काठमाडौं । शुक्रबार नेकपा भित्रको विवाद मिलाउने सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्ड बीच करीव चीन घण्टा वार्ता भयो । वालुवाटारमा भएको यो वार्तालाई निर्णायक माानिएको थियो । वार्तामा दोस्रो पुस्ताका नेता विण्णु पौडेल र जनार्दन शर्मासमेत सहभागी भएका थिए । नेकपा स्रोतका अनुसार वार्तामा दुबै नेता आफ्नो अडानमा टसमस भएनन् । त्यसकारण… Continue reading प्रचण्ड-ओलीको तीन घण्टा लामो वार्तामा समेत निस्किएन निकास
Author: Vishwanews.com
नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना
काठमाडौं । नेपालमा थप ८ सय २३ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएका हुन् । योसहित नेपालमा हालसम्म ६ हजार १ सय ४३ जना उपचारपछि निको भएका छन्। कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । हालसम्म… Continue reading नेपालमा एकैदिन ८ सय २३ जनाले जिते कोरोना
नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना भाइरस संक्रमितको संख्या १५ हजार २ सय ५९… Continue reading नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको वृद्धिमा नयाँ रेकर्ड
कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणको कारण थप एक जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार नयाँ बानेश्वर बस्दै आएका ८५ वर्षीय एक पुरुषको असार १७ गते मृत्यु भएको हो। उनलाई उच्च रक्तचाप र पार्किन्सनको समस्या भएपछि अस्पताल पुर्याइएको थियो। मृतक ती पुरुषको पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको गौतमले बताए।… Continue reading कोरोनाका कारण काठमाडौंमा एक जनाको मृत्यु, मृतकको संख्या ३२ पुग्यो
क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि
काठमाडौं । रोल्पामा क्वारेन्टिनमै आत्महत्या गरेका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार झुन्डिएर आत्महत्या गरेका रोल्पा, गंगादेव गाउँपालिका ५ का ३१ वर्षका पुरुषमा कोरोना भाइरस पोजेटिभ देखिएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुक्रबार गरिएको पीसीआर परीक्षणका क्रममा उनमा संक्रमण पुष्टि भएको हो । मृतक दुवईबाट गत असार १० गते रोल्पा पुगेका… Continue reading क्वारेन्टिनमै आत्महत्या गरेका रोल्पाका युवकमा कोरोना पुष्टि
कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या
काठमाडौं । भारतको कानपुरमा ८ जना प्रहरीलाई गोली हानेर मारिएको छ । भारतको उत्तरप्रदेशस्थित कानपुर जिल्लामा यो घटना भएको हो । बिहीबार राति करिब एक बजे अज्ञात समूहले घरको छतबाट प्रहरी टोलीमाथि अन्धाधुन्द गोली चलाएको थियो । भारतीय संचारमाध्यमका अनुसार गाउँमा एक जना अभियुक्तलाई पक्राउ गर्न जाँदा यो घटना भएको हो । एक डिएसपी र… Continue reading कानपुरमा गोली हानेर ८ प्रहरीको हत्या
लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो
काठमाडौं । इंग्लिस प्रिमियर लीग विजेता लिभरपुललाई तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीले ४–० गोल अन्तरले हराएको छ । शुक्रबार बिहान सम्पन्न खेलमा उक्त नतिजा आएको हो । सिटीको घरेलु मैदान इतिहादमा सम्पन्न खेलमा केभिन डि ब्रुइन, रहिम स्र्टलिङ र फिलिप फोडेनले एक एक गोल गरे । एक गोल सीटीले लिभरपुलका एलेक्स च्याम्बर्लिङको आत्मघाती गोलका… Continue reading लीग च्याम्पियन लिभरपुललाई सीटीले नराम्ररी हरायो
ठमेलका व्यवसायीलाई एक वर्षसम्म घर भाडा ५० प्रतिशत छूट
काठमाडौं । ठमेलमा व्यवसायीले एक वर्षसम्म घर भाडामा ५० प्रतिशतसम्म छूट पाउने भएका छन् । पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी र घरधनीबीच ६ महिनादेखि एक वर्षसम्म ५० प्रतिशत घरभाडामा छुट दिने समझदारी भएको हो । पर्यटन क्षेत्रका २२ संस्थाले यस्तो जानकारी गराएका हुन् । कोभिड–१९ महामारीको कारण देशकै प्रमुख पर्यटकीय क्षेत्र ठमेलका व्यवसायी पलायन हुने जोखिम… Continue reading ठमेलका व्यवसायीलाई एक वर्षसम्म घर भाडा ५० प्रतिशत छूट
गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित
पोखरा । गण्डकी प्रदेशमा आज ३२ जनामा नयाँ कोरोना संक्रमित फेला परेका छन् । प्रदेश क्षयरोग केन्द्र पोखरा र भरतपुर अस्पताल, चितवनमा भएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । ४ जिल्लामा कोरोना संक्रमित भेटिएको तथ्यांक छ । शुक्रबार नवलपरासीमा मात्र १९ जना नयाँ संक्रमित थप भएका छन् । कावासोती नगरपालिकाका २२ देखि ४९ वर्ष… Continue reading गण्डकी प्रदेशमा आज थपिए ३२ संक्रमित
लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता
गुल्मी । पहाडी जिल्ला गुल्मीमा पहिरोले क्षति पुर्याउन थालेको छ । लगातार वर्षाछि गुल्मीको इश्मा गाउँपालिका–१ मल्दी ढाँटफाँट भन्ने स्थानमा पहिरोले घर बगाउँदा दुई जना वेपत्ता भएका छन् । पहिरोमा परेका दुई जनाको उद्धार भएको छ । एक जना महिला र एक जना पुरुष वेपत्ता रहेको स्थानीय प्रशासनले जानकारी गराएको छ । एकजना महिला र… Continue reading लगातार वर्षापछि गुल्मीका विभिन्न स्थानमा पहिरो, दुई जना वेपत्ता
नेपाली सैनिक बोकेर अफ्रिका पुग्ने भयो नेपाल एयरलाइन्स
काठमाडौं । नेपाली सैनिकको एक टोली लिएर नेपाल एयरलाइन्सको जहाज अफ्रिकी मुलुकमा जाने भएको छ । संयुक्त राष्ट्र संघको शान्ति मिसनका लागि सेन्ट्रल अफ्रिकन रिपब्लिक र मालीमा खटिने नेपाली सेनाको टोली लिएर नेपाल एयरलाइन्सको वाइडबडी जहाज उड्ने भएको छ । उडान २४ असारमा हुनेछ । जहाज २५ असारमा काठमाडौं फर्कने तालीका छ । नेपाल एयरलाइन्सका… Continue reading नेपाली सैनिक बोकेर अफ्रिका पुग्ने भयो नेपाल एयरलाइन्स
प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री र नेकपाको अध्यक्ष दुबै पद नछाड्ने अडान दोहोर्याएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद उत्कर्षमा पुगेको छ । राष्ट्रपतिसँग मिलेर सुटुक्क संसद अधिवेशन स्थगित गरेका प्रधानमन्त्रीले पार्टी फुटाउने गरी फेरी अध्यादेश ल्याउने तयारी गर्न लागेको आशंका गरिएको छ । नेकपाको स्थायी कमिटी बैठक दुई दिनका लागि स्थगित भएको… Continue reading प्रधानमन्त्रीबाट दुबै पद नछाड्ने अडान, के हुन्छ अब ?
२४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए
काठमाडौं । काठमाडौं उपत्यकामा गत चौबीस घण्टा ३२ जना नयाँ संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष कोरोना भाइरसको संक्रमण देखिएको हो । यसैगरी त्रिवि शिक्षण अस्पतालमा गरिएको परीक्षणमा ललितपुरका एक पुरुष,… Continue reading २४ घण्टामा उपत्यकामा थप ३२ जना संक्रमित थपिए
नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९
काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा १०९ महिला र ३६४ पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या संक्रमितको संख्या… Continue reading नेपालमा थप ४७३ जनामा कोरोनाको संक्रमण, संक्रमितको संख्या १४५१९
कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । घाँटीमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका ४८ दिनका शिशुको कोरोना संक्रमणबाट मृत्यु भएको हो । मंगलबार कोरोना पुष्टि भएका ती शिशुको बुधबार राति मृत्यु भएको अस्पतालले जनाएको छ। म्याग्दी घर भएका शिशुलाई श्वासप्रश्वासमा समस्या भएपछि ती शिशुको सोमबार घाँटीको शल्यक्रिया… Continue reading कोरोना संक्रमणबाट नेपालमा डेढ महिने शिशुको मृत्यु, मृतकको संख्या ३१ पुग्यो
संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
काठमाडौं । सरकारले संसद्को चालू अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । बिहिबार बसेको मन्त्रिपरिषद बैठकले आज ५ बजेपछि लागू हुने गरी संसद्को जारी अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ । आगामी सोमबारका लागि बैठक बोलाइएको भएपनि त्यसअघि नै अधिवेशन स्थगनको निर्णय भएको हो ।… Continue reading संसद्को जारी चालू अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय
बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु
बारा । बारामा चट्याङ लागेर चार जना महिलाको ज्यान गएको छ । बाराका दुई छुट्टाछुट्टै बिहाीबार बिहान परेको चट्याङले उनीहरुको मृत्यु भएको हो । घटनामा ५ जना घाइते छन् । बिहीबार बिहान साढे सात बजे खेतमा चट्याङ परेको थियो । त्यसबेला खेतमा धान रोपिरहेका महिलाहरु यसको शिकार बन्न पुगेका हुन् । खेतमा धान रोपीरहेका बाराको… Continue reading बारामा चट्याङ लागेर ४ जना महिलाको मृत्यु
अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति
काठमाडौं । अब नेपालमा निजी प्रयोगशालाबाट समेत कोरोना परीक्षण हुने भएको छ । सरकारी प्रयोगशालालाले नमुनाको चाप धान्न नसकेपछि निजीमा जाने निर्णय सरकारले गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले तीन निजी प्रयोगशालालाई पिसिआर विधिबाट कोरोना भाइरसको परीक्षणको अनुमति दिइएको छ । अनुमति पाएका प्रयोगशालाले परीक्षणको लागि आवश्यक सरसामान र उपकरणको जोहो भने… Continue reading अब कोरोनाको परीक्षण निजी प्रयोगशालामा समेत, तीन अस्पतालले पाए अनुमति
हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त
काठमाडौं । नेपाली सेनाको दुई सैनिक अधिकृतमाथि बर्खास्तीको कारवाही गरेको छ । सैनिक अदालतले दुई जना उच्च सैनिक अधिकारीलाई बर्खास्त गर्ने आदेश गरेको हो । आफुभन्दा माथिल्लो पदका कमाण्डरको लिखित आदेश अवज्ञा गरेपछि उनीहरु सैनिक ऐनअनुसार कारवाहीमा परेका हुन् । एक जना जर्नेल र एक जा कर्णेल बर्खास्तीमा परेका छन् । सैनिक सूचना तथा जनसम्पर्क… Continue reading हाकिमको आदेश पालना नगरेको अभियोगमा दुई सैनिक अधिकृत बर्खास्त
मेसीले पुरा गरे ७ सय औं गोल
काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले एक ऐतिहासिक कोशे ढुंगा पार गरेका छन् । उनले बुधबार राती आफ्नो करियरको सात सय औं गोल पूरा गरेका हुन् । ला लिगा अन्तर्गत गएराति एट्लेटिको मड्रिडविरुद्ध गोल गर्दै उनले यो कीर्तिमान कायम गरेका हुन् । बार्सिलोनाले एट्लेटिकोसँग दुई दुई गोलको बराबरी खेल्यो । त्यसक्रममा बार्सिलोनाका लागि मेस्सीले एक… Continue reading मेसीले पुरा गरे ७ सय औं गोल
प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट स्वास्थ्य जाँच गरी निवासमा फर्किएका छन् । प्रधानमन्त्री ओली मुटुको नियमित स्वास्थ्य जाँच गराउन गंगालाल हृदयरोग केन्द्र गएका थिए । अत्यावश्यक परीक्षण गरी निवासमा फर्किएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् । प्रधानमन्त्रीमा स्वास्थ्य समस्या आएको नभई नियमित जाँचको लागि अस्पताल गएको उनको भनाई छ ।… Continue reading प्रधानमन्त्री अस्पतालबाट निवास फर्किए
नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?
काठमाडौं । बुधबार नेकपाको स्थायी समिति बैठक छोटो समय बस्यो । ५ जना मात्र वत्ताले आज बोले । बोलेका मध्ये धेरैले प्रधानमन्त्रीको राजिनामा माग गरे । संकटमा परेको सरकारलाई पार्टी भित्रैबाट राजिनामा माग भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफु निकटका मन्त्री र नेकपाका दोस्रो तहका नेतासँग छलफल गरे । छलफलमा नेताहरुले नेकपा अध्यक्ष… Continue reading नेकपामा बुधबार छुट्टाछुट्टै भेला र दौडधुप, बिहीबार के नतिजा आउला ?
मुटुसम्बन्धी समस्या आएपछि प्रधानमन्त्री ओली गंगालाल अस्पतालमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुगेका छन् । इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको र परीक्षण भइरहेको अस्पताल स्रोतले बताएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्रीको अस्पताल जाने योजना पहिले नै तय भएको जानकारी दिएका छन् ।
नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण
काठमाडौं । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार १४ हजार ४६ संक्रमित मध्ये २ हजार ६१ जना बालबालिका रहेका छन् । जसमा सुदूरपश्चिम प्रदेशमा मात्र ९ वर्षमुनिका १७५ जना बालबालिकामा कोरोना संक्रमण देखिएको उनले जानकारी दिए । सुदूरपश्चिममा कोरोना संक्रमण देखिएका सबै बालबालिकाहरू आमाबुबासँग… Continue reading नेपालमा २ हजार ६१ जना बालबालिकामा कोरोना संक्रमण
उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण
काठमाडौं । काठमाडौंका काठमाडौंमा १० सहित उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५ जना भक्तपुरमा २ जनामा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु काठमाडाैंकाे ५ जना पुरुष र ५ महिला, ललितपुरकाे २ पुरुष र ३ महिला र भक्तपुरकाे १… Continue reading उपत्यकामा थप १७ जनामा कोरोना संक्रमण
नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ११७ महिला र ३६५ पुरुष रहेको प्रवक्ताले गौतमले जानकारी दिएका छन् । योसँगै… Continue reading नेपालमा ४८२ कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १४ हजार नाघ्यो
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार अछामको रामारोशन गाउँपालिका ५ का ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना पुष्टि भएको हो । ती पुरुषको असार १४ गते आइतबार बयालपाटा अस्पतालमा मृत्यु भएको थियो । उनी भारतबाट गौरीफन्टा नाका हुँदै जेठ २७ गते… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु, मृतकको संख्या ३० पुग्यो
बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित
काठमाडौं । नेपालमा बुधबार बिहानै ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश क्षयरोग केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र भरतपुर अस्पताल, चितवनमा गरिएको परीक्षणबाट नयाँ संक्रमित थप भएका हुन् । गण्डकी प्रदेशमा २८ नयाँ संक्रमित थपिए । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपरासी पूर्वका १२ जना, गोरखाका ३ जना,… Continue reading बुधबार बिहान थपिए कोरोनाका ४२ संक्रमित
योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ
काठमाडौं । नेकपा भित्रको अन्तरसंघर्षका कारण संकटमा परेको सरकारका एक मन्त्री योगेश भट्टराईले पुनः एक पटक आस्थामा भरोसा गर्दै आजको दिन राम्रो हुने कामना गरेका छन् । सामाजिक संजालमा स्टाटस राख्दै योगेशले भनेका छन्, ‘सबै दिन राम्रै हुन्छन्, राम्रै मानिन्छन्, बुधबारलाई अलि बढी राम्रो मान्ने नेपाली चलन छ । आज बुधबार आशा छ, परिस्थिति सहि… Continue reading योगेश भन्छन् : बुधबार राम्रो दिन हो, परिस्थिति सही दिशामा मोडिनेछ
मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रीहरुसँग छलफल शुरु गरेका छन् । पार्टी भित्र र बाहिरबाट सरकारको तिब्र आलोचना तथा राजिनामा माग भइरहेका बेला उनले मन्त्रीहरुसँग परामर्श गर्न लागेका हुन् । प्रधानमन्त्रीले परामर्शका लागि भन्दै मन्त्रीहरुलाई बालुवाटारस्थित प्रधानमन्त्री निवासमा डाकेका छन् । नेकपाको स्थायी कमिटी बैठकका बहुमत सदस्यहरुले राजीनामा मागेपछि प्रधानमन्त्री ओली संकटमा छन्… Continue reading मन्त्रीहरुसँग छलफल गर्दै प्रधानमन्त्री