भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु

File

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण र मृत्युदर उच्च गतिमा बढेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार यहाँ पछिल्लो २४ घण्टामा ५३ हजार कोरोना संक्रमित थपिएको तथ्यांक छ । यस अवधिमा ८ सय ८७ संक्रमितको ज्यान गएको छ । अब भारतमा कुल संक्रमितको संख्या २२ लाख ६७ हजार पुगेको छ । भारतमा ज्यान गुमाउने मानिसको… Continue reading भारतमा एकै दिन थपिए ५३ हजार संक्रमित, ९ सयको मृत्यु

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो, धनुषामा एकको मृत्यु

जनकपुरधाम । सोमबार राती धनुषामा एक जनाको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको हो । जनकपुरधाम प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचाररत विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोना लागेर ज्यान गएको हो । अस्पतालका अनुसार उनी १८ दिनदेखि आईसीयूमा उपचारार्थ… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८० पुग्यो, धनुषामा एकको मृत्यु

बारा र पर्सामा फेरी थपिए ७० संक्रमित

वीरगन्ज । बार र पर्साका विभिन्न स्थानमा कोरोना भाइरसका थप ७० जना बिरामी भेटिएका छन् । सोमबार राती आएको रिर्पोटमा कोरोना पुष्टी हुनेहरुमा चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीसहित सर्वसाधारण रहेका छन् । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा २१ जना महिलासहित ७० जनामा कोरोना पुष्टि भएको हो छ । पर्साका ६५ जना र बाराका ५ जनामा कोरोना… Continue reading बारा र पर्सामा फेरी थपिए ७० संक्रमित

डोटीमा घर भत्कियो, एकै परिवारका चारको ज्यान गयो

File

डोटी । डोटीमा एक घर भत्किदा एकै परिवारका चार जनाको ज्यान गएको छ । आदर्श गाउँपालिका–१ बाँझककानी खलगडामा घर भत्किँदा भएको दुर्घटनामा एकै परिवारका चार जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । पाँच जना घाइते छन् । गतराती करिब एक बजे स्थानीय ३२ वर्षीय लोगे विकको घर भत्किँदा दुर्घटना भएको हो । उनकी श्रीमती… Continue reading डोटीमा घर भत्कियो, एकै परिवारका चारको ज्यान गयो

गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

हत्या भएको घर

काठमाडौं । आइतबार बिहान गोंगबुमा टाउको र खुट्टा काटेर भएको विभत्स हत्याको अनुसन्धानको निष्कर्षतर्फ प्रहरी पुगेको छ । स्रोतका अनुसार कृष्णबहादुर बोहोराको हत्या भएको घरको कोठामा बस्ने एक महिलालाई प्रहरीले चितवनबाट सोमबार पक्राउ गरेको छ । अब प्रहरी यो अनुसन्धानको निष्कर्षतर्फ उन्मुख भएको बताइएको छ । किनकी प्रहरीले हत्या भएको कोठाबाट कृष्णबहादुरको नागरिकता र एटीएम… Continue reading गोंगबु हत्याकाण्ड : हत्या भएको कोठामा बस्ने महिला चितवनबाट पक्राउ

अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई सेवा भदौ १६ बाट खुल्ने

काठमाडौं । सरकारले अन्तर जिल्ला यातायात र बाह्य तथा अन्तरिक हवाई उडानमाथिको प्रतिवन्ध थप १५ दिने लब्याउने निर्णय गरेको छ । अब यी सेवा भदौ १६ बाट मात्र संचालनमा आउनेछन् । यसअघि ५ साउनमा बसेको मन्त्रिपरिषद् बैठकले १ भदौबाट यी सेवा थाल्ने निर्णय गरेको थियो । तर, कोरोना भाइरसले महामारीको रुप लिने देखिएपछि पुनः प्रतिवन्ध… Continue reading अन्तर जिल्ला सार्वजनिक यातायात र हवाई सेवा भदौ १६ बाट खुल्ने

कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमणको नियन्त्रणमा सरकार असफल भएको निष्कर्ष निकालेको छ । अब सरकारको भर परेर सुरक्षित नहुने भन्दै कांग्रेसले नागरिक स्वयमः सुरक्षित रहनु पर्ने सुझाव समेत कांग्रेसले दिएको छ । कांग्रेसको कोभिड–१९ सम्बन्धी अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार तथा मन्त्री निकट र टाढाका आधारमा कर्मचारी राख्ने… Continue reading कांग्रेसको ठहर : कोरोना नियन्त्रणमा सरकार असफल

टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

काठमाडौं । गोंगबुमा आइतबार बिहान विभत्स अवस्थामा टाउको र खुट्टा काटिएको अवस्थामा फेला परेको शवको पहिचान भएको छ । उनी दाङका कृष्णबहादुर बोहरा भएको प्रहरीले पुष्टी गरेको छ । यसअघि शवको पहिचान हुन नसकेपछि सोमबार दिउँसो प्रहरीले उनको तस्वीर सार्वजनिक गरेको थियो । शवको सनाखत नहुँदा अनुसन्धानले गति लिन सकेको थिएन । तर, तस्वीर सार्वजनिक… Continue reading टाउको काटिएको अवस्थामा शव फेला परेका व्यक्तिको पहिचान, विभत्स हत्या भएको स्थान फेला

कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका संक्रमणको कारण थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा बाँकेकी ७० वर्षीय महिला, पर्साकी ४५ वर्षीय महिला, काठमाडौं कलंकी ट्याङ्लाफाँट निवासी ६४ पुरुष, काठमाडौंका ७६ वर्षिया पुरुष रहेका छन् । ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु… Continue reading कारोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ७९ पुग्यो

काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

फाइलफोटो

काठमाडौं  । काठमाडौं उपत्यकामा पछिल्ले २४ घण्टामा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका ३६ जना, ललितपुरका ४ जना र भक्तपुरका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सोमबार थपिएका ४४ जना सहित काठमाडौं उपत्यकामा कूल संक्रमितको संख्या १ एक हजार १… Continue reading काठमाडौं उपत्यकामा ४४ जना कोरोना संक्रमित थपिए

नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ४ सय ३२ नमुना परिक्षणमा ३ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ३१०… Continue reading नेपालमा थप ३ सय ३८ जनामा कोरोना संक्रमण

गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक

काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेको एक शवको पहिचान नभएपछि फोटो सार्वजनिक गरेको छ । शवको पहिचानमा सहयोग पुग्ने अपेक्षाका साथ तस्वीर सार्वजनिक गरिएको प्रहरीले जनाएको छ । तस्वीरको पहिचान गर्ने व्यक्तिले नजिकैको प्रहरी चौकीमा खबर गर्न समेत प्रहरीले सबैसँग आग्रह गरेको छ । प्रहरीले शव भेटिएको ठाउँ र त्यस आसपासका… Continue reading गोंगबुमा विभत्स हत्या भएको शवको पहिचान नभएपछि फोटो सार्वजनिक

कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

वीरगन्ज । पर्सा अहिले नेपालमा कोरोनाबाट उच्च मृत्युदर भएको जिल्ला बनेको छ । आइतबार वीरगञ्जमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । वीरगंज–१५ भेडियाहीकी ४५ वर्षीय महिलाको मृत्यु भएको थिया । उनको निधनपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ । उनी उच्च रक्तचाप र हाइपोथाइराइडकी विरामी भएको बताइएको छ । आइतवार गण्डक कोभिड… Continue reading कोरोनाले पर्सामा थप एक मानवीय क्षति, २२ नयाँ संक्रमित भेटिए

उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

काठमाडौं । त्रिभुवन विमानस्थलबाट प्रहरीले सुन तस्करीको आरोपमा चार जनालाई पक्राउ गरेको छ । आइतबार संयुक्त अरब इमिरेट्स युएईबाट आएका सोनाम लामा नाम गरेका २ जना, सीता स्याङ्तान र धनबहादुर बिके पक्राउ परेका हुन् । उनीहरुको साथबाट १७५७.४ ग्राम धातु बरामद भएको प्रहरीले जनाएको छ । धातुमा बाहिरबाट चाँदीले लेपन गरिएका कारण सुनको भएको प्रहरीको… Continue reading उद्धार उडानबाट नेपाल फर्कदा सुन तस्करी

काठमाडौं प्रवेशमा अझ कडाई, संक्रमित बढी भएका जिल्लाबाट पास नपाइने

file

काठमाडौं । सरकारले लामो दुरी र अन्तर जिल्ला यातायात सेवा थप १५ दिन बन्द गरेको छ । यसबीचमा अब काठमाडौं प्रवेशलाई समेत कडाई गरिने भएको छ । सरकारले सक्रिय संक्रमितको संख्या २ सयभन्दा माथि रहेको जिल्लाबाट अब काठमाडौं आउन पास नदिने गरी निर्णय गर्ने तयारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले २००… Continue reading काठमाडौं प्रवेशमा अझ कडाई, संक्रमित बढी भएका जिल्लाबाट पास नपाइने

स्कूल र पठनपाठन थप एक महिना बन्द

काठमाडौं । नेपालका स्कुल, पठनपाठन र नयाँ भर्नाको काम थप एक महिना पर धकेलिएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच नेपालमा असोजबाट मात्र शैक्षिक गतिविधि शुरु गर्ने तयारी गरिएको हो । आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १ असोजसम्म सार्ने प्रस्ताव गरेको हो । यो प्रस्तावलाई सोमबार बस्ने… Continue reading स्कूल र पठनपाठन थप एक महिना बन्द

तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

काठमाडौं । नेपालमा तत्काल हवाई र लामो दूरीको यातायात सेवा संचालनमा नआउने भएको छ । अन्तर जिल्ला यातायात तथा बाह्य तथा अन्तरिक हवाई उडान भदौ १ गतेदेखि नखोल्न कोभिड—१९ संकट व्यवस्थापन सेन्टर (सीसीएमसी)ले मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । सोमबार मन्त्रिपरिषद् बैठक बसेर यसलाई औपचारिकता दिनेछ । सिसिएमसीको आइतबार बसेको बैठकले १५ दिनका लागि यी सेवा… Continue reading तत्काल नखुल्ने भयो हवाई र लामो दूरीको यातायात

गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

काठमाडौं । नेपाल सरकारले भारतीय विदेश मन्त्री एस जयशंकरको भगवान गौतमबुद्ध बारेको विवादास्पद अभिव्यक्तिको खण्डन गरेको छ । सरकारले भगवान गौतम बुद्धको जन्मभूमिबारे राष्ट्रिय र अन्तर्राष्ट्रिस्तरमा कुनै बहस र विवाद नरहेको प्रष्ट पारेको हो । यसअघि भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार बुद्धलाई ‘महान भारतीय’ भनेका थिए । परराष्ट्र मन्त्रालयले आइतबार एक औपचारिक प्रतिक्रिया सार्वजनिक गरेको… Continue reading गौतमबुद्धको जन्मस्थलबारे वहस जरुरी छैनः नेपाल

नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

काठमाडौं । नेपालमा कोभिड–१९ बाट थप दुईजनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार कास्कीका ६२ वर्षीय पुरुष र पर्साकी २० वर्षीया महिलाको साउन २४ गते मृत्यु भएको हो। मृत्यु हुनेमा कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं १९ वस्ने ६२ वर्षिय एक पुरुषको साउन २४ गते राती ११ः३५ बजे उपचारको… Continue reading नेपालमा कोरोनाबाट थप दुईजनाको मृत्यु, मृतकको संख्या ७५ पुग्यो

बैंकहरुलाई ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई जोखिम न्यूनिकरण गरि कामकारबाही सञ्चालन गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ । राष्ट्र बैंकले आइतबार निर्देशन जारी गर्दै कोरोना महामारीकाबीच सञ्चालन भइरहेका बैंक तथा वित्तीय संस्थामा आवश्यक्ता अनुसार समूह विभाजन गरी आलोपालो प्रणालीमा कर्मचारी उपस्थित हुने ब्यवस्था मिलाउननिर्देशन दिएको हो । जनस्वास्थ्य सुरक्षाको मापदण्ड पालना गदै सेवा निरन्तरताको योजना… Continue reading बैंकहरुलाई ‘वर्क फ्रम होम’ को व्यवस्था मिलाउन राष्ट्र बैंकको निर्देशन

काठमाडाैं उपत्यकामा ९२ जनामा देखियाे कोरोना

काठमाडौं । पछिल्लो १४ घण्टामा काठमाडौं उपत्यकामा ९२ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमको अनुसार काठमाडौंका ९० र ललितपुरका २ जना छन्।

नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ८ हजार ८ सय १५ नमुना परिक्षणमा ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २२ हजार ९७२… Continue reading नेपालमा थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि, ४० जना डिस्चार्ज

स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई हटाई स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आइतबार काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ९ को वडा कार्यालय मण्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरेका हुन् । स्मार्ट मिटर प्रयोगमा आएसँगै ग्राहकको… Continue reading स्मार्ट मिटर जडान गर्न सुरु,घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने व्यवस्थाको अन्त्य

स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण देखिएको छ । शुक्रबार मन्त्रालयका ८४ जनाको स्वाब संकलन गरिएको र तीमध्ये चार जनामा पीसीआर पोजेटिभ देखिएको मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतको अनुसार कार्यालय सहयोगी र चालकहरूमा कोरोना देखिएको भन्ने प्रारम्भिक विवरण आएपछि थप विवरण आउन बाँकी नै रहेको छ । उनीहरूको सम्पर्कमा… Continue reading स्वास्थ्य मन्त्रालयका चार जना कर्मचारीमा कोरोना पुष्टि

चम्किए मेसी, बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाईनलमा

काठमाडौं । कप्तान लियोनल मेस्सी चम्किएको खेलमा इटालियन क्लव नापोलीलाई ३–१ गोल अन्तरले हराउँदै बार्सिलोन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाईनल प्रवेश गरेको छ । घरेलु मैदान नाउ क्याम्पमा भएको खेलमा मेसीको प्रेरणादायी प्रदर्शन रहेको थियो । शनिबार राति भएको खेलमा दोस्रो लेगमा नापोलीलाई ३–१ ले हराउँदै समग्रमा ४–२ को नतिजा सहित बार्सिलोना क्वाटरफाइलनमा प्रवेश गरेको हो… Continue reading चम्किए मेसी, बार्सिलोना च्याम्पियन्स लिग क्वाटरफाईनलमा

भारतीय विदेश मन्त्री भन्छन् : गौतम बुद्ध भारतीय हुन्

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्ध भारतीय भएको अभिव्यक्ति दिएका छन् । शनिबार भारतीय उद्यमी तथा व्यवसायीहरुको छाता संगठन कन्फडरेसन अफ इण्डियन इन्डष्ट्रिको आयोजनामा भएको इण्डिया एट ७५ भर्चुअल सम्मेलनलाई सम्बोधन गरेका उनले यस्तो दावि गरेका हुन् । उनले भनेका छन, ‘हामी सबैले आजसम्मकै महान भारतीय भनेर चिन्ने दुई जनालाई हो। पहिलो गौतम… Continue reading भारतीय विदेश मन्त्री भन्छन् : गौतम बुद्ध भारतीय हुन्

नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

फाइल तस्वीर

काठमाडौं । लकडाउनयता वैदेशिक रोजगारी तथा अन्य विभिन्न प्रयोजनमा विदेशमा रहेकै अवस्थामा ज्यान गुमाएका २४६ जना नेपाली नागरिकको शव नेपाल ल्याइएको छ । यस अवधिमा कुल ४९४ जनाको मृत्यु विदेशमा भएको थियो । त्यसमध्ये १ सय ७२ वटा शवको गन्तब्य मुलुकमै अन्त्येष्टी गर्न सहमति प्राप्त भएको थियो । अन्य शव भने नेपाल ल्याउनु पर्नेछ ।… Continue reading नेपालीका ७६ शव अझै विदेशमै, २४६ वटा नेपाल ल्याइयो

कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरस सङ्क्रमणबाट नेपाल बाहिर मात्र हालसम्म १९१ जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली सङ्घले संकलन गरेको तथ्यांक अनुसार यो साता भारतमा थप दुई जना नेपालीको मृत्यु भएको छ । सङ्घ मातहतको स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यो साता भारत, अष्ट्रेलिया, बेल्जियम, पोल्याण्ड, फ्रान्स, कतार, साउदी अरेबियामा रहेका नेपालीमा… Continue reading कोरोनाबाट नेपाल बाहिर १९१ जना नेपालीको मृत्यु

पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमण पुष्टी भएका एक जनाका उपचारका क्रममा ज्यान गएको छ । यससँगै अब नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ७४ पुगेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुष ज्यान गएको हो उनी साउन १७ मा अस्पताल भर्ना भएका थिए । गत राती… Continue reading पोखरामा कोरोना संक्रमणबाट एक जनाको मृत्यु

लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३

काठमाडौं । कोरोना महामारी सुरू भएयता हवाईमार्गबाट ४५ हजारभन्दा बढी नेपाली घर फर्किएका छन् । भारतसहित विश्वका ३० देशबाट अहिलेसम्म ४५ हजार ८ सय १२ जना नेपाल फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) ले सार्वजनिक गरेको विवरण अनुसार शुक्रबारसम्म उक्त संख्यामा नेपाली घर फर्किएका हुन् । शुक्रबार एकै दिन १ हजार १२… Continue reading लकडाउनपछि विदेशबाट घर फर्किए ४६ हजार नेपाली, अमेरिकाबाट ४२३