काठमाडौं जिल्ला प्रशासनका अत्यावश्यक बाहेकका सेवा बन्द

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौले कार्यालयले दिदै आएको अत्यावश्यक बाहेकका सेवा बन्द गरेको छ । प्रशासनले मंगलबार एक सूचना जारी गर्दै चार जना कर्मचारीमा कोरोना संक्रमण देखिए पछि अर्को सूचना जारी नहुँदासम्मको लागि अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गरेको जानाकारी दिएको हो । जिल्ला संकट व्यवस्थापन केन्द्र सम्बन्धित सरोकारवाला निकाय, स्वास्थ्य विज्ञ समेतको… Continue reading काठमाडौं जिल्ला प्रशासनका अत्यावश्यक बाहेकका सेवा बन्द

नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण, १५०३ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १५ हजार ५७७ जनाको पीसीआर परीक्षणमा थप ३५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख १५ हजार ३५८ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ३५५६ जनामा कोरोना संक्रमण, १५०३ जना डिस्चार्ज

एन्टिजेन प्रयोगबाट कोरोना परीक्षणको अनुमति, पीसीआर र एन्टिजेनमा फरक के ?

काठमाडौं । सरकारले परीक्षणको दायरालाई फराकिलो र सहज बनाउने उद्देश्यले पीसीआर भन्दा छिटो नतिजा दिने एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्न अनुमति दिएको छ। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोभिड–१९ राष्ट्रिय टेस्टिङ गाइडलाइनलाई चौथो पटक संशोधन गरी कोरोना परीक्षणमा एन्टिजेन किट प्रयोग गर्न सकिने स्वीकृति प्रदान गरेको जानकारी दिए। जसबाट धेरै व्यक्तिको एकैपटक परीक्षण गर्नुपरे, छिटो… Continue reading एन्टिजेन प्रयोगबाट कोरोना परीक्षणको अनुमति, पीसीआर र एन्टिजेनमा फरक के ?

काठमाडौं उपत्यकामा २१२९ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २१२९ जना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १ ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जना संक्रमित थपिएका हुन् ।

मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो, सचेतकमा कुर्मराज नियुक्त

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथिको राजनीतिक संकट तत्कालका लागि टरेको छ । मुख्य मन्त्रीलाई हटाउने योजनामा हस्ताक्षर गरेका नेकपाका भित्रका माधव नेपाल समूह पछि हटेपछि तत्कालका लागि संकट टरेको हो । तीन मन्त्री र एक सचेतक पाएपछि नेपाल समूह अविश्वासको प्रस्तावबाट पछि हट्न राजी भएको हो । नेता नेपाल पक्षले समर्थन फिर्ता लिएपछि… Continue reading मुख्यमन्त्री शाहीमाथिको राजनीतिक संकट टर्‍यो, सचेतकमा कुर्मराज नियुक्त

नेपालमा विद्युत अझै सस्तो हुने

तस्वीर सौजन्य : उर्जामन्त्रीको सचिवालय

काठमाडौं । नेपालमा विद्युतको भाउ घटाउने तयारी गरिएको छ । ऊर्जा क्षेत्रको विस्तृत अध्यन गरी नीतिगत सुझाव पेश गर्न मन्त्रिपरिषदद्वारा गठित कार्यदलको बैठकमा उर्जा मन्त्री वर्षमान पुनले यस्तो जानकारी गराएका हुन् । मन्त्रिपरिषद्ले ऊर्जा, जलश्रोत तथा सिँचाइ, उद्योग वाणिज्य तथा आपूर्ति, अर्थ मन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षलाई समेटेर चार सदस्यीय समिति गठन गरेको थियो… Continue reading नेपालमा विद्युत अझै सस्तो हुने

मोरङ र बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु

विराटनगर । मोरङ र रुपन्देही जिल्लामा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको निधन भएको छ । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा एकजना र विराट मेडिकल कलेज टंकीशिनवारीमा दुई जना कोरोना संक्रमितको ज्यान गएको हो । मोरङको बुढीगंगा गाउँपालिका–५ का ७१ वर्षीय पुरुषको विराटनगरस्थित कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ज्यान गएको अस्पतालले जनाएको छ… Continue reading मोरङ र बुटवलमा कोरोनाबाट थप चार जनाको मृत्यु

आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?

mars.nasa.gov

काठमाडौं । अन्तरिक्षसम्बन्धी अध्येताहरुका लागि आज विशेष दिन हो । आज मंगल ग्रह र पृथ्वी आमने सामने हुनेछन् । यसले पृथ्वीबाट मंगलग्रह निकै ठूलो र चम्किलो समेत देखिनेछ । आज जीएमटी २३ः२० मा मंगल, पृथ्वी र सूर्य तीनवटै ग्रह १८० डिग्रीको कोण अर्थात् सीधा लाइनमा रहने अमेरिकी अन्तरीक्ष निकाय नासाले उल्लेख गरेको छ । यस्तो… Continue reading आज सबैभन्दा चम्किलो देखिने छ मंगलग्रह, कसरी हेर्ने ?

उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, तीन जिल्लाका अधिकारी पर्ख र हेरको अवस्थामा

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या व्यापक रूपमा बढिरहेको छ। आइतबार देशभर संक्रमितको संख्या २ हजार ७१ जना थपिदा राजधानी काठमाडौं उपत्यकामा १ हजार ४ सय १६ जना संक्रमितहरुको संख्या थप भयो । पछिल्लो तथ्याङ्क अनुसार उपत्यका का तीन जिल्लामा सङ्क्रमितहरूको सङ्ख्या ४० हजार नाघेको छ भने मृत्यु हुनेहरूको सङ्ख्या भने १ सय ९२… Continue reading उपत्यकामा कोरोना संक्रमण भयावह बन्दै, तीन जिल्लाका अधिकारी पर्ख र हेरको अवस्थामा

१० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

काठमाडौं । विद्युत् नियमन आयोगले नेपाल विद्युत् प्राधिकरणलाई कुल १० मेगावाट वा सोभन्दा कम क्षमताका आयोजनालाई कुनै पनि हर्जना नलिन निर्देशन दिएको छ । आयोगले प्राधिकरणलाई एक निर्देशनात्मक पत्र लेख्दै रुग्ण अवस्थामा रहेका र १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत् आयोजनालाई हर्जना नलिन प्राधिकरणलाई निर्देशन दिएको हो । ‘विद्युत खरिद विक्री तथा अनुमतिप्राप्त कम्पनीले पालना गर्नुपर्ने… Continue reading १० मेगावाट भन्दा कमका रुग्ण आयोजनाबाट हर्जना लिन नपाउने, डेढ दर्जन आयोजनालाई राहत

अब अत्यावश्यक अवस्थामा बाहेक अस्पतालले अपरेशन नगर्ने

File photo

काठमाडौं । अब काठमार्डां उपत्यकामा अत्यावश्यक बिरामी बाहेक अन्य बिरामीको अपरेशन नहुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकाका अस्पतालहरुलाई यस्तो निर्देशन दिएको हो । लक्षण भएका कोरोना संक्रमितहरुको संख्या बढेर अस्पताल तथा बेडको अभाव भएपछि सरकारले यस्तो निर्णय गरेको हो । यो निर्णयपछि अब काठमाडौंमा बेडको चरम अभाव कम हुने अपेक्षा गरिएको… Continue reading अब अत्यावश्यक अवस्थामा बाहेक अस्पतालले अपरेशन नगर्ने

काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड हस्पिटल बने

काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा रहेका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट यस्तो निर्णय भएको हो । अब सबै सरकारी अस्पताललाई कोभिड अस्पताल बनाउने र स्वास्थ्य सेवा विभागसँग भएको भेन्टिलेटर, आईसीयू र अक्सिजन आदि सघन उपचारका लागि व्यवस्थापन गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । अब सबै… Continue reading काठमाडौंका सबै सरकारी अस्पताल अब कोभिड हस्पिटल बने

अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

काठमाडौं । दुई अमेरिकी अर्थशास्त्रीहरु पल मिलग्रोम र रोर्बट विल्सनले अर्थशास्त्र तर्फको नोबल पुरस्कार प्राप्त गरेका छन् । लिलामी सिद्धान्त (अक्सन थ्यौरी) मा योगदान दिए वापत उनीहरुलाई नोबल पुरस्कार प्रदान गरिएको हो । लिलामीले विभिन्न उत्पादन, कला, वस्तुहरु लगायत बेच्न सघाउँछ । यसमा विल्सनले किन खरिदकर्ताहरु आफूले खरिद गर्न लागेको वस्तुको आफूले सोचेको वास्तविक मूल्य… Continue reading अर्थशास्त्रको नोबेल पुरस्कार लिलामी सिद्धान्तको नयाँ ‘फर्म्याट’ विकास गर्ने दुई अमेरिकी अर्थशास्त्रीलाई

नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतककको संख्या ६४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ पुरुष र २ महिलागरि थप ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा सुनसरीमा ३७, ८९ र ९० वर्षीय पुरुष, काठमाडौंमा ७१ वर्षीया महिला, ६३ र ६७ वर्षीय पुरुष, ललितपुरमा ५० वर्षीय… Continue reading नेपालमा थप ९ जना कोरोना संक्रमितको मृत्यु, मृतककको संख्या ६४५ पुग्यो

नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १४ हजार ५३० जनाको पीसीआर परीक्षणमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको कुल संख्या १ लाख ११ हजार ८ सय २ पुगेको छ। पछिल्लो २४ घन्टामा थप १४७३… Continue reading नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, कुन जिल्लामा कति संक्रमित ?

काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १८८८ जना, भक्तपुरमा ११८ र ललितपुरमा २७७ जना संक्रमित थपिएका हुन् । यो सँगै काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या ३५ हजार ९ सय ८९ पुगेको छ । ललितपुरमा ४ हजार ९ सय २६ र भक्तपुरमा… Continue reading काठमाडौं उपत्यकामा २२८३ जना कोरोना संक्रमित थपिए

चर्किदै नेकपा कर्णालीको विवाद: मुख्यमन्त्रीले गुलावजंगलाई प्रमुख सचेतकबाट हटाए

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०कर्णाली प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले गुलावजंग शाहलाई प्रमुख सचेतकबाट हटाएका छन् । सचेतक शाहको काम कारबाही सन्तोषजनक नभएको भन्दै मुख्यमन्त्रीले जिम्मेवारीबाट हटाएका हुन् । मुख्यमन्त्री शाहीले उनको ठाउँमा सीता नेपालीलाई नियुक्त गरेका छन् । नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् । त्यो मध्येबाट… Continue reading चर्किदै नेकपा कर्णालीको विवाद: मुख्यमन्त्रीले गुलावजंगलाई प्रमुख सचेतकबाट हटाए

‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

काठमाडौं । कोरोना भाइरस फोन, पैसा र स्टेनलेस स्टिल जस्ता केही वस्तुको सतहमा २८ दिनसम्म जीवित रहने एक अध्ययनले देखाएको छ। अष्ट्रेलियाको नेश्नल साइन्स एजेन्सीले गरेको अध्ययनमा कोरोना भाइरस पैसा, फोनको स्क्रिनमा २८ दिनसम्म जीवित रहने देखाएको हो। पैसा र फोनको स्क्रिनमा २८ दिनसम्म भाइरस जीवित रहने अध्ययनको निष्कर्षमा केही जानकारले भने आशंका व्यक्त गरेका… Continue reading ‘पैसा र फोन स्क्रिनमा २८ दिनसम्म जीवित रहन्छ कोरोना भाइरस’-अध्ययन

झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकले बढेको छ । सोमबार नेप्से १.७४ अंकले बढेर १५७८. १ विन्दुमा कायम भएको छ । यसदिन १८९ कम्पनीको १ अर्ब ९४ करोड ९० लाख ६० हजार १९४ रुपैयाँ बराबरको कारोबार भएको छ । ६८ लाख १५ हजार ७१० कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका १२… Continue reading झिनो अंकले बढ्यो नेप्से, विकास बैंकको सेयरमा झुम्मिए लगानीकर्ता

चक्रपथ बिस्तार आयोजनाले गति पाउने

Photo : BBC

काठमाडौं । सरकारले चक्रपथ सुधार आयोजनाको दोस्रो चरणको कामलाई गति दिने भएको छ । आइतबार भौतिक पूर्वाधार तथा यातायात एवम् सहरी विकासमन्त्री वसन्तकुमार नेम्बाङले आयोजना गरेको सरोकारवालाको बैठकले यस्तो निर्णय गरेको हो । चक्रथप विस्तार अन्तर्गत अब कलंकी चावहिल खण्डमा काम भइरहेको छ । मन्त्रालयका अनुसार आयोजनामा पर्ने पोल स्थानान्तरण एक महिना भित्र स्थानान्तरण गरिने… Continue reading चक्रपथ बिस्तार आयोजनाले गति पाउने

आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

Photo Source : Outlook india

दुबई । जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा आइतबार दुई खेल भए । खेलमा मुम्बईले पाँचौ जित हात पार्दा राजस्थान रोयल्स रोमाञ्चक खेलमा विजयी भएको छ । यूएईमा गत राति भएको खेलमा नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने आबद्ध रहेको दिल्ली क्यापिटल्सलाई मुम्बईले ५ विकेटले हराएको हो । यद्दपी सन्दीप यो वर्ष अझै प्लेइग ११ मा परेका… Continue reading आइपीएल : साविक विजेता मुम्बईको विजयी यात्रा जारी, राजस्थानको रोमाञ्चक जित

गुडिरहेको बसमा आगो लागेपछि…

File Photo : NepalSamaya

धादिङ । धादिङको थाक्रे गाउँपालिका १ सिम्लेमा गुडिरहेको बसमा आगोलागी भएको छ । यद्दपी दुर्घटनामा मानवीय क्षति भने हुन पाएन । आगलागीबाट ना ५ ख ६९० नम्बरको बस भने पूर्ण रुपमा क्षति भएको छ । प्रहरीका अनुसार यो बस हेटौंडाबाट काठमाडौ जाँदै थियो । बसमा ब्याट्री पड्किएर आगलागी भएको प्रहरीले जानकारी दिएको छ । धुनीबेंसी… Continue reading गुडिरहेको बसमा आगो लागेपछि…

काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

काठमाडौं । नजिकिएको दशैंसँगै स्वाभाविक रुपमा बजारमा भिडभाड बढ्छ । सरकारले सोही प्रयोजनका लागि बजार पसल खुला राख्न दिने निर्णय समेत गरेको छ । तर, त्यस क्रममा अनिवार्य सामाजिक दूरी कायम गर्न भनिएको छ । अनिवार्य साबुन पानीले हात धुनुपर्ने, माक्स लगाउनु पर्ने र भिडभाड नगर्न समेत आग्रह गरेको छ । तर, बजारमा त्यसको पालना… Continue reading काठमाडौंमा महामारी : अटेरी जनता-निदाएको स्थानीय सरकार

बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढिगण्डकी जलविद्यूत आयोजनामा प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्रीहरु प्रचण्ड र शेरबहादुर देउवाले ९ अर्ब रुपैयाँ बाँडेर खाएको अभिव्यक्ति दिएपछि उनीविरुद्ध कांग्रेसले निसाना बनाएको छ । प्रमुख विपक्षी नेपाली कांग्रेसले बुढीगण्डकी जलविद्युत आयोजनामा भ्रष्टाचार भएको प्रमाण ल्याउन डा. भट्टराईलाई चुनौती समेत दिएको छ । सभापति शेरबहादुर देउवा समेतको नाम भष्ट्राचारमा… Continue reading बुढिगण्डकीमा ९ अर्ब भष्ट्राचार भएको अभिव्यक्तिपछि कांग्रेसको निसानामा डा. भट्टराई

राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

काठमाडौं । सरकारले कोरोना महामारी शुरु भएसँगै लगाएको महंगो विदेशी मदिरा र महंगा गाडीको आयात खुला गरेको छ । यसअघि कोरोना नियन्त्रणमा लागेको लकडाउनसँगै २४ चैतमा राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले तयारी मदिराको पैठारीमा रोकेको थियो । असोज २२ गते बसेको मन्त्रिपरिषद् बैठकले तयारी मदिरा पैठारीमा लगाएको पूर्ण बन्देज हटाएको हो। उता, ५० हजार डलर… Continue reading राजस्व बढाउने सरकारी नीति, मंहगो मदिरा र गाडीको आयात खुल्यो

फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

file

काठमाडौं । सरकारले बढ्दो संक्रमणका बीच काठमाडौंमा कडाई गर्ने संकेत गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरसको महामारी नियन्त्रणमा काठमाडौं उपत्यका पछि परेको भन्दै यसको संकेत गरेका छन् । सरकारका प्रवक्ता समेत रहेका ज्ञवालीले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न आयोजना गरिएको कार्यक्रममा हरेकजसो राजनीतिक तथा सामाजिक परिवर्तनको नेतृत्व गर्ने काठमाडौं महामारीविरुद्धको लडाईमा भने पछि परेको… Continue reading फेरी काठमाडौंमा हुँदैछ लकडाउन ?

दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

काठमाडौं । राष्ट्र बैंकले कोरोना संक्रमण जोखिमका कारण यस वर्ष दशैंका लागि नयाँ नोट वितरण नगर्ने भएको छ । केन्द्रीय बैंकले आइतबार एक सूचना जारी गर्दै कोरोना भाइरस संक्रमणको जोखिमका कारण दसैं लक्षित नयाँ नोट सटही नगर्ने जनाएको छ । प्रतिकुल परिस्थितिमा नयाँ नोट साट्न सर्वसाधारणहरु लामबद्ध हुँदा जोखिम बढ्ने भन्दै यस्तो निर्णय लिइएकोे सूचनामा… Continue reading दशैको लागि राष्ट्र बैंकले नयाँ नोट वितरण नगर्ने

शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको छ । पाटन अस्पतालमा गरिएको स्वाब परीक्षणको रिपोर्ट आइतबार पोजेटिभ आएको हो। शनिबार ज्वरो आएपछि पाटन अस्पताल भर्ना भएका थिए । परीक्षणका क्रममा उनलाई कोरोना संक्रमण पुष्टि भएको हो । मन्त्री पोखरेल अहिले पनि अस्पतालमै छन् । यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराईलाई पनि… Continue reading शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना संक्रमण

कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, यसरी जुट्यो बहुमत

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहिविरुद्ध आफ्नै पार्टीभित्रबाट अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेकपाबाट कर्णाली प्रदेशको प्रदेशसभामा ३३ जना सांसद छन् । त्यो मध्येबाट १८ जनाले नेकपाको संसदीय दलको नेता समेत रहेका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । शाहीविरुद्ध हस्ताक्षर गर्नेमा पुर्व माओवादीका ३ जना सांसद समेत रहेका छन् । नेकपा… Continue reading कर्णालीका मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, यसरी जुट्यो बहुमत

नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार २४ घण्टामा गरिएको १२ हजार ४२७ जनाको पीसीआर परीक्षणमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ७ हजार ७ सय ५५ पुगेको छ। पछिल्लो २४ घन्टामा थप… Continue reading नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए ?