फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते

A rescuer operates at a site where a building collapsed and three people were reported missing in Bogo City on October 1, 2025, after a powerful 6.9 magnitude earthquake jolted the central Philippines, killing dozens on the island of Cebu with fears the toll could rise. The death toll from a powerful earthquake in the central Philippines rose above 50 on October 1, with injured patients overwhelming hospitals on the island of Cebu. (Photo by TED ALJIBE / AFP)

रासस\क्यूएनए (फिलिपिन्स) मनिला, १७ असोज । मध्य फिलिपिन्सको बोगो र सेबू सहरमा मङ्गलबार आएको ६.९ म्याग्निच्युडको सेबू भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ । नेसनल डिजास्टर रिस्क रिडक्सन एण्ड म्यानेजमेन्ट काउन्सिलले बिहीबार मध्य विसाया क्षेत्रमा उनीहरुको मृत्यु भएको र भूकम्पमा कम्तीमा २९४ जना घाइते भएको जनाएको छ । मध्य बिसायाका ५३ वटा गाउँमा… Continue reading फिलिपिन्स भूकम्पमा परी ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो, २९४ घाइते

रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

(Photo by Genya SAVILOV / AFP)

मस्को, १७ असोज (रासस\एएफपी)रुस र युक्रेनले बिहीबार १८५ युद्धबन्दीहरू साटासाट गरेको रुसको रक्षा मन्त्रालयले जनाएको छ । द्वन्द्व अन्त्य गर्ने सन्दर्भमा प्रगति नभएको भए पनि जारी रहेको विनिमयको श्रृंखलामा यो पछिल्लो हो । रक्षा मन्त्रालयले टेलिग्राममा युक्रेनले “१८५ रूसी सैनिकहरू फिर्ता गरेको“ बताएको छ, क्रमममा २० जना सर्वसाधारणलाई पनि रिहा गरिएको जनाइएको छ । युक्रेनी… Continue reading रूस र युक्रेनद्वारा १८५ जना युद्धबन्दीहरू साटासाट

यस्तो छ आजको मौसम पूर्वानुमान

१७ असोज, काठमाडौं । हाल देशभर मनसुनी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम विभाम, मौसम पूर्वामान महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली हुनेछ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही भू–भाग र मधेस प्रदेशलगायत पहाड र तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ… Continue reading यस्तो छ आजको मौसम पूर्वानुमान

पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

१६ असोज, पेरिस । रासस–एएफपी ।पेरिसका सबैले चिनेका अली अकबर अब ७३ वर्ष पुगेका छन् । उनी फ्रान्सेली राजधानीका अन्तिम समाचारपत्र हकर हुन् । उनी सेन्ट–जर्मन–डेस–प्रेसका क्याफेदेखि ल्याटिन क्वार्टरका गल्लीसम्म हरेक दिन समाचारपत्र बेच्दै हँसिला हेडलाइन चिच्याउँदै हिँड्छन् । ‘फ्रान्स राम्रो हुँदै गइरहेको छ ?’ वा ‘(एरिक) जेम्मुरले इस्लाम धर्म परिवर्तन गरे ?’ जस्ता रमाइला… Continue reading पेरिसका अन्तिम समाचारपत्र हकर अली अकबर : साहस र हास्यले भरिएको जीवनकथा

एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

वासिङ्टन, १६ असोज (रासस\एएफपी)विश्वकै सबैभन्दा धनी व्यक्ति एलन मस्कले इतिहासमा पहिलो पटक खर्बपति बन्ने सम्भावना बढाएको फोब्र्स पत्रिकाले रिपोर्ट गरेको छ । मस्क अहिले विश्वको पहिलो दुई अङ्कको खर्बपति बन्ने यात्राको करिब आधा चरणमा पुगेका छन् । टेस्ला र स्पेसएक्सका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मस्कको नेटवर्थ हालै पाँच खर्ब डलर नाघेको थियो । यद्यपि,… Continue reading एलन मस्क विश्वकै पहिलो दुई अङ्कको खर्बपति बन्दै

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

Rescuers search for survivors at Al Khoziny Islamic boarding school in Sidoarjo, East Java province on October 1, 2025, after the multi-storey school building collapsed two days earlier. Around 91 people are believed to be still trapped under the ruins of a collapsed school on Indonesia's main island of Java, National Disaster and Mitigation Agency spokesperson Abdul Muhari said. (Photo by Juni KRISWANTO / AFP)

१६ असोज, जाकार्ता । इन्डोनेसियाको मुख्य टापु जाभामा अवस्थित सिडोआरजो सहरको एक बहुतले इस्लामिक बोर्डिङ विद्यालय ढल्दा कम्तीमा ९१ जनाको ज्यान गएको छ । अधिकारीहरूका अनुसार अझै धेरै जना भग्नावशेषमुनि फसेको आशङ्का गरिएको छ र उद्धार टोलीहरू बाँचेका व्यक्तिहरूको खोजीमा अहोरात्र खटिएका छन् । स्थानीय प्रतिवेदनअनुसार उक्त विद्यालय सोमबार दिउँसो विद्यार्थीहरू प्रार्थनाका लागि भेला भएका… Continue reading इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी

नेपालमा दशैंको टीका रमझम, तस्वीर कथा

बडादसैँको दसौँ दिन बिहीबार विजय दशमीमा तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित ठुलाबडाको हातबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्दै। तस्बिरः मिला दरैरासस

आज हिन्दु धर्मावलम्बीले महान चाड विजयादशमीको टीका तथा ग्रहण गरिरहेका छन् । विजयादशमीको दिन मान्यजनबाट टीका तथा आर्शिवाद ग्रहण गर्ने प्रचलन रहेको छ । आज नेपालका विभिन्न स्थानमा दशैं उत्साव यस्तो देखियो….

झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

१६ असोज, बनियानी । बिर्तामोड नगरपालिका–६ स्थित गिरीबन्धु टी–स्टेट अगाडि आज बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका–११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका–२ का ४२ वर्षीय राजकुमार चौधरीको… Continue reading झापामा सवारी दुर्घटना, दुई जनाको मृत्यु–१३ घाइते

राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

१६ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११ः५३ को शुभ साइतमा टीका लगाएका छन् । राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लागाउनुभएको राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले राससलाई जानकारी दिइन् । त्यसपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेल तथा परिवारका अन्य सदस्यलाई टीका… Continue reading राष्ट्रपतिले पुरोहितबाट गरे दशैंको टीका ग्रहण

विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

१६ असोज, काठमाडौं । विजयादशमीमा टीका लगाइदिँदा यस्ता मन्त्रले आशीर्वाद दिने गरिन्छ– आयुद्रोणसुते श्रियं दशरथे शत्रुक्षयं राघवे ।ऐश्वर्यं नहुषे गतिश्च पवने मानं च दुर्योधने ।।शौर्यं शान्तनवे बलं हलधरे दानं च कुन्तीसुते ।विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायण ।। अर्थात् द्रोणाचार्यका छोरा अश्वत्थामाको जस्तो आयु होस्, अयोध्याका राजा दशरथको जस्तो श्री होस्, दशरथका छोरा रामको जस्तो… Continue reading विजयादशमीमा दिइने आशीर्वाद यस्तो छ

दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

१६ असोज, काठमाडौं । विजयादशमीको दिन आज चन्द्रमा मकर राशिमा रहेकाले टीका लगाइमाग्ने मानिस पूर्व फर्कनुपर्ने पाइएको छ । धर्मशास्त्रविद् एवं समितिका सदस्य प्रा डा देवमणि भट्टराईका अनुसार टीका लगाइ दिनेले भने पश्चिम फर्केर बस्नुपर्ने शास्त्रीय मान्यता छ । चन्द्रमालाई दाहिने र सम्मुख पार्दा शुभ हुने भएकाले यसो गर्नुपर्ने उनले बताए । टीका लगाइमाग्ने र… Continue reading दशैंको टिका लगाइ माग्ने पूर्व, लगाइदिने पश्चिम फर्कनुपर्ने

विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?

१६ असोज, काठमाडौं । आज नेपालीहरुको महान चाड बडा दशैंको महादशमी पर्व मनाइदैछ । पञ्चाङ्ग निर्णय समितिले सनातन हिन्दू धर्मावलम्बीहरूका लागि विजया दशमी २०८२ को टीका लगाउने साइत विभिन्न देशका स्थानीय समयअनुसार सार्वजनिक गरेको छ । शास्त्रीय मान्यतानुसार पर्वहरू स्थानीय तिथि र समयअनुसार मनाउनुपर्ने भएकाले, विभिन्न देशमा फरक–फरक समय तोकिएको समितिले जनाएको छ । नेपालमा… Continue reading विदेशमा हुने नेपालीलाई दशैंको उत्तम साइत कुन देशमा कति बजे ?

अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

तस्बिर : हरिराम भेटुवाल / रासस

१६ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ । जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा नेपाल कृषि अनुसन्धान परिषद् र राष्ट्रिय कृषि वातारवण अनुसन्धान केन्द्रले कृषि मौसम सल्लाह बुलेटिन जारी गर्दै भारी\अति भारी वर्षाको… Continue reading अबको केही दिन भीषण वर्षा : यात्रा नगर्न र धान नकाट्न सुझाव

आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

१६ असोज, काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । टीका लगाउने व्यक्ति पूर्व र लगाइदिने व्यक्ति पश्चिम फर्किनुपर्ने समितिले जनाएको छ । त्यसपछि घटस्थापनाका दिन स्थापना… Continue reading आज बडा दशैंको टिका, ११ः५३ मिनेटमा उत्तम साइत

फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

A rescuer operates at a site where a building collapsed and three people were reported missing in Bogo City on October 1, 2025, after a powerful 6.9 magnitude earthquake jolted the central Philippines, killing dozens on the island of Cebu with fears the toll could rise. The death toll from a powerful earthquake in the central Philippines rose above 50 on October 1, with injured patients overwhelming hospitals on the island of Cebu. (Photo by TED ALJIBE / AFP)

१५ असोज, मनिला । मध्य फिलिपिन्सको सेबु टापुमा गएको शक्तिशाली भूकम्पका कारण निधन हुनेहरूको सङ्ख्या बुधबारसम्म ६० पुगेको छ भने सयौँ घाइते भएका छन् । घाइतेहरूको भीडले अस्पतालहरू भरिएका कारण कतिपयलाई बाहिर निलो टेन्टमुनि उपचार गर्न बाध्य हुनुपरेको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजिएस)का अनुसार मङ्गलबार साँझ ९ः५९ बजे (१३ः५९ जिएमटी) सेबु प्रान्तको बोगो नजिकै… Continue reading फिलिपिन्सको सेबुमा ६.९ म्याग्निच्युडको भूकम्प, ६० जनाको निधन, सयौँ घाइते

छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

AP Photo/Evan Vucci)

१५ असोज, काठमाडौं । अमेरिकामा मध्यरात बजेसँगै कङ्ग्रेसले कोषसम्बन्धी अस्थायी उपाय पारित गर्न असफल भएपछि सङ्घीय सरकार आधिकारिक रूपमा बन्द भएको छ । ‘अब के हुन्छ भन्ने स्पष्ट छैन’ भनेर सिएनएनले उल्लेख गरेको छ । सन् २०१९ पछि यो पहिलो सरकारी बन्द हो। दुवै पार्टीका नेताहरू दोषारोपमा अडिग छन् । रिपब्लिकनहरूले हालको कोषलाई अझ सात… Continue reading छ वर्षपछि पहिलोपटक अमेरिकी सङ्घीय सरकार बन्द

प्रधानमन्त्री कार्कीले टीका नलगाउने

rss

१५ असोज, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपालीको महान् चाड बडादसैँका अवसरमा यसवर्ष टीका नलगाउने बताएकी छिन् । बडादसैँ हर्सोल्लासका साथ मनाउने पर्व भए पनि जेनजी पुस्ताको आन्दोलनका क्रममा युवाहरूले ज्यान गुमाउनु परेको दुःखद क्षण तथा धेरै घाइते भएको पीडा अझै ताजै भएकाले यस वर्ष टीका लगाउने कार्यक्रम नरहेको प्रधानमन्त्री कार्कीको प्रमुख स्वकीय सचिव आदर्शकुमार… Continue reading प्रधानमन्त्री कार्कीले टीका नलगाउने

सयपत्री फूलखेती विस्तार

१५ असोज, दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका–१ यान्चोकका महिलाहरुले सयपत्री फूलखेती विस्तार गरेका छन् । यहाँका महिला विगत तीन वर्षदेखि सयपत्री फूलखेतीमा रमाइरहेका छन् । पहिलो वर्ष २२ रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरेका महिलाले दोस्रो वर्ष ४० रोपनी क्षेत्रफलमा फूलखेती गरेका थिए । यस वर्ष त्यसलाई विस्तार गरी ५० रोपनी क्षेत्रफल पु¥याएको यान्चोकटार महिला लघु… Continue reading सयपत्री फूलखेती विस्तार

ढिस्कोले पुरिएर चार जनाको मृत्यु

१५ असोज, बरहथवा । जिल्लाको हरिपुवामा ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । हरिपुवा नगरपालिका–१ हर्दी खोला किनारमा माटो खन्ने क्रममा ढिस्कोले पुरिएर महोत्तरीको सोनमा गाउँपालिका–६, मगरथानाकी ६५ वर्षकी सायदा खातुन, छ वर्षकी सविवा खातुन, आठ वर्षका डिल्लु मन्सुर र नौ वर्षकी नर्गिस खातुनको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता बलिष्ठर… Continue reading ढिस्कोले पुरिएर चार जनाको मृत्यु

राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

१५ असोज, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आश्विन शुक्ल नवमीका अवसरमा राष्ट्रपति भवनमा आज नौ जना कन्याको पूजा गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार नक्सालस्थित बाल मन्दिरमा आश्रय लिएका कन्याको उनले पूजा गरेका हुन् । प्रत्येक वर्ष महानवमीका दिन राष्ट्रप्रमुखले नौ जना कन्याको पूजा गर्ने प्रचलन छ । त्यस अवसरमा प्रथम महिला सविता पौडेलले पनि… Continue reading राष्ट्रपतिले महानवमीमा गरे कन्या पूजा

यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

१५ असोज, काठमाडौं । दसैँका अवसर पारेर तीन नेपाली चलचित्र प्रदर्शन भएका छन् । फूलपाती अर्थात् असोज १३ गतेदेखि चलचित्र ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ नेपालभर प्रदर्शनमा आएका छन् । दसैँको बिदा भए पनि तीन वटै चलचित्रले घरेलु बजारमा अपेक्षाकृत व्यापार भने गर्न सकेका छैनन् । चलचित्र विकास बोर्डको ‘बक्सअफिस २ सिनेमा’ एपमा चलचित्र ‘बलिदान’… Continue reading यस्तो छ दसैँका अवसरमा प्रदर्शन भएका तीन चलचित्रको व्यापार

सुनसान प्रायः छ काठमाडौँ

तस्बिर : हरिराम भेटुवाल/रासस

१५ असोज, काठमाडौं । हाल काठमाडौँका सडक सुनसान प्रायः छन् । दसैँको आगमनसँगै राजधानी उपत्यकाबाट आआफ्नो जन्मस्थान जान सुरु भएको थियो । हिजोआज दैनिक सवारी चापमा करिब ४० देखि ५० प्रतिशतसम्म कमी आएको जनाइएको छ । उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीसाधनमा देखिने यात्रुको भीड कम हुँदै गएको छ । वर्षभरि रोजगारी, अध्ययन, व्यापार तथा अन्य… Continue reading सुनसान प्रायः छ काठमाडौँ

प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

१५ असोज, पाटन । दण्डहीनतालाई प्रोत्साहन र प्रतिशोधको राजनीति नगर्न नेपाली कांग्रेसले आग्रह गरेको छ । पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले मङ्गलबार प्रेस विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयबाट यही असोज ९ गते जारी गरिएको विज्ञप्ति र सोही विज्ञप्तिका आधारमा गरिएको परिपत्रले संविधानवाद, कानुनी राज्य र विधिको शासनमाथि प्रश्न उठाउने भन्दै पीडितलाई आतङ्कित गर्ने काम भएको… Continue reading प्रतिशोधको राजनीति नगर्न कांग्रेसको आग्रह

मनकामना केबलकार तीन दिन बन्द गरिने

१५ असोज, मुग्लिन । मनकामना केबलकार आजदेखि तीन दिन बन्द गरिने भएको छ । केबलकारका व्यवस्थापक उज्ज्वल शेरचनले आजदेखि १७ गतेसम्म केबलकार सेवा बन्द गरिने जानकारी दिए । असोज १८ गतेदेखि पुनःनियमित सेवा सञ्चालनमा आउने उनले बताए । गोरखाको सहिद लखन गाउँपालिकास्थित मनकामनामा अवस्थित मनकामना माई मन्दिर जाने दर्शनार्थीको सहजताका लागि मनकामना केबलकार सञ्चालन भइरहेको… Continue reading मनकामना केबलकार तीन दिन बन्द गरिने

तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

१४ असोज, काठमाडौं । युनिटी कप टि ट्वान्टी आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित भएको छ । संयुक्त अरब इमिरेट्सको शारजाह क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल १० विकेटले पराजित भएको हो । तीन खेलको उक्त सिरिजमा वेस्ट इण्डिजको यो पहिलो जित हो ।आजको तेस्रो खेलमा पराजित भए पनि नेपालले यस… Continue reading तेस्रो खेलमा नेपाल वेस्ट इण्डिजसँग पराजित, सिरिजमाथि कब्जा

महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

१५ असोज, मध्यविन्दु । यहाँको हुप्सेकोट गाउँपालिका–४ झ्यालबासमा सञ्चालित महिला नेतृत्वको एक सहकारीमार्फत ३५० वटा खसीबोका बिक्री गरिएको छ ।यहाँ सञ्चालित लेक–बेसी सामाजिक उद्यमी महिला सहकारी संस्थाले दसैँको अवसरमा ती खसीबोका बिक्री गरेको हो । गाउँपालिकामा रहेका किसानहरूले उत्पादन गरेका खसीबोका सङ्कलन गरी घटस्थापनाको दिनदेखि बिक्री सुरु गरिएकामा हालसम्म ३५० खसीबोका बिक्री गरिएको सहकारी संस्थाको… Continue reading महिला नेतृत्वको एक सहकारीमार्फत ३५० खसीबोका बिक्री

१७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

१५ असोज, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले असोज १७ गतेबाट मनसुन थ सक्रिय हुने जानकारी दिँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।विभागले मङ्गलबार राति दोस्रो दसैँ विशेष मौसम बुलेटिन जारी गरी बङ्गालको खाडीबाट विकसित भएको न्यून चापीय प्रणालीका कारण नेपालमा असोज १७ गतेबाट मनसुन थप सक्रिय भई देशका धेरै ठाउँमा वर्षा हुने जानकारी… Continue reading १७ असोजबाट मनसुन थप सक्रिय हुने, सावधानी अपनाउन अनुरोध

‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

१५ असोज, काठमाडौं । ड्युटीमा खटिएका प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गर्ने एक युवक पक्राउ परेका छन् । सडक सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाई दुव्र्यवहार गर्ने सिन्धुलीको घ्याङलेख गाउँपालिका– ५ का ३६ वर्षीय नेवाङ तामाङ्गलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । निजलाई काठमाडौँ महानगरपालिका१० बुद्धनगरबाट नियन्त्रणमा लिएको हो । ती युवकले प्रहरीलाई अपशब्द बोल्दै… Continue reading ‘ड्युटी’मा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

RSS

१५ असोज, भक्तपुर । भक्तपुरको ऐतिहासिक एवं धार्मिक आस्थाको केन्द्र तलेजु भवानीको मन्दिर आज बिहानैबाट दर्शनका लागि खुल्ला गरिएको छ । हरेक वर्ष महानवमीको दिन मात्र यो मन्दिर सबैका लागि खुल्ला गरिन्छ । महानवमीका दिन तलेजु भवानी प्रकट हुने जनविश्वासका कारण आज दिनभर यहाँ दर्शनार्थीहरूको घुइँचो लाग्ने गर्दछ । सत्रौँ शताब्दीमा राजा जयप्रकाश मल्लले तलेजु… Continue reading तलेजु मन्दिर खुल्लाः बिहानैदेखि दर्शनार्थी घुइँचो

यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित

१४ असोज, काठमाडौं । संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि लोकराज थापाले शान्ति, लोकतन्त्र र समावेशी सहभागितासहित विकासको बाटो अवलम्बन गरी नेपाल अघि बढिरहेको बताएका छन् । संयुक्तराज्य अमेरिकाको न्यूयोर्कमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ८०औँ अधिवेशनलाई सोमबार नेपालका तर्फबाट सम्बोधन गर्दै स्थायी प्रतिनिधि थापाले भने, “हाम्रो अघि बढ्ने एक मात्र सम्भावित बाटो भनेकै शान्ति, लोकतन्त्र… Continue reading यूनएन महासभामा नेपालको सम्बोधन : जेनजी आन्दोलनबारे विश्व समुदायलाई सूचित