काठमाडौं । बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई कोरोना भाइरसको संक्रमण भएमा उनीहरुको उपचारमा लाग्ने खर्च कार्यालय स्वयमले बेहोर्नु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थाका कर्मचारी एवं सेवाग्राहीको स्वास्थ्यलाई उच्च प्राथमिकतामा राखेर न्यूनतम बैंकिङ्ग सेवा सुचारु गर्न निर्देशन दिएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एक… Continue reading बैंकका कर्मचारीलाई कोरोना लागे सम्पूर्ण खर्च कार्यालयले गर्नुपर्ने
Author: Vishwanews.com
वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी
वीरगन्ज । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप दुई जनाको मृत्यु भएको पुष्टी भएको छ । वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरुको बिहीबार ज्यान गएको थियो । दम, मधुमेह र उच्च रक्तचापबाट पिडित दुई जनाको कोरोना भाइरसका कारण ज्यान गएको पुष्टी भएको हो । बाराको प्रसौनी गाउँपालिका २… Continue reading वीरगन्जमा मृत्यु भएका बाराका दुई जनामा कोरोना पुष्टी
९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीचको संवाद बिहीबारबाट पुनः सूचारु भएको छ । पछिल्लो ९ दिनयता दुई नेताबीच भेट भएको थिएन् । तर, नेकपा भित्रको विवाद भने जहाँको त्यही छ । विहीबार भने यी दुई नेताबीच करिब चारघण्टा छलफल भएको छ । छलफल सकारात्मक रहेको नेताहरुको दावि छ… Continue reading ९ दिनपछि नेकपा अध्यक्षद्धय प्रचण्ड र ओली पुनः संवादमा जुटे
कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु, मृतकको संख्या ९५ पुग्यो
काठमाडौं । नेपालमा कोरोनाका संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु हुनेमा महोत्तरीका ४५ वर्षीय पुरुष, धनुषाका ८५ वर्षीया महिला, अछामका १८ वर्षीय पुरुष र मोरङका ५७ वर्षीय पुरुष रहेको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ९५ पुगेको छ ।
काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप १ सय २७ व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंका १११, ललितपुरका ११ र भक्तपुरका ५ जनामा कोरोना पुष्टि भएको हो । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। योसँगै काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ११७८ ललितपुरमा… Continue reading काठमाडौं उपत्यकामा थप १ सय २७ जनामा कोरोना संक्रमण
नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको ९ हजार ८ सय ५९ नमुना परिक्षणमा ५ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ९ सय… Continue reading नेपालमा थप ५ सय २५ जनामा कोरोना संक्रमण
सनसनिपूर्ण जीतसँगै पिएसजी च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा
काठमाडौं । खेलको ८९ मिनेसम्म पछाडी परेको नतिजा उल्टाउँदै पेरिस सेन्ट जर्मन (पीएसजी) च्याम्पियन्स लिग फुटबलको अन्तिम चारमा प्रवेश गरेको छ । गतराति भएको खेलमा एटलान्टालाई २ १ ले हराउँदै पीएसजी सेमिफाइनल पुगेको हो । एटलान्टाका पासालिगले खेलको २६ औं मिनेटमै गोल गरेर अग्रता दिलाएका थिए । त्यसपछि एटलान्टा खेलमा हावी भएको थियो । पिएसजीका… Continue reading सनसनिपूर्ण जीतसँगै पिएसजी च्याम्पियन्स लीग फुटबलको सेमिफाइनलमा
विश्वकप छनोटका खेलहरु फेरी स्थगित
काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका बीच कतारमा आयोजना हुने विश्वकप तथा २०२३ मा चीनमा आयोजना हुने एसियाकपका छनोट खेलहरु फेरी स्थगित भएका छन् । कोरोनाले खेलाडीहरुको एक अर्का मुलुकमा हुने आगमन झण्झटिलो बनेको छ । अर्कोतर्फ जोखिमसमेत उत्तिकै रहेको भन्दै एसियाली फुटबल कन्फेडेरेसन (एएफसी)ले सन् २०२० भर कुनै पनि प्रतियोगता नगर्ने बताएको हो ।… Continue reading विश्वकप छनोटका खेलहरु फेरी स्थगित
यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो
आवुधावी । युनाइटेड अरब इमिरेट्स (युएई)मा मात्र कोरोना भाइरसको संक्रमण शुरु भएयता विभिन्न कारणले १ सय १० जना नेपालीको मृत्यु भएको छ । त्यहाँस्थित नेपाली दूतावासले यसको जानकारी गराएको हो । ११ मार्चयता ठूलो संख्यामा नेपाली नागरिकले यूएइमा ज्यान गुमाएको तथ्यांक दूतावासको रहेको छ । पाँच महिनायता प्राकृतिक मृत्युवरण, आत्महत्या, हत्या, कोरोना संक्रमण र दुर्घटनाबाट… Continue reading यूएईमा ५ महिनायता ११० नेपालीको ज्यान गयो
रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास
काठमाडौं । कोरोना भाइरसविरुद्ध रसियाले बनाएको भ्याक्सिनले सकारात्मक परिणाम दिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । रुस आधिकारिकरुपमा कोरोनाविरुद्धको भ्याक्सिन दर्ता गर्ने विश्वकै पहिलो मुलुक हो । भ्याक्सिनको पहिलो डोज राष्ट्रपति भ्लादिमिर पुटिनकी छोरीलाई दिइएको थियो। उनमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने एन्टीबडीको विकास भएको चिकित्सकले जनाएका छन् । साथै भ्याक्सिन लिएपछि उनमा ज्वरो समेत कम भएको… Continue reading रसियन भ्याक्सिनको सकारात्मक परिणाम, पुटिनको छोरीमा एन्टिबडी विकास
अब जिल्ला बाहिर जाने पास नपाइने
काठमाडौं । सरकारले एक जिल्लाबाट अर्को जिल्ला जान पाउने गरी जारी गरेको पास रद्द गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिएपछि सरकारले मानिसको आवतजावतमा पुनः कडाई गर्न लागेको हो । अब एक जिल्लाबाट अर्को जिल्लामा जाने सवारी पास नपाइने गृह मन्त्रालयले स्पष्ट पारेको छ । यो नियम बिहीबारदेखि लागू हुनेछ । गृह मन्त्रालयले पास वितरण… Continue reading अब जिल्ला बाहिर जाने पास नपाइने
आज नेपालमा कोरोनाबाट सर्वाधिक मानवीय क्षति, एकै दिन १० जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट बुधबार सर्वाधिक संख्यामा मानवीय क्षति भएको छ । कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको पुष्टि भएको हो । सोमबार जनकपुरको रामजानकी अस्पतालमा उपचारका क्रममा मृत्यु भएका महोत्तरीको मटिहानी नगरपालिका ६ का ५२ वर्षीय पुरुष र मङ्गलबार दिउँसो वीरगञ्ज महानगरपालिका १६ को सडकमा मृत भेटिएका बाराको विश्रामपुर… Continue reading आज नेपालमा कोरोनाबाट सर्वाधिक मानवीय क्षति, एकै दिन १० जनाको मृत्यु
सुनको मूल्यमा रसिया भ्याक्सिनको प्रभाव, एकै दिन ऐतिहासिक गिरावट
काठमाडौं । रसियाले निर्माण गरेको कोरोना भाइरसविरुद्धको औषधीबारे आएका सकारात्मक खबरको प्रभाव सुनको मूल्यमा परेको छ । नेपाली बजारमा सुनको मूल्यमा बुधबार ऐतिहासिक गिरावट देखिएको हो । बुधबार एकैदिन ६ हजार २ सय रुपैयाँले सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन तोलाका १ लाख १ हजार ६ सय रुपैयाँमा… Continue reading सुनको मूल्यमा रसिया भ्याक्सिनको प्रभाव, एकै दिन ऐतिहासिक गिरावट
सरकारले भन्यो : व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर पिसिआर गराउनु
काठमाडौं । सरकारले उद्योगधन्दा तथा व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर आफ्ना कर्मचारीको अनिवार्य पिसिआर परीक्षण गराउन आग्रह गरेको छ । सपिङ मल, रेष्टुरेन्ट, होटल र उद्योग व्यवसायमा संलग्न व्यवसायी र कर्मचारीलाई आफ्नै खर्चमा कोरोना संक्रमण परीक्षण गराउन सरकारले आह्वान गरेको छ । पछिल्लो समय शहरी इलाकामा कोरोना भाइरसको संक्रमणको दर बढेको छ । जसले मृत्युदर समेत… Continue reading सरकारले भन्यो : व्यवसायिक प्रतिष्ठानले पैसा तिरेर पिसिआर गराउनु
लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई
काठमाडौं । देशव्यापी लकडाउनका कारण मुलुक असारसम्म करीव ठप्प अवस्थामा थियो । सरकारले ११ चैतमा लकडाउन घोषणा गरेको थियो । त्यसपछि काठमाडौंसहितका शहर र भारतबाट समेत मानिसहरु दुख कष्ट सहेरै गाउँसम्म पुगे । यसरी गाउँ पुगेका मानिसहरु लामो समय गाउँमा थपिएको सकारात्मक प्रभाव कृषिमा देखिन थालेको छ । देशभर असारे धानको रोपाइँ सकिएको छ ।… Continue reading लकडाउनको कृषिमा सकारात्मक प्रभाव, ५ वर्षयताकै बढी धान रोपाई
कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार मृत्यु धनुषाका २ जना, काठमाडौं, धादिङ, सप्तरी, मोरङ, कपिलवस्तु र बाराका एक-एकजना रहेका छन् । जनकपुरका एक ७१ वर्षीय पुरुषको मेडिसिटी अस्पतालमा मृत्यु भएको छ। धनुषाकै ३१ वर्षीया एक महिलाको पाटन अस्पतालमा उपचारका क्रममा… Continue reading कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या ९१ पुग्यो
काठमाडौं उपत्यकामा थप १ सय ३८ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौं उपत्यकामा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १०९ , ललितपुरमा २१ र भक्तपुरमा ९ जना संक्रमित थपिएका हुन् । उनीहरूको उपत्यकाका विभिन्न प्रयोगशालाहरूमा परीक्षण गरिएको हो। यो सहित काठमाडौं उपत्यकामा कुल संक्रमितको संख्या १४५४ पुगेको छ। काठमाडौंमा ११६९, ललितपुरमा… Continue reading काठमाडौं उपत्यकामा थप १ सय ३८ जनामा कोरोना संक्रमण
नेपालमा थप ४ सय ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको १० हजार ४ सय ८१ नमुना परिक्षणमा ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४… Continue reading नेपालमा थप ४ सय ८४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २४ हजार नाघ्यो
कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत फेला
काठमाडौं । कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत अवस्थामा फेला परेका छन् । तीन दिनदेखि बेपत्ता बानियाँको शव मकवानपुरको मान्डु हाइड्रोपावरको फिल्टरमा अड्किएको अवस्थामा फेला परेको हो । शव बानियाँकै भएको उनकी छोरीले यकिन गरेको प्रहरीले जनाएको छ । उनी घरको सम्पर्कमा नभएपछि परिवारले खोजि गरिदिन महानगरीय अपराध महाशाखामा निवेदन दिएका थिए। बल्खु बगरमा उनको… Continue reading कान्तिपुर दैनिकका पत्रकार बलराम बानियाँ मृत फेला
पाल्पा र डोटीमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, दर्जनौं घाइते
पाल्पा\डोटी । डोटी र पाल्पामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ५ जनाको ज्यान गएको छ । दर्जनौं व्यक्ति घाइते छन् । डोटीको पूर्वीचौकी गाउँपालिका–१ खिरसैनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो । भारतबाट नेपाल आएका नागरिक आफ्नो घर फर्कने क्रममा सवारी दुर्घटनामा परेका हुन् । कैलालीको धनगढीबाट अछामतर्फ गइरहेको ना ६ ख २५२९ नं.… Continue reading पाल्पा र डोटीमा सवारी दुर्घटना, ५ जनाको मृत्यु, दर्जनौं घाइते
बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु, एक जनामा कोरोना पुष्टी-अर्को रिर्पोट आउन बाँकि
बुटवल । बुटवलस्थित कोरोना विषेश अस्थायी अस्पतालमा गतराती दुई जनाको मृत्यु भएको छ । अस्पतालका अनुसार उनीहरुमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । एक जनाको भने स्वाव संकलन पछि परीक्षण भइरहेको छ । उनको रिर्पोट आउन बाँकि रहेको छ । एकै पटक दुई जनाको ज्यान गएपछि बुटवलमा समेत त्रास बढेको छ ।… Continue reading बुटवल कोरोना अस्पतालमा दुईको मृत्यु, एक जनामा कोरोना पुष्टी-अर्को रिर्पोट आउन बाँकि
वर्षभर २ लाख ६ हजार पर्यटक आउने अनुमान, बोर्डले आधा घटायो बजेट
काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक वर्षको बजेटमा भारी कटौती गरेको छ । वार्षिक १२ लाख पर्यटक आइरहेको नेपालमा बोर्डले चालु आर्थिक वर्षमा २ लाख ६ हजार मात्र पर्यटक आउन सक्ने अनुमान गरेको छ । यद्दपी चालु आवको पहिलो दुई महिना भने पर्यटक आगमन शून्य हुनेछ । किनकी साउन सकिन अब केही दिन मात्र… Continue reading वर्षभर २ लाख ६ हजार पर्यटक आउने अनुमान, बोर्डले आधा घटायो बजेट
कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
नयाँ दिल्ली । कोरोना भाइरसको संक्रमणबाट भारतका प्रख्यात शायर तथा गीतकार राहत इन्दौरीको मृत्यु भएको छ । उनमा कोरोना संक्रमण पुष्टि भएपछि भारतको इन्दौरस्थित अरबिन्द अस्पतालमा भर्ना गरिएको थियो। उनलाई स्वासप्रश्वासमा समस्या देखिएको थियो । उपचारका लागि अस्पताल भर्ना गरिएका उनलाई हृदयघात भएको थियो । त्यसपछि उनले देहत्याग गरेका छन् । डाक्टरहरुले उनमा ६० प्रतिशत… Continue reading कोरोनाका कारण प्रख्यात भारतीय कविको मृत्यु, पूर्वराष्ट्रपति मुखर्जीको अवस्था चिन्ताजनक
रुकम घटनामा मारिएका व्यक्तिका परिवारलाई १० लाख दिइने
काठमाडौं । सरकारले पश्चिम रुकुमस्थित चौरजहारीको सोतीमा भएको घटनामा हत्या भएका व्यक्तिका परिवारलाई १०\१० लाख रुपैयाँ प्रदान गर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो । जेठ १० मा यो घटना भएको थियो घटनामा ६ जना मारिएका थिए । हत्या भएकाहरुका परिवारलाई सरकारले प्रतिव्यक्ति १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको अर्थमन्त्री डा.… Continue reading रुकम घटनामा मारिएका व्यक्तिका परिवारलाई १० लाख दिइने
नेपालमा तत्काल भारतीय कामदार आउन नपाउने
काठमाडौं । नेपालमा तत्काल कामका लागि भारतबाट कुनै पनि व्यक्ति नेपाल आउन नपाउने भएका छन् । सरकारले भारतबाट श्रम गर्न आउने मानिसलाई नेपालमा प्रवेश रोक लगाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय श्रमिकलाई नेपालमा आउन रोक लगाउने निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले बताए । भारतमा बढ्दो संक्रमणका… Continue reading नेपालमा तत्काल भारतीय कामदार आउन नपाउने
नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा मृत्यु हुनेमा धनुषाका दुईजना, काभ्रे र सिन्धुपाल्चोकका एक(एक जना रहेका छन् । ललितपुरको किष्ट अस्पतालमा उपचाररत काभ्रे पाँचखालकी ५० वर्षीया महिलाको मंगलबार दिउँसो उपचारका क्रममा मृत्यु भएको हो। आइतबार दिउँसो १ बजे… Continue reading नेपालमा कोरोनाबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ८३ पुग्यो
होटल तथा रेष्टुराँमा फेरि ‘टेक अवे’ को व्यवस्था
काठमाडौं । सरकारले होटल तथा रेष्टुराँमा बसेर खान नपाइने व्यवस्था पुनः सुरु गरेको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले गरेको निर्णय सुनाउँदै सरकारका प्रवक्ता अर्थ तथा सूचना मन्त्री डा. युवराज खतिवडाले होटल तथा रेष्टुराँबाट कोरोनाको जोखिम बढेको भन्दै अब ‘टेक अ वे’ को व्यवस्था गरेको बताए । यसअघि साउन १५ देखि रेष्टुरेन्टमा बसेर खान पनि… Continue reading होटल तथा रेष्टुराँमा फेरि ‘टेक अवे’ को व्यवस्था
काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या १३१४ पुगेको छ।
नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको १० हजार ४ सय ६२ नमुना परिक्षणमा ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २३ हजार ९६८… Continue reading नेपालमा थप ६ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि
गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या
काठमाडौं । प्रहरीले गोंगबुमा विभत्स हत्या भएको अवस्थामा फेला परेका दाङका कृष्णबहादुर बोहराको हत्या आरोपी सार्वजनिक गरेको छ । काठमाडौं महानगरीय प्रहरी परिसरमा हत्या आरोप लागेका चितवनकी कल्पना मुडभरी(पौडेल) र उनकी छोरीलाई प्रहरीले सार्वजनिक गरेको हो। कल्पनाकी छोरीले शव व्यवस्थापन सहयोग गरेको खुलेको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवालीले मंगलबार आयोजित पत्रकार सम्मेलनमा दिएको… Continue reading गोंगबु हत्या : स्लिपिङ ट्याब्लेट खुवाई बेहोस बनाएर हत्या