स्याङ्जामा ट्याक्टर दुर्घटना, दुईको मृत्यु–तीन घाइते

१५६ कात्तिक, काठमाडौं । वालिङ नगरपालिका वडा नं –९ गाइश्वारामा ट्याक्टर दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
वालिङ– हुवास भित्री पक्की सडक खण्डमा हुवासबाट वालिङतर्फ आउँदै गरेको ग १ त ५७६९ नम्बरको ट्याक्टर अचानक सडकको बाँया साइडमा पल्टिन जाँदा ट्याक्टरमा सवार वालिङ – १० बस्ने ६१ बर्षीय नन्दु भन्ने नन्दलाल बुढामगर र पर्वत घर भइ वालिङ – १० नै बस्ने ४३ बर्षीय प्रेम राना मगरको मृत्यु भएको हो ।

दुवै जनाको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीले बताए । दुर्घटनामा ट्याक्टर चालक दाङ शान्तिनगर –१ का ३७ बर्षीय धनविर पुन मगर, वालिङ –१० का २० बर्षीय सुलभ परियार र ४६ बर्षीय झक बहादुर थापा घाइते भएको र प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचार भैरहेको अवस्थीले बताए । घटना बारेमा थप अनुसन्धान भइरहेको अवस्थीले बताए ।