कर्णाली, १२ भदौः कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशाका रोगी रहेको पाइएको छ । यस्तै, यहाँ ११ दशमलव सात प्रतिशत मानिस कुनै न कुनै मानसिक रोगबाट ग्रसित भएको पाइएको छ । स्विस सरकार तथा मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (सिएमसी नेपाल)को आर्थिक एवं प्राविधिक सहयोगमा कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा सुर्खेत वीरेन्द्रनगरमा… Continue reading ‘कर्णाली प्रदेशमा ४२ प्रतिशत चिन्ता र २३ प्रतिशत निराशा’
Author: Vishwanews.com
प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक
१२ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन भ्रमणमा जानुुहुने कार्यतालिका सार्वजनिक भएको छ । प्रधानमन्त्री ओली उक्त शिखर सम्मेलन तथा चीनको जनयुद्धमार्फत जापानी आक्रमणविरुद्धको प्रतिरोध र विश्व फासीवाद विरोधी युद्धमा विजयको ८० औँ… Continue reading प्रधानमन्त्रीको चीन भ्रमणको कार्यतालिका सार्वजनिक
रुबी साहका हत्या आरोपी पासवानको मृत्यु
११ भदौ, काठमाडौं । रौतहटको रूबीकुमारी साहको हत्या आरोपी लक्ष्मण पासवानको आज साँझ उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको छ । आत्मदाहको प्रयास गरेका उनलाई गम्भीर अवस्थामा उद्धार गरी उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइएको थियो । उनको उपचारका क्रममा आज साँझ ६ बजेतिर मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता अपिलराज बोहराले जानकारी… Continue reading रुबी साहका हत्या आरोपी पासवानको मृत्यु
भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने
११ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकले भारतीय नागरिकले नेपाल भ्रमणका क्रममा पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ लिएर आउन पाउने व्यवस्था गरेसँगै सीमावर्ती क्षेत्रका पर्यटन व्यवसायी उत्साहित भएका छन् । यसअघि २५ हजार भारतीय रूपैयाँ मात्रै ल्याउन पाउने प्रावधानप्रति व्यवसायीको गुनासो थियो । सङ्घीय सरकारले गत जेठ १५ मा ल्याएको चालु आर्थिक वर्षको बजेटमार्फत… Continue reading भारतीय पर्यटकले पाँच हजार डलर बराबरको भारतीय रूपैयाँ ल्याउन पाउने
नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने
११ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको आगामी चीन भ्रमणका क्रममा चीनका राष्ट्रपति र भारतका प्रधानमन्त्रीसँग हुने भेटवार्तामा नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने जनाइएको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले साङ्घाई सहयोग सङ्गठन (एसइओ) शिखर सम्मेलनमा भाग लिन चीन जाने सिलसिलामा सो… Continue reading नेपालको लिपुलेकका विषयमा चीन–भारतबीच भएको सहमतिबारे कुरा उठाइने
काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ
११ भदौ, काठमाडौं । प्रहरीले जुवा तास खेल्ने, खेलाउने गरेको अभियोगमा नौ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ नागार्जुन नगरपालिका–२ सानोभ¥याङका ५२ वर्षीय श्यामकृष्ण महर्जन, ललितपुर, महालक्ष्मी नगरपालिका–४ का ५७ वर्षीय पूर्णबहादुर थापा, काठमाडौँ महानगरपालिका–२६ का ४६ वर्षीय राजेश महर्जन, गुल्मी, सत्यवती गाउँपालिका–१ का ३७ वर्षीय प्रदीप पाण्डे, काठमाडौँ महानगरपालिका–१३… Continue reading काठमाडौंको नागार्जुनबाट जुवा तास खेल्ने र खेलाउने नौ पक्राउ
अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण
११ भदौ, काठमाडौं । नेपालस्थित अमेरिकी दूतावासले नेपाल प्रहरीको केन्द्रीय विधिविज्ञान प्रयोगशाला सामाखुशीलाई ‘डिएनए’ बाट गरिने परीक्षण र ड्रक परीक्षणका लागि प्रयोग हुने आधुनिक उपकरण र ‘डिएनए’ परीक्षणमा प्रयोग हुने सफ्टवेयर सहयोग गरेको छ । प्रयोगशालामा हुने परीक्षणलाई वैज्ञानिक र वस्तुनिष्ठ बनाउन अमेरिकी दूतावासबाट प्राप्त कम्बाइन्ड डिएनए इन्डेक्स सिष्टम ९डिएनए सफ्टवेयर० र ड्रग डिटेक्सन इन्स्ट्रुमेन्ट… Continue reading अमेरिकी दूतावासद्वारा विधिविज्ञान प्रयोगशालालाई आधुनिक उपकरण र सफ्टवेयर हस्तान्तरण
संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत
११ भदौ, काठमाडौं । प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले संवैधानिक इजलास गठनमा विवाद र मतभेद नरहेको बताएका छन् । आज प्रधानन्यायाधीश राउतसहित वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल, डा नहकुल सुवेदी, तिलप्रसाद श्रेष्ठ र विनोद शर्माको इजलास गठन गरिएको छ । प्रधानन्यायाधीशले आफूले तोकेको चार न्यायाधीश तोक्ने पाउने संवैधानिक अधिकार प्रयोग गरेर इजलास गठन गरेको बताए ।… Continue reading संवैधानिक इजलास गठनमा विवाद छैन : प्रधानन्यायाधीश राउत
साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप
११ भदौ, काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो महिनामा रु १४ अर्बभन्दा बढी सरकारी ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयद्वारा प्रकाशित गत साउन मसान्तसम्मको सरकारी ऋणको प्रतिवेदनअनुसार चालु आवको सुरुमा कूल सार्वजनिक ऋण रु २६ खर्ब ६९ अर्ब ५७ करोड रहेकामा साउन मसान्तसम्ममा रु १४ अर्ब दुई करोड वृद्धि भई रु… Continue reading साउनमा थपियो १४ अर्बभन्दा बढी सरकारी ऋण थप
विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे
११ भदौ, सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित एक पशुपन्छी फार्ममा करेन्ट सर्ट भई आगलागी हुँदा ५० वटा बाख्रा मरेका छन् ।जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी माधवराज खरेलका अनुसार विमला श्रेष्ठको नाममा दर्ता विधान विधि कृषि पशुपन्छी फार्ममा बिहान आगलागी भएको हो । घटनास्थलमा खटिएको प्रहरी टोलीले स्थानीयवासीको सहयोगमा आगो निभाइएको थियो । फार्ममा… Continue reading विद्युत् चुहिएर आगलागी, ५० बाख्रा मरे
साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
११ भदौ, काठमाडौं । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) १७ वर्षमुनिका महिला सम्मिलित प्रतियोगिता ९यु–१७० च्याम्पियनसिपअन्तर्गत आज नेपाल र बङ्गलादेशबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली समयअनुसार खेल आज अपराह्न २ः४५ बजे हुने अखिल नेपाल फुटबल सङ्घले जनाएको छ । नेपाल आजको खेल जित्नुपर्ने दबाबमा छ । गत आइतबार बङ्गलादेशसँग भएको खेलमा नेपाल ३–० गोलले पराजित भएको… Continue reading साफ यु–१७ च्याम्पियनसिपः नेपाल र बङ्गलादेश भिड्दै
सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते
११ भदौ, बनियानी । कनकाई नगरपालिका–८ बिरिङ पुल नजिक सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकै परिवारका चार जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार पूर्वपश्चिम राजमार्गअन्तर्गत गए राति सुरुङ्गाबाट बिर्तामोडतर्फ आउँदै गरेको मे१च ५४४६ नम्बरको भ्यान र विपरीत दिशाबाट जाँदै गरेको मे१च ३४४० नम्बरको भ्यान एकापसमा ठोक्किँदा… Continue reading सवारी दुर्घटनामा झापामा एक जनाको मृत्यु, चार घाइते
खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित
एजेन्सी११ भदौ, काठमाडौं । अमेरिकी निजी अन्तरिक्ष कम्पनी ‘स्पेसएक्स’ ले आफ्नो स्टारशिप रकेटको दशौं उडान परीक्षण खराब मौसमका कारण स्थगित गरेको छ ।स्पेसएक्सको ‘स्टारशिप’ एउटा अत्याधुनिक पुनः प्रयोगयोग्य अन्तरिक्षयान हो, जसले मानिस र मालसामानलाई पृथ्वीको कक्ष, चन्द्रमा, मंगलग्रह र अन्य अन्तरिक्ष गन्तव्यहरूमा लैजान सक्षम छ । स्टारशिपले अन्तरिक्ष अनुसन्धान, उपग्रह प्रक्षेपण, अन्तरिक्ष पर्यटन र दीर्घकालीन… Continue reading खराब मौसमका कारण स्पेसएक्सको ‘स्टारशिप’ उडान स्थगित
आज विश्व ताल दिवस, संरक्षणमा जोड
११ भदौ, काठमाडौं । पारिस्थितिक प्रणालीको संरक्षण, पुनःस्थापना र दिगो व्यवस्थापन गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलुकमा विश्व ताल दिवस मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यसै वर्षदेखि यो दिवस मनाउन उक्त विश्व संस्थामा आबद्ध मुुलुकहरू सहमत भएका छन् । गत वर्षको महासभामा विश्व ताल दिवस मनाउनेसम्बन्धी प्रस्ताव पारित भएको हो । राष्ट्रसङ्घीय प्रणालीमा आबद्ध… Continue reading आज विश्व ताल दिवस, संरक्षणमा जोड
यस्तो छ आजको मौसम पूर्वानुमान
११ भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने तथा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत पहाडी भागका केही स्थानका साथै तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी र… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान
सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने
११ भदौ, सिरहा । सिरहाको गोलबजारदेखि उदयपुरको कटारी–६ स्थित रिस्कुसम्मको झण्डै २२ किलोमिटर लामो अन्तरप्रदेशीय नयाँ सडक मार्ग खोलिने भएको छ । सघन सहरी तथा भवन निर्माण आयोजना, सप्तरीद्वारा निर्माण गरिने यो सडक पूर्व–पश्चिम राजमार्गलाई चुरे क्षेत्र पार गर्दै मदन भण्डारी लोकमार्गमा जोड्नेछ । आयोजनाअन्तर्गत चालु आर्थिक वर्ष २०८२\८३ मा प्रारम्भिक चरणका लागि रु तीन… Continue reading सिरहा–उदयपुर जोड्ने अन्तरप्रदेशीय नयाँ मार्ग खुल्ने
इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा पनि तत्काल कारवाही नहुने
११ भदौ, काठमाडौं । यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा जरिवाना वा कारवाहीमा परिने भनी गरिएका प्रचारमा सत्यता नभएको स्पष्ट पारेको छ । विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा आगामी असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगर्ने सवारीधनी कारवाहीमा पर्ने तथा जेल जानुपर्ने भनी भएको प्रचारमा सत्यता नभएको विभागले प्रेस विज्ञप्तिमार्फत जानकारी… Continue reading इम्बोस्ड नम्बर प्लेट जडान नगर्दा पनि तत्काल कारवाही नहुने
उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने
११ भदौ, काठमाडौं । सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदान वापतको रकम निकासा गरेको छ । अर्थ मन्त्रालयले यसका लागि रु ७५ करोड ४९ लाख ३८ हजार २४० निकासा गरेको हो । निकासा गरिएको रकम जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालयमार्फत किसानको बैंक खातामा भुक्तानी हुने कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रिपरिषद्को बैठकले… Continue reading उखु किसानलाई अनुदान निकासा, बिहीबारसम्म किसानको खातामा रकम जाने
एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना
एजेन्सी११ भदौ, काठमाडौं । कोरियन एयरले एक सयभन्दा बढी बोइङ विमान खरिद गर्ने, अतिरिक्त स्पेयर इन्जिन किन्नेदेखि लिएर २० वर्षका लागि इन्जिन मर्मत–सम्भार सेवा प्राप्त गर्ने गरी ५० अर्ब डलरको विशाल सम्झौता घोषणा गरेको छ । दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच सोमबार वासिङ्टनमा भएको भेटपछिको औपचारिक कार्यक्रममा उक्त सम्झौता… Continue reading एक सयभन्दा बढी बोइङ विमान किन्ने कोरियन एयरको योजना
चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने
एजेन्सी१० भदौ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार अमेरिकाले चीनबाट छ लाख विद्यार्थीलाई प्रवेश दिने घोषणा गरेका छन् । चीनसँगको भन्सार शुल्क वार्ताका क्रममा, ट्रम्पले चिनियाँ विद्यार्थीहरूको उपस्थितिलाई महत्त्वपूर्ण भन्दै स्पष्ट गरे, “हामी उनीहरूका विद्यार्थीलाई अनुमति दिनेछैनौँ भन्ने म धेरै अफवाह सुन्छु । तर होइन, हामी उनीहरूलाई भित्र आउन दिनेछौँ । यो धेरै महत्त्वपूर्ण… Continue reading चीनका ६ लाख विद्यार्थीलाई अमेरिका प्रवेश दिने
भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित
एजेन्सी१० भदौ, काठमाडौं । छिमेकी भारतले ‘ओभरफ्लो’ भइरहेको बाँधबाट अतिरिक्त पानी छोडेपछि पाकिस्तानको पूर्वी क्षेत्रमा ठूलो बाढीको जोखिम उत्पन्न भएको छ । यससँगै अधिकारीहरूले दशौँ हजार बासिन्दालाई सुरक्षित स्थानतर्फ सारिरहेका छन् । नयाँदिल्लीले इस्लामाबादलाई सम्भावित सीमापार बाढीबारे अघिल्लो दिन नै सचेत गराएको थियो । यो सूचना हालका महिनामा दुई आणविक–सशस्त्र प्रतिद्वन्द्वीबीच भएको पहिलो सार्वजनिक कूटनीतिक… Continue reading भारतले पानी छोडेपछि पाकिस्तानमा ठूलो बाढीको जोखिम, हजारौँ विस्थापित
पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल
१० भदौ, काठमाडौं । पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालन गर्ने सम्बन्धी छलफल भएको छ । दुवै विमानस्थलबाट नियमित उडान गर्नेसम्बन्धी कार्ययोजनामा आज अर्थ मन्त्रालयमा छलफल भएको उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलको निजी सचिवालयले जनाएको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको भारबहन व्यवस्थापन तथा गौतमबुद्ध र पोखरा विमानस्थलमा नियमित उडानका उपाय पहिचान तदनुरुप गर्ने सन्दर्भमा… Continue reading पोखरा र गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न छलफल
राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीको रिहाइका लागि आवश्यक पहल गरिदिन जोर्डनका राजा अब्दुल्ला द्वितीयलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलले जोर्डनका राजालाई मङ्गलबार एक पत्र पठाउँदै जोशीको अवस्था पहिचान, सुरक्षित रिहाइ तथा स्वदेश फिर्तीका लागि यथाशक्य पहल गरिदिन सो आग्रह गरेका हुन् । उनले पत्रमा यस प्रयोजनका… Continue reading राष्ट्रपतिद्वारा विपिनको रिहाइका लागि जोर्डनका राजासँग आग्रह
भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता
१० भदौ, सिन्धुपाल्चोक । भोटेकोशी गाउँपालिका–४ हिन्दीमा आज बोलेरो दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । अरनिको राजमार्गअन्तर्गत हिन्दीमा दिउँसो करिब साढे ३ बजे तातोपानीबाट बाह्रबिसेतर्फ आउँदै गरेको बा२१च ७५४४ नम्बरको बोलेरो सडकबाट करिब २० मिटर तल भोटेकोशी नदीमा खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले जानकारी दिए । उनका अनुसार सर्लाही… Continue reading भोटेकोशीमा बोलेरो खस्यो : दुई बेपत्ता
वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो
१० भदौ, वीरगञ्ज । वीरगञ्जमा हैजाको आशङ्कामा १० बिरामीको नमूना परीक्षण गर्दा आठमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा रञ्जनराज भट्टले १० वटा नमूनामध्ये आठवटा नमूनामा हैजाको सङ्क्रमण पुष्टि भएको जानकारी दिए । “वीरगञ्जबाट हैजाका लक्षण देखापरेका बिरामीको दिसा सङ्कलन गरेर नमूना परीक्षण गर्न प्रयोगशालामा पठाइएको थियो”, उनले भने, “प्रयोगशालामा… Continue reading वीरगञ्जमा हैजा : १० नमूनामध्ये आठमा सङ्क्रमण भेट्टियो
अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
१० भदौ, मध्यविन्दु । यहाँका देवचुली नगरपालिका–६ मा सामान बोक्ने अटो दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । वडा नं ६ को टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नंंको अटो दुर्घटना हुँदा भारत मोतिहारी घर भएका ३५ वर्षीय रिजुवान खातुनको मृत्यु भएको हो ।… Continue reading अटो दुर्घटना हुँदा एकको मृत्यु, ११ घाइते
तीज रमझम तस्वीरमा
१० भदौ, काठमाडौं । आज हरितालिका तीज हिन्दुधर्मावलम्बीले उल्लासमय वातावरणमा मनाउँदैछन् । साथै शिवालयहरुमा महिला भक्तजनको भीड समेत लागेको छ । पशुपतिनाथसहितका शिव मन्दिरको माहोल तस्वीरमा यस्तो देखियो ।
वीरगञ्जमा ९३ जनामा देखियो हैजा
रासस१० भदौ, वीरगञ्ज । वीरगञ्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमतिको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगञ्जमा ९३ जना… Continue reading वीरगञ्जमा ९३ जनामा देखियो हैजा
कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना
१० भदौ, काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा पूर्वतर्फ सरदरभन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान र तराईका एकदुई स्थानमा मध्यम… Continue reading कोशी र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा मध्यम वर्षाको सम्भावना
तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति
१० भदौ, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले तीज पर्व भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकका रूपमा समेत रहेकाले यसको संरक्षण र प्रवद्र्धन गर्नु आवश्यक रहेको बताएका छन् । नेपाली हिन्दू महिलाको महान पर्व हरितालिका (तीज), २०८२ को अवसरमा शुभकामना सन्देश दिँदै उनले स्वदेश तथा विदेशमा रहनुभएका नेपाली महिला दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं धार्मिक,… Continue reading तीज भावनात्मक एकता, माया, करूणा र सृजनात्मकताको प्रतीकः राष्ट्रपति