नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार कोरोना संक्रमणबाट पर्साका एक पुरुष र मोरङका महिलाको मृत्यु भएको हो । यो सहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको छ । मृत्यु हुनेमा ८१ जना पुरुष छन् भने २३ जना महिला… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार काठमाडौंमा १ सय २६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना कोरोना संक्रमित थपिएका हुन् । यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १ हजार ९ सय ६७ पुगेको छ। काठमाडौंमा १… Continue reading काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ६ सय ४१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको पुगेको छ । पछिल्लो २४ घण्टामा… Continue reading नेपालमा थप ६ सय ४१ जनामा कोरोना संक्रमण

अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार

काठमाडौं । नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित संघीय संसदको प्रतीक (लोगो) आज संघीय संसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ। सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन भएर नयाँ लोगो बनेको हो । उक्त लोगो संघीय संसदका महासचिव… Continue reading अद्यावधिक नक्सा अंकित लोगो हस्तान्तरण, खर्च प्रतिलोगो साढे ५ हजार

कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

काठमाडौं । विदेशमा रहेका नेपालीहरु क्रमशः कोरोना भाइरसको संक्तमणबाट उम्कदै गएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो साता कोरोना संक्रमणका कारण विदेशमा कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन् । अहिले विदेशमा नेपालीलाई कोरोना संक्रमणको दरसमेत न्युन बन्दै गएको छ । एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिवार साँझसम्म भारत, स्पेन, बेल्जियम, कतार, साउदी अरब… Continue reading कोरोनाबाट यो साता विदेशमा नेपालीको मृत्यु शून्य

आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी

काठमाडौं । नेपालमा विभिन्न जिल्लामा थप ८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । चितवन, पर्सा, बारा, कास्की र तनहुँमा थप ८० जना मानिसमा कोरोना देखिएको हो । बारा र पर्सामा मात्र ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमध्ये १० महिला छन् । नारायणी अस्पतालको पीसीआर प्रयोगशालाको नतिजामा उनीहरुमा पोजेटिभ आएको… Continue reading आइतबार बिहानै थप ८० जनामा कोरोना पुष्टी

लिदीमा ज्यान गुमाउने परिवारलाई एक लाख राहत घोषणा

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक, जुगल गाउँपालिका–२ लिदीमा गएको भीषण पहिरोमा परी ज्यान गुमाउने व्यक्तिका परिवारले राहतस्वरुप एक\एक लाख रुपैयाँ पाउने भएको छन् । विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको छ । उनीहरुले किरिया खर्चवापत तत्काल २५ हजार पाउने समेत निर्णय गरिएको छ । आफ्ना दुवै अभिभावक गुमाएका बालबालिकालाई कक्षा १२ सम्म निःशुल्क आवासीय शिक्षाको व्यवस्थापन… Continue reading लिदीमा ज्यान गुमाउने परिवारलाई एक लाख राहत घोषणा

राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस

काठमाडौं । सिन्धुपाल्चोक, जुगल गाउँपालिकास्थित पलदी गाउँमा पहिराले ३८ जनालाई बगायो । शनिबारसम्म १७ जनाको शव भेटिएको छ । यो भयानक दूर्घटनाको संकेत भने लिदीबासीले यस अगाडी नै पाएका थिए । २०७२ सालको भूकम्पबाट थिल्थिलो बनेको जमिनको मुनी जलविद्यूत आयोजनाले सुरुंग बनाइरहेको थियो । जसले गर्दा जमिन थर्कने गथ्र्यो । लिदीबासीले यो वस्ती पुनस्र्थापना गर्न… Continue reading राज्यकै गल्तीले लिदीबासीको ज्यान गयो : कांग्रेस

दुई भारतीय भेट्रान क्रिकेटर धोनी र सुरेश रैनाले लिए सन्यास

काठमाडौं । दुई भारतीय भेट्रान क्रिकेटर महेन्द्रसिंह धोनी र सुरेश रैनाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । यी दुब खेलाडी विश्वकप बिजेता खेलाडी हुन् । भारतले सन् २०११ मा विश्वकप क्रिकेट दोस्रो पटक उचाल्दा धोनी कप्तान थिए । रैना उक्त टोलीका महत्वपूर्ण सदस्य थिए । धोनीले इन्स्टामा एक भावुक भिडियो पोष्ट गर्दै सन्यासको घोषणा… Continue reading दुई भारतीय भेट्रान क्रिकेटर धोनी र सुरेश रैनाले लिए सन्यास

सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको भीषण पहिरोमा परेर हराएका मध्ये १६ जनाको शव भेटिएको छ । शनिबार ५ जनाको शव भेटिएको छ । शुक्रबार ११ जनाको शव भेटिएको थियो । प्रहरीका अनुसार शव भेटिएका सबैको पहिचान भइसकेको छ । शनिबार जुगल गाउँपालिका २ का १६ वर्षका माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई… Continue reading सिन्धुपाल्चोक पहिरो : १६ को शव फेला

काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९८ जना नयाँ बिरामी भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यस अवधिमा कुल ४६८ जनामा कोरोना देखिएकोमा ९८ जना काठमाडौं भित्र मात्र पुष्टी भएको हो । यसले काठमाडौंमा रहेको जोखिम अझै बढाएको छ । देशभर ५ सय भन्दा बढी संक्रिय बिरामी हुने जिल्ला ५ वटा… Continue reading काठमाडौं उपत्यकामा ९८ नयाँ संक्रमित भेटिए

कोरोनाले लियो थप तीन जनाको ज्यान

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप तीन जनाको मृत्यु भएको छ । अब नेपालमा कुल मृत्यु १ सय २ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट तीन जना मानिसको ज्यान गएको हो । मन्त्रालयका अनुसार यस अवधिमा कपिलवस्तु, पर्सा र धनुषामा तीन पुरुषको ज्यान गएको हो… Continue reading कोरोनाले लियो थप तीन जनाको ज्यान

नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण हुने मानिसको संख्या २६ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४ सय ६८ जना थप बिरामी भेटिएसँगै २६ हजारको आंकडा पार भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा उक्त संख्यामा नयाँ बिरामी थप भएका हुन् । यो अवधिमा कुल ११ हजार ४ सय ४७ जनामा… Continue reading नेपालमा २६ हजार भन्दा बढीमा कोरोना संक्रमण

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

काठमाडौं । नेपाल र भारत बीचमा बढ्दो राजनीतिक विवादका बीच दुई मुलुकका प्रधानमन्त्रीबीच आज फोनवार्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच फोनवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन् । प्रधानमन्त्री ओलीले भारतको ७४औं स्वतन्त्रता दिवसको अवसरमा ओलीलाई बधाई ज्ञापन गरेका छन् । यसबाहेक दुई प्रधानमन्त्री बीच… Continue reading प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

File

बाग्लुङ । बाग्लुङमा दुई छुट्टाछुट्टै स्थानमा पहिरो जाँदा तीन जनाको मृत्यु भएको छ । शुक्रबार राती पहिरोले निसीखोला गाउँपालिकामा दुई बालक र एक वृद्धाको मृत्यु भएको हो । गाउँपालिकाको वडा नम्बर ५ मा हिराबहादुर विकको घर शुक्रबार राति भत्किदा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा हिराबहादुरका नाती १४ वर्षीय वीरेन्द्र… Continue reading बाग्लुङमा पहिरोमा पुरिएर तीन जनाको मृत्यु

छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या

काठमाडौं । काठमाडौंमा छुरा प्रहारबाट एक जनाको हत्या भएको छ । काठमाडौंको मनमैजुमा छुरा प्रहार गरी नुवाकोटका लक्ष्मण तामाङको हत्या भएको हो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मुख्य अभियुक्त आङदोर्जे शेर्पालाई नियन्त्रणमा लिएको छ । शुक्रबार राति साढे ८ बजेतिर एक खाजा घरमा दुई पक्षबीच विवाद हुँदा तामाङलाई छुरा प्रहार भएको थियो। गम्भीर घाइते… Continue reading छुरा प्रहारबाट राजधानीमै एक जनाको हत्या

बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु

वीरगन्ज । पर्सा र बारामा शनिबार थप २३ जनामा कोरोना संक्रमण भएको छ । ७ महिलासहित २३ जनामा कोरोना पुष्टी भएको हो । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । संक्रमित हुनेमा डाक्टरसमेत छन् । नारायणी बयोधा अस्पतालमा क्यान्टिन चलाउने व्यक्तिमा समेत कोरोना पुष्टी भएको छ… Continue reading बारा र पर्सामा थप २३ जनामा कोरोना, १ जनाको मृत्यु

सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने

काठमाडौं । भूकम्पले थिल्थिलो भएको सिन्धुपाल्चोक जिल्लाको जुगल गाउपालिका स्थित लिदी तल एक जलविद्युत आयोजनाले सुरुंग बनाइरहेको छ । यसले कुनै पनि बेला ठूलो जोखिम निम्तन सक्ने भन्दै स्थानीयले यस अगाडी नै सरकारको ध्यानाकर्षण गराएका थिए । तर, शुक्रबार गएको पहिरोमा ११ जनाको मत्यु भइसकेको छ । अझै २७ जना वेपत्ता छन् । ठूलो वर्षा… Continue reading सिन्धुपाल्चोक लिदीमा जोखिमपूर्ण वस्ती स्थानान्तरण गरिने

लज्जास्पद पराजयसँगै बार्सिलोना चाम्पियन्स लीगबाट बाहिरियो

काठमाडौं । जर्मन क्लव बायर्न म्युनिखबाट ८–२ गोल अन्तरको हार बेहोर्दै स्पेनिस क्लव बार्सिलोना च्याम्पियन्स लिग फुटबलको उपाधी होडबाट बाहिरिएको छ । सेमिफाइनल प्रवेशका लागि गतराती सम्पन्न खेलमा बार्सिलोनाले लज्जास्पद हार बेहोर्नु परेको हो । बार्सिलोना च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलबाट बाहिरियो । लिस्बोनमा भएको खेलमा बार्सिलोनाविरुद्ध बार्यनले चौथो मिनेटमा अग्रता बनायो । त्यसपछि लगातार चार… Continue reading लज्जास्पद पराजयसँगै बार्सिलोना चाम्पियन्स लीगबाट बाहिरियो

सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

सिन्धुपाल्चोक । ३८ जना पुरिने गरी गएको भीषण पहिरोमा परी ज्यान गुमाएका ११ जनाको शव फेला परेको छ । शुक्रबार बिहान जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा ३८ जना मानिस पुरिएका थिए। त्यसमध्ये ११ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी गराएको छ । अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जानकारी गराएको छ ।… Continue reading सिन्धुपाल्चोक पहिरो अपडेट : ११ को शव फेला

निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

File

काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि अब निजी अस्पताललाई समेत कोरोनाको उपचार तथा नियन्त्रणमा खटाउने निर्णय गरेको छ । अब निजी अस्पतालले कम्तिमा २० प्रतिशत बेड कोभिड व्यवस्थापनको लागि छुट्याउनु पर्ने भएको छ। शुक्रबार मन्त्रालय मातहतको स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रले विज्ञप्ति जारी गर्दै यसे निर्देशन दिएको हो । कोरोना संक्रमित बढ्दै जाँदा सरकारी… Continue reading निजी अस्पतालका २० प्रतिशत बेड अब कोरोना उपचारमा

अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसबाट १ सय जना मानिसको ज्यान गएको छ । साउनयता बढेको मृत्युदरका कारण शुरुवाती चरणको तुलनामा छिट्टै मृत्युदरले तेस्रो अंक छोएको हो । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघमा पुष्टी भएको थियो । उनी चीनबाट आएका पुरुष थिए । दोस्रो संक्रमित १० चैतमा भेटिएको हो । त्यसपछि नेपालमा लकडाउन शुरु भएको… Continue reading अन्ततः कोरोनाबाट नेपालमा मानवीय क्षति तीन अंकमा पुग्यो

काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

काठमाडौं । सरकारले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा निषेधाज्ञा जारी गरेको छ । खासगरी बढी भीडभाड हुने गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले यस्तो आदेश जारी गरिएको हो । स्थानीय प्रशासनले सार्वजनिक स्थलमा भेला हुन, प्रदर्शन गर्न र पारिवारिक जमघट गर्न समेत रोक लगाएको छ । शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय… Continue reading काठमाडौंमा निषेधाज्ञा जारी, अब के के गर्न पाइन्न ?

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं  । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा उपचारको क्रममा रहेको चार जना संक्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा मोरङको विराटनगर महानगरपालिका-१५ का ३० वर्षीय पुरुष, सिराहको विष्णुपुर गाउँपालिका-१ का ४० वर्षीय पुरुष, बाराको जीतपुर–सिमरा उपमहानगरपालिकाका–४ सिमरा टोलका… Continue reading नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुग्यो, कुन प्रदेशमा कति ?

काठमाडौं उत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण

फाइलफोटो

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उत्यकामा १ सय १९ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार काठमाडौंका ८३, ललितपुरका ३० र भक्तपुरका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आजको सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १६९७ पुगेको छ। काठमाडौंमा १३६१, ललितपुरमा २२१ र… Continue reading काठमाडौं उत्यकामा थप १ सय १९ जनामा कोरोना संक्रमण

नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ११ हजार ५ सय ७५नमुना परिक्षणमा ५ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २५ हजार ५ सय… Continue reading नेपालमा थप ५ सय ९४ जनामा कोरोना, संक्रमितको संख्या २५ हजार नाघ्यो

सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा गएको पहिरोमा परि एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता भएका मध्ये पाँच जनाको शव भेटिएको छ । मृतकहरुको पहिचान हुन सकेको छैन्। पहिरोले ३७ घर ध्वस्त भएको र ९ जना घाइतेको उद्दार गरीएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ। सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा आज बिहान भीषण पहिरो जाँदा… Continue reading सिन्धुपाल्चोक लिदी पहिरो: एकै परिवारका ६ जनासहित ३८ जना बेपत्ता(सूचीसहित)

कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप

विराटनगर । नेपालमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । शुक्रबार थप एक जनाको ज्यान गएको छ । गतराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका १ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको बताइएको छ । ज्वरो, टाइफाइड र श्वासप्रश्वासमा समस्या देखिएका उनी बुधबार विराटनगर पुगेका थिए । उनको आइसोलेशनमा उपचार… Continue reading कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ९६ पुग्यो, शुक्रबार एक जना थप

कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु

File

मान्मा । कालिकोटमा पहिरोले एक घर पुरिदा ६ जनाको ज्यान गएको छ । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु नामक स्थानमा पहिरोले ठूलो मानवीय क्षति निम्त्याएको हो । गतराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिएको प्रहरीको भनाई छ । पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु… Continue reading कालिकोटमा पहिराले घर पुरियो, ६ जनाको मृत्यु

सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि

प्रतिकात्मक तस्वीर

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक फेरी एक पटक पहिरोका कारण मानवीय क्षति बेहार्ने अवस्थामा आएको छ । जिल्लाको जुगल गाउँपालिका वडा नम्बर २ लिदिको लामा टोलमा पहिरो जाँदा १३ वटा घर पुरिएका छन् । ती घरमा रहेका मध्ये पाँच वटा घरमा रहेका परिवारका सदस्य सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ । उनीहरुको खोजी शुरु भएको छ । उद्दारको… Continue reading सिन्धुपाल्चोकमा फेरी भीषण पहिरो, १३ घर पुरिए, मानवीय क्षतिको विवरण आउन बाकि