मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

काठमाडौं । मंगलबार दिनभरमा १५ सय ३० जना नेपाली घर फर्किएका छन् । नेपाल एयरलाइन्सले चार वटा मुलुकबाट नेपालीलाई घर ल्याएको छ । सबैभन्दा धेरै कतारबाट ४९८ जना नेपाली स्वदेश फर्किए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार आजमात्र विभिन्न देशबाट आठवटा उडान भएको हो । नेपाल एयरलाइन्सले कतारको दोहाबाट २६२ जना नेपाली घर ल्याएको हो… Continue reading मंगलबार विदेशबाट फर्किए १५३० नेपाली

गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

गुल्मी । गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित बिरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । विभिन्न स्थानीय तहमा निर्माण गरिएको आइसोलेसनमा १४ दिन बसेपछि उनीहरुलाई म‌ंगलबार डिस्चार्ज गरिएको हो । मंगलबार ४५ जना सँगै अब गुल्मीमा आइसोलेसनबाट घर जाने कोरोना संक्रमितको संख्या ८७ पुगेको छ । जिल्लामा ७८ जना पुरुष र ९ जना महिला महिलाले… Continue reading गुल्मीमा एकै दिन ४५ जना कोरोना संक्रमित डिस्चार्ज

बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

काठमाडौं । संसदीय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आवतजावत सहज बनाउन सरकारलाई निर्देशिन दिएको छ । राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउने वातावरण सहज बनाउन सरकारलाई निर्देशन दिएको हो । उपत्यका आउने जाने नागरिकको सन्दर्भमा बिरामी, कर्मचारी र व्यावसायीलाई सरलीकृत गर्ने भनी मंगलबार समितिले सरकारलाई निर्देशन दिएको… Continue reading बिरामी, कर्मचारी र व्यवसायीलाई काठमाडौं आउन देउ : संसदीय समिति

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । कडा लकडाउनका अवधिमा निकै सस्तो भएको पेट्रोलियम पदार्थ अब भने महंगिएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको हो । निगमले मंगलबार रातीबाट लागु हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा मूल्य बढाएको छ । पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढेको छ । अब… Continue reading पेट्रोलियम पदार्थको मूल्य बढ्यो

प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता बचाउन भारतीय कार्ड फ्याँक्दा आफै समस्यामा परेका छन् । नेपाल कम्यूनिष्ट पार्टीको राजधानीमा जारी स्थायी कमिटिमा बोल्ने अधिकांश शीर्ष नेताले केपी शर्मा ओलीले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुबै पदबाट राजिनामा दिनुपर्ने धारणा राखे । यसले नेकपा भित्र प्रधानमन्त्री अझ कमजोर बनेका छन् । प्रधानमन्त्रीले यसअघि भारतले आफूलाई प्रधानमन्त्रीबाट… Continue reading प्रधानमन्त्रीको अभिव्यक्तिको पार्टीभित्र तिब्र आलोचना, अध्यक्ष र प्रधानमन्त्रीबाट राजिनामा मागियो

नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

काठमाडौं । नेपालका २४ जिल्लामा सलह पुगेको छ । मंगलबार दिउसोसम्मको तथ्याक अनुसार २४ जिल्लामा सलह पुगेको रिर्पोटिंग भएको छ । प्लान्ट क्वरेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार मंगलबार काठमाडौं उपत्यकामा समेत सलह देखिएको छ । मंगलबार उपत्यकामा सानो झुन्ड देखिएको थियो । सलहले मकै, धान, केरा खेतीमा क्षति पुर्‍याइरहेको छ । अहिलेसम्म कुल क्षतिको… Continue reading नेपालका २४ जिल्लामा सलहको आक्रमण, मंगलबार उपत्यकामा छिर्यो

इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

गुगल फाईल फोटो

काठमाडौं । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पक्राउ पुर्जी जारी गरेको खबर सार्वजनिक भएको छ । इराकको राजधानी बग्दादमा ६ महिना अगाडी ड्रोन आक्रमणमा परी आफ्ना सैन्य कमान्डर मारिएको घटनामा संलग्न रहेको आरोपमा राष्ट्रपति ट्रम्पसहित तीन दर्जनविरुद्ध इरानले पक्राउ पूर्जी जारी रहेको हो । उनको हत्या ट्रम्पको योजनामा भएको आरोप इरानको छ । त्यसो त… Continue reading इरानद्धारा अमेरिकी राष्ट्रपतिविरुद्ध पक्राउ पूर्जी जारी

सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म

काठमाडौं । सरकारले लकडाउनको अवधि थप गरेको छ । लकडाउन केही खुकुलो भने भएको छ । अहिलेको लकडाउनको अवधि २१ असारसम्मको थियो । यो लकडाउनलाई सरकारले ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको हो । स्रोतका अनुसार अहिलेकै अवस्थाको लकडाउन साउन ७ सम्म जारी रहनेछ । यसअवधिमा हवाई… Continue reading सरकारले लकडाउन लम्ब्यायो, अहिलेकै अवस्थाको लकडाउन ७ साउनसम्म

सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…

हेटौडा । दुई साता अगाडी मकवानपुरस्थित आफ्नै घरको भान्सा कोठामा मृत भेटिएकी सुस्मिता थापाको घरकै परिवारबाट क्रुर हत्या भएको खुलेको छ । परिवारका सदस्यको मिलेमतोमा हत्या भएको प्रहरीले सोमबार जानकारी गराएको छ । प्रहरीले दुई साता लामो अनुसन्धानपछि मकवानपुरबाट सुस्मिताका सासू, ससुरा र दुई नन्दलाई घटनामा संलग्न रहेको आरोपमा सार्वजनिक गरेको छ । २२ वर्षिय… Continue reading सुस्मिताका लागि जब आफ्नै भान्साकोठा र आफन्त काल बनेर आए…

एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

काठमाडौं । संयुक्त राज्य अमेरिकाले एमसीसी अनुदान स्वीकार गर्न नेपाललाई अप्रत्यक्ष दवाव दिएको छ । संसदमा विचाराधिन यो अनुदान स्वीकार गर्दा नेपालमा थप रोजगारी सिर्जना हुने तथा आर्थिक वृद्धि हुने भन्दै अमेरिकाले मनोवैज्ञानिक दवाव सिर्जना हुने गरी विज्ञप्ती निकालेको छ । नेपालस्थित अमेरिकी दूतावासले निकालेको विज्ञप्तीमा यद्दपी अनुदान स्वीकार गर्ने वा नगर्ने भन्ने विषय भने… Continue reading एमसीसी पास गर्न अमेरिकाको दवाव, अनुमोदनमा ढिलाई भए आर्थिक वृद्धिमा फाइदा नपुग्ने भनाई

नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार ललितपुरको स्टार अस्पतालमा रौतहटका २९ वर्षीय पुरुषको शनिबार राति उपचारको क्रममा मृत्यु भएको हो । कोभिड–१९ परीक्षणका क्रममा उनको पीसीआर रिपोर्ट पोजेटिभ आएको गौतमले बताए । उनमा श्वासप्रश्वास सम्बन्धी समस्या थियो। उनको मृत्यु भएपनि शनिबार… Continue reading नेपालमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

थप १२१ जनाले जिते कोरोना, संक्रमणमुक्त हुनेको संख्या ३१३४

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १२१ जना कोरोना संक्रमणमुक्त भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न स्थानका अस्पतालबाट उनिहरु संक्रमणमुक्त भएका हुन् । पछिल्लो पटक १३ महिला र १०८ जना गरी १२१ जना निको भएका हुन्। योसहित नेपालमा हालसम्म ३ हजार १३४ जना उपचारपछि निको भएका छन्।

काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको छ । पछिल्लो २४ घण्टामा थप… Continue reading काठमाडौंका ६ सहित नेपालमा थप ४ सय ७६ जनामा कोरोना संक्रमण

सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो

सर्लाही । सर्लाहीमा नेकपा र कांग्रेसका कार्यक्रताबीच हिंस्रक झडप भएको छ । सर्लाहीको धनकौल गाउँपालिकामा गत राती यस्तो झडप भएको हो । प्रहरीका अनुसार घटनामा गोली समेत चलेको थियो । घटनामा १८ जना घाइते छन्। घाइतेमध्ये केहीलाई गोली लागेको प्रहरीले जनाएको छ । सर्लाहीको रामनगर गाउँपालिकामा एक साताअघि नेकपाका एक कार्यकर्ताको हत्या भएको थियो ।… Continue reading सर्लाहीमा नेकपा र कांग्रेस कार्यक्रताबीच हिंस्रक झडप, १८ घाइते, गोलीसमेत चल्यो

विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

काठमाडौं । सोमबार बिहानै २ सय ९० जना नेपाली काठमाडौं आइपुगेका छन् । आज कतारको दोहा र मलेसियाको क्लालाम्पुरबाट २९० जना नेपाली घर फर्किएका हुन् । नेपाल एयरलाइन्सले कतारको दोहाबाट १५१ जना र मलेसियाको क्लालाम्पुरबाट १३९ जनालाई नेपाल ल्याएको हो । दोहाबाट एउटा शव पनि नेपाल ल्याइएको त्रिभुवन विमानस्थल कार्यालयले जनाएको छ । आज कुवेतमा… Continue reading विदेशबाट सोमबार बिहानै काठमाडौं आइपुगे २९० नेपाली, उद्दार जारी

आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

काठमाडौं । आज नेपाली कृषकका लागि महान दिन हो । सरकारले धान दिवसका रुपमा घोषणा गरेको यो दिन रोपेको मानो मंसिरमा मुरी भएर उब्जनी हुन्छ । सोहीकारण आज कृषकको सम्मानमा विभिन्न कार्यक्रम आयोजना गरिन्छ । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवसका दिन आज सरकारले रौटहटमा विशेष कार्यक्रम हुनेछ । उक्त कार्यक्रममा भाग लिन… Continue reading आज धान दिवस, दही च्यूरा खाँदै रोपाई गर्ने दिन

देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

काठमाडौं । नेपालको तराई र पहाडका अधिकांश जिल्लामा सलह पुगेको रिपोर्ट आइतबार विभिन्न जिल्लाबाट आएको छ । सोही सन्दर्भमा आइतबार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले विज्ञ समुहसँग छलफल गरेको छ । विज्ञहरुले सलह नेपालमै फैलन सक्ने सम्भावना नरहेपनि जोखिम भने कायम नै रहेको बताएका छन् । यसअघि मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख… Continue reading देशका अधिकांश स्थानमा फैलियो सलह, अब के हुन्छ ?

प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले आफुलाई प्रधानमन्त्रीबाट हटाउन खोजेको बताएका छन् । खासगरी लिम्पियाधुरा, महाकाली र लिपुलेकलाई समेटेर नेपालको नयाँ नक्सा जारी गरेपछि आफूलाई प्रधानमन्त्री पदबाट हटाउने खोजिएको उनको दावि छ । भारतले शुरु गरेको यो चलखेलमा नेपालका नेताले साथ दिएको गम्भीर आरोपसमेत उनले लगाएका छन् । उनको यो संकेत आफ्नै पार्टीका नेतातर्फ… Continue reading प्रधानमन्त्रीले भने : मलाई भारतले हटाउन खोज्यो

सोमबारबाट खुल्ने भयो शेयर बजार

काठमाडौं । लकडाउनका कारण करीव २ महिना ठप्प भएको शेयर बजार सोमबारबाट पुनः संचालनमा आउने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबारदेखि सेयर बजार खुलाउने निर्णय गरेको हो । बोर्ड सञ्चालक समितिको बैठक आइतबार बसेको थियो । बोर्डले सुरक्षा सतर्कता अपनाएर सोमबारबाट धितोपत्रको दोस्रो बजारमा कारोबार सञ्चालनको निर्णय लिएको हो । कोरोना महामारीका कारण गत… Continue reading सोमबारबाट खुल्ने भयो शेयर बजार

‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो थाह नभएको बताएका छन् । ओलीले मदन भण्डारी फाउण्डेसनद्धारा आइतबार आयोजित कार्यक्रममा आफ्लाई नेपालमा १६ करोडको गाडी छ छैन त्यो पनि थाहाँ नभएको बताए । राष्ट्रपतिलाई १६ करोडको गाडी किन्न लागेको भन्दै सामाजिक सञ्जालभरि विरोध भैरहेको बेला उनले उक्त कुराको… Continue reading ‘१६ करोडको गाडी नेपालमा आएको छ कि छैन, त्यो मलाई थाह छैन’

नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो

फाइलफोटो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ७९ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न अस्पतालबाट १३ महिला र १६६ पुरुष गरी १७९ जना संक्रमित निको भएर घर फर्किएका हुन् । यो सहित डिस्चार्ज हुनेको संख्या ३ हजार १३… Continue reading नेपालमा थप १७९ जनाले जिते कोरोना, संक्रमण मुक्त हुनेको संख्या ३ हजार नाघ्यो

नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ४ सय ६३ जनामा कोरोना कोरोना संक्रमण पुष्टि भएको हो । आइतबारसम्म कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । पछिल्लो… Continue reading नेपालमा थप ४६३ जनामा कोरोना संक्रमण, संक्रमित संख्या १२७७२ पुग्यो

कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

सुर्खेत । कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले कोरोना भाइरसलाई जित्न सफल भएका छन् । उनीहरुलाई विभिन्न अस्पतालबाट शनिबार डिस्चार्ज गरिएको छ । यो सूचिमा दैलेखबाट मात्र २०५ जना सङ्क्रमित निको भएको कर्णाली प्रदेश सरकार, सामाजिक विकास मन्त्रलाय स्वास्थ्य सेवा महाशाखाले जानकारी दिएको छ । निको हुनेमा २०१ पुरुष र १३ महिला छन् । दैलेखको… Continue reading कर्णाली प्रदेशमा एकै दिन २१४ जनाले जिते कोरोना

स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

प्रतिकात्मक तस्वीर

पोखरा । । स्याङ्जामा गत रात गएको पहिरोमा पुरिदाँ एक जनाको ज्यान गएको छ । जिल्लाको गल्याङ नगरपालिका–९ साङ्लियामा पहिरोमा पुरिएर एक पुरुषको मृत्यु भएको प्रहरीले पुष्टी गरेको छ । घरमाथिबाट पहिरो खसेपछि अन्दाजी ५० वर्षीय यमबहादुर विकको ज्यान गएको हो । घटनामा परी गम्भीर घाइते भएका यमबहादुरलाई उपचारका लागि गल्याङ लैजाँदै गर्दा बाटोमा मृत्यु… Continue reading स्याङ्जामा पहिरो, एक जनाको मृत्यु

सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

काठमाडौं । शनिबारबाट नेपालमा सलह किराको प्रवेश भएको छ । फट्यांगा प्रजातिको यो किरा बालीनालीका लागि भने विनासकारी मानिन्छ । यो किराको नियन्त्रण गर्न बल्ल सरकार तातेको छ । सलह किरा नियन्त्रणबारे योजना बनाउन आज कृषि मन्त्री घनश्याम भुषालले विज्ञहरुसँग छलफल गर्दैछन् । कृषिमन्त्री घनश्याम भुसालको अध्यक्षतामा विज्ञ सम्मेलित टोलीको बैठक बस्न लागेको मन्त्रालयले जनाएको… Continue reading सलह भित्रिसकेपछि नियन्त्रणको योजना बनाउदै सरकार

अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

काठमाडौं । नेपालभर कोरोना भाइरसको संक्रमण फैलिएको छ । अर्थातः अब नेपालका ७७ वटै जिल्लामा कोरोनाको संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा रसुवामा ९ जनामा कोरोना पुष्टी भएको छ । ८ जना महिला र १ जना पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टी भएको हो । उनीहरु भारतबाट आएका पुरुष र कुवेतबाट फर्केका महिला भएको… Continue reading अब नेपालका ७७ वटै जिल्लामा पुग्यो कोरोना, रसुवामा भेटिए ९ संक्रमित

नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरबाट १३६ जना कोरोना संक्रमण मुक्त भई डिस्चार्ज भएका छन्। तीमध्ये महिला १८ र ११८ जना पुरुष छन्। देशभरबाट हालसम्म २ हजार ८३४ जना व्यक्ति संक्रमण मुक्त भई घर फर्किएका छन्। जसमा महिला २४२ र २ हजार २५९२ जना पुरुष रहेका छन्। नेपाल पछिल्लो २४ घण्टामा ५५४ कोरोना संक्रमित थप… Continue reading नेपालमा थप १३६ जना संक्रमणमुक्त, डिस्चार्ज हुनेको संख्या २८३४

नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५ सय ५४ जनामा कोरोना जनामा कोरोना संक्रमण पुष्टि भएको हो । आज थपिएका ५५४ सहित नेपालमा संक्रमितको संख्या १२ हजार ३ सय ९… Continue reading नेपालमा थप ५५४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १२३०९

लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

काठमाडौं । कोरोना भाइरसको संक्रमणपछि नेपालमा लकडान तथा अन्तर्राष्ट्रिय उडानमा प्रतिवन्ध लाग्यो । त्यसकारण विदेशमा साढे तीन सय नेपालीको शव अलपत्र परेको थियो । यसरी अलपत्र परेका मध्ये शनिबारसम्म ८७ वटा शव नेपाल ल्याइएको छ । शनिबार साउदी अरबबाट नेपाल एयरलाइन्सको जहाजले १५ वटा शव नेपाल ल्याएको छ । विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती… Continue reading लकडाउनपछि विदेशमा अलपत्र ८७ शव नेपाल ल्याइयो

शनिबार घर फर्किए करीव १ हजार नेपाली

काठमाडौं । शनिबार विभिन्न मुलुकबाट करीव १ हजार जना नेपाली घर फर्किएका छन् । बिहान भएका ६ उडानले उनीहरुलाई काठमाडौं ल्याएको हो । बिहान ९ सय ५७ जना नेपाली काठमाडौं विमानस्थलमा अवतरण गरेका छन् । कतारको दोहाबाट कतार एयरवेजले एक बच्चासहित २४१ जनालाई नेपाल ल्यायो । हङ्कङबाट नेपाल एअरलाइन्सको जहाजले १ बच्चासहित ८१ जनालाई काठमाडौं… Continue reading शनिबार घर फर्किए करीव १ हजार नेपाली