चौतारा । सिन्धुपाल्चोक र अछाममा गत साता गएको पहिरोमा परी हराइरहेका मध्ये अझै १८ जना वेपत्ता छन् । जुगल गाउँपालिका–२ लिदीमा साउन ३० गते गएको पहिरोमा पुरिएका मध्ये शनिबारसम्म ३२ जनाको शव फेला परिसकेको छ । शनिबार ३५ वर्षीया सानोकान्छी दोङ र उनकी ४ वर्षीया छोरी करिस्माई दोङको शव भेटिएको प्रहरीले जनाएको छ । यहाँ… Continue reading लिदी पहिरोमा ३२ को शव फेला, अछाममा अझै ११ वेपत्ता
Author: Vishwanews.com
युरोपा लिगको उपाधी सेभियालाई
काठमाडौं । यूरोप लिग फुटबलको उपाधि स्पेनिस क्लब सेभियाको पोल्टामा परेको छ । गएराति जर्मनीमा भएको खेलमा इटालियन क्लब इन्टर मिलानलाई ३-२ गोलले हराएको सेभियाले उपाधि जितेको छ । सेभियाको जितमा लुक डे जोङले दुई र डिएगो कार्लोसले एक गोल गरेका छन् । इन्टर मिलानका लागि रोमेरो लुकाकु र डिएगो गोडीनले एक-एक गोल गरे ।… Continue reading युरोपा लिगको उपाधी सेभियालाई
शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु
वीरगन्ज । नेपालमा शनिबार कोरोना भाइरसको संक्रमणबाट तीन जनाको निधन भएको छ । पर्सा र चितवनमा तीनजना कोरोना संक्रमितको ज्यान गएको हो । पर्सास्थित सुगौली बिर्ताका कोरोना संक्रमित ५८ वर्षीय पुरुषको गत राती र बहुदरमाई नगरपालिका बहुअरीका ६१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अहिलेसम्स पर्सामा मात्र ३६ जनाको कोरोना भाइरसको संक्रमणका कारण… Continue reading शनिबार कोरोनाबाट थप तीन जनाको मृत्यु
पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालको सुरक्षामा खटिएका ९ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण भेटिएको छ । उनका पीएसओसहित ९ जना सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको नेपाल स्रोतले जानकारी दिएको छ । नेता नेपाल र उनको परिवारका सदस्यको… Continue reading पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीमा कोरोना
नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?
काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या हजार नाघेको छ । शुक्रबार एकै दिन ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै ३० हजारको आंकडा पार गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार अब कुल ३० हजार ४ सय ८३ जनामा कोरोना पुष्टी भइसकेको छ । यसमध्ये सर्वाधिक संक्रमित… Continue reading नेपालमा ३० हजार नाघे कुल संक्रमित, सर्वाधिक बढी कुन-कुन जिल्लामा ?
भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?
काठमाडौं । १६ भदौबाट अन्तर्राष्ट्रिय हवाई उडान नियमित हुने भएको छ । सरकारले शर्तसहित उडान खोल्ने निर्णय गरेको हो । पीसीआर परीक्षण सहज भएका देशमा मात्र पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान हुनेछ । पिसिआर सहज हुने मुलुक बाहेकमा भने नेपालीलाई घर फर्काउने प्रयोजनका लागि साविकमा जस्तै चार्टर्ड उडान मात्र हुने भएको छ । पहिलो चरणमा अमेरिका,… Continue reading भदौ १६ बाट हुने भयो नियमित उडान, पहिलो चरणमा कुन कुन देश खुला ?
पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च
काठमाडौं । नेपालमा हालसम्म ५ लाख ७९ अजार ८९९ जनाको पीसीआर परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा १३ हजार ५ सय ८९ जनाको पीसीआर परीक्षण सहित उक्त संख्या पुगेको हो । जसमध्ये १८ हजार २ सय १४ जना संक्रमण मुक्त भैसकेका छन् भने १३७ जनाको मृत्यु भएको छ । अन्यको उपचार जारी रहेको छ ।… Continue reading पीसीआर परीक्षणमा ३ अर्ब १८ करोड ९४ लाख खर्च
काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार शुक्रबार गरिएको परीक्षणमा काठमाडौं उपत्यकामा थप १ सय ८२ जनामा कोरोनाको संक्रमण पुष्टि हो । गौतमका अनुसार कोरोना संक्रमित हुनेहरुमा काठमाडौंका १ सय ४२, ललितपुरका १५ र भक्तपुरमा २५ जना रहेका… Continue reading काठमाडौं उपत्यकामा १ सय ८२ जना कोरोना संक्रमित थपिए
नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु
काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशको विभिन्न ठाँउमा १ महिला र १० पुरुष सहित ११ जनाको मृत्यु भएको हो । प्रवक्ता गौतमका अनुसार कोरोना संक्रमणबाट मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा… Continue reading नेपालमा कोरोना संक्रमणबाट एकैदिन ११ जनाको मृत्यु
नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा गरिएको पीसीआर परीक्षणमा ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि, २ सय ५० डिस्चार्ज
भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट एकै दिन सर्वाधिक संख्यामा कोरोना भाइरसका संक्रमित थप भएका छन् । २४ घण्टामा ६८ हजार भन्दा धेरै व्यक्तिमा कोरोना पुष्टी भएको हो । यो भारतमा एकै दिन देखिएको सर्वाधिक संख्या हो । भारतमा एकैदिन ६८ हजार पाँच सय मानिसमा कोरोना देखियो । यो अवधिमा ९ सय ८१ जनाको मृत्यु… Continue reading भारतमा एक दिनमा सर्वाधिक संक्रमित थपिए
काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा ६ देखि १० हजार हाराहारी आइसोलेसन बेड बनाउने भएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौंमा अधिकतम १० हजारसम्म आइसोलेसन बेड तयार गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । यद्दपी निर्णय भने सार्वजनिक भएको छैन । बैठक बिहीबार बसेको थियो । सरकारले सरकारी, सामुदायिक र निजी अस्पताल र आवश्यक… Continue reading काठमाडौंमा १० हजारसम्म आइसोलेसन बेड बनाइने
चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित
भरतपुर । चितवनमा शुक्रबार बिहान थप २६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । यहाँ स्वास्थ्यकर्मीससहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । बिहीबार राति आएको परीक्षणको नतिजा अनुसार ११ जना महिला र १५ जना पुरुषमा संक्रमण देखिएको हो । भरतपुरस्थित कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएकामध्ये २२ जना चितवनका… Continue reading चितवनमा शुक्रबार बिहानै थपिए २६ संक्रमित
विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने
काठमाडौं । अब विदेशबाट नेपाल आउने नेपालीले कम्तिमा ७ दिन होटेल क्वारेन्टिनमा बस्नै पर्ने भएको छ । त्यो पनि आफ्नै खर्चमा । सरकारले ‘चार्टर तथा उद्धार उडान’लाई पुनः सुचारु गर्ने निर्णय गर्दै त्यसका लागि टिकटसँगै होटेल बुकिंग समेत अनिवार्य गर्ने निर्णय गरेको हो । स्थानीय तहमा क्वारेन्टिनको व्यवस्थापन गर्न नसकेपछि अब सरकारले आफ्नै खर्चमा होटेलमा… Continue reading विदेशबाट नेपाली ल्याउन फेरी खुल्ने भयो चार्टर्ड उडान, ७ दिन होटेलमा बस्नै पर्ने
आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने
काठमाडौं । आज नेपालसहित विश्वभर हरितालिका तीज मनाइदैछ । भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका तीज पर्व महादेवको पूजा आराधना गरी मनाउने गरिन्छ । आजको दिन व्रत बसी शिव–पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास रहेको छ । तर, आज शिवालयमा भेला भई दर्शन गर्न र नाचगान गर्न भने पाइदैन… Continue reading आज हरितालिका तीज, शिवालयमा दर्शन गर्न भने नपाइने
आज १६ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौं । बिहीबार एकै दिन सुनको मूूल्यमा १६ रुपैयाँको गिरावट आएको छ । बिहीबार सुनको मूल्य प्रतितोला ९८ हजार ८ सयमा कारोबार भएको छ । बुधबार सुन प्रतितोला एक लाख ४ सयमा कारोबार भएको थियो। बिहीबार चाँदीको मूल्य १३ सय ६० रुपैयाँ कायम भयो । यो अघिल्लो दिनको तुलनामा १५ रुपैयाँ कम हो। अन्तर्राष्ट्रिय बजारमा… Continue reading आज १६ सय रुपैयाँले घट्यो सुनको भाउ
काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा
काठमाडौं । काठमाडौंको सीतापाइलामा युवतीमाथि एसिड प्रहार गर्ने दुई जनालाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंले बिहीवार उक्त मुद्दाको सुनुवाइ गर्दै थुनामा राख्न आदेश दिएको छ । न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको हो । अदालतले एसिड आक्रमणमा परेकी… Continue reading काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना थुनामा
काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर तथा उपत्यका मेयर फोरमका अध्यक्ष विद्यासुन्दर शाक्यले काठमाडौं छाडेर बाहिरी जिल्ला नजान र बाहिरबाट समेत काठमाडौ नआउन सर्वसाधारणमा अपिल गरेका छन् । एक भिडियो सन्देश जारी गर्दै मेयर शाक्यले निषेधाज्ञालाई इमानदारीसाथ पालना गरी घरबाहिर ननिस्कन समेत सर्वसाधारणलाई अपिल गरेका छन् । सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत एक हप्ताका लागि उपत्यकामा निषेधाज्ञा… Continue reading काठमाडौं बाहिर नजान र भित्र नआउन मेयरको आह्वान
आजदेखि सुनसान काठमाडौं, निषेधाज्ञा तोड्नेलाई दुई घण्टा होल्ड
काठमाडौं । बिहीबारबाट काठमाडौंमा निषेधाज्ञा प्रारम्भ भएको छ । काठमाडौं उपत्यकाभर अतिआवश्यक काम नपरेसम्म घर बाहिर निस्कन नपाउने गरी निषेधाज्ञा भएको हो । बिहीबार काठमाडौंमा करीव २ हजार मानिस निषेधाज्ञा तोडेको अभियोगमा कारवाहीमा परेका छन् । उनीहरुलाई २ देखि ४ घण्टासम्म खुला आकासमुनी उभ्याएर छाडिएको छ । प्रहरीले अति आवश्यक काम बीना नै निस्किएकाहरुलाई यसरी… Continue reading आजदेखि सुनसान काठमाडौं, निषेधाज्ञा तोड्नेलाई दुई घण्टा होल्ड
कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसारबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु भएको जानाकारी दिए । पर्सामा एक महिलासहित तीन जना, काठमाडौंमा एक महिला, मकवानपुर र सप्तरीमा एक–एक जना पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। योसँगै नेपालमा कोरोना संक्रमणबाट… Continue reading कोरोना संक्रमणबाट काठमाडौंकी एक महिलासहित थप ६ जनाको मृत्यु
उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । काठमाडौं उपत्यकामा दुईसय जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंमा १ सय ७४ जना, ललितपुरका १८ जना र भक्तपुरमा ८ जना संक्रमित थपिएका हुन् । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार ६ सय ९९ पुगेको छ। हालसम्म काठमाडौंमा २ हजार १५२, ललितपुरको ३६८ र… Continue reading उपत्यकामा थप २ सय जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ११ हजार ८ सय ३२ जनाको पीसीआर परीक्षणमा ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २९ हजार ६ सय ४५… Continue reading नेपालमा थप ७ सय ७ जनामा कोरोना संक्रमण पुष्टि
निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने
काठमाडौं । आजबाट काठमाडौं उपत्यकामा निषेधाज्ञा शुरु भएको छ । अत्यावश्यक काम नपरेसम्म आजबाट एक साता बाहिर जान पाइने छैन । यदी विदेश जाने टिकट छ भने समेत प्रहरीले बाटोमा रोक्ने छैन । टिकट, पासपोर्ट देखाएमा प्रहरीले सजिलै छाडिदिनेछ । अत्यावश्यक काम र हवाई उडानबाट विदेश जानेलाई विमानस्थलमा जान दिने निर्णय सरकारले गरेको हो ।… Continue reading निषेधाज्ञामा विदेश जानेलाई अवरोध नहुने
कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन
काठमाडौं । कुखुराको अण्डा र मासुबाट कोरोना भाइरस सर्ने हल्ला निराधार रहेको सरकारले स्पष्ट पारेको छ । पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने बताएको हो । कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने विभागको भनाई छ । पछिल्लो केही दिन यता कुखुराको मासु… Continue reading कुखुराको मासु र अण्डाबाट कोरोना सर्दैन
आज दर खाने दिन, घर बाहिर जान भने नपाइने
काठमाडौं । आज तीजको दर खाने दिन । तीजको अघिल्लो दिन माइती आएका दिदीबहिनीलाई दाजुभाईले मिठो मसिनो पकाएर खुवाउने प्रचलन रहेको छ । हरितालिका तीजको दिन व्रत बस्ने महिलाले आज भने राती १२ बजेसम्म नै मिठा परिकार खाएर बस्ने प्रचलन रहेको छ । भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न… Continue reading आज दर खाने दिन, घर बाहिर जान भने नपाइने
रौतहटमा पूजारीको गोली हानेर हत्या
रौतहट । रौतहटमा एक पूजारीको गोली प्रहार गरी हत्या भएको छ । जिल्लाको माधवनारायण नगरपालिकामा पुजारीको हत्या भएको हो । प्रहरीका अनुसार माधवनारायण २ खेसरहियामा गोली हानेर हनुमान मन्दिरका पुजारी श्रीराम साहको हत्या भएको हो । बुधबार साँझको नियमित पूजा सकेर राति खाना खान बसेका पुजारी साहलाई अज्ञात व्यक्तिले नजिकैबाट कन्चटमा गोली हानेको प्रहरीले जानकारी… Continue reading रौतहटमा पूजारीको गोली हानेर हत्या
गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने
काठमाडौं । गैरआवासीय नेपाली भिसा अब काठमाडौंबाहेक मोसफलका अध्यागमन कार्यालयबाट समेत जारी तथा नविकरण हुने भएको छ । अध्यागमन विभागका अनुसार अब काकडभिट्टा र पोखरास्थित अध्यागमन कार्यालयले समेत गैरआवासीय भिषा प्रदान र नविकरण गर्नेछन् । यससँगै अब भिसा नवीकरण तथा नयाँ जारी गर्न काठमाडौं आइरहनुपर्ने बाध्यता हटेको हो । विभागका अनुसार साविकमा विभागबाट मात्र यस्तो… Continue reading गैरआवासीय नेपालीले अब काठमाडौं बाहिरबाट पनि भिसा लिन\नविकरण गर्न सक्ने
राती १२ बजेदेखि काठमाडौंमा निषेधाज्ञा, अटेर गरे सिधै कारवाही
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा संक्रमण बढेको निष्कर्ष निकाल्दै आजराति १२ बजेबाट लागु हुने गरी निषेधाज्ञा घोषणा गरेको छ । अब अतिआवश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । निषेधाज्ञा एक सातासम्म कायम रहनेछ । बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञाको समयमा छुट पाउने वस्तु तथा सेवाको सूची सार्वजनिक गरेको छ । जिल्ला प्रशासन… Continue reading राती १२ बजेदेखि काठमाडौंमा निषेधाज्ञा, अटेर गरे सिधै कारवाही
प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद: श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षका रुपमा किशोर श्रेष्ठलाई नै काम गर्न दिन अन्तरिम आदेश दिएको छ । बुधबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलाशले सरकारले हाल कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालेका किशोर श्रेष्ठलाई नहटाउन र नियमावली संशोधन गर्न पर्नाका कारण पेश गर्न सरकारका नाममा अन्तरिम आदेश दिएको हो । सरकारले श्रेष्ठलाई कार्यवाहक अध्यक्षबाट… Continue reading प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष विवाद: श्रेष्ठलाई नै निरन्तरता दिन सर्वोच्चको आदेश
नेपालमा कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका एक/एक छन् । त्यसैगरी मोरङ, भक्तपुर, चितवन र सुनसरीका एक-एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यो सहित कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२० पुगेको छ ।