नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

rss

प्रकाश सिलवाल–राससकाठमाडौँ, २७ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी स्थापनाको ७६औँ वर्ष पुग्दा कम्युनिष्ट आन्दोलनको प्रमुख पार्टीका रूपमा रहेको नेकपा (एमाले) विभिन्न आरोह अवरोहबीच ११औँ राष्ट्रिय महाधिवेशनसम्म आइपुगेको छ । नेपाल कम्युनिस्ट पार्टीको स्थापना पुष्पलाल श्रेष्ठको नेतृत्वमा विसं २००६ वैशाख १० गते भएको थियो । श्रेष्ठको नेतृत्वमा निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ… Continue reading नेकपा स्थापनादेखि एमालेको ११औँ महाधिवेशनसम्म

राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई

RSS

काठमाडौँ, २७ मङ्सिर । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल प्रिमियर लिग (एनपिएल) को विजेता टोली लुम्बिनी लायन्सलाई बधाई दिएका छन् । उनले आज सामाजिक सञ्जाल (फेसबुक)मार्फत विजेतालगायत सबैलाई बधाई दिएका हुन् । राष्ट्रपति पौडेलले भनेका छन्, “खेलप्रतिको लगाव, उत्साह र समर्पणका लागि विजेता, उपविजेतालगायत सम्पूर्ण टोलीलाई बधाई छ । साथै खेलाडी, प्रशिक्षक, आयोजक र खेलप्रेमी सबैलाई… Continue reading राष्ट्रपति र प्रधानमन्त्रीले दिए एनपिएल विजेतालाई बधाई

एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

काठमाडौँ, २७ मङ्सिर । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा यही मङ्सिर १ गतेदेखि सुरु भएको दोस्रो संस्करणको खेल आज लुम्बिनी लायन्सले उपाधि जितेसँगै सम्पन्न भएको छ । यसैबीच खेलाडीलाई प्रोत्साहनका लागि ‘एनपिएल नाइट’ आयोजना हुने भएको छ । ठमेलस्थित एलओडी क्लबमा आज राति ९ः०० बजेदेखि एनपिएलका विजेता टोलीका खेलाडीसहित अन्य आठ वटै टोलीका खेलाडीको सहभागितामा ‘एनपिएल… Continue reading एनपिएलका खेलाडीका लागि ‘एनपिएल नाइट’

लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित

कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय खेल मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो संस्करणअन्तर्गत शनिबार फाइनल खेलमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीचको प्रतिस्पर्धामा ब्याटिङ गर्दै लुम्बिनी लायन्सका खेलाडी । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, २७ मङ्सिरः लुम्बिनी लायन्सले सुदूरपश्चिम रोयल्सलाई पराजित गर्दै दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को उपाधि जितेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा आज भएको खेलमा लुम्बिनी लायन्सले गत संस्करणको उपविजेता सुदूरपश्चिम रोयल्सलाई छ विकेटले पराजित गर्दै उपाधि जितेको हो । सुदूरपश्चिम यसपट्क पनि उपविजेतामै रोकियो । पहिलो संस्करणको फाइन खेलमा सुदूरपश्चिम जनकपुर बोट्ल्ससँग… Continue reading लुम्बिनी लायन्सलाई एनपिएल दोस्रो संस्करणको उपाधि, सुदुरपश्चिम लगातार उपविजेतामा सिमित

विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : संयोजक प्रचण्ड

RSS

काँक्रेविहार (सुर्खेत), २७ मङ्सिर नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतका गल्तीबाट शिक्षा लिँदै आफूहरू एकीकृत पार्टी बनाउन अगाडि बढेको बताएका छन् । आज यहाँको वीरेन्द्रनगरमा भएको एकता सभालाई सम्बोधन गर्दै उहाँले अब नेता तथा कार्यकर्ताको उत्साहजनक सहभागितासहित एक नम्बर पार्टी बनाउन लाग्नुपर्ने र आज कर्णालीले देखाएको मायाले आफू उत्साहित भएको बताए । संयोजक… Continue reading विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ : संयोजक प्रचण्ड

एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

अध्यक्ष ओली भक्तपुर, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को भक्तपुरको सल्लाघारीमा भएको ११औँ राष्ट्रिय महाधिवेशनमा समारोहलाई सम्बोधन गर्नुुहुँदै पार्टी अध्यक्ष केपी शर्मा ओली । तस्बिरः रत्न श्रेष्ठ÷रासस

काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशलाई गलत दिशामा जान नदिने प्रतिबद्धता व्यक्त गरेका छन् । पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको भक्तपुरको सल्लाघारीमा आयोजित उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अनेक चुनौती र प्रहारलाई चिर्दै एमालेको पक्षमा जनलहर उर्लिएको बताए । एमाले कुनै राजनीतिक ‘स्टन्ट’ नगरी समृद्ध मुलुक बनाउने सङ्कल्पमा… Continue reading एमालेले देशलाई गलत दिशामा जान दिँदैन : अध्यक्ष ओली

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, कार्यक्रम सुरु हुने तयारी

RSS

भक्तपुर, २७ मङ्सिरः सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशनमा सहभागी हुन बिहानैदेखि विभिन्न जिल्लाबाट आएका नेता, महाधिवेशन प्रतिनिधि एवं कार्यकर्ताको भीड लागेको छ । विभिन्न जिल्लाबाट बस रिर्जभ गरी रात्रिको समयमा आएका प्रतिनिधि एवं कार्यकर्ताको उद्घाटनस्थलको गेट बाहिर भीड लागेको हो । महाधिवेशनका लागि निर्माण… Continue reading एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड, कार्यक्रम सुरु हुने तयारी

एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

दमौली (तनहुँ), २७ मङ्सिर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने अलपत्र घुमाउने पुलको आज निरीक्षण गर्र्दै मन्त्री घिसिङले एक महिनाभित्र काम सुरु गर्न निर्माण व्यवसायीलाई निर्देशन दिए ।मन्त्री घिसिङले लामो समयदेखि अलपत्र पुलको… Continue reading एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोडिनेछ : मन्त्री घिसिङ

हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

file

बेलबारी (मोरङ), २७ मङ्सिर । हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैचामा एक जनाको मृत्यु भएको छ । सुन्दरहरैचा नगरपालिका–१२ बिराटचोकका ६० वर्षीय भवकृष्ण घिमिरेको घटनस्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरिक्षक राजिव गिरीका अनुसार घिमिरे दूध बिक्रीका लागि स्थानीय डेरीमा जाने क्रममा जङ्गली हात्तीको आक्रमणमा परेका हुन् । आज बिहान… Continue reading हात्तीको आक्रमणबाट मोरङमा एक जनाको मृत्यु

यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

काठमाडौँ, २७ मङ्सिर । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी एसिसी पुरुष यु–१९ एसिया कपमा आज नेपालले श्रीलङ्कासँग खेल्दैछ । उक्त खेल द सेभेन्स रङ्गशाला, दुबईमा बिहान १०ः४५ बजे सुरु हुनेछ । नेपाल सुखद सुरूआत गर्ने लक्ष्यमा छ । नेपालले दोस्रो खेल मङ्सिर २९ गते बङ्गलादेशसँग र तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने छ… Continue reading यु–१९ एसिया कप : नेपालले पहिलो खेलमा श्रीलङ्कासँग खेल्दै

एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

RSS

काठमाडौँ, २७ मङ्सिर । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनल खेल आज हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ३ः३० बजे सुरु हुने फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स भिड्नेछन् । सुदूरपश्चिमले पहिलो क्वालिफायरमा विराटनगरलाई ७७ रनले हराउँदै उपाधिनजिक पुगेको हो । लुम्बिनीले पनि दोस्रो क्वालिफायरमा विराटनगरलाई… Continue reading एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै

अमेरिकी डलरको मूल्य पुनः कीर्तिमानी विन्दुमा

काठमाडौँ, २७ मङ्सिरः नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको भाऊ हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९७ पैसा निर्धारण गरिएको छ । यसैगरी युरोपियन युरो एकको खरिददर १६९ रुपैयाँ २४… Continue reading अमेरिकी डलरको मूल्य पुनः कीर्तिमानी विन्दुमा

निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

काठमाडौँ, २७ मङ्सिरः आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फ सहभागी राजनीतिक दललाई निर्वाचन आयोगले चुनाव चिन्ह प्रदान गरेको छ । आयोगले शुक्रबार ती राजनीतिक दल दर्ता भएको र चुनाव चिन्हसमेत उपलब्ध गराएको हो । सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईका अनुसार यही मङ्सिर २१, २२ र २३ गते तीन दिनको… Continue reading निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान

एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

काठमाडौँ, २७ मङ्सिरः नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुल्ला चौरमा हुन लागेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको र उद्घाटन सत्रमा देशभरबाट करिब तीन लाख सहभागी हुने जानकारी दिए । उद्घाटन समारोहमा नेपालको एकताको प्रतीकका रूपमा… Continue reading एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै

थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

Displaced residents rest at an evacuation center at Chang International Circuit in the Thai border province of Buriram on December 12, 2025. (Photo by Lillian SUWANRUMPHA / AFP)

बैङ्कक, २७ मङ्सिर (रासस–एएफपी) । थाइल्याण्डका प्रधानमन्त्री अनुटिन चार्नवीराकुलले शुक्रबार संसद् विघटन गरेर आगामी वर्ष प्रारम्भमा हुने आम निर्वाचनको मार्ग प्रशस्त गरेका छन् । उक्त कदम छिमेकी क्याम्बोडियासँग जारी सीमा विवादको बीचमा जनताको सुरक्षालाई ध्यानमा राख्दै लिइएको निर्णय हो । सरकारी राजपत्रमा प्रकाशित सूचनामा सरकारले विभिन्न चुनौतीहरूको सामना गरिरहेको र स्थिर तथा प्रभावकारी रूपमा प्रशासन… Continue reading थाइल्याण्डमा संसद् विघटन, आगामी आम निर्वाचनको मार्ग प्रशस्त

सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

File : In this photo provided by the Ukrainian Presidential Press Office, Ukraine's President Volodymyr Zelenskyy, right, and President Donald Trump, talk as they attend the funeral of Pope Francis in Vatican, Saturday, April 26, 2025.(Ukrainian Presidential Press Office via AP)

किएभ, २७ मङ्सिर (रासस–एएफपी) । रुससँगको युद्ध अन्त्य गर्ने अमेरिकी पछिल्लो योजनाअन्तर्गत युक्रेन सन् २०२७ जनवरीको सुरुमै युरोपेली संघमा सामेल हुन सक्ने यस विषयमा जानकार एक वरिष्ठ स्रोतले शुक्रबार एएफपीलाई बताएको छ। इयू प्रवेश प्रक्रियाको जटिल प्रक्रियाले सामान्यतया वर्षौं लिन्छ र समूहका सबै २७ सदस्यहरूको सर्वसम्मत मत आवश्यक पर्दछ । केही देशहरू र विशेष गरी… Continue reading सन् २०२७ मा युक्रेनलाई युरोपेली सङ्घमा सामेल गर्ने अमेरिकी प्रस्ताव

एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

काठमाडौँ, २७ मङ्सिरः नेपालका पारा टेबलटेनिस खेलाडी स्वीकृत न्यौपानेले युनाइटेड अरब इमिरेट्स (युएई) को दुबईमा भइरहेको एसियन युथ पारा गेम्समा रजत पदक प्राप्त गरेका छन् । उनले टेबलटेनिस यु–२३ पुरुष एकल (क्लास ७) तर्फ उक्त पदक प्राप्त गरेका हुन् । बिहीबार भएको फाइनल खेलमा न्यौपाने चाइनिज ताइपेइका खेलाडी रेन तिङ ह्वाङसँग ३–२ सेटमा पराजित भए… Continue reading एसियन युथ पारा गेम्सः नेपाललाई टेबलटेनिसमा रजत पदक

आगामी निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

काठमाडौँ, २७ मङ्सिर । सशस्त्र प्रहरी बल नेपालले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन अन्य सुरक्षा निकायसँग समन्वयात्मक रुपमा परिचालित हुने तयारी गरेको छ । आगामी फागुन २१ गते हुने आमनिर्वाचनलाई सफल बनाउन भरपर्दो सुरक्षा व्यवस्था प्रदान गर्ने नीतिअनुरुप ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार परिचालित हुने तयारी… Continue reading आगामी निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने

एमाले ११औँ महाधिवेशनको तयारी पूरा

RSS

भक्तपुर, २६ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औँ महाधिवेशनको तयारी पूरा भएको छ । महाधिवेशन उद्घाटनस्थल भक्तपुरको सल्लाघामा आज एमाले प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा महाधिवेशनको तयारी पूरा भएको जानकारी गराएको हो । विभागका संयोजक राजेन्द्र गौतमले महाधिवेशनको उद्घाटनको तयारी पूरा भएको जानकारी दिँदै पार्टीको सचिवालयको अन्तिम बैठक पार्टी कार्यालय च्यासलमा… Continue reading एमाले ११औँ महाधिवेशनको तयारी पूरा

जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त वन मन्त्री चौलागाईँ

नवनियुक्त वन तथा वातावरण मन्त्री माधव चौलागाईं शुक्रबार मन्त्रालयमा पदभार सम्हाल्नुहुँदै । तस्बिरः हरिराम भेटुवाल/रासस

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईँले जेनजी आन्दोलनको म्याण्डेट र भावनाअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । मन्त्रालयमा पदवहालीका क्रममा आज उहाँले जेनजी आन्दोलनको मर्म र भावनाअनुसार काम गर्नका लागि मन्त्रालयको सङ्गठन र व्यवस्थापन कार्यान्वयन गर्ने आफूले पहिलो निर्णय गरेको जानकारी गराए । मन्त्रिपरिषद्मा कर्णालीको भावना सम्बोधन गर्नेगरी काम गर्ने… Continue reading जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त वन मन्त्री चौलागाईँ

नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले आफ्नो योग्यता र क्षमताअनुसार मुलुकको द्वन्द्व व्यवस्थापन गर्न सक्रिय हुने बताएका छन् । आज राष्ट्रपति रामचन्द्र पौडेलबाट पदको शपथग्रहण गरेपश्चात मन्त्री भण्डारी सिंहदरबारस्थित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पदबहाली गरेका छन् । पदवहालीपश्चात पत्रकारमाझ उहाँले सरकारको कार्यावधि निकै छोटो भए पनि एक… Continue reading नवनियुक्त श्रममन्त्री भण्डारीको प्रतिवद्धता : द्वन्द्व व्यवस्थापनमा सघाउँछु

नवनियुक्त भूमिमन्त्री भन्छन् : बाँझो जमिन उपयोग बढाउँछु

नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री कुमारसिंह इङ्नाम आज मन्त्रालयमा पदभार सम्हाल्नु हुँदै । तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्राडा कुमार इङ्नामले सिंहदरबास्थित मन्त्रालयमा पद वहाली गरेका छन् । उनलाई मन्त्रालयका सचिव मदन भुजेललगायत उच्चपदस्थ कर्मचारीले स्वागत गरे । पदवहालीपछि सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै मन्त्री इङ्नामले बाँझो जमिनको अधिकतम उपयोग गर्नुपर्छ भने । “नेपालको जमिन उर्बर छन्, भूउपयोग कमजोर छ, कृषिमा धेरै नेपाली… Continue reading नवनियुक्त भूमिमन्त्री भन्छन् : बाँझो जमिन उपयोग बढाउँछु

महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्बा श्रेष्ठ शुक्रबार मन्त्रालयमा कार्यभार सम्हाल्नुहुँदै । तस्बिर: रत्न श्रेष्ठ/रासस

काठमाडौँ, २६ मङ्सिर । नवनियुक्त महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले आज पदभार ग्रहण गरेकी छिन् । उनले राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित सभामा पद तथा गोपनीयताको शपथग्रहण गरेसँगै सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री श्रेष्ठले सार्वजनिक निकायको नीति, कार्यक्रम, संरचना, निर्णय प्रक्रिया तथा कार्य वातावरणलाई लैङ्गिक दृष्टिले परीक्षण… Continue reading महिलामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण

पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

तानसेन (पाल्पा), २६ मङ्सिर । पाल्पाको निस्दी गाउँपालिका–४ चिउरीवासमा भएको जिप दुर्घटनामा मृत्यु भएका तीन जनामध्ये दुई जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक होमप्रकाश चौधरीका अनुसार मृतक निस्दी गाउँपालिका–७ हुवासकी ३६ वर्षीया हेमकुमारी सारु, सोही गाउँपालिका–४ ठोक्सिङवासकी ४५ वर्षीया ओम कुमारी खाँम्चाको सनाखत भएको हो । अर्को एक… Continue reading पाल्पामा जिप दुर्घटना : तीन जनाको मृत्यु

मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ

नवनियुक्त मन्त्रीहरुलाई शपथ काठमाडौँ, २६ मङ्सिरः राष्ट्रपति रामचन्द्र पौडेल राष्ट्रपति भवन शीतलनिवासमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमारसिंह इङ्नाम, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री श्रद्धा श्रेष्ठलाई पद तथा गोपनीयताको शपथ गराउनुहुँदै । तस्बिर सौजन्यः राष्ट्रपतिको सचिवालय÷रासस

काठमाडौँ, २६ मङ्सिर ः नवनियुक्त चार मन्त्रीहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति कार्यालयमा आज आयोजित विशेष समारोहमा नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री कुमार इङ्नाम, श्रम, रोजगार तथा तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी, वन तथा वातावरणमन्त्री माधव चौलागाईं र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठलाई सपथ… Continue reading मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ

पाहुना पर्खाइमा ‘मुदीगाउँ’

राससम्याग्दी, २६ मङ्सिर । पृष्ठभूमिमा गुर्जा र धवलागिरि हिमाल । भिरालो पाखामा गुजमुज्ज ढुङ्गे घरहरू । ग्रामीण जीवनशैली । हिउँदमा बेँसी र बर्खामा लेक जाने पशुका घुम्ती गोठहरू । चिटिक्क परेका गल्लीहरू । कर्नासेमा मकैको झोता झुण्ड्याएका घरहरू । म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्ने मुदीगाउँ रमणीय र मनमोहक छ । मगर समुदायको बाहुल्य बसोबास रहेको… Continue reading पाहुना पर्खाइमा ‘मुदीगाउँ’

सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ

रमेश लम्साल–रासस काठमाडौँ, २६ मङ्सिर । भनिन्छ नि एउटा उद्योगले कम्तीमा १० वटा विकासको बाटो खोल्छ । बेरोजगारलाई रोजगारी, राज्यलाई कर तथा स्थानीयलाई अनेकन लाभ । एउटा उद्योग स्थापनापछि राज्यले करमात्रै होइन, ठूलो धनराशि लगानी गर्नुपर्ने विद्युतीय सबस्टेसनको लाभसमेत पाएको छ । त्यो हो धादिङको मलेखुमा निर्माण भएको १३२ केभी क्षमताको सबस्टेसन । प्रक्रिया निकै… Continue reading सबस्टेसन निर्माणपछि हुरीबतास चल्नेबित्तिकै बिजुली जाने समस्याबाट मुक्त हुँदै धादिङ

डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता

बेइजिङ, २६ मङ्सिर (रासस–सिन्ह्वा) । चीनले सन् २०२६ का लागि आर्थिक लक्ष्य र नीति निर्धारण गर्न वार्षिक केन्द्रीय आर्थिक कार्य सम्मेलन बुधबार र बिहीबार बेइजिङमा सम्पन्न गरेको छ । सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सन् २०२५ को आर्थिक कामको समीक्षा गर्दै हालको आर्थिक अवस्थाको विश्लेषण गर्नुभयो, र आगामी वर्षका लागि कार्यदिशा प्रस्तुत गर्नुभयो । सम्मेलनले… Continue reading डिजिटल अर्थतन्त्र र प्रविधि नवप्रवर्तनलाई चीनको १५औँ पञ्चवर्षीय योजनामा प्राथमिकता

आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

काठमाडौँ, २६ मङ्सिर । दुबईमा जारी आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा नेपाली बक्सर चन्द्रबहादुर थापा मगरले काँस्य पदक जित्दै इतिहास रचेका छन् । सेमिफाइनलमा उनी काजकस्तानका खेलाडीसँग ५–० ले पराजित भए । पुरस्कारवापत बक्सर थापाले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । चन्द्रले राउन्ड ३२ मा इन्डोनेसियाका बस्तर माशिहोर योगुने… Continue reading आइबिए पुरुष विश्व बक्सिङ प्रतियोगितामा बक्सर चन्द्रलाई काँस्य

एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण

राससम्याग्दी, २६ मङ्सिरः म्याग्दीको बेनी नगरपालिका–८ गणेशटोलमा १०० वर्ष पुरानो ऐतिहासिक गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण भएको छ । सरकारी निकायको अनुदानको तुलनामा समुदायले दोब्बर बढी सहयोग जुटाएर ऐतिहासिक महत्वको मन्दिर पुनर्निर्माण गरेका हुन् । पुनर्निर्माणपछि मन्दिर आकर्षक देखिएको छ । बेनी नगरपालिका–८ का वडाध्यक्ष उत्तम कर्माचार्यले विसं १९३० को दशकमा स्थापना र १९८०… Continue reading एक सय वर्ष पुरानो बेनीको गणेश मन्दिरमा पित्तलको छानो राखेर पुनर्निर्माण