काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टाको अवधीमा देशभर ८ जना संक्रमितको मृत्यु भएको हो ।
यो सहित कोरोनाका कारण मृत्यु हुनेको संख्या १८४० पुगेको छ ।

काठमाडौं । काठमाडौं उपत्यकामा थप ३९८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा ३२४ , ललितपुरमा ५२ र भक्तपुरमा २२ जनालाई कोरोना संक्रमण देखिएको हो । जसमा १५६ महिला र १४२ पुरुष रहेका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ७७९ जना व्यक्ति संक्रमित भएका छन्।
हाल काठमाडौंमा २ हजार ९४२ ललितपुरमा ३६४ र भक्तपुरमा १६५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

काठमाडौं । नेपालमा थप ७०८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको ६ हजार १३५ जनाको पिसिआर परीक्षणमा थप ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५९ हजार ५ सय ४८ सय पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ८ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८४० पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय ३१ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ५१ हजार ३ सय १२ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ३९६ पुगेको छ ।

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओली अहिलेसम्म पनि बयलगाढावाला सिद्धान्तमै अडिग रहेको बताएका छन् ।
राजधानीमा आयोजित विरोधसभामा सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्री ओलीले गणतन्त्रलाई स्वीकार गरिनसकेको र बयलगाडाकै सिद्धान्तमा रहेको टिप्पणी गरेका हुन् । केपी ओलीलाई चिन्न नसकेको भन्दै उनले क्षमासमेत मागेका छन् ।
‘गणतन्त्रको पक्षमा आँधीहुरी आए पनि म स्वीकार्छु भन्नुभएको थियो । तर, ओलीले मनबाट गणतन्त्र स्वीकार गर्नुभएको थिएन । प्रतिनिधिसभा विघटन गरेर उहाँ बयलगाडामा नै अडिग रहेको प्रष्ट देखिएको छ । उहाँलाई चिन्न नसकेकोमा म जनतासमक्ष माफी माग्न चाहान्छु,’ प्रचण्डले भने ।
सभामा बोल्दै उनले भने, ‘हामीले बुझ्न सकिएन छ,केपी ओलीलाई । यति छिटो संविधानमाथि निमर्म प्रहार गर्न सकेको थिएन् । हामीले बनाएको कम्युनिस्ट पार्टीको अध्यक्षले गर्नुहोला भनेर सपनामा पनि सोचेका थिएनौं ।’
उनले भने आफूले नै बनाएको प्रधानमन्त्री केपी ओलीका कारण संविधान र गणतन्त्रमाथि प्रहार भएको भन्दै जनतासँग क्षमा चाहान्छु । ‘तीन वर्षअघि पार्टी एकीकरणको प्रस्ताव लिएर जाँदा तीन वर्षपछि ओलीका विरुद्ध आन्दोलन गर्नुपर्ला भनेर सोचेको थिइनँ, विडम्बना आज विरोध प्रदर्शन र सभा गर्दैछौं,’ प्रचण्डले भने ।
प्रचण्डले केपी ओलीलाई प्रधानमन्त्री बनाएकोमा क्षमा माग्नुपर्ने अवस्था आएको बताए ।
‘गणतन्त्र उहाँको सिद्धान्त होइन, बयलगाडावाला सिद्धान्त हो भन्ने थाहा थियो । उहाँ संघीयता र धर्मनिरपेक्षता पक्षधर होइन भन्ने थाहा थियो, तर गणतन्त्रको बाढी आएपछि उहाँ बगेर आउनुहोला भन्ने लागेको थियो,’ प्रचण्डले भने, ‘आज घटनाक्रमले के पुष्टि गर्यो भने उहाँ गणतन्त्रविरोधी बयलगाडामै हुनुहुँदोरहेछ ।’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीमा कम्युनिस्टमा हुनुपर्ने गुण नै नभएको बताएका छन् ।
राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेपालले ओलीमा लोकतान्त्रिक गुणसमेत नभएको बताए । ओली असंवैधानिक कदमबाट पछि हटे आफूहरु सबै कुरा बिर्सनसमेत तयार रहेको नेता नेपालले बताए । नेपालले निरंकुश केपी ओलीको आयु पुगेको र सच्चिनका लागि अन्तिम मौका रहेको बताए ।
पार्टी अनुशासनको उल्लंघन गर्दै स्वेच्छाचारी कदम चालेपछि अध्यक्ष पदबाट हटाएपनि केन्द्रीय सदस्य र पार्टी सदस्यबाट नहटाएको उनले बताए ।
संसद विघटनको विरोधमा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘सुध्रिनिहुन्छ कि भनेर आशा गरेका छौं । केन्द्रीय सदस्य, पार्टी सदस्यबाट हटाएका छैनौं । अन्तिम मौका दिएका छौं ।’
तर, मैले भनेको छु बालुवाटारको बालुवा पेल्दा-पेल्दा तेल निकाल्न सकिन्छ कि ? तेल निकाल्नुभयो भने धन्यवाद । बाङ्गो पुच्छरलाई तेल घस्दा सोझो बनाउन सक्नुहन्छ भने धन्यवाद,’’ उनले भने ।

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी ओलीको प्रतिगामी कदमका कारण आफूहरु सडकमा आउन बाध्य भएको बताएका छन् ।
राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै ओलीजस्ता तानाशाहले संविधान र लोकतन्त्रमाथि प्रहार गरे त्यसैले सडकमा आउन बाध्य भएका बताएका हुन् ।
खनालले प्रधानमन्त्री ओलीको चर्को आलोचना गरे । खनालले भने, ‘पार्टीका नीति बिर्सनुभयो, एकलौटी ढंगले मन्त्रिपरिषद् बनाउनुभयो, नीति कार्यक्रम ल्याउनुभयो ।’
‘कहिले पानी जहाजको कुरा गर्नुभयो, कहिले घरघरमा पाइपबाट ग्यास ल्याउने कुरा गर्नुभयो । खोइ पानी जहाज ? खोइ घरघरमा ग्यास पाइप ?’ उनले भने ।
हामीले पटक पटक सोध्यौँ–उहाँ भन्नुहुन्छ , मैले काम गरेको देखेर विश्व चकित भएको छ । उहाँ भन्नुहुन्छ मैले सडक र पूल हालेको छु । केपी ओलीले रानीपोखरी बनाएँ भन्नुहुन्छ । उहाँले बनाएको हो ? कालिगढहरुले बनाएका हुन् उहाँहरुलाई धन्यवाद दिनुपर्छ ।
त्यस्तै अष्टलक्ष्मी शाक्य प्रधानमन्त्री केपी शर्मा ओली कमरेड बन्न नसकेको बताएकी छन् । शाक्यले ओलीलाई निरंकुश शासक बनेको आरोप लगाइन् ।
‘हामीले आदर गरेको ओली कमरेड बन्नु भएन, उहाँ निरंकुश शासक बन्नुभयो, स्वच्छाचारी शासक बन्नुभयो, सामन्ती शासक बन्नुभयो, सर्वोसत्तावादी शासक बन्नुभयो’, उनले भनिन्,‘ जनतामाथि धावा बोल्नुभयो।’
प्रधानमन्त्री ओलीले संविधानमाथि कू गरेकोसमेत शाक्यले आरोप लगाइन् । उनका अनुसार जनताले ओली सरकारमाथि जुन आशा गरेका थिए त्यो तोडिएको छ । ‘जबसम्म ओलीले खोस्न लागेको अधिकार प्राप्त गर्न सक्दैनौँ जबसम्म हामी रोकिँदैनौँ’, उनले भनिन् ।

काठमाडौं । अमेरिकामा नोवेल कोरोना भाइरसको महामारीबाट प्रभावित बनेका व्यक्तिहरुले पुनः २ हजार डलर बराबरको राहत रकम पाउने भएका छन् ।
अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो ।
यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।
कोरोनाको कारण सबैभन्दा धेरै मानविय क्षति व्यहोर्ने देशमा अमेरिका शिर्ष स्थानमा छ । सरकारले यसअघि विभिन्न चरणमा गरी कोरोना भइरसबाट उत्पन्न संकटमोचनका लागि अमेरिकाको इतिहासमै सर्वाधिक तीन ट्रिलियन डलरभन्दा बढी राशीको आर्थिक सहायता प्याकेज ल्याइसकेको छ ।
विधेयकमा राज्यको कर प्रणालीमा आबद्ध भई वार्षिक ७५ हजार डलरभन्दा कम आम्दानी गर्ने प्रत्येक वयस्क मानिसले २ हजार डलरको चेक आपतकालिन राहत स्वरूप पाउने छन् भने कोरोना महामारीका कारण काम गुमाएकाहरूलाई साप्ताहिक ३ सय डलर कम्तीमा १० हप्ताका लागि दिइने कुरा समेटिएको बताइएको छ ।
यद्यपि यो विधेयक चालु संसदको आयु सकिन ठिक ६ दिन बाँकी हुँदा ल्याइएको छ । गत नोभेम्वर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा जो बाइडेन विजयी भएका थिए । उनले जनवरी २० मा राष्ट्रपति पदको सपथ लिदैछन् । हालै विजयी सांसदहरूले जनवरी ३ बाट पदभार समाल्ने छन् ।
अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ लाख ४० हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।
करीव ३ लाख नेपालीहरूको बसोबास अनुमान गरिएको अमेरिकामा झण्डै ५० हजार नेपालीले अमेरिकाको नागरिकता प्राप्त गरेको तथा करीव १ लाखको हाराहारीमा रहेका ग्रीनकार्ड होल्डरसहित अन्य विभिन्न स्टाट्समा रहेका समेत गरी लगभग २ लाख नेपालीहरू यस राहत प्याकेजबाट लाभान्वित हुने छन् ।
अमेरिकाले महामारीको चपेटामा परेकालाई तत्कालै पाउने गरी पुनः २ हजार डलर बराबरको राहत चेक वितरण गर्न लागेको हो ।
यसअघि अमेरिकाले अप्रिलमा कोरोना संक्रमित आफ्नो नागरिकलाई १२ सय डलर बराबरको राहत चेक वितरण गरेको थियो ।
कोरोनाको कारण सबैभन्दा धेरै मानविय क्षति व्यहोर्ने देशमा अमेरिका शिर्ष स्थानमा छ ।
अमेरिकामा कोरोना संक्रमणबाट अहिलेसम्म ३ लाख ४० हजारभन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने संक्रमितको संख्या झण्डै २ करोड पुगेको छ ।

काठमाडौं । । केपी ओली समूहमा रहेका सुदूरपश्चिम प्रेशका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ ।
विभाजित नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षीय मुख्यमन्त्री त्रिलोचन भट्टले ओली पक्षीय मन्त्री बोहरालाई मंगलवार बर्खास्त गरेका हुन् ।
नेकपा विभाजित भएपछि मन्त्री बोहरा ओली पक्षमा लागेका थिए । मुख्यमन्त्री भट्टले बोहरालाई बर्खास्त गरेर प्रचण्ड–नेपाल पक्षकै मन्त्री नियुक्त गर्ने तयारी गरेका छन् ।
आफ्नै समूहभित्र असन्तुष्टि देखिँदा मुख्यमन्त्री पद नै धरापमा पर्ने अवस्था आएपछि भट्टले ओली पक्षका मन्त्रीहरू हटाएर आफ्नो पक्षबाट नियुक्त गर्दै असन्तुष्टि समाधान गर्ने तयारी गरेका छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट प्रचण्ड निकट हुन । नेकपा केन्द्रमा देखिएको विभाजनको असर प्रदेश सरकारमा पनि देखा पर्न थालेको छ ।

काठमाडौं । नेपालमा यो वर्ष अहिलेसम्मकै सबैभन्दा धेरै धान उत्पादन भएको छ। रासायनिक मलको चरम अभाव भएपनि मौसम अनुकूल भएकाले यस वर्ष धान उत्पादन बढेको हो।
कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो गत वर्षको तुलनामा ७० हजार मेट्रिक टन धेरै हो ।
गत आर्थिक वर्षमा धानको उत्पादन ५५ लाख ५० हजार ८ सय ७८ मेट्रिक टन भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार गतआर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा धानको उत्पादन १.२८ प्रतिशतले बृद्धि भएको छ ।
यसवर्ष विगतका वर्ष भन्दा १४ हजार हेक्टर ५ सय ५९ हेक्टर क्षेत्रफल बढीमा धान रोपाइ भएको थियो । मन्त्रालयको तथ्यांक अनुसार कुल १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर क्षेत्रफलमा धान उत्पादन भएको हो । धानको उत्पादनकत्व ३.८२ पुगेको छ । यो गतवर्षको भन्दा यसवर्ष धान उत्पादकत्व ०.२८ प्रतिशत बढी हो ।
तथ्यांक अनुसार उत्पादन बढे पनि नेपाल अझै धानमा अत्मनिर्भर हुन सकेको छैन। यस वर्ष पनि झण्डै १० लाख टन धन अपुग हुने अनुमान छ। जनसंख्या बृद्धिको अनुपातमा नेपालमा हरेक वर्ष चामलको माग बढ्ने गरेको छ।
सातवटै प्रदेशमध्ये प्रदेश नम्बर २ मा सवैभन्दा बढी धान उत्पादन भएको छ । प्रदेश नम्बर २ मा १४ लाख ३२ हजार ८१९ मेट्रिक टन धान उत्पादन भएको छ ।
त्यस्तै, प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार ५५४ मेट्रिक टन, बागमती प्रदेशमा ५ लाख ९ हजार ५९० मेट्रिक टन, गण्डकी प्रदेशमा ३ लाख ९७ हजार ९४ मेट्रिक टन उत्पादन भएको छ ।
लुम्बिनी प्रदेशमा १२ लाख २४ हजार ४९७ मेट्रिक टन, कर्णाली प्रदेशमा १ लाख ३७ हजार १६५ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ४४ हजार ९९१ मेट्रिक टन धान उत्पादन भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

काठमाडौं । पूर्व नेपालको चर्चित धार्मिक गन्तब्य ताप्लेजुङको पाथिभरा यतिबेला आगोलागीको उच्च जोखिममा परेको छ । एक सातायता शुरु भएको डेडलो नियन्त्रणमा आउन नसकेपछि मन्दिर र यस आसपासका संरचना जोगाउनै चूनौति थपिएको छ । प्रहरीका अनुसार सोमबार मन्दिरमै आगो पुग्ने जोखिमपछि सिम्रिक एयरको हेलिकप्टर मगाएर आकासबाट पानी खन्याइएको छ ।
आकासबाट पाँच पटकसम्म पानी खन्याइएको थियो । यसले आगो मूख्य मन्दिरतर्फ अगाडी बढ्न नपाएको बताइएको छ । अहिले ताप्लेजुङको पाथीभरा मन्दिर सुरक्षित रहेपनि जोखिममुक्त भने नभइसकेको बताइएको छ । मन्दिर आसपासको जङ्गलमा बिहीबारदेखि नै डडेलो शुरु भएको हो । हेलिकप्टरले जोरपोखरीबाट पानी लगेर मन्दिर परिसरमा खन्याएको थियो । यसले आगो मन्दिरसम्म पुग्न पाएन ।
हेलिकोप्टरबाट मङ्गलबार पनि पानी खन्याइने भएको छ । त्यसका लागि हेलिकोप्टरलाई सुकेटार विमानस्थल मै राखिएको छ । स्थानीयबासी, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो निभाउने प्रयास गरिरहेको भए पनि सफलता प्राप्त हुन सकेको छैन । नजिकमा पानीको स्रोत नभएका कारण पनि समस्या बढेको बताइएको छ ।

काठमाडौं । सोमबार राइड सेयरिङ कम्पनी ‘पठाओ नेपाल’को मध्यबानेश्वरस्थित कार्यालयमा राइडरहरुले तोडफोड गरे । पछिल्लो केही दिनयता राइडरहरुले पठाओ नेपालको व्यवस्थापन विरुद्ध आन्दोलन गरिरहेका थिए । यसरी तोडफोडमा उत्रने राइडरलाई भने आफ्नो प्लेटफर्ममा आजिवन प्रतिवन्ध लगाउने तयारी कम्पनीले गरेको छ ।
खासगरी पठाओ प्लेटफर्म स्वच्छिक रोजगारीको माध्यम भएको र कम्पनीका नियम चित्त नबुझे यसमा भाग नलिन पाउने अधिकार हुँदाहुँदै भौतिक आक्रमणमा उत्रनु गलत भएको भन्दै कम्पनीले प्रतिवन्ध लगाउने तयारी गरेको हो ।
सोमबार प्रहरीले कार्यालय तोडफोडमा उत्रिएका ५ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुविरुद्ध अभद्र व्यवहारको मुद्दा चलाउने तयारी समेत छ । पठाओमा करीव ७५ हजार राइडर आवद्ध छन् ।
प्रयोगकर्ता भने करीव १२ लाख हाराहारी रहेका छन् । राइडरहरुले कम्पनीले ठूलो रकम कमिसनवापत लिने गरेको भन्दै घटाउन माग गरेका छन् । अहिले कम्पनीले कमिसन २० प्रतिशत लिने गरेको छ ।
कम्पनी कमिसन ८ प्रतिशतमा झार्नुपर्ने राइडरहरुको माग छ । कम्पनीले तोकेका नियम उल्लंघन गर्दा कम्पनीले गर्ने कारबाहीबारे पूर्व जानकारी दिनुपर्ने, कस्टमर केयर सेन्टरको फोन निशुल्क हुनुपर्नेसहित ११ बुँदे माग राख्दै राइडर आन्दोलनमा उत्रिएका हुन् ।
उता, कम्पनीले भने केही माग पुरा गर्ने नसकिने प्रकृतिको रहेको भन्दै इच्छा नहुने राइडर प्लेट फर्म नै नआउनु राम्रो विकल्प रहेको स्पष्ट पारेको छ ।

काठमाडौं । सरकारले गत वर्ष ११ चैतबाट मुलुकभर लागु हुने गरी लकडाउन घोषणा गरेको थियो । यसको केही अगाडी नै सरकारले लकडाउनको संकेत भने गरेको थियो । सोही मौका पारेर शहरमा मजदुरी गरिरहेका धेरै यूवा गाउँ पसे । उनीहरु यो वर्ष करीव दशैं तिहार सम्म नै गाउँ बसे ।
बाँझो रहेको खेतमा धान रोपे । यसको सकारात्मक नतिजा प्राप्त भएको छ । सरकारी तथ्यांक अनुसार देशभर चैते र वर्षे धानको उत्पादन अहिलेसम्मकै बढी भएको छ । यो वर्ष ५६ लाख २१ हजार ७१० मेट्रिक टन धान फलेको छ । यो गत वर्षभन्दा ७० हजार ८३१ टन बढी हो ।
धानको उत्पादकत्व हालसम्मकै उच्च ३.८२ पुगेको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जानकारी दिएको छ । यो वर्ष धान उत्पादन हुने क्षेत्रफल पनि १४ हजार ५ सय ५९ हेक्टरले बढेर १४ लाख ७३ हजार ४ सय ७४ हेक्टर पुगेको छ ।
प्रदेश २ मा यो वर्ष सबैभन्दा धेरै १४ लाख ३२ हजार मेट्रिकटन धान फलेको तथ्यांक छ । दोस्रो धेरै धान उत्पादन प्रदेश नम्बर १ मा १२ लाख ७५ हजार मेट्रिक टन छ । यो वर्ष सबैभन्दा थोरै धान कर्णाली प्रदेशमा फलेको छ ।
यहाँ १ लाख ३७ हजार मेट्रिक टन धान उत्पादन भएको छ । यो वर्ष कृषकले मलको चरम अभाव बोकेको थिए । यद्दपी मनसुन समयमा नै सुरु भएकाले यो वर्ष पर्याप्त पानी परेको थियो । यसले समेत धान उत्पादनमा सहयोग गरेको हो ।

काठमाडौं । सरकारले संसद विघटन गरी निर्वाचन घोषणा गरेको विरोधमा आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहले देशव्यापी प्रदर्शन गर्ने भएको छ । राजधानी काठमाडौंसहित देशका सबै निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम आयोजना हुने भएको छ ।
राजधानीको विरोध प्रदर्शनमा ५० हजार कार्यकर्ता उतार्ने तयारी रहेको नेताहरुले बताएका छन् । राजधानीमा बिहान ११ बजेदेखि काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रबाट जुलुुस निकालिने भएको छ । टेकु, कुपन्डोल, नयाँबानेश्वर, लैनचौर र नक्शालबाट जुलुस निकाल्ने तयारी छ ।
रत्नपार्कबाट मजदुर, त्रिचन्द्र क्याम्पस अगाडिबाट विद्यार्थी र प्रदर्शनीमार्गबाट युवाहरुको जुलुस निकाल्दैछन् । यी जुलुस भृकुटीमण्डपमा जम्मा हुनेछन् । यहाँ शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम राखिएको छ ।
यसअघि सोमबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशभर विरोध प्रदर्शन गरेको थियो । अहिले जनता समाजवादी पार्टी, नागरिक अगुवा, विद्यार्थी र युवाहरुले पनि विरोध प्रदर्शन जारी राखेका छन् ।

काठमाडौं । बेलायतबाट नेपाल आएका ५ जनामा कोरोना भाइरस (कोभिड१९) को संक्रमण देखिएको छ । तर, उनीहरुमा देखिएको भाइरसको प्रकृति पुरानै हो वा बेलायतमा देखिएको नयाँ भाइरस हो भन्ने चाँही खुलेको छैन । सरकारले ७ पुसदेखि बेलायतबाट यात्रु नेपाल ल्याउन रोक लगाएको छ ।
त्यसअगाडी १ पुसबाट ७ पुसको बीचमा आएका यात्रुलाई अनिवार्य होटेल क्वारेन्टिनमा बस्न निर्देशन दिएको छ । अध्यागमन विभागका अनुसार एक सातामा कुल २६३ जना यात्रु बेलायतबाट नेपाल आएको खुलेको छ ।
इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखा (इडिसिडी) का अनुसार अहिले संक्रमण देखिएका यात्रुहरु राजधानीका विभिन्न होटेलमा क्वारेण्टिन बसेका छन् । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस भेटिएपछि त्यहाँबाट आउने नागरिकलाई १० दिन अनिवार्य क्वारेण्टिन बस्न सरकारले भनेको थियो ।
यसरी बसेलाई अलग्गै निःशुल्क परीक्षण गरिएको थियो । त्यसक्रममा ५ जनालाई पोजेटिभ आएको हो । उनीहरुमा कुन प्रकारको भाइरस छ भन्नेबारे भने अलग्गै परीक्षण गरिने भएको छ ।

काठमाडौं । सरकार र उखु कृषकबीच सहमति भएको छ । तीन सातादेखि माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच आज चार बुँदे सहमित भएसँगै कृषक आन्दोलन फिर्ता लिन समेत सहमत भएका छन् ।
सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति गरेको छ । किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने सहमति भएको छ ।
सरकारले संसद विघटन गरेपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण कृषकका मुद्दा ओझेलमा परेका थिए । त्यसो त गत वर्ष नै उद्योग मन्त्री आफैले कृषकलाई रकम उपलब्ध गराउने गरी कृषकसँग सहमति गरेका थिए । तर, उनी त्यसमा असफल भएका छन् ।

रियाद । साउदी अरेबियाले व्यावसायिक यात्रीवाहक हवाई उडान कम्तीमा एक साताका लागि स्थगित गर्ने घोषणा गरेको छ ।
कोरोनाभाइरस नयाँ स्वरुपमा देखा परेको भन्दै साउदी अरेबियाले अन्तर्राष्ट्रिय उडान स्थगित गरेको हो ।
साउदी अरेबियाली गृह मन्त्रालयका एक अधिकारीले विशेष परिस्थितिमा मात्र हवाई उडानको अनुमति दिइने बताएका छन् ।
साउदीमा रहेका विदेशी नागरिकलाई देश छाड्न र कार्गो सामान ओसारपसारका लागि हवाई उडान खुला गरिएको साउदी सरकारको भनाइ छ ।
साउदी अरेबिया, कुवेत र ओमानले गत साता नै यात्रीवाहक हवाई उडान रोकेको घोषणा गरेका थिए । बेलायतमा नयाँ कोरोनाभाइरसको संस्करण देखिएको भन्दै यी मुलुकले जमिन र समुद्रीमार्ग पनि बन्द गरेका छन् ।
ओमान र कुवेतले आगामी डिसेम्बर २९ र जनवरी १ अर्थात् दुई दिन प्रतिबन्धहरु फुकुवा गर्ने बताएका छन् । यसै महिना साउदी अरेबियाले फाइजर–बायोएनटेकले विकास गरेको खोप लगाउने अभियान थालनी गरेको थियो ।
साउदी अरेबियामा हालसम्म तीन लाख ६२ हजार व्यक्ति कोरोना संक्रमित भएको पाइएको छ । यहाँ छ हजारभन्दा बढी व्यक्तिको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ । अरब राष्ट्रहरुमध्ये साउदी अरेबियामा सबैभन्दा बढीको मृत्यु भएको हो । रासस/एएफपी

काठमाडौं । कोभिड–१९ विरुद्ध लड्नका लागि युरोपेली सङ्घ इयूले खोप दिन शुरू गरेको छ। युरोपेली आयोगकी प्रमुख उर्जुला भोन डेर लेयनले फाइजररबायोएनटेकले विकास गरेको खोप सङ्घका २७ वटै सदस्य राष्ट्रमा वितरण गरिएको बताएकी छन्।
एक दिन पनि कुर्न नसक्ने भन्दै कतिपय राष्ट्रहरूले शनिवारबाटै खोप लगाउने काम शुरू गरेका थिए। युरोपेली सङ्घमा हालसम्म ३,३५,००० भन्दा बढीको कोभिड–१९ का कारण मृत्यु भइसकेको छ।
१ करोड ४० लाख भन्दा धेरै मानिस सङ्क्रमित भइसकेका छन्। लगभग सबैजसो सदस्य राष्ट्रमा कडा प्रतिबन्धात्मक व्यवस्था लागू गरिएको छ।
कोरोना भाइरसको अझ बढ्ता सङ्क्रामक प्रकार विभिन्न युरोपेली देशसहित क्यानडा अनि जापानमा समेत पुष्टि भएका बेला खोप लगाउन शुरू गरिएको हो।
भाइरसको नयाँ प्रकार देखिएपछि गत साताबाट विश्वभर नयाँ यात्रा प्रतिबन्धहरू लागेका छन्।
खोप कार्यक्रमको पछिल्लो अवस्था
युरोपेली सङ्घ अन्तर्गतका राष्ट्रहरूमा खोप कार्यक्रम आइतबारबाट शुरू भएको हो। युरोपेली औषधि निकाय (ईएमए) र युरोपेली आयोगले जर्मन–अमेरिकी फाइजर/बायोएनटेक खोपलाई स्वीकृति दिएसँगै खोप दिने कार्य शुरू गरिएको हो।
इयूले खोपका विभिन्न कम्पनीहरूबाट २ अर्ब भन्दा धेरै मात्रा प्राप्तिका लागि सम्झौता सुनिश्चित गरिसकेको छ। उत्तर–पूर्वी जर्मनीका अधिकारीहरूले भने आफूहरू थप एक दिन पनि नपर्खने भन्दै शनिवारबाटै ज्येष्ठ नागरिकहरूलाई खोप दिन शुरू गरेका थिए।
त्यस्तै हङ्गेरीमा एकजना चिकित्सकलाई पहिलो खोप दिइएको सरकारी समाचार संस्थाले जनाएको छ भने स्लोभाकियामा पनि खोप दिन शुरू गरिसकिएको छ।बीबीसी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसद विघटनको विषयमा अदालतमा विचाराधीन मुद्धाका विषयमा बोल्न नमिल्ने बताएका छन् ।
भक्तपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कांग्रसले अदालतको निर्णयलाई मान्ने भएकाले कसैलाई धम्क्याउने वा तर्साउने काम नगर्ने बताएका छन् । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको अराजक निर्णयविरुद्ध एकजुट भएर आन्दोलन गर्ने बताएका छन् ।
‘हामी अदालतलाई मान्ने पार्टी हौं । अदालतलाई तर्साउने, धम्क्याउने काम हामी गर्दैनौं । अदालतलाई स्वविवेकिय निर्णय गर्ने अधिकार छ । अदालतको निर्णयपछि तयारी अवस्थामा रहनुपर्छ,’ उनले भने । अदालतमा विचारिधन मुद्धामा हामी बोल्ने विषय छैन् ।’
त्यस्तै उनले भोलीका दिनमा प्रर्दशनको तयारी गर्न पनि कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले कोरोनाको महामारी कायम रहेकोले सबै जना सतर्क भएर हिँड्नुपर्ने बताएका छन् ।

काठमाडौं । काठमाडौं उपत्यकामा थप २८७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा २०७ जना, भक्तपुरमा २२ जना र ललितपुरमा ४९ जना कोरोना संक्रमित थपिएका हुन् ।

काठमाडौं । नेपालमा थप ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार ८ सय ४० सय पुगेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १८३२ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ७ सय १८ जना कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। यो सँगै अहिलेसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएका छन्। भने संक्रिय संक्रमितको संख्या ६ हजार ४२७ पुगेको छ ।

काठमाडौं । सेयर बजार कमब्याक भएको छ । आइतबार करिब ४० अंकले घटेको बजार आज करिब ८ अंकले फर्केको हो ।
सूचकमा सामान्य सुधार आए पनि कारोबार रकम भने ह्वात्तै घटेको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम करिब ७७ करोडले घटेको छ ।
सेयर बजार मापक सूचक नेप्से ८.५७ अंकले बढेर २००७.२९ बिन्दुमा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज २१४ कम्पनीको ३ अर्ब ८५ करोड ३ लाख २० हजार ४५ रुपैयाँ बराबरको ७४ लाख ९७ हजार ३८४ कित्ता सेयर किनबेच भएका छन् ।
आज कारोबारमा आएका १२ वटा समूहमध्ये ९ समूहको परिसूचक हरियो भएका छन् भने ३ समूहको परिसूचक राताम्मे भएका छन् । आज उत्पादनमूलक समूहको परिसूचक सबैभन्दा धेरै ९७.७९ अंकले बढेको छ भने व्यापार समूह ४८.६६ अंकले घटेको छ ।
कारोबारमा आएका २१४ कम्पनीमध्ये ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ८३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ३५ कम्पनीको मूल्य स्थिर रहेको छ ।
आज पनि लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्सको सेयरमा झुम्मिएका छन् । पछिल्लो समय सर्वाधिक कारोबार हुँदै आएको यस कम्पनीको आज सबैभन्दा धेरै ३४ करोड ९१ लाख रुपैयाँ बढीको कारोबार भएको छ ।
कारोबार रकमकै नागरिक लगानी कोष ३२ करोड र एनआइसी एशिया बैंक ३० करोड सहित क्रमशः दोस्रो र तेस्रोमा रहे ।
बढ्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । नारायणी विकास बैंक र सेन्ट्रल फाइनान्सका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् । आज सिद्धार्थ बैंकको डिबेन्चर सबैभन्दा धेरै ७.६० प्रतिशतले घटेको छ ।

काठमाडौं । काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूह, संसदीय दलका नेता पुष्प कमल दाहाल प्रचण्डले अबको चुनाबमा आफूले बहुमत प्राप्त गर्ने बताएका छन्। सोमबार जनसांस्कृतिक महासंघले गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले जनतामाझ जाने अवसर दिएकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद ज्ञापन समेत गरेका छन्।
सम्बोधनका क्रममा उनले भने, ‘केपीजीलाई धन्यवाद। तपाईँले हामीले जनतामा जाने मुद्दा दिनुभयो। संविधान, संघीयता, गणतन्त्रको पक्षमा लड्ने मुद्धा दिनुभयो। अर्को चुनाव हामी जित्छौं।’
प्रधानमत्री ओलीले संसद विगठन गरेर श्री ३ जंगबहादुर राणाको बाटोमा गएको आरोप समेत लगाएका छन्। उनले भने, ‘केपी ओली सामन्ती शासक श्री ३ महाराजधिराज जंगेको बाटोमा हिँड्नुभयो। त्यस दिनबाट उहाँको पराजय र हाम्रो विजय यात्रा सुरु भयो।’
संसद विघटन असंवैधानिक भएको भन्दै प्रचण्ड–नेपाल समूह सडक आन्दोलनमा गएको छ। निर्वाचन आयोगमा चुनाव चिन्ह सूर्य आफ्नो र आफू नै आधिकारीक भएको दावी गर्दैं आएको छ।
सडक आन्दोलनमा गएपछि पहिलो पटक प्रचण्डले ओलीलाई धन्यवाद दिएका हुन्। उनले ओलीले संसद विघटन गरेर आफूलाई चुनावमा जाने बाटो खोलिदिएको आशय पनि व्यक्त गरेका छन्।
संसद पुर्नस्थापनाको माग गर्दै आएका उनले चिनियाँ टोलीसँगको छलफलपछि जनतामा जाने र जनताको मत आफूलाई नै प्राप्त हुने आशय व्यक्त गरेका छन्। अहिले संसद पुर्नस्थापनाका लागि सर्वोच्च अदालतमा रिट परेको छ।

झापा । काठमाडौंको जाडो छल्न पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह हरेक वर्ष तराई झर्ने गर्छन् । उनीहरुको झापाको दमकमा हिमालयन टी स्टेट नामक निजी चिया बगान रहेको छ । उनीहरु जाडोयाममा केही समय सोही बगानमा रहेको भवनमा बस्ने गरेका छन् ।
यस पटक समेत उनीहरु करीव एक महिना झापामा बस्ने भएका छन् । ज्ञानेन्द्र र कोमल आइबार साँझ बुद्ध एयर चढेर झापा पुगेका छन् । उनीहरुलाई भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा समर्थकहरूले भब्य स्वागत गरेका थिए।
समर्थकबाट राजा आउ देश बचाउ, गणतन्त्र मुर्दावाद, संघीयता खारेज गर, हिन्दू राष्ट« कायम गर जस्ता नारा लागेका थिए । झापामा रहँदा धार्मिक पिठ प्रतिष्ठानहरुमा ज्ञानेन्द्र दम्पत्ति सहभागी हुने भएका छन् । पछिल्लो राजनीतिक उथलपुथलमा मौन बसिरहेका पूर्वराजा ज्ञानेन्द्र एक्कासी झापामा देखा परेका हुन् ।

काठमाडौं । क्यामरूनमा भएको एक भयानक सडक दुर्घटनामा कम्तिमा ३७ जना मानिसको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार क्यामरुनको मध्यक्षेत्रमा आइतबार उक्त दुर्घटना भएको हो ।
क्यामरूनको रेडियो सीआरटीभीले एनदिकिनिमेकीका प्रहरी आयुक्त मोन्टसुयोग मेम्पोउ पाउलिनलाई उद्धृत गर्दै यस घटनाको पुष्टी गरेको छ । समाचार अनुसार एक यात्रुबाहक बस ट्रकसँग ठोक्किएर भयानक दुर्घटना भएको थियो । जहाँ कम्तीमा ३७ जनाको मृत्यु भएको छ ।
१९ यात्रु गम्भीर घाइते अवस्थामा अस्पताल लगिएको छ । सोहीकारण हताहतीको संख्या बढ्न सक्ने जनाइएको छ । ट्रकसँग ठोक्किएको बस अनियन्त्रित भई सडकबाट खोचमा खसेको थियो । बसमा सवार धेरैजसो यात्रुको घटना स्थलमै ज्यान गएको थियो । घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरी आयुक्त पाउलिनले जानकारी गराएका छन् ।

काठमाडौं । नेपालमा सरकारले निजी क्षेत्रका अस्पताललाई कोभिड अस्पतालको सूचिबाट हटाएको छ । यससँगै अब कोरोना संक्रमितको उपचार अब सरकारी अस्पतालमा मात्र हुने भएको छ ।
कोरोना भारइसको संक्रमण उच्च दरमा घटेको र सरकारी अस्पतालकै बेड खाली भएको भन्दै सरकारले निजी अस्पताललाई कोरोना अस्पतालको सूचीबाट हटाउने निर्णय लिएको हो । अब निजी क्षेत्रका अस्पतालले अन्य रोगको सहजै उपचार गर्न सक्ने भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो समय संक्रमण कम भएको छ । सोहीकारण निजी अस्पताललाई तत्काल कोभिड अस्पतालको सूचीमा राख्ने काम स्थगन गरिएको छ । मन्त्रालयले संक्रमितको उपचारका लागि देशभर ३० वटा भन्दा बढी निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा घोषणा गरेको थियो । ती सबै अस्पताल अब उक्त सूचिबाट हटेका छन् ।
संक्रमण नबढेमा यो व्यवस्था निरन्तर रहने र बढेमा भने पुनः सेवा थाल्नेगरी तत्कालका लागि हटाइएको प्रवक्ता गौतमले बताए । उनका अनुसार मेडिकल कलेजहरूलाई भने कोभिड अस्पतालको सूचीबाट हटाइएको छैन ।
उनका अनुसार यो सूचिबाट हटेसँगै अब निजी अस्पतालमा कोभिड संक्रमितको उपचार भएमा त्यसको खर्च सरकारले व्यहोर्ने छैन। अस्पतालहरूमा मात्र उपचार गराइएका संक्रमितहरूको भने उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले गरेको संसद विघटनको विरोधमा आज देशभर आन्दोलन गर्दैछ । देशका १६५ वटै निर्वाचन क्षेत्रमा कांग्रेसले शान्तीपूर्ण विरोध प्रदर्शन गर्न लागेको छ ।
विरोध प्रदर्शनसहितको सभालाई सम्बन्धित निर्वाचन क्षेत्रमा रहेका केन्द्रिय स्तरका नेताले सम्बोधन गर्ने भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले भने भक्तपुरमा सम्बोधन गर्ने गरी तय गरिएको छ ।
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल भने आफ्नो निर्वाचन क्षेत्रको दमौलीमा सम्बोधन गर्ने कार्यक्रम राखिएको छ । कांग्रेसले कार्यकर्ताहरुलाई ब्यानर, प्लेकार्ड एवम् प्रदर्शन र सभामा निर्धारित नाराहरुमात्र प्रयोग गर्न भनेको छ ।

काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको एक प्रतिनिधिमण्डल आज काठमाडौं आइपुगेको छ । चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौकोको नेतृत्वको टोली आज बिहान काठमाडौं आएको हो ।
काठमाडौं उत्रिएसँगै अनौपचारिक रुपमा भेटघाट तिब्र बनाएको यो टोलीले आइतबार साँझ भने राष्ट्रपति विद्यादेवि भण्डारीसँग भेट गरेको छ ।
स्रोतका अनुसार टोलीले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट्नेछ । नेपालमा कम्युनिष्ट पार्टी फूटको निकट पुगेको छ । समानान्तर कमिटिहरु बनिरहेका छन् । यस सन्दर्भमा भएको यस भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो टोलीले राष्ट्रपतिसँग करीव १ घण्टा कुराकानी गरेको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले संसद विघटन गरेपछि यतिबेला कम्यूनिष्ट एकता नै धरापमा परेको छ ।
नेपालमा चीनले कम्यूनिष्ट पार्टीको एकता चाहेको र बदलामा सरकार परिवर्तन गर्न सकिने संकेत गरेको नेताहरुले बताउने गरेका छन् । सोहीकारण यो भेट नेकपाको भविश्वसँग जोडेर समेत हेर्ने गरिएको छ ।
चिनियाँ प्रतिनिधिमण्डल नेपाल आएसँगै उता भारतमा समेत सरगर्मी बढेको छ । भारतीय संचारमाध्यमले यस टोलीको भ्रमणको समाचारलाई उच्च प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् ।

संखुवासभा । संखुवासभामा नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूह र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ। प्रहरीका अनुसार गोली हानाहानको क्षति भने आइसकेको छैन । विप्लव कार्यकर्ता रहेको विशेष सुराकी पाएपछि जिल्ला प्रहरी कार्यालय, संखुवासभाबाट प्रहरीको टोली चैनपुर–४, मैदाने भन्ने स्थानमा पुगेको थियो ।
त्यसस्थानमा उक्त समुहका कार्यक्रर्ताले प्रहरीतर्फ गोली चलाएको कार्यालयले जनाएको छ । त्यसपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो । प्रहरीका अनुसार विप्लव समूहका कार्यकर्ताले ५ राउण्ड फायरिङ गरेका थिए ।
प्रहरीले एक दर्जन गोली चलाएको छ । विप्लव समूहका जिल्ला इञ्चार्ज उत्तरकुमार भनिने युवराज राईसहितका व्यक्ति मैदानेको एक घरमा लुकेर बसेको भन्ने सूचनाका आधारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उक्त स्थानमा गएको बताइएको छ ।
गोली चलाउँदै उक्त समूहका नेतासहित ३ जना जंगलतिर भागेको बताइएको छ । उक्त घरबाट भने विष्फोटक पदार्थ डेटोरनेटर, नियोजेल, महत्वपूर्ण दस्तावेज, मोबाइल फोनलगायत बरामद भएको बताएको छ ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभाको अधिवेशन आह्वान गरेकी छन् ।
राष्ट्रपतिले संविधानको धारा ९३ को उपधारा १ बमोजिम १७ गते अपराह्न ४ बजे बैठक आह्वान गरेकी हुन्।
गत शुक्रबार बसेको मन्त्रिरपरिषद बैठकले अधिवेशन आह्वानको लागि राष्ट्रपतिलाई सिफारिस गरेको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रपरिषद् बैठकको सिफारिसमा अधिवेशन अन्त्य गरेकी थिइन्।

काठमाडौं । स्कटल्यान्डका काइल कोट्जर अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको दशककै उत्कृष्ट एशोसिएट खेलाडी चुनिएका छन् ।
आईसीसीले पछिल्लो एक दशकमा उत्कृष्ट प्रर्दशन गर्ने एसोसिएट खेलाडीको लागि प्रदान गर्ने अवार्ड घोषणा गरेको थियो । उक्त उपाधिको बिजेता आइतबार घोषणा गरेको हो ।
अवार्ड नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्का यस अवार्डका लागि मनोनयनमा परे पनि अर्वाड भने जित्न सकेनन् ।
यस विधामा पारस बाहेक स्कटल्यान्डका तीन तथा पपुवा न्युगिनी र नेदरल्यान्ड्सका १-१ जना खेलाडी रहेका थिए । नेपालका पारस र विजेता कोट्जर बाहेक स्कटल्यान्डका कलम म्याकलोयड र रिची बेरिङटन, नेदरल्यान्ड्सका पिटर बोरेन र पपुवा न्युगिनी अशद भाला यस विधाको मनोनयनमा परेका थिए ।
सन् २००९ बाट नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तानी सम्हालेका पारसको नेतृत्वमा नेपालले डिभिजन पाँच देखि एकदिवसीय राष्ट्र सम्मको यात्रा तय गरेको थियो ।
त्यस्तै नेपाली टोलीले पारसको नै कप्तानीमा सन् २०१४ मा पहिलो पटक ट्वान्टी ट्वान्टी विश्वकप खेलेको थियो । सन् २०१९ मा नेपाली टोलीको कप्तानबाट राजिनामा दिएका पारसको कप्तानीमा नेपाल बलियो एशोसिएट राष्ट्र बन्न सफल भएको थियो । त्यस्तै स्कटल्याण्डले कोट्जरको कप्तानीमा सन् २०१५ मा अष्ट्रेलिया र न्युजिल्याण्डमा संयुक्त रुपमा सम्पन्न भएको विश्वकप खेलेको थियो ।