उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौं जिल्लामा १३७, ललितपुरमा १७ जना र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै काठमाडौंमा २०१०, ललितपुरमा ३४९ र भक्तपुरमा १७२ संक्रमित पुष्टि भएका छन् ।… Continue reading उपत्यकामा थप १ सय ५९ जनामा कोरोना संक्रमण पुष्टि

अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

file

साँफेबगर । अछामको रामारोशन–३ मा बाढीको बितण्डामा ठूलो संख्यामा मानवीय क्षति भएको छ । स्थानीय प्रहरीका अनुसार रामारोशन सान्तडास्थित सैनीबजारको बस्ती नै कैलास खोलाले बगाएको छ । अहिलेसम्म ४ जनाको शव भेटिएको र १७ जना अझै वेपत्ता रहेको प्रहरीले जनाएको छ । मध्यरातमा स्थानीय कैलाश खोलामा भीषण बाढी आएको थियो । यसल सैनी बजारका १६… Continue reading अछाममा भीषण बाढी, ४ को शव फेला, १९ वेपत्ता

कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको निधन भएको छ । अब देशभर ज्यान गुमाउनेको संख्या ११६ पुगेको छ । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको हो । पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको बुधबार विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले उल्लेख गरेको छ । उनी भक्तपुर सुर्यविनायक निवासी हुन्… Continue reading कोरोनाबाट ललितपुर र धरानमा थप एक\एक जनाको मृत्यु

मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

काठमाडौं । पश्चिम अफ्रिकी देश मालिमा सैन्य कु भएको छ । सैनिकले त्यहाँका राष्ट्रपति र प्रधानमन्त्रीलाई कब्जमा लिएका छन् । राष्ट्रपति इब्राहिम बुबाकार केयटाले सैन्य हिरासतबाटै राजीनामाको घोषणा गरेको सैनिक समर्थक स्रोतले जानकारी गराएको छ । बीबीसीका अनुसार सैन्य कब्जामै रहेको अवस्थामा उनले टेलिभिजन सम्बोधन गरेका छन् । जहाँ उनले सरकार र संसद्‍ समेत भङ्ग… Continue reading मालिमा सैन्य कु, राष्ट्रपतिबाट राजिनामा

चितवनमा थप ३० जनामा कोरोना पुष्टी

भरतपुर । बुधबार चितवनमा थप ३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । चितवनका २० र अन्य विभिन्न जिल्लाबाट उपचार गर्न यहाँ आइपुगेका १० जनाा कोरोना पुष्टी भएको हो । भरतपुर अस्पतालस्थित कोभिड–१९ परीक्षण प्रयोगशालामा मंगलबार राति गरिएको परीक्षणमा चितवनको भरतपुर महानगरपालिकाका १२ जना, खैरहनीका ५ जना, राप्ती नगरपालिकाका २ जना र रत्ननगरका १… Continue reading चितवनमा थप ३० जनामा कोरोना पुष्टी

आज बुबाको मुख हेर्ने दिन

काठमाडौं । भाद्र कुशे औंसी, आज बुबाको मुख हेर्ने दिनका रुपमा जन्म दिने बुबालाई सम्मान प्रकट गर्दै मनाइदैछ । यो दिन बुवालाई मिठो परिकार खुवाउने, उपहार प्रदान गर्ने र बुबाबाट आशिर्वाद लिने गरिन्छ । यो पटक कोरोना भाइरसको संक्रमणका कारण धेरैले बुवालाई भौतिक रुपमा भेटन सक्ने छैनन् । सोहीकारण टेलिफोन वा भिडियो कल गरेर आर्शिवाद… Continue reading आज बुबाको मुख हेर्ने दिन

राष्ट्रकवि घिमिरेको आज अन्त्येष्टी

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको राष्ट्रिय सम्मानसहित आज अन्त्येष्टि हुने भएको छ । आज उपप्रधानमन्त्री ईश्वर पोखरेलले घिमिरेको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाउने कार्यक्रम तय गरिएको छ । बिहान १० बजेबाट राष्ट्रकविलाई श्रद्धान्जली दिने कार्यक्रम प्रारम्भ हुनेछ । राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा काठमाडौंको कपुरधारास्थित आफ्नै निवासमा निधन भएको हो । उनको… Continue reading राष्ट्रकवि घिमिरेको आज अन्त्येष्टी

काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

file

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी भएको छ । एक सातासम्म लागु हुने गरी तीन वटै जिल्लामा निषेधाज्ञा लागू भएको हो । यस्तो प्रतिवन्ध बुधबार राती १२ बजेबाट लागु हुनेछ । यस्तो निर्णय १० भदौसम्म कायम रहनेछ । अहिले काठमाडौं सहित ठूला शहरमा कोरोना भाइरसको संक्रमण तिब्र गतिमा बढेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा… Continue reading काठमाडौं उपत्यकामा भोली रातीबाट निषेधाज्ञा, कुनकुन गतिविधिमा प्रतिवन्ध ?

काठमाडौंमा निषेधाज्ञा घोषणाको तयारी

काठमाडौं । महामारीले उचाई लिएसँगै काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा घोषणा गरिने भएको छ । काठमाडौं उपत्यकाभर कम्तिमा एक साता निषेधाज्ञा घोषणा गर्ने तयारी छ । काठमाडौं उपत्यकाका तीन जिल्लामा बुधबारदेखि निषेधाज्ञा लगाउने गरी स्थानीय प्रशासनले तयारी गरेको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले बुधबारबाट लागु हुने गरी एक साताका… Continue reading काठमाडौंमा निषेधाज्ञा घोषणाको तयारी

राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन भएको छ। राष्ट्रकवि घिमिरेको १०१ वर्षका उमेरमा मंगलबार साँझ लैनचौरस्थित निवासमा निधन भएको हो। गत असोजमा १०१ वर्ष पूरा भएर १०२ वर्ष लागेका थिए । वि.सं. १९७६ असोज ७ गते जन्मिएका घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल कवि र गीतकार थिए । बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका… Continue reading राष्ट्रकवि माधवप्रसाद घिमिरेको निधन

राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाल नियुक्त

काठमाडौं । सरकारले राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाललाई नियुक्त गरेको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मन्त्रीपरिषदको निर्णय सुनाउदै दाहाललाई नियुक्त गरेको जानाकारी दिए । उनी तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपालका पालमा हङ्कङको महाबाणिज्य दूत पनि भएका थिए। अर्थमन्त्री डा. युवराज खतिवडाले गत पुसमै राजश्व बोर्ड गठन गर्ने बताएका थिए। तर गठन भने गर्न सकिरहेका… Continue reading राजस्व बोर्डको अध्यक्षमा पूर्व सचिव महेश दाहाल नियुक्त

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप सात जनाको मृत्यु भएको छ। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु भएको जानकारी दिए। प्रवक्ता गौतमका अनुसार कोरोनाको संक्रमणबाट काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीमा एक–एक जना पुरुष तथा तनहुँकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै… Continue reading कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु,मृतकको संख्या ११४ पुग्यो

काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा कारोना भाइरसले नयाँ रेकर्ड कायम गरेका छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार उपत्यकामा २ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो नै अहिले सम्मको धेरै हो संक्रमितहरु काठमाडौंको १३८, ललितपुरको ५० र भक्तपुरको १७ जना रहेको गौतमले बताए । योसँगै… Continue reading काठमाडौं उपत्यकामा कारोना संक्रमितको नयाँ रेकर्ड

नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा १३ हजार ४ सय ६१ जनाको पीसीआर परीक्षणमा १ हजार १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार २ सय ५७… Continue reading नेपालमा एकै दिन थप १०१६ जनामा कोरोना संक्रमण

नेपाली झण्डा जलाइएको आपत्तिजनक र्‍याप गीत युट्युवमा,कस्तो हुन्छ कारवाही ?

काठमाडौं । नेपालको राष्ट्रिय झन्डा जलाउँदै जातीय दंगा भड्काउने गीत सार्वजनिक भएको छ । राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको गीत ‘देशद्रोही’ शीर्षकको ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो । र्‍याप गीतमा नेपाली राष्ट्रिय झण्डा र ढाका टोपी जलाएको दृश्यको स्क्रिनसट यतिबेला सामाजिक सञ्जालमा भाइरल भैरहेको छ। उक्त… Continue reading नेपाली झण्डा जलाइएको आपत्तिजनक र्‍याप गीत युट्युवमा,कस्तो हुन्छ कारवाही ?

खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द

काठमाडौं । देशभर बढेको कोरोना भाइरसको संक्रमणका बीच सबै प्रकारका खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द भएको छ । अहिले काठमाडौं उपत्यकासहित देशका मूख्य शहरमा संक्रमण चुलिएको छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)ले कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै अर्को सूचना जारी नभएसम्म खेलकुद प्रतियोगिता, प्रशिक्षण लगायत सम्पूर्ण खेलकुद गतिविधि तथा काम कारवाही बन्द भएको जनाएको छ ।… Continue reading खेलकुद गतिविधि अनिश्चितकालका लागि बन्द

अमेरिकामा संक्रमितको संख्या ५६ लाख नाघ्यो

न्यूयोर्क । अमेरिकामा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या ५६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा यस मुलुकमा एकै दिन ४० हजार २१६ जनामा भाइरसको संक्रमण पुष्टि भएको छ । यसले अब अमेरिकामा कोरोना संक्रमितको संख्या ५६ लाख ११ हजार ६३१ पुगेको छ। संक्रमितमध्ये अहिलेसम्म २९ लाख ७० हजार ४७४ जना संक्रमणमुक्त भइसकेको तथ्यांक… Continue reading अमेरिकामा संक्रमितको संख्या ५६ लाख नाघ्यो

धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

धुलिखेल । काठमाडौंका एक कोरोना संक्रमितको धुलिखेलमा उपचारका क्रममा ज्यान गएको छ । एक सातादेखि धुलिखेल अस्पतालमा उपचाररत् कोरोना संक्रमित ९८ वर्षीय वृद्धको ज्यान गएको हो । नयाँ बानेश्वरका उनी घरमै रहेको बेला कोरोना संक्रमण भएको बताइएको छ । उनी २६ साउनमा अस्पताल भर्ना भएका थिए । उनको मंगलबार बिहान राति साढे १२ बजे मृत्यु… Continue reading धुलिखेलमा काठमाडौंका एक संक्रमितको मृत्यु

विदेशमा अलपत्र नेपालीप्रति सरकारको लापरवाही, न उद्धार न समन्वय

काठमाडौं । सरकारले १ भदौबाट व्यवसायिक उडान खोल्ने निर्णय गर्यो । तर, संमक्रण फैलिएको भन्दै उक्त निर्णय फिर्ता भयो । यसबाट प्लेच उडेपछि सहुलियतपूर्ण टिकटमा घर फर्कन पाउने आशमा बसेका लाखौं नेपाली पुनः निरास बने । त्यसपछि विदेशमा अलपत्र नेपालीको उद्धार गर्ने भन्दै पुनः १५ दिनका लागि उडान तालीका तोकियो । १ भदौबाट उडानका लागि… Continue reading विदेशमा अलपत्र नेपालीप्रति सरकारको लापरवाही, न उद्धार न समन्वय

कोरोनाबाट बाँकेमा थप एक जनाको ज्यान गयो

नेपालगन्ज । कोरोना भाइरसको संक्रमणबाट बाँकेमा एक जनाको ज्यान गएको छ । अब बाँकेमा कोरोनाका कारण ज्यान गुमाउने बिरामीको संख्या ४ पुगेको छ । बाँकेको नेपालगन्ज मेडिकल कलेजमा उपचाररत कोरोना संक्रमितको ज्यान गएको हो । नेपालगन्ज उपमहानगरपालिका–५ का ६२ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । कोरोनासँग मिल्ने लक्षणसहित ज्वरो आएपछि उनी… Continue reading कोरोनाबाट बाँकेमा थप एक जनाको ज्यान गयो

ठुला सहर कोरोनाको चपेटामा; अवस्था भयावह हुने चेतावनि

काठमाडौं । काठमाडौं उपत्यका सहित देशभरका ठूला शहर क्रमशः कोरोना भाइरसको चपेटामा आउन थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्र सक्रिय संक्रमितको संख्या २ हजार नाघेको छ । यहाँ दुई हजार १३४ जना सङ्क्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । सोमबार मात्र उपत्यकामा १ सय ६८ जनामा संक्रमण पुष्टि भएको थियो।… Continue reading ठुला सहर कोरोनाको चपेटामा; अवस्था भयावह हुने चेतावनि

नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठकले पार्टी भित्रको विवाद मिलाउन गठन भएको कार्यदललाई अनुमोदन गरेको छ । नेकपा सचिवालय बैठक सोमबार बालुवाटारमा बसेको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले निर्माण गरेको कार्यदललाई बैठकले अनुमोदन गरको हो। प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार समस्या समाधान र संकट समाधानका विषयलाई व्यवस्थित रुपमा… Continue reading नेकपा विवाद मिलाउन गठिन कार्यदल अनुमोदित, देउवाले भेटे दुबै अध्यक्षलाई

‘सकेसम्म बैंक नआजौं, घरबाटै अनलाइन कारोबार गरौं’

काठमाडौं । नेपालमा कोभिड–१९ को महामारीका बीच बैंकर्ष संघ नेपालले ग्राहकलाई अनलाइन कारोबारलाई जोड दिन आह्वान गरेको छ । सकेसम्म बैंकमा नजान आग्रह गर्दै संघले जोखिम न्यूनिकरणका लागि घरबाटै बैंकिङ कारोबार गर्न सुझाव दिइएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को प्रभावबाट बच्न तथा जोखिम न्यूनिकरणका लागि सम्भव भएसम्म घरबाटै कारोबार गर्न संघले आग्रह… Continue reading ‘सकेसम्म बैंक नआजौं, घरबाटै अनलाइन कारोबार गरौं’

विदेशबाट हुने उद्धार उडान फेरी रोकियो

काठमाडौं । सरकारले विदेशबाट हुने उद्धार उडान रोकेको छ । कोभिड १९ संकट व्यवस्थापन संचालन केन्द्रका अनुसार नेपालमा कोरोना भाइरसको संक्रमण बढेको, नेपालका अधिकांश स्थानमा निषेधित क्षेत्र घोषित गरेको र होटेल क्वारेन्टिनका लागि समेत व्यवस्थापन हुन नसकेपछि तत्कालका लागि विदेशबाट हुने उद्धार उडान रोकिएको हो । अब होटेल क्वारेन्टिनको सुनिश्चितता भएपछि मात्र उद्धार उडान सूचारु… Continue reading विदेशबाट हुने उद्धार उडान फेरी रोकियो

एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित गरेको छ । परीक्षा नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा बोर्डले सोमबार साँझ नतिजा सार्वजनिक गरेको हो । चैत ६ गतेदेखि हुने भनिएको एसईई परीक्षा कोरोना भाइरस (कोभिड–१९) का कारण सरकारले परीक्षा हुन एकदिन अगाडि स्थगित गरेको थियो । कोभिड–१९ संक्रमणका कारण यस… Continue reading एसईईको नतिजा प्रकाशित, यसरी हेर्नुहोस् नतिजा

काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ सय ६८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंका १३९ , ललितपुरका १५ र भक्तपुरका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या २१३५ पुगेको छ। काठमाडौंमा १७०६ ललितपुरमा २८३… Continue reading काठमाडौं उपत्यकामा १ सय ६८ जना कोरोना संक्रमित थपिए

नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा रौतहट, काठमाडौं र मोरङका एकरएक जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंका ५८ वर्षीय एक महिला रहेका छन् । हालसम्म कोरोना… Continue reading नेपालमा कोरोना थप तीन जनाको मृत्यु, मृतकको संख्या १०७ पुग्यो

नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षणमा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१… Continue reading नेपालमा थप ५ सय ८१ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २७ हजार नाघ्यो

मालपोत कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य, जग्गा रोक्का-फुकुवा काम बैंकबाटै

जग्गा धितोमा रोक्का(फुकुवा सबै काम बैंकबाटै, किनबेच सम्बन्धी अधिकार स्थानीय तहलाई काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जग्गा धितोमा रोक्का–फुकुवाका सबै काम बैंक तथा वित्तीय संस्थालाई दिने तयारी गरेको छ । मालपोत कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य गर्न बैंक तथा वित्तीय संस्थालाई पनि भूसेवा केन्द्र सञ्चालनको अनुमति दिने तयारी थालेको हो । योे प्रक्रियामा… Continue reading मालपोत कार्यालय धाउनु पर्ने बाध्यताको अन्त्य, जग्गा रोक्का-फुकुवा काम बैंकबाटै

मानवाधिकार वेवास्ता गर्दै काममा लगाउने कतारका ६७ कम्पनीलाई कारवाही

File

दोहा, कतार । सरकारले दिएको मानवाधिकारसम्बन्धी हकको हनन् हुने गरी कामदारलाई चर्को गर्मीमा खटाउने ६७ कम्पनीलाई सरकारले कारवाही गरेको छ । चर्को घाममा समेत श्रमिकलाई काम निरन्तर खटाएका कतारका ६७ कम्पनी कारबाहीमा परेका हुन् । कतारको प्रशासनिक विकास तथा सामाजिक मन्त्रालयले स्थलगत अनुगमनपछि उनीहरुमाथि कारवाही गरेको हो । श्रमिकको न्यूनतम स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा नराखी… Continue reading मानवाधिकार वेवास्ता गर्दै काममा लगाउने कतारका ६७ कम्पनीलाई कारवाही