काठमाडौं । कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ । कोरोना भाइरसका कारण हालसम्म विश्वमा ११ लाख २ हजार ८४४ जनाको मृत्यु भएको छ भने ३ करोड ९१ लाख ५८ हजार १०१ जनालाई कोरोना संक्रमण भएको छ । त्यस्तै २ करोड ९३ लाख ७५ हजार ९३० जना कोरोना संक्रमण मुक्त भएका छन् भने… Continue reading अमेरिकामा अगस्ट १ यताकै धेरै कोरोना संक्रमित फेला
Author: Vishwanews.com
सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ बाँडफाँड भएको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलको कार्यालयमा भएको भएको हो । आईपीओ बाँडफाँड कार्यक्रम फेसबुक लाइभबाट समेत प्रसारण गरिएको थियो । बाँडफाँडमा ५ लाख ९० हजार ५८५ जना आवेदकको हात खाली भएको छ। कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३… Continue reading सानिमा जनरल इन्स्योरेन्सको आइपीओ बाँडफाँड, ५ लाख ९० आवेदकको हात खाली
कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने
काठमाडौं । लोकसेवा आयोगले उत्तरपुस्तिकाबाट कोरोना भाइरस सर्ने भन्दै संक्रमित परीक्षार्थीले परिक्षामा भाग लिन नपाउने निर्णय गरेको थियो । यो निर्णय खारेज गर्न र सुरक्षित तरिकाले जाँच दिन पाउनु पर्ने माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले संक्रमितको पक्षमा अन्तरिम आदेश जारी गरेको छ । महामारीको अवस्थामा थुप्रै परीक्षार्थी प्रतिस्पर्धाबाट बञ्चित हुने… Continue reading कोरोना संक्रमितलाई लोकसेवाले परीक्षामा रोक लगाउन नपाउने
बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
काठमाडौं । मध्यबानेश्वरमा दिउँदै बैंकको सुरक्षामा खटिएका गार्डमाथि खुकुरी प्रहार भएको छ । गाडीले आफ्नो सुरक्षाका लागि भिरेको खुकुरी खोसेर एक जनाले गाडी माथि नै प्रहार गरेका हुन् । प्रहरीका अनुसार ग्लोबल आईएमई बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार भएको हो । बैंकमा पुगेका एक सेवाग्राहीले लाइन लाग्ने विषयमा भएको विवादपछि सुरक्षा गार्ड रुद्रबहादुर मगरमाथि खुकुरी… Continue reading बानेश्वरमा बैंकका सुरक्षा गार्डमाथि खुकुरी प्रहार
नेपालमा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु
काठमाडौं । नेपालमा एकै दिन १९ जना कोरोना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट देशभर १९ जनाको मृत्यु भएको हो । यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ६ सय ९४ पुगेको छ । सोमबार देशभर कोरोना संक्रमणबाट ९ जना र आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको… Continue reading नेपालमा कोरोना संक्रमणबाट एकैदिन १९ जनाको मृत्यु
काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १९३५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १६९३, ललितपुरमा १०८ र भक्तपुरमा १३४ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १६ हजार ५९८ जनाको पीसीआर परीक्षणमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ पुगेको छ। पछिल्लो २४ घण्टामा ३५६४ जना कोरोना संक्रमण… Continue reading नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ जना डिस्चार्ज
काठमाडौं सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते
काठमाडौं । काठमाडौंको सोह्रखुट्टे (नयाँबजार)मा ग्यास सिलिण्डर विस्फोट भएको छ । यस घटनामा ११ जना घाइते भएको प्रहरीले जनाएको छ । स्थानीय नीलकुमारी क्षेत्रीको तीन तले घरको पहिलो तलामा ग्यास सिलिण्डर विस्फोट भएको प्रहरीको भनाई छ । घाइतेहरुको उपचार जारी रहेको छ । विस्फोटपछि घरमा आगलागीसमेत भएको र आगलागी भने नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ… Continue reading काठमाडौं सोह्रखुट्टेमा ग्यास सिलिण्डर विस्फोट, ११ घाइते
तीन मन्त्रीले लिए सपथ, पदभार समेत ग्रहण
काठमाडौं । बुधबार मात्र नियुक्त भएका तीन जना मन्त्रीले पद तथा गोपनीयताको सपथ लिएका छन् । नवनियुक्त अर्थमन्त्री विष्णु पौडेल, सहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठले पद तथा गोपनीयताको सपथ लिएका हुन् । बिहीबार बिहान राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट नवनियुक्त मन्त्रीलाई सपथ खुवाइएको हो… Continue reading तीन मन्त्रीले लिए सपथ, पदभार समेत ग्रहण
यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध
काठमाडौं । यूरोपमा कोरोना भाइरसको महामारीले पुनः फैलावट लिन थालेको छ । यससँगै विभिन्न मुलुकले प्रतिवन्ध र कर्फ्यु शुरु गरेका छन् । फ्रान्सले कोरोना संक्रमण नियन्त्रणका लागि राजधानी पेरिससहित ९ वटा शहरमा कर्फ्यु लगाएको छ। संक्रमण बढ्दै गएपछि राति ९ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाइएको राष्ट्रपति इम्यानुएल म्याक्रोले घोषणा गरेका छन् । उनका अनुसार… Continue reading यूरोपमा पुनः बढ्न थाल्यो संक्रमण, विभिन्न मुलुकमा प्रतिवन्ध
नवनियुक्त मन्त्रीको सपथ र पदभार ग्रहण आज
काठमाडौं । नेपाल सरकारका नवनियुक्त मन्त्रीको सथप तथा पदभार ग्रहण आजै हुने भएको छ । आज साढे ११ बजे तीन जना मन्त्रीलाई राष्ट्रपति कार्यालयमा पद तथा गोपनीयताको सपथ ग्रहण कार्यक्रम राखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ गरेको मन्त्रिमण्डल हेरफेरमा तीन जना नयाँ मन्त्री आएका छन् । महासचिव बिष्णु पौडेललाई अर्थ, काठमाडौंका सांसद… Continue reading नवनियुक्त मन्त्रीको सपथ र पदभार ग्रहण आज
आइपीएलमा दिल्लीको निरन्तर जित
दुबई । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले आफ्नो विजयी यात्रा कायम राखेको छ । बुधबार राती सम्पन्न खेलमा दिल्लीले राजस्थान रोयल्सलाई १३ रनले हराएको हो । आइपीएलमा अब दोस्रो राउण्डका खेलहरु शुरु भएका छन् । पहिले ब्याटिङ गरेको दिल्लीले निर्धारित २० ओभरमा १६१ रन मात्र जोडको थियो । मध्यम योगफललाई राजस्थानले भेटाउन सकेन… Continue reading आइपीएलमा दिल्लीको निरन्तर जित
विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै
काठमाडौं । दुई मुलुकबीच सीमा विवाद चर्केको समयमा विवादित अभिव्यक्ति दिएका भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरभाने नेपाल भ्रमणमा आउने भएका छन् । उनी आगामी महिना नेपाल भ्रमणमा आउने तय भएको नेपाली सेनाले जनाएको छ । दुई मुलुकबीचको विवाद उत्कर्षमा रहेका बेला हुने लागेको यो उच्च तहको भ्रमण समेत हो । भारतीय सेना प्रमुखलाई नेपाली सेनाको… Continue reading विवादित भारतीय सेनाध्यक्ष नेपाल भ्रमणमा आउँदै
बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण
काठमाडौं । बहराइनका राजकुमारसहितको टोलीले आज नेपालको ८ हजार मिटरभन्दा अग्लो हिमाल गोरखास्थित मनास्लुको सफल आरोहण गरेको छ । कुल १८ जना मध्ये १४ जना आराही बिहान करीव ७ बजे चुचुरोमा पुगेको पर्यटन विभागले जनाएको छ । विभागकी निर्देशक मिरा आचार्यले फेसबुकमार्फत यसको पुष्टी गरेकी छिन् । मनास्लु आधार शिविरमा रहेका सरकारी सम्पर्क अधिकृतलाई उदृत… Continue reading बहराइन रोयल फोर्सबाट मनास्लु हिमाल सफल आरोहण
विष्णु पौडेल बने अर्थमन्त्री
काठमाडौं । नेकपा महासचिव विष्णु पौडेल अर्थ मन्त्री बनेका छन् । डा. युवराज खतिवडाको बहिर्गमनसँगै अर्थ मन्त्रालयमा उनको ढोका खुलेको हो । करीव साढे दुई महिना लामो रिक्ततापछि अर्थमन्त्रालयले नेतृत्व पाएको हो । विष्णु पौडेल दोस्रो पटक अर्थमन्त्री बनेका छन् । पहिलो कार्यकाल अर्थतन्त्रको आधारभुत विषयवस्तु बुझेका कारण दोस्रो कार्यकाल उनका लागि सहज हुने अनुमान… Continue reading विष्णु पौडेल बने अर्थमन्त्री
इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसियो
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपप्रधानमन्त्री इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसेका छन् । उक्त मन्त्रालय प्रधानमन्त्री स्वयमःले राखेर पोखरेललाई भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय हेर्ने गरी जिम्मेवारी तोकिएको छ । पहिलो पटक मन्त्रिपरिषद्मा यस प्रकारको संरचना देखिएको हो । राष्ट्रपति कार्यालयले बुधबार साँझ विज्ञप्तिमार्फत प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रीहरुको नियुक्ति, हेरफेर र कार्यविभाजन… Continue reading इश्वर पोखरेलको विभागीय मन्त्रालय खोसियो
कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १२ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ६७५ पुगेको छ।
कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने
काठमाडौं । कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए कोरोनाको परीक्षण र उपचार खर्च स्वयंले नै व्यहोर्नु पर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले कोरोना प्रयोगशाला परीक्षण निर्देशकाको पाँचौँ पटक परिमार्जन गर्दै बीमा गरेका व्यक्तिको परिक्षण शुल्क बिमा रकमबाट कटिने व्यवस्था गरिएको जानकारी दिए। कोरोना भाइरस संक्रमणको परीक्षणदेखि उपचारसम्म सरकारले नै निःशुल्क… Continue reading कोरोना बीमा गरेका व्यक्तिमा संक्रमण भए परीक्षण र उपचार खर्च सरकारले नव्यहोर्ने
काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा १४०३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ९९६, ललितपुरमा ३०५ र भक्तपुरमा १०२ जनालाई कोरोना संक्रमण देखिएको छ।
नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २६३८जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १३ हजार ९४७ जनाको पीसीआर परीक्षणमा थप २६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा २१७४… Continue reading नेपालमा थप २६३८ जनालाई कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या ३६,३६७ पुग्यो
नेपालमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
तनहुँ । तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् । तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते… Continue reading नेपालमा कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
कात्तिक ७ भित्र क्लिनफिड लागू गर्न मन्त्रालयको निर्देशन, अटेर गरे च्यानल बन्द गर्ने चेतावनी
काठमाडौं । सरकारले कात्तिक ७ गते भित्र विज्ञापनरहित प्रसारण गर्न नेपाल केवल टेलिभिजन महासंघ लगायतका संघ संस्थाहरुलाई निर्देशन दिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गर्दै २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित(क्लिन फिड) प्रसारण गर्न निर्देशन दिएको हो । निर्देशनलाई बेवास्ता गरेमा कानुन बमोजिम कारवाही हुने चेतावनी समेत मन्त्रालयले दिएको छ… Continue reading कात्तिक ७ भित्र क्लिनफिड लागू गर्न मन्त्रालयको निर्देशन, अटेर गरे च्यानल बन्द गर्ने चेतावनी
लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले संतोषजनक खेल देखाइरहेको छ । यसअघि स्टार खेलाडी मेसीमा अधिक भर पर्ने यो टोलीमा अब भने अन्य खेलाडीले समेत कौशल देखाउन थालेका छन् । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले दोस्रो खेलमा बोलिभियामाथि २-१ गोल अन्तरको जित निकाल्यो । खेलमा अर्जेन्टिनाले एक गोलले पछि परेको अवस्था… Continue reading लयमा फर्कियो अर्जेन्टिना, लगातार दोस्रो खेलमा जित
आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
काठमाडौं । एप्पलले आइफोन-१२ सिरिजका ४ वटा फोन सार्वजनिक गरेको छ । भर्चुअल माध्यमवाट आइफोन-१२, आइफोन-१२ मिनी फाइफोन–१२ प्रो , आइफोन–१२ प्रो म्याक्स सार्वजनिक गरेको हो । उक्त फोनहरुमा फाइभजी नेटवर्क चल्ने कम्पनीले जनाएको छ । एप्पलका नयाँ आइफोन आइफोन-१२(६४, १२८ र २५६ जिबी स्टोरेज), आइफोन-१२ मिनी (६४, १२८ र २५६ जिबी स्टोरेज)का अलावा आइफोन-१२… Continue reading आईफोन १२ सिरिजमा ४ नयाँ फोन सार्वजनिक, कति पर्छ मूल्य ?
विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी
काठमाडौं । फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिल र पेरुबीचको खेलमा ब्राजिलियन स्टार नेयमारले उत्कृष्ट खेल कौशल देखाए । उनले ह्याट्रिक गरेको खेलमा ब्राजिलले पेरुमाथि ४-२ गोल अन्तरको जित निकाल्यो । नेइमारका पहिलो दुई गोल पेनाल्टी थिए । दोस्रो हाफको इन्जुरी समयमा अर्को गोल थप्दै उनले ह्याट्रिक पुरा गरे । बुधबार बिहान भएको… Continue reading विश्वकप छनोट : नेयमार चम्किएको खेलमा ब्राजिल विजयी
शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द
काठमाडौं । कोरोना जोखिमका कारण बन्द रहेका सबै देविदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन्। काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवि, भाटभटेनी आकाशे देवीलगायतका शक्तिपीठहरु कात्तिक एक गतेदेखि खुल्ने भएका हुन्। दशैंको बेला विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपीठहरु खोल्नुपर्ने बाध्यता रहेको मन्दिर व्यवस्थापकहरु बताउँछन् । मैतिदेवी मन्दिर क्षेत्र प्रबन्ध समितिका… Continue reading शक्तिपिठहरू कात्तिक १ देखि खुल्ने, पूजाआजा बाहेकका गतिविधि बन्द
सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप, दुई प्रहरी घाइते
राजविराज । सप्तरीमा प्रहरी र तस्कर समुहबीच झडप भएको छ । मंगलबार राती भएको झडपमा दुई प्रहरी घाइते भएको प्रहरीले जानकारी दिएको छ । राजविराज नगरपालिका १३ मुसहर्नियाँममा प्रहरी र तस्कर समुहबीच झडप भएको हो । यो क्षेत्रमा पटक पटक प्रहरीसँग तस्करको मुडभेट हुने गर्छ । भारतबाट तीन वटा मोटरसाइकलमा सामान बोकेर आएका उनीहरुलाई सीमा… Continue reading सप्तरीमा तस्कर समुह र प्रहरीबीच झडप, दुई प्रहरी घाइते
नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित
काठमाडौं । नेपाल संयुक्त राष्ट्र संघीय मानव अधिकार परिषदको सदस्यमा पुनः निर्वाचित भएको छ । मंगलबार राति राष्ट्र संघ मुख्यालयमा मतदान भएको थियो । यसमा नेपाल विजयी भएको हो । नेपाल सन् २०१८ देखि यसको सदस्य छ । परिषद्मा कुनै एक मुलुक लगातार दुई कार्यकाल सदस्य रहन सक्छ । मतदानमा नेपालले १५० भोट प्राप्त गरेको… Continue reading नेपाल यूएन मानव अधिकार परिषद् सदस्यमा निर्वाचित
नेकपा सांसद सानु शिवाको निधन
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को तर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी सांसद सानु शिवाको निधन भएको छ। उपचारको क्रममा बुधवार बिहान सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा निधन भएको हो । शिवाको केही वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । शिवा सत्तारुढ दल नेकपाको तर्फबाट समानुपातिकतर्फको संघीय सांसद हुन् ।
संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु
काठमाडौं । संसदीय समितिले भूउपयोग ऐन २०७६ कार्यान्वयन नभएसम्म कित्ताकाट खुला गर्ने सम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगराउन सरकालाई निर्देशन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले तत्काल नियमावली बनाएर ऐन कार्यान्वयन नगर्दासम्म कित्ताकाटसम्बन्धी कुनै पनि निर्णय कार्यान्वयन नगर्न भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई निर्देशन दिएको छ । समितिले मन्त्रालयको… Continue reading संसदीय समितिको निर्देशन, जग्गाको कित्ताकाट कार्यान्वयन नगर्नु