काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

File

काठमाडौं । काठमाडौंलाई अन्य जिल्लासँग जोड्ने मुख्य पृथ्वी राजमार्गको अवरोध ६ दिनपछि खुलेको छ । नौबिसे-मुग्लिङ सडकखण्डको बीचमा पर्ने मौवाखोलामा पुल बाढीले बढाएपछि सडक अवरुद्ध भएको थियो । सडक मर्मत भएपछि गएरातीबाट दुईतर्फी गाडी चल्न थालेको प्रहरीले जनाएको छ । मौवाखोलाको पुल मर्मतको काम सकिएको छ । पुल बगेपछि यो सडकखण्ड ५ साउनमा बन्द भएको… Continue reading काठमाडौं आउने पृथ्वी राजमार्ग ६ दिनपछि संचालनमा

कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

काठाडौं । पत्नी हत्या गरी अपराध लुकाउन जंगलमा लगी शव जलाएको प्रमाणित भएका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालालाई जेलबाट छुटाउने सर्वोच्च अदालतको फैसला उपर परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई हुँदैछ । सर्वस्वसहित जन्मकैदको सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी कोइरालाको कैद छुट गरी फैसला भएको थियो । उनी कारागारबाट छूटिसकेका छन् । यस फैसलाविरुद्ध… Continue reading कोइरालाको मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि आज सुनुवाई

कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

काठमाडौं । कोरोना भाइरसका कारण पछिल्लो एक सातामा विदेशमा एक जना नेपालीको ज्यान गएको छ । गैरआवासीय नेपाली संगठन (एनआरएनए)ले संकलन गरेको विवरण अनुसार एक सातामा नेपाल बाहिर एक जना नेपालीको ज्यान गएको हो एनआरएनएअन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता बेलायतमा एक जना नेपालीले ज्यान गुमाउनु परेको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. संजीव… Continue reading कोरोनाले पछील्लो एक सातामा विदेशमा एक नेपालीको मृत्यु

सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

काठमाडौं । राप्रपाका संस्थापक नेता तथा पूर्वप्रधानन्त्री स्व. सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित करीव तीन दर्जन नेताले राप्रपा पार्टी परित्याग गरेका छन् । प्रभावशाली नेता तथा पूर्वमन्त्री थापानै बाहिरिएपछि राप्रपालाई भने ठूलो धक्का लागेको छ । धनकुटाबाट उनीसहित ३१ जना नेताले शनिबार पार्टीबाट संयुक्त राजीनामा दिएका छन् । उनीहरुले कमल थापा, प्रकाशचन्द्र लोहनी र पशुपति… Continue reading सूर्यबहादुर थापाका सुपुत्र सुनिल थापासहित ३१ जना नेताले त्यागे राप्रपा, कांग्रेस प्रवेशको सम्भावना

पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन जना नेतालाई पार्टीबाट निष्काशन गरेको छ । कांग्रेस अनुशासन समितिले गोविन्दराज जोशी, पुस्करनाथ ओझा र रामबहादुर विष्टलाई पार्टीबाट निस्काशन गर्ने निर्णय गरेको हो । निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध बागी उम्मेदवारी दिएका पूर्वमन्त्री जोशी पार्टीबाट ५ वर्षका लागि निस्काशनमा परेका छन् । उता, पूर्वमन्त्री तथा कैलालीका महासमिति… Continue reading पूर्वमन्त्री गोविन्दराज जोशीसहित तीन नेता कांग्रेसबाट निस्काशित

साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र १८१ को मृत्यु

काठमाडौं । २०७७ साल शुरु भएयताको साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र करीव २ सय जनाको ज्यान गएको छ । वैशाखयता बाढी, पहिरो र चट्याङका कारण १८१ जनाले ज्यान गुमाइसकेको सरकारी तथ्यांकले देखाएको छ । यी विपत्तिमा परी अझै ५१ बेपत्ता रहेको तथ्यांक छ । यी घटनामा २७८ जना घाइते भएको पाइएको छ । राष्ट्रिय… Continue reading साढे तीन महिनामा प्राकृतिक विपत्तिबाट मात्र १८१ को मृत्यु

शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

काठमाडौं । नेपालमा शनिबार १ सय ९ जना व्यक्तिमा कोरोना संक्रमण भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार देशभर ४ हजार ७५ नमुना परीक्षणबाट यो संख्यामा कोरोना भाइरसका संक्रमित फेला परेका हुन् । अब नेपालमा १८ हजार ४८३ जनामा कोरोना पुष्टी भएको छ । सरकारले देशभर लकडाउन खुला गरेको छ ।… Continue reading शनिबार थपिए १ सय ९ संक्रमित, ४ हजार ७५ परीक्षण

निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी

कंचनपुर । कंचनपुरकी १३ वर्षिय बालिका निर्मला पन्तको हत्या भएको आज दुई वर्ष पुरा भएको छ । तर, यसअवधिमा समेत अपराधी पत्ता लगाउन नसकेको प्रहरी प्रशासनविरुद्ध भने जनताको प्रश्न अझै कायम छ । आखिर किन प्रहरीले अहिलेसम्म अपराधी पत्ता लगाउन सकेको छैन ? प्रहरीले यसअघि दोषि किटान गरेका व्यक्तको डीएनए नमिलेको भन्दै छाडेपछि कुनै पनि… Continue reading निर्मलाको हत्या भएको दुई वर्ष पुरा, अझै पत्ता लागेन अपराधी

यो वर्ष नहुने भयो गोसाइकुण्ड मेला

रसुवा । कोरोना भाइरसको संक्रमणको जोखिमका कारण यस वर्ष चर्चित गोसाइकुण्ड मेला संचालन नहुने भएको छ । नेपालको चर्चित धाममध्ये एक रसुवाको गोसाइकुण्ड मेला संचालन नगर्ने निर्णय भएको हो । हरेक वर्ष जनैपूर्णिमाको अवसरमा यहाँ ठूलो मेला यो वर्ष नहुने भएको हो । मेला व्यवस्थापनको जिम्मा पाएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले कोरोना भाइरसको जोखिम रहेको,… Continue reading यो वर्ष नहुने भयो गोसाइकुण्ड मेला

विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख

काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण निरन्तर बढिरहेको छ । पछिल्लो २४ घण्टामा २ लाख ८८ हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । शनिबार बिहानसम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५९ लाख ३० हजार ६७१ पुगेको हो । कुल संक्रमित मध्ये ६०.९८ प्रतिशत संक्रमित उपचारपछि निको भएको वर्ल्डोमिटर्सले जनाएको छ । विश्वभर… Continue reading विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ५९ लाख

फ्रेन्च कपको उपाधी पिएसजीले जित्यो

काठमाडौं । फ्रेन्च कप फुटबलको उपाधी पेरिस सेन्ट जर्मेन पिएसजीले जितेको छ । गत राति सम्पन्न खेलमा १० खेलाडीमा सीमित सेन्ट एटियानलाई १ शून्यले हराएको पिएसजीले उपाधीमाथि कब्जा जमाएको हो । पिएसजीको जितमा खेलको १४ औं मिनेटमा ब्राजिलियन स्टार नेयमारले गरेको गोल नै निर्णायक बनेको हो । पिएसजी ३१ औं मिनेटमा १० खेलाडीमा सिमिति भएको… Continue reading फ्रेन्च कपको उपाधी पिएसजीले जित्यो

सुनको मूल्य तोलामा एक लाख नजिकै

काठमाडौं । नेपालमा सुनको मूल्यले हरेक दिन कीर्तिमान राखिरहेको छ । अब प्रतितोला एक लाख नजिकै रहेर अहिले कारोबार भइरहेको छ । शुक्रबारसम्म लगातार तीन दिन सुनको मूल्य उकालो लाग्यो । शुक्रबार मात्र १३ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार प्रतितोला ९५ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भयो । नेपाल… Continue reading सुनको मूल्य तोलामा एक लाख नजिकै

आज नागपञ्चमी, नागको पूजाआजा गरेर मनाइदै

काठमाडौं । आज देशभर नागपञ्चमी पर्व मनाइदैछ । श्रावण शुक्ल पञ्चमीका दिन हरेक वर्ष हिन्दु धर्मावलम्बीले नाग पञ्चमी मनाउँछन् । यस दिन नागको पूजा गरिन्छ भने नागको फोटो दैलोमा टास्ने प्रचलन समेत रहेको छ । यसो गर्दा नागराजा प्रसन्न भएर मानिसलाई हानी नगर्ने विश्वास लिइन्छ । नागका बाह्र नाम भए पनि आठ कूलका आठ वटा… Continue reading आज नागपञ्चमी, नागको पूजाआजा गरेर मनाइदै

कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

वीरगन्ज । स्थानीय प्रशासनले वीरगन्जमा आजबाट लागु हुने गरी अनिश्चितकालिन निषेधाज्ञा जारी गरेको छ । अब अत्यावश्यक काम नपरेसम्म घर बाहिर निस्कन पाइने छैन । वीरगन्जमा समुदायस्तरमा कोरोना फैलिएको छ । पछिल्लो तीन दिनयता कोरोना भाइरसका कारण यहाँ तीन जनाको ज्यान गइसकेको छ । जसले गर्दा स्थानीयमा चिन्ता बढेको छ । भारतबाट मानिसहरु अनाधिकृत प्रवेश… Continue reading कोरोना जोखिमपछि आजबाट वीरगन्जमा अनिश्चितकालिन निषेधाज्ञा

नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

वीरगन्ज । नेपालको बारा र पर्सा जिल्ला कोरोनाका इपिसेन्टर बनेको छ । पछिल्लो दुई दिनमा यहाँ कोरोना संक्रमणका कारण तीन जनाको ज्यान गइसकेको छ । कोरोना विशेष अस्पतालमा शुक्रबार दिउँसो मृत्यु भएकी युवतीमा कोरोना संक्रमण पुष्टि भएको छ । अब नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ४५ पुगेको छ । मृतक बारा परवानीपुर गाउँपालिका–४ घर भएकी… Continue reading नेपालमा कोरोनाबाट थप एकजनाको ज्यान गयो, ४५ पुग्यो कुल मृत्यु संख्या

सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

झापा । झापाको पूर्वी नाका काँकडभिट्टास्थित सीमा नाकामा खटिएका १८ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस संक्रमण भएको छ । यहाँ तीन दिनअघि दुई जना सशस्त्र प्रहरीमा कोरोना पुष्टि भएको थियो । त्यसपछि थप ४८ जना सशस्त्र प्रहरीको पिसीआर परीक्षण गर्न नमुना संकलन गरी धरान पठाइएको थियो। उनीहरुमध्ये १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो… Continue reading सीमा नाकामा खटिएका १८ सशस्त्र प्रहरीमा कोरोना पुष्टी

काठमाडौंमा थप १० जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौंमा पछिल्लो २४ घण्टामा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमले काठमाडौँमा १० जना संक्रमित थपिएको जानकारी दिए। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु तथा त्रिवि शिषण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका ५–५ जनामा संक्रमण पुष्टि भएको हो।

नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार पर्सा जिल्ला वीरगन्ज महानगर ११ श्रीपुरकी ८५ वर्षीया वृद्धाको मृत्यु भएको हो । वीरगन्जको नारायणी कोभिड अस्पतालको आइशोलेनशमा उपचारको क्रममा शुक्रकार बिहान उनको मृत्यु भएको हो । ती महिलामा मुटु रोग र निमानियाको… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ४४ पुग्यो

नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण, १ सय ७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ८७ वटा नमुना परिक्षण गरिएकोमा १ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ३… Continue reading नेपालमा थप १ सय ३३ जनामा कोरोना संक्रमण, १ सय ७ जना डिस्चार्ज

युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक

काठमाडौं । २२ वर्षीया युवतीलाई एसिड आक्रमण गर्ने दुई जना युवालाई पक्राउ गरी प्रहरी सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाले टेकुमा संयुक्त पत्रकार सम्मेलन गरेर दुई जनालाई सार्वजनिक गरेको हो । घटनामा संलग्न रहेको अभियोगमा रौतहटको लक्ष्मीपुर घर भइ हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर भई डल्लुमा… Continue reading युवतीमाथि एसिड आक्रमण गर्ने दुई युवा प्रहरीद्वारा सार्वजनिक

क्षतिपूर्तिको माग दाबी गर्दै साम्राज्ञीविरुद्ध भुवनले गरे मुद्दा दायर

काठमाडौं । नायक भुवन केसी र नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहबीचको विवाद उत्कर्षमा पुगेको छ । सामाजिक संजालमा वाकयुद्ध नै चलिरहेको विवाद जिल्ला अदालत काठमाडौंमा समक्ष पुगेको हो । केसीले १० करोड रुपैयाँ क्षतिपूर्तिको माग दाबी गर्दै शाहविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् । साम्राज्ञीले चलचित्र ड्रिम्सको सुटिङ सेटमा आफू अपमानित हुनुपरेको भुवनमाथि आरोप… Continue reading क्षतिपूर्तिको माग दाबी गर्दै साम्राज्ञीविरुद्ध भुवनले गरे मुद्दा दायर

बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका सबै शाखा कार्यालय संचालनमा ल्याउन निर्देशन दिएको छ । केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई परिपत्र गरी स्वास्थ्य सुरक्षा सम्बन्धी निर्देशनहरुको पालना गर्दै कार्यालय र सेवा संचालनमा ल्याउन निर्देशन दिएको हो । यस्तो कार्यालयमा भीडभाड नहुने तथा दूरी कायम गरेर सेवा दिनु पर्नेछ । साथै ‘सिफ्ट… Continue reading बैंकका सबै शाखा खोल्न राष्ट्रबैंकको निर्देशन

पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

वीरगन्ज । पर्सामा समुदायस्तरमा कोरोना फैलिएको आंशकाका बीच थप ३२ जनामा कोरोना पुष्टी भएको छ । जसमध्ये ५ जना थुनुवासमेत रहेका छन् । थुनुवामध्ये पनि ४ जना भने भारतीय नागरिक हुन् । नारायणी अस्पताल स्थित पीसीआर प्रयोगशालामा बिहीबार भएको पीसीआर परीक्षणबाट उनीहरुको नतिजा पोजेटिभ आएको छ । वडा प्रहरी कार्यालय श्रीपुरको थुनुवा कक्षमा रहेका २५,… Continue reading पर्सामा थुनुवा सहित ३२ जनामा भेटियो कोरोना

काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

काठमाडौं । काठमाडौंमा युवतीमाथि एसिड प्रहार गर्ने दुई जना पक्राउ परेका छन् । काठमाडौंको सीतापाइलामा युवतीलाई एसिड प्रहार भएको थियो । काठमाडौं प्रहरी परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले एसिड प्रहार गर्ने दुई जनालाई डल्लुबाटै पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्ने मोहम्मद आलम र भारत घर… Continue reading काठमाडौंमा युवतीमाथि एसिड हान्ने दुई जना पक्राउ

राजधानीमै युवतीमाथि एसिड प्रहार

काठमाडौं । राजधानी काठमाडौंमै बिहीबार साँझ एक युवतीमाथि एसिड प्रहार भएको छ । सीतापाइलामा युवतीमथि एसिड प्रहार भएको हो । प्रहरीका अनुसार ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि एसिड प्रहार हो । घरबाट सामान किन्न बजार निस्किएको बेला उनीमाथि एसिड हानिएको हो । एसिड हान्ने व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनको अनुहारमा… Continue reading राजधानीमै युवतीमाथि एसिड प्रहार

‘न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन’

काठमाडौं । आज सर्वोच्चको एक फैसला कार्यान्वयनप्रति आम मानिस संतुष्ट छैनन् । सामाजिक संजालदेखि चिया पसलसम्म न्यायालयमाथि प्रश्न उठ्ने गरी सर्वोच्चबाट भएको एक फैसला कार्यान्वयनमा आएको छ । पत्नी हत्याको अभियोगमा ८ वर्ष जेल बसेका सशस्त्र प्रहरीका पूर्वडीआइजी रन्जन कोइरालालाई सर्वोच्चले सजाय छूट दिएको छ । उनी बिहीबार नै रिहा भएका छन् । किशोर अवस्था… Continue reading ‘न्याय मूर्तीको एक फैसलामाथि प्रश्न उठेको दिन’

उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको साउन २६ र २७ मा हुने भनिएको निर्वाचन सरेको छ । बिहीबार बसेको महासंघ पदाधिकारीको बैठले सरकारले हाल लकडाउन खुकुलो बनाए पनि सभा, सम्मलेन जस्ता कार्यक्रम गर्न रोक लगाएकाले निर्धारित मितिमा निर्वाचन गर्न नसकिने भन्दै तत्कालका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेको हो । सरकारले हाल लकडाउन हटेको घोषणा… Continue reading उद्योग वाणिज्य महासंघको निर्वाचन फेरि स्थगित

कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

वीरगञ्ज । नेपालका कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको निधन भएको छ । वीरगञ्ज–६ माईस्थानका एक व्यक्तिको कोरोना भाइरसका कारण ज्यान गएको हो । ७० वर्षका उनी ज्वरो आएपछि एक सातादेखि बिरामी थिए । मंगलबार निधन भएको उनको सोही दिन कोरोनाको नमुना संकलन गरिएको थियो । उनमा बिहीबार कोरोना पुष्टी भएको हो । मृतकको घरमा… Continue reading कोरोनाबाट थप एक जनाको मृत्यु, के समुदायमा पुग्यो कोरोना ?

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

काठमाडौं । काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्त्ता डा. जागेश्वर गौतमले उपत्यकामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन्। प्रवक्ता गौतमका अनुसारराष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकूमा गरिएको परिक्षणमा भक्तपुरका २ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग प्रयोगशालामा गरिएको परिक्षणमा ललितपुरका १ जना,… Continue reading काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना संक्रमण

नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ४ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार… Continue reading नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण