम नेतृत्व अमेरिकी अपेक्षा र लक्ष्यबाट भट्किएमा ट्रम्प प्रशासन भविष्यमा सैन्य कारबाही गर्न पनि तयार रहेको चेतावनी दिएका छन् । बुधबार सिनेटको विदेश सम्बन्ध समिति समक्ष प्रस्तुत गर्न तयार पारिएको सुनुवाइमा उनले अमेरिका भेनेजुएलासँग युद्धमा नरहेको स्पष्ट पार्दै आवश्यक परे थप बल प्रयोग अस्वीकार नगरिने सङ्केत गरे ।


    उनका अनुसार यस महिनाको सुरुआतमा पूर्वराष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गर्न गरिएको छापापछि पनि अमेरिका सतर्क अवस्थामा छ । “अन्य सबै उपाय असफल भएमा अधिकतम सहयोग सुनिश्चित गर्न हामी बल प्रयोग गर्न तयार छौँ”, विदेश मन्त्रालयले सार्वजनिक गरेको उहाँको वक्तव्यमा उल्लेख छ । तर यस्तो अवस्था नआओस् भन्ने नै अमेरिकाको चाहना रहेको उनले जोड दिए ।


    फ्लोरिडाका पूर्व सिनेटरसमेत रहेका रुबियो राष्ट्रपति डोनाल्ड ट्रम्पका केही विवादास्पद विदेश नीतिहरू कंग्रेसका सहकर्मीहरूसमक्ष स्पष्ट पार्ने भूमिकामा छन् । पश्चिमी गोलार्ध, युरोप र मध्यपूर्वमा केन्द्रित अमेरिकी नीतिका विषयमा आफ्नै पार्टीभित्र उठेका चिन्तालाई सम्बोधन गर्नु पनि उनको चुनौती बनेको छ ।भेनेजुएलामाथि केन्द्रित सुनुवाइमा रुबियोले लागुऔषध तस्करीको आरोपमा मदुरोलाई हटाउने निर्णयको बचाउ गरेका छन् ।

    उनले समुद्री मार्गबाट लागुऔषध तस्करीमा संलग्न डुङ्गामाथि गरिएका सैन्य कारबाही र प्रतिबन्धित तेल ट्याङ्कर कब्जा गर्ने कदमलाई कानूनी दायराभित्रको कारबाही भएको बताए । “भेनेजुएलाविरुद्ध कुनै युद्ध छैन र त्यहाँ अमेरिकी सैनिकहरू भूमिमा तैनाथ छैनन्”, उनको भनाइ छ ।

    यद्यपि कंग्रेसका डेमोक्रेट सदस्यहरूले यी कदमलाई कार्यकारी अधिकारको अतिक्रमण भन्दै आलोचना गरेका छन् । युद्ध शक्ति ऐनअन्तर्गत अमेरिकी सेना फिर्ता बोलाउने प्रस्ताव सदनमा अल्पमतले अस्वीकृत भएको थियो । प्रशासनका अनुसार ठूलो सैन्य तयारी देखिए पनि भेनेजुएलाको भूमिमा अमेरिकी सेना छैन । यसबीच, ट्रम्प प्रशासनले भेनेजुएलासँग सम्बन्ध सामान्य बनाउने प्रयास पनि अघि बढाएको छ ।

    अमेरिकी अधिकारीहरूले कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजसँग संवाद बढाइरहेका छन् । रुबियोले रोड्रिगेज ट्रम्प प्रशासनका मागहरूबारे जानकार रहेको र ती माग पूरा गर्नु नै उनको हितमा हुने विश्वास व्यक्त गरेका छन् । ती मागहरूमा भेनेजुएलाको ऊर्जा क्षेत्र अमेरिकी कम्पनीका लागि खोल्ने, तेल राजस्व अमेरिकी सामान खरिदमा प्रयोग गर्ने र क्युबालाई दिइँदै आएको सहुलियतपूर्ण तेल आपूर्ति बन्द गर्ने विषय समावेश छन् ।

    रोड्रिगेजले मङ्गलबार दुवै पक्षबीच सम्मानजनक संवाद च्यानल स्थापना भएको बताएकी छिन् । पछिल्ला हप्तामा भेनेजुएलाले सयौँ राजनीतिक बन्दीहरू रिहा गरेको जनाइएको छ, जसको अमेरिकी राष्ट्रपति ट्रम्पले सार्वजनिक रूपमा प्रशंसा गरेका छन् । कूटनीतिक सम्बन्ध पुनःस्थापनातर्फ एक महत्त्वपूर्ण कदमस्वरूप विदेश मन्त्रालयले कारकासस्थित अमेरिकी दूतावास पुनः खोल्न तयारी थालेको जानकारी कंग्रेसलाई दिएको छ ।

    सन् २०१९ देखि बन्द रहेको दूतावास पुनः सञ्चालन गर्ने यो पहिलो औपचारिक सङ्केत हो । यद्यपि सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन अझै कानूनी र राजनीतिक प्रक्रियाहरू बाँकी रहेको अमेरिकी पक्षले जनाएको छ । यसै क्रममा रुबियोले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई विदेश मन्त्रालयमा भेट्ने तयारी गरेका छन् । मदुरोलाई हटाइएपछि वासिङ्टन आएकी मचाडोले हालै ट्रम्पसँग भेट गरी आफ्नो नोबेल शान्ति पुरस्कार पदक उपहार दिएकी थिइन् । जसलाई अमेरिकी राजनीतिक वृत्तमा अर्थपूर्ण सङ्केतका रूपमा हेरिएको छ ।

  • दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

    दक्षिण कोरियाकी पूर्व प्रथम महिला किम केओन हीलाई २० महिना जेल

    सियोल, १५ माघ (रासस–एएफपी) । दक्षिण कोरियाको अदालतले देशकी पूर्व प्रथम महिला किम केओन हीलाई भ्रष्टाचारको आरोपमा २० महिनाको जेल सजाय सुनाएको छ । बुधबार सियोल केन्द्रीय जिल्ला अदालतले उहाँलाई घुस लिएको अभियोगमा दोषी ठहर गरे पनि स्टक हेरफेर र चुनावी वित्तसम्बन्धी कानून उल्लङ्घनका आरोपबाट भने मुक्त गरेको छ ।

    त्रिपन्न वर्षीया किम लामो समयदेखि विवादमा तानिँदै आएकी हुन् । भ्रष्टाचार, प्रभावको दुरुपयोग र शैक्षिक अभिलेखमा अनियमितताका आरोपले पति पूर्वराष्ट्रपति युन सुक योलको कार्यकालभरि दक्षिण कोरियाको राजनीति प्रभावित भएको थियो । किम र युन दुवै डिसेम्बर २०२४ मा मार्सल ल घोषणा र त्यसपछि उत्पन्न राजनीतिक अराजकतासँग सम्बन्धित घटनाका कारण हिरासतमा छन् ।


    अदालतका अनुसार किमले व्यवसायी तथा राजनीतिज्ञहरूबाट दुई लाख अमेरिकी डलरभन्दा बढी मूल्यका उपहार र नगद लिएकी थिइन् । तीमध्ये एक धार्मिक समूहका नेताबाट प्राप्त दुईवटा ब्रान्डेड ह्यान्डब्याग र गहनासमेत रहेका थिए । यद्यपि अभियोजन पक्षले लगाएको स्टक हेरफेर र चुनावी कोष दुरुपयोगको आरोप प्रमाणित हुन सकेन ।

    कालो पोशाक, मास्क र चश्मा लगाएर सजाय सुनुवाइका क्रममा किम अदालतमा उपस्थित भएका थिए । अभियोजकहरूले उनी आफूलाई कानूनभन्दा माथि ठान्ने र राज्य तथा धर्मबीचको संवैधानिक विभाजन कमजोर पार्ने कार्यमा संलग्न भएको दाबी गरेका थिए । उनका कार्यले देशका संस्थाहरूलाई गम्भीर रूपमा कमजोर पारेको अभियोजनको तर्क थियो ।

    किमले भने अन्तिम बयानमा आरोपहरू अन्यायपूर्ण भएको बताउँदै अस्वीकार गरेकी थिइन् । तर आफ्नो भूमिकाका कारण समस्या उत्पन्न भएको स्वीकार गर्दै माफी मागेकी थिइन् । “मलाई सुम्पिएको जिम्मेवारीबारे सोच्दा धेरै गल्ती गरेको स्पष्ट हुन्छ”, उनले भनिन् । किममाथिका घोटालाहरूले पूर्वराष्ट्रपति युनको राजनीतिक एजेन्डालाई बारम्बार छायाँमा पारेका थिए ।

    सन् २०२३ मा सार्वजनिक भएको एक भिडियोमा उहाँले महँगो लक्जरी ह्यान्डब्याग स्वीकार गरेको देखिएपछि ‘डायर ब्याग काण्ड’ ले देशव्यापी आलोचना जन्माएको थियो । यसले सन् २०२४ को संसदीय चुनावमा युनको दलको हारमा पनि भूमिका खेलेको विश्लेषकहरू बताउँछन् । यस प्रकरणसँगै धार्मिक समूह युनिफिकेशन चर्चका नेता र केही शीर्ष नेताहरूमाथि पनि अनुसन्धान र सजायको प्रक्रिया अघि बढेको छ । अदालतका निर्णयहरूले पछिल्ला वर्षहरूमा दक्षिण कोरियाको राजनीतिक सङ्कटलाई अझ गहिरो बनाएको देखिएको छ ।

  • किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

    किमले आणविक योजना सार्वजनिक गर्ने सङ्केत

    सियोल, १५ माघ (रासस–एपी) । उत्तर कोरियाली नेता किम जोङ उनले आगामी सत्तारूढ मजदुर पार्टीको सम्मेलनमा देशको आणविक प्रतिरोध क्षमता अझ सुदृढ पार्ने योजनाहरू सार्वजनिक गरिने बताएका छन् । राज्य सञ्चार माध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सी (केसिएनए) का अनुसार मङ्गलबार किमको उपस्थितिमा अपग्रेड गरिएको लार्ज–क्यालिबर मल्टिपल रकेट लन्चर प्रणालीको लाइभ–फायर अभ्यास गरिएको थियो । दक्षिण कोरिया र जापानले यसलाई पहिले ब्यालेस्टिक मिसाइल प्रक्षेपणका रूपमा वर्णन गरेका थिए ।

    राज्य सञ्चार माध्यमले सार्वजनिक गरेका तस्बिरहरूमा किम आफ्नी किशोरी छोरीसँगै विशाल लन्च ट्रकको छेउमा हिँडिरहेको देखिन्छ । दक्षिण कोरियाको गुप्तचर सेवाले सन् २०२४ को सुरुतिर किम जु ए नामकी छोरीलाई उहाँको सम्भावित उत्तराधिकारीका रूपमा प्रस्तुत गर्न थालिएको जनाएको थियो ।केसिएनएले किम जोङ उनलाई उद्धृत गर्दै परीक्षण प्रक्षेपण देशको ‘रणनीतिक प्रतिरोध’ क्षमताको प्रभावकारिता बढाउन गरिएको बताएको छ । यस शब्दावली उत्तर कोरियाले आफ्ना आणविक हतियार क्षमताका लागि प्रयोग गर्दै आएको छ । समाचार अनुसार लन्चर प्रणालीको गतिशीलता र प्रहारको शुद्धता दुवैमा सुधार गरिएको छ ।

    विज्ञहरूका अनुसार उत्तर कोरियाका ठूला आकारका रकेट लन्चर प्रणालीहरूले परम्परागत आर्टिलरी र ब्यालेस्टिक मिसाइलबीचको सीमा झन् अस्पष्ट बनाएका छन्, किनकि ती प्रणालीहरूले आफ्नै थ्रस्ट उत्पादन गर्न सक्छन् र उडानक्रममै मार्गनिर्देशन गर्न सक्षम छन् । उत्तर कोरियाले यस्ता केही प्रणालीहरू आणविक हतियार बोक्न सक्ने दाबी पनि गरेको छ ।

    किमले देशको सैन्य शक्ति निरन्तर मजबुत बनाउनु मजदुर पार्टीको अपरिवर्तनीय दायित्व रहेको बताउनुभयो उहाँले पाँच वर्षपछि पहिलो पटक हुन लागेको आगामी पार्टी सम्मेलन ‘देशको आणविक युद्ध प्रतिरोधलाई अझ सुदृढ पार्ने अर्को चरणका योजनाहरू’ घोषणा गर्ने महत्त्वपूर्ण मञ्च हुने स्पष्ट पारे ।

    फेब्रुअरीमा सुरु हुने अपेक्षा गरिएको उक्त सम्मेलन उत्तर कोरियाको सबैभन्दा ठूलो राजनीतिक तथा प्रचारात्मक कार्यक्रम मानिन्छ, जहाँ नयाँ राजनीतिक र आर्थिक प्राथमिकताहरू निर्धारण गरिन्छ । डिसेम्बरयता उत्तर कोरियाले हाइपरसोनिक मिसाइल, लामो दूरीको रणनीतिक क्रूज मिसाइल र नयाँ एन्टी–एयर मिसाइलको परीक्षण गरिसकेको छ । विश्लेषकहरूका अनुसार यी गतिविधिहरू सम्मेलनअघि हतियार विकासका उपलब्धि प्रदर्शन वा समीक्षा गर्ने उद्देश्यले गरिएको हुनसक्छ ।

    केसिएनएले आगामी चरणको आणविक विकास योजना कस्तो हुनेछ भन्नेबारे विस्तृत विवरण दिएको छैन । तर विदेशी विश्लेषकहरूका अनुसार उत्तर कोरियाले आफ्ना प्रतिद्वन्द्वीहरूको क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीलाई छल्न एउटै क्षेप्यास्त्रमा धेरैवटा वारहेड राख्ने क्षमतामा निपुणता हासिल गर्न खोजिरहेको छ । साथै, अमेरिकी मुख्य भूमिलाई लक्षित लामो दूरीका मिसाइलका वारहेडहरूलाई वायुमण्डलीय पुनःप्रवेशका क्रममा उत्पन्न हुने उच्च ताप र दबाबबाट जोगाउने प्रविधि उसले पूर्ण रूपमा विकास गरिसकेको छ कि छैन भन्ने प्रश्न पनि उठिरहेको छ ।

    सन् २०१९ मा तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आणविक कूटनीति विफल भएपछि उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियासँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । यद्यपि सीमित आणविक निःशस्त्रीकरणका सर्तमा आर्थिक र राजनीतिक प्रोत्साहन प्रस्ताव गरिएमा किम पुनः वार्तामा फर्कन सक्ने सम्भावना रहेको विज्ञहरूले बताएका छन् ।

  • अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

    अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

    न्यूयोर्क, १५ माघ (रासस–एएफपी) । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन) ले अक्टोबरमा घोषणा गरिएको पुनर्संरचना अन्तर्गत भन्दै विश्वव्यापी रूपमा १६ हजार रोजगारी कटौती गर्ने बुधबार बताएको छ । यस पहिले नै १४ हजार पदहरू कटौती गर्ने योजना सार्वजनिक गरेको विशाल ई–कमर्स कम्पनी अमेजनले थप १६ हजार पदलाई समायोजन गर्ने बताएको हो । वरिष्ठ उपाध्यक्ष बेथ गालेट्टीले एक विज्ञप्ति जारी गरी पद समायोजनसम्बन्धी आगामी योजनाबारे जानकारी गराए । उनले भने, “रोजगारी कटौतीको उद्देश्य ‘तहहरू घटाउने, स्वामित्व बढाउने, र कर्मचारीतन्त्र हटाउने’ हो।”

    अक्टोबरका मिडिया रिपोर्टहरूले गरेको प्रक्षेपण अनुसार करिब ३० हजार रोजगार कटौती अमेजनको तीन लाख ५० हजार प्रत्यक्षरूपमा यसका कार्यालयमा काम गर्ने रोजगारीहरूको १० प्रतिशतभन्दा बढी हो । योजनाले वितरण र गोदाम कामदारहरूलाई प्रभावित नगरी कार्यालयमा काम गर्ने जनशक्तिलाई कम गर्नेछ । यो क्षेत्रमा रहेको करिब १५ लाख कर्मचारीहरूलाई भने यो योजनाले कुनै प्रभाव पार्ने छैन ।

    कम्पनीले जनशक्ति कटौतीसम्बन्धी मिडिया रिपोर्टहरूमा टिप्पणी गर्न अस्वीकार गरेको छ। अमेजनका जनशक्ति कटौति कृत्रिम बुद्धिमत्ता ९एएआई०मा बढ्दो लगानीको बीच आएका हुन् । अमेजनले बुधबार भर्खरको रोजगार कटौतीको कुनै पुष्टि गरेन । कम्पनीले आफ्नो पूर्ण वर्ष सन् २०२५ को योजनाबारे पत्रकार सम्मेलन गरी फेब्रुअरी ६ मा जानकारी गराउनेछ ।

  • महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

    महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको विमान दुर्घटनामा निधन

    नयाँदिल्ली, १५ माघ (रासस–एएनआई) । महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवारको चार्टर विमान दुर्घटनामा बुधबार बिहान दुःखद निधन भएको खबरले देशभर शोकको लहर फैलिएको छ । बारामतीमा अवतरण गर्ने क्रममा विमान दुर्घटनाग्रस्त हुँदा उहाँसहित विमानमा सवार सबै पाँच जनाको मृत्यु भएको नागरिक उड्डयन महानिर्देशालयले जनाएको छ ।

    शिवसेना (युबिटी) का सांसद अरविन्द सावन्तले यस घटनालाई ‘अत्यन्त दुःखद’ भन्दै पवार परिवारप्रति गहिरो समवेदना प्रकट गरे । उनले बारामती क्षेत्रको विकासमा अजित पवारको ठूलो योगदान रहेको स्मरण गर्दै उनी साहसी र प्रतिबद्ध नेता भएको उल्लेख गरे । शिवसेना (युबिटी) कै सांसद प्रियङ्का चतुर्वेदीले पनि यस समाचारलाई स्तब्ध र हृदयविदारक बताउँदै मतभेद भए पनि सँगै काम गरेको अनुभव स्मरण गरे ।

    उनले पवार परिवारका सबै सदस्य तथा बारामतीका जनताप्रति सहानुभूति व्यक्त गरे । बिहान करिब ८ बजे मुम्बईबाट उडेको सानो चार्टर विमान बारामती विमानस्थल नजिकै अवतरण प्रयासका क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनास्थलमा विमानका अवशेषबाट आगो र धुवाँ निस्किएको देखिएको थियो । अजित पवार जिल्ला परिषद् चुनावसम्बन्धी कार्यक्रममा सहभागी हुन बारामती जाँदै थिए ।


    प्रधानमन्त्री नरेन्द्र मोदी र केन्द्रीय गृहमन्त्री अमित शाहले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग सम्पर्क गरी घटनाबारे जानकारी लिएको महाराष्ट्र सरकारले जनाएको छ । विभिन्न दलका सांसद तथा केन्द्रीय मन्त्रीहरूले पनि उहाँको निधनमा गहिरो दुःख व्यक्त गरेका छन् । अजित पवार दिग्गज नेता शरद पवारका भतिजा तथा लोकसभा सांसद सुप्रिया सुलेका काकाको छोरा थिए ।

    उनी फरक–फरक समय र विभिन्न सरकारमा गरी सबैभन्दा धेरै अवधिसम्म महाराष्ट्रको उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्ने नेता थिए । पृथ्वीराज चव्हाण, देवेन्द्र फडणवीस, उद्धव ठाकरे र एकनाथ सिन्दे नेतृत्वका सरकारहरूमा उनले उपमुख्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए । उनका श्रीमती सुनेत्रा पवार तथा छोराहरू जय र पार्थ पवार छन् ।

  • इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता

    इरानमा प्रदर्शन दमन भयावह : ६ हजारभन्दा बढीको मृत्यु, हजारौँ अझै बेपत्ता

    दुबई, १४ माघ (रासस–एपी) । इरानमा राष्ट्रव्यापी रूपमा भएका सरकारविरोधी प्रदर्शनमाथि गरिएको दमनका क्रममा कम्तीमा ६ हजार १२६ जनाको ज्यान गएको अधिकारकर्मी संस्थाहरूले बताएका छन् । अझै पनि धेरै मानिस बेपत्ता रहेको आशङ्का गरिएको छ । अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार सार्वजनिक गरेको विवरणअनुसार मृतकमध्ये कम्तीमा ५ हजार ७७७ जना प्रदर्शनकारी, २१४ जना सरकारसमर्थित सुरक्षाकर्मी, ८६ जना बालबालिका तथा प्रदर्शनमा सहभागी नभएका ४९ जना सर्वसाधारण रहेका छन् । साथै, ४१ हजार ८ सयभन्दा बढी मानिसलाई पक्राउ गरिएको जनाइएको छ ।

    इरानका अधिकारीहरूले इन्टरनेट सेवा बन्द गर्नुका साथै सञ्चारमा अवरोध गरेकाले स्वतन्त्र रूपमा मृतकको सङ्ख्या पुष्टि गर्न कठिन भएको एसोसिएटेड प्रेसले जनाएको छ । यसैबीच, इरान सरकारले भने मृत्यु हुनेको सङ्ख्या ३ हजार ११७ रहेको दाबी गर्दै अधिकांश नागरिक र सुरक्षाकर्मी भएको जनाएको छ भने बाँकीलाई ‘आतङ्ककारी’को संज्ञा दिएको छ । यसअघि पनि इरानी सरकारले आन्दोलनका क्रममा भएको क्षतिको यथार्थ विवरण सार्वजनिक नगरेको आलोचना हुँदै आएको छ ।

    यी प्रदर्शनहरू गत डिसेम्बर १३ गतेदेखि सुरु भएका हुन् । इरानी मुद्राको तीव्र अवमूल्यनपछि सुरु भएको आन्दोलन देशभर फैलिएको थियो । प्रदर्शनलाई नियन्त्रण गर्न सरकारले कडा दमन गरेपछि अवस्था झन् तनावपूर्ण बनेको छ । दुई साताभन्दा बढी समयसम्म इन्टरनेट पूर्ण रूपमा बन्द गरिएको छ, जुन इरानको इतिहासकै सबैभन्दा व्यापक अवरोध मानिएको छ । यसबीच, अमेरिकाले मध्यपूर्व क्षेत्रमा सैनिक गतिविधि बढाएको छ । अमेरिकी विमानवाहक युद्धपोत समूह उक्त क्षेत्रमा पुगेको छ, जसलाई इरानविरुद्ध सम्भावित सैन्य कारबाहीका लागि तयारीका रूपमा हेरिएको छ । यद्यपि खाडी क्षेत्रका केही अरब राष्ट्रहरूले आफूहरू कुनै पनि आक्रमणमा सहभागी नहुने संकेत दिएका छन् ।

    इरानले अमेरिकाको धम्कीले क्षेत्रीय तनाव बढाएको आरोप लगाएको भनेको छ । संयुक्त राष्ट्रसङ्घमा इरानका प्रतिनिधिले अमेरिकाले हिंसा भड्काएको दाबी गरे पनि त्यसको ठोस प्रमाण भने प्रस्तुत गरिएको छैन । यी घटनाले इरानमा दशकौँयताकै सबैभन्दा ठूलो मानवीय संकट उत्पन्न गरेको विश्लेषकहरूको भनाइ छ । सन् १९७९ को इस्लामिक क्रान्तिपछिको अवस्थासँग तुलना गर्न थालिएको छ ।

  • सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता

    सन् २०२६ को सुरुवातमै भूमध्यसागरमा सयौं आप्रवासी बेपत्ता

    जेनेभा, १४ माघ (रासस–क्युएनए) । संयुक्त राष्ट्रसङ्घको आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठन (आइओएम) ले सन् २०२६ को जनवरीमा मात्र डुङ्गा डुबेका कारण भूमध्यसागरमा सयौं आप्रवासीहरू बेतत्ता भएको जनाएको छ । खराब मौसमले खोजी र उद्धार कार्यमा गम्भीर बाधा पुर्याएको उल्लेख गर्दै आइओएमले विज्ञप्ति मार्फत दुर्घटना प्रति गहिरो चिन्ता व्यक्त गरेको छ । आइओएमले रिपोर्टहरूको अनुसन्धान गरिरहेको पुष्टि गर्दै सन् २०२६ को पहिलो हप्तामा मात्रै सयौँ मानिसहरू हराएको हुन सक्ने जनाएको छ ।

    आइओएमका प्रवक्ता जोर्गे गालिन्डोले दुईवटा जनवरी –२३ मा र एउटा जनवरी २५ मा गरी विगत १० दिनमा तीनवटा डुङ्गा डुबेको रिपोर्ट गरिएको उल्लेख गर्दै दुर्घटनामा १०४ जनाको ज्यान गएको बताएका छन् । यी डुङ्गाहरू लिबिया र ट्युनिसियाको तटबाट प्रस्थान गरेको आइओएमको अनुमान छ । लगभग ३८० बेपत्ता व्यक्तिहरूको सङ्ख्या अनुमान गर्दै ट्युनिसियाबाट बेपत्ता भएका डुङ्गाहरूको अनुसन्धान गरिरहेको प्रवक्ता अब्देल आजिमलले उल्लेख गरे ।

    आप्रवासनका लागि अन्तर्राष्ट्रिय सङ्गठनको बेपत्ता आप्रवासी परियोजनाका तथ्याङ्क विश्लेषक मिरना अब्देल आजिमले यी व्यक्तिहरू जनवरी १४ देखि २१ को बिचमा डुबेका नौवटा विभिन्न डुङ्गाहरूमा रहेको बताउनु भएको छ । आइओएमले अहिलेसम्म जनवरी –२३ को घटनासँग सम्बन्धित तीन जनाको मृत्यु भएको पुष्टि गर्न सफल भएको उनले बताए ।


    आइओएमले आफ्नो चेतावनी दिदै मध्य भूमध्यसागरीय आप्रवासन मार्ग विश्वको सबैभन्दा खतरनाक रहेको र गत वर्ष मात्र यसमा एक हजार ३४० जनाको मृत्यु भएको जनाएको छ । बेपत्ता आप्रवासी परियोजनाका अनुसार सन् २०१४ देखि भूमध्यसागरमा ३३ हजार भन्दा बढी आप्रवासीको मृत्यु भएको वा बेपत्ता भएका छन् ।

  • बङ्गलादेशका अल्पसङ्ख्यकमाथि बढ्दो आक्रमण, विश्वभर चिन्ता

    बङ्गलादेशका अल्पसङ्ख्यकमाथि बढ्दो आक्रमण, विश्वभर चिन्ता

    हेग, १४ माघ (रासस–एएनआई) । बङ्गलादेशमा धार्मिक अल्पसङ्ख्यकहरूमाथि भइरहेको बढ्दो हिंसा र आक्रमणलाई लक्षित गर्दै हालै सम्पन्न एक अन्तर्राष्ट्रिय सम्मेलनले यस विषयमा गम्भीर चिन्ता व्यक्त गरेको छ । सम्मेलनमा विशेषज्ञहरूले धार्मिक स्वतन्त्रता र मानवअधिकारको संरक्षणमा तत्काल कदम चाल्नुपर्ने जोड दिएका छन् ।

    प्रतिवेदनअनुसार, विगत केही वर्षमा बङ्गलादेशमा मस्जिद, मन्दिर र चर्चमाथि पनि हमला भएका छन्, जसले समुदायबीचको सम्बन्धमा तनाव बढाएको छ । सम्मेलनमा सहभागीहरूद्वारा सरकारसँग सशक्त कानूनी सुरक्षा र भीड हिंसाविरुद्ध प्रभावकारी कदम चाल्न आग्रह गरिएको थियो ।


    विशेषज्ञहरूले चेतावनी दिँदै धार्मिक अल्पसङ्ख्यकमाथि निरन्तर हिंसा हुने हो भने सामाजिक स्थिरता र राष्ट्रिय एकतामा नकारात्मक असर पर्न सक्ने भनेका छन् । सम्मेलनले अन्तर्राष्ट्रिय समुदायलाई पनि सहयोगका लागि आह्वान गरेको छ ।

  • अमेरिकामा हिमआँधीको वितण्डा, तस्वीरमा

    अमेरिकामा हिमआँधीको वितण्डा, तस्वीरमा

    १४ माघ, काठमाडौं । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ ।

    (260126) — NEW YORK, Jan. 26, 2026 (Xinhua) — People walk on a street amid snow in New York, the United States, on Jan. 25, 2026. A historic winter storm is sweeping across the Midwest and eastern parts of the United States on Sunday, causing unprecedented travel chaos. (Xinhua/Zhang Fengguo)

    अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ । दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् ।

    A tree blocks the road days after an ice storm in Nashville, Tenn., on Tuesday, Jan. 27, 2026. (AP Photo/Travis Loller)

    उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ । आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ ।

    (260126) — NEW YORK, Jan. 26, 2026 (Xinhua) — People push a car stuck in snow in New York, the United States, on Jan. 25, 2026. A historic winter storm is sweeping across the Midwest and eastern parts of the United States on Sunday, causing unprecedented travel chaos. (Xinhua/Zhang Fengguo)

    मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन् । टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन् । देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन् ।

    (260126) — NEW YORK, Jan. 26, 2026 (Xinhua) — Snow removers are at work at LaGuardia Airport in New York, the United States, Jan. 25, 2026. A historic winter storm is sweeping across the Midwest and eastern parts of the United States on Sunday, causing unprecedented travel chaos. Airlines have canceled 888 flights in and out of LaGuardia Airport in New York City so far on Sunday, 93 percent of the airport’s entire-day schedule, local media reported. Meanwhile, over 30,000 flights have been disrupted nationwide, and 21 states have announced State of Emergency, according to Fox Weather. (Xinhua/Zhang Fengguo)
    A worker clears a street of debris and ice in Oxford, Miss. on Monday, Jan. 26, 2026, following a weekend ice storm. (AP Photo/Bruce Newman)
    A lineman works to restore power in Oxford, Miss. on Monday, Jan. 26, 2026, following a weekend ice storm. (AP Photo/Bruce Newman)
    An electric worker is framed by downed trees in Oxford, Miss. on Monday, Jan. 26, 2026, following a weekend ice storm. (AP Photo/Bruce Newman)
  • मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु

    मङ्गोलियामा अत्यधिक चिसोका कारण १३ जनाको मृत्यु

    उलान बाटोर (मङ्गोलिया), १४ माघ (रासस–सिन्ह्वा) । मङ्गोलियामा सन् २०२६ को जनवरी मा मात्र अत्यधिक चिसो (हाइपोथर्मिया) को कारण १३ जनाको मृत्यु भएको रेकर्ड गरेको देशको राष्ट्रिय प्रहरी एजेन्सी (एनपिए) ले मङ्गलबार जनाएको छ । मृतक मध्ये अधिकाशंले रक्सी पिएको एनपिएले विज्ञप्ति मार्फत जनाएको छ । चिसोको उच्च जोखिमको समयमा हाइपोथर्मियाको कारण मृत्यु हुनुको मुख्य कारक रक्सीको सेवन भएको एनपिएले जनाएको छ ।

    जनवरीको मध्यदेखि, रूसको साइबेरियामा उत्पत्ति भएको चिसो हावा मङ्गोलियाको ठुलो भागहरूमा फैलिए पछि मङ्गोलियाको तापक्रममा गिरावट आएको जनाइएको छ । जनवरी–२१ मा, देशको मौसम विज्ञान विभागका अनुसार उत्तरी मङ्गोलियन प्रान्त सेलेन्जको प्रशासनिक उपविभाग एरु सोममा रातको तापक्रम माइनस ४५।२ डिग्री सेल्सियसमा झरेको जनाइएको छ । मङ्गोलियामा चिसो तथा जाडो लामो समयसम्म रहने र तापक्रम माइनस २५ डिग्री सेल्सियस र माइनस ४५ डिग्री सेल्सियसको बीचमा हुने जनाइएको छ ।

  • अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

    अमेरिकामा भीषण आँधी : कम्तीमा ३० जनाको मृत्यु

    न्युयोर्क,१४ माघ (रासस–एएफपी) । अमेरिकाका विभिन्न राज्यहरूमा आएको भीषण आँधीका कारण कम्तीमा ३० जनाको मृत्यु भएको छ भने पाँच लाखभन्दा बढी मानिस विद्युत् सेवाबाट वञ्चित भएका छन् । न्यु मेक्सिकोदेखि मेन राज्यसम्म फैलिएको आँधीले भारी हिमपात, चिसो वर्षा, असिना र तेज हावासहित जनजीवन अस्तव्यस्त बनाएको छ ।

    अत्यधिक चिसो आर्कटिक हावाका कारण उद्धार तथा पुनःस्थापना कार्यमा कठिनाइ उत्पन्न भएको मौसमविद्हरूले बताएका छन् । अमेरिकी राष्ट्रिय मौसम सेवाका अनुसार फेब्रुअरी १ सम्म देशको उत्तरी क्षेत्रमा तापक्रम लगातार शून्य डिग्रीभन्दा तल रहनेछ । दक्षिणी राज्यहरूमा पनि असामान्य चिसोका कारण न्यूनतम तापक्रमका नयाँ कीर्तिमान कायम भएका छन् ।

    उत्तरपूर्वी क्षेत्रमा हिमपात जारी रहँदा कनेक्टिकटमा २२ इन्चभन्दा बढी र बोस्टनमा १६ इन्चभन्दा बढी हिउँ जमेको छ । आँधीसँग सम्बन्धित घटनाहरूमा हाइपोथर्मिया, सवारी दुर्घटना तथा अन्य हिमपातजन्य दुर्घटनाका कारण ज्यान गएको जनाइएको छ ।

    मेन राज्यको बाङ्गोरमा उडान भर्ने क्रममा सानो विमान दुर्घटनाग्रस्त हुँदा सात जनाको मृत्यु भएको छ । मङ्गलबार बिहानसम्म पाँच लाख ४० हजारभन्दा बढी उपभोक्ता विद्युत् सेवाविहीन रहेका छन् । टेनेसी, टेक्सास, मिसिसिपी र लुइसियाना राज्यहरू सबैभन्दा बढी प्रभावित भएका छन् । देशभर ९ हजारभन्दा बढी उडानहरू रद्द तथा प्रभावित भएका छन् ।

  • क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा

    क्यालिफोर्नियामा ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी हडतालमा

    लस एन्जलस, १४ माघ (रासस–सिन्ह्वा) । अमेरिकाको क्यालिफोर्निया राज्यमा काइजर पर्मानेन्टे नामक स्वास्थ्य सेवा संस्थामा कार्यरत ३० हजारभन्दा बढी स्वास्थ्यकर्मी सोमबार बिहानदेखि खुला अवधिको हडतालमा उत्रिएका छन् । यो हडताल अमेरिकाको सबैभन्दा ठूलो गैरनाफामुखी स्वास्थ्य सेवा प्रणालीमा देखिएको पछिल्लो श्रमिक आन्दोलन हो ।

    क्यालिफोर्निया संयुक्त नर्स सङ्घ तथा स्वास्थ्य सेवा पेशाकर्मी सङ्घअन्तर्गत रहेका करिब ३१ हजार कर्मचारी हडतालमा सहभागी छन् । हडतालमा दर्ता प्राप्त नर्स, नर्स एनेस्थेसिया विशेषज्ञ, औषधि विज्ञ, सुँडेनी, चिकित्सक सहयोगी, उपचारक, पोषण विज्ञ तथा अन्य विशेषज्ञ स्वास्थ्यकर्मीहरू सहभागी छन् ।


    क्यालिफोर्नियाका विभिन्न स्वास्थ्य केन्द्रहरूमा बिहानैदेखि धर्ना सुरु गरिएको छ । उत्तरी क्यालिफोर्नियाका रोजभिल, सान्ता क्लारा र ओकल्यान्डस्थित प्रमुख अस्पतालहरूमा प्रदर्शन भइरहेको छ । ओकल्यान्डमै काइजर पर्मानेन्टेको केन्द्रीय कार्यालय रहेको छ । उत्तरी र दक्षिणी क्यालिफोर्नियाका अन्य क्षेत्रमा पनि आन्दोलन विस्तार गरिने योजना रहेको छ भने हवाई राज्यको एक अस्पतालमा समेत हडताल गरिने जनाइएको छ ।


    “यो हडताल टार्नै नसकिने अवस्थामा पुगेको थियो,” पश्चिमी तटमा कार्यरत एक नर्स साराह एचले भनिन्, “सधैं कर्मचारी अभाव हुन्छ, अत्यधिक काम र लामो कार्यघण्टाका कारण शारीरिक तथा मानसिक थकान बढेको छ ।” लामो समयदेखि श्रम सम्झौतासम्बन्धी वार्ता अवरुद्ध भएपछि हडताल सुरु भएको हो । यसअघि मार्च महिनामा पाँच दिनसम्म चलेको हडतालमा पश्चिमी अमेरिकाका विभिन्न राज्यका ४० हजारभन्दा बढी कर्मचारी सहभागी भएका थिए ।

    श्रमिक सम्झौता मार्च ३० गते समाप्त भएको थियो भने वार्ता सात महिनाभन्दा बढी समयदेखि जारी छ । युनियन नेताहरूका अनुसार तलब वृद्धि, दीर्घकालीन कर्मचारी अभाव, कार्यस्थलको सुरक्षा र बढ्दो थकानजस्ता विषयमा सहमति नजुटेकाले हडतालको निर्णय गरिएको हो । युनियनले चार वर्षमा कुल २५ प्रतिशत तलब वृद्धि माग गरेको छ भने काइजर पर्मानेन्टेले २१ दशमलव ५ प्रतिशत तलब वृद्धि प्रस्ताव गरेको छ, जसलाई संस्थाले हालसम्मकै सबैभन्दा बलियो प्रस्ताव भनेको छ ।

    हडतालका क्रममा पनि बिरामी सेवामा असर नपरोस् भनेर वैकल्पिक व्यवस्था गरिएको काइजर पर्मानेन्टेको भनाइ छ । चिकित्सक, व्यवस्थापक, स्थानान्तरण गरिएका कर्मचारी तथा अस्थायी स्वास्थ्यकर्मी परिचालन गरिने जनाइएको छ । अधिकांश अस्पताल र स्वास्थ्य केन्द्र खुला रहनेछन् भने आपतकालीन सेवा निरन्तर सञ्चालन हुनेछ । युनियनको अनुमानअनुसार क्यालिफोर्नियाका करिब प्रत्येक चार जनामध्ये एक जनाले काइजर पर्मानेन्टेबाट स्वास्थ्य सेवा लिन्छन् ।

  • बेइजिङ–अबुधाबी सिधा उडान सुरु

    बेइजिङ–अबुधाबी सिधा उडान सुरु

    बेइजिङ, १२ माघ (रासस–एएफपी) । चीनको राजधानी बेइजिङ र संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी बीचको सिधा हवाई मार्ग सुरु गरिएको छ । यो चिनियाँ एयरलाइनद्वारा संचालित दुई राजधानीहरू बीचको पहिलो सीधा सम्पर्क हो। बोकेर एयर चाइनाको बोइङ ७८७ विमानले २७८ यात्रु लिएर गरेको पहिलो उडान शनिबार राति अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो ।

    प्रत्येक हप्ता चार ‘राउन्ड ट्रिप’ गर्नेगरी स्थापित यो मार्ग सन् २०२६ मा एयर चाइनाको पहिलो नयाँ अन्तर्राष्ट्रिय सेवा हो। मार्गको सुरुवातले चीन र युएई बीचको उड्डयन नेटवर्कलाई अझ बढाउँछ र यसले दुई देशहरू बीचको मानव आदानप्रदान, आर्थिक र व्यापार सहयोग र सांस्कृतिक अन्तरक्रियाको लागि अधिक कुशल र सुविधाजनक हवाई मार्ग प्रदान गर्दछ।

    एयर चाइनाका एक अधिकारीले यात्रुलाई सुरक्षित, आरामदायी र सुखद यात्रा अनुभव प्रदान गर्न एयरलाइन्सले पूर्ण तयारी गरेको बताए । विमान कम्पनी स्रोतका अनुसार यो मार्गको सुरुवातले ‘बेल्ट एन्ड रोड इनिसिएटिभ’को रूपरेखा अन्तर्गत दुई देशबीचको व्यावहारिक सहकार्यलाई नयाँ गति दिनेछ।

  • फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

    फ्रान्समा १५ वर्ष मुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्धको तयारी

    पेरिस, ११ माघ (रासस–एएफपी) । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले १५ वर्षमुनिका बालबालिकामाथि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने कानुनी प्रक्रियालाई तीव्र बनाउने प्रतिबद्धता दोहोर्याएका छन् । “मैले सरकारलाई द्रुत प्रक्रियालाई सक्रिय गर्न भनेको छु ताकि यो सकेसम्म चाँडो पार गर्न सकियोस्,” उनले बिएफएम टेलिभिजनमा प्रसारण गरिएको आफैले रेकर्ड गरेको भिडियोमा भनेका छन् । भिडियोमा उनले यसलाई अर्को शैक्षिक सत्र (सेप्टेम्बर) को सुरुदेखि लागू गर्न चाहेको बताएका छन् ।


    फ्रान्सका सांसदहरूले यस्तो प्रतिबन्धको लागि विधेयकमा बहस गरिरहेका छन् । इन्स्टाग्राम, टिकटक र युट्युबजस्ता लोकप्रिय र लत लाग्ने प्लेटफर्म बन्द गरेर १६ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई प्रतिबन्ध लगाउने अस्ट्रेलिया गत महिना पहिलो देश बनेको थियो। उनीहरूको विधेयकको मस्यौदा सोमबार फ्रान्सेली संसदमा पेश गरिनेछ।

    म्याक्रोँले भने, “१५ वर्षभन्दा कम उमेरका बच्चाहरूलाई सामाजिक सञ्जालको पहुँचमा प्रतिबन्धको साथसाथै उनले विद्यालयमा विद्यार्थीहरूलाई मोबाइल फोन राख्न प्रतिबन्ध लगाउने कुराको पनि समर्थन गरे । “हाम्रा बालबालिका र हाम्रा किशोरकिशोरीको दिमाग बेच्न वा चलाँउनका लागि होइन, अमेरिकी प्लेटफर्मले चलाएका छैनन्, चिनियाँ अल्गोरिदमले पनि दिएको छैन,” राष्ट्रपति म्याक्रोँले भने ।

  • भारत-बंगलादेशको विवादका बीच बंगलादेश टि–२० विश्वकपबाट आउट, स्कटल्याण्डलाई अवसर

    भारत-बंगलादेशको विवादका बीच बंगलादेश टि–२० विश्वकपबाट आउट, स्कटल्याण्डलाई अवसर

    नयाँदिल्ली, ११ माघ (रासस–एएफपी) । भारतमा खेल खेल्ने विवादका कारण बङगलादेशले प्रतियोगिताबाट नाम फिर्ता लिएपछि स्कटल्यान्डले आगामी महिना हुने ट्वन्टी–२० विश्वकपमा बङ्गलादेशलाई प्रतिस्थापन गर्ने शनिबार क्रिकेटको प्रशासकीय निकायले जनाएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले भनेको छ, “समूह ‘सी’ मा बङ्गलादेशलाई प्रतिस्थापन गर्न स्कटल्याण्डलाई बोलाइएको छ, जसमा इङ्ग्ल्यान्ड, इटाली, नेपाल र वेस्ट इन्डिज पनि रहेका छन् ।

    भारत र श्रीलङ्काको संयुक्त आतिथ्यमा हुने टि–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई) ले बङ्गलादेशका तीव्र गतिका बलर मुस्ताफिजुर रहमानलाई रिहा गर्न इन्डियन प्रिमियर लिग (आइपिएल) फ्रेन्चाइज कोलकाता नाइट राइडर्सलाई आदेश दिएपछि नयाँ दिल्ली र ढाकाबीचको विवाद उत्पन्न भएको थियो ।

    राष्ट्रवादी भारतीय हिन्दुहरूले मुस्लिम बहुल बङ्गलादेशमा हिन्दु समुदायमाथि कथित आक्रमणको विरोधको आह्वान गरेका थिए । ढाकाले भारतीय मिडियाले हिंसाको स्तरलाई बढाइचढाइ गरेको दाबी गरेको छ। विवादपछि बङ्गलादेशले भारतमा आफ्नो खेल खेल्न अस्वीकार गरेको थियो र उनीहरूलाई श्रीलङ्कामा खेल्न मिल्ने गरी खेल सार्न आग्रह गरेको थियो, तर आईसीसीले बङ्गलादेशको सुरक्षामा कुनै विश्वसनीय खतरा नभएको भन्दै अपिल अस्वीकार गरेको थियो।

    टि–२० विश्वकप छनोटमा बाहिरिएको टि–२० वरियताको अर्को शीर्ष टोली स्कटल्यान्डले बङ्गलादेशको स्थानमा खेल्नका लागि आइसिसीले स्वीकृति दिएपछि स्कटल्याण्डलाई गुमिसकेको अवसर प्राप्त भएको हो । सन् २०२४ मा भएको जनविद्रोहले तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि बङ्गलादेश र भारतबीच राजनीतिक सम्बन्धमा तिक्तता आएको छ । हसिना अपदस्थ भएपछि आफ्ना अति निकटस्थ सहयोगीसहित भारतमा शरण लिन पुगेकी छिन् ।
    आन्दोलनपछि बनेको अन्तरिम सरकारले अपदस्थ हसिनाको स्थानमा नयाँ व्यक्तिको चयन गर्न आन्दोलनपछि पहिलो पटक बङ्गलादेश चुनावको चटारोमा छ ।

  • नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

    नाइजेरियाली चर्चमा १५० लाई बन्धक, आक्रमणकारीद्वारा फिरौतीस्वरूप १७ मोटरसाइकल माग

    अबुजा, नाइजेरिया, ८ माघ (रासस–एएफपी) । नाइजेरियाको द्वन्द्वग्रस्त उत्तरपश्चिमा १५० भन्दा बढी चर्चका उपासकहरूलाई अपहरण गर्ने बन्दुकधारी र बन्धक बनाइएका व्यक्तिको खोजी कार्य तीब्र पारिएको छ । आक्रमणकारीले बन्धकका परिवारसँग फिरौतीका लागि १७ वटा मोटरसाइकल माग गरेका छन् ।


    हालैका महिनाहरूमा पश्चिम अफ्रिकी राष्ट्रमा धार्मिक पूजा केन्द्रहरूलाई लक्षित गरी गरिएको सबैभन्दा ठूलो सामूहिक अपहरणमा, आक्रमणकारीहरूले आइतबार कडुना राज्यको काजुरु परिषद् क्षेत्रमा तीन फरक चर्चहरूमा आक्रमण गरेका थिए । आक्रमणका क्रममा ती चर्चबाट १७७ जनालाई बन्धक बनाएर लगेका थिए । अपहरितमध्ये ११ जना उनीहरूको कब्जाबाट भाग्न भाग्न सफल भएका थिए ।

    नाइजेरियाली सुरक्षा बलले अपहरणकारीहरूको खोजीमा रणनीतिक टोलीहरू तैनाथ गरेको छ जुन प्रायः सीमित राज्य र सुरक्षा उपस्थितिको साथ दुर्गम समुदायहरूमा फिरौतीको लागि अपहरण गर्ने दुष्ट गिरोहहरू मध्ये एक हो। बिहीवारको अन्तर्वार्तामा स्थानीय बासिन्दाहरूले भने, “आक्रमणकारीहरूले उनीहरूको रिहाइको लागि वार्ता सुरु गर्न १७ मोटरसाइकलको माग गर्र्दै परिवारहरूसँग सम्पर्क गरेका थिए । आक्रमणकारीले उनीहरूको वार्ता र रिहाइको सुरूमा करिब १७ हजार अमेरिकी डलर पर्ने मोटरसाइकलको माग गरेका छन् ।

    “अपहरणकारीले उनीहरूलाई १७ वटा मोटरसाइकल माग गरेको तर उनीहरूले हामीसँग कुनै पैसा चाहिन्छ भनेका छैनन्,” कुर्मिन वलीका गाउँ प्रमुख इशाकु डानाजुमीले भने । अपहरणकारीहरूले १७ वटा मोटरसाइकल हराएको बताएका छन्, उनीहरूलाई प्रतिस्थापन गर्न खोजिएको छ,” जिल्लाको अदारा विकास सङ्घका अध्यक्ष सेबास्टिन बार्डेले भने । नाइजेरियाका अधिकांश द्वन्द्वग्रस्त स्थानहरूमा बन्दुकधारीहरू प्रायः मोटरसाइकलमा यात्रा गर्छन् र यही साधनको सहयोगमा उनीहरूको लुक्ने ठाउँको खोजी गर्दै भाग्ने र सुरक्षा बललाई छल्ने गरेको पाइन्छ ।

    कडुनाका गभर्नर उबा सानीले बुधबार अबेर काजुरुको प्रभावित क्षेत्रको भ्रमण गरी राज्य बन्धकहरूको खोजी गर्न र उद्धार गर्न सुरक्षा एजेन्सीहरूसँग मिलेर काम गरिरहेको बताएका थिए । “हाम्रो प्रशासनले शान्ति, सुरक्षा र समावेशी विकासलाई निरन्तरता दिनेछ ।” पछिल्ला केही महिनाहरूमा, नाइजेरिया अमेरिकी सरकारको नजरमा रहेको छ, जसले नाइजेरियाली सरकारलाई देशको सुरक्षा सङ्कटमा इसाईहरूको सुरक्षा नगरेको आरोप लगाएको छ । यद्यपि, आक्रमणले इसाई र मुस्लिम दुवैलाई असर गर्दछ।

    अमेरिकाको आरोपका कारण दुई देशबीच कूटनीतिक दरार उत्पन्न भएको छ र अमेरिकाले डिसेम्बरमा नाइजेरियाको क्षेत्रमा इस्लामिक स्टेट समूहका कथित सदस्यहरूविरुद्ध आक्रमण सुरु गरेको छ। नाइजेरियामा विगत एक दशकभन्दा बढी समयदेखि बोको हराम लगायतका इस्लामिक अतिवादी समूहको निशानामा सर्वसाधारण किसान, कृषक र विदार्थीहरू पर्ने गरेका छन् ।

  • बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

    बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

    मेलबर्न, ८ माघ (रासस–एपी) । सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले बन्दुक नियन्त्रण कडा बनाउने र घृणा–विरोधी भाषणसम्बन्धी नयाँ कानून पारित गरेको छ । प्रधानमन्त्री एन्थोनी अल्बानिजले यी कानूनहरू हिंसा र घृणाविरुद्धको एकताबद्ध कदम भएको बताउँदै स्वागत गरेका छन् ।

    गत डिसेम्बर १४ मा यहुदी पर्व हनुक्काका क्रममा दुई बन्दुकधारीले १५ जनाको हत्या गरेका थिए । अधिकारीहरूका अनुसार उक्त आक्रमण इस्लामिक स्टेट समूहबाट प्रेरित थियो । प्रधानमन्त्री अल्बानिजले बोन्डी घटनालाई उल्लेख गर्दै आतङ्ककारीको मनमा घृणा र हातमा बन्दुक भएकाले यति ठूलो क्षति भएको बताए । सरकारले दुवै समस्यालाई एकसाथ सम्बोधन गर्ने प्रतिबद्धता पूरा गरेको स्पष्ट पारे ।


    सरकारले सुरुमा एउटै विधेयक ल्याउने योजना बनाए पनि अन्ततः बन्दुक नियन्त्रण र घृणा–विरोधी भाषणलाई छुट्टाछुट्टै विधेयकका रूपमा संसद्मा प्रस्तुत गरेको थियो । मङ्गलबार ढिलो सिनेटबाट दुवै विधेयक पारित भएका छन् । सत्तारूढ लेबर पार्टीको तल्लो सदनमा बहुमत भए पनि माथिल्लो सदनमा सम्झौता गरेर अघि बढ्नुपरेको प्रधानमन्त्रीले स्वीकार गरे ।


    नयाँ बन्दुक कानूनले बन्दुक स्वामित्वमा थप प्रतिबन्ध लगाउने र हतियार हस्तान्तरण गर्नुपर्ने व्यक्तिलाई क्षतिपूर्ति दिने सरकारी पुनर्खरीद कार्यक्रम सुरु गर्ने व्यवस्था गरेको छ । घृणा–विरोधी भाषण कानूनले आतङ्कवादी सूचीमा नपरेका तर चरमपन्थी गतिविधिमा संलग्न समूहहरूलाई पनि गैरकानूनी घोषणा गर्न सक्ने आधार दिएको छ, जसमा गुप्तचर संस्था एएसआइओको भूमिका रहनेछ ।

    गृहमन्त्री टोनी बर्कका अनुसार बोन्डी आक्रमणका आरोपी बुबा–छोरा यी नयाँ कानूनअन्तर्गत बन्दुक राख्न अयोग्य ठहरिने थिए । घटनामा मारिएका बुबासँग कानूनी बन्दुक थियो भने घाइते छोरामाथि १५ वटा हत्या सहित दर्जनौँ गम्भीर अभियोग लगाइएको छ । विपक्षी नेसनल पार्टीले घृणा–विरोधी भाषण कानूनले अभिव्यक्ति स्वतन्त्रतामा असर पार्न सक्ने भन्दै विरोध जनाएको छ ।

    यद्यपि सरकारको भनाइमा, सन् १९९६ को तस्मानिया नरसंहारपछि जस्तै, यो कदम पनि जनसुरक्षाका लागि अपरिहार्य हो । त्यस घटनापछि अस्ट्रेलियाले कडा बन्दुक कानून लागू गरी करिब सात लाख हतियार फिर्ता किनेको थियो । नयाँ पुनर्खरीद कार्यक्रमका लागत बाँडफाँटलाई लिएर केही राज्य र क्षेत्रसँग असहमति भए पनि सङ्घीय सरकारले वार्ता जारी राख्ने जनाएको छ ।

  • विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

    विश्वकपको भेन्यू सार्ने बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

    नयाँ दिल्ली, ८ माघ (रासस–एएफपी) । क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर सार्न बङ्गलादेशको अनुरोधलाई अस्वीकार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘बङ्गलादेशी टोलीको सुरक्षामा सम्झौता गर्ने कुनै पनि स्वतन्त्र सुरक्षा खोजको अभावमा आईसीसीले खेल सार्न असमर्थ छ।” बङ्गलादेश क्रिकेट बोर्डले बारम्बार भारतमा खेल खेल्न अस्वीकार गर्दै आएको छ र यहाँको सरकारले मङ्गलबार बोर्डलाई उसको अडान परिवर्तन गर्न दबाब नदिने बताएको छ।

  • स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

    स्पेनमा द्रुत गतिको रेल दुर्घटना, कम्तिमा २१ को मृत्यु

    ्५ माघ, काठमाडौं । दक्षिणी स्पेनमा रेल दुर्घटना हुँदा कम्तीमा २१ जनाको ज्यान गएको छ । ३० भन्दा बढी यात्रुहरुको अवस्था गम्भीर छ । मालागाबाट म्याड्रिडतर्फ गइरहेको उच्चगतिको एक रेल कोर्डोबा सहर नजिकै पर्ने आदामुज नगर नजिकै दुर्घटनाग्रस्त भएको थियो । सो रेल लिक छाडेर अर्को ट्रयाकमा पुगेपछि विपरीत दिशाबाट (म्याड्रिडबाट हुएल्भातर्फ) आइरहेको अर्को रेलसँग ठोक्किएको थियो । दुर्घटनामा कम्तीमा ७३ जना घाइते भएको र ३० जनाको गम्भीर अवस्थामा अस्पतालमा उपचार भइरहेको स्पेनका यातायात मन्त्री ओस्कार पुयन्तेले बताएका छन् ।

    मन्त्री पुयन्तेले यो दुर्घटना ‘अत्यन्तै अचम्मलाग्दो’ भएको बताएका छन् । किनभने रेल सीधा ट्रयाकमा दुर्घटनाग्रस्त भएको थियो, जुन ट्रयाक गत वर्ष मे महिनामा मात्रै मर्मतसम्भार गरिएको थियो । मालागाबाट स्थानीय समयअनुसार १८ः४० बजे प्रस्थान गरेको रेल करिब १० मिनेटमै दुर्घटना भएको थियो ।


    मालागाबाट सञ्चालन गरिएको रेल यात्राको जिम्मा लिएको निजी रेल कम्पनी इर्योले पहिलो पटक लिक छाडेको रेलमा करिब ३०० यात्रु रहेको जनाएको छ । अर्कोतर्फ, रेन्फे कम्पनीले सञ्चालन गरेको म्याड्रिड–हुएल्भा रेलमा करिब १०० यात्रु थिए । रेल दुर्घटनाको कारण अहिलेसम्म खुल्न सकेको छैन । अनुसन्धानको निष्कर्ष आउन कम्तीमा एक महिना लाग्ने अनुमान गरिएको छ ।

    यसैबीच स्पेनका प्रधानमन्त्री पेद्रो सान्चेजले मृतक परिवारप्रति समवेदना व्यक्त गर्दै देशले ‘गहिरो पीडाको रात’ भोग्नुपरेको बताएका छन् । स्पेनका राजा फेलिपे छैठौँ र रानी लेतिजियाले पनि दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । फ्रान्सका राष्ट्रपति इम्यानुएल माक्रों र युरोपेली आयोगकी प्रमुख उर्सुला फोन डर लेयेनले पनि शोक सन्देश दिएका छन् । सन् २०१३ मा स्पेनको उत्तर–पश्चिमी क्षेत्र गालिसियामा भएको उच्चगतिको रेल दुर्घटना देशकै सबैभन्दा भयावह दुर्घटना थियो, जसमा ८० जनाको मृत्यु भएको थियो भने १४० जना घाइते भएका थिए ।

  • पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु

    पाकिस्तानको पन्जावमा घना कुइरोका कारण सडक दुर्घटना, कम्तिमा १४ को मृत्यु

    इस्लामाबाद, माघ ३ गते । पाकिस्तानको पूर्वी पन्जाब प्रान्तको सरगोधा जिल्लामा शनिबार घना कुहिरोका कारण भएको सडक दुर्घटनामा कम्तीमा १४ जनाको ज्यान गएको छ भने अन्य व्यक्ति घाइते भएका छन् । उद्धार अधिकारीका अनुसार अत्यन्त कम दृश्यताका कारण मिनीट्रक अनियन्त्रित भई सडकबाट खस्दै सुक्खा नहरमा पुगेको थियो । दुर्घटना स्थलमै सात जनाको मृत्यु भएको थियो भने गम्भीर घाइतेलाई तत्काल नजिकका अस्पताल लगिएको थियो । उपचारका क्रममा थप सात जनाको मृत्यु भएपछि मृतक सङ्ख्या १४ पुगेको जनाइएको छ ।

    कुहिरोका कारण मोटरवे बन्द भएपछि चालकले वैकल्पिक स्थानीय मार्ग प्रयोग गरेको बताइएको छ । सूचना प्राप्त हुना साथ रेस्क्यु टोली घटना स्थलमा पुगेर उद्धार तथा राहत कार्य सञ्चालन गरेका थिए । दुर्घटनामा महिला र बालबालिकासमेत परेको पुष्टि भएको छ । मृतक तथा घाइते सबै इस्लामाबादका बासिन्दा रहेको उद्धार अधिकारीले बताएका छन् । रासस-सिन्ह्वा

  • बंगलादेशमा आवासीय भवनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु

    बंगलादेशमा आवासीय भवनमा आगलागी, कम्तिमा ६ जनाको मृत्यु

    ढाका, माघ ३ गते। बङ्गलादेशको राजधानी ढाकाको आवासीय भवनमा शुक्रबार आगलागी हुँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै १३ जना घाइते भएको जनाइएको छ। “फायर सर्भिस” र “सिभिल डिफेन्स कन्ट्रोल रुम ” का ड्युटी अफिसर मोहम्मद रफी अल फारुकलाई उदृत गर्दै छ तले आवासिय भवनको पहिलो तलामा स्थानीय समय अनुसार विहान ७ः५४ मा आगलागी भएको सिन्ह्वाले जनाएको छ। अग्नि नियन्त्रकहरुको सक्रियतामा करिब विहान १० बजे आगो नियन्त्रणमा लिए पछि तीन जनाको शवको बरामद गरिएको जनाइएको छ।

    ढाकाको प्रहरीका ड्युटी अफिसर नजमुल शकिबले आगलागिका कारण घाइते भएकाहरुलाई उपचारको लागि अस्पतालमा लगेपछि अन्य तिन जनाको मृत्यु भए पछि मृतकको सङ्ख्या छ पुगेको बताउनु भएको छ। उनीहरूबाहेक अन्य १३ जना घाइते मध्ये १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरी अधिकारीले बताएको छ , भने आगलागीको कारण अझै अज्ञात छ। (रासस–सिन्ह्वा)

  • थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    थाइल्यान्ड रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ३२ पुग्यो

    नाखोन रत्चासिमा, थाइल्यान्ड, ३० पुस (रासस–एएफपी) । थाइल्यान्डमा चीन समर्थित उच्च गतिको रेल परियोजनामा बुधबार एउटा क्रेन यात्रुवाहक रेलमा खस्दा भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ३२ पुगेको अधिकारीहरूले बताएका छन्। राजधानी बैङ्ककको उत्तरपूर्वमा रहेको नाखोन रत्चासिमा प्रान्तमा दर्जनौँ उद्धारकर्ताहरूले क्षतिग्रस्त रेलका डिब्बाहरूमा बेपत्ता व्यक्तिहरूको खोजी गरिरहेका छन् ।

    थाइल्यान्डमा कार्यरत सबैभन्दा ठूलो निर्माण फर्महरू मध्ये एक ‘इटालियन–थाई डेभलपमेन्टल कम्पनी’ ले दुर्घटनाग्रस्तस्थलमा उच्च गतिको रेलको खण्ड निर्माण गर्ने सम्झौता गरेको थियो । कम्पनीले हालैका वर्षहरूमा यसको निर्माणस्थलमा धेरै घातक दुर्घटनाहरू व्यहोरेको छ। कम्पनीले मृतक र दर्जनौँ घाइतेप्रति समवेदना व्यक्त गर्दै पीडितका परिवारलाई क्षतिपूर्ति दिने र उपचार खर्च बेहोर्ने बताएको छ ।

    थाई स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार साँझसम्ममा ३२ जनाको मृत्यु भएको पुष्टि भएको छ भने तीन जना हराइरहेका छन् । घटनामा परी घाइते भएका ६४ जनालाई अस्पताल भर्ना गरिएको छ । दुई वटा ठूलो विस्फोटको आवाज सुनेपछि आफू घटनास्थलमा गएको र तीन डिब्बा भएको रेलमा क्रेन खसेको अवस्थामा फेला परेको स्थानीय बासिन्दाले बताए ।

    “क्रेन खस्दा यसबाट निस्केको धातु रेलको दोस्रो डिब्बाको बीचमा ठोक्किएको र आधा टुक्रा भएको देखिन्छ,” ५४ वर्षीय उनले एएफपीलाई बताए । थाइल्यान्डमा उच्च गतिको रेल सञ्जाल निर्माण गर्न चीनले सहयोग गरेको पाँच अर्ब डलरभन्दा बढी लगानीको परियोजनाको हिस्सा रहेको निर्माण स्थलमा दुर्घटना भएको हो ।

    बेइजिङको विशाल बेल्ट एन्ड रोड पूर्वाधार पहलअन्तर्गत सन् २०२८ सम्ममा बैङ्ककलाई लाओस हुँदै चीनको कुनमिङसम्म जोड्ने लक्ष्य राखिएको छ ।
    परियोजनाका सल्लाहकार इन्जिनियरिङ परामर्शदाता थिराचोटे रुजिविफाटले एएफपीसँग भन्नुभयो, “क्रेन खस्नुमा इटालियन–थाई डेभलपमेन्ट जिम्मेवार रहेको बताउनुभयो ।”

    थाइल्यान्डको सरकारी रेल सञ्चालक निकायले १५ दिनभित्र सत्यतथ्य खोज गर्न समिति गठन गर्ने र ‘दोषीहरूलाई कानुनको पूर्ण दाएरामा ल्याइने बताएको छ। रेल सञ्चालकले अनुसन्धान पूरा नभएसम्म इटालियन–थाईलाई निर्माण कार्य रोक्न आदेश दिएको पनि बताएको छ।

  • इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

    इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो

    तेहरान, ३० पुस (रासस–एपी) । इरानले आफ्ना नागरिकमाथि लगाइएका केही प्रतिबन्धहरू मङ्गलबार आंशिक रूपमा खुकुलो पारेको छ । देशभर फैलिएको रक्तपातपूर्ण विरोध प्रदर्शनपछि पहिलोपटक इरानी नागरिकलाई मोबाइल फोनमार्फत विदेशमा फोन कल गर्न अनुमति दिइएको हो । तर इन्टरनेटमा लगाइएका प्रतिबन्ध भने यथावत् राखिएका छन् र एसएमएस टेक्स्ट सन्देश सेवा अझै पुनः सञ्चालन गरिएको छैन । पछिल्ला दिनहरूमा राज्यविरुद्धको प्रदर्शनका क्रममा कम्तीमा ६४६ जनाको मृत्यु भइसकेको बताइएको छ ।

    इरानीहरूले विदेशमा फोन गर्न सके पनि विदेशबाट इरानभित्र कल गर्न भने सम्भव नभएको राजधानी तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेसलाई जानकारी दिएका छन् । प्रतिशोधको डरले नाम नखुलाउने सर्तमा बोलेका साक्षीहरूका अनुसार एसएमएस सेवा अझै बन्द छ र इरानभित्रका इन्टरनेट प्रयोगकर्ताहरूले बाहिरी संसारका वेबसाइट वा सेवामा पहुँच पाएका छैनन् । यद्यपि सरकारद्वारा अनुमोदित केही स्थानीय वेबसाइटहरूमा सीमित पहुँच उपलब्ध रहेको उनीहरूको भनाइ छ ।

    बिहीबार राति अधिकारीहरूले देशभित्र र बाहिरी संसारसँगको सबै सञ्चार एकाएक बन्द गरेपछि अब थप छुट दिइने हो वा होइन भन्ने विषयमा अझै स्पष्टता आएको छैन । यसैबीच, फ्रान्सेली विदेश मन्त्रालयले सुरक्षा अवस्था कमजोर भएकाले तेहरानस्थित आफ्नो दूतावासका अनावश्यक कर्मचारीलाई फिर्ता बोलाई दूतावासलाई सीमित कर्मचारी र सावधानीका साथ सञ्चालन गर्ने गरी पुनः व्यवस्थापन गरिएको जानकारी दिएको छ ।

    यस हप्ताको सुरुमा अनावश्यक कर्मचारीहरूलाई इरानबाट बाहिर पठाइएको थियो । फ्रान्सेली समाचार एजेन्सीका अनुसार दूतावासका गैरआवश्यक कर्मचारीहरू आइतबार र सोमबार देश छोडेर गएका थिए । यद्यपि फ्रान्सका राजदूत भने तेहरानमै रहनुभएको छ र दूतावासले आफ्नो कामकाज जारी राखेको मन्त्रालयले सोमबार राति जनाएको छ ।

    जर्मन चान्सलर फ्रेडरिक मेर्जले इरानी सरकार प्रदर्शनकारीहरूमाथि गरिरहेको हिंसा तुरुन्तै अन्त्य गर्न आह्वान गर्दै वर्तमान शासन आफ्नो ‘अन्तिम दिन र हप्ता’ मा रहेको विश्वास व्यक्त गरे । भारतको बेङ्गलुरु भ्रमणका क्रममा मङ्गलबार उनले भने । “यदि कुनै शासनले बल प्रयोग गरेर मात्र सत्ता जोगाउन सक्छ भने त्यो प्रभावकारी रूपमा अन्त्यतिर पुगेको हुन्छ ।”

    उनले चुनावमार्फत जनताको वैधता नपाएको यो शासनविरुद्ध जनआक्रोश बढ्दै गएको उल्लेख गर्दै द्वन्द्व शान्तिपूर्ण रूपमा अन्त्य हुने आशा व्यक्त गरे । साथै, जर्मनी यस विषयमा अमेरिका र युरोपेली सरकारहरूसँग नजिकको सम्पर्कमा रहेको जानकारी दिए ।


    उता, इजरायली सेनाले इरानमा जारी विरोध प्रदर्शनका कारण ‘आश्चर्यजनक परिदृश्यहरूका लागि सतर्क’ रहेको बताएको छ । तर नागरिकहरूका लागि जारी गरिएका सुरक्षा निर्देशनमा कुनै परिवर्तन नगरिएको इजरायली सेनाका प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफ्रिनले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन् । उनले इरानमा भइरहेको प्रदर्शनलाई आन्तरिक विषयका रूपमा वर्णन गरे ।


    यसको पृष्ठभूमिमा गत गर्मीमा इजरायलले इरानको आणविक कार्यक्रममा आक्रमण गरेको थियो, जसपछि १२ दिनसम्म चलेको युद्धमा करिब एक हजार २०० इरानी र झन्डै ३० इजरायलीको ज्यान गएको थियो । पछिल्लो साता इरानले इजरायल वा अमेरिकाबाट आक्रमण भएमा जवाफी कारबाही गर्ने चेतावनी पनि दिएको छ ।

    इन्टरनेट र अन्तर्राष्ट्रिय कल सेवा बन्द गरेर विरोध प्रदर्शन दमन गरिएपछि मङ्गलबार मात्र इरानी मोबाइल फोनहरूले विदेशमा कल गर्न सकेका हुन् । तेहरानका धेरै नागरिकले एसोसिएटेड प्रेससँग कुरा गर्न सफल भए पनि संयुक्त अरब इमिरेट्सको दुबईस्थित एपी ब्युरोले ती नम्बरहरूमा फिर्ता कल गर्न सकेन । प्रत्यक्षदर्शीहरूका अनुसार इन्टरनेट अझै पनि बाहिरी संसारसँग पूर्ण रूपमा काटिएको छ । विरोध प्रदर्शन चर्किँदै गएपछि इरानले बिहीबार इन्टरनेट र फोन सेवा बन्द गरेको थियो ।

    मानव अधिकार कार्यकर्ताहरूका अनुसार जारी विरोध प्रदर्शनका कारण मृत्यु हुनेको सङ्ख्या कम्तीमा ६४६ पुगेको छ । यसअघि पनि सही तथ्याङ्क प्रदान गर्दै आएको अमेरिकामा आधारित मानव अधिकार कार्यकर्ता समाचार एजेन्सीले मङ्गलबार बिहान अद्यावधिक विवरण सार्वजनिक गरेको हो । सो एजेन्सीले इरानभित्रका विभिन्न स्रोतबाट प्राप्त सूचनाको क्रस–चेकिङमा आधारित तथ्याङ्क प्रयोग गरेको जनाएको छ । एजेन्सीका अनुसार मृतकमध्ये ५१२ जना प्रदर्शनकारी र १३४ जना सुरक्षा बलका सदस्य रहेका छन् । पछिल्ला दुई हप्तामा १० हजार ७०० भन्दा बढी मानिसलाई हिरासतमा लिइएको पनि जनाइएको छ ।