काठमाडौँ, कात्तिक ७ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार सबै प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । शुक्रबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षारहिमपातको सम्भावना रहेको छ… Continue reading यस्तो छ आज नेपालभर मौसम पूर्वानुमान
Author: Vishwanews.com
गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो
बैङ्कक, कात्तिक ७ गते । सन् २०२३ अक्टोबर ७ मा इजरायलमा भएको आक्रमणमा मारिएका र गाजामा हमासद्वारा कब्जा गरिएका थाइ कृषि मजदुरको शव बिहीबार थाइल्यान्ड फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् । इजरायल र हमासबीच भएको युद्धविरामको सम्झौताका क्रममा सोन्थाया ओक्खराश्रीको अवशेष बिहीबार साँझ तेल अभिभबाट बैङ्ककको सुवर्णभूमि विमानस्थलमा आइपुगेको छ । इजरायली अधिकारीहरूले सोन्थायाको शव… Continue reading गाजामा हमासले बन्धक बनाएका थाइ नागरिकको शव स्वदेश ल्याइयो
कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
७ कात्तिक, बेलबारी। प्रदेशको पर्यटन विकास र प्रवर्द्धनका लागि कोशी प्रदेश सरकारले पर्यटन वर्ष २०८२ मनाइरहेको छ । छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट १५ लाख पर्यटक भित्र्याउने लक्ष्यसहित सुरु भएको पर्यटन वर्षको छ महिना पूरा गरिसकेको छ । भारतको बिहार घर भएका कमलेश शर्मा आफ्ना चार जनाको परिवारसहित एक सातादेखि नेपाल बसिरहेका छन् ।… Continue reading कोशी पर्यटन वर्ष : भारतीय पर्यटकको रोजाइमा पूर्वी पहाड
राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
६ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले बिहिबार राष्ट्रपति भवन शितलनिवासमा ११ बजेर ३९ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत… Continue reading राष्ट्रपति पौडेलबाट शुभसाईतमा बहिनीहरूबाट तिहारको टीका ग्रहण
भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर
६ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा पहिलो पटक रूसविरुद्ध महत्त्वपूर्ण प्रतिबन्धहरूको घोषणा गरेका छन्। राष्ट्रपति ट्रम्पले ओभल अफिसमा नेटोका महासचिव मार्क रुट्टेसँगको भेटका क्रममा यो घोषणा गरेका हुन्। प्रतिबन्धहरूले रूसका दुई ठूला तेल कम्पनीहरू रोस्नेफ्ट र लुकओइललाई निशाना बनाएको छ। युक्रेन युद्ध समाप्त गर्न रूसमाथि दबाब बढाउने उद्देश्यका साथ अमेरिकाद्वारा… Continue reading भारतले तेल खरीद गरिरहेका दुई रुसी कम्पनी माथि अमेरिकाले लगायो प्रतिवन्ध, नेपालसम्म पर्न सक्छ असर
अमेरिकी सेनाले महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?
६ कात्तिक, काठमाडौं । अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले प्रशान्त महासागरमा एक शङ्कास्पद लागुऔषध डुङ्गामा हमला गरेको जनाएको छ। बीबीसीका अनुसार, हमलामा दुई जनाको मृत्यु भएको छ। रक्षा मन्त्री पीट हेगसेथले घटनाको पुष्टि गरेका छन् । उनका अनुसार, अमेरिकी सेनालाई कुनै क्षति पुगेको छैन । हेगसेथका अनुसार, उक्त डुङ्गा अमेरिकी खुफिया एजेन्सीहरूको निगरानीमा थियो र… Continue reading अमेरिकी सेनाले महासागरमा हिडिँरहेका डुंगामा किन गरिरहेको छ आक्रमण ?
अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?
६ कात्तिक, काठमाडौं । नेपालसहित नेपाली र नेपाली भाषी रहेका विश्वका अन्य देशमा पनि भाइटीका मनाइँदै छ । अन्तर्राष्ट्रिय पञ्चांग निर्णय समितिले विश्वका विभिन्न देशका लागि भाइटीकाको उत्तम साइत निर्धारण गरेको छ । नेपालमा कात्तिक ६ गते अर्थात् अक्टुर २३ मा भाइटीकाको उत्तम साइत ११ बजेर ३९ मिनेटमा निर्धारण गरिए पनि भारतको दिल्लीमा २३ अक्टुबरमा… Continue reading अमेरिकासहित कुन देशमा कति बजे भाइटिकाको उत्तम साइत ?
आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे
५ कात्तिक, काठमाडौं । नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ पञ्चरंगी वा सप्तरंगी टीका लगाइदिँदै दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दछन् । दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाइदिएर दक्षिणा, उपहार आदि दिने चलन छ । दिदीबहिनीलाई पूजा गर्नाले ऐश्वर्य प्राप्त हुने… Continue reading आज भाइटीका मनाईदै, उत्तम साइत ११ः३९ बजे
दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस
५ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आफूलाई ‘लुसिफर’ भनिएकोप्रति आक्रोश पोखेका छन् । उनले आफूलाई आरोप लगाउनेहरू नै लुसिफर रहेको टिप्पणी गरेका छन् । बुधबार सामाजिक सञ्जालमा स्टाटस लेखेर प्रश्न गरेका छन्, ‘आन्दोलनमा पुरै देश एमालेले कांग्रेसको जलाउँछ, कांग्रेसले एमालेको जलाउँछ, दोष आफ्नो बालबच्चालाई दिन्छौ । चियाको टाइममा रगत पिएर अरुलाई लुसिफर… Continue reading दल र नेतालक्षित बालेनको आक्रोशित स्टाटस
मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु
५ कात्तिक, काठमाडौं । मूर्ति विसर्जन गर्ने क्रममा डुबेर बुधबार रुपन्देहीमा तीन जना युवाको मृत्यु भएको छ। गैडहवा गाउँपालिका वडा नम्बर ६ सूर्यपुराघाटमा मूर्ति सेलाउने क्रममा घटना भएको हो। मायादेवी गाउँपालिका वडा नम्बर–१ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको रुपन्देही प्रहरी प्रवक्ता सुरज कार्कीले जानकारी… Continue reading मूर्ति विसर्जन गर्ने क्रममा डुबेर रुपन्देहीमा तीन जनाको मृत्यु
थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा
बैङ्कक, कात्तिक ५ । थाइल्यान्डकी हालै पदच्युत पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले आफ्ना पिता, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राले स्थापना गरेको फेउ थाई पार्टी प्रमुखबाट बुधबार राजीनामा दिएकी छिन् । यो कदमले थाइल्यान्डमा दुई दशकदेखि प्रभावशाली रहँदै आएको सिनावात्रा परिवारको राजनीतिक वंश अन्त्यतर्फ सङ्केत गरेको राजनीतिक विश्लेषकले बताएका छन् । ३९ वर्षीया पेटोङटार्नले प्रधानमन्त्रीको रूपमा एक वर्ष… Continue reading थाइल्यान्डकी पूर्व प्रधानमन्त्री पेटोङटार्न सिनावात्राले दिइन् पार्टी नेतृत्वबाट राजीनामा
जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने
५ कात्तिक, टोकियो । जापानमा ‘एकीकृत नेपाली घरः बहु सांस्कृतिक केन्द्र’ निर्माणका लागि टोकियो सप्ताह हुने भएको छ । गैरआवासीय नेपाली सङ्घ राष्ट्रिय समन्वय परिषद् (एनआरएनए) जापानको आयोजना र जापानमा रहेका विभिन्न सङ्घ संस्थाको सहकार्यमा आगामी नोभेम्वर ८ देखि १५ तारिखसम्म ‘टोेकियो सप्ताह’ हुन लागेको हो । जापानको टोकियोस्थित शिन्ज्युकुमा हुन लागेको उक्त सप्ताहव्यापी महायज्ञमा… Continue reading जापानमा नेपाली बहु सांस्कृतिक केन्द्र निर्माणका लागि ‘टोकियो सप्ताह’ हुने
कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल
५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बुधबार कलाकारसँग सामूहिक छलफल गरेकी छिन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार दिउँसो प्रधानमन्त्री सुशीला कार्कीले कलाकारसँग छलफल गरेकी हुन् । प्रधानमन्त्रीसँगै गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा भएको छलफलमा नेपाली चलचित्र र संगीत क्षेत्रका कलाकारको उपस्थिति थियो । छलफलमा विजय बराल, कालीप्रसाद रिजाल, निश्चल बस्नेत, ऋचा शर्मा, बिपिन कार्कीलगायत… Continue reading कलाकार र प्रधानमन्त्रीबीच संयुक्त छलफल
आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?
५ कात्तिक, काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली दम्पतीले जेनजी आन्दोलनमा आगजनी गरिएको बालकोटस्थित आफ्नो घरको अवलोकन गरेका छन् । अध्यक्ष ओलीसँगै राधिका शाक्य, पोलिटब्युरो सदस्य महेश बस्नेतसहित नेता कार्यकर्ता सहभागि थिए । अवलोकनको क्रममा अध्यक्ष ओलीले राष्ट्रको नाममा गरिसकिएको घर जलाएर राष्ट्रको सम्पत्ति खरानी भएको बताए । उनले… Continue reading आन्दोलनमा जलाइएको बालकोटस्थित निवास पुगे ओली, के भने ?
राष्ट्रिय सभा अध्यक्ष जेनेभामा उच्चस्तरीय भेटघाटमा व्यस्त
५ कात्तिक, काठमाडौं । जेनेभामा जारी अन्तर व्यवस्थापिका संघको १५१ औँ महासभामा सहभागिताका लागि जेनेभामा रहेका राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले विभिन्न देशका संसदीय प्रतिनिधि मण्डलसँग द्विपक्षीय भेटवार्ता गरेका छन् । अध्यक्ष दाहालले महासभामा सहभागी हुन आएका संयुक्त अधिराज्य (बेलायत), जनवादी गणतन्त्र चीन र श्रीलङ्काका संसदीय प्रतिनिधि मण्डलसँग छुट्टाछुट्टै भेटवार्ता गरेका हुन् । अध्यक्ष दाहालले… Continue reading राष्ट्रिय सभा अध्यक्ष जेनेभामा उच्चस्तरीय भेटघाटमा व्यस्त
उत्तर कोरियाले गर्यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण
५ कात्तिक, काठमाडौं । उत्तर कोरियाले दक्षिण कोरियातर्फ ब्यालिस्टिक मिसाइल प्रक्षेपण गरेको छ । बुधबार बिहान उत्तर कोरियाले आफ्नो पूर्वी क्षेत्रमा मिसाइल प्रक्षेपण गरेको दक्षिण कोरियाको सेनाले जनाएको छ। दक्षिण कोरियामा हुन लागेको एशिया–प्रशान्त आर्थिक सहयोग (एपीईसी) शिखर सम्मेलनभन्दा एक साताअघि भएको हो मिसाइल प्रक्षेपण भएको हो । उक्त सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, अमेरिकाका… Continue reading उत्तर कोरियाले गर्यो दक्षिण कोरियातर्फ मिसाइल प्रक्षेपण
कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व
५ कात्तिक, काठमाडौं । नेपाल–चीन उत्तरी कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयले ३ अर्ब १ करोड ४४ लाख ३६ हजार रूपैयाँ राजस्व संकलन गरेको छ। यो चिनियाँ विद्युतीय कार आयात हुने मुख्य नाका हो। गत भदौ ३१ गते पूर्ण रूपले व्यापारिक मार्गका रुपमा सञ्चालनमा आएको कोरला नाकाबाट मुस्ताङ भन्सार कार्यालयले मंगलबारसम्म उक्त राजस्व संकलन गरेको जनाएको… Continue reading कोरला नाकाले उठायो ३ अर्ब बढी राजस्व
आजदेखि सुरु भयो नेपाल संवत् ११४६
५ कात्तिक, काठमाडौं । नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ ९इ सं ८८०० मा गरिब जनताको ऋणमोचन गरी नेपाल सम्वत्को सुरुवात् गराउनुभएको थियो । नेपाल सम्वत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय सम्वत्को मान्यता पाएको… Continue reading आजदेखि सुरु भयो नेपाल संवत् ११४६
नेवार समुदायले आज म्हः पूजा गर्दै
५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायमा म्हः (आत्म) पूजा गरिँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन नेवार समुदायका मानिसले आत्म (म्हः) पूजा पर्व मनाउने गर्दछन् । मानिसको आत्मा नै सबैभन्दा ठूलो र महत्वपूर्ण भएकाले आत्म पूजा गर्ने परम्परा शास्त्रीय भएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतम बताउँछन् । आत्म सन्तुष्ट… Continue reading नेवार समुदायले आज म्हः पूजा गर्दै
आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै
५ कात्तिक, काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदै छ ।गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले… Continue reading आज तिहारको ५ औं दिन, गाइ पूजा गरिँदै
प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त
५ कात्तिक, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार तत्काल नियन्त्रणमा लिन आवश्यक भएको बताएका छन् । बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएका महासचिव पोखरेलले त्यसपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्ने क्रममा यस्तो बताएका हुन् । सामाजिक सञ्जालमार्फत विभिन्न बुँदामा पार्टीको धारणा राख्दै उनले सरकारले राजनीतिक दलहरूसँग… Continue reading प्रधानमन्त्रीसँगको छलफलमा एमालेले राख्यो यस्तो शर्त
चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
५ कात्तिक, काठमाडौं । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । खैरहनी नगरपालिका–२ जनजोन टोलस्थित भित्रि सडकमा मंगलबार राति करिब साढे १२ बजे बागमती प्रदेश ०३–००५ प ४३०२ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीका अनुसार दुर्घटनामा घाइते भएका चालकको उपचारका क्रममा भरतपुर सरकारी अस्पतालमा मृत्यु भएको हो । अन्दाजी २२–२३ वर्ष… Continue reading चितवनमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल
५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी २१ फागुनका लागि तोकिएको निर्वाचनमा सहकार्य गर्न अपिल गरेकी छिन् । नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो अपिल गरेकी हुन् । नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध भएको बताउँदै उनले सचेत नागरिकको भूमिका निर्वाह गर्न समेत… Continue reading चुनावमा सहकार्य गर्न प्रधानमन्त्रीको अपिल
रोल्पामा वृद्ध मृत फेला
५ कात्तिक, काठमाडौं । रोल्पाको थबाङ गाउँपालिका–४ गुँरासेका एक वृद्ध मृत अवस्थामा फेला परेका छन् । ७९ वर्षीय देवसिंह घर्तीमगर झिम्रुक खोलामा मृत अवस्थामा फेला परेका हुन् । उनी मंगलबार बिहान ससुराली जान भन्दै गुँरासेबाट थबाङतर्फ हिँडेका थिए । स्थानीयले झिम्रुक खोलामा उनको शव फेला पारेको वडा नम्बर १ का अध्यक्ष हिरा प्रसाद बुढामगरले जानकारी… Continue reading रोल्पामा वृद्ध मृत फेला
राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि
४ कात्तिक, काठमाडौं । कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको अन्तिम श्रद्धाञ्जलीका लागि भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो । स्थानीय तहका जनप्रतिनिधि, नेता कार्यकर्ता, प्रमुख जिल्ला अधिकारी, सुरक्षाकर्मी स्थानीय, परिवारजन तथा शुभेच्छुकलगायतले दिवङ्गत विपिनप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।… Continue reading राष्ट्रिय सम्मानसहित महाकाली किनारमा गरियो विपिनको अन्त्येष्टि
जापानमा पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी नेत्री ताकाइची
४ कात्तिक, काठमाडौं । जापानको पुरुष–प्रधान राजनीतिमा दुर्लभ रूपमा शीर्ष स्थानमा पुगेकी अल्ट्रा रूढीवादी नेत्री साने ताकाइची देशको पहिलो महिला प्रधानमन्त्री बन्न सफल भएकी छिन् । ६४ वर्षीया ताकाइची जापानको युद्धपछिको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएको लिबरल डेमोक्रेटिक पार्टी (एलडिपी) की पहिलो महिला अध्यक्षसमेत हुन् । उनी पूर्वप्रधानमन्त्री सिन्जो आबेका नजिकका सहयोगी र उनकै… Continue reading जापानमा पहिलो महिला प्रधानमन्त्रीः पुरुषप्रधान राजनीतिमा उदाएकी नेत्री ताकाइची
जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा
४ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएका व्यक्तिको भैपरी खर्चबापत सरकारले ४८ लाख ५८ हजार रुपियाँ निकासा दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रारम्भिक प्रतिवेदनका आधारमा भैपरी खर्चबापत प्रत्येक घाइतेलाई २० हजार रुपियाँका दरले वितरण गर्न यो रकम पठाइएको हो। पहिलो चरणमा झापा, मोरङ, सुनसरी, काठमाडौँ, ललितपुर, कास्की, सुर्खेत, कैलाली र डडेलधुरामा रकम… Continue reading जेनजी आन्दोलनका घाइतेलाई ४८ लाख रुपियाँ भैपरी खर्च निकासा
प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सर्वदलीय बैठक जारी छ। सर्वदलीय बैठकमा विभिन्न राजनीतिक दलका दोस्रो तहका नेता सहभागी छन्। प्रधानमन्त्रीका मुख्य सल्लाहकार अजयभद्र खनालका अनुसार बैठकमा कांग्रेस, एमाले, माओवादीसहित राष्ट्रिय मान्यता प्राप्त दलका साथै निवर्तमान संसद्मा प्रतिनिधित्व गर्ने दलका नेता र प्रतिनिधि सहभागी छन् । दलसँगको आगामी चुनावका… Continue reading प्रधानमन्त्रीले दलहरुसँग गरिन् निर्वाचन लक्षित सर्वदलीय बैठक
प्रधानमन्त्री र जेन-जी आन्दोलनका घाइतेहरुबीच भेट, के भयो कुराकानी ?
४ कात्तिक, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलका घाइतेहरूसँग बालुवाटारमा ४ घण्टाभन्दा बढी समय छलफल गरेकी छन् । आज बिहान साढे १० बजे सुरु भएको छलफल केहीबेरअघि सकिएको छ। घाइतेहरूले सरकारलाई भ्रष्टाचारी र दमनकारीविरुद्ध कठोर ढंगले प्रस्तुत हुन सुझाव दिएका छन्। भ्रष्टाचारीमाथि कारबाही नभए सडकमा उत्रिएर अर्को आन्दोलन गर्ने चेतावनी पनि दिएका छन् ।… Continue reading प्रधानमन्त्री र जेन-जी आन्दोलनका घाइतेहरुबीच भेट, के भयो कुराकानी ?
२०२८ देखि इयूले रुसी तेल आयातमा पूर्ण रोक लगाउने
४ कात्तिक, काठमाडौं । युरोपेली संघ (इयु)ले रुसबाट इन्धन आयात बन्द गर्ने निर्णय गरेको छ । २०२८ को जनवरी १ देखि इयुले रूसबाट हुने सबै खाले इन्धन आयातमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो । सोमबार लक्जमबर्गमा आयोजित इयुका ऊर्जामन्त्रीहरूको बैठकमा उक्त निर्णय भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ । अलजजिराका अनुसार इयुका लगभग सबै… Continue reading २०२८ देखि इयूले रुसी तेल आयातमा पूर्ण रोक लगाउने