काठमाडौं । श्रीमतीको हत्या अभियोगमा सर्वश्वसहित जन्मकैदको सजाय काटिरहेका सशस्त्र प्रहरी बलका तत्कालीन डीआइजी रञ्जन कोइराला आज जेलमुक्त भएका छन् । सर्वोच्च अदालतले जन्मकैदको सजाय घटाएर साढे आठ वर्षमा झारिदिएपछि कोइराला डिल्लीबजार कारागारबाट मुक्त भएका हुन् । श्रीमती गीता ढकालको हत्या गरेपछि उनी जेल परेका थिए । प्रधान न्यायाधीश चोलेन्द्र शमशेर जबरा र न्यायाधीश तेजबहादुर… Continue reading जन्मकैदको सजाय काटिरहेका पूर्वडीआईजी रञ्जन कोइराला रिहा
Author: Vishwanews.com
सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख नजिक
काठमाडौं । सुनको मूल्य बिहीबार अहिलेसम्मकै उच्च भएको छ। बुधबार तोलामै ९४ हजार पुगेर नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज पनि ५ सयले बढेर हालसम्म कै उच्च भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको भाउ प्रतितोला ९४ हजार ५ सय रुपैयाँ र तेजाबी सुनको भाउ प्रतितोला ९४ हजार ६५ रुपैयाँ… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, प्रतितोला १ लाख नजिक
बाढिपहिरो पिडितलाई दिने राहत दोब्बर बनाउने सरकारको निर्णय
काठमाडौं । सरकारले हरेक जिल्लामा विपद् पीडितको खोज तथा उद्धारका लागि न्यूनतम २५ जनाको दक्ष जनशक्ति तयारी अवस्थामा राख्नुपर्ने गरी विपद् पीडित उद्धार तथा राहतसम्बन्धी मापदण्ड स्वीकृत गरेको छ । यही साउन ५ गतेको मन्त्रिपरिषद्को निर्णयले ‘प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४’ लाई समसामयिक संशोधन गरी ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी (सातौँ संशोधन) मापदण्ड… Continue reading बाढिपहिरो पिडितलाई दिने राहत दोब्बर बनाउने सरकारको निर्णय
लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै
काठमाडौं । सरकारले १ सय २० दिन लामो लकडाउन अन्त्य गरेपनि उपत्यकामा प्रवेश गर्न पास चाहिने भएको छ । गृह मन्त्रालयले मन्त्रिपरिषद बैठकको निर्णयमा स्पष्ट व्याख्या नभएपछि ठ काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै राखेको हो । सरकारले लकडाउन शुरू गरेर एक जिल्लाबाट अर्को जिल्लामा जान पास लिनुपर्ने व्यवस्था गरेको थियो । मंगलवारदेखि… Continue reading लकडाउन अन्त्य गरेपनि काठमाडौं उपत्यका प्रवेश गर्न पास चाहिने नियम कायमै
नेपालमा कोरोनाबाट थप थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । वीरगञ्जमा साउन ६ गते मृत्यु भएका एक जना ७० वर्षीय पुरुषको मृत्युपछि कोरोना पुष्टि भएको हो । नारायणी अस्थाई कोभिड अस्पताल गण्डकको आइसोलेसनमा उपचारका क्रममा साउन ६ गते मृत्यु भएका वीरगंज महानगरपालिका ६ का ७० वर्षीय पुरुषको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको स्रोतले जनाएको… Continue reading नेपालमा कोरोनाबाट थप थप एक जनाको मृत्यु
फेरी रोकियो उद्दार उडान, प्राकृतिक विपत्ति मूख्य कारण
काठमाडौं । सरकारले विदेशमा अलपत्र परेका नेपालीलाई ल्याउन गरिरहेको उद्दार उडान फेरी रोकिएको छ । मुलुक भित्र बाढी र पहिरोका कारण प्रतिकूल अवस्था सिर्जना भएपछि तत्कालका लागि उद्दार उडान स्थगित भएको पर्यटन मन्त्रालयले जनाएको छ । मौसम अनुकुल बनेपछि र सडक यातायात पुनः सूचारु भएपछि भने बाँकि रहेका उडान संचालन गर्ने योजना सरकारको छ ।… Continue reading फेरी रोकियो उद्दार उडान, प्राकृतिक विपत्ति मूख्य कारण
वर्षाजन्य प्राकृतिक प्रकोप पिडितलाई भूकम्पपिडित सरह क्षतिपूर्ति
काठमाडौं । सरकारले बाढी, पहिरो, डुवान तथा कटानजस्ता वर्षाजन्य कारणबाट पिडित बनेका नागरिकलाई भूकम्पपिडित सरह सुविधा प्रदान गर्ने भएको छ । बाढी पहिरो र नदीले डुबानमा परी घरवारविहीन भएका परिवारको घर बनाउन भूकम्प प्रभावितलाई सरह सुविधा प्रदान गर्ने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । मन्त्रिरिषदको साउन ५ गतेको बैठकले प्रकोप पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड २०६४… Continue reading वर्षाजन्य प्राकृतिक प्रकोप पिडितलाई भूकम्पपिडित सरह क्षतिपूर्ति
नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको हो । पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, मृत्यु हुनेको संख्या ४२ पुग्यो
नेपालमा थप १ सय जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ८९ वटा नमुना परिक्षण गरिएकोमा १ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ९ सय… Continue reading नेपालमा थप १ सय जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ हजार नाघ्यो
नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा चिनियाँ नागरिकको मृत्यु भएको हो । पोखरामा बस्दै आएकी ती महिलाको स्वास्थ्यमा समस्या देखिएपछि हेलिकप्टरमार्फत मृतक महिलालाई ग्रान्डी अस्पतालमा ल्याइएको थियो । त्यसपश्चात मृतक महिलालाई ग्रान्डी अस्पतालबाट… Continue reading नेपालमा कोरोनाबाट विदेशी नागरिकको मृत्यु
अझै खुलेनन् देशभरका मूख्य राजमार्ग
काठमाडौं । बाढी र पहिरोका कारण अवरुद्ध भएका मूख्य राजमार्गको अवरोध अझै जारी रहेको छ । ठूलो पहिरो आएको, पुल नै बगाएको र कतिपय स्थानमा पानी पर्ने क्रम जारी रहेका कारण समेत यातायात सूचारु गर्न समस्या भइरहेको सडक विभागले जनाएको छ । पहिरो हटाउन समस्या भएपछि काठमाडौं जोड्ने मुख्य राजमार्ग पृथ्वी राजमार्ग नै खुलाउन सकिएको… Continue reading अझै खुलेनन् देशभरका मूख्य राजमार्ग
आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो
काठमाडौं । आजबाट बजारमा एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा आएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि एक हजार रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्याएको हो । नयाँ नोटमा अब दुईवटा हात्तिको फोटो रहेको छ । चितवनको हात्तीसारमा जन्मिएका जुम्ल्याहा हात्ती राम लक्ष्मणको चित्र राखिएको नेपाल राष्ट्र बैंकले जानकारी दिएको छ । यसअघि एक हजारको नोटमा… Continue reading आजबाट एक हजारको नयाँ नोट बजारमा, दुईटा हात्तिको फोटो
आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस खुल्ने
काठमाडौं । आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस संचालनमा आउने भएका छन् । विश्व स्वास्थ्य संगठन र स्वास्थ्य मन्त्रालयबाट जारी कोभिड १९ विरुद्धका सुरक्षा निर्देशिका तथा निर्देशन पालना गर्दै क्याम्पस सञ्चालनमा आउने भएका हुन् । सरकारले मंगलबार मध्यरातबाट लकडाउन अन्त्य भएको घोषणा गरेको छ । अधिक भिडभाड हुने केही क्षेत्रबाहेक नेपालमा सबै क्षेत्र अब पुर्ववतः अवस्थामा… Continue reading आजबाट त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पस खुल्ने
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने
काठमाडौं । नेपालमा कोरेना भाइरसका कारण थप एक जनाको ज्यान गएको छ । धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना कोरोना संक्रमितको ज्यान गएको हो । मंगलबार राति महोत्तरीका ६० वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले पुष्टी गरेको छ । सिकित्स अवस्थामा अस्पताल आएका उनको आइसियुमा राखेर उपचार थालिएको थियो । सोही क्रममा उनको पिसिआर… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, ४१ पुगे ज्यान गुमाउने
होटेल र पर्यटन व्यवसाय १५ साउनबाट सूचारु
काठमाडौं । सरकारले पर्यटन र होटेल व्यवसायसमेत संचालनमा ल्याउने निर्णय गरेको छ । ११ चैतमा शुरु भएको लकडाउनपछि यी सेवा बन्द थिए । अब सुरक्षा प्रवन्ध अपनाएर होटेल र पर्यटन सेवा संचालनको निर्णय भएको अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार साउन १५ गतेबाट होटल तथा रेष्टुरेन्टहरु सञ्चालन गर्न पाइने छ । मन्त्रिपरिषद्को… Continue reading होटेल र पर्यटन व्यवसाय १५ साउनबाट सूचारु
लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द
काठमाडौं । सरकारले मंगलबार मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता युवराज खतिवडाले स्वास्थ्य मन्त्रालयको प्रस्तावमा मंगलबार राति १२ बजेबाट लकडाउन हटाउने निर्णय भएको जानकारी दिए। त्यस्तै संक्रमणको जोखिम भएका ठाउँमा मात्रै थप लकडाउन कायम रहनेछ । साउन १५ देखि होटल–रेस्टुरेन्ट खोल्न दिने, भदौ १ देखि छोटो, मध्यम र लामो दूरीका यात्रुबहाक सवारीसाधनहरु… Continue reading लकडाउन हट्यो, सीमा नाका साउन ३२ गतेसम्मलाई बन्द
निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?
काठमाडौं । सरकारले निजी सवारी साधानमा लगाउँदै आएको जोर विजोर प्रणाली हटाएको छ । । मन्त्रिपषिद्को सोमबार बसेको बैठकले जोड विजोर हटाउने निर्णय गरेको सरकारका प्रवक्ता युवराज खतिवडाले जानाकारी दिए । सार्वजनिक यातायात सञ्चालन पनि भएकाले निजी सवारीको जोर विजोर हटाइएको हो । त्यस्तै सरकारले साउन १५ गतेदेखि होटल तथा रेष्टुन्ट सञ्चालन गर्न दिने निर्णय… Continue reading निजी सवारीको जोर विजोर हट्यो, के-के मा छ अझै प्रतिबन्ध ?
थप ६ सय ९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १२४७७
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। देशको विभिन्न अस्पतालबाट उनिहरु डिस्चार्ज भएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ। नेपालका ७ जिल्लाहरु भोजपुर, पाँचथर, सङ्खुवासभा, धनकुटा, रसुवा, मनाङ्ग, र मुस्ताङ्गमा अहिले कोरोना संक्रमित छैनन् । त्यस्तै, रौतहट,… Continue reading थप ६ सय ९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १२४७७
नेपालमा थप १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ९ सय ६३ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ९… Continue reading नेपालमा थप १५० जनालाई कोरोना संक्रमण, ६०९ ‘डिस्चार्ज’
काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु
काठमाडौं । काठमाडौंको टोखा नगरपालिका–१ तासीडाँडामा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु भएको छ । मंगलबार बिहान आएको पहिरोले पुरिएर रामकुमार रानामगरको जुम्ल्याह-३ वर्षकी छोरी सन्ध्या राना र शचिन रानाको मृत्यु भएको प्रहरीले जनाएको छ । आमाबुबा खाना खान थालेको बेला उनीहरुको खेल्ने क्रममा घरमाथिबाट खसेको पहिरोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । घटनाको थप विवरण… Continue reading काठमाडौंमा पहिरोले पुरिएर दुई बालबालिकाको मृत्यु
यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने
काठमाडौं । यातायात व्यवसायीहरुले बिहीबारदेखि सार्वजनिक यातायातका साधन सञ्चालन हुने भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको नेतृत्वमा तीन वटै यातायात मजदुर संगठन नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले मंगलबार संयुक्त रुपमा पत्रकार सम्मेलन गरी बिहीबारदेखि यातायात सञ्चालन गर्ने घोषणा गरेका हुन् । आफूहरुले अघि… Continue reading यातायात व्यवसायीले बिहीबारदेखि सार्वजनिक यातायात सञ्चालन गर्ने
सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान
सप्तरी । सप्तकोशी नदीले खतराको तह पार गरेको छ । पहाडी भेगमा निरन्तरको वर्षाका कारण सप्तकोशीका सहायक नदीमा बाढी आएको हो । यी नदी सप्तकोशीमा पुग्दा यसले कोशीको जलसतह खतराको चिन्हभन्दा माथि ल्याइदिएको छ । मंगलबार बिहान ६ बजे पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक छ । यो यस वर्षकै… Continue reading सप्तकोशीले खतराको तह पार गर्यो, ४६ ढोका खोलिए, सतर्क रहन आह्वान
अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई
काठमाडौं । कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माणमा सफलतातर्फ उन्मुख अक्स्फोर्ड यूनिभर्सिटीका वैज्ञानिकलाई विश्व स्वास्थ्य संगठनले बधाई ज्ञापन गरेको छ । भ्याक्सिन निर्माणमा सकारात्मक परिणाम प्राप्त भएकोलाई विश्व स्वास्थ्य संगठनले यसको स्वागत गरेको हो । भ्याक्सिन बनेपछि यसको तिब्र फैलावट नियन्त्रणमा भने अझै संघर्षको आवश्यकता रहेको समेत संगठनको भनाई रहेको छ । जेनेभामा बोल्दै डब्ल्यूएचओका आपतकालीन कार्यक्रमका… Continue reading अक्स्फोर्डका वैज्ञानिकलाई डब्लूएचओको बधाई
धादिङमा पहिरोमा पुरिएर तीनको ज्यान गयो
धादिङ । लगातार वर्षापछि आएको पहिरोले धादिमा मानवीय क्षति भएको छ । धादिङमा पहिरोमा पुरिएर गतराती एकैपरिवारको तीन जनाको ज्यान गएको छ । मृत्यु हुनेमा त्रिपुरासुन्दरी गाउँपालिका–६, गोलाङका २५ वर्षीय मिलन खाँड, उनकी श्रीमती २२ वर्षीया सम्झना र छोरी अन्दाजी दुई वर्षीया अञ्जिता खाँड रहेको प्रहरीले पुष्टी गरेको छ । धादिङका विभिन्न स्थानमा पहिरोले वितण्डा… Continue reading धादिङमा पहिरोमा पुरिएर तीनको ज्यान गयो
‘विदेशबाट फर्कदा तोकेभन्दा बढी भाडा नबुझाउनु’
काठमाडौं । नेपाल वायुसेवा निगमले विदेशबाट स्वदेश फर्कने क्रममा तोकिएभन्दा बढी भाडा नतिर्न आफ्ना यात्रुलाई सचेत गराएको छ । आफ्नो कम्पनीबाट तोकिएको भन्दा बढी भाडा नतिर्न यात्रुलाई आहृवान गरेको हो । उद्धार उडानका लागि निगमले तोकेको विभिन्न मुलुकको भाडादर वेवसाइटमा सार्वजनिक रुपमा राखिएको र सो भन्दा बढी भाडा नतिर्न निगमले यात्रुलाई सचेत गराएको हो । … Continue reading ‘विदेशबाट फर्कदा तोकेभन्दा बढी भाडा नबुझाउनु’
अन्ततः खुल्ने भयो व्यवसायिक हवाई उडान, १ भदौबाट आन्तरिक र बाह्य दुबै सूचारु
काठमाडौं । नेपालमा हवाई उडान सूचारु हुने भएको छ । मन्त्रिपरिषद् बैठकले १ भदौबाट आन्तरिक र बाह्य दुबै क्षेत्रमा व्यवसायिक उडान सुचारु गर्ने निर्णय गरेको हो । नेपालमा चैतयता हवाई उडान बन्द छ । यसबीचमा चार्टर्ड उडान भने सूचारु थिए । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकमा हवाई उडान सुचारु गर्ने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक… Continue reading अन्ततः खुल्ने भयो व्यवसायिक हवाई उडान, १ भदौबाट आन्तरिक र बाह्य दुबै सूचारु
तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम
काठमाडौं । चीनको तिब्बतस्थित ‘केरुङ च्छो’ ताल खतराको चिन्हभन्दा माथि पुगेको छ । ताल फुट्न सक्ने भन्दै चिनियाँ अधिकारीले सतर्क रहने तटीय क्षेत्रमा बासिन्दालाई आग्रह समेत गरेका छन् । अविरल वर्षासँगै चीनको खासा क्षेत्रमा रहेको ‘केरुङ च्छो’ ताल भरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकले जानकारी गराएको छ । चिनियाँ अधिकारीहरुले न्यालम क्षेत्रमा अत्याधिक वर्षा भइरहेको र… Continue reading तिब्बतमा रहेको ताल फुट्ने चेतावनी, भोटेकोशीमा जोखिम
थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७३ जनाले कोरोना जितेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशको विभिन्न अस्पतालबाट उनिहरु संक्रमण मुक्त भएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको मन्त्रालयले बताएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ७३… Continue reading थप १७३ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ११ हजार ८६८ पुग्यो
नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार २ सय १६ वटा नमुना परिक्षण गरिएकोमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा थप १८६ जनामा कोरोना संक्रमण, १७ हजार ८४४ पुगे संक्रमित
पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध
काठमाडौं । देशभर परेको अविरल वर्षा र पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध बनेका छन् । चितवनको चारकिलोमा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । सोमबार बिहान ठूलो पहिरो खसेको र दुई वटा बिजुलीका पोलसमेत ढलेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठूलो पहिरो गएको र खस्ने क्रम जारी भएपछि सडक… Continue reading पहिरोका कारण देशका मूख्य सडक खण्ड अवरुद्ध