काठमाडौं । नेपाल प्रहरी अनियमिताका अनेक काण्डमा फसिएको छ । त्यसमा सुन एउटा प्रकरण हो । प्रहरी फेरी अर्को सुन काण्डमा फसिएको छ । मंगलबार १३ गते प्रहरीले काठमाडौंको कमलादीबाट १५ किलो सुन र दुई थान हतियार बरामद गरेको समाचार सार्वजनिक गर्यो । समाचार लगत्तै महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले पत्रकार सम्मेलन… Continue reading फेरी सुनकाण्डमा फस्यो प्रहरी, १५ किलो धातु बरामद प्रकरण थप रहस्यमय
Author: Vishwanews.com
काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढ्दो क्रममा छ । उता, काठमाडौंकै सडकमा भने मानिसहरुको भिडभाड सामान्य अवस्थामा जस्तै पुगिसकेको छ । केही समुह निरन्तर प्रदर्शनमै छन् । उनीहरुविरुद्ध भने सरकारले कारवाही थालेको छ । काठमाडौंका विभिन्न स्थानबाट इनफ इज इनफका अभियन्ता शुक्रबार पक्राउ परेका छन् । दरबारमार्ग, नक्साल, महाराजगञ्ज लगायत ठाउँबाट ४५ जनाभन्दा… Continue reading काठमाडौंमा आन्दोलनरत समुहमाथि प्रहरीले थाल्यो कारवाही, अभियन्ता पक्राउ
अफगानिस्तानमा विस्फोट, १७ को ज्यान गयो
लाहोर । अफगानिस्तानमा कार बम विस्फोट हुँदा १७ जनाको ज्यान गएको छ । कोरोना भाइरसको महामारी फैलिएसँगै लामो समय आंतकवादी गतिविधि भएका थिएनन् । अफगानिस्तानको लागोर प्रान्तस्थित पाउल ए सिटी शहरमा कार बम विस्फोट भएको हो । शहरमा सरकारी सेवा लिन लाम लागेर बसेका सर्वसाधारणलाई लक्षित गरी कार बम आक्रमण गरिएको थियो । बिहीबारको यस… Continue reading अफगानिस्तानमा विस्फोट, १७ को ज्यान गयो
दैनिक १० हजारमाथि कोरोना परीक्षण
काठमाडौं । सरकारले घोषणा गरेअनुसार शुक्रबार पहिलो पटक २४ घण्टा भित्र १० हजार भन्दा माथि व्यक्तिलाई कोरोना भाइरसको परीक्षण गरिएको छ । खासगरी काठमाडौं छिर्ने नाकामा मानिसहरुको पिसिआर रिर्पोट लिन थालेसँगै पिसिआर हुने मानिसको संख्या बढेको हो । पछिल्लो २४ घण्टामा १० हजार ७ सय ८६ जनाको पिसिआर परीक्षण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको… Continue reading दैनिक १० हजारमाथि कोरोना परीक्षण
नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो
काठमाडौं । कोरोना भाइरस संक्रमणको कारण नेपालमा थप ४ चार जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको हो । प्रवक्क्ता गौतमका अनुसार मृत्यु हुनेमा विरगञ्जका ५६, ३५, ६५ वर्षिया पुरुष र ललितपुरकी ६५ वर्षिया महिला रहेका छन् ।… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप चार जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो
उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ जना संक्रमित
काठमाडौं । पछिल्लो २४ घण्टामा थप उपत्यकामा ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार काठमाडौंमा ३२, ललितपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमण देखिएको हो । शुक्रबार थपिएकासहित काठमाडौंमा कोरोना संक्रमित हुनेको संख्या ४२३, ललितपुरमा ९७ र भक्तपुरमा ५७ पुगेकोछ। काठमाडौं उपत्यकामा कहाँ… Continue reading उपत्यकामा कोरोना जोखिम बढ्यो, २४ घन्टामै थपिए ३८ जना संक्रमित
नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा १० हजार ७ सय ६८ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार… Continue reading नेपालमा थप २ सय २४ जनामा कोरोना संक्रमण पुष्टि
विराटनगरमा दुई साताको लागि फेरि लकडाउन
काठमाडौं । कोरोना संक्रमितको संख्या बढन थालेपछि विराटनगरमा दुई साताको लागि लकडाउन गरिएको छ। कोरोना भाइरस समुदाय स्तरमै बढ्दै गएकोले नगरस्तरीय क्राइसिस म्यानेजमेन्ट सेन्टरको शुक्रबार बसेको बैठकले राति १२ बजेदेखि लागू हुनेगरि दुई सताको लागि लकडाउन गर्ने निर्णय गरेको हो । महानगरपालिकामा कोरोना संक्रमितको संख्या सय नाघेको छ। शुक्रबार थप १० जनामा संक्रमण पुष्टि भएसँगै… Continue reading विराटनगरमा दुई साताको लागि फेरि लकडाउन
विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु
काठमाडौं । विभिन्न मुलुकमा समस्यामा रहेका नेपालीको उद्धारको काम आजबाट पुनः प्रारम्भ हुँदैछ । यसअघि नेपालमा मनसुनले बाटोघाटो बन्द भएपछि उद्धार उडानको काम रोकिएको थियो । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार आजबाट चौथो चरणको उद्धार उडान शुरु गर्न लागिएको छ । चौथो चरण उद्धार उडान आजदेखि साउन २४ गतेसम्म चल्नेछ । यसअघि तीन चरणमा भएका उडानबाट… Continue reading विदेशबाट नेपालीको उद्धार आजदेखि पुनः शुरु
वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण
वीरगन्ज । पछिल्लो समय समुदायस्तरमा व्यापक फैलिएको कोरोनाले वीरगन्ज महानगरपालिकाका सर्वोच्च नेतृत्वलाई समेत आक्रमण गरेको छ । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी कोरोना भाइरसबाट संक्रमित भएका छन्। सरावगीले आफूलाई कोरोना संक्रमण भएको सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । आम नगरवासीको स्वास्थ्यको लागि ख्याल गर्दा गर्दै आफैं संक्रमित भएको उनको भनाई छ । आफ्नो… Continue reading वीरगन्ज महानगरपालिकाका मेयरलाई कोरोना संक्रमण
कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने
काठमाडौं । सरकारले कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालका लागि शूल्क निर्धारण गरिदिएको छ । सरकारले गरेको निर्णय अनुसार कोरोना भाइरसको उपचार गर्ने निजी अस्पतालले बिरामीसँग दैनिक १५ हजार रुपैयाँभन्दा माथि शुल्क उठाउन पाउने छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जटिल अवस्थामा रहेका बिरामीको उपचार गर्दा निजी अस्पतालले अधिकतम १५ हजार रुपैयाँ दैनिक मात्र शूल्क… Continue reading कोरोना उपचारमा निजी अस्पतालले दैनिक १५ हजारभन्दा माथि शूल्क लिन नपाउने
कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने
काठमाडौं । कुवेतमा नेपासहित ७ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात मुलुकका नागरिक छिर्न नपाउने निर्णय गरेको हो । यस्तो प्रवेश रोक अनिश्चितकालिन भएको बताइएको छ । नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्सका नागरिक अब कुवेत छिर्न पाउने छैनन् । कुवेतले कोरोना रोगको संक्रमणका कारण यस्तो… Continue reading कुवेतमा नेपालसहित ७ मुलुकका नागरिक छिर्न नपाउने
कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या
वीरगन्ज । नेपालमा वीरगन्जमा कोरोनाले ठूलो मानवीय क्षति गरिरहेको छ । यसैक्रममा बिहीबार थप दुई जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ । वीरगन्जमा ३५ र ६५ बर्षीय पुरुषको बिहीबार ज्यान गएको हो । अब नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउने बिरामीको संख्या ५४ पुगेको छ । यी मध्ये ८ जनाको ज्यान पर्सामा मात्र भएको छ… Continue reading कोरोनाका कारण थप दुई जनाको मृत्यु, ५४ पुग्यो कुल संख्या
सुनको मूल्य प्रतितोला ९९ हजार
काठमाडौं । लकडाउनयता मात्र करीव २५ हजार हाराहारीले वृद्धि भएको सुनको मूल्य प्रतितोला ९९ हजार पुगेको छ । शुक्रबार तोलामा ५ सय बढेको सुनको मुल्य ९९ हजार प्रतितोलामा कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ अन्तर्राष्ट्रिय मूल्य अनुसार नै उकालो लागेको हो । बिहीबार सुन ९८ हजार ५ सय रुपैयाँ प्रतितोला… Continue reading सुनको मूल्य प्रतितोला ९९ हजार
अब रातको समयमा काठमाडौं छिर्न नपाइने
काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेसँगै अब रातको समयमा आउन नपाइने भएको छ । गृह मन्त्रालयले यस्तो निर्णय गरेको हो । अब काठमाडौं आउने सबै मानिसको नाकामै पिसिआर परीक्षण हुने गरेको छ । सोहीकारण रातको समयमा काठमाडौं आउन नपाइने गरी निर्णय भएको हो । गृह मन्त्रालयका अनुसार अब साँझ ७ बजेपछि बिहान ७… Continue reading अब रातको समयमा काठमाडौं छिर्न नपाइने
‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणको कारण थप तीन जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.गेश्वर गौतमको अनुसार मृत्यु हुनेका मोरङको सुनवसी नगरपालिकाका ४५ वर्षिया पुरुष, विरगञ्जका महानगरपालिकाका ७० वर्षिया पुरुष र अर्का सोहि नगरपालिकाका ६८ वर्षिया पुरुष रहेका छन् । बुधबार विहान ६८ वर्षीय पुरुषको कोरोना विशेष गण्डक अस्पतालमा र… Continue reading ‘नेपालमा कोरोना संक्रमणबाट थप तीन जनाको मृत्यु, मृतकको संख्या ५२ पुग्यो’ -स्वास्थ्य मन्त्रालय
काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौ। पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यका थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा ४१, ललितपुरको २ र भक्तपुरको २ जना मा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै उपत्यकामा कोरोना संक्रमण पुष्टि भएको संख्या ५ सय ३२ पुगेको छ जसमा काठमाडौंको ३ सय ९०,… Continue reading काठमाडौं उपत्यकामा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि
नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा ६ हजार ३ सय ४ जनाको पिसिआर विधिबाट गरिएको नमुना परिक्षणमा २ सय ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १९ हजार… Continue reading नेपालमा थप २ सय ७४ जनामा कोरोना संक्रमण
निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ
काठमाडौं । कञ्चनपुर जिल्ला अदालतले निर्मला पन्तको बलात्कार र हत्या मुद्दामा जोडिएका आठ जना प्रहरीलाई सफाइ दिएको छ । आज न्यायाधीश गोपालप्रसाद वाँस्तोलाको इजलासले यातना दिएको र सार्वजनिक न्यायविरुद्धको कसूरवाट प्रहरीलाई सफाइ दिएको हो । यातना दिएको अभियोग लागेका तत्कालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्ट, सीआईबीका डीएसपी अंगुर जिसी तथा एकिन्द्र खड्का र ज्ञानबहादुर… Continue reading निर्मला पन्त प्रकरण : एसपी विष्टसहित ८ प्रहरीले पाए सफाइ
कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन
काठमाडौं । सरकारले अब कुनै पनि विद्यालयमा क्वारेन्टिन स्थल नबनाउन निर्देशन दिएको हो । मन्त्रिपरिषद्को बैठकले निर्णय सुनाउँदै सरकारका प्रवक्ता तथा अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले उक्त जानकारी दिएका हुन्। यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन क्वारेन्टिन संचालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको खतिवडाले जानाकारी दिए… Continue reading कुनै पनि विद्यालयमा क्वारेन्टिन सञ्चालन नगर्न सरकारको निर्देशन
आजदेखि नेपालमा पर्यटन व्यवसाय खुला, होटेल पनि चल्ने
काठमाडौं । नेपालमा आजबाट पर्यटन व्यवसाय खुला भएको छ । सरकारले ११ चैतयता बन्द रहेका सबै प्रकारका पर्यटन व्यवसायलाई खुला गर्ने निर्णय गरेको थियो । पर्यटकीय गतिविधि संचालनमा नआएपनि आजबाट अफिसहरु खुल्ने र बुकिंग लिन थाल्नेछन् । यता, होटेलसमेत आजैबाट खुला गर्ने गरी सरकारले निर्णय गरेको छ । मन्त्रिपरिषद्को ६ साउनको बैठकले १५ साउनबाट ट्राभल,… Continue reading आजदेखि नेपालमा पर्यटन व्यवसाय खुला, होटेल पनि चल्ने
भारतले अतिप्रभावित क्षेत्रमा फेरी थाल्यो लकडाउन
काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण नियन्त्रण बाहिर जान थालेपछि पुनः लकडाउन शुरु भएको छ । भारतमा अतिप्रभावित राज्यले लकडाउन पुनः प्रँरम्भ गरेका हुन् । सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा मात्र लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय भएको भारतीय संचारमाध्यले जनाएका छन् । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा… Continue reading भारतले अतिप्रभावित क्षेत्रमा फेरी थाल्यो लकडाउन
लकडाउनमा रोकिएको तलव मजदुरले पाउने
काठमाडौं । लकडाउनका कारण रोकिएको पारिश्रमिक सबै श्रमिकले पाउने भएका छन् । रोजगारदाता संस्था र संयुक्त ट्रेड युनियन समन्वय केन्द्रबीच भएको सहमति अनुसार लकडाउनमा रोकिएको श्रमिकको पारिश्रमिक भुक्तान गर्ने सम्बन्धमा सहमति जुटेको छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ लगायतका रोजगारदाता संस्था र… Continue reading लकडाउनमा रोकिएको तलव मजदुरले पाउने
कैलालीमा बस्तीमा बाढी चार वेपत्ता
कैलाली । कैलालीमा बस्तीमा बाढी छिरेको छ । जसले गर्दा चार जना मानिस वेपत्ता भएका छन् । यस भेगमा मङ्गलबारबाट अविरल वर्षा भइरहेको छ । वर्षाका कारण जिल्लाका पूर्वी क्षेत्रमा डुबान भइरहेको छ । जिल्लाका विभिन्न स्थानमा बाढी बस्तीमा पसेको प्रहरीले जनाएको छ । यसले कैयौं घर डुबाएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार… Continue reading कैलालीमा बस्तीमा बाढी चार वेपत्ता
कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण
काठमाडौं । संसारका धेरै मुलुकको तुलनामा नेपालमा लकडाउन कार्यान्वयन प्रभावकारी थियो । खासगरी घरमै मानिसहरु बस्ने बानी बसाल्नु र सडकमा निस्कने मानिसलाई नियन्त्रण गर्नु चानचुने काम थिएन् । यसमा सफलतापूर्वक खटिएका सुरक्षाकर्मीमा क्रमशः कोरोना भाइरसको संक्रमण बढ्न थालेको छ । खासगरी सामुहिक रुपमा बस्ने र खाने गर्नुपर्ने पेशा भएकाले समेत एक स्थानमा एक जनामा कोरोना… Continue reading कोरोना नियन्त्रण र लकडाउन कार्यान्वयनमा खटिएका सुरक्षाकर्मीमा बढ्दो संक्रमण
पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु
कैलाली । पश्चिम नेपालमा अविरल वर्षातका कारण प्राकृतिक विपत्तिका घटना बढेका छन् । पछिल्लो २४ घण्टामा बाढी, पहिरो र डुबानका कारण विभिन्न स्थानमा १३ जनाको ज्यान गएको छ । केही मानिस घाइते छन् । गृह मन्त्रालयका अनुसार एक जना भने बेपत्ता छन् । विभिन्न स्थानमा १२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । कालिकोटमा पहिरोमा… Continue reading पहिरो र डुबानका कारण २४ घण्टामा १३ को मृत्यु
कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार
काठमाडौं । कोरोना भाइरसका कारण विदेशमा अलपत्र परेका नेपालीको उद्दारको काम अहिले विभिन्न उपायबाट भइरहेको छ । यसै क्रममा बुधबार भारतको बैंलौरबाट नेपाली विद्यार्थीको उद्धार भएको छ । भारतबाट जहाजमा पहिलो पटक नेपालीको उद्दार भएको हो । यसअघि भारतबाट स्थलमार्ग हुँदै आएका नेपालीलाई मात्र घर पठाइएको थियो । बुधबार नेपाल एयरलाइन्सले बैलौंर आसपासमा रहेका ८०… Continue reading कोरोनापछि भारतबाट पहिलो पटक नेपाली विद्यार्थीको उद्दार
अब विद्यालयमा क्वारेन्टिन नबन्ने
काठमाडौं । सरकारले अब विद्यालयसहितका शैक्षिक संस्थालाई क्वारेन्टिन वा आइसोलेसन भवन नबनाउने निर्णय गरेको छ । पठनपाठन शुरु गर्ने योजना अनुसार अब सरकारले विद्यालयलाई क्रमशः खाली गरेर त्यसलाई पूर्ण किटाणुरहित बनाउने योजना बनाएको हो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले गरेको निर्णय अनुसार शिक्षा मन्त्रालय यसको कार्यान्वयनमा जुटेको छ । क्वारेन्टिन तथा आइसोलेसन सेन्टरका रुपमा प्रयोग… Continue reading अब विद्यालयमा क्वारेन्टिन नबन्ने
नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु
वीरगन्ज । नेपालमा कोरोना भाइरसका कारण ज्यान गुमाउने मानिसको संख्या बढ्न थालेको छ । सरकारले मृत्युदर कम भएको भन्दै गौरव गरिरहेका बेला हरेक मृत्यु हुने मानिसको संख्या बढ्न थालेको हो । बुधबार मात्र कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप तीन जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५२ पुगेको छ ।… Continue reading नेपालमा बढ्न थाल्यो कोरोनाको मृत्युदर, बुधबार मात्र तीन जनाको मृत्यु
कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु
काठमाडौं । कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु भएको छ । जिल्लाको नरहरिनाथ गाउँपालिकामा दुई ठाउँमा मंगलबार राति पहिरो जाँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा नरहरिनाथ–७ का ६२ वर्षका गंगे बुढा, ६१ वर्षकी नैना बुढा, २४ वर्षका कुशा बुढा, १० वर्षकी चन्द्रिका बुढा, सात वर्षका राम बुढा र डेढ… Continue reading कालिकोटमा पहिरोले पुरिएर एकै परिवारका सात सहित नौ जनाको मृत्यु