काठमाडौं । संसारमा कोरोना भाइरसको संक्रमणले पुनः गति लिएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार एकैदिन भेटिने संक्रमितको संख्यामा सोमबार नयाँ रेकर्ड कायम भएको हो । २४ घण्टामा विश्वभर २ लाख ६० हजार संक्रमित थपिए । यो संख्या एकै दिन थप भएको सर्वाधिक संख्या हो । विश्वभर कोरोना भाइरसका कारण ६ लाख ४ हजार… Continue reading संसारमा फेरी तिव्र रुपमा फैलँदै कोरोना, सोमबार रेकर्ड ब्रेक
Author: Vishwanews.com
आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
काठमाडौं । आज देशका अधिकांश स्थानमा भारी वर्षा जारी छ । यसले बाढी, पहिरो र डुबानको जोखिम बढाएको छ । विभिन्न स्थानमा पहिरोले सडक अवरुद्ध भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पानीजन्य प्रकोपले समस्या निम्त्याउन सक्ने सम्भावना रहेको छ । अहिले न्यूनचापीय रेखा नेपाल नजिक रहेकाले साउन ९ गतेसम्म ठूलो वर्षाको सम्भावना… Continue reading आज देशभर भारी वर्षा, पहिरोले ठाउँठाउँमा सडक अवरुद्ध
नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि
काठमाडौं । नेपालमा कोरोना परीक्षण संख्या ३ लाख नाघेको छ । यससँगै नेपालमा कुल जनसंख्याको १ प्रतिशत भन्दा माथि व्यक्तिमा कोरोनाभाइरसको पिसिआर विधिबाट परीक्षण सम्पन्न भएको छ । सरकारले कुल जनसंख्याको २ प्रतिशतमा परीक्षण गर्ने लक्ष्य राखेको छ । यसको मतलव कुल ६ लाख मानिसको कोरोना परीक्षणको लक्ष्य सरकारको छ । अहिले नेपालको जनसंख्या ३… Continue reading नेपालमा कोरोना परीक्षण कुल जनसंख्याको एक प्रतिशतमाथि
४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना
काठमाडौं । नेपाल एयरलाइन्सका चार पाइलटसहित १४ जना उडान कर्मचारीले कोरोनालाई जित्न सफल भएका छन् । उनीहरुको तेस्रो चरणको कोरोना पिसिआर परीक्षण नेगेटिभ आएको हो । रिपोर्ट नेगेटिभ आएका सबै कर्मचारीलाई परीक्षणपछि घर पठाइएको छ। दुई साताअघि नेपाल एयरलाइन्किा १४ कर्मचारीमा कोरोना पुष्टी भएको थियो । विदेशबाट नेपालीको उद्दार थालिएपछि उनीहरु विदेश जाने क्रममा कोरोना… Continue reading ४ पाइलटसहित नेपाल एयरलाइन्सका १४ कर्मचारीले जिते कोरोना
विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३
काठमाडौं । विदेशमा समस्यामा रहेका ३१ हजार नेपाली चार्टर्ड उडानबाट घर फर्किएका छन् । यसरी फर्कनेहरु विदेशबाट कम्पनीले टिकट काटेर पठाएका, सम्बन्धित मुलुकले जहाज चार्टर्ड गरेर पठाएका र आफै टिकट काटेर आएकाहरु हुन् । यसपछि अब सरकारले आफ्नो खर्चमा समस्यामा रहेका नेपालीको उद्दार गर्नेछ । चार्टर्ड उडान सुरु गरेयता हवाईमार्गबाट मात्र करीव ३१ हजार नेपाली… Continue reading विदेशबाट चार्टर्ड उडानमार्फत फर्किए ३१ हजार नेपाली, अमेरिकाबाट आए ४२३
महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति
काठमाडौं । शनिबार एकाएक नेकपा विवाद समाधार भएको र नेताहरु सहमतिमा पुगेको जानकारी वालुवाटार स्रोतले संचारमाध्यमलाई गरायो । यसमा अध्यक्ष प्रचण्डसमेत सहमत भएको जानकारी बाहिरिएको थियो । तर, प्रचण्डपुत्री गंगा दाहालले प्रचण्ड सचिवालयको तर्फबाट शनिबार राती ट्वीट गर्दै महाधिवेशनबारे कुनै सहमति नभएको र छलफल जारी रहेको उल्लेख गरिन् । नभन्दै महाधिवेशन वालुवाटारले सत्ता जोगाउन फ्याँकेको… Continue reading महाधिवेशनको हल्ला ओली कार्ड मात्र, सहमति नभएको प्रचण्डको स्पष्टोक्ति
६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किने ६६.२४ प्रतिशत पुगेको छ । पछिल्लो २४ घण्टामा ५८ जना डिस्चार्ज भएसँगै कोरोना जित्नेको संख्या ११ हजार ६ सय ९५ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार कोरोनाभाइरस संक्रमितको कूल १७ हजार ६५८ संख्या पुगेको छ भने हालसम्म ६६।२४ प्रतिशत… Continue reading ६६.२४ प्रतिशत संक्रमित निको भएर घर फर्किए, ८ जिल्लामा कोरोना संक्रमण शून्य
नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ७ सय ४१ वटा नमुना परिक्षण गरिएकोमा १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार… Continue reading नेपालमा थप १५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७,६५८
आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना
काठमाडौं । आइतबारदेखि केही दिन ठूलो पानी पर्ने सम्भावना रहेको छ । यसले बाढी र पहिरोको जोखिम निम्त्याउने भन्दै तटीय क्षेत्र तथा भिरालो जमिन आसपास घर भएकालाई उच्च सतर्कता अपनाउन मौसमविद्ले सुझाव दिएका छन् । मनसुनी न्यूनचापीय रेखा नेपाल नजिक आउने क्रममा रहेकाले आज र भोलि धेरै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको… Continue reading आइतबारदेखि फेरी वर्षा बढ्दै, बाढी र पहिरोको सम्भावना
कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन
काठमाडौं । कोरोना भाइरस संक्रमणको महामारीका कारण विदेशमा एक सातामा थप १६ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आइतबार बिहान सार्वजनिक गरेको अपडेट अनुसार विश्वका विभिन्न मुलुकमा १६ जना नेपालीको ज्यान गएको हो । अब विश्वभर कोरोनाबाट मृत्यु हुने नेपालीहरुको संख्या दुई सय नाघेको छ । संघ मातहतको स्वास्थ्य समितिका… Continue reading कोरोनाका कारण विदेशमा एक सातामा १६ नेपालीको निधन
नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति
काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद तत्कालका लागि साम्य भएको छ । पार्टी नै विभाजित हुने अवस्थाको नजिक पुगेको नेकपा विवाद एक पटक फेरी शीर्ष नेताको पहलमा थामिएको छ । आगामी मंसिरमा एकतापछिको पहिलो महाधिवेशन गर्ने विषयमा सहमति भएसँगै तत्कालका लागि विवाद टुंगिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले अबको… Continue reading नेकपा भित्रको संकट तत्कालका लागि टर्यो, महाधिवेशन अगाडी सार्ने निर्णयमा सहमति
प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो
प्यूठान । प्यूठानमा ट्याक्टर दुर्घटनामा परी सात जनाको ज्यान गएको छ । स्वर्गद्वारी नगरपालिकाको धरमपानीबाट भिंगृ जाँदै गरेको ट्याक्टर वडा नम्बर तीनस्थित रुमालेमा दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानका अनुसार रोल्पाको रुन्टीगढी गाउँपालिकाका ६ जना र एक जना त्रिवेणी गाउँपालिका रोल्पाका हुन्। मृत्यु हुनेमा रुन्टिगढि गाउँपालिका–५ वाईजाका अन्दाजी २१ वर्षीय सागर… Continue reading प्यूठानमा ट्याक्टर दुर्घटना, ७ जनाको ज्यान गयो
आसाममा बाढी, ७६ जनाको ज्यान गयो
आसाम । भारतको आसाममा बाढी र पहिरोमा परी कम्तीमा ७६ जनाको ज्यान गएको छ । यस राज्यको विभिन्न ३० जिल्लामा बाढी र पहिराले वितण्डा मच्याइसकेको छ । बाढीले ५४ लाखभन्दा बढी बासिन्दा प्रभावित भएको सरकारी अधिकारीले जनाएका छन् । आसाम राज्यको प्रकोप व्यवस्थापन निकायका अनुसार शुक्रबारसम्ममा ५३ हजार ९९ हजार १७ जना बाढीले प्रभावित भएका… Continue reading आसाममा बाढी, ७६ जनाको ज्यान गयो
दोलखा भीनसेन सर्वसाधारणको दर्शनका लागि खुला
दोलखा । कोरोना भाइरसको महामारीपछि बन्द गरिएको दोलखा भिमसेन मन्दिर अब सर्वसाधारणको दर्शनका लागि खुला गरिएको छ । नेपालमा कोरोना भाइरसको उच्चतम महामारी केही नियन्त्रणमा आएसँगै यो मन्दिर दर्शन खुला गरिएको हो । नेपालमा सर्वाधिक भीड हुने मन्दिरमध्ये दोलखा भीमेश्वर मन्दिर पनि एक हो । कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर… Continue reading दोलखा भीनसेन सर्वसाधारणको दर्शनका लागि खुला
६ वटा जिल्ला बने कोरोना मुक्त
काठमाडौं । नेपालका ६ वटा जिल्ला कोरोना मुक्त बनेका छन् । शनिबारसम्मको तथ्यांक अनुसार ६ वटा जिल्लामा अब एक जना पनि कोरोना संक्रमणका सक्रिय बिरामी छैनन् । यसअघि नेपालका ७७ वटै जिल्लामा कोरोना फैलिएको थियो । तर, डिस्चार्ज हुनेको संख्या बढेसँगै जिल्लाहरुबाट क्रमशः कोरोना संक्रमणको दर न्यून हुँदै गएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका… Continue reading ६ वटा जिल्ला बने कोरोना मुक्त
नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी
काठमाडौं । शनिबार नेपालमा कोराना भाइरससम्बन्धी सकारात्मक खबर सार्वजनिक भएको छ । शनिबार कोरोना भाइरसका ५७ जना मात्र थप संक्रमित भेटिएका छन् । यो संख्या पछिल्लो दुई महिनायता कै सबैभन्दा कम हो । लगातार माथि चढ्दै गएको कोरोनाको ग्राफ पछिल्ला दुई सातायता ओरालो लागेको छ । अहिले नयाँ थप हुने भन्दा कोरोनालाई जित्नेहरुको संख्या बढी… Continue reading नेपालमा करीव दुई महिनायताकै कम संक्रमण पुष्टी
नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट ३ हजार ३ सय ३१ वटा नमुना परिक्षण गरिएकोमा ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको… Continue reading नेपालमा थप ५७ जनामा कोरोना संक्रमण, १ सय ३ जना डिस्चार्ज
विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक
काठमाडौं । संसारका करीव डेढ करोड मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ । कोभिड–१९ बाट विश्वभर अहिलेसम्म १ करोड ४० लाख ३७ हजार २१ जना मानिस संक्रमित भएको तथ्यांक सार्वजनिक भएको छ । उनीहरुमध्ये ६ लाख ६६५ जनाले ज्यान गुमाइसकेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार भारतले रुसलाई समेत उछिन्दै संक्रमित संख्यामा… Continue reading विश्वभर कोरोनाले ज्यान गुमाउने ६ लाखभन्दा माथि, संक्रमण डेढ करोड नजिक
स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिट बैठक आइतबारसम्मका लागि स्थागित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीचमा कैयौं चरणका दुइपक्षिय वार्ता असफल बन्दै गएपछि स्थायी कमिटि बैठक समेत बस्न सकेको छ । यसै सन्दर्भमा सचिवालय बैठक भने आज बोलाइएको छ । नेकपाको विवाद समाधानको प्रयासमा सचिवालयमा छलफल हुन लागेको नेताहरुले… Continue reading स्थायी कमिटि स्थगित गरेर नेकपामा सचिवालय बैठक आह्वान
सिन्धुपाल्चोक पहिरो पिडितको घर सरकारले बनाइदिने
हेटौडा । सिन्धुपाल्चोकमा बाढी र पहिरोले पूर्ण रुपमा घर क्षति भएका परिवारको घर सरकारले बनाइदिने भएको छ । पूर्णरुपमा क्षति भएका घर बागमती प्रदेश सरकारले निर्माण गरिदिने निर्णय गरेको हो । स्थानीय तहले जग्गा उपलब्ध गराउने छ । उक्त जग्गामा प्रदेश सरकारले पीडितहरुका लागि घर निर्माण गरिदिने बागमती विपद् व्यवस्थापन निर्देशक समितिको शुक्रबार बसेको बैठकको… Continue reading सिन्धुपाल्चोक पहिरो पिडितको घर सरकारले बनाइदिने
विश्वबैंकले सडक पूर्वाधारका लागि नेपाललाई दियो अहिलेसम्मकै ठूलो ऋण सहायता
काठमाडौं । विश्व बैंक र नेपाल सरकारबीच एक आर्थिक सम्झौतामा शुक्रबार हस्ताक्षर भएको छ । हस्ताक्षर अनुसार विश्व बैंकले नेपाललाई ४५ करोड अमेरिकी डलर (५४ अर्ब रुपैयाँ) ऋण सहायता प्रदान गरेको छ । यो सहायता विश्व बैंकबाट एकल रुपमा प्राप्त अहिलेसम्मकै ठूलो रहेको विश्व बैंकले जनाएको छ । नेपालका रणनीतिक सडकको सुधार तथा क्षमता अभिवृद्धिमा… Continue reading विश्वबैंकले सडक पूर्वाधारका लागि नेपाललाई दियो अहिलेसम्मकै ठूलो ऋण सहायता
काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष
काठमाडौं । काठमाडौं उपत्यकामा समुदायस्तरमा कोरोना नफैलिएको निष्कर्षमा सरकार पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यस्तो जानकारी गराएको हो । काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा बढी भिडभाड हुने विभिन्न स्थानबाट नमुना संकलन भएको थियो । कुल ४ हजार ८ सय जनाको नमुना परीक्षण गरिएकोमा ३ जनामा मात्र संक्रमण देखिएको छ । मन्त्रालयका प्रवक्ता डा.… Continue reading काठमाडौंको स्थानीय समुदायमा कोरोना नफैलिएको सरकारको निष्कर्ष
नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा आइसोलेसनमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । सप्तरी जिल्लाका ७३ वर्षीय वृद्ध बिहिबार राति १० बजे मृत्यु भएको गौतमले जानाकारी दिए । । असार ३१ गते… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या ४० पुग्यो
थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५३४
काठमाडौं । नेपालमा शुक्रबार थप २८५ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । योसहित नेपालमा हालसम्म ११ हजार ५३४ उपचारपछि निको भएका छन्। नेपालमा कुल संक्रमितमध्ये ६६ दशमलव १२ प्रतिशत निको भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी… Continue reading थप २ सय ८५ जनाले जिते कोरोना , संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५३४
नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार २४ घण्टामा पिसिआर विधिबाट गरिएको नमुना परिक्षण गरिएकोमा १ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ४ सय ४५ पुगेको मन्त्रालयले… Continue reading नेपालमा थप १ सय १ जनामा कोरोना संक्रमण
चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक गरेका छन् । सार्वजनिक मौद्रिक नीतिले कोभिडका कारण थलिएको अर्थतन्त्रलाई जोगाउने प्रयास गरेको छ । अधिकारीले कोरोनाका कारण अर्थतन्त्रमा परेको प्रभावलाई न्यून गर्ने लक्ष्यका साथ नीति केन्द्रित गरिएको बताए। सरकारले चालू आवमा सात प्रतिशतको आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य… Continue reading चालु आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीति सार्वजनिक (पूर्णपाठ सहित)
कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो
कास्की कास्कीमा पहिरोमा पुरिएर तीन जनाको ज्यान गएको छ । कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ खोराको मुखमा पहिरोमा परी तीनजनाको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पहिरोमा परी १६ वर्षीय कुशल विक, १४ वर्षीय समीर विक र १६ वर्षीया रोजिना विकको ज्यान गएको छ । घरको एक साइडमा सुतेका उनीहरुको ज्यान गएको छ । एकै… Continue reading कास्कीमा फेरी पहिरो, तीन जनाको ज्यान गयो
नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो
धरान । नेपालमा कोरोनाबाट थप एक जनाको मत्यु भएको छ । अब नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४० पुगेको छ । शुक्रबार बिहान कोरोना संक्रमणका कारण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचाररत एक जनाको मृत्यु भएको हो । सप्तरी राजविराज नगरपालिका–१ घर भएका ७३ वर्षीय वृद्धको मृत्यु भएको हो । प्रदेश १ मा कोरोना… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको ज्यान गयो
एक खेल अगाडी नै रियल मड्रिड बन्यो लालिगा च्याम्पियन
काठमाडौं । रियल मड्रिड स्पानिस ला लिगा च्याम्पियन बनेको छ । रियलले एक खेल अगाडी नै उपाधी उचालेको हो । गतराती भियारियाललाई २-१ ले पराजित गरेको रियल लिग विजेता बन्न सफल भएको हो । शुक्रबार बिहानको खेलमा बार्सिलोना पराजित हुनु र रियलले जित्नु नै उपाधीको लागि पर्याप्त बन्यो । एक खेल बाँकि रहेको अवस्थामा दुई… Continue reading एक खेल अगाडी नै रियल मड्रिड बन्यो लालिगा च्याम्पियन
सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते
सुनसरी । सुनसरीको सीमा क्षेत्र देवानगन्ज गाउँपालिका–३ स्थित पानी ट्याङ्की नजिकै आजराती प्रहरी र तस्कर समूहबीच गोनी हानाहान भएको छ । घटनामा दुई जना भारतीय तस्कर घाइते भएको प्रहरीले जनाएको छ । तीन जना तस्कर भने फरार छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार देवानगन्ज–२ का राजेश यादव र ३ का पिन्टु यादवलाई घाइते अवस्थामा… Continue reading सुनसरीको सीमा क्षेत्रमा प्रहरीले गोली चलायो, दुई भारतीय तस्कर घाइते