प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान श्रीरामको जन्मस्थान भारतमा नभई नेपाल भएको र त्यो वीरगन्ज नजिकै ठोरीमा भएको बताएपछि नेपाल र भारतको सांस्कृतिक सम्बन्धमा ठूलो विचलन आउने आंकलन गरिएको थियो । तर, त्यसको भोलीपल्ट नै परराष्ट्र मन्त्रालयले एक स्पष्टिकरण सार्वजनिक गर्यो । जसमा प्रधानमन्त्रीको बोली राजनीतिक नभएको र कुनै धर्म र आस्थामाथि प्रहार गर्ने… Continue reading प्रधानमन्त्रीको बोलीले बिगारेको माहौल परराष्ट्रको स्पष्टिकरणपछि सामान्य

विदेशबाट आउने रेमिट्यान्स ३ प्रतिशतले घट्यो

काठमाडौं । नेपालमा आउने रेमिट्यान्स कोरोना भाइरसको माहामारी सँगै केही घटेको छ । गत आर्थिक वर्ष २०७६\७७ को ११ महिनामा विप्रेषण आप्रवाहमा ३ प्रतिशत नकारात्मक रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार जेठ मसान्तसम्म ७ खर्ब ७४ अर्ब ८७ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांक छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण… Continue reading विदेशबाट आउने रेमिट्यान्स ३ प्रतिशतले घट्यो

विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै

काठमाडौं । लकडाउन र अन्तराष्ट्रिय उडानमाथिको प्रतिवन्धपछि उद्दार उडानका दौरान करीव ३० हजार हाराहारी नेपाली घर फर्किसकेका छन् । अहिलेसम्म फर्किएका नेपालीको घर फिर्तिमा सरकारको रकम खर्च भएको छैन । केवल व्यवस्थापन मात्र सरकारले गरेको हो । अब भने विदेशमा बेखर्ची बनेर अलपत्र नेपालीको सरकारले आफ्नै खर्चमा उद्दार गर्ने भएको छ । कोभिड १९ को… Continue reading विदेशमा बेखर्ची नेपालीलाई सरकारी पैसामा उद्दार गरिदै

नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद अझ बल्झिएको छ । लगातार दुई दिनसम्म शीर्ष नेताहरुबीच भएको भेटवार्ताले कुनै निकास निकाल्न सकेन । बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट राजीनामा गरेर वातावरण सहज बनाउन माग गरेका छन् । उता, ओलीले भने राजीनामा नदिने… Continue reading नेकपा विवाद अझ बल्झिदै, आज पनि निस्कएन निकास

काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित

काठमाडौं । काठमाडौं उपत्यकामा समुदायमा कोरोना संक्रमन नभएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा गरेको परीक्षणले समुदायमा अहिलेसम्म कोरोना संक्रमण फैलिएको आधार नभेटिएको बताएको हो । कतै पनि नगएका केही व्यक्तिमा कोरोना भेटिएपछि उपत्यकाको समुदायमा संक्रमण फैलिएको आशंका गरिएको थियो । महाशाखाले काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना संक्रमण पत्ता… Continue reading काठमाडौं उपत्यकामा समुदाय स्तरको परीक्षणमा भेटिएनन एक जना पनि संक्रमित

काठमाडौं थप एक जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौंमा थप एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा काठमाडौंमा एक जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् । प्रवक्ता गौतमका अनुसार शुक्रराज ट्रपिकलको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक जनामा कोरोना भाइरसको संकध्रमण पुष्टि भएको हो ।

नेपालमा १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ९ सय ८१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा १६७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,३४४

आजबाट साझा यातायातले पनि थाल्यो सेवा

काठमाडौं । काठमाडौं उपत्यकामा सार्वजनिक यातायात सेवा लिनेहरुका लागि आजबाट केही सहज हुँदैछ । ५० प्रतिशत मात्र यात्रु राखेर आजबाट साझा यातायाते सेवा प्रारम्भ गरेको छ । साझा यातायातका बसहरु आजदेखि काठमाडौं उपत्यकामा चल्न थालेका हुन् । साझाले २६ वटा बसमार्फत् काठमाडौँका पुराना रुटमा सेवा थालेको छ । सरकारले तोकेअनुसार सिटभन्दा आधा यात्रु राखेर बस… Continue reading आजबाट साझा यातायातले पनि थाल्यो सेवा

हराइरहेका २० जना नभेटिदै सिन्धुपाल्चोकमा अर्को पहिरो, ५ जना वेपत्ता

file

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा फेरी पहिरोमा परी ५ जना वेपत्ता भएका छन् । गएराति अविरल वर्षासँगै गएको पहिरोमा परेर पाँच जना बेपत्ता भएका हुन । सिन्धुपाल्चोको भोटेकोसी गाउँपालिका वडा नम्बर ४, फुल्पिङकट्टीमा बुधबार राति पहिरोले घर पुर्दा एकै परिवारका ५ जना बेपत्ता भएका हुन् । स्थानियको अनुसार ग्यान्जेन शेर्पाको घर पहिरोले बगाएको हो। तर उनी काठमाडौं… Continue reading हराइरहेका २० जना नभेटिदै सिन्धुपाल्चोकमा अर्को पहिरो, ५ जना वेपत्ता

आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

काठमाडौं । सत्तारुढ नेकपाको विवाद अझै सुल्झिएको छैन । सोही सन्दर्भमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको बुधबारको छलफल बुधबारसमेत निष्कर्षबिहिन बनेको छ । नेताहरुबीच बिहीबारसमेत छलफलको तयारी छ । बुधबार दुई नेता करीव ३ घण्टा छलफल गरेका थिए । साउन २ गतेसम्म स्थायी… Continue reading आज नेकपा शीर्ष नेताको छलफल, निस्केला निकास ?

ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थान भारतमा नभई पर्साको ठोरीस्थित अयोध्यापुरीमा भएको बताएसँगै अहिले ठोरी चर्चामा रहेको छ । ठोरीबासी समेत हर्सित छन् । प्रधानमन्त्रीले बीना अध्ययन बोलेको आरोप लागेसँगै अब भने आधिकारिक निकायलाई ठोरीमा अध्ययन गर्न दवाव बढेको छ । सोही क्रममा सरकारले पर्साको ठोरीस्थित ‘अयोध्यापुरी’ मा भगवान रामसँग जोडिएका पुरातात्विक… Continue reading ठोरीमा रामको जन्मभूमिबारे उत्खनन् होला ?

नेपालमा पौने ७ खर्ब बेरुजु, सामान्य सुधार

काठमाडौं । नेपालमा सरकारी बेरुजु ६ खर्ब ६४ अर्ब ४४ करोड कायम भएको छ । अघिल्लो आवको तुलनामा बेरुजु केही सुधार भएको छ । महालेखा परीक्षकको ५७ औं प्रतिवेदन आज राष्ट्रपति विद्यादेवि भण्डारीसमक्ष बुझाइएको छ । प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७५\७६ मा कुल ६ खर्ब ६४ अर्ब ४४ करोड रुपैयाँ बेरुजु कायम भएको हो ।… Continue reading नेपालमा पौने ७ खर्ब बेरुजु, सामान्य सुधार

अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

काठमाडौं । भोलिबाट अन्तर बैंकिङ कारोबारमा अतिरिक्त शुल्क लाग्ने भएको छ । यसअघि नेपाल बैंकर्स संघ डेभलमेन्ट बैंकर्स संघ, वित्तीय संस्था संघ र नेपाल क्लियरिङ हाउसले संयुक्त रूपमा अर्को सूचना जारी नहुँदासम्म विद्युतीय कारोबार र अन्तर बैंक एटीएम सेवामा कुनै शुल्क नलाग्ने बताएका थिए । बैंकहरुले चैत ७ गतेदेखि विद्युतीय कारोबारहरु निःशुल्क प्रदान गर्दै आएका… Continue reading अब एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गरे पैसा लाग्‍ने

अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

काठमाडौं । निजी विद्यालय सञ्चालकहरूले साउन १ गतेदेखि देशैभर अनलाइन कक्षा रोक्ने भएका छन्। नेशनल प्याब्सन अध्यक्ष ऋतुराज सापकोटा र प्याब्सन अध्यक्ष टिकाराम पुरीले संयुक्त रूपमा बुधबार प्रेस विज्ञप्ति निकालेर अनलाइन र दूर शिक्षा रोक्ने बताएका हुन्। विद्यालय सञ्चालन गर्न आर्थिक र व्यवसायिक संकट परेको कारण साउन १ गतेदेखि शिक्षण सिकाई क्रियाकलाप स्थगन गर्ने निर्णय… Continue reading अनलाइन कक्षा बन्द गर्ने निर्णय, शिक्षक-कर्मचारीलाई बेतलबी बिदा

कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

काठमाडौं  । नेपालमा कोरोना भाइरस सं‌क्रमणका कारण थप एक जनाको मृत्यु भएको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार रौतहटको परूवा नगरपालिका-७ का ३६ वर्षका पुरुषको मृत्यु भएको हो । उनका दाजुको भारतमा कोरोनाका कारण मृत्यु भएको थियो । उनको अन्त्येष्टिमा सहभागी भएर फर्किएका परिवारका सदस्यलाई क्वारेन्टिनमा राखिएको थियो ।… Continue reading कोेरोना संक्रमणबाट थप एकको मृत्यु, मृतकको संख्या ३९ पुग्यो

नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ५ हजार ९० जनाको नमुना परिक्षण गरिएकोमा १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार १ सय ७७… Continue reading नेपालमा थप १ सय १६ जनामा कोरोना संक्रमण,६९७ जना डिस्चार्ज

गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

काठमाडौं । गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार म्याग्दी, तनहूँ, नवलपुर, गोरखा र कास्कीमा गरि थप २५ जनामा कोरोना पुष्टि भएको हो । म्याग्दीका ९, तनहुँका ३, नवलपरासीपूर्वका ११, गोरखाका १ र कास्कीका १ जनामा संक्रमण देखिएको निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । योसँगै… Continue reading गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना संक्रमण

सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबारका तोकिएको मूल्य अहिलेसम्मकै उच्च

काठमाडौं । सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। मंगलबारको तुलनामा बुधबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । बुधबारका लागि तोकिएको मूल्य अहिलेसम्मकै उच्च हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ तोकिएको छ। मंगलबार प्रतितोला ९२ हजार २… Continue reading सुनको मूल्यमा नयाँ रेकर्ड, बुधबारका तोकिएको मूल्य अहिलेसम्मकै उच्च

केही दिन नेपालमा ठूलो पानी नपर्ने

काठमाडौं । बाढी र पहिरोले वितण्डा मच्याएको अघिल्लो साताको तुलनामा आगामी केही दिन वर्षा कम हुने भएको छ । अबको केही दिन ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविको प्रक्षेपण रहेको छ । अघिल्लो बिहीबारदेखि सक्रिय मनसुन मंगलबारबाट केही कमजोर बनेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तराई नजिक रहेको न्यूनचापीय रेखा कमजोर भएसँगै मौसममा सुधार… Continue reading केही दिन नेपालमा ठूलो पानी नपर्ने

आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

File Photo

काठमाडौं । दुई दिन बन्द भएपछि आजबाट विदेशमा अलपत्र नेपालीको उद्दारको काम फेरी प्रारम्भ हुँदैछ । पछिल्लो एक महिनायता विदेशबाट धमाधम नेपालीलाई स्वदेश फर्काउने अभियान जारी रहेको छ । यसक्रममा करीव २६ हजार नेपाली स्वदेशी फर्किसकेका छन् । यसअघि दुई चरणमा भएको उद्दार उडानको काम अब तेस्रो चरणमा प्रवश गरेको छ । यस क्रममा कुल… Continue reading आजबाट फेरी शुरु हुँदैछ नेपालीको उद्दार उडान

महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

काठमाडौं । नायक राजेश हमालले महानायकका सन्दर्भमा कलाकार दीपाश्री निरौलालाई क्षमा गरिदिन आफ्ना फ्यानहरुलाई आह्वान गरेका छन् । कलाकार तथा निर्देशक दीपाश्री निरौलाले राजेश हमाल प्रति लक्षित गर्दै उनलाई महानायक केही संचारकर्मीले मात्र बनाएको धारणा राखेकी थिइन् । अहिले सिनेमा उद्योगमा राजेश हमाल नभएको समेत उनको तर्क थियो । यो तर्क सार्वजनिक भएपछि फ्यानहरुले उनको… Continue reading महानायक काण्डमा बोले राजेश हमाल : दीपाश्रीलाई क्षमा गरिदिनुस

नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

चितवन । कोरोना भाइरसको संक्रमणको दर केही कम भएको छ । खासगरी भारतबाट आउने मानिसको संख्या घटेको र विदेशबाट फर्कनेको पिसिआर परीक्षण अनिवार्य गरिएका कारण कोरोना भाइरसको संक्रमण कम भएको छ । समुदायस्तरमा भने अहिलेसम्म भयानक रुपमा कोरोना फैलिएको पाइएको छैन । यसैबीच, बुधबार नवलपरासी पूर्व र चितवनमा थप १९ जनामा कोरोना संक्रमण पुष्टी भएको… Continue reading नवलपरासी र चितवनमा थपिए १९ संक्रमित

नेपाल उद्योग वाणिज्य महासंघमा दुई प्यानल भिड्ने, चन्द्र ढकालको उमेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष पदका लागि दुई प्यानलमा भिडन्त हुने भएको छ । महासंघमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने प्रावधान रहेको छ । त्यसकारण पनि उपाध्यक्ष पद विशेष मानिन्छ । यस पटक वरिष्ठ उपाध्यक्ष रहेका शेखर गोल्छा स्वतः अध्यक्ष बन्नेछन् । महासंघको निर्वाचन साउनमा हुँदैछ । उपाध्यक्ष चन्द्र… Continue reading नेपाल उद्योग वाणिज्य महासंघमा दुई प्यानल भिड्ने, चन्द्र ढकालको उमेदवारी घोषणा

‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

काठमाडौं । सरकारले अत्यावश्यक नपरेसम्म सार्वजनिक यातायातमा नचढ्न सर्वसाधारणलाई सचेत गराएको छ । सार्वजनिक यातायात खुला गरेपनि यसले कोरोना भाइरसको संक्रमणलाई बिस्तार गर्न सहयोग पुग्ने भन्दै अति आवश्यक काम नपरेसम्म सार्वजनिक यातायात नचढ्न सरकारले सचेत बनाएको छ । सडकमा केही सार्वजनिक सवारी साधनले सेवा थालिसकेका छन् । स्वास्थ्य जनसंख्या मन्त्रालयले सार्वजनिक सवारीमा अनावश्यक यात्रा नगर्न… Continue reading ‘अत्यावश्यक नपरेसम्म सार्वजनिक बसमा नचढ्नु’

मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङको परीक्षणका दौरान दुई कर्मचारी वेपत्ता भएका छन् । पानीले बगाएर उनीहरुलाई वेपत्ता पारेको छ । जसले गर्दा तत्कालका लागि सुरुङ परिक्षणको काम समेत स्थगित हुन पुगेको छ । मंगलबार आयोजनाको अम्बाथानस्थित फ्लसिङ (आवश्यक परेको समयमा पानी फाल्न बनाइएको) गेट एक्कासी खुलेर ४ जनालाई बगाएको थियो । त्यसक्रममा दुई जनाको… Continue reading मेलम्ची परिक्षणका दौरान दुई कर्मचारी वेपत्ता

प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामबारे दिएको अभिव्यक्तिमा व्यापक आलोचना भएपछि परराष्ट्र मन्त्रालयले स्पष्टिकरण सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्ति कसैको भावनामाथि चोट पुर्याउने उद्देश्यले नआएको स्पष्ट पारेको छ । प्रधानमन्त्रीको भारतसहित नेपाल भित्र समेत आलोचना भइरहेको छ । सोही सन्दर्भमा मन्त्रालयले सोमबार विज्ञप्ति जारी गरेको हो… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रको स्पष्टीकरण : कसैको भावनासँग चोट पुर्याउने उद्देश्य होइन

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय१६जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ४ हजार ३ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय १६जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६१ पुगेको मन्त्रालयले… Continue reading नेपालमा थप ११६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार नाघ्यो

धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने

काठमाडौं । धरहराको १० औं तलासम्मको निर्माण काम सम्पन्न भएको छ । अब ११ औं तला र टावर निर्माणको काम थालिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । टावर निर्माणको काम दुई÷तीन दिनमा सुरु हुने बताइएको छ । लकडाउनका बेला धरहरामा टावरबाहेक अरु काम हुँदै थियो । झण्डै साढे तीन महिनापछि टावरको काम थाल्न लागिएको प्राधिकरणले… Continue reading धरहरा निर्माणमा १० औं तला सम्पन्न, अब ११ औं तला निर्माण गरिने

भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

काठमाडौं । भगवान राम र अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिबारे भारतमा व्यापक निन्दा र आलोचना शुरु भएको छ । पौराणिक कालदेखि मान्यताप्राप्त इतिहासलाई बीना कुनै तथ्य बोलिदिएपछि ओलीको पुनः एक पटक निन्दा शुरु भएको हो । ओलीले अयोध्या नेपालमा पर्ने र राम नेपाली भएको अभिव्यक्ति सोमबार दिएका थिए । भारतको सत्तारुढ दल तथा… Continue reading भगवान रामबारे प्रधानमन्त्रीको अभिव्यक्तिको भारतमा कडा निन्दा र आलोचना

सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो

बुटवल । पटक पटक पहिरोका कारण अवरुद्ध हुने सिद्धार्थ राजमार्गमा फेरी पहिरो खसेको छ । जसले गर्दा सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध हुन पुगेको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै पहिरो खसेको छ । रातीको समयमा सवारी साधन भएको बेला खसेका कारण मानवीय क्षति भने हुन पाएन । पहिरोसँगै ठूला–ठूला ढुंगा सडकमा… Continue reading सिद्धार्थ राजमार्ग अवरुद्ध, दोभानमा खस्यो पहिरो