काठमाडौं । बिनासकारी सलह किरा नेपाल छिरेको छ । सरकारी अनुमान फेल खुवाउँदै भारतबाट किराको झुण्ड नेपाल छिरेको हो । स्थानीय बासिन्दाका अनुसार बारा र सर्लाहीबाट सलहको झुण्ड नेपाल छिरेको हो । कृषि मन्त्रालयले समेत यसको पुष्टी गरेको छ । यसअघि मन्त्रालयले अब नेपालमा सलहको संक्ट टरेको बताएको थियो । तर, त्यसअनुमान विपरित सलहको झुण्ड… Continue reading सलह किरा नेपाल छिर्यो, समिक्षा गर्दै सरकार
Author: Vishwanews.com
३ करोड पुग्यो नेपालको जनसंख्या
काठमाडौं । नेपालको जनसंख्या ३ करोड पुगेको सरकारले जनाएको छ। तथ्यांक विभागको वेबसाइटले शुक्रबार नेपालको जनसंख्या ३ करोड ६३४ पुगेको ल्लेख गरेको छ । २०६८ सालमा भएको जनगणनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५ सय ४ रहेको थियो। तथ्याङ्क विभागका अनुसार जनसंख्या वृद्धिदरको प्रतिशत, मृत्युदर र बसाइसराईको प्रतिशतलाई आधार बनार यस्तो अनुमान… Continue reading ३ करोड पुग्यो नेपालको जनसंख्या
आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो
काठमाडौं । शुक्रबार पनि विदेशबाट नेपालीको उद्दारको काम जारी रह्यो । विभिन्न मुलुकबाट एक हजार ३ जना नेपाली आज घर फर्किएका छन् । उनीहरुलाई ल्याएर आएको जहाजले विदेशमा ज्यान गुमाउन बाध्य १६ नेपालीको शव समेत काठको बाकसमा राखी स्वदेश ल्याएका छन् । मलेसियाको क्वालालाम्पुरबाट आज धेरै यात्रु तथा शव ल्याइएको छ । आज मलेसियाबाट मात्र… Continue reading आज विदेशबाट १ हजार नेपाली घर आए, १६ शव नेपाल ल्याइयो
रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने
काठमाडौं । असार १५ कृषकका लागि महान दिन हो । यो दिन रोपेको मानो मंसिरमा मुरी बन्छ । यस दिनको अवसरमा सरकारले धान दिवस विशेष रुपमा मनाउने गरेको छ । तर, यस पटक भने विगतमा जस्तो रौनकका साथ धान दिवस मनाउन नपाइने भएको छ । असार १५ गते मनाइने राष्ट्रिय धान दिवस र रोपाइँ महोत्सवमा… Continue reading रोपाईं महोत्सवमा पनि सुरक्षा निर्देशिका, हिलो छ्याप्न नपाइने
आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन
काठमाडौं । संसदीय समितिले सरकारलाई आधिकारिक तथा मान्यता प्राप्त एप्स र सामाजिक संजाल मात्र प्रयोग गर्न निर्देशन दिएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समतिले नियमनकारी निकायले पुष्टि गरेको एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई निर्देशन दिएको हो । यसअघि केही दिन अगाडी जुम एप प्रयोग गरी कार्यक्रम गर्दा पर्यटन मन्त्री सहभागी कार्यक्रममा… Continue reading आधिकारिक एप्स र सामाजिक सञ्जाल मात्र प्रयोग गर्न सरकारलाई समितिको निर्देशन
नेपालमा थप ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट ४८ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानाकारी अनुसार देशको विभिन्न अस्पतालबाट ८ महिला र ४० जना पुरुष संक्रमण मुक्त भएका हुन् । देशभरबाट हालसम्म २ हजार ६९८ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २२४… Continue reading नेपालमा थप ४८ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २६९८
नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो
काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएका जानाकारी अनुसार बेवारिसे अवस्थामा भेटिएको अन्दाजी ३० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । असार ११ गते ती महिला अचेत अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान नजिकै भेटाएको र उपचारका लागि राप्ति स्वास्थ्य अस्पतालमा… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु, मृतकको संख्या २७ पुग्यो
नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ९३ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका ५९३ सहित नेपालमा संक्रमितको संख्या ११ हजार… Continue reading नेपालमा थप ५९३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ११७५५
काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते
काभ्रे । गतराती काभ्रेमा लुटेरा समुह र गाउँलेबीच झडप भएको छ । काभ्रेको रोशी गाउँपालिकामा हतियारधारी समूहसँगको झडपमा ५ जना गाउँले घाइते भएको प्रहरीले जनाएको छ । घटनास्थलमा पुगेको प्रहरीले समेत लुटेर समूहलाई लक्षित गरी गोली चलाएको थियो । बोधिचित्त लुटपाट गर्न गएका समूहसँगको झडप हुँदा ५ जना स्थानीयबासिन्दा सामान्य घाइते भएका काभ्रे प्रहरीले उल्लेख… Continue reading काभ्रेमा बोधिचित्त लुटेरा र गाउँलेबीच झडप, ५ घाइते
३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी
काठमाडौं । लिभरपुलले जारी सिजनको इंग्लिस प्रिमियर लिगको उपाधि जितेको छ । लिभरपुलले ३० वर्षपछि इंग्लिस प्रिमियर लिग उपाधि रक्षा गर्न सफल भएको हो । गतराती दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई चेल्सीले २ –१ गोल अन्तरले हराएपछि लिभरपुल लीग विजेता बन्न पुगेको हो । घरेलु मैदानमा चेल्सीलाई जीत दिलाउने क्रममा क्रिस्टियन पुलिसिच र विलियनले एक… Continue reading ३० वर्षपछि लिभरपुलले जित्यो इंलिस प्रिमियर लीगको उपाधी
आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै
काठमाडौं । आज विदेशमा अलपत्र रहेको करीव १२ सय नेपालीलाई घर ल्याइने भएको छ । नेपाली नागरिकको उद्दार गर्ने क्रममा शुक्रबार एक हजार दुई सय नेपालीलाई घर फर्काउन लागिएको हो । शुक्रबार बहराइन, युएई, कुवेत र मलेसियाबाट नेपाली घर आउँदैछन् । त्रिभुवन विमानस्थल कार्यालयका अनुसार शुक्रबार कुवेतबाहेक सबै मुलुकबाट शुक्रबार दुई दुई उडानको तालिका छ… Continue reading आज विदेशबाट १२ सय नेपालीको उद्दार हुँदै
नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज
काठमाडौं । नेपालमा कोरोना भाइरसलाई जित्ने बिरामीको संख्या २३ सय नाघेको छ । स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न अस्पतालबाट ११४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भए । यस अवधिमा १०६ पुरुष र ८ महिला संक्रमित निको भएका हुन्। अब नेपालमा कोरोनालाई जित्ने बिरामीको संख्या २ हजार ३३८ पुगेको छ। नेपालमा… Continue reading नेपालमा कोरोनालाई जित्नेको संख्या २३३८, २४ घण्टामा ११४ जना डिस्चार्ज
कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता
काठमाडौं । नेपाली सेनाले आफ्नो मातहतका सबै निकायलाई कोभिड १९ को रोकथाम तथा नियन्त्रणसँगै विपद् व्यवस्थापनमा समेत तयार रहन निर्देशन दिएको छ। सेनाले विपद् प्रतिकार्यको तयारी गर्न ‘अपरेसन अर्डर’ जारी गर्दै यस्तो निर्देशन दिएको हो । उपकरण सहितको न्यूनतम सामग्रीसहित खोज तथा उद्धार कार्यमा खटिन तयारी अवस्थामा रहन र ठूला उपकरण सम्भावित ठाउँहरूमा राख्न सैनिक… Continue reading कोभिडसँगै विपद् व्यवस्थापनमा नेपाली सेनाको तत्परता
दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी
काठमाडौं । दैलेखका मृत अवस्थामा भेटिएका एक युवकमा कोरोना संक्रमण पुष्टि भएको छ। भारतबाट १ महिनाअघि आएका २१ वर्षीय युवक झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । बुधबार बिहान उनको शव दुल्लु अस्पताल दैलेख ल्याएर पोस्टमार्टम तथा स्वाब संकलन गरिएको थियो । उनको स्वाव कोरोना परीक्षण गर्न सुर्खेत पठाइएको थियो। बिहीबार उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो… Continue reading दैलेखमा मृत भेटिएका युवकमा कोरोना पुष्टी
चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती
काठमाडौं । सरकारले चीनसँग नेपालको सीमा विवाद नरहेको स्पष्ट पारेको छ । यसअघि केही संचारमाध्यमले चीनसँग विभिन्न स्थानमा सीमा विवाद रहेको समाचार प्रकाशित गरेका थिए । यसलाई नियतवश प्रकाशित गरिएको भन्दै सामाजिक संजालमा आलोचना समेत भएको थियो । खासगरी भारतसँगको सीमा विवाद चर्किने समयमा हरेक पटक चीनलाई समेत जोडेर नेपालमा समाचार प्रकाशित हुने गरेको छ… Continue reading चीनसँग सीमा विवाद नरहेको सरकारको स्पष्टोक्ती
नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन
काठमाडौं । नेपालका कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउने मानिसको संख्या २६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ज्यान गुगाउने संक्रमितको संख्या २ थप भएको छ । स्याङ्जा सिरुवारीका ५५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा ज्यान गएको छ । उनी मधुमेहका बिरामी थिए । ८ असारमा… Continue reading नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २६ पुग्यो, २४ घण्टामा दुई जनाको निधन
नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४
काठमाडौं । नेपालमा कोरोनाबाट संक्रमित बिरामीको संख्या ११ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ४३४ जनामा नयाँ संक्रमित भएसँगै कुल संख्या ११ हजार नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा काठमाडौं उपत्यकामा मात्र ९ जना नयाँ कोरोना संक्रमित थपिए । काठमाडौंमा दुई महिला र दुई पुरुष, भक्तपुरमा एक महिला र तीन… Continue reading नेपालमा ११ हजार पुगे कोरोना संक्रमित, एकै दिन थपिए ४३४
मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने
काठमाडौं । मेलम्चीको पानी घरघरमा थापेर प्यास मेटाउने राजधानी बासीको अपेक्षा पुरा हुन अर्को थप एक वर्ष कुर्नु पर्ने भएको छ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिमा बुधबार मेलम्ची खानेपानी आयोजनाको प्रगतिबारे जानकारी गराउँदै खानेपानी मन्त्री बीना मगरले थप एक वर्ष काठमाडौैंमा पानी नआउने स्पष्ट पारिन् । बैठकमा खानेपानीमन्त्री बिना मगर, मन्त्रालयका सचिव माधव बेल्बासे,… Continue reading मेलम्चीको सपना, घरघरमा पानी आउन अझै पुरै एक वर्ष लाग्ने
नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित
पोखरा । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप एक जनाको ज्यान गएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमान्चल क्षेत्रीय अस्पतालको आईसीयूमा उपचार गराइरहेका एक जनाको कोरोना संक्रमणका कारण ज्यान गएको हो । स्याङ्जा सिरुवारी निवासी ५५ वर्षीय पुरुषको गतरात ११ः३५ मा निधन भएको अस्पतालले जनाएको छ । अब नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने व्यक्तिको… Continue reading नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु, गण्डकीमा थपिए ११ संक्रमित
बुधबार १ हजार नेपाली घर फर्किए
काठमाडौं । बुधबार विभिन्न मुलुकबाट १ हजार जना नेपाली घर फर्किएका छन् । ६ देशबाट ९ सय ९९ जना नेपाली स्वदेश फर्किएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ । कोरोना भाइरसको संक्रमणका बीच विदेशमा रोकिएका र अलपत्र परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । बुधबार साउदीको दमामबाट हिमालय एयरलाइन्सको चार्टर्ड उडानमार्फत १५४ जना नेपाली… Continue reading बुधबार १ हजार नेपाली घर फर्किए
परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
काठमाडौं । बुधबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली र अमेरिकी विदेश मन्त्री माइक पोम्पियोबीच टेलिफोन वार्ता भएको छ । कोरोना कहरका बीच यी मुलुकका विदेशमन्त्रीबीच भएको छलफललाई अर्थपूर्ण रुपमा हेरिएको छ । किनकी यतिबेला नेपालमा अमेरिकी सहायतामा संचालन हुने एमसीसी पास गर्ने वा नगर्ने विषयमा विवाद जारी रहेको छ । मन्त्री ज्ञवाली र पोम्पियोबीच बुधबार टेलिफोन… Continue reading परराष्ट्रमन्त्री ज्ञवाली र अमेरिकी विदेशमन्त्रीबीच टेलिफोन वार्ता
रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान
रुकुम । रुकुम पश्चिमस्थित चौरजहारी नगरपालिका, सोती गाउँमा भएको नरसंहारमा आरोपित २३ जना पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत रुकुमले जेठ १० मा ६ जनाको ज्यान जाने गरी भएको घटनाका अभियुक्तमध्ये २३ जनालाई कारागार चलान गर्ने आदेश दिएको हो । वडाअध्यक्ष डम्बरबहादुर मल्लसहित २३ अभियुक्तलाई जिल्ला अदालतबाट पुर्पक्षका लागि कारागार चलान गर्ने… Continue reading रुकुम घटनाका २३ अभियुक्त पुर्पक्षका लागि कारागार चलान
आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड
काठमाडौं । आज देशभरका स्थानीय तहले बजेट ल्याउने दिन अधिकांश स्थानीय तहको बजेट सार्वजनिक भएको छ । महानगरपालिका र उपमहानगरपालिका सबैले बजेट ल्याए । ७५३ स्थानीय सरकारमध्ये कुन सरकारको बजेट सार्वजनिक भयो भन्ने तथ्यांक भने आइसकेको छैन । काठमाडौंमा एक महिनाको घर भाडा छूट दिने घरबेटीलाई वार्षिक बहाल करमा छूट, तीनकुनेमा बुद्ध पार्क निर्माणजस्ता नीति… Continue reading आज आयो स्थानीय तहको बजेट, ६ महानगरमा ३९ अर्ब १४ करोड
पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरसको महामारी कारण आफ्नो जन्मोत्सव नमनाउने घोषणा गरेका छ । यसअघि हरेक जन्मदिनमा उनलाई शुभकामना दिन समर्थकको ठूलो भिड लाग्ने गर्छ । सोहीकारण शाहले बुधबार एक विज्ञप्ती निकाल्दै जन्मोत्सव नमनाउने घोषणा गरेका हुन् । उनले कोरोना भाइरसका कारण जनताले भोग्नुपरेको समस्या समाधान गम्भीर हुन सरकारको भने ध्यानाकर्षण गराएका छन्… Continue reading पूर्वराजा भन्छन् : युवा सधै सडकमा आउनुपर्ने अवस्था किन सिर्जना गरिन्छ ?
२४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १४ जना कोरोना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट ८ महिला र १०६ जना पुरुष संक्रमण मुक्त भएर घर फर्किएका हुन् । जलेश्वर अस्पताल महोत्तरीबाट १ महिला र १८ पुरुष, कोभिड अस्पताल सपही जनकपुरबाट २० पुरुष,… Continue reading २४ घण्टामा ११४ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २३३८
नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६ सय २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ६२९ सहित नेपालमा संक्रमितको संख्या १० हजार ७ सय २८… Continue reading नेपालमा थप ६२९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १०७२८
पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी
इस्लामावाद । पाकिस्तान राष्ट्रिय क्रिकेट टोलीका १० जना खेलाडीमा कोरोना संक्रमण पुष्टी भएको छ । पाकिस्तानी क्रिकेट बोर्डले मंगलबार सात खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको उल्लेख गरेको छ । तीन खेलाडीमा यसअघि नै कोरोना पुष्टी भएको थियो । मंगलबार फखर जमा, इमरान खान, काशिफ भट्टी, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद रिजवान र वहाब रियाजमा कोरोना… Continue reading पाकिस्तान क्रिकेट बोर्डका १० खेलाडीमा कोरोना पुष्टी
आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?
काठमाडौं । आज सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको छ । यसअघि मंगलबार राती अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच अनौपचारिक छलफल भएको थियो । उक्त बैठकमा एमसीसी सम्झौता, सरकारका कामको समीक्षा, पार्टी कामको समीक्षा एवं संगठनात्मक एकीकरणलाई पूर्णता… Continue reading आज नेकपा स्थायी कमिटि बैठक, एमसीसीबारे निर्णय होला ?
मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता
काठमाडौं । मंगलबार विदेशमा अलपत्र परेका नेपालीमध्ये ७ सय ८३ जनाले नेपालको भूमि टेक्न पाए । जसमा दुई यात्रु पूर्वराजकुमारी हिमानी शाह र उनका पुत्र हृदयेन्द्र शाह थिए । विभिन्न पाँच देशबाट चार्टर्ड उडानमार्फत ७८३ जना नेपाली स्वदेश फर्किएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्ध देवेन्द्र केसीका अनुसार थाइल्यान्डबाट आएको नेपाल एयरलाइन्सको जहाजबाट हिमानी शाह… Continue reading मंगलबार विभिन्न देशबाट फर्किए ७८३ नेपाली, हिमानी शाह समेत थाइल्याण्डबाट स्वदेश फिर्ता
टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना
काठमाडौं । विश्व नम्बर एक साविर्याका टेनिस स्टार नोभाक जोकोभिच र उनकी पत्नी जेलेनामा कोरोना संक्रमण भएको छ । यो अहिलेसम्मकै स्टार खेलाडीमाथि कोरोनाको आक्रमण हो । जोकोभिचको अगुवाईमा सम्पन्न एड्रिया टूर टेनिस प्रतियोगितामा भाग लिएका अन्य दुई खेलाडीमा कोरोना देखिएपछि जोकोभिचले परिक्षण गरेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । उक्त परीक्षणबाट दम्पत्तिमा कोरोना पुष्टी भएको… Continue reading टेनिस स्टार नोभाक जोकोभिच दम्पत्तिलाई देखियो कोरोना