नयाँ दिल्ली । भारतका चर्चित योग गुरु रामदेवले कोरोना भाइरससँग लड्ने आयुर्वेदिक औषधि पत्ता लगाएको दावि गरेका छन् । उनले मंगलबार औषधी सार्वजनिक गर्दै यसको प्रयोग भइसकेको र मानिसहरु निको भएको समेत दावि गरेका थिए । यता, भारत सरकारले भने बाबाको उक्त दाविसँगै पतञ्जली ग्रुपलाई औषधीको प्रयोग र प्रचार प्रसार रोक्न निर्देशन दिएको छ ।… Continue reading कोरोनाको औषधी बनाएको बाबा रामदेवको दावी, प्रयोग र प्रचार-प्रसारमा सरकारको रोक
Author: Vishwanews.com
काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन
काठमाडौं । अब काठमाडौं उपत्यकाबाट छिर्ने सबै मानिस १४ दिन होम क्वारेन्टिनमा बस्नु पर्ने भएको छ । बाहिरी जिल्लाबाट काठमाडौं उपत्यका भित्रनेलाई १४ दिन क्वारेन्टाइनमा राख्न गृहमन्त्रालयले सरोकारवालालाई परिपत्र गरेको हो । अहिले घरधनीले पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण नगरी घरमा छिर्न नदिएको भन्दै परीक्षण गराउन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सर्वसाधारणको भीड बढेको… Continue reading काठमाडौं छिरेपछि १४ दिन होम क्वारेन्टिन
नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकैदिन थप ५ सय ३८ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १० हजार ९९ पुगेको छ । अहिलेसम्म देशका ७७ जिल्लामध्ये ७६ जिल्लामा कोरोना संक्रमण फैलिएको… Continue reading नेपालमा थप ५३८ जनामा कोरोना संक्रमण,संक्रमितको संख्या १० हजार ९९ पुग्यो
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो
काठमाडौं । नेपालमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। कर्णालीको सामाजिक विकास मन्त्रालयद्धारा जारी विज्ञप्ति अनुसार दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षे पुरुषको सोमबार राति ९ बजे मृत्यु भएको हो। विगत २ महिनादेखि क्षयरोगको औषधि सेवन गर्दै आएका ती पुरुष असार ३ गते प्रदेश अस्पताल सुर्खेतको आकस्मिक कक्षमा उपचारका लागि भर्ना भएका थिए… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु,मृतकको संख्या २४ पुग्यो
पाल्पा पहिरोमा ज्यान गुमाउनेको सनाखत
बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार पहिरोले बगाएर ज्यान गएका तीन जनाकै परिचय खुलेको छ । चितवनका वीरबहादुर गुरुङ, काभ्रेको होक्से–४ का निमेष श्रेष्ठ र पाल्पाका भुवन खाम्चाको पहिरोमा परी ज्यान गएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले पुष्टी गरेको छ । तानसेन–रिडी सडकखण्डअन्तर्गत सम्मोबारी भन्ने स्थानमा सोमबार अपरान्ह चार सवारी साधन… Continue reading पाल्पा पहिरोमा ज्यान गुमाउनेको सनाखत
पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र
सिन्धुपाल्चोक । तातोपानी नाका नजिकै पहिरोले बाटो अवरुद्ध गरेपछि चीनबाट स्वास्थ्य सामग्री लिएर फर्कने तयारीमा रहेका कन्टेर उतै रोकिएका छन् । सडक ठूलो पहिरो खसेर अवरुद्ध भएपछि चीन गएका ट्रक नाकामै अलपत्र परेका हुन् । ढुङ्गासहितको पहिरोले बाटो अवरुद्ध पारेपछि तातोपानी नाकामा सामान लिन चीन हिँडेका कन्टेनर बाटोमै अलपत्र परेको रेर थन्किएका इलाका प्रहरी कार्यालय… Continue reading पहिरोले तातोपानी नाका जाने बाटो थुनियो, स्वास्थ्य सामग्री बोकेका कन्टेनर अलपत्र
आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै
काठमाडौं । विदेशमा रहेका नेपालीको उद्दार गर्ने सिलसिलामा आज अष्ट्रेलियाबाट पहिलो चरणमा नेपालीहरु घर फर्कने भएका छन् । त्यसका लागि नेपाल एयरलाइन्सको जहाज अष्ट्रेलियाको सिड्नी पुगिसकेको छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाज अन्नपूर्णले २५९ जना नेपालीलाई बोकर काठमाडौं आउनेछ । उनीहरु अधिकांश छोराछोरी भेट्न पुगी उतै अलपत्र परेका नागरिक रहेको बताइएको छ । यस उडानमा… Continue reading आज अष्ट्रेलियाबाट २५९ नेपालीको उद्दार गरिदै
नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी
काठमाडौं । नेपालमा लकडाउन खुकुलो भएपनि कोरोना महामारीको जोखिम भने कम नभएको विश्व स्वास्थ्य संगठनले बताएको छ । संगठनको नेपालस्थित कार्यालयले कोभिड १९ को महामारी कायमै रहेको भन्दै सतर्क सहत आम नागरिक र सरकारलाई सचेत समेत गराएको छ । संगठनका नेपाल प्रमुख जोस भ्यान्डेलरले नेपाल सरकारले लकडाउन खुकुलो पारे पनि कोरोना महामारी नटरेको उल्लेख गरे… Continue reading नेपालमा लकडाउन खुकुलो भएपनि महामारी नटरेको डब्लूएचओको चेतावनी
पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…
काठमाडौं । सोमबार सामाजिक संजाल एक रमाइलो समाचारका कारण तात्यो । त्यो थियो पर्यटन मन्त्री योगेश भट्टराईलाई कसैले अश्लिल भिडियो देखायो । सन्दर्भ हो, नेपाल पर्यटन बोर्डले आयोजना गरेको टूरिजम पोर्टोकल सार्वजनिक गर्न आयोजना भएको अनलाइन सम्मेलन । जुम सफ्टवेयर प्रयोग गरी करीव २ सय जना सहभागी भएको बैठकमा जब संस्कृति, पर्यटन तथा नागरिक उड्डयन… Continue reading पर्यटनमन्त्री सहभागी वेवनारमा अश्लिल भिडियो बजेपछि…
पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला
बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारी भन्ने स्थानमा सोमबार भिषण पहिरो गएको छ । पहिरोले दुई वटा गाडी बगाएको थियो भने दुई गाडीमा क्षति पुर्याएको छ । दूर्घटनामा अहिलेसम्म ३ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाएको छ । दूर्घटनामा तीन… Continue reading पाल्पामा भिषण पहिरो, ४ गाडी पुरिए, तीन जनाको शव फेला
नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट संक्रमितहरु निको भएर घर फर्किएका हुन् । सोमबार थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१ पुगेको छ । यो सहित कोरोना संक्रमण… Continue reading नेपालमा एकैदिन ३७० जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या २१४२
नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५३५ सहित नेपालमा संक्रमितको संख्या ९ हजार ५ सय ६१… Continue reading नेपालमा थप ५३५ जनामा कोरोना संक्रमण, ९५६१ पुगे संक्रमित
नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम
काठमाडौं । नेपालमा मनसुन शुरु भएसँगै भारी वर्षा जारी छ । सोमबार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा ठूला वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । अन्य स्थानमा सामान्यदेखि मध्यम वर्षाको सम्भावना छ । ठूलो वर्षाका कारण पहाडी भेगमा पहिरो तथा खोलामा पानीको वहाव बढ्ने छ… Continue reading नेपालमा निरन्तर भारी वर्षा, बाढी र पहिरोको जोखिम
नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
काठमाडौं । नेपालमा रसुवाबाहेक सबै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । केही दिन अगाडीसम्म अधिकांश हिमाली जिल्ला सुरक्षित रहेकोमा अब भने हिमाली भेगका समेत रसुवाबाहेक सबै जिल्लामा कोरोना भेटिएको हो । पछिल्लो समय ओखलढुंगामा कोरोना भाइरसको संक्रमण पुष्टी भएसँगै अब रसुवा मात्र सुरक्षित देखिएको छ । नेपालमा एक सातामा ३ हजार २ सय ६६… Continue reading नेपालमा रसुवाबाहेक सबै जिल्लामा फैलियो कोरोना
सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी
काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीको इनडक्सन चुल्हो अब होमडेरीका रुपमा घरमै प्राप्त गर्न सकिने भएको छ । कम्पनीले शनिबारदेखि काठमाडौं उपत्यकामा होम डेलीभरी सेवा थालेको हो । बाल्ट्रा कम्पनीको इन्फ्रारेड इन्डक्सन चुल्हो, जडिबुटी कम्पनीको स्यानिटाइजर, साल्ट ट्रेडिङको आयो नुन, गहुँको पिठो र दुग्ध विकास संस्थानको शुद्ध घिउ पनि होम डेरीभरी गरिने कम्पनीले जानकारी… Continue reading सरकारी इन्डक्सन चुलो अब होम डेरीभरी
आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
काठमाडौं । आइतबार विभिन्न मुलुकबाट नेपालमा एकै दिन ११५० जना नेपाली घर फर्किएका छन् । कारोना भाइरसको महामारीका कारण संकटमा परेका नेपालीको उद्दारको काम अहिले भइरहेको छ । यसै क्रममा आइतबार मात्र एक शिशुसहित ११५० जना नेपाली घर फर्किएका हुन् । कोभिड १९ संकट व्यवस्थापन सेन्टरको तथ्यांक अनसार आइतबार यूएईबाट ३३८ जना नेपाल आएका छन्… Continue reading आइतबार एकै दिन विदेशबाट फर्किए ११५० नेपाली
स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
काठमाडौं । सरकारले लकडाउन अवधिभर कुनै पनि प्रकारको शूल्क नलिन विद्यालय सञ्चालकलाई निर्देशन दिएको छ । तर, त्यसविपरित विद्यालय संचालकहरुले भने लकडाउन अवधिको समेत शुल्क बुझाउन अभिभावकलाई दवाव दिएका छन् । आइतबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) ले शुल्क बुझाउन अभिभावकलाई आग्रह गरेका हुन्… Continue reading स्कूल बन्द भएपनि विद्यालयले मागे शूल्क, सरकार मुकदर्शक
सुनको मूल्य तोलाको ९० हजार नाघ्यो
काठमाडौं । नेपालमा सुनको मूल्यले कीर्तिमान कायम गरेको छ । अब सुन प्रतितोला मूल्य ९० हजारभन्दा माथि पुगेको छ । लकडाउनको अवधिमै तोलामा १० हजारभन्दा माथिको वृद्धि भइसकेको छ । शनिबारको तुलनामा भने आइतबार तोलामा ७ सय रुपैयाँ बढ्यो । छापावाल सुनको मूल्य ९० हजार ६ सय र तेजाबी सुनको प्रतितोला भाउ ९० हजार तीन… Continue reading सुनको मूल्य तोलाको ९० हजार नाघ्यो
नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति
काठमाडौं । नेपाली नागरिकसँग बिहे गरेर आउने विदेशी नागरिकलाई नेपालमा सात वर्ष लगातार बसेपछि मात्र अंगीकृत नागरिकता दिनेसम्बन्धी व्यवस्था संसदको राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेको छ । यो व्यवस्था संसदीय समितिमा बहुमतले पारित भएको हो । आइतवार बसेको समितिको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी जनता पार्टीले भने फरक मत राखे ।… Continue reading नागरिकता विधेयक संसदीय समितिबाट पारित, विपक्षी दलको असहमति
नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप थप ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका सहित ४२१ सहित नेपालमा संक्रमितको संख्या ८ हजार ६… Continue reading नेपालमा थप ४२१ जनामा कोरोना संक्रमण, ९०२६ पुगे संक्रमित
नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार गुल्मीमा होम-क्वारेन्टिनमा बसेकाबेला मृत्युु भएका ६९ वर्षीय पुरूषमा कोरोना पोजेटिभ देखिएको हो । करिब दुई हप्ताअघि भारतको मुम्बईबाट आई होम क्वारेन्टिनमा बसेका छत्रकोट गाउँपालिकाका ती पुरूषको बिहीबार राति मृत्यु भएको थियो। मुम्बईबाट आएका उनलाई… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु
साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी
काठमाडौं । साउदीको रियादबाट आइतबार बिहानै २४७ जना नेपाली काठमाडौं अवतरण गरेका छन् । नेपाल एअरलाइन्सको वाइडबडी जहाजबाट उनीहरु काठमाडौं आएका हुन् । यस उडानमा एक नाबालकसहित २४७ जना नेपाली थिए । साउदीस्थित नेपाली दूतावासका अनुसार यस उडानमार्फत ६ महिनादेखि नेपाली राजदूतावासको सेल्टरमा रहेका ४ महिलासहित १२ जना महिला र बाँकी पुरुष घर फर्किएका हुन्… Continue reading साउदीबाट बिहानै फर्किए २४६ नेपाली, अन्य मुलुकबाट पनि आधा दर्जन उडानको तयारी
आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै
काठमाडौँ । आज संसारभर अन्तराष्ट्रिय योग दिवस मनाइन्छ । जुन महिनाको २१ औँ तारिखका दिन संयुक्त राष्ट्रसंघले योग दिवस घोषणा गरेको हो । संयुक्त राष्ट्रसङ्घले सन् २०१५ देखि जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सन् २०१४ मा संयुक्त राष्ट्रसङ्घको महासभामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रस्ताव गरेका थिए । प्रस्तावलाई… Continue reading आज अन्तराष्ट्रिय योग दिवस, संसारभर मनाइदै
आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने
काठमाडौं । नेपालमा आज खण्डग्रास सूर्यग्रहण लाग्दैछ । नेपालमा बिहान १० बजेर ५५ मिनेटबाट सूर्यग्रहण सुरु हुने भएको छ । यो ग्रहण अपराह्न दुई बजेर २४ मिनेटमा समाप्त हुनेछ । मध्याह्न १२ बजेर ४१ मिनेट जाँदा काठमाडौंबाट सूर्य करिब ८८ प्रतिशत ढाकिने भएको छ । यस बेला भूसतहको तापक्रम घटेर चिसो हुने भएको छ ।… Continue reading आज खण्डग्रास सूर्यग्रहण, नेपालबाट ९८ प्रतिशतसम्म देखिने
कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना
काठमाडौं । कुवेतबाट नेपाल फर्किएका ७ जना महिलामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनका दौरान उपत्यकामा ८ जना महिलामा संक्रमण पुष्टी भएको बताएको छ । उनीहरुमध्ये ७ जना कुवेतबाट फर्केर खरिपाटी क्वारेन्निमा बसेका महिला भएको पुष्टी भएको छ । अन्य एक जना महिला भने काठमाडौंको रहेको बताइएको छ ।… Continue reading कुवेतबाट उद्दार गरिएका ७ महिलामा देखियो कोरोना
भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज
काठमाडौं । भारत र चीनबीच चर्किएको सीमा विवादका बीच यी दुई मुलुकको बीचमा रहेको मुलुक नेपालले औपचारिक धारणा सार्वजनिक गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्ति सार्वजनिक गर्दै समस्या समाधानमा शान्तिपूर्ण उपायको खोजी गर्न दुबै मुलुकलाई आग्रह गरिएको छ । दुई देशबीचको विवाद शान्तिपूर्ण तरिकाबाट समाधान हुनुपर्ने नेपालको अडान यहाँ दोहोर्याइएको छ । नेपाल… Continue reading भारत र चीनलाई नेपालको सुझाव : शान्तिपूर्ण निकास खोज
तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौं । कोरोना भाइरसको संक्रमण अब तराई भन्दा बढी पहाड र हिमाली भेगमा फैलन थालेको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांक अनुसार २४ घण्टामा नेपालमा ३ सय ३१ जना नयाँ कोरोना संक्रमित भेटिए । उनीहरु धेरैजसो पहाडी भेगका मानिस हुन् । भारतबाट आएका मानिसहरु आआफ्नो घरमा गएसँगै पहाड र हिमालमा समेत कोरोना भाइरसको संक्रमण तिब्र… Continue reading तराईबाट पहाड र हिमालतर्फ सर्दैछ कोरोना, शनिबार कुन जिल्लामा कति संक्रमित थपिए ?
थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १७६ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । मन्त्रालयको अध्यावधिक विवरणअनुसार सिराहा अस्पतालबाट २६ जना र आइसोलेशन सेन्टर बाँकेबाट ५४ जना जनाले कोरोना जितेको छन् । कोशी अस्तपाल विराटनगरबाट ११ जना, सल्यानका ११… Continue reading थप १७६ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या १५७८
उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण
काठमाडौं । उपत्यकामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार भक्तपुरका सात जना महिलामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल अस्पतालमा गरिएको परीक्षणमा भक्तपुरका सात जना महिलामा कोरोना देखिएको हो। त्यसैगरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा काठमाडौंका एक महिलामा पनि कोरोना संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले… Continue reading उपत्यकामा थप ८ महिलामा कोरोना संक्रमण
नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज… Continue reading नेपालमा थप ३३१ जनामा कोरोना संक्रमण पुष्टि,संक्रमितको संख्या ८६०५