वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

वीरगन्ज । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज र नवलपरासीका एक-एक जनाको मृत्यु भएको हो । बाराको सम्रौनगढ नगरपालिका–९ बसबरियाटोल बस्ने ९७ वर्षीय वृद्धको आज बिहान ज्यान गएको छ । उनी मुटु र दमको समस्याबाट पिडित समेत रहेका थिए । उनको नारायणी अस्थायी कोभिड अस्पताल गण्डकमा उपचारका क्रममा ज्यान… Continue reading वीरगन्ज र नवलपरासीमा कोरोनाबाट थप एक-एक जनाको मृत्यु

आजबाट सोह्रश्राद्ध शुरु

काठमाडौं । आजबाट पितृ पक्ष शुरु हुँदैछ । दिवंगत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान को काम आजबाट १६ दिनसम्म जारी रहनेछ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सोह्रश्राद्ध प्रारम्भ हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्मका सोह्रवटा तिथिमा दिवंगत पितृलाई सम्मान गरि पुज्ने गरिन्छ । सोहीकारण यसलाई पितृ पक्ष एवं सोह्रश्राद्धसमेत भन्ने गरिएको… Continue reading आजबाट सोह्रश्राद्ध शुरु

काठमाडौंको निषेधाज्ञा आज सकिदै, थप एक साता लम्ब्याउने तयारी

काठमाडौं । काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि आज सकिदैछ । आज राती १२ बजेबाट यसको अवधि समाप्त हुनेछ । तर, निषेधाज्ञापछि अझ तिब्र गतिमा कोरोना संक्रमित बढेपछि काठमाडौंमा निषेधाज्ञा लम्ब्याउने निष्कर्षमा स्थानीय प्रशासन पुगेको छ । मंगलबार तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले निषेधाज्ञा लम्ब्याउन सिफारिस गरेको हो । यद्दपी यसको मोडालिटी भने केही परिवर्तन… Continue reading काठमाडौंको निषेधाज्ञा आज सकिदै, थप एक साता लम्ब्याउने तयारी

निगमले फेरी बढायो पेट्रोलको भाउ

काठमाडौं । सरकारले पेट्रोलको मूल्य बढाएको छ । नेपाल आयल निगमले राती १२ बजेदेखि लागु हुने गरी पेट्रोलको मूल्य बढाउने निर्णय गरेको हो । निगमका अनुसार पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँले बढेको छ । अब काठमाडौंमा पेट्रोलको खुद्रा मूल्य लिटरको १०७ रुपैयाँ पुगेको छ । निगमका अनुसार अंग्रेजी महिनाको १ र १६ मा नियमित… Continue reading निगमले फेरी बढायो पेट्रोलको भाउ

प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

काठमाडौं । नेपाल सरकारले बंगलादेश सरकारसँग यूरिया मल पैंचो मागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बंगलादेशी समकक्षी शेख हसिनासँग टेलिफोन वार्ता गरेका छन् । वार्ताका क्रममा बंगलादेश नेपाललाई यूरिया मल दिन सकारात्मक देखिएको प्रधानमन्त्री ओलीले टुइट गर्दै उल्लेख गरेका छन् । नेपालमा समयमै यूरिया मलको खरीद गर्न नसकेपछि मूख्य धानबाली लगाउने बेलामै नेपालमा… Continue reading प्रधानमन्त्री ओलीले बंगलादेशी समकक्षीसँग मागे युरिया मल पैंचो

नेपालमा कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु हो । मृत्यु हुनेमा महोत्तरीका चार वर्षीया बालिका र ३७ वर्षीय पुरुष, सिरहाका ६५, पर्साका ५३, ६० र ८० वर्षका पुरुष, बाराका… Continue reading नेपालमा कोरोना संक्रमणबाट चार वर्षीया बालिकासहित थप ११ जनाको मृत्यु

काठमाडौंका ३९३ सहित उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा ३ सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ६ हजार २ सय ५ पुगेको छ। काठमाडौंमा ५ हजार १५, ललितपुरका ७४३… Continue reading काठमाडौंका ३९३ सहित उपत्यकामा ४८१ जना कोरोना संक्रमित थपिए

नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ८८ पीसीआर परीक्षणमा १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४० हजार ५२९ जना पुगेको… Continue reading नेपालमा थप १०६९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ४० हजार नाघ्यो

नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

काठमाडौं । कोरोना भाइरस सम्बन्धी खोपको नेपालमा गर्ने भनिएको तेस्रो चरणको परीक्षण तत्कालै नहुने अधिकारीहरूले बताएका छन्। परीक्षणका लागि इच्छुक कम्पनीलाई प्रस्ताव पठाइने र नेपाललाई हुने फाइदाबारे छलफल गरेर मात्रै निर्णय लिइने राष्ट्रिय स्वास्थ्य अनुसन्धान परिषद्का अध्यक्ष डा. अञ्जनीकुमार झाले बताएका छन्। चीनमा विकास भइरहेको एउटा खोप, ब्रिटेनको अर्क्सफोर्ड विश्वविद्यालयले बनाएको खोप र रुसी खोपको… Continue reading नेपालमा उपचार र बीमाको ग्यारेन्टी भए मात्र कोरोनाको खोपको परीक्षणको अनुमति

वीरगन्जमा कोरोनाबाट थप एकजनाको निधन

वीरगन्ज । बारामा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचाररत ६० वर्षीय पुरुषको सोमबार राति पौने ९ बजे मृत्यु भएको हो । उनी वेवारिसे अवस्थामा सडकमा भेटिएपछि स्थानीय युवाले अस्पताल भर्ना गरेको बताइएको छ । उनलाई आइतबार अस्पताल भर्ना गरिएको थियो। मृतक पुरुष सडकमै बस्दै आएको बताइएको… Continue reading वीरगन्जमा कोरोनाबाट थप एकजनाको निधन

चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

भरतपुर । चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकै दिन तीन जनाको ज्यान ज्यान गएको छ । कोरोना भाइरस पुष्टी नभएका तीन जनाकै मृत्युपछि परीक्षण गर्दा कोरोना देखिएको हो । जिल्लामा पिसिआर परीक्षण बीना अस्पतालहरुले भर्ना नलिने भएकाले बिरामी भएर गएका उनीहरुको सोमबार विभिन्न अस्पताल चहार्दाचहार्दै भरतपुर अस्पतालमा निधन भएको हो । जिल्लाका मेडिकल कलेज र अस्पतालमा… Continue reading चितवनमा एकै दिन तीन जनाको कोरोनाका कारण मृत्यु

आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं उपत्यकामा आज इन्द्रजात्रा मनाइदैछ । यस दिनको उपलक्ष्यमा सरकारले उपत्यकामा सार्वजनिक बिदा समेत दिएको छ । वर्षा र सहकालका देवता इन्द्र र जीवित देवीका रूपमा मानिएकी कुमारीको पूजाआरधना गरी यो पर्व मनाउने गरिएको छ । यो जात्रा काठमाडौं उपत्यकाका नेवार समुदायले धुमधामका साथ मनाउने गरेका छन् । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका… Continue reading आज इन्द्रजात्रा, काठमाडौंमा सार्वजनिक बिदा

शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाएको शैक्षिक गतिविधि माथिको प्रतिवन्ध थप १५ दिन लम्ब्याएको छ । यसअघि १६ भदौबाट संचालनको योजना बनाइएका गतिविधिहरुलाई भदौ मसान्तसम्म सारिएको हो । अब कोरोना भाइरसका कारण स्थगित परीक्षा भदौ महिनाभर सञ्चालन गर्न पाइने छैन । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य… Continue reading शैक्षिक गतिविधि थप १५ दिन प्रतिवन्ध

वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारीलाई थप खुकुलो पारेको छ । कोरोना महामारी र लकडाउन पछि बन्द भएको वैदेशिक रोजगारीलाई प्रारम्भमा भिसा सम्झौता बाँकि रहेका र घर बिदामा आएकालाई मात्र जान दिने निर्णय भएको थियो । अब भने रोजगारदाता मुलुक लैजान तयार भए नयाँ श्रम स्वीकृति खुलासमेत दिने निर्णय गरेको हो । आइतबार साँझ बसेको मन्त्रिपरिषद… Continue reading वैदेशिक रोजगारी थप खुकुलो, माग आएमा नयाँ कामदार पनि जान पाउने

बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

काठमाडौं । सरकारले लकडाउनपछि पहिलो पटक हिमाल आरोहणको अनुमति दिएको छ । सरकारले बहराइनका राजकुमार सहितको टोलीलाई हिमाल आरोहणको अनुमति दिएको हो । उनीहरु चार्टर्ड जहाजबाट काठमाडौं आउनेछन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी १५ सेप्टेम्बरपछि लागू हुने गरी पहिलो आरोहण अनुमति दिने निर्णय गरेको हो । सरकारले बहराइनका राजकुमारसहितको १५ जनाको टोली र ३… Continue reading बहराइनका राजकुमारको टोलीलाई नेपालमा हिमाल आरोहणको अनुमति

गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

काठमाडौं । सरकारले लकडाउन र कोरानो महामारीका बीच गैरआवासीय नेपालीका लागि समेत नेपाल आउने ढोका खोलेको छ । तर, सबै गैरआवासीय नेपाली भने नेपाल आउन पाउने छैनन् । सम्बन्धित मुलुकस्थित नेपाली कुटनीतिक नियोगको सिफारिसमा मात्र उनीहरुलाई नेपाल आउने अनुमति मिल्नेछ । तर, सिफारिस लिने कन्डिसन भने विशेष मात्र तोकिएको छ । कुनै पनि गैरआवासीय नेपालीको… Continue reading गैरआवासीय नेपाली दूतावासको सिफारिसमा नेपाल आउन पाउने

डा. भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं । वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ भोला रिजाल दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिबार गरिएको कोरोनाको पीसीआर परीक्षणमा भोला दम्पत्ती दुबैलाई कोरोना पोजेटिभ देखिएको हो । संक्रमण देखिएपछि पत्नी सरलासहित सोमबार ह्याम्स अस्पतालको आइसोलेसन कक्षमा भर्ना भएका छन् । दुवैको स्वास्थ्य सामान्य छ।

काठमाडौँका मेयर विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण

काठमाडौं । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यलाई कोरोना संक्रमण पुष्टि भएको छ। सचिवालयको अनुसार शाक्यको शनिबार ग्रान्डी अस्पतालमा परीक्षण गरिएको थियो। आइतबार आएको नतिजामा उनमा कोराना पुष्टि भएको हो । मेयर शाक्यलाई कोरोना संक्रमणको लक्षण देखिएको छैन । उनी होम आइसोलेसनमा बसेका छन् । शाक्य निषेधाज्ञा लागू भएयता विभिन्न बैठकहरुमा सहभागी हुँदै आएका थिए।

कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

काठमाडौं । भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन भएको छ। कोरोना पुष्टि भएका ८४ वर्षीय मुखर्जीको उपचारका क्रममा निधन भएको हो। उनका छोरा अभिजितले मुखर्जीले निधनको पुष्टि गरेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । बीबीसीले पनि मुखर्जीको निधन पुष्टि गरेको छ । मुखर्जीको ब्रेन सर्जरी गरिएको थियो। त्यसयता उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएको थियो। केहीसातादेखि उनी… Continue reading कोरोना संक्रमित भारतका पूर्वराष्ट्रपति प्रणब मुखर्जीको निधन

१६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ सय ८८ जना कोराना संक्रमण मुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् । यो सहित २१ हजार ४ सय १० जना व्यक्ति संक्रमणमुक्त भएका छन् । त्यस्तै देशभरका संस्थागत आइसोलेसन १० हजार ७०१ जना र… Continue reading १६ जना कोरोना संक्रमित भेन्टिलेटरमा र १३२ जनाको आईसीयूमाउपचार हुँदै

नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाटथप सात जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा चार वर्षीया बालिकासहित तीन महिला र चार पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेमा महोत्तरीकी चार वर्षीया बालिका, गोरखाकी ६५ र रुपन्देहीकी ६८ वर्षीया महिला तथा झापाका ८६, रौतहटका ४०, चितवनका ७८… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु

काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ९८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय ९०, ललितपुरमा ६७ र भक्तपुरमा ४१ संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ५ हजार ७ सय २४ पुगेको छ। काठमाडौंमा ४ हजार छ सय २२,… Continue reading काठमाडौं उपत्यकामा थप २९८ जनामा कोरोना संक्रमण

नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा गरिएको ११ हजार १ सय २९ पीसीआर परीक्षणमा ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ३९ हजार ४६०… Continue reading नेपालमा थप ८ सय ९९ जनामा कोरोना संक्रमण पुष्टि

कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

कतार । कतार सरकारले श्रमिकको न्यूनतम ज्याला १ हजार कतारी रियाल तोकेको छ । यो न्यूनतम ज्याला हो । यसमा खाना र बस्नका लागि अतिरिक्त क्रमशः ५ सय ३ सय रियालसमेत भुक्तानी गर्नुपर्नेछ । आइतबार कतारको श्रम तथा सामाजिक विकास मन्त्रालयबाट श्रमिकको न्यूनतम ज्याला तोकिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले लेखेका छन् । अलजजिराका अनुसार यो नियम यसअघि… Continue reading कतारमा श्रमिकको न्यूनतम आम्दानी मासिक १८ सय रियाल

चितवनमा थपिए ५३ संक्रमित

भरतपुर । सोमबार चितवनमा ५३ जना कोरोना भाइरसका नयाँ संक्रमित थप भएका छन् । भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशाला र धुलिखेलस्थित प्रयोगशालामा आइतबार राति आएको नतिजाबाट चितवन ठेगाना भएका ५३ जनामा संक्रमण पुष्टि भएको छ । १० महिनाको १० महिने शिशु देखि ६५ वर्षीया वृद्धासम्मलाई संक्रमण देखिएको प्रयोगशालाले जनाएको छ । भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा… Continue reading चितवनमा थपिए ५३ संक्रमित

कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

मान्मा । कालिकोटमा आइतबार गएको पहिरोमा मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रहरीका अनुसार कालिकोटको तिलागुफा नगरपालिका–१ नाग्ममा गएको पहिरोमा एकै घरका चार जनासहित १० जनाको निधन भएको हो । दुइ जना भने घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको प्रहरीले जानकारी दिएको छ । आइतबार दिउँसो नाग्म… Continue reading कालिकोट पहिरोमा १० को मृत्यु, दुई घाइते

लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

काठमाडौं । नेपालमा लामो दुरीको सार्वजनिक यातायात र आन्तरिक उडानमाथिको प्रतिवन्ध थप १५ दिन लम्बिएको छ । सरकारले अन्तर जिल्ला तथा लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौ मसान्तसम्म नखोल्ने निर्णय गरेको हो । आइतबार बसेको मन्त्रिपरिषदले यस्तो निर्णय गरेको हो । यसअघि अन्तरजिल्ला यातायात तथा हवाई उडान भदौ १ गतेबाट खुला गर्ने निर्णय… Continue reading लामो दुरीको यातायात र आन्तरिक हवाई उडान भदौभरी नखुल्ने

पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई

काठमाडौं । सरकारले कोरोना भाइरसको सशुल्क पिसिआरको शूल्क घटाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमण पत्ता लगाउन गरिने प्रयोगशाला परीक्षणको शुल्क घटाइएको हो । अब शूल्क तिरेर गरिने पीसीआर टेष्टको शुल्क ४४०० रुपैयाँ कायम भएको छ । यसअघि यो मूल्य ५५ सय थियो । यो शूल्क सेवा शुल्क समेत जोडेर तोकिएका कारण… Continue reading पिसिआरको शुल्क कटौती, निःशुल्क परीक्षणमा भने कडाई

अब एटीएमबाट जुनसुकै बैंकको पैसा निकाले पनि शूल्क नकाटिने

काठमाडौं । अब जुनसुकै बैंकको एटीएमबाट पैसा निकाल्दा समेत ग्राहकले अतिरिक्त शूल्क भुक्तानी गर्नु नपर्ने भएको छ । कोरोना भाइरसको महामारीका बीचमा आएको यो नीतिलाई स्थायी रुपमा लागु गर्नुपर्ने निर्णय नेपाल राष्ट्र बैंकले गरेको छ । यसअघि बैंकले कोरोनाको त्रास रहुन्जेलका लागि मात्रै यो व्यवस्था लागू गर्न बैंकहरुलाई निर्देशन दिएको थियो । तर, आइतबारबाट भने… Continue reading अब एटीएमबाट जुनसुकै बैंकको पैसा निकाले पनि शूल्क नकाटिने

तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी

काठमाडौं । काठमाडौं नेपालले थप तीन मुलुकसँग हवाई सम्झौताको तयारी गरेको छ । रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग नियमित उडानको बाटो खोल्न सरकारले हवाई सम्झौताको तयारी गरेको हो । अहिले नेपालले ४० मुलुकसँग हवाई सम्झौता गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको उच्चस्तरीय व्यवस्थापन समूहको बैठकले रसिया, फिनल्याण्ड र इन्डोनेसियासँग हवाई सम्झौता गर्ने प्रक्रियालाई… Continue reading तीन मुलुकसँग हवाई सम्झौता गर्ने सरकारको तयारी