भरतपुर । चितवनमा मंगलबार बिहान थप १७ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । भरतपुर अस्पताल कोभिड–१९ परीक्षण प्रयोगशालामा सोमबार आएको नतिजा अनुसार चितवनका १५, मकवानपुरका एक र पूर्वी नवलपरासीको गैँडाकोटका एक जनामा कोरोना संक्रमण भेटिएको हो । संक्रमिता भरतपुर महानगरपालिका भित्रै ९ जना भेटिएको ल्यावले जनाएको छ । श्रीपुष्पाञ्जली हस्पिटलमा उपचाररत भरतपुर–३ का ५१… Continue reading चितवनमा बिहानै थपिए १७ संक्रमित
Author: Vishwanews.com
कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा
हङकङ । कोरोना भाइरसको संक्रमण लागेर निको भइसकेका एक व्यक्तिमा हङकङमा संक्रमण भेटिएको छ । हङकङमा एक व्यक्तिमा पुनः कोरोना भाइरसको संक्रमण भएको पहिलो घटना सार्वजनिक भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । यो दुर्लभ घटना भएको भन्दै वैज्ञानिकहरु अनुसन्धानमा जुटेका छन् । ३० वर्षभन्दा बढी उमेरका संक्रमित पुरूषमा पहिलो पटक साढे चार महिना अगाडी कोरोनाबाट… Continue reading कोरोना निको भएका व्यक्तिमा पुनः संक्रमण भेटियो, वैज्ञानिक अनुसन्धानमा
विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स
काठमाडौं । विदेशमा कामको सिलसिलामा पुगेका नेपालीमार्फत नेपालमा एक वर्ष (आव २०७६\७७) मा ८ खर्ब ७५ अर्ब ३ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यद्दपी यो रकम अघिल्लो आव २०७५\७६ को तुलनामा भने सामान्य कम हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक तथा वित्तीय अवस्था अनुसार गत आर्थिक वर्ष २०७६ \७७ मा विप्रेषण… Continue reading विदेशमा रहेका नेपालीले एक वर्षमा घर पठाए ८ खर्ब ७५ अर्ब रेमिट्यान्स
मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने
काठमाडौं । मंगलबारबाट नेपालीको उद्धारको काम फेरी शुरु हुने भएको छ । नेपालमा होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै सीसीएमसीले नेपालमा यात्रु ल्याउन रोकेको थियो । तर, सरकारले पनः उडान थाल्ने निर्णय लिएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार मंगलबार यूएईको सारजहाबाट एयर अरेबियाको जहाज नेपाल आउँदैछ । बुधबार इत्तिहाद एयर आवुधाबी… Continue reading मंगलबारबाट फेरी विदेशका नेपाली घर फर्कन पाउने
सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत
काठमाडौं । सरकारले देशभरका सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सरकारले यसअघि कोरोना संक्रमितको उपचारका लागि छुट्याएको लेभल वान, लेभल २ र लेभल ३ को व्यवस्थालाई खारेज गर्दै सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा परिणत गर्ने निर्णय गरेको हो । प्रवक्ता गौतमले सबै अस्पतालले काभिड पोजेटिभ… Continue reading सबै अस्पताललाई कोभिड अस्पतालमा परिणत
नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रुपन्देहीका ३८, ५३ र ५४ वर्षीय पुरुष तथा ६७ वर्षीया महिला, सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय पुरुष, पर्साकी ७०… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु
काठमाडौं उपत्यकामा २ सय २४ जना कोरोना संक्रमित थपिए
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २ सय २४ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७७, ललितपुरमा ३३ र १४ भक्तपुरमा संक्रमित थपिएका हुन् ।
नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १० हजार २ सय ३४ पीसीआर परीक्षणमा ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३२ हजार ६७८ पुगेको छ ।… Continue reading नेपालमा थप ७ सय ४३ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ३२ हजार ६७८
पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु
काठमाडौं । कोरोना भाइरसको संक्रमणका बीच पेरूमा नाइट क्लव बन्द गरिएका छन् । तर, आदेश विपरित संचालनमा रहेको एक नाइट क्लवमा छापा मार्न प्रहरी पुग्दा भने भागाभाग भएको छ । यो घटनामा १३ को ज्यान गइसकेको र कैयौं घाइते रहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । कोरोना भाइरसको महामारीपछि कायम गरिएको प्रतिबन्धलाई अटेर गर्दै लिमा नामको… Continue reading पेरुमा नाइट क्लवमा प्रहरी पुग्दा भागदौड, १३ को मृत्यु
यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो
सारजाह । गत ८ अगष्टमा संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाहमा मृत भेटिएका दुई नेपालीको परिचय खुलेको छ । यूएईस्थित नेपाली दूतावासले गराएको जानकारी अनुसार एक जना मोरङ र अर्का एक जना तनहुँका युवा हुन् । उनीहरुको मृत्युको कारणबारे प्रहरीले छानविन गरिरहेको दूतावासले जनाएको छ । केही मानिसहरुलाई पक्राउ समेत गरिएको प्रहरीलाई उदृत गर्दै दूतावासले जानकारी… Continue reading यूएइमा मृत भेटिएका दुई नेपालीको परिचय खुल्यो
उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने
काठमाडौं । काठमाडौं उपत्यकामा अहिले निषधाज्ञा जारी रहेको छ । यस्तो निषेधाज्ञा १० भदौसम्म कायम रहनेछ । जिल्ला प्रशासन कार्यालयहरुले तरकारी, खाद्यान्न लगायत अत्यावश्यक वस्तुको किनमेलमा यसअघि निर्धारण गरेको समयमा बढी भिडभाड भएको भन्दै समय थप गर्ने निर्णय गरेका छन् । अब काठमाडौं उपत्यकामा बिहान सवा ९ बजेसम्म तरकारी, फलफूल र खाद्यान्न पसल सञ्चालन गर्न… Continue reading उपत्यकामा अत्यावश्यक वस्तुको किनमेल ९ बजेसम्म गर्न पाइने
सोमबार चितवनमा थपिए २० संक्रमित
भरतपुर । चितवनमा सोमबार बिहान थप २० जनामा कोरोना संक्रमित भेटिएका छन् । चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना देखिएको हो । चितवनका १४ सहित २० जनामा कोरोना पुष्टी भएको हो । त्यसबाहेक नवलपुरका चार र मकवानपुर, गोरखा र बाराका एक, एक जनामा पनि कोरोना पोजेटिभ देखिएको प्रयोगशालाले जनाएको छ । संक्रमितहरु २०… Continue reading सोमबार चितवनमा थपिए २० संक्रमित
देशभर ३५ जिल्लामा निषेधाज्ञा
काठमाडौं । कोरोना भाइरसको संक्रमणको फैलावटसँगै देश पुनः एकपटक ठप्प हुने अवस्थाा पुगेको छ । गृह मन्त्रालयका अनुसार देशव्यापी लकडाउन खुलेपछि विभिन्न स्थानीय प्रशासनले आफ्नो क्षेत्रमा निषेधाज्ञा जारी गरेका छन् । त्यसक्रममा अहिलेसम्म ३५ जिल्लामा निषेधाज्ञा जारी भइसकेको मन्त्रालयले जनाएको छ । निश्चित क्षेत्रमा संक्रमण देखिए आंशिक निषेधाज्ञा जारी गरिन्छ । आंशिक निषेधाज्ञा १२ जिल्लामा… Continue reading देशभर ३५ जिल्लामा निषेधाज्ञा
जर्मन क्लव बायर्नले जित्यो च्याम्पियन्स लिग
काठमाडौं । जर्मन क्लब बायर्न म्युनिख सन् २०२० को युरोपियन च्याम्पियन्स लिग विजेता बनेको छ । फ्रेन्च क्लव फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई १–० ले हराएको बायर्न च्याम्पियन बनेको हो । खेल गतराती भएको छ । छैटौं पटक उपाधी उचाल्न बायर्नले ७ वर्ष कुरेको छ । पोर्चुगलको लिस्वनमा भएको खेलमा बायर्नलाई जित दिलाउन पूर्वपीएसजी… Continue reading जर्मन क्लव बायर्नले जित्यो च्याम्पियन्स लिग
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ विरुद्धको लडाईमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न निर्देशन दिएको छ । अहिले देशभर चिकित्सकसमेत संक्रमित हुने क्रम बढेको छ । यसैक्रममा सिभिल हस्पिटलका डाक्टर र नर्सलाई क्वारेन्टिनमा राखेको होस्टेल घेर्दै स्थानीयले नयाँ बानेश्वरमा अभद्र व्यवहार गरेका थिए । मन्त्रालयले भने यस्तो काममा संलग्नमाथि कडा कारवाही चलाउन… Continue reading स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्नेलाई कारवाही गर्न मन्त्रालयको निर्देशन
लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ
काठमाडौं । लागु औषध र अवैध हातहतियारको कारोबारीमा कुख्यात गुण्डा नाइके भारत बिहारका ‘बग्गा’ भनिने ३९ वर्षीय प्रदीप यादव नेपालमा पक्राउ परेका छन् । उनले भारतमा बसेर नेपालमा हतियार तथा लागुऔषधको कारोबार गर्दै आएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय मोरङले भारत बिहारका उनलाई शनिबार पक्राउ पछि सार्वजनिक गरेको छ । उनी विराटनगर महानगरपालिका… Continue reading लागुऔषध र हतियार कारोबारी भारतका गुण्डा नाइके बग्गा नेपालमा पक्राउ
बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु
बुटवल । कोरोना भाइरसको संक्रमणका कारण रुपन्देहीको बुटवलमा दुई जनाको ज्यान गएको छ । बुटवल उपमहानगरपालिका– १ कि ६७ वर्षकी महिलाको आइतबार दिउँसो १ बजे र समरीमाई गाउँपालिका– २ का ३८ वर्षका पुरुषको दिउँसो सवा १ बजे मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले जानकारी गराएको छ । उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा… Continue reading बुटवलमा कोरोनाका कारण दुई जनाको मृत्यु
उपत्यकामा थप १ सय ६६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौं उपत्यकामा थप १ सय ६६ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंमा १सय २६, ललितपुरमा १२ जना र भक्तपुरमा २८ जना रहेका छन्।
नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको ८ हजार २६ पीसीआर परीक्षणमा ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार ९ सय ३५ पुगेको पुगेको छ… Continue reading नेपालमा थप ८ सय १८ जनामा कोरोना संक्रमण, २ सय ८१ डिस्चार्ज
५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस
काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएएचओ)ले ५ वर्षभन्दा माथिका सबै मानिसले मास्क लगाउनु पर्ने नियम ल्याएको छ । किशोरावस्थाका बालबालिका बाट वयश्क सरह कोरोना भाइरसको संक्रमण सर्ने भन्दै संगठनले ५ वर्षभन्दा माथिका बालबालिकाले मास्क लगाउनु पर्ने नियम ल्याएको हो । त्यो भन्दा साना बालबालिकालाई भने लगाउन अनिवार्य गरिएको छैन । डल्ब्यूएचओका अनुसार बालबालिकाले भाइरस कति… Continue reading ५ वर्षभन्दा माथिका सबैले मास्क लगाउन डब्यूएचओको सिफारिस
सन्दीप चम्किएपनि टीमको हार टार्न सकेनन
काठमाडौं । नेपाली स्टार क्रिकेटर सन्दीप लामिछाने चम्किएको खेलमा उनको टीम भने पराजित भएको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा उनको टीम जमैकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले हार्न पुग्यो । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको… Continue reading सन्दीप चम्किएपनि टीमको हार टार्न सकेनन
मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने
काठमाडौं । अब स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सिफारिस बीना कोरोना भाइरस (कोभिड–१९) का बिरामी अस्पताल भर्ना हुन नपाउने भएका छन् । मन्त्रालयको सिफारिसमा मात्र भर्ना लिन र समन्वय गर्न निर्देशन जारी भएको छ । स्वास्थ्य मन्त्रालयले ‘कोभिड–१९ का बिरामी भर्ना सम्बन्धमा’ शुक्रबार नयाँ निर्देशिका जारी गरेको छ । निर्देशनअनुसार काठमाडौं उपत्यकाका सबै अस्पतालले कोरोना भाइरसका… Continue reading मन्त्रालयको सिफारिसबीना अस्पतालले कोरोनाका बिरामी भर्ना गर्न नपाउने
लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने
काठमाडौं । सिन्धुपाल्चोकको लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने भएको छ । उनीहरुलाई जुगल गाउँपालिकाको वडा नम्बर १ सेलाङस्थित बाँसखर्क भन्ने स्थानमा सारिने भएको छ । सो स्थानमा अस्थायी वस्ती निर्माणको काम शुरु भइसकेको छ । टेन्ट जोड्ने तथा सुरक्षाको प्रबन्ध मिलाउने काम प्रारम्भ भएको स्थानीय प्रशासनले जानकारी दिएको छ । चरणमा १ सय २१ परिवारलाई… Continue reading लिदी पहिरोका विस्थापितको स्थानान्तरण हुने
कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव
काठमाडौं । कोरोना भाइरसको संक्रमण र त्यसको नियन्त्रणका लागि उठाएका कदमका कारण रक्तदान हुन नसकेपछि देशभर रगतको अभाव भएको छ । औपचारिक रुपमा रक्तदान कार्यक्रम राख्न नपाउँदा रगत अभाव भएको नेपाल रेडक्रस सोसाइटीले जानकारी दिएको छ । केन्द्रीय रक्तसञ्चार सेवालगायत धेरैजसो रक्तसञ्चार केन्द्रहरुमा न्यून मात्रामा रगत मौज्दात रहेको रेडक्रसले जनाएको छ । रेडक्रसले रक्तदान गर्न… Continue reading कोरोना र लकडाउनको प्रभाव, देशभरका अस्पतालमा रगत अभाव
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु
काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना भाइरसका कारण ज्यान गुमाउने व्यक्तिको संख्या उकालो लागेको छ । सोहीक्रममा शुक्रबार र शनिबार गरी कुल २० जनाको निधन भएको छ । शुक्रबार ११ जनाको ज्यान गएको थियो । पछिल्लो २४ घण्टामा भने ९ जनाको मृत्यु भएको छ । आज सुनसरीमा ६ वर्षीया बालिका र ६७ वर्षीय पुरुषको ज्यान… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४६, दुई दिनमा २० जनाको मृत्यु
प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी भित्रको विवाद समाधानको उपायसहितको सुझाव दिन गठन भएको कार्यदलले आफ्नो प्रतिवेदन शनिबार दुबै अध्यक्षलाई बुझाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड)लाई कार्यदलले प्रतिवेदन बुझाएको हो। साउन ३० मा गठित कार्यदलले आफ्नो प्रतिवेदन सर्वसम्मतिले तयार पारि बुझाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी… Continue reading प्रधानमन्त्रीले सरकार र प्रचण्डले पार्टी संचालन गर्ने गरी पौडेल कार्यदलले बुझायो प्रतिवेदन
के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस
काठमाडौं । खाडी मुलुकमा संकटमा रहेका नेपाली नागरिकको उद्धारमा सरकारले गरिरहेको ढिलाई र खेलबाडप्रति नेपाली काग्रेसले कडा आलोचना गरेको छ । एक त सरकारले आफ्नो खर्चमा सकंटमा परेका नेपालीको उद्धार गर्न सर्वोच्च अदालतले दिएको आदेशको उल्लंघन गरेको र अर्कोतर्फ महंगो टिकट खर्च भिडाएर कामदारमाथि सरकारले अन्याय गरिरहेको कांग्रेसको आरोप छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले… Continue reading के खाडी मुलुकका कामदार प्रधानमन्त्रीका वर्ग शत्रु हुन् ? : कांग्रेस
उपत्यकामा २१६ जनामा कोरोना पुष्टी
काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । देशभर ६३४ जनामा कोरोना भाइरस देखियो । उपत्यकामा देखिएको कुल संख्या देशभर देखिएको संख्याको तुलनामा एक चौथाई भन्दा बढी हो । यसले काठमाडौं उपत्यका भित्रको कोरोना भाइरसको जोखिमलाई स्पष्ट पारेको छ । देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण… Continue reading उपत्यकामा २१६ जनामा कोरोना पुष्टी
नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको १२ हजार ५ सय १९ पीसीआर परीक्षणमा ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७… Continue reading नेपालमा थप ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित
काठमाडौं । अमेरिकाको क्यालिफोर्नियाका पहाडी भेगमा डडेलोले उग्र रुप लिएको छ । यहाँ थुपै स्थानमा डडेलो फैलिएको र यसले धनजनको क्षति गरिरहेको बीबीसीले लेखेको छ । अहिलेसम्म डढेलोमा परी ६ जनाको मृत्यु भइसकेको छ । क्यालिफोर्नियाको पहाडी क्षेत्रदेखि सन फ्रान्सेस्कोको दक्षिण तथा पश्चिमसम्म दर्जनौँ स्थानमा डडेलो फैलिएको हो । आगलागीपछि चलेको तातो हावाले यस भेगको… Continue reading क्यालिफोर्निया डडेलोमा ६ को मृत्यु, हजारौं मानिस विस्थापित